05.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ काँडालाई फूल बनाउन। बाबाको प्यार काँडा सँग पनि छ भने फूल सँग पनि छ। काँडालाई नै फूल बनाउने मेहनत गर्नुहुन्छ।

प्रश्न:
जुन बच्चामा ज्ञानको धारणा हुन्छ, उसको लक्षण सुनाऊ?

उत्तर:
उसले कमाल गरेर देखाउँछ। ऊ आफ्नो र अरूको कल्याण नगरी बस्न सक्दैन। तीर लागेपछि नष्टोमोह बनेर रूहानी सेवामा लाग्छ। उसको अवस्था एकरस अचल-अडोल हुन्छ। कहिल्यै पनि कुनै बेसमझको काम गर्दैन। कसैलाई पनि दु:ख दिँदैन। अवगुणरूपी काँडालाई निकाल्दै जान्छ।

ओम् शान्ति ।
यो त बच्चाहरूलाई थाहा छ बाबा ठूलो लिबर घडी हुनु हुन्छ। बिलकुल एक्युरेट समयमा काँडालाई फूल बनाउन आउनु हुन्छ। सेकेन्ड पनि ढिलो चाँडो हुन सक्दैन। थोरै पनि फरक पर्दैन। यो पनि प्यारा बच्चाहरूलाई थाहा छ अहिले कलियुगी काँडाको जङ्गल हो। त्यसैले फूल बन्नेलाई महसुस हुनु पर्छ म फूल बनिरहेको छु? पहिले हामी सबै काँडा थियौं, कोही साना, कोही ठूला। कसैले धेरै दु:ख दिन्छन् कसैले थोरै। बाबाको प्यार त सबै सँग छ। गायन पनि छ काँटों से भी प्यार, फूलों से भी प्यार। पहिला को सँग प्यार हुन्छ? अवश्य काँडा सँग। यति धेरै प्यार छ, जसले गर्दा मेहनत गरेर उनीहरूलाई काँडाबाट फूल बनाउनु हुन्छ। आउनु हुन्छ नै काँडाको दुनियाँमा। यसमा सर्वव्यापीको कुरा हुन सक्दैन। एकको नै महिमा हुन्छ। महिमा हुन्छ आत्माको, जब आत्माले शरीर धारण गरेर पार्ट खेल्छ। श्रेष्ठाचारी पनि आत्मा बन्छ भने भ्रष्टाचारी पनि आत्मा नै बन्छ। आत्माले शरीर धारण गरेर जस्तो-जस्तो कर्म गर्छ, त्यसै अनुसार भनिन्छ यो कुकर्मी हो, यो सुकर्मी हो। आत्माले नै असल वा खराब कर्म गर्छ। आफू सँग सोध सत्ययुगी दैवी फूल हुँ वा कहिलयुगी आसुरी काँडा हुँ? कहाँ सत्ययुग, कहाँ कलियुग! कहाँ देवता, कहाँ दैत्य! धेरै फरक छ। काँडा जो हुन्छन् उनीहरूले आफूलाई फूल भन्न सक्दैनन्। फूल हुन्छन् सत्ययुगमा, कलियुगमा हुँदैनन्। अहिले यो हो संगमयुग, जब तिमी काँडाबाट फूल बन्छौ। शिक्षकले पाठ दिन्छन्, बच्चाहरूको काम हो त्यसलाई राम्रो रिफाइन बताउनु। त्यसमा यो पनि लेख यदि फूल बन्न चाहनु हुन्छ भने आफूलाई आत्मा सम्झनुहोस् र फूल बनाउनेवाला परमपिता परमात्मालाई याद गर्नुहोस् तब तपाईंहरूको अवगुण निस्कँदै जान्छ र तपाईं सतोप्रधान बन्नुहुन्छ। बाबा निबन्ध दिनु हुन्छ। बच्चाहरूको काम हो सच्याएर छपाउनु। सबै मनुष्य सोचमा पर्ने छन्। यो पढाइ हो। बाबाले तिमीलाई बेहदको इतिहास-भूगोल पढाउनु हुन्छ। ती स्कूलहरूमा त पुरानो दुनियाँको इतिहास-भूगोल पढाइन्छ। नयाँ दुनियाँको इतिहास-भूगोल त कसैले जान्दै-जान्दैनन्। त्यसैले यो पढाइ पनि हो, ज्ञान पनि हो। कुनै फोहोरी काम गर्नु विवेकहीनता हो। फेरि सम्झाइन्छ यो विकारी दु:ख दिने काम गर्नु हुँदैन। दु:खहर्ता, सुखकर्ता बाबाको महिमा हो नि। यहाँ तिमी पनि सिकिरहेका छौ कसैलाई दु:ख दिनु छैन। बाबा शिक्षा दिनु हुन्छ सदैव सुख दिइराख। यो अवस्था त्यति छिटो बन्दैन। सेकेन्डमा बाबाको वर्सा त लिन सक्छौ। बाँकी लायक बन्नमा समय लाग्छ। सम्झन्छन् बेहदका बाबाको वर्सा हो स्वर्गको बादसाही। तिमीहरू सम्झाउँछौ पनि होला पारलौकिक बाबाबाट विश्वको बादसाही मिलेको थियो। तिमीहरू सबै विश्वको मालिक थियौ। यो तिमी बच्चाहरूलाई भित्र खुशी हुनु पर्छ। हिजोको कुरा हो, जब तिमी स्वर्गको मालिक थियौ। मनुष्यले भनिदिन्छन् लाखौं वर्ष। कहाँ एक-एक युगको आयु लाखौं वर्ष भनिदिन्छन्, कहाँ सारा कल्पको आयु ५ हजार वर्ष छ। धेरै फरक छ।

ज्ञानका सागर एकै बेहदको बाबा हुनु हुन्छ। उहाँबाट दैवीगुण धारण गर्नु पर्छ। यो दुनियाँका मानिस दिन-प्रतिदिन तमोप्रधान बन्दै जान्छन्। धेरै अवगुण सिक्दै जान्छन्। पहिले यति धेरै भ्रष्टाचार, मिसावट थिएन, अब बढ्दै छ। अहिले तिमी बाबाको यादको बलले सतोप्रधान बन्दै गइरहेका छौ। जसरी उत्रन्छौ, फेरि जानु पनि त्यसैगरी छ। पहिले त बाबा मिल्नुभयो त्यसको खुशी हुन्छ, सम्बन्ध जुटेपछि यादको यात्रा हुन्छ। जसले जति धेरै भक्ति गरेका हुन्छन् उनको त्यति धेरै यादको यात्रा हुन्छ। धेरै बच्चाहरूले भन्छन् बाबा याद टिक्दैन। भक्तिमा पनि यस्तो हुन्छ। कथा सुन्न बस्छन् भने बुद्धि अरू-अरूतिर भागेर जान्छ। सुनाउनेले हेरिरहन्छ फेरि अचानक सोध्छ मैले के सुनाएँ? तब अलमलिन्छन्। कसैले तुरून्तै बताउँछन्। सबै त एकनाश हुँदैनन्। बस्न त यहाँ बसेका छन् तर धारणा केही पनि हुँदैन। यदि धारणा हुने हो भने कमाल गरेर देखाउँछन्। उनीहरू आफ्नो र अरूको कल्याण नगरी रहन सक्दैनन्। हुन त कसैलाई घरमा धेरै सुख छ, महल मोटर आदि छन् तर एक पटक तीर लाग्यो भने बस्, पतिलाई भन्छन् म रूहानी सेवा गर्न चाहन्छु। तर माया बडो जबस्जस्त छ, गर्नै दिदैन। मोह छ नि। यति महल, यति सुख कसरी छोडौं। अरे, यी सबै पहिले जो भागे, ठूला-ठूला लखपति, करोडपति घरका थिए, सबैले छोडेर आए। यति तागत छैन छोड्ने जुन तकदिरले देखाउँछ। रावणको जंजीरमा फँसेका छन्। यी हुन् बुद्धिका जंजीरहरू। बाबा सम्झाउनु हुन्छ अरे, तिमी स्वर्गको मालिक पूज्य बन्छौ! बाबा सुनिश्चित गर्नुहुन्छ २१ जन्म तिमी कहिल्यै बिमार हुँदैनौ। २१ जन्मसम्म सदा स्वस्थ रहनेछौ। तिमी रहन त पतिको साथमा रहनु केवल उनीबाट पवित्र बन्ने र बनाउने छुट्टी लेऊ। तिम्रो कर्तव्य हो बाबाको याद गर्नु, जसबाट अपार सुख मिल्छ। याद गर्दा-गर्दै तमोप्रधानबाट सतोप्रधान बन्दै जान्छौ। कति बुझ्नु पर्ने कुरा छ। शरीरको भरोसा छैन, बाबाको त बनेर जाऊ। उहाँजस्तो प्यारो वस्तु अरू कोही छैन। बाबाले विश्वको मालिक बनाउनु हुन्छ, भन्नुहुन्छ जति चाहन्छौ त्यति सतोप्रधान बन। तिमीले अपार सुख देख्नेछौ। बाबाले स्वर्गको द्वार यी नारीहरूद्वारा खुल्लाउनु हुन्छ। माताहरूमा नै ज्ञानको कलष राखिन्छ। बाबाले माताहरूलाई नै निमित्त बनाउनु भएको छ, सबै कुरा तिमी माताहरू नै सम्हाल। यिनीद्वारा कलश राख्नुभयो नि। फेरि उनीहरूले लेखिदिए सागर मन्थन गरे, अमृतको कलश लक्ष्मीलाई दिए। अहिले तिमीलाई थाहा छ बाबा स्वर्गको द्वार खोलिरहनु भएको छ। अब किन हामी बाबाबाट वर्सा नलिने? किन विजय मालामा नआउने? किन महावीर नबन्ने? बेहदको बाबाले बच्चाहरूलाई गोदमा लिनु हुन्छ, केको लागि? स्वर्गको मालिक बनाउनको लागि। एकदम काँडाहरूलाई बसेर शिक्षा दिनु हुन्छ। काँडाहरू सँग पनि प्यार छ नि! त्यसैले त उनीहरूलाई फूल बनाउनु हुन्छ। बाबालाई बोलाउँछन् नै पतित दुनियाँ र पतित शरीरमा, निर्वाणधाम छोडेर यहाँ आउनुहोस्। बाबा भन्नुहुन्छ ड्रामा अनुसार मलाई काँडाको नै दुनियाँमा आउनु पर्छ। त्यसैले अवश्य प्यार छ नि। प्यार विना फूल कसरी बनाउने? अहिले तिमी कलियुगी काँडाबाट सत्ययुगी देवता, सतोप्रधान, विश्वको मालिक बन। कति प्रेम सँग सम्झाइन्छ। कुमारीहरू फूल हुन् त्यसैले त सबै उनीहरूको चरणमा पर्छन्। उनीहरू जब काँडा बन्छन् तब सबैलाई ढोग्नु पर्छ। अब के गर्नु पर्छ? फूलको फूल रहनु पर्छ त्यसपछि सदा फूल बन्छौ। कुमारी त निर्विकारी हुन् नि, जन्म विकारबाट लिएका भए पनि। जसरी संन्यासीहरू जन्म त विकारबाट लिन्छन् नि। विवाह गरेर फेरि घर-बारलाई त्याग गर्छन्। उनीहरूलाई फेरि महान् आत्मा भन्छन्। कहाँ उनीहरू सत्ययुगका महान् आत्मा विश्वको मालिक, कहाँ यी कलियुगका! त्यसैले बाबाले भन्नुभयो प्रश्न लेख, कलियुगी काँडा हुनु हुन्छ वा सत्ययुगी फूल हुनु हुन्छ? भ्रष्टाचारी हुनु हुन्छ या श्रेष्ठाचारी?

यो हो भ्रष्टाचारी दुनियाँ जहाँ रावणको राज्य छ। भन्छन् आसुरी राज्य, राक्षस राज्य छ। तर आफूलाई कहाँ सम्झन्छन् र? तिमी बच्चाहरू युक्तिले प्रश्न सोध्दछौ भने उनीहरू आफैं बुझ्नेछन् वास्तवमा हामी त कामी, क्रोधी, लोभी हौं। प्रदर्शनीमा पनि यस्तो लेख्यौ भने उनीहरूलाई महसुस हुन्छ म त कलियुगी काँडा हुँ। अहिले तिमी फूल बनिरहेका छौ। बाबा त सदा फूल हुनु हुन्छ। उहाँ कहिल्यै काँडा बन्नुहुन्न। बाँकी सबै काँडा बन्छन्। उहाँ फूलले भन्नुहुन्छ तिमीलाई पनि काँडाबाट फूल बनाउँछु। तिमीले मलाई याद गर। माया कति प्रबल छ। अब के तिमीलाई मायाको बन्नु छ? बाबाले तिमीलाई आफूतर्फ खिच्नुहुन्छ, मायाले आफूतर्फ खिच्छ। यो हो पुरानो जुत्ता। आत्मालाई पहिले नयाँ जुत्ता मिल्छ फेरि पुरानो बन्छ। अहिले सबै जुत्ता (शरीर) तमोप्रधान छन्। म तिमीलाई मखमलको बनाइदिन्छु। त्यहाँ आत्मा पवित्र हुने भएकाले शरीर पनि मखमलको हुन्छ। नो डिफेक्ट (दोष रहित)। यहाँ त धेरै डिफेक्ट छन्। त्यहाँको स्वरूप त हेर कति सुन्दर छ। त्यो स्वरूप त यहाँ कसैले बनाउन सक्दैन। अब बाबा पनि भन्नुहुन्छ म कति उच्च बनाउँछु। घर-गृहस्थमा कमल समान पवित्र बन र जन्म-जन्मान्तरको जुन फोहोर चढेको छ, त्यसलाई निकाल्नको लागि योग अग्नि छ। यसमा सबै पाप भस्म हुन्छन्। तिमी पक्का सुन बन्छौ। फोहोर निकाल्ने धेरै राम्रो युक्ति बताउनु हुन्छ, मलाई याद गर। तिम्रो बुद्धिमा यो ज्ञान छ। आत्मा पनि धेरै सानो छ। ठूलो हुने भए यिनमा प्रवेश गर्न सक्दैनथ्यो। कसरी गर्ने? आत्मालाई देख्नको लागि डाक्टरहरू धेरै मेहनत गर्छन्, तर देखिंदैन। साक्षात्कार हुन्छ। तर साक्षात्कारबाट त कुनै फाइदा छैन। मानौं, तिमीलाई वैकुण्ठको साक्षात्कार भयो तर यसबाट फाइदा के! वैकुण्ठवासी त तब बन्छौ जब पुरानो दुनियाँ खत्तम हुन्छ। यसको लागि तिमी योग अभ्यास गर।

त्यसैले बाबा सम्झाउनु हुन्छ पहिले काँडा सँग प्यार हुन्छ। सबै भन्दा धेरै प्यारका सागर हुनु हुन्छ बाबा। तिमी बच्चाहरू पनि मीठो बन्दै जान्छौ। बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झ, भाइ-भाइलाई देख तब विकारी दृष्टि बिलकुल निस्किएर जान्छ। भाइ-बहिनीको सम्बन्धले पनि बुद्धि चञ्चल हुन्छ त्यसैले भाइ-भाइलाई देख। त्यहाँ त शरीर नै छैन जसको भान आओस् वा मोह जाओस्। बाबाले आत्मालाई नै पढाउनु हुन्छ। त्यसैले तिमी पनि आफूलाई आत्मा सम्झ। यो शरीर विनाशी छ, यस सँग कहाँ दिल लगाउनु छ र! सत्ययुगमा यस सँग प्रीत हुँदैन। मोहजित राजाको कथा सुनेका छौ नि। बोल्यो आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ। पार्ट मिलेको छ, मोह किन राख्ने? त्यसैले बाबा पनि भन्नुहुन्छ, खबरदार रहनु। अम्मा मरे पनि, बीबी मरे पनि हलुआ खानु। यो प्रतिज्ञा गर, जो मरे पनि रूने छैन। तिमीले आफ्नो बाबालाई याद गर, सतोप्रधान बन। सतोप्रधान बन्ने अरू कुनै मार्ग छैन। पुरुषार्थद्वारा नै विजयमालाको दाना बन्छौ। पुरुषार्थद्वारा जे चाह्यो त्यो बन्न सक्छौ। बाबा त सम्झनु हुन्छ जति पुरुषार्थ कल्प पहिले गरेका छन् त्यति गर्नेछन्। बाबा त हुनु हुन्छ नै गरिब निवाज। दान पनि गरिबलाई नै दिइन्छ। बाबा स्वयं भन्नुहुन्छ म पनि साधारण तनमा आउँछु। न गरिब, न धनवान्। तिमी बच्चाहरूले नै बाबालाई जान्दछौ, बाँकी सारा दुनियाँले त सर्वव्यापी भनिदिन्छ। बाबा यस्तो धर्म स्थापना गर्नुहुन्छ जहाँ दु:खको नाम पनि रहने छैन।

भक्तिमार्गमा मनुष्यले आशीर्वाद माग्छन्। यहाँ त कृपाको कुनै कुरा छैन। शिर कसलाई झुकाउने? बिन्दी हुनु हुन्छ नि। ठूलो चीज हुने भए पो शिर पनि झुकाउन हुन्थ्यो। सानो चीजलाई शिर पनि झुकाउन सकिंदैन। हात कसलाई जोड्ने? यी भक्ति मार्गका निसानीहरू सबै हराउँछन्। हात जोड्नु पनि भक्तिमार्ग हुन जान्छ। घरमा भाइ-बहिनी छन् भने हात जोड्छन् र? बच्चा माग्छन् नै अधिकारी बनाउनको लागि। बच्चाहरू मालिक ठहरिए नि, त्यसैले बाबा बच्चाहरूलाई नमस्ते गर्नुहुन्छ। बाबा त बच्चाहरूको सेवक हुनु हुन्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) विनाशी शरीर सँग दिल लगाउनु छैन। मोहजित बन्नु छ, प्रतिज्ञा गर जसले शरीर छोडे पनि म कहिल्यै रूने छैन।

२) बाबा समान मीठो बन्नु छ, सबैलाई सुख दिनु छ। कसैलाई दु:ख दिनु हुँदैन। काँडालाई फूल बनाउने सेवा गर्नु छ। आफ्नो र अरूको कल्याण गर्नु छ।

वरदान:
देह-भानबाट अलग बनेर परमात्म-प्यारको अनुभव गर्ने कमल आसनधारी भव

कमल आसन ब्राह्मण आत्माहरूको श्रेष्ठ स्थितिको निशानी हो। यस्ता कमल आसनधारी आत्माहरू यस देह-अभिमानबाट स्वत: अलग रहन्छन्। उनलाई शरीरको भानले आफूतिर आकर्षित गर्दैन। जसरी ब्रह्मा बाबालाई हिँड्दा-डुल्दा फरिश्ता रूप वा देवता रूप सधैं स्मृतिमा रह्यो। त्यस्तै स्वाभाविक देही-अभिमानी स्थिति सधैं रहोस्, यसैलाई भनिन्छ देह-भानबाट अलग। यस्ता देह-भानबाट अलग रहनेवाला नै परमात्म-प्रिय बन्छन्।

स्लोगन:
तिम्रो विशेषता वा गुण प्रभु प्रसाद हुन्, त्यसलाई आफ्नो मान्नु पनि देह-अभिमान हो।