05.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीलाई यस पुरानो दुनियाँ , पुरानो शरीरबाट जीवन छँदै मरेर घर जानु छ , त्यसैले देह-अभिमान छोडेर देही-अभिमानी बन।

प्रश्न:
राम्रा-राम्रा पुरुषार्थी बच्चाहरूको निशानी के हुन्छ?

उत्तर:
जो राम्रा पुरुषार्थी छन् उनीहरू बिहान सबेरै उठेर देही-अभिमानी रहने अभ्यास गर्छन्। उनीहरूले एक बाबालाई प्रेम गर्ने पुरुषार्थ गर्छन्। उनीहरूको लक्ष्य रहन्छ अरू कुनै देहधारी याद नआओस्, निरन्तर बाबा र ८४ को चक्रको याद रहन्छ। यसलाई पनि अहो सौभाग्य भनिन्छ।

ओम् शान्ति ।
अहिले तिमी बच्चाहरू जीवन छँदै मरेका छौ। कसरी मरेका छौ? देहको अभिमानलाई छोडिदियौ, त्यसैले बाँकी रह्यो आत्मा। शरीर त खत्तम हुन्छ। आत्मा मर्दैन। बाबा भन्नुहुन्छ जीवन छँदै आफूलाई आत्मा सम्झियौ र परमपिता परमात्मासँग योग लगायौ भने आत्मा पवित्र बन्छ। जबसम्म आत्मा बिलकुल पवित्र बन्दैन, तबसम्म पवित्र शरीर मिल्न सक्दैन। आत्मा पवित्र बन्यो भने फेरि यो पुरानो शरीर आफैं छुट्छ, जसरी सर्पको काँचुली आफैं छुट्छ, त्यसबाट ममत्व टुट्छ, उसलाई थाहा हुन्छ मलाई नयाँ काँचुली मिल्छ, पुरानो उत्रिन्छ। हरेकको आ-आफ्नो बुद्धि हुन्छ नि। अहिले तिमी बच्चाहरूले सम्झन्छौ हामी जीवन छँदै यस पुरानो दुनियाँबाट, पुरानो शरीरबाट मरिसकेका छौं। फेरि तिमी आत्माहरू पनि शरीर छोडेर कहाँ जान्छौ? आफ्नो घर। पहिला-पहिला त यो पक्का याद गर्नु छ म आत्मा हुँ, शरीर होइन। आत्माले भन्छ बाबा, हजुरको भइसक्यौं, जीवन छँदै मरिसक्यौं। अब आत्मालाई आदेश मिलेको छ म बाबालाई याद गर्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो यादको अभ्यास पक्का हुनुपर्छ। आत्माले भन्छ बाबा, हजुर आउनु भएको छ, त्यसैले म हजुरको बन्छु। आत्मा पुरुष हो, नकि स्त्री। सदैव भनिन्छ हामी भाइ-भाइ हौं, यस्तो कहाँ भन्छन् र! हामी सबै बहिनी-बहिनी हौं, सबै बच्चा हौं। सबै बच्चाहरूलाई वर्सा मिल्नु छ। यदि आफूलाई छोरी सम्झियो भने वर्सा कसरी मिल्छ? आत्माहरू सबै भाइ-भाइ हुन्। बाबा सबैलाई भन्नुहुन्छ रूहानी बच्चाहरू मलाई याद गर। आत्मा कति सानो छ। यी धेरै महीन बुझ्नुपर्ने कुरा हुन्। बच्चाहरूको याद टिक्दैन। संन्यासीहरूले दृष्टान्त दिन्छन् म भैंसी हुँ, भैंसी हुँ... यसो भन्दा-भन्दै फेरि भैंसीजस्तै बन्यो। अब वास्तवमा भैंसी कोही कहाँ बन्छन् र! बाबा त भन्नुहुन्छ आफूलाई आत्मा सम्झ। यो आत्मा र परमात्माको ज्ञान त कोहीसँग छैन त्यसैले यस्ता-यस्ता कुरा भनिदिन्छन्। अब तिमीलाई देही-अभिमानी बन्नु छ, हामी आत्मा हौं, यो पुरानो शरीर छोडेर हामीले गएर नयाँ लिनु छ। मानिसहरू मुखबाट भन्छन् पनि आत्मा तारा हो, भृकुटीको बीचमा रहन्छ। फेरि भन्छन् अंगुष्ठ समान छ। अब सितारा कहाँ, अंगुष्ठा कहाँ! र फेरि बसेर माटोको शालिग्राम बनाउँछन्, यति ठूलो आत्मा त हुन सक्दैन। मानिसहरू देह-अभिमानी छन् नि त्यसैले बनाउँछन् पनि मोटो रूपमा। यी त धेरै सूक्ष्म महीनताका कुरा छन्। भक्ति पनि मनुष्यहरू एकान्तमा, कोठामा बसेर गर्छन्। तिमीलाई त गृहस्थ व्यवहारमा, धन्धा आदिमा रहँदै बुद्धिमा यो पक्का गर्नु छ, म आत्मा हुँ। बाबा भन्नुहुन्छ म तिम्रो बाबा पनि यति सानो बिन्दु छु। यस्तो होइन म ठूलो छु। ममा सारा ज्ञान छ। आत्मा र परमात्मा दुवै उस्तै छन्, केवल उहाँलाई सुप्रिम भनिन्छ। यो ड्रामामा निश्चित छ। बाबा भन्नुहुन्छ म त अमर हुँ। म अमर नहुने हो भने तिमीहरूलाई पावन कसरी बनाउथेँ। तिमीलाई मीठे बच्चे कसरी भन्थेँ। आत्माले नै सबै कुरा गर्छ। बाबा आएर देही-अभिमानी बनाउनु हुन्छ, यसमा नै मेहनत छ। बाबा भन्नुहुन्छ मलाई याद गर, अरू कसैलाई याद नगर। योगी त दुनियाँमा धेरै छन्। कन्याको विवाह भएपछि फेरि पतिसँग योग लाग्छ नि। पहिला कहाँ थियो र! पतिलाई देखेपछि उसकै यादमा रहन्छिन्। अहिले बाबा भन्नुहुन्छ म एकलाई याद गर। यो धेरै राम्रो अभ्यास हुनुपर्छ। जो राम्रा-राम्रा पुरुषार्थी बच्चाहरू छन् उनीहरू बिहान-सबेरै उठेर देही-अभिमानी रहने अभ्यास गर्छन्। भक्ति पनि सबेरै गर्छन् नि। आ-आफ्नो ईष्ट देवलाई याद गर्छन्। हनुमानको पनि कति पूजा गर्छन् तर केही पनि जानेका छैनन्। बाबा आएर सम्झाउनु हुन्छ तिम्रो बुद्धि बाँदर समान भएको छ। अब फेरि तिमी देवता बन्छौ। अहिले यो हो पतित तमोप्रधान दुनियाँ। अहिले तिमी आएका छौ बेहदको बाबाको पासमा। म त पुनर्जन्मरहित छु। यो शरीर यी दादाको हो। मेरो कुनै शरीरको नाम छैन। मेरो नाम हो नै कल्याणकारी शिव। तिमी बच्चाहरूलाई थाहा छ कल्याणकारी शिवबाबा आएर नर्कलाई स्वर्ग बनाउनु हुन्छ। कति कल्याण गर्नुहुन्छ। नर्कको एकदम विनाश गराइदिनुहुन्छ। प्रजापिता ब्रह्माद्वारा अहिले स्थापना भइरहेको छ। यो हो प्रजापिता ब्रह्मा मुख वंशावली। एक अर्कालाई सावधान गर्नु छ मनमनाभव। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। पतित-पावन त बाबा हुनुहुन्छ नि। उनीहरूले भूलवश भगवानुवाचको सट्टा कृष्ण भगवानुवाच लेखिदिएका छन्। भगवान त निराकार हुनुहुन्छ, उहाँलाई परमपिता परमात्मा भनिन्छ। उहाँको नाम हो शिव। शिवको पूजा पनि धेरै हुन्छ। शिव काशी, शिव काशी भनिरहन्छन्। भक्तिमार्गमा अनेक प्रकारका नाम राखिदिएका छन्। कमाईको लागि अनेक मन्दिर बनाएका छन्। असली नाम हो शिव। फेरि सोमनाथ राखेका छन्, सोमनाथले सोमरस पिलाउनु हुन्छ, ज्ञान धन दिनुहुन्छ। फेरि जब पुजारी बनेपछि कति खर्च गर्छन् उहाँको मन्दिर बनाउनमा किनकि सोमरस दिनुभएको हो नि। सोमनाथको साथमा सोमनाथिनी पनि हुनपर्ने हो! यथा राजा-रानी तथा प्रजा सबै सोमनाथ सोमनाथिनी हुन्। तिमी सुनौलो दुनियाँमा जान्छौ। त्यहाँ सुनका ईंटा हुन्छन्। नत्र त भित्ताहरू कसरी बन्छन्! धेरै सुन हुन्छ त्यसैले त्यसलाई सुनको दुनियाँ भनिन्छ। यो हो फलाम, पत्थरको दुनियाँ। स्वर्गको नाम सुनेर नै मुखमा पानी आउँछ। विष्णुका दुई रूप लक्ष्मी-नारायण अलग-अलग हुन्छन् नि। तिमी विष्णुपुरीको मालिक बन्छौ। अहिले तिमी छौ रावणपुरीमा। अहिले बाबा भन्नुहुन्छ केवल आफूलाई आत्मा सम्झिएर म बाबालाई याद गर। बाबा पनि परमधाममा रहनुहुन्छ, तिमी आत्माहरू पनि परमधाममा रहन्छौ। बाबा भन्नुहुन्छ तिमीलाई कुनै मेहनत दिन्नँ। धेरै सहज छ। बाँकी यो रावण दुस्मन तिम्रो अगाडि खडा छ। यसले विघ्न ल्याउँछ। ज्ञानमा विघ्न पर्दैन, विघ्न पर्छ यादमा। घरी-घरी मायाले याद भुलाइदिन्छ। देह-अभिमानमा लिएर आउँछ। बाबालाई याद गर्न दिदैन, यो युद्ध चल्छ। बाबा भन्नुहुन्छ तिमी कर्मयोगी त हौ नै। ठीक छ, दिनमा याद गर्न सक्दैनौ भने रातमा याद गर। रातको अभ्यास दिनमा पनि काममा आउने छ।

निरन्तर स्मृति रहोस् जो बाबाले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ, हामी उहाँलाई याद गर्छौं! बाबाको याद र ८४ जन्मको चक्रको याद रह्यो भने अहो सौभाग्य। अरूलाई पनि सुनाउनु छ दाजुभाइ एवं दिदीबहिनीहरू, अब कलियुग पूरा भएर सत्ययुग आउँछ। बाबा आउनु भएको छ, सत्ययुगको लागि राजयोग सिकाइरहनु भएको छ। कलियुगपछि सत्ययुग आउनु छ। एक बाबा सिवाय अरू कसैको याद गर्नु छैन। वानप्रस्थी जो हुन्छन् उनीहरू गएर संन्यासीको सँगत गर्छन्। वानप्रस्थ, त्यहाँ वाणीको काम छैन। आत्मा शान्त रहन्छ। लीन हुन त सक्दैन। ड्रामाबाट कोही पनि कलाकार निस्कन सक्दैन। यो पनि बाबाले सम्झाउनु भएको छ एक बाबा सिवाय अरू कसैलाई याद गर्नु छैन। देखेर पनि याद नगर। यो पुरानो दुनियाँ त विनाश हुनु छ, कब्रिस्तान (चिहान) हो नि। मुर्दालाई कहिल्यै याद गरिन्छ र! बाबा भन्नुहुन्छ यी सबै मरिसकेका छन्। म आएको छु, पतितलाई पावन बनाएर लिएर जान्छु। यहाँ यी सबै खत्तम भएर जान्छन्। आजकल बम आदि जति पनि बनाउँछन्, धेरै छिटो-छिटो बनाइरहन्छन्। भन्छन् यहाँ बसेर जसलाई छोड्छौं उसमाथि नै गिर्छ। यो निश्चित छ, फेरि विनाश हुनु छ। भगवान आएर नयाँ दुनियाँको लागि राजयोग सिकाइरहनु भएको छ। यो महाभारत लडाईं हो, जो शास्त्रमा गाइएको छ। वास्तवमा भगवान आउनु भएको छ स्थापना र विनाश गर्न। चित्र पनि स्पष्ट छ। तिमी साक्षात्कार गरिरहेका छौ म यस्तो बन्छु। यहाँको यो पढाइ पूरा भएपछि जान्छौं। त्यहाँ त बेरिस्टर, डाक्टर आदिको आवश्यकता हुँदैन। तिमी त यहाँको वर्सा लिएर जान्छौ। सीप पनि सबै यहाँबाट लिएर जान्छौ। भवन आदि बनाउनेवाला फस्टक्लास छन् भने त्यहाँ पनि बनाउने छन्। बजार आदि पनि त हुन्छ नि। काम त चल्छ। यहाँबाट सिकेको अक्कल लिएर जान्छन्। साइन्सद्वारा पनि राम्रो संस्कार सिक्छन्। त्यो सबै त्यहाँ काम आउने छ। प्रजामा जान्छन्। तिमी बच्चाहरूलाई त प्रजामा आउनु छैन। तिमी आएका छौ नै बाबा-मम्माको तख्तनशीन बन्न। बाबा जो श्रीमत दिनुहुन्छ, त्यसमा चल्नु छ। फस्टक्लास श्रीमत त एकले नै दिनुहुन्छ मलाई याद गर। कसैको भाग्य अनायासै खुल्छ। कुनै कारण निमित्त बन्छ। कुमारीलाई पनि बाबा भन्नुहुन्छ शादी त बर्बादी हो। यस दलदलमा नफँस। के तिमी बाबालाई मान्दैनौ! स्वर्गको महारानी बन्दैनौ! आफूसँग प्रण गर्नुपर्छ म त्यो दुनियाँमा कहिल्यै जान्न। उस दुनियाँलाई याद पनि गर्ने छैन। मसानलाई कहिल्यै याद गर्छन् र! यहाँ त तिमीले भन्छौ यो शरीर छुट्यो भने त म आफ्नो स्वर्ग जानेथिएँ। अब ८४ जन्म पूरा भए, अब हामी आफ्नो घर जान्छौं। अरूलाई पनि यही सुनाउनु छ। यो पनि सम्झन्छौ बाबा विना सत्ययुगको राजाई कसैले दिन सक्दैन।

यस रथको पनि कर्मभोग त हुन्छ नि। बापदादाको पनि आपसमा कुनै बेला रुहरिहान चल्छ यी बाबा भन्छन् बाबा, आशीर्वाद गरिदिनुहोस्। खोकीको लागि कुनै औषधि गरिदिनुहोस् वा छु मन्त्रले उडाइदिनुहोस्। भन्नुहुन्छ होइन, यो त भोग्नैपर्छ। यो तिम्रो रथ लिन्छु, त्यसको बदलामा दिन्छु नै, बाँकी यो त तिम्रो हिसाब-किताब हो। अन्त्यसम्म केही न केही भइरहन्छ। तिमीलाई आशीर्वाद गरेँ भने सबैमाथि गर्नुपर्छ। आज यी बच्ची यहाँ बसेकी छन्, भोलि ट्रेनमा एक्सिडेन्ट हुन्छ, मर्दछिन्, बाबा भन्नुहुन्छ ड्रामा। यस्तो कहाँ भन्न सकिन्छ बाबाले पहिला किन भन्नुभएन। यस्तो काइदा छैन। म त आउँछु नै पतितबाट पावन बनाउन। यो बताउन कहाँ आएको हुँ र! यो हिसाब-किताब त तिमीले आफ्नो चुक्ता गर्नु छ। यसमा आशीर्वादको कुरा छैन। यसको लागि संन्यासीका पासमा जाऊ। बाबा त कुरा नै एउटै बताउनु हुन्छ। मलाई बोलाएका हौ नै हामीलाई आएर नर्कबाट स्वर्गमा लिएर जानुहोस्। गाउँछन् पनि पतित-पावन सीताराम। तर अर्थ उल्टो निकालिदिएका छन्। फेरि बसेर रामको महिमा गर्छन् रघुपति राघव राजा राम....। बाबा भन्नुहुन्छ त्यस भक्तिमार्गमा तिमीले कति पैसा गुमायौ। एउटा गीत पनि छ नि क्या कौतुक देखा..... देवीहरूको मूर्ति बनाएर पूजा गरेर फेरि समुद्रमा डुबाइदिन्छन्। अब याद आउँछ कति पैसा बर्बाद गर्छन्, फेरि पनि यो हुन्छ। सत्ययुगमा त यस्तो काम हुँदै-हुँदैन। सेकेण्ड बाइ सेकेण्ड निश्चित छ। कल्पपछि फेरि त्यही कुरा रिपिट हुन्छ। ड्रामालाई धेरै राम्ररी बुझ्नुपर्छ। ठीक छ, धेरै याद गर्न सक्दैनौ भने बाबा भन्नुहुन्छ केवल अल्प र बे, बाबा र बादशाहीलाई याद गर। भित्र यही धुन लगाइदेऊ हामी आत्मा कसरी ८४ को चक्र लगाएर आएका हौं। चित्रमा सम्झाऊ, धेरै सहज छ। यो हो रूहानी बच्चाहरूसँग रुहरिहान (कुराकानी)। बाबा रुहरिहान गर्नुहुन्छ बच्चाहरूसँग। अरू कसैसँग त गर्न सक्नुहुन्न। बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झ। आत्माले नै सबै कुरा गर्छ। बाबा याद दिलाउनु हुन्छ, तिमीले ८४ जन्म लिएका छौ। मानिसहरू नै बनेका हुन्। जसरी बाबा आदेश दिनुहुन्छ विकारमा जानु छैन, त्यस्तै यहाँ रुनु छैन। सत्ययुग त्रेतामा कहिल्यै कोही रुदैन, साना बच्चाहरू पनि रुदैनन्। रुने हुकुम छैन। त्यो हो नै हर्षित रहने दुनियाँ। त्यसको सारा अभ्यास यहाँ गर्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबाबाट आशीर्वाद माग्नुको सट्टा यादको यात्राद्वारा आफ्नो सबै हिसाब चुक्ता गर्नु छ। पावन बन्ने पुरुषार्थ गर्नु छ। यस ड्रामालाई यथार्थसँग बुझ्नु छ।

२) यस पुरानो दुनियाँलाई देख्दा-देख्दै पनि याद गर्नु छैन। कर्मयोगी बन्नु छ। सदा हर्षित रहने अभ्यास गर्नु छ। कहिल्यै पनि रुनु छैन।

वरदान:
सबैप्रति शुभ भाव र श्रेष्ठ भावना धारण गर्ने हंसबुद्धि हो ली हंस भव

हंस बुद्धि अर्थात् सदा हरेक आत्माप्रति श्रेष्ठ र शुभ सोच्ने। पहिला हर आत्माको भावलाई परख गर्नेवाला अनि फेरि धारण गर्नेवाला। कहिल्यै पनि बुद्धिमा कुनै पनि आत्माप्रति अशुभ वा साधारण भाव धारण नहोस्। सदा शुभ भाव र शुभ भावना राख्नेवाला नै होलीहंस हुन्। उनीहरूले कुनै पनि आत्माको अकल्याणको कुरा सुनेर, देखेर पनि अकल्याणलाई कल्याणको वृत्तिद्वारा परिवर्तन गरिदिन्छन्। उनीहरूको दृष्टि हर आत्माप्रति श्रेष्ठ शुद्ध स्नेहको हुन्छ।

स्लोगन:
प्रेमले भरपुर यस्तो गंगा बन, तिमीबाट प्यारको सागर बाबा देखियोस्।