05.01.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो मुखबाट कहिल्यै पनि हे ईश्वर ! वा हे बाबा! शब्द निस्किनु हुँदैन , यो त भक्ति मार्गको अभ्यास हो।

प्रश्न:
तिमी बच्चाहरूले सेतो ड्रेस किन मन पराउँछौ? यो कुन कुराको प्रतीक हो?

उत्तर:
अहिले तिमी यस पुरानो दुनियाँबाट जीवन छँदै मरिसकेका छौ, त्यसैले तिमीलाई सेतो ड्रेस मन पर्छ। यो सेतो ड्रेसले मृत्युलाई सिद्ध गर्छ। जब कोही मर्यो भने उसमाथि सेतो कपडा राख्छन्। तिमी बच्चाहरू पनि अहिले मरजीवा बनेका छौ।

ओम् शान्ति ।
रूहानी बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। रूहानी शब्द नभनी केवल बाबा भने पनि ठीकै छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। सबैले आफूलाई भाइ-भाइ त भन्छन् नै। बाबा बसेर सम्झाउनु हुन्छ बच्चाहरूलाई। सबैलाई त सम्झाउनुहुन्न। सबैले आफूलाई भाइ-भाइ भन्छन् नै। गीतामा लेखिएको छ भगवानुवाच। तर भगवानुवाच कसको लागि? सबै भगवानका बच्चा हुन्। उहाँ पिता हुनु भयो भने भगवानका बच्चाहरू सबै भाइ-भाइ हुन्। भगवानले नै सम्झाउनु भएको हुनुपर्छ, राजयोग सिकाउनु भएको हुनुपर्छ। अहिले तिम्रो बुद्धिको ताला खुलेको छ। दुनियाँमा अरू कसैको पनि यस्तो विचार चल्न सक्दैन। जस-जसलाई सन्देश प्राप्त हुँदै जान्छ, उनीहरू पाठशालामा आउँदै जान्छन्, पढ्दै जान्छन्। सम्झन्छन् प्रदर्शनी त देख्यौं, अब गएर अझ बढी सुनौं। सबैभन्दा पहिलो मुख्य कुरा हो ज्ञानको सागर, पतित-पावन गीता ज्ञान दाता शिव भगवानुवाच। सबैभन्दा पहिला उनीहरूलाई यो थाहा होस् उनीहरूलाई सिकाउनेवाला अथवा सम्झाउनेवाला को हुनुहुन्छ? उहाँ परम आत्मा ज्ञानको सागर निराकार हुनुहुन्छ। उहाँ त हुनुहुन्छ नै सत्य। उहाँले सत्य नै बताउनु हुन्छ। फेरि उहाँमा अरू कुनै प्रश्न उठ्न सक्दैन। सबैभन्दा पहिला त यसै विषयमा सम्झाउनु पर्छ हामीलाई परमपिता परमात्माले ब्रह्माद्वारा राजयोग सिकाउनु हुन्छ। यो राजाईको पद हो। जसलाई निश्चय हुन्छ जो सबैका पिता हुनुहुन्छ, उहाँ पारलौकिक बाबा बसेर सम्झाउनु हुन्छ। उहाँ नै सबैभन्दा महान् अथोरिटी हुनुहुन्छ, त्यसैले फेरि प्रश्न उठ्नै सक्दैन। उहाँ हुनुहुन्छ पतित-पावन। जब उहाँ यहाँ आउनु हुन्छ भने अवश्य आफ्नो समयमा नै आउनु हुन्छ। तिमीले देखेका पनि छौ यो उही महाभारत लडाई हो। विनाशपछि फेरि निर्विकारी दुनियाँ आउँछ। यो हो विकारी दुनियाँ। यो कुरा मनुष्यहरूले जानेका छैनन् दुनियाँ निर्विकारी थियो। केही पनि बुद्धि चल्दैन। गोदरेजको ताला लागेको छ। त्यसको चाबी एक बाबासँग नै छ त्यसैले उहाँलाई नै ज्ञान दाता, दिव्य चक्षु विधाता भनिन्छ। ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ। यो कसैलाई थाहा छैन तिमीलाई पढाउनेवाला को हुनुहुन्छ? दादा हुन् भन्ने सम्झन्छन् त्यसैले टीका-टिप्पणी गर्छन्। केही न केही बोल्छन् त्यसैले सबैभन्दा पहिला मुख्य कुरा यही सम्झाऊ। यसमा लेखिएको पनि छ शिव भगवानुवाच। त्यो त हो नै सत्य।

बाबाले सम्झनुहुन्छ म पतित-पावन शिव हुँ। म परमधामबाट आएको हुँ, यी शालिग्रामहरूलाई पढाउन। बाबा हुनुहुन्छ नै ज्ञानको सागर। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ। यो शिक्षा अहिले तिमीलाई मात्र बेहदको बाबाद्वारा मिलिरहेको छ। उहाँ नै सृष्टिका रचयिता हुनुहुन्छ। पतित सृष्टिलाई पावन बनाउनेवाला हुनुहुन्छ। बोलाउँछन् पनि हे पतित-पावन! आउनुहोस्। त्यसैले सबैभन्दा पहिला उहाँको परिचय दिनु छ। उहाँ परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ? उहाँ हुनुहुन्छ नै सत्य। नरबाट नारायण बन्ने सत्य ज्ञान दिनुहुन्छ। बच्चाहरूले जानेका छन् बाबा सत्य हुनुहुन्छ, बाबाले नै सत्यखण्ड बनाउनु हुन्छ। तिमी नरबाट नारायण बन्न यहाँ आउँछौ। वकिलको पासमा गए भने सम्झन्छन् म वकिल बन्न आएको हुँ। अहिले तिमीलाई निश्चय छ भगवानले हामीलाई पढाउनु हुन्छ। कतिले निश्चय गरेर पनि फेरि संशय बुद्धिका हुन्छन्। उनीहरूलाई सबै मनुष्यहरूले भन्छन् तिमीले त भन्दथ्यौ, भगवानले पढाउनु हुन्छ फेरि भगवानलाई छोडेर किन आयौ? संशय आउनाले नै भागन्ती हुन्छन्। कुनै न कुनै विकर्म गर्छन्। भगवानुवाच काम महाशत्रु हो, यसलाई जित्नाले नै तिमी जगतजित बन्छौ। जो पावन बन्छन् उनै पावन दुनियाँमा जान्छन्। यहाँ छ नै राजयोगको कुरा। तिमी गएर त्यहाँ राजाइ गर्छौ। अरू जति पनि आत्माहरू छन्, उनीहरूले आफ्नो हिसाब-किताब चुक्ता गरेर फर्केर आफ्नो घर जान्छन्। यो विनाशको समय हो। अब बुद्धिले यसो भन्छ सत्ययुगको स्थापना अवश्य हुन्छ। पावन दुनियाँ सत्ययुगलाई भनिन्छ। अरू सबै मुक्तिधाममा जान्छन्। उनीहरूले फेरि आफ्नो पार्ट दोहोर्याउनु पर्छ। तिमीले पनि आफ्नो पुरुषार्थ गरिरहन्छौ। पावन बनेर पावन दुनियाँको मालिक बन्नको लागि। सबैले आफूलाई मालिक त सम्झन्छन्। प्रजा पनि मालिक हुन्। अहिले प्रजाले पनि भन्छन् नि हाम्रो देश। ठूला-ठूला मानिस संन्यासी आदिले पनि भन्छन् हाम्रो देश। तिमीले बुझेका छौ यतिबेला यहाँ सबै नर्कवासी छन्। अहिले हामीले स्वर्गवासी बन्नको लागि यो राजयोग सिकिरहेका छौं। सबै त स्वर्गवासी बन्दैनन्। यो ज्ञान अहिले आएको छ। उनीहरूले जे सुनाउँछन्, त्यो शास्त्र सुनाउँछन्। ती हुन् शास्त्रहरूका ज्ञाता। बाबा भन्नुहुन्छ यी भक्ति मार्गका वेद शास्त्र आदि सबै पढ्नाले तल गिर्दै जान्छन्। यो सबै हो भक्ति मार्ग। बाबा भन्नुहुन्छ जब भक्ति मार्ग पूरा हुन्छ अनि मात्रै म आउँछु। मैले नै आएर सबै भक्तहरूलाई भक्तिको फल दिनु छ। धेरै संख्या त भक्तहरूको छ। सबैले पुकारिरहन्छन् नि हे परमपिता परमात्मा। भक्तहरूको मुखबाट हे परमपिता परमात्मा!, हे भगवान! अवश्य निस्किन्छ। भक्ति र ज्ञानमा त फरक छ। तिम्रो मुखबाट कहिल्यै हे ईश्वर!, हे भगवान! यी शब्द निस्कँदैनन्। मनुष्यहरूको त यो आधाकल्पदेखि अभ्यास भइरहेको छ। तिमीले जानेका छौ उहाँ त हाम्रा पिता हुनुहुन्छ, तिमीले हे बाबा! कहाँ भन्नु पर्छ र। बाबाद्वारा त तिमीले वर्सा लिनु छ। पहिला त यो निश्चय छ मैले बाबाद्वारा वर्सा लिन्छु। बाबाले बच्चाहरूलाई वर्सा लिने अधिकारी बनाउनु हुन्छ। उहाँ त सच्चा बाबा हुनुहुन्छ नि। बाबाले जान्नुहुन्छ यी मेरा बच्चा हुन्, जसलाई मैले ज्ञान अमृत पियाएर, ज्ञान चितामा बसाएर, घोर निन्द्राबाट जगाएर स्वर्गमा लैजान्छु। बाबाले सम्झाउनु भएको छ आत्माहरू त्यहाँ शान्तिधाम र सुखधाममा रहन्छन्। सुखधामलाई भनिन्छ निर्विकारी दुनियाँ। सम्पूर्ण निर्विकारी देवताहरू हुन् नि। अनि त्यो हो प्यारो घर। तिमीले जानिसक्यौ त्यो हाम्रो घर हो, हामी कलाकारहरू त्यस शान्तिधामबाट आउँछौं, यहाँ पार्ट खेल्न। हामी आत्माहरू यहाँका निवासी होइनौं। ती कलाकारहरू यहाँका निवासी हुन्। केवल घरबाट आएर ड्रेस परिवर्तन गरेर पार्ट खेल्छन्। तिमीले त सम्झन्छौ हाम्रो घर शान्तिधाम हो, फेरि हामी त्यहाँ फर्केर जान्छौं। जब सबै कलाकारहरू स्टेजमा आउँछन् तब फेरि बाबा आएर सबैलाई लैजानुहुन्छ। त्यसैले उहाँलाई मुक्तिदाता, गाइड पनि भनिन्छ। दु:ख हर्ता, सुख कर्ता हुनुहुन्छ त्यसैले यतिका सबै मनुष्य कहाँ जान्छन्? विचार गर पतित-पावनलाई बोलाउँछन्। केको लागि? आफ्नो मृत्युको लागि, दु:खको दुनियाँमा रहनै चाहँदैनन्, त्यसैले भन्नुहुन्छ घर हिँड। यी सबै मुक्तिलाई मात्र मान्नेहरू हुन्। भारतवर्षको प्राचीन राजयोग पनि कति प्रख्यात छ। प्राचीन राजयोग सिकाउन बेलायतमा पनि जान्छन्। वास्तवमा हठयोगीहरूले त राजयोग जानेका छैनन्। उनीहरूको योग नै गलत छ त्यसैले तिमीले गएर राजयोग सिकाउनु छ। मनुष्यले संन्यासीहरूको कफनी देखेर उनलाई कति मान दिन्छन्। बौद्ध धर्ममा पनि संन्यासीहरूलाई कफनी पहिरिएको देखेर उनीहरूलाई मान्छन्। संन्यासी त पछि गएर हुन्छन्। संन्यासी त पछि गएर हुन्छन्। बौद्ध धर्ममा पनि सुरुमा कोही संन्यासी हुँदैनन्। जब पाप बढ्छ, तब बौद्ध धर्ममा संन्यास धर्म स्थापना हुन्छ। सुरुमा त ती आत्माहरू माथिबाट आउँछन्। उनीहरूको ठूलो संख्या आउँछ। सुरुमा नै संन्यास सिकाएर के गर्ने, संन्यास हुन्छ पछि। यो पनि यहाँबाट नक्कल गर्छन्। क्रिश्चियनमा पनि धेरै छन् जसले संन्यासीहरूको मान राख्छन्। कफनीको जुन भेष छ, त्यो हठयोगीहरूको हो। तिमीले त घरबार छोड्नु पर्दैन। न कुनै सेतो कपडाको बन्धन छ तर सेतो राम्रो हो। तिमी भट्ठीमा रह्यौ त्यसैले ड्रेस यही भयो। आजकल धेरैले सेतो मन पराउँछन्। मनुष्य मर्यो भने पनि सेतो कपडाले ढाक्छन्। तिमी पनि अहिले मरजीवा बनेका छौ त्यसैले सेतो ड्रेस राम्रो हुन्छ।

त्यसैले सबैलाई पहिला बाबाको परिचय दिनु छ। दुई बाबा हुनुहुन्छ, यी कुरा बुझ्न समय लाग्छ। प्रदर्शनीमा त्यति सम्झाउन सकिँदैन। सत्ययुगमा हुन्छन् एक पिता। यतिबेला तिम्रा ३ वटा पिता छन् किनकि भगवान आउनु हुन्छ नै प्रजापिता ब्रह्माको तनमा, उहाँ पनि त पिता हुनुहुन्छ सबैका। लौकिक पिता पनि छन्। ठीकै छ, अब तीनै पितामा उच्च वर्सा कसको? निराकार बाबाले वर्सा कसरी दिनुहुन्छ? उहाँले ब्रह्माद्वारा दिनुहुन्छ। यो चित्रमा तिमीले धेरै राम्ररी सम्झाउन सक्छौ। शिवबाबा निराकार हुनुहुन्छ अनि यी प्रजापिता ब्रह्मा, आदिदेव आदिपिता (ग्रेट ग्रेट ग्रेण्ड फादर)। बाबा भन्नुहुन्छ म शिवलाई तिमीले आदिपिता भन्दैनौ। म सबैको पिता हुँ। यी हुन् प्रजापिता ब्रह्मा। तिमी भयौ सबै भाइ-बहिनी। हुन त स्त्री पुरुष हौ तर बुद्धिले जानेका छौ हामी भाइ-बहिनी हौं। बाबाद्वारा वर्सा लिन्छौं। भाइ-बहिनीले आपसमा विकारी कुकर्म गर्न सक्दैनन्। यदि दुवैमा विकारी दृष्टिले आकर्षण हुन्छ भने गिर्छन्। बाबालाई बिर्सिन्छन्। बाबा भन्नुहुन्छ तिमी मेरो बच्चा बनेर फेरि मुख कालो पार्छौ। बेहदको बाबाले बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। तिमीलाई यो नशा चढेको छ। जानेका छौ गृहस्थ व्यवहारमा पनि रहनु छ। लौकिक सम्बन्धीहरूलाई पनि सेवा गर्नु पर्छ, कर्तव्य निभाउनु छ। लौकिक पितालाई त तिमीले पिता भन्छौ नि। उनलाई त तिमीले भाइ भन्न सक्दैनौ। पितालाई त पिता नै भनिन्छ। बुद्धिमा छ यी मेरा लौकिक पिता हुन्। ज्ञान त छ नि। यो ज्ञान धेरै विचित्रको छ। आजकल त नाम पनि लिन्छन् तर कोही भिजिटर्स आदि बाहिरका मानिसको सामुन्ने भाइ भन्यो भने उसले सम्झन्छ यसको दिमाग बिग्रिएछ। यसमा धेरै युक्ति चाहिन्छ। तिम्रो ज्ञान गुप्त छ, गुप्त सम्बन्ध छ। यसमा धेरै युक्तिसँग चल्नुपर्छ। तर एक अर्कालाई सम्मान दिनु राम्रो हो। लौकिकसँग पनि कर्तव्य निर्वाह गर्नुपर्छ। बुद्धि माथि जानुपर्छ। हामीले बाबासँग वर्सा लिइरहेका छौं। तर काकालाई काका, पितालाई पिता भन्नुपर्छ। जो बी.के. बनेका छैनन् उनीहरूले भाइ बहिनी सम्झँदैनन्। जो ब्रह्माकुमार-कुमारी बनेका छन् उनैले यी कुरा बुझ्छन्। बाहिरका त पहिला सुनेर चम्कछन्। यसमा बुझ्न धेरै राम्रो बुद्धि चाहिन्छ। बाबाले तिमी बच्चाहरूको विशालबुद्धि बनाउनु हुन्छ। तिमी पहिला हदको बुद्धिमा थियौ। अब बुद्धि जान्छ बेहदमा। उहाँ हाम्रा बेहदको बाबा हुनुहुन्छ। यी सबै हाम्रा भाइ-बहिनी हुन्। बाँकी सम्बन्धमा त बुहारीलाई बुहारी, सासुलाई सासु भनिन्छ, बहिनी कहाँ भनिन्छ र। आउन त दुवै आउँछन्। घरमा रहँदा पनि धेरै युक्तिले चल्नुपर्छ। लोक संग्रहलाई पनि हेर्नुपर्छ। नत्र त उनीहरूले भन्छन् यिनले त पतिलाई भाइ, सासुलाई बहिनी भनिदिन्छन्, यिनले के सिक्छन्? यी ज्ञानका कुरा त तिमीले नै जानेका छौ अरू कसैले जानेको छैन। भन्छन् नि हजुरको गति-मति हजुरले नै जान्नुहुन्छ। अहिले तिमी उहाँका बच्चा बनेका छौ त्यसैले तिम्रो गति-मति तिमीले नै जान्न सक्छौ। धेरै होसियार भएर चल्नुपर्छ। कहीं कोही नअल्मलियोस्। त्यसैले प्रदर्शनीमा पनि तिमी बच्चाहरूले सबैभन्दा पहिला यो सम्झाउनु पर्छ हामीलाई पढाउने भगवान हुनुहुन्छ। अब भन्नुहोस् उहाँ को हुनुहुन्छ? निराकार शिव या श्रीकृष्ण। शिव जयन्तीपछि फेरि आउँछ कृष्ण जयन्ती किनकि बाबाले राजयोग सिकाउनु हुन्छ। बच्चाहरूका बुद्धिमा आयो नि? शिव परमात्मा नआई शिव जयन्ती मनाउन सकिँदैन। जबसम्म शिव आएर कृष्णपुरी स्थापना गर्नुहुन्न अनि कृष्ण जयन्ती पनि कसरी मनाउने? कृष्णको जन्म त मनाउँछन् तर कहाँ बुझेका छन् र। कृष्ण राजकुमार थिए भने अवश्य पनि सत्ययुगमा राजकुमार थिए नि। देवी देवताहरूको राजधानी हुन्छ। केवल एक कृष्णलाई मात्र त बादशाही मिलेको थिएन। अवश्य कृष्णपुरी हुन्छ। भन्छन् पनि कृष्णपुरी र यो हो कंसपुरी। कंसपुरी खतम भयो फेरि कृष्णपुरी स्थापना भयो। हुन्छ यहाँ नै। नयाँ दुनियाँमा कहाँ यो कंस आदि हुन सक्छ। कंसपुरी भनिन्छ कलियुगलाई। यहाँ त हेर कति मानिसहरू छन्। सत्ययुगमा थोरै हुन्छन्। देवताहरूले कुनै लडाईं गरेनन्। कृष्णपुरी भन अथवा विष्णुपुरी भन, दैवी सम्प्रदाय भन, आसुरी सम्प्रदाय यहाँ छ। बाँकी न देवताहरू र असुरहरूको लडाईं भयो, न कौरव र पाण्डवको लडाईं भएको हो। तिमीले रावणलाई जित्छौ। बाबा भन्नुहुन्छ यी ५ विकारहरूलाई जित्यौ भने तिमी जगतजित बन्छौ, यसमा कुनै लड्नु पर्दैन। लड्ने नाम लिने हो भने त हिंसा हुन्छ। रावणलाई जित्नु छ। तर अहिंसाद्वारा। केवल बाबालाई याद गर्नाले हाम्रो विकर्म विनाश हुन्छ। लडाईं आदिको कुनै कुरा होइन। बाबा भन्नुहुन्छ तिमी तमोप्रधान बनेका छौ अब फेरि तिमी सतोप्रधान बन्नु छ। भारतवर्षको प्राचीन राजयोग प्रख्यात छ। बाबा भन्नुहुन्छ मसँग बुद्धिको योग लगायौ भने तिम्रो पाप भस्म हुन्छ। बाबा पतित-पावन हुनुहुन्छ त्यसैले उहाँसँग बुद्धियोग लगाउनु छ अनि तिमी पतितबाट पावन बन्छौ। अब यथार्थमा तिमीले उहाँसँग योग लगाइरहेका छौ, यसमा लडाईंको कुनै कुरा छैन। जसले राम्ररी पढ्छ र बाबासँग योग लगाउँछ उसैले बाबाद्वारा वर्सा पाउँछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) भाइ-भाइको दृष्टिको अभ्यास गर्दै लौकिक बन्धनहरूसँग कर्तव्य निर्वाह गर्नु छ। धेरै युक्तिसँग चल्नु छ। विकारी दृष्टि बिल्कुल जानु हुँदैन। विनाशको समयमा सम्पूर्ण पावन बन्नु छ।

२) बाबाबाट पूरा वर्सा लिनको लागि राम्ररी पढाइ पढ्नु छ र पतित-पावन बाबासँग योग लगाएर पावन बन्नु छ।

वरदान:
कमजोरीलाई फुलस्टप दिएर आफ्नो सम्पन्न स्वरूपलाई प्रख्यात गर्ने साक्षात्कार मूर्त भव

विश्व तिम्रो कल्प पहिलाको सम्पन्न स्वरूप, पूज्य स्वरूपलाई स्मरण गरिरहेको छ। त्यसैले आफ्नो सम्पन्न स्वरूपलाई प्राक्टिकलमा प्रख्यात गर। बितेका कमजोरीलाई फुलस्टप लगाऊ, दृढ संकल्पद्वारा पुरानो स्वभाव संस्कारलाई समाप्त गर, अरूको कमजोरीको नक्कल नगर, अवगुण धारण गर्ने बुद्धिलाई नाश गर, दिव्य गुण धारण गर्ने सतोप्रधान बुद्धिलाई धारण गर तब साक्षात्कार मूर्त बन्छौ।

स्लोगन:
आफ्नो अनादि र आदि गुणलाई स्मृतिमा राखेर त्यसलाई स्वरूपमा ल्याऊ।