05.02.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यहाँ तिम्रा सबै कुरा गुप्त छन् , त्यसैले तिमीले कुनै पनि ठाँट देखाउनु छैन , आफ्नो नयाँ राजधानीको नशामा रहनु छ।

प्रश्न:
श्रेष्ठ धर्म र दैवी कर्मको स्थापनाको लागि तिमी बच्चाहरूले कुनचाहिँ मेहनत गर्छौ?

उत्तर:
तिमीले अहिले ५ विकारहरूलाई छोड्ने मेहनत गर्छौ किनकि यी विकारहरूले नै सबैलाई भ्रष्ट बनाएका हुन्। तिमीलाई थाहा छ यतिबेला सबै दैवी धर्म र कर्मले भ्रष्ट छन्। बाबाले नै श्रीमत दिएर श्रेष्ठ धर्म र श्रेष्ठ दैवी कर्मको स्थापना गर्नुहुन्छ। तिमीले श्रीमत अनुसार चलेर बाबाको यादद्वारा विकारहरूमाथि विजय प्राप्त गर्छौ। पढाइद्वारा आफूले आफैंलाई राजतिलक दिन्छौ।

गीत:
तुम्हें पाके....

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूले यो गीत सुन्यौ। रूहानी बच्चाहरूले नै भन्छन् बाबा। बच्चाहरूले जानेका छन् उहाँ बेहदको बाबाले, बेहदको सुख दिनुहुन्छ अर्थात् उहाँ सबैका पिता हुनुहुन्छ। उहाँलाई सबै बेहदका बच्चा, आत्माहरूले याद गरिरहन्छन्। कुनै न कुनै प्रकारले याद गर्छन् तर उनीहरूलाई यो थाहा छैन हामीलाई उही परमपिता परमात्माबाट विश्वको बादशाही मिल्छ। तिमीलाई थाहा छ हामीलाई बाबा, जसले सत्ययुगी विश्वको बादशाही दिनुहुन्छ, त्यो अटल, अखण्ड, अडोल छ, त्यो हाम्रो बादशाही २१ जन्मसम्म कायम रहन्छ। सारा विश्वमा हाम्रो राजाईं हुन्छ। जसलाई कसैले छिन्न सक्दैन, लुट्न सक्दैन। हाम्रो राजाई अडोल हुन्छ किनकि त्यहाँ एउटै धर्म हुन्छ, द्वैत हुँदैन। त्यो हो अद्वैत राज्य। तिमी बच्चाहरूले जहिले पनि गीत सुन्दा आफ्नो राजधानीको नशा आउनु पर्छ। यस्ता यस्ता गीतहरू घरमा रहनु पर्छ। तिम्रा सबै कुरा गुप्त छन्। ठूला-बडा मानिसहरूको धेरै ठाँट हुन्छ। तिमीहरूमा कुनै ठाँट छैन। तिमीले देख्छौ बाबाले जसमा प्रवेश गर्नु भएको छ उनी पनि कति साधारण रहन्छन्। यो पनि बच्चाहरूलाई थाहा छ यहाँ हरेक मनुष्यले विकारी, फोहोरी काम नै गर्छन्, त्यसैले बेसमझ भनिन्छ। बुद्धिमा बिलकुलै ताला लागेको छ। तिमी कति समझदार थियौ। विश्वको मालिक थियौ। अहिले मायाले यति बेसमझ बनाइदियो, कुनै कामको योग्य नै रहेनौ। बाबाको पासमा जानको लागि यज्ञ-तप आदि धेरै गरिरहन्छन् तर केही पनि मिल्दैन। यतिकै धक्का खाइरहन्छन्। दिन प्रतिदिन अकल्याण नै हुँदै जान्छ। जति जति मनुष्य तमोप्रधान हुँदै जान्छन्, त्यति त्यति अकल्याण हुनु नै छ। ऋषि-मुनि, जसको गायन छ, उनीहरू त पवित्र रहन्थे। उनले नेती-नेती भन्थे। अहिले तमोप्रधान बनेका छन् त्यसैले भन्छन् शिवोहम्, तत्त्वम्, सर्वव्यापी हुनुहुन्छ, तिमीमा ममा सबैमा हुनुहुन्छ। उनीहरूले केवल परमात्मा भन्छन्। परमपिता कहिल्यै पनि भन्दैनन्। परमपिता, उहाँलाई फेरि सर्वव्यापी भन्नु, यो त गल्ती हुन जान्छ। त्यसैले फेरि ईश्वर वा परमात्मा भनि दिन्छन्। पिता शब्द बुद्धिमा आउँदैन। कसैले भन्न पनि सक्छन्, तर केवल भन्ने मात्र हो। यदि परमपिता भएदेखि त बुद्धि एकदम चम्किन्थ्यो। बाबाले स्वर्गको वर्सा दिनु हुन्छ, उहाँ हुनुहुन्छ नै स्वर्गको स्थापक, फेरि हामी किन नर्कमा परेका छौं त? अब हामीले मुक्ति जीवनमुक्ति कसरी पाउन सक्छौं? यो कसैको पनि बुद्धिमा आउँदैन। आत्मा पतित बनेको छ। आत्मा पहिला सतोप्रधान, समझदार हुन्छ फेरि सतो, रजो, तमोमा आउँछ, बेसमझ बन्छ। अहिले तिम्रो समझमा आएको छ। बाबाले हामीलाई यो स्मृति दिलाउनु भएको छ। जब नयाँ दुनियाँ थियो, तब हाम्रो राज्य थियो। एउटै मत, एउटै भाषा, एउटै धर्म, महाराजा-महारानीको एउटै राज्य थियो, फेरि द्वापरमा वाममार्ग सुरु हुन्छ, फेरि हरेकको कर्ममा निर्भर हुन्छ। कर्म अनुसार एउटा शरीर छोडेर अर्को लिन्छौं। अहिले बाबा भन्नुहुन्छ मैले तिमीलाई यस्तो कर्म सिकाउँछु जसबाट २१ जन्मसम्म तिमीले बादशाही पाउँछौ। हुन त त्यहाँ पनि हदका पिता त मिल्छन्, तर यो राजाईको वर्सा बेहदको बाबाले दिनु भएको हो। त्यहाँ यो ज्ञान हुँदैन। फेरि द्वापरबाट रावण राज्य सुरु हुन्छ, विकारी सम्बन्ध हुन जान्छ। फेरि कर्म अनुसार जन्म मिल्छ। भारतवर्षमा पूज्य राजाहरू पनि थिए भने पूजारी राजाहरू पनि छन्। सत्ययुग र त्रेतायुगमा सबै पूज्य हुन्छन्। त्यहाँ पूजा वा भक्ति केही पनि हुँदैन। फेरि द्वापरमा जब भक्ति मार्ग सुरु हुन्छ अनि यथा राजा रानी तथा प्रजा पूजारी, भक्त बन्छन्। सबैभन्दा ठूला राजाहरू जो सूर्यवंशी पूज्य थिए, उनै पूजारी बन्छन्।

अहिले तिमी जुन निर्विकारी बन्छौ, त्यसको प्रारब्ध २१ जन्मको लागि हो। फेरि भक्ति मार्ग सुरु हुन्छ। देवताहरूको मन्दिर बनाएर पूजा गरिरहन्छन्। यो केवल यहाँ नै हुन्छ। ८४ जन्मको कहानी जुन बाबाले सुनाउनु हुन्छ, यो पनि हिन्दुहरूकै लागि हो। अरू धर्मका त आउँछन् नै पछि। फेरि त वृद्धि हुँदै हुँदै धेरै हुन पुग्छन्। भेराइटी भिन्न-भिन्न धर्मावलम्बीहरूको अनुहार, हरेक कुरामा भिन्न भिन्न हुन्छन्। रीति रिवाज पनि भिन्न भिन्न हुन्छन्। भक्तिमार्गको लागि सामग्री पनि चाहिन्छ। जस्तै, बिऊ कति सानो हुन्छ, रुख कति ठूलो हुन्छ। रुखका पातहरूलाई गन्ती गर्न सकिंदैन। त्यस्तै भक्तिको पनि बिस्तार हुन्छ। थुप्रै शास्त्रहरू बनाउँदै जान्छन्। अब बाबा बच्चाहरूलाई भन्नुहुन्छ यी भक्ति मार्गका सामग्री सबै समाप्त हुन्छन्। अब मलाई याद गर। भक्तिको प्रभाव पनि धेरै छ नि। कति आकर्षण छ, नाँच-गान, तमाशा आदिमा कति खर्च गर्छन्। अहिले बाबा भन्नुहुन्छ म बाबालाई अनि वर्सालाई याद गर। आदि सनातन आफ्नो धर्मलाई याद गर। तिमीले जन्म जन्मान्तरदेखि अनेक प्रकारका भक्ति गर्दै आएका छौ। संन्यासीले पनि आत्माहरूको रहने स्थान, तत्त्वलाई परमात्मा सम्झन्छन्। ब्रह्म वा तत्त्वलाई नै याद गर्छन्। वास्तवमा संन्यासी जब सतोप्रधान हुन्छन्, उनीहरू जंगलमा गएर रहन्छन्, शान्तिमा। यस्तो होइन, उनीहरूलाई ब्रह्ममा गएर लीन हुनु छ। उनीहरूले सम्झन्छन् ब्रह्मको यादमा रहनाले, शरीर छोड्नाले ब्रह्ममा लीन भइन्छ। बाबा भन्नुहुन्छ लीन कोही पनि हुन सक्दैन। आत्मा त अविनाशी छ नि, ऊ लीन कसरी हुन सक्छ? भक्ति मार्गमा कति दु:ख गर्छन्। भन्छन् भगवान कुनै न कुनै रूपमा आउनु हुन्छ। अब को ठीक छ? उनीहरू भन्छन् हामी ब्रह्ममा योग लगाएर ब्रह्ममा लीन हुन्छौं। गृहस्थ धर्मकाले भन्छन् भगवान कुनै न कुनै रूपमा पतितहरूलाई पावन बनाउन आउनु हुन्छ। यस्तो होइन, माथिबाट प्रेरणा दिएर सिकाउनु हुन्छ। शिक्षकले घरमै बसेर प्रेरणा दिन्छन् र? प्रेरणाको कुरा छैन। प्रेरणाले कुनै पनि काम हुँदैन। त्यसो त शंकरको प्रेरणाद्वारा विनाश हुन्छ भन्छन् तर यो ड्रामामा निश्चित छ। उनीहरूले यी मुसल आदि त बनाउनु नै छ। शंकरको केवल महिमा गाइन्छ। कसैले पनि आफू भन्दा पनि ठूलाको महिमा जानेका छैनन्। धर्म स्थापकलाई पनि गुरु भनिदिन्छन् तर उनले त केवल धर्म स्थापना गर्छन्। गुरु उनलाई भनिन्छ, जसले सद्गति गर्छ। उनीहरूले त धर्म स्थापना गर्दै आउँछन्, उनको पछाडि उनको वंशावली आउँदै जान्छ। सद्गति त कसैको पनि गर्दैनन्। त्यसैले उनलाई गुरु कसरी भन्ने? गुरु त एउटै हुनुहुन्छ, जसलाई सबैको सद्गतिदाता भनिन्छ। भगवान बाबा नै आएर सबैको सद्गति गर्नुहुन्छ। मुक्ति-जीवनमुक्ति दिनु हुन्छ। उहाँको याद कहिल्यै कसैबाट छुट्न सक्दैन। पतिसँग जतिसुकै प्रेम होस् फेरि पनि हे भगवान, हे ईश्वर अवश्य भन्छन् किनकि उहाँ सबैको सद्गतिदाता हुनुहुन्छ। बाबा बसेर सम्झाउनु हुन्छ, यी सारा रचना हुन्। रचयिता पिता म हुँ। सबैलाई सुख दिने एउटै पिता हुनुहुन्छ। भाइले भाइलाई वर्सा दिन सक्दैन। वर्सा सधैं पिताबाट नै मिल्छ। तिमीहरू सबै बेहदका बच्चाहरूलाई बेहदको वर्सा दिन्छु। त्यसैले नै मलाई याद गर्छन् हे परमपिता, क्षमा गर्नुहोस्, दया गर्नुहोस्। तर केही पनि बुझ्दैनन्। भक्ति मार्गमा अनेक प्रकारका महिमा गर्छन्। ड्रामा अनुसार आफ्नो पार्ट खेलिरहन्छन्। बाबा भन्नुहुन्छ यिनले बोलाउँदैमा वा पुकार्दैमा म आउँदिन। यो त ड्रामा बनेको छ। ड्रामामा मेरो आउने पार्ट निश्चित छ। अनेक धर्मको विनाश, एक धर्मको स्थापना वा कलियुगको विनाश, सत्ययुगको स्थापना गर्नु पर्छ। म आफ्नो समयमा आएपछि आफैं आउँछु। यो भक्ति मार्गको पनि ड्रामामा पार्ट छ। अब भक्ति मार्गको पार्ट पूरा भयो त्यसैले आएको हुँ। बच्चाहरूले पनि भन्छन् अब हामीले जान्यौं ५ हजार वर्षपछि फेरि हजुरसँग भेट भएको हो। कल्प पहिला पनि बाबा हजुर ब्रह्माको तनमा नै आउनु भएको थियो। यो ज्ञान तिमीलाई अहिले नै मिल्छ, फेरि कहिल्यै मिल्दैन। यो हो ज्ञान, त्यो हो भक्ति। ज्ञानीको प्रारब्ध हुन्छ चढ्ती कला। सेकेण्डमा जीवनमुक्ति भनिन्छ। जनकलाई सेकेण्डमा जीवनमुक्ति मिलेको थियो नि। यो पनि शब्द छ राधे गएर अनुराधे बन्छिन्। जनक पनि गएर सीताका पिता अनुजनक बने, यो ज्ञानद्वारा। यो पनि एउटा उदाहरण दिइएको छ। तर केही पनि बुझ्दैनन्। भन्छन् जनकले सेकेण्डमा जीवनमुक्ति पाए। के केवल एक जनकले मात्र जीवनमुक्ति पाए त? जीवनमुक्ति अर्थात् जीवनलाई मुक्त गर्छौं, यस रावण राज्यबाट।

बाबालाई थाहा छ सबै बच्चाहरूको कति दुर्गति भएको छ। उनीहरूको फेरि सद्गति हुनु छ। दुर्गतिबाट फेरि ऊच्च गति, मुक्ति जीवनमुक्ति पाउँछन्। पहिला मुक्तिमा गएर फेरि जीवनमुक्तिमा आउँछन्। शान्तिधामबाट फेरि सुखधाममा आउँछन्। यो चक्रको सबै रहस्य बाबाले सम्झाउनु भएको छ। तिमीहरू पछि अरू पनि धर्म आउँदै गर्छन्। मनुष्य सृष्टि वृद्धि हुँदै जान्छ। बाबा भन्नुहुन्छ यतिबेला यो मनुष्य सृष्टिको वृक्ष तमोप्रधान, जीर्ण भइसकेको छ। आदि सनातन देवी देवता धर्मको सबै जग सडिसकेको छ। बाँकी सबै धर्महरू खडा छन्। यहाँ एक जनाले पनि आफूलाई आदि सनातन देवी देवता धर्मको मान्दैन। हुन् त देवी देवता धर्मकै तर यतिबेला यस्तो सम्झदैनन् हामी आदि सनातन देवी देवता धर्मका थियौं किनकि देवताहरू त पवित्र थिए। सम्झन्छन् हामी त पवित्र छैनौं। हामी अपवित्र, पतितले आफूलाई देवता कसरी भनौं? ड्रामा प्लान अनुसार यो हिन्दु कहलाउने चलन बनेको छ। प्राक्टिकलमा पनि हिन्दु धर्म लेखिदिन्छन्। गुजराती नै भए पनि हिन्दु गुजराती भन्छन्। उनीहरूसँग सोधेर त हेर, हिन्दु धर्म कहाँबाट आयो? कसैलाई पनि थाहा छैन, केवल भन्छन् हाम्रो धर्म कृष्णले स्थापना गरे। कहिले? द्वापरमा। द्वापरदेखि नै यिनीहरूले आफ्नो धर्मलाई बिर्सेर आफूलाई हिन्दु भनाउन लागेका हुन्। त्यसैले उनीहरूलाई दैवी धर्म भ्रष्ट भनिन्छ। त्यहाँ सबैले राम्रो कर्म गर्छन्। यहाँ सबैले छी: छी: कर्म गर्छन् त्यसैले देवी देवता धर्म भ्रष्ट, कर्म भ्रष्ट भनिन्छ। अब फेरि श्रेष्ठ धर्म, श्रेष्ठ दैवी कर्मको स्थापना भइरहेको छ। त्यसैले भनिन्छ, अब यी ५ विकारहरूलाई छोड्दै जाऊ। यी विकार आधा कल्पदेखि रहेका छन्। अब एक जन्ममा यसलाई छोड्नु यसमा मेहनत लाग्छ। मेहनत विना विश्वको बादशाही पाउन सकिंदैन। बाबालाई याद गर्छौ तब नै आफूलाई तिमीले राजाईंको तिलक दिन सक्छौ अर्थात् राज्यको अधिकारी बन्छौ। जति राम्रोसँग यादमा रहन्छौ, श्रीमतमा चल्छौ त्यति राजाहरूको राजा बन्छौ। पढाउने टिचर त आउनु भएको छ पढाउन। यो पाठशाला हो नै मनुष्यलाई देवता बनाउने। नरबाट नारायण बनाउने कथा सुनाउँछन्। यो कथा कति प्रख्यात छ। यसलाई अमरकथा, सत्यनारायणको कथा, तीजरीको कथा पनि भनिन्छ। तिनैवटाको अर्थ पनि बाबाले सम्झाउनु हुन्छ। भक्तिमार्गका त धेरै कथाहरू छन्। हेर त गीत कति राम्रो छ? बाबाले हामीलाई सारा विश्वको मालिक बनाउनु हुन्छ, जसबाट मालिकपना कसैले लुटन नसकोस्। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सदा यो स्मृतिमा राख्नु छ हामी एक मत, एक राज्य, एक धर्मको स्थापनाको निमित्त हौं, त्यसैले एक मत भएर रहनु छ।

२) स्वयंलाई राजाईको तिलक दिनको लागि विकारहरूलाई छोड्ने मेहनत गर्नु छ। पढाइमा पूरा ध्यान दिनु छ।

वरदान:
त्रिकालदर्शी स्थितिद्वारा मायाको आक्रमणबाट सुरक्षित रहने अतीन्द्रिय सुखको अधिकारी भव

संगमयुगको विशेष वरदान वा ब्राह्मण जीवनको विशेषता हो अतीन्द्रिय सुख। यस्तो अनुभव अरू कुनै पनि युगमा हुँदैन। तर यस्तो सुखको अनुभूतिको लागि त्रिकालदर्शी स्थितिद्वारा मायाको आक्रमणबाट सुरक्षित होऊ। यदि बारम्बार मायाको आक्रमण भइरह्यो भने चाहेर पनि अतीन्द्रिय सुखको अनुभव गर्न पाउँदैनौ। जसले अतीन्द्रिय सुखको अनुभव गर्छ, उसलाई इन्द्रियहरूको सुखले आकर्षित गर्न सक्दैन, नलेजफुल हुनाको कारणले उनको अगाडि त्यो तुच्छ लाग्छ।

स्लोगन:
कर्म र मनसा दुवै सेवाको सन्तुलन भयो भने शक्तिशाली वायुमण्डल बनाउन सक्छौ।