05.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी ले पढाइ कहिले छुटाउनु हुँदै न , पढाइबाट नै छात्रवृत्ति मिल्छ त्यसैले बाबाद्वारा जुन ज्ञान मिल्छ त्यसलाई ग्रहण गर ।

प्रश्न:
लायक ब्राह्मण कसलाई भनिन्छ? उसको लक्षण सुनाऊ।

उत्तर:
१ लायक ब्राह्मण उसलाई भनिन्छ जसको मुखमा बाबाको गीता ज्ञान कण्ठ हुन्छ। २ जसले धेरैलाई आफू समान बनाउँछ। ३ धेरैलाई ज्ञान धनको दान गर्छ। ४ कहिल्यै पनि आपसमा एक-अर्काको मतभेदमा आउँदैन। ५ कुनै पनि देहधारीमा बुद्धि अट्काएको हुँदैन। ६ ब्राह्मण अर्थात् जसमा कुनै पनि भूत नहोस्, जसले देह-अभिमानलाई छोडेर देही-अभिमानी रहने पुरुषार्थ गर्छ।

ओम् शान्ति ।
बाबाले आफ्नो र सृष्टि चक्रको परिचय त दिनु भएको छ। यो त बच्चाहरूको बुद्धिमा बसेको छ सृष्टि चक्र जस्ताको तस्तै दोहोरिन्छ। जसरी नाटक बनाउँछन्, नमूना बनाउँछन्। फेरि ती दोहोरिन्छन्। तिमी बच्चाहरूको बुद्धिमा यो चक्र चल्नु पर्छ। तिम्रो नाम हो स्वदर्शन चक्रधारी। त्यसैले बुद्धिमा घुम्नु पर्छ। बाबाद्वारा जुन ज्ञान मिल्छ त्यो ग्रहण गर्नु पर्छ। यसरी ग्रहण होस् जसले गर्दा अन्त्यमा बाबा र रचनाको आदि-मध्य-अन्तको याद रहोस्। बच्चाहरूलाई धेरै राम्रो सँग पुरुषार्थ गर्नु छ। यो हो शिक्षा। बच्चाहरूलाई थाहा छ यो शिक्षा तिमी ब्राह्मणहरू बाहेक अरू कसैले जान्दैनन्। वर्णहरूको फरक त छ नि। मनुष्य सम्झन्छन् हामी सबै मिलेर एक होऔं। अब यति सारा दुनियाँ एक त हुन सक्दैन। यहाँ सारा विश्वमा एक राज्य, एक धर्म, एक भाषा चाहिन्छ। त्यो त सत्ययुगमा थियो। विश्वको बादशाही थियो, जसको मालिक यी लक्ष्मी-नारायण थिए। तिमीलाई बताउनु छ विश्वमा शान्तिको राज्य यो हो। केवल यहाँको नै कुरा हो, जब यिनको राज्य हुन्छ, त्यतिबेला सारा विश्वमा शान्ति हुन्छ। यो कुरा तिमी बाहेक अरू कसैले जान्दैन। सबै भक्त हुन्। फरक पनि तिमी देख्छौ। भक्ति अलग छ, ज्ञान अलग छ। यस्तो होइन भक्ति नगर्नाले कुनै भूत-प्रेतले खान्छ। होइन। तिमी त बाबाको बनेका छौ। तिमीमा जुन भूतहरू छन् ती निक्लिनु पर्छ। पहिलो नम्बरको भूत हो देह-अहंकार। यसलाई निकाल्नको लागि बाबाले देही-अभिमानी बनाउनु हुन्छ। बाबालाई याद गर्नाले कुनै पनि भूत सामुन्ने आउनेछैन। २१ जन्मसम्म कुनै पनि भूत आउँदैन। यी ५ भूत हुन् रावण सम्प्रदायका। रावण राज्य भन्छन्। राम राज्य अलग हो, रावण राज्य अलग हो। रावण राज्यमा भ्रष्टाचारी र राम राज्यमा श्रेष्ठाचारी हुन्छन्। यो फरक पनि तिमी बाहेक अरू कसैलाई थाहा छैन। तिमीहरू मध्येमा पनि जो समझदार, होसियार छन्, उनीहरूले राम्रो सँग बुझ्न सक्छन् किनकि माया बिरालो कम छैन। कहिलेकाहीँ पढाइलाई छोडिदिन्छन्, सेन्टरमा जाँदैनन्, दैवी गुण धारण गर्दैनन्। आँखाले पनि धोखा दिन्छ। कुनै चीज राम्रो देख्यो भने खाइदिन्छन्। त्यसैले अब बाबाले सम्झाउनु हुन्छ तिमी बच्चाहरूको यो (लक्ष्मी-नारायण) लक्ष्य हो। तिमीलाई यस्तो बन्नु छ। दैवी गुणहरू धारण गर्नु छ, यथा राजा रानी तथा प्रजा सबैमा दैवी गुण हुन्छन्। त्यहाँ आसुरी गुण हुँदैनन्। असुर हुँदैनन्। तिमी ब्रह्माकुमार-कुमारीहरू बाहेक अरू कोही छैन जसले यी कुरालाई बुझ्न सकोस्। तिमीलाई शुद्ध अहंकार छ। तिमी आस्तिक बनेका छौं किनकि मीठा-प्यारा बाबाको बनेका छौ। यो पनि जान्दछौ कुनै पनि देहधारीले कहिल्यै राजयोगको ज्ञान वा यादको यात्रा सिकाउन सक्दैन। एक बाबाले नै सिकाउनु हुन्छ। तिमी सिकेर फेरि अरूलाई सिकाउँछौ। तिमीलाई सोध्नेछन् तिमीलाई यो कसले सिकायो? तिम्रो गुरु को हो? किनकि शिक्षकले त आध्यात्मिक कुरा सिकाउँदैनन्, यो त गुरुले नै सिकाउनु हुन्छ। बच्चाहरूलाई थाहा छ हाम्रो गुरु छैनन्, हाम्रो हुनु हुन्छ सतगुरु, उहाँलाई सुप्रीम पनि भनिन्छ। ड्रामा अनुसार सतगुरुले स्वयं आएर परिचय दिनु हुन्छ र जे सुनाउनु हुन्छ त्यो सबै सत्य नै सुनाउनु हुन्छ र सचखण्डमा लैजानु हुन्छ। सत् एउटै छ। बाँकी कुनै देहधारीलाई याद गर्नु झूटो हो। यहाँ त तिमीले एक बाबालाई नै याद गर्नु छ। जसरी सबै आत्माहरू ज्योतिबिन्दु छन्, त्यस्तै बाबा पनि ज्योतिबिन्दु हुनु हुन्छ। बाँकी हरेक आत्माको संस्कार कर्म आ-आफ्नो छ। सबैको एउटै किसिमको संस्कार हुन सक्दैन। यदि एउटै संस्कार भएको भए फेरि अनुहार पनि सबैको उस्तै हुनु पर्ने हो। कहिल्यै पनि एउटै किसिमको अनुहार हुँदैन। अलि-अलि फरक अवश्य हुन्छ।

यो नाटक त एउटै छ। सृष्टि पनि एउटै छ, अनेक छैन। तल र माथि दुनियाँ छ भनेर गफ मात्रै लगाउँछन्। माथि ताराहरूमा दुनियाँ छ। बाबा भन्नुहुन्छ यो कसले बतायो? नाम लिन्छन् शास्त्रहरूको। शास्त्र त अवश्य पनि कुनै मनुष्यहरूले लेखेका हुनु पर्छ। तिमीलाई थाहा छ यो त बनी-बनाऊ खेल हो। सेकेन्ड-सेकेन्ड जुन सारा दुनियाँको पार्ट हुन्छ, यो पनि ड्रामाको बनी-बनाऊ खेल हो। तिमी बच्चाहरूको बुद्धिमा आएको छ यो चक्र कसरी घुम्छ, सबै मनुष्य मात्रले कसरी पार्ट खेल्छन्? बाबाले बताउनु भएको छ सत्ययुगमा केवल तिम्रो मात्रै पार्ट हुन्छ। नम्बरवार आउँछौ पार्ट बजाउन। बाबाले कति राम्रो सँग सम्झाउनु हुन्छ। तिमी बच्चाहरूले फेरि अरूलाई सम्झाउनु छ। ठूला-ठूला सेन्टरहरू खुल्दै जान्छन्, त्यसैले ठूला-बडा मानिसहरू त्यहाँ जान्छन्। गरिब पनि आउँछन्। अक्सर गरेर गरिबहरूको बुद्धिमा तुरून्तै बस्छ। ठूला-बडा मानिसहरू आए पनि काम पर्यो भने भन्नेछन् फुर्सत छैन। हामी राम्रो सँग पढ्नेछौं भनी प्रतिज्ञा गर्छन् तर यदि पढ्दैनन् भने धक्का खान पुग्छन्। मायाले झन् आफ्नो तर्फ खिच्छ। धेरै बच्चाहरू छन् जसले पढ्नै बन्द गरिदिन्छन्। पढाइमा गयल रह्यौ भने अवश्य फेल हुन्छौ। स्कूलमा जो राम्रा-राम्रा बच्चाहरू हुन्छन् उनीहरू कहिल्यै पनि विवाहमा, यता-त्यति जानको लागि बिदा लिंदैनन्। बुद्धिमा रहन्छ मैले राम्रो सँग पढेर छात्रवृत्ति लिनेछु, त्यसैले पढ्छन्। मिस गर्ने ख्याल गर्दैनन्। उनीहरूलाई पढाइ बाहेक अरू केही पनि राम्रो लाग्दैन। सम्झन्छन् व्यर्थमा समय नष्ट हुन्छ। यहाँ एउटै शिक्षक पढाउनेवाला हुनु हुन्छ त्यसैले पढाइ कहिले मिस गर्नु छैन। यसमा पनि नम्बरवार पुरुषार्थ अनुसार हुन्छ। हेरिन्छ पढ्ने राम्रो छन् भने पढाउनेको पनि दिल लाग्छ। टिचरको नाम प्रख्यात हुन्छ। ग्रेड बढ्छ। उच्च पद मिल्छ। यहाँ पनि बच्चाहरू जसले जति पढ्छन् त्यति नै उच्च पद पाउँछन्। एउटै क्लासमा कोही पढेर उच्च पद पाउँछन्, कोही कम। सबैको कमाई एक समान हुँदैन। बुद्धिमा भर पर्छ। त्यो त मनुष्यले मनुष्यलाई पढाउँछन्। तिमीलाई थाहा छ बेहदका बाबाले हामीलाई पढाउनु हुन्छ, त्यसैले राम्रो सँग पढ्नु पर्छ। व्यर्थमा समय खेर फाल्नु हुँदैन। पढाइलाई छोड्नु हुँदैन। उल्टो-सुल्टो कुरा सुनाएर एक-अर्काको विश्वासघाती पनि बन्छन्। परमतमा चल्नु छैन। श्रीमतको लागि जसले जेसुकै भनोस्, तिमीलाई त निश्चय छ बाबाले हामीलाई पढाउनु हुन्छ फेरि त्यो पढाइ छोड्नु हुँदैन। बच्चाहरू नम्बरवार छन्, बाबा त पहिलो नम्बरको हुनु हुन्छ। यस पढाइलाई छोडेर अरू कहाँ जान्छन्। अरू कतैबाट पनि यो पढाइ मिल्न सक्दैन। शिवबाबाबाट पढ्नु छ। सौदा (व्यापार) पनि शिवबाबा सँग गर्नु छ। कसैले उल्टो-सुल्टो कुरा सुनाएर अरूको मुख मोडिदिन्छन्। यो बैंक शिवबाबाको हो। सम्झ, कुनैले बाहिर सतसङ्ग सुरु गर्छन्, भन्दछन् हामीलाई शिवबाबाको बैंकमा जमा गर्नु छ, कसरी गर्नेछन्? बच्चाहरू जो आउँछन् शिवबाबाको भण्डारीमा खसाउँछन्। एक पैसा पनि दिन्छन् भने सयगुणा भएर मिल्छ। शिवबाबा भन्नुहुन्छ तिमीलाई यसको बदलामा महल मिल्छ। यो सारा पुरानो दुनियाँ खतम हुनेवाला छ। धनवान् राम्रो राम्रो कुटुम्बबाट धेरै आउँछन्। हाम्रो शिवबाबाको भण्डारीबाट पालना हुँदैन भनेर कसैले पनि भन्दैन। सबैको पालना भइराखेको छ। कोही गरिब छन्, कोही धनी छन्। धनीबाट गरिबको पालना हुन्छ, यसमा डराउनु पर्ने कुरा छैन। धेरैले चाहन्छन् हामी बाबाको बनिहालौं। तर लायक पनि त हुनुपर्यो। तन्दुरूस्त पनि चाहियो। ज्ञान पनि दिन सकून्। सरकारले पनि धेरै जाँच गर्छ। यहाँ पनि सबै कुरा हेरिन्छ। सेवा गर्न सक्छन्। नम्बरवार त छन्। सबैले आ-आफ्नो पुरुषार्थ गरिरहेका छन्। कोही राम्रो पुरुषार्थ गर्दा-गर्दा फेरि गयल भइहाल्छन्। कारण-अकारण आउन छोडिदिन्छन्। फेरि तन्दुरूस्ती पनि यस्तो भइहाल्छ। सदाको लागि तन्दुरूस्त बनाउनको लागि यो सबै सिकाइन्छ। जसलाई सोख छ, सम्झन्छन् यादबाटै हाम्रो पाप काटिन्छन्, उनले राम्रो सँग पुरुषार्थ गर्छन्। कोहीले त बाध्य भएर टायम पास गरिरहेका छन्। आ-आफ्नो जाँच गर्नु छ। बाबाले सम्झाउनु हुन्छ गफलत गर्यौ भने त्यो थाहा हुन्छ उसले कसैलाई पनि पढाउन सक्दैन।

बाबा भन्नुहुन्छ ७ दिनमा तिमीलाई लायक ब्राह्मण-ब्राह्मणी बन्नु पर्छ। केवल नामको ब्राह्मण-ब्राह्मणी चाहिन्न। ब्राह्मण-ब्राह्मणी उनीहरू हुन् जसको मुखमा बाबाको गीता ज्ञान कण्ठ होस्। ब्राह्मणहरूमा पनि नम्बरवार त हुन्छन् नै। यहाँ पनि यस्तै हो। पढाइमा अटेन्शन भएन भने गएर के बन्छन्। हरेकलाई आफ्नो पुरुषार्थ गर्नु छ। सेवाको सबुत दिनु पर्छ, तब यसले यो पद पाउँछ भन्ने कुरा समझमा आउन सक्छ। फेरि त्यो कल्प-कल्पान्तरको लागि हुन्छ। पढ्दैनन् पढाउदैनन् भने भित्र सम्झनु पर्छ मैले पूरा पढेको छैन, त्यसैले पढाउन सक्दिनँ। बाबा भन्नुहुन्छ पढाउन लायक किन बन्दैनौ! ब्राह्मणीलाई कहाँसम्म पठाउनेछौ! आफू समान बनाएका छैनौ! जो यहाँ राम्रो सँग पढ्छन्, उनीहरूलाई मदत दिनु पर्छ। धेरैमा आपसी मतभेद रहन्छ। कोहीले फेरि एक-अर्कामा मोहित भएर पढाइ नै छोडिदिन्छन्। जसले गर्नेछ उसले पाउँछ। एक-अर्काको कुरामा आएर तिमी पढाइ किन छोड्छौ? यो पनि ड्रामा। तकदिरमा छैन। दिन-प्रतिदिन पढाइ बढ्दै जान्छ। सेन्टरहरू खुल्दै जान्छन्। यो शिवबाबाको खर्च होइन। सारा बच्चाहरूकै खर्च हो। यो दान सबै भन्दा राम्रो हो। त्यस दानले अल्पकालको सुख मिल्छ, यसले २१ जन्मको प्रारब्ध मिल्छ। तिमीलाई थाहा छ हामी यहाँ नरबाट नारायण बन्नको लागि आउँछौं। त्यसैले जसले राम्रो सँग पढ्छन्, उनीहरूलाई अनुसरण गर। कति नियमित पढ्नु पर्छ। अक्सर गरेर देह-अभिमानमा आएर धेरै लडाईं गर्छन्। आफ्नो तकदिर सँग नाराज हुन्छन् त्यसैले धेरै संख्या माताहरूको छ। नाम पनि माताहरूको प्रख्यात हुनु छ। ड्रामामा माताहरूको उन्नति पनि निश्चित छ।

त्यसैले बाबाले मीठा-प्यारा बच्चाहरूलाई भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। आत्म-अभिमानी भएर रहने गर। शरीर नै छैन भने अरूबाट सुन्छौ कसरी। यो पक्का अभ्यास गर म आत्मा हुँ, अब मलाई फर्केर जानु छ। बाबा भन्नुहुन्छ यो सबै त्याग गर, बाबालाई याद गर। यसमा नै सारा कुरा भर पर्छ। बाबा भन्नुहुन्छ धन्दा आदि ठिकै छ सबै गर। ८ घण्टा धन्दा, ८ घण्टा आराम, बाँकी ८ घण्टा यस सरकारको सेवा गर। यो पनि तिमी मेरो होइन, विश्वको सेवा गर्छौ, यसको लागि समय निकाल। मुख्य हो यादको यात्रा। समय बर्बाद गर्नु छैन। त्यस सरकारको ८ घण्टा सेवा गर्छौ, त्यसबाट के मिल्छ! हजार, दुई हजार, पाँच हजार.... यस सरकारको सेवा गर्नाले तिमी पद्मापद्मपति बन्छौ। त्यसैले कति दिलले सेवा गर्नु पर्छ। ८ रत्न बनेका छन् भने अवश्य ८ घण्टा बाबालाई याद गर्छन्। भक्तिमार्गमा धेरै याद गर्छन्, समय गुमाउँछन्, मिल्न चाहिं केही पनि मिल्दैन। गंगा स्नान, जप तप आदि गर्नाले बाबा मिल्नुहुन्न, जसबाट वर्सा मिलोस्। यहाँ त तिमीलाई बाबाबाट वर्सा मिल्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) श्रीमतलाई छोडेर कहिल्यै परमतमा चल्नु हुँदैन। उल्टो-सुल्टो कुरामा आएर पढाइबाट मुख मोड्नु छैन। मतभेदमा आउनु हुँदैन।

२) आफ्नो जाँच गर्नु छ मैले कुनै लापर्बाही त गर्दिनँ? पढाइमा पूरा ध्यान छ? समय व्यर्थ त गुमाउँदिनँ? आत्म-अभिमानी बनेको छु? दिलदेखि रूहानी सेवा गर्छु?

वरदान:
पुरानो संस्कार र संसारको सम्बन्धको आकर्षणबाट मुक्त रहने डबल लाइट फरिश्ता भव

फरिश्ता अर्थात् पुरानो संसारको आकर्षणबाट मुक्त, न सम्बन्धको रूपमा आकर्षण होस्, न आफ्नो देह वा कुनै देहधारी व्यक्ति वा कुनै वस्तु तर्फ आकर्षण होस्। त्यस्तै पुरानो संस्कारको आकर्षणबाट मुक्त संकल्प, वृत्ति वा वाणीका रूपमा कुनै संस्कारको आकर्षण नहोस्। जब यस्तो सबै आकर्षणहरूबाट अथवा व्यर्थ संगत, व्यर्थ वातावरणबाट मुक्त बन्छौ तब भनिन्छ डबल लाइट फरिश्ता।

स्लोगन:
शान्तिको शक्तिद्वारा सर्व आत्माहरूको पालना गर्नेवाला नै रूहानी समाजसेवी हो।