05.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सम्मान सहित पास हुनु छ भने बुद्धियोग अलिकति पनि कहीं नभड्कियोस् , एक बाबाको याद रहोस् , देहलाई याद गर्ने हरू ले उच्च पद पाउन सक्दैनन्।

प्रश्न:
सबैभन्दा उच्च लक्ष्य कुनचाहिँ हो?

उत्तर:
आत्मा जीवन छँदै मरेर एक बाबाको बनोस्, अरू कोही याद नआओस्, देह-अभिमान पूरै छुटोस् यो नै हो उच्च लक्ष्य। निरन्तर देही-अभिमानी अवस्था बनोस् यो हो उच्च लक्ष्य। यसबाट नै कर्मातीत अवस्थालाई प्राप्त गर्छौ।

गीत:
तू प्यार का सागर है.......।

ओम् शान्ति ।
अब यो गीत पनि गलत छ। प्यारको सट्टा हुनुपर्छ ज्ञानका सागर। प्यारको कुनै लोटा हुँदैन। लोटा, गंगाजल आदिको लागि हुन्छ। त्यसैले यो हो भक्तिमार्गको महिमा। यो हो गलत र त्यो हो सही। बाबा सर्वप्रथम त हुनुहुन्छ ज्ञानका सागर। बच्चाहरूमा थोरै मात्र पनि ज्ञान छ भने धेरै उच्च पद प्राप्त गर्न सक्छन्। बच्चाहरूले जानेका छन् अब यस समयमा हामी वास्तवमा चैतन्य देलवाला मन्दिर जस्तै हौं। त्यो हो जड देलवाडा मन्दिर र यो हो चैतन्य देलवाडा मन्दिर। यो पनि आश्चर्य छ नि। जहाँ जड यादगार छ त्यहीँ तिमी चैतन्य आएर बसेका छौ। तर मनुष्यहरूले कहाँ बुझ्छन् र! पछि गएर बुझ्छन्। वास्तवमा यो ईश्वरीय विश्व-विद्यालय हो, यहाँ भगवानले पढाउनु हुन्छ। यो भन्दा ठूलो विश्व-विद्यालय अरू कुनै हुन सक्दैन। यो पनि बुझ्छन् यो त वास्तवमा चैतन्य देलवाडा मन्दिर हो। त्यो देलवाडा मन्दिर तिम्रो एक्युरेट यादगार हो। माथि छतमा सूर्यवंशी-चन्द्रवंशी छन्, तल आदि देव, आदि देवी र बच्चाहरू बसेका छन्। यिनको नाम हो ब्रह्मा, फेरि सरस्वती हुन् ब्रह्माकी छोरी। प्रजापिता ब्रह्मा छन् भने अवश्य गोप-गोपीनीहरू पनि हुनुपर्छ नि। त्यो हो जड चित्र। जो थिए उनीहरूकै फेरि चित्र बनेका छन्। कोही मर्छ भने तुरुन्त उसको चित्र बनाइदिन्छन्, उसको पोजीशन, जीवनकथाको बारेमा त थाहा हुँदैन। अक्युपेशन लेखेनन् भने त्यो चित्र कुनै कामको रहँदैन। थाहा लाग्छ फलानाले यो-यो कर्तव्य गरेको रहेछ। अब यी जुन देवताहरूका मन्दिर छन्, उनीहरूको अक्युपेशन, जीवनी कसैलाई पनि थाहा छैन। उच्च भन्दा उच्च शिवबाबालाई कसैले पनि जानेका छैनन्। यतिबेला तिमी बच्चाहरूले सबैको बायोग्राफीलाई जानेका छौ। मुख्य को-को थिए, जसलाई पुज्छन्? उच्च भन्दा उच्च हुनुहुन्छ भगवान। शिवरात्रि पनि मनाउँछन् भने अवश्य उहाँको अवतरण भएको थियो तर कहिले भयो, उहाँले आएर के गर्नुभयो यो कसैलाई पनि थाहा छैन। शिवको साथमा हुन्छन् ब्रह्मा। आदि देव र आदि देवी को हुन्? उनीहरूका यति धेरै हातहरू किन देखाएका छन्? किनकि बृद्धि त हुन्छ नि। प्रजापिता ब्रह्माद्वारा कति बृद्धि हुन्छ। ब्रह्माको लागि नै भन्छन् १०० भुजावाला, हजार भुजावाला। विष्णु वा शंकरलाई यति भुजावाला भनिदैन। ब्रह्माको लागि किन भनिन्छ? यो प्रजापिता ब्रह्माको नै सारा वंशावली हो नि। यो कुनै हातहरूको कुरा होइन। भन्न त उनीहरूले भन्छन् हजार भुजावाला ब्रह्मा, तर अर्थ कहाँ बुझ्छन् र! अब तिमीले प्राक्टिकलमा हेर ब्रह्माका कति भुजाहरू छन्। यो हो बेहदको भुजा। प्रजापिता ब्रह्मालाई त सबैले मान्छन् तर अक्युपेशनलाई जानेका छैनन्। आत्माको त हात हुँदैन, हात शरीरको हुन्छ। यति करोडौं छन् भने उहाँका भुजाहरू कति भए? तर पहिला जब कसैले पूरा ज्ञानलाई बुझोस्, तब पछि यी कुरा सुनाउनु छ। पहिला-पहिला एउटा मुख्य कुरा बाबा भन्नुहुन्छ मलाई याद गर अनि वर्सालाई याद गर, फेरि ज्ञानका सागर भनेर पनि गायन गरिएको छ। कति अथाह प्वाइन्टहरू सुनाउनु हुन्छ। यति सबै प्वाइन्टहरू त याद रहन सक्दैन। सार बुद्धिमा रहन जान्छ। अन्त्यमा सार रहन पुग्छ मनमनाभव।

ज्ञानको सागर कृष्णलाई भनिदैन। उनी हुन् रचना। रचयिता एक बाबा नै हुनुहुन्छ। बाबाले नै सबैलाई वर्सा दिनुहुन्छ, घर लैजानुहुन्छ। बाबाको र आत्माहरूको घर हो नै साइलेन्स होम। विष्णुपुरीलाई बाबाको घर भनिदैन। घर हो मूलवतन, जहाँ आत्माहरू रहन्छन्। यी सबै कुरा समझदार बच्चाहरूले नै धारण गर्न सक्छन्। यो सारा ज्ञान कसैको बुद्धिमा याद रहन सक्दैन। न यति कागजमा नै लेख्न सक्छन्। यी मुरलीहरू पनि सबै जम्मा गर्दै जाने हो भने त सारा हल भन्दा पनि धेरै हुन्छ। त्यस पढाइमा पनि कति धेरै किताबहरू हुन्छन्। परीक्षा पास गर्यो फेरि सार बुद्धिमा बस्छ। कानुनको परीक्षा पास गर्यो, एक जन्मको लागि अल्पकालको सुख मिल्छ। त्यो हो विनाशी कमाई। तिमीलाई त उहाँ बाबाले अविनाशी कमाई गराउनु हुन्छ भविष्यको लागि। बाँकी जति पनि गुरु-गोसाई आदि छन् उनले सबै विनाशी कमाई गराउँछन्। विनाशको नजिक आउँदै जान्छन्, कमाई कम हुँदै जान्छ। तिमीले भन्छौ कमाई त बढ्दै जानु पर्ने हो, तर होइन। यो त सबै खत्तम हुनु छ। पहिला राजा आदिको कमाई हुन्थ्यो। अहिले त उनीहरू पनि छैनन्। तिम्रो कमाई त कति समय चल्छ। तिमीलाई थाहा छ यो बनि-बनाऊ ड्रामा हो, जसलाई दुनियाँमा कसैले जानेका छैनन्। तिमीहरूमा पनि नम्बरवार छन्, जसलाई धारणा हुन्छ। कतिले त कत्ति पनि सम्झाउन सक्दैनन्। कसैले भन्छन् हामीले मित्र-सम्बन्धीहरूलाई सम्झाउँछौं, त्यो पनि त अल्पकाल भयो नि। अरूलाई प्रदर्शनी आदि किन सम्झाउदैनौं? पूरा धारणा हुँदैन। आफूलाई धेरै मिया मिठ्ठू त सम्झिनु छैन नि। सेवाको सोख छ भने जसले राम्रोसँग सम्झाउँछ, उसको कुरा सुन्नुपर्छ। बाबा उच्च पद प्राप्त गराउन आउनु भएको छ त्यसैले पुरुषार्थ गर्नु पर्छ नि। तर तकदिरमा छैन भने श्रीमत पनि मान्दैनन्, फेरि पद भ्रष्ट हुन्छन्। ड्रामा योजना अनुसार राजधानी स्थापना भइरहेको छ। त्यसमा त सबै प्रकारका चाहिन्छन् नि। बच्चाहरूले बुझ्न सक्छन् कोही राम्रा प्रजा बनाउनेवाला छन्, कोही कम। बाबा भन्नुहुन्छ म तिमीलाई राजयोग सिकाउन आएको छु। देलवाडा मन्दिरमा राजाहरूका चित्र छन् नि। जो पूज्य बन्छन् उनीहरू नै फेरि पुजारी बन्छन्। राजा-रानीको पद त उच्च हुन्छ नि। फेरि वाममार्गमा आएपछि पनि राजाई अथवा ठूला-ठूला धनवान त हुन्छन्। जगन्नाथको मन्दिरमा सबैको ताज देखाइएको छ। प्रजाको त ताज हुँदैन। ताजवाला राजाहरू पनि विकारी देखाउँछन्। सुख सम्पत्ति त उनीहरूलाई धेरै हुन्छ। सम्पत्ति धेरै थोरै त हुन्छ नै। हीराको महल र चाँदीको महलमा फरक त हुन्छ। त्यसैले बाबा बच्चाहरूलाई भन्नुहुन्छ राम्रो पुरुषार्थ गरेर उच्च पद पाऊ। राजाहरूलाई सुख धेरै हुन्छ, त्यहाँ सबै सुखी हुन्छन्। जसरी यहाँ सबैलाई दु:ख छ, रोग आदि त सबैलाई लाग्छ नै। त्यहाँ सुख नै सुख हुन्छ, फेरि पनि पद त नम्बरवार हुन्छ। बाबा सदैव भन्नुहुन्छ पुरुषार्थ गरिराख, सुस्त नबन। पुरुषार्थबाट बुझिन्छ ड्रामा अनुसार यिनको सद्गति यस प्रकार यति नै हुन्छ।

आफ्नो सद्गतिको लागि श्रीमतमा चल्नु छ। शिक्षकको मतमा विद्यार्थी चलेनन् भने कुनै कामका हुँदैनन्। नम्बरवार पुरुषार्थ अनुसार त सबै छन्। यदि कसैले हामी यो गर्न सक्दैनौं भन्छन् भने बाँकी के सिक्छन्! सिकेर होसियार हुनुपर्छ, जो कसैले पनि भनोस् यिनले सम्झाउन त धेरै राम्रो सम्झाउँछन् तर आत्मा जीवित छदै मरेर एक बाबाको बनोस्, र कोही याद नआओस्, देह-अभिमान छुटोस् यो हो उच्च लक्ष्य। सबैथोक भुल्नु छ। पूरै देही-अभिमानी अवस्था बनोस् यो उच्च लक्ष्य हो। त्यहाँ आत्माहरू हुन्छन् नै अशरीरी। फेरि यहाँ आएर देह धारण गर्छन्। अब फेरि यहाँ यस देहमा रहेर आफूलाई अशरीरी सम्झिनु छ। यो मेहनत धेरै कठिन छ। आफूलाई आत्मा सम्झेर कर्मातीत अवस्थामा रहनु छ। सर्पलाई पनि अक्कल छ नि पुरानो काँचुली छोडिदिन्छ। त्यसैले तिमी पनि देह-अभिमानबाट निस्किनु छ। मूलवतनमा त तिमी हुन्छौ नै देही-अभिमानी। यहाँ देहमा हुँदा आफूलाई आत्मा सम्झिनु छ। देह-अभिमान टुट्नुपर्छ। कति ठूलो परीक्षा छ। भगवानले स्वयं आएर पढाउनु पर्छ। देहका सबै सम्बन्ध छोडेर मेरो बन, आफूलाई निराकार आत्मा सम्झ, यस्तो अरू कसैले भन्न सक्दैन। कुनै पनि चीजको भान नरहोस्। मायाले एक-अर्काको देहमा धेरै फँसाउँछ त्यसैले बाबा भन्नुहुन्छ यस साकारलाई पनि याद गर्नु छैन। बाबा भन्नुहुन्छ तिमीले त आफ्नो देहलाई पनि भुल्नु छ, एक बाबालाई याद गर्नु छ। यसमा धेरै मेहनत छ। मायाले राम्रा-राम्रा बच्चाहरूलाई पनि नाम-रूपमा फँसाइदिन्छ। यो स्वभाव धेरै नराम्रो हो। शरीरलाई याद गर्नु यो त भूतहरूको याद हो। म भन्छु एक शिवबाबालाई याद गर। तिमीले फेरि ५ भूतलाई याद गरिरहन्छौ। देहसँग बिल्कुल लगाव हुनु हुँदैन। ब्राह्मणीसँग पनि सिक्नु छ, तर उनीहरूकै नाम-रूपमा फँस्नु छैन। देही-अभिमानी बन्नमा नै मेहनत छ। बाबाकहाँ धेरै बच्चाहरूले चार्ट त पठाउँछन् तर बाबाले त्यसमा विश्वास गर्नु हुन्न। कसैले त भन्छन् म त शिवबाबा सिवाय अरू कसैलाई याद गर्दिनँ, तर बाबालाई थाहा छ अलिकति पनि याद गर्दैनन्। यादको लागि त धेरै मेहनत छ। कहीं न कहीं फँस्छन्। देहधारीलाई याद गर्नु, यो त ५ भूतहरूको याद हो। यसलाई भूत पूजा भनिन्छ। भूतलाई याद गर्छन्। यहाँ त तिमीले एक शिवबाबालाई याद गर्नु छ। पूजाको त कुरै छैन। भक्तिको नाम-निशान गुम हुन जान्छ फेरि चित्रलाई के याद गर्नु छ। त्यो पनि माटोले बनेको हो। बाबा भन्नुहुन्छ यो पनि सबै ड्रामामा निश्चित छ। अब फेरि तिमीलाई पुजारीबाट पूज्य बनाउँछु। एक बाबा सिवाय कुनै पनि शरीरलाई याद गर्नु छैन। आत्मा जब पावन बन्छ तब फेरि शरीर पनि पावन मिल्छ। अहिले त यो शरीर पावन छैन। पहिला आत्मा जब सतोप्रधानबाट सतो, रजो, तमोमा आउँछ तब शरीर पनि त्यसै अनुसार मिल्छ। अब तिम्रो आत्मा पावन बन्दै जान्छ तर शरीर अहिले नै पावन हुँदैन। यो बुझ्नु पर्ने कुरा हो। यो प्वाइन्ट पनि उनीहरूको बुद्धिमा बस्छ जसले राम्रोसँग बुझेर बुझाउँदै रहन्छन्। सतोप्रधान आत्मालाई बन्नु छ। बाबालाई याद गर्नुमा नै धेरै मेहनत छ। कतिलाई त अलिकति पनि याद रहँदैन। सम्मान सहित पास हुनको लागि बुद्धियोग अलिकति पनि कहीं नभड्कियोस्। एक बाबाको नै याद रहोस्। तर बच्चाहरूको बुद्धियोग भड्किरहन्छ। जति धेरैलाई आफू समान बनाउँछौ त्यति नै पद मिल्छ। देहलाई याद गर्नेले कहिल्यै उच्च पद पाउन सक्दैन। यहाँ त सम्मान सहित पास हुनु छ। मेहनत नगरी यो पद कसरी मिल्छ! देहलाई याद गर्नेले कुनै पुरुषार्थ गर्न सक्दैन। बाबा भन्नुहुन्छ पुरुषार्थ गर्नेलाई अनुसरण गर। यिनी पनि पुरुषार्थी हुन् नि।

यो धेरै बिचित्र ज्ञान छ। दुनियाँमा कसैलाई पनि थाहा छैन। कसैको पनि बुद्धिमा बस्दैन आत्माको परिवर्तन कसरी हुन्छ? यो सारा गुप्त मेहनत हो। बाबा पनि गुप्त हुनुहुन्छ। तिमीले राजाई कसरी प्राप्त गर्छौ? लडाईं-झगडा केही पनि छैन। ज्ञान र योगको नै कुरा छ। हामी कसैसँग लड्दैनौं। यो त आत्मालाई पवित्र बनाउनको लागि मेहनत गर्नु छ। आत्मा जति जति पतित बन्दै जान्छ, शरीर पनि त्यस्तै पतित लिन्छ। फेरि आत्मालाई पावन बनेर जानु छ, धेरै मेहनत छ। बाबा बुझ्न सक्नुहुन्छ कस-कसले पुरुषार्थ गर्छन्! यो हो शिवबाबाको भण्डारा। शिवबाबाको भण्डारामा तिमीले सेवा गर्छौ। सेवा गरेनौ भने पाई पैसाको पद पाउने छौ। बाबाको पासमा सेवाको लागि आएर पनि सेवा गरेनन् भने के पद मिल्ला! यो राजधानी स्थापना भइरहेको छ, यसमा नोकर-चाकर आदि सबै बन्छन् नि। अहिले तिमीले रावणमाथि विजय पाउँछौ, बाँकी अरू कुनै लडाईं होइन। यो सम्झाइन्छ, कति गुप्त कुरा छ। योगबलबाट तिमीले विश्वको बादशाही लिन्छौ। तिमीलाई थाहा छ हामी आफ्नो शान्तिधाममा रहनेवाला हौं। तिमी बच्चाहरूलाई बेहदको घर नै याद छ। यहाँ हामी पार्ट खेल्न आएका छौं फेरि जान्छौं आफ्नो घर। आत्मा कसरी जान्छ? यो पनि कसैले बुझ्दैनन्। ड्रामा योजना अनुसार आत्माहरू आउनु नै छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कुनै पनि देहधारीसँग लगाव राख्नु छैन। शरीरलाई याद गर्नु पनि भूतलाई याद गर्नु हो, त्यसैले कसैको नाम-रूपमा लट्किनु हुँदैन। आफ्नो देहलाई पनि भुल्नु छ।

२) भविष्यको लागि अविनाशी कमाई जम्मा गर्नु छ। समझदार बनेर ज्ञानका प्वाइन्टहरूलाई बुद्धिमा धारण गर्नु छ। जो बाबाले सम्झाउनु भएको छ, त्यो बुझेर अरूलाई बुझाउनु छ।

वरदान:
सच्चा र स्वच्छ दिलको आधार मा पहिलो नम्बर लिने दिलाराम पसन्द भव

दिलाराम बाबालाई सच्चा दिल भएका बच्चा नै मन पर्छ। दुनियाँको दिमाग नभए पनि स्वच्छ दिल छ भने पहिलो नम्बर प्राप्त गर्छौ किनकि दिमाग त बाबाले यति ठूलो दिनुहुन्छ जसबाट रचयितालाई जानेपछि रचनाको आदि, मध्य, अन्त्यको ज्ञानलाई जान्दछौ। त्यसैले सच्चा सफा दिलको आधारबाट नै नम्बर प्राप्त हुन्छ, सेवाको आधारबाट होइन। सच्चा दिलको सेवाको प्रभाव दिलसम्म पुग्छ। दिमाग भएकाले नाम कमाउँछ, अनि दिल भएकाले आशीर्वाद कमाउँछ।

स्लोगन:
सबैप्रति शुभ चिन्तन र शुभ कामना राख्नु नै सच्चा परोपकार हो।