05.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाको प्यार त सबै बच्चाहरूसँगछ तर जसले बाबाको सुझावलाई तुरुन्त मान्छ, उसको आकर्षण हुन्छ। गुणवान् बच्चाहरूले प्यार खिच्छन्।

प्रश्न:
बाबाले कुनचाहिँ ठेक्का उठाउनु भएको छ?

उत्तर:
सबैलाई फूल बनाएर वापस लैजाने ठेक्का एक बाबाको नै हो। बाबा जस्तो ठेकेदार दुनियाँमा अरू कोही छैनन्। उहाँ नै सबैको सद्गति गर्न आउनुहुन्छ। बाबा सेवा विना रहन सक्नुहुन्न। त्यसैले बच्चाहरूले पनि सेवाको प्रमाण दिनु छ। सुनेर पनि नसुने जस्तो गर्नु हुँदैन।

ओम् शान्ति ।
रूहानी बाबा रूहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ बच्चाहरू, आफूलाई आत्मा सम्झेर बस। यो एक बाबाले मात्र सम्झाउनुहुन्छ अरू कुनै मनुष्यले कसैलाई सम्झाउन सक्दैनन्। आफूलाई आत्मा सम्झ यो ५ हजार वर्षपछि बाबा नै आएर सिकाउनुहुन्छ। यो पनि तिमी बच्चाहरूले नै जान्दछौ। कसैलाई पनि थाहा छैन यो पुरुषोत्तम संगमयुग हो। तिमी बच्चाहरूलाई याद रहोस् हामी पुरुषोत्तम संगमयुगमा छौं, यो पनि मन्मनाभव नै हो। बाबा भन्नुहुन्छ मलाई याद गर किनकि अब वापस जानु छ। ८४ जन्म अब पूरा भएका छन्, अब सतोप्रधान बनेर फर्केर जानु छ। कोही त बिलकुलै याद गर्दैनन्। बाबा त हरेकको पुरुषार्थलाई राम्ररी जान्नुहुन्छ। त्यसमा पनि खास यहाँ छन् अथवा बाहिर छन्। बाबा जान्नुहुन्छ हुन त यहाँ बसेर देख्छु तर मीठा-प्यारा जो सेवाधारी बच्चाहरू छन्, याद उनीहरूलाई गर्छु। देख्छु पनि उनीहरूलाई नै, यो कुन प्रकारको फूल हो, यिनमा के-के गुण छन्? कोही त यस्ता पनि छन्, जसमा कुनै गुण छैन। अब यस्तालाई बाबा देखेर के गर्नुहुन्छ। बाबा त चुम्बक पवित्र आत्मा हुनुहुन्छ त्यसैले अवश्य आकर्षण गर्नुहुन्छ। तर बाबा भित्रबाट जान्नुहुन्छ। बाबाले आफ्नो सारा पोतामेल बताउँछन् भने बच्चाहरूले पनि बताऊन्। बाबा बताउनुहुन्छ म तिमीलाई विश्वको मालिक बनाउन आएको छु। फेरि जसले जस्तो पुरुषार्थ गर्छ। पुरुषार्थ जे पनि गर्छन् त्यो पनि थाहा हुनु पर्छ। बाबा लेख्नुहुन्छ सबैको कर्तव्य लेखेर पठाऊ अथवा उनीहरूबाट लेखाएर पठाऊ। जो चुस्त, समझदार ब्राह्मणी छन् उनले सबै लेखाएर पठाउँछिन् के कारोबार गर्छन्, कति आम्दानी छ? बाबा आफ्नो सबै कुरा बताउनुहुन्छ र सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। सबैको अवस्थालाई जान्नुहुन्छ। किसिम-किसिमका विभिन्न फूलहरू छन् नि। (एक-एक फूल देखाएर) हेर, कस्तो रोयल फूल छ। अहिले यस्तो सुगन्ध छ, फेरि जब पूरा फक्रिनेछ तब फस्टक्लास शोभा हुन्छ। तिमी पनि यी लक्ष्मी-नारायण जस्तै लायक बन्ने छौ। जसलाई बाबा हेर्दै रहनुहुन्छ, यस्तो होइन सबैलाई सर्चलाइट दिनुहुन्छ। जो जस्तो छ त्यस्तै आकर्षण गर्छन्, जसमा कुनै गुण छैन उसले के आकर्षण गर्छ। यस्ताले त्यहाँ गएर पाई पैसाको पद पाउँछ। बाबा हरेकको गुणलाई हेर्नुहुन्छ र प्यार गर्नुहुन्छ। प्यारमा नयन रसाउँछ यो सेवाधारीले कति सेवा गर्छ। यिनलाई सेवा विना आराम आउँदैन। कोही त सेवा गर्न नै जान्दैनन्। योगमा बस्दैनन्। ज्ञानको धारणा छ्रैन। बाबा सम्झाउनुहुन्छ यसले के पद पाउँछ। कोही पनि छिप्न सक्दैन। बच्चाहरू जो राम्रो बुद्धिमान छन्, सेन्टर सम्हाल्छन्, उनीहरूले एक-एकको हिसाब पठाउनु पर्छ, तब बाबा सम्झिनुहुन्छ कतिसम्म पुरुषार्थी छ। बाबा त ज्ञानका सागर हुनुहुन्छ। बच्चाहरूलाई ज्ञान दिनुहुन्छ। कोही कति ज्ञान लिन्छन् गुणवान् बन्छन् यो छिट्टै थाहा हुन्छ। बाबाको प्यार सबैमाथि छ। यसमा एक गीत छ तेरे कांटो से भी प्यार, तेरे फूलों से भी प्यार। नम्बरवार त छन् नै। त्यसैले बाबासँग प्यार कति धेरै हुनु पर्छ। बाबा जे भन्नुहुन्छ त्यो तुरून्त गरेर देखाऊ तब बाबा पनि सम्झिनुहुन्छ बाबासँग प्यार छ। उनलाई आकर्षण हुन्छ। बाबामा आकर्षण यस्तो हुन्छ जो एकदम टाँसिइरहन्छन्। तर जबसम्म खिया निस्किदैन तबसम्म आकर्षण पनि हुँदैन। एक-एकलाई हेर्छु।

बाबालाई सेवाधारी बच्चाहरू चाहिन्छ। बाबा त सेवाको लागि नै आउनुहुन्छ। पतितहरूलाई पावन बनाउनुहुन्छ। यो तिमीलाई थाहा छ, दुनियाँवाला जान्दैनन् किनकि अहिले तिमी थोरै छौ। जबसम्म योग हुँदैन तबसम्म आकर्षण हुँदैन। त्यो मेहनत धेरै थोरैले गर्छन्। कुनै न कुनै कुरामा अल्झिन्छन्। यो त्यो सत्सङ्ग होइन, जे सुन्यो सत्य-सत्य भनिन्छ। सर्व शास्त्रमयी शिरोमणि हो एक गीता। गीतामा नै राजयोग छ। विश्वको मालिक त बाबा नै हुनुहुन्छ। बच्चाहरूलाई भन्दै रहन्छु गीताबाट नै प्रभाव निस्कनेछ। तर यति तागत पनि हुनुपर्यो नि। योगबलको धार राम्रो हुनु पर्छ, जसमा धेरै कमजोर छन्। अहिले थोरै समय छ। भनिन्छ मिठरा घुर त घुराय... मलाई प्यार गर्यौ भने म पनि गरुँ। यो हो आत्माको प्यार। एक बाबाको यादमा रहून्, यस यादबाट नै विकर्म विनाश हुन्छ। कोही त बिलकुल याद गर्दैनन्। बाबा सम्झाउनुहुन्छ यहाँ भक्तिको कुरा छैन। यो बाबाको रथ हो, यिनीद्वारा शिवबाबा पढाउनुहुन्छ। शिवबाबाले भन्नुहुन्न मेरो पाउ धोएर पिऊ। बाबा त हात लगाउन पनि दिनुहुन्न। यो त पढाइ हो। हात लगाउनाले के हुन्छ। बाबा त हुनुहुन्छ सबैको सद्गति गर्नेवाला। करोडमा कसैले यो कुरा सम्झिन्छ। जो कल्प पहिलेवाला छन् उनले नै सम्झिनेछन्। भोलानाथ बाबा आएर भोलि-भोलि माताहरूलाई ज्ञान दिएर उठाउनुहुन्छ। बाबाले बिलकुल चढाइदिनुहुन्छ मुक्ति जीवन मुक्तिमा। बाबा केवल भन्नुहुन्छ विकारलाई छोड। यसैमा हंगामा हुन्छ। बाबा सम्झाउनुहुन्छ आफूमा हेर ममा के-के अवगुण छन्? व्यापारीहरू सधैं आफ्नो पोतामेल फाइदा-घाटाको निकाल्छन्। तिमी पनि पोतामेल राख कति समय अति प्यारा बाबा, जो हामीलाई विश्वको मालिक बनाउनुहुन्छ, उहाँलाई याद गरँ? हेर्छन्, कम याद गरेका छन् भने आफैंलाई लाज लाग्छ यो के यस्ता बाबालाई मैले याद गरिनँ। हाम्रो बाबा सबैभन्दा अनौठो हुनुहुन्छ। स्वर्ग पनि छ, सारा सृष्टिमा सबैभन्दा आश्चर्य। तिनीहरूले त स्वर्गलाई लाखौं वर्ष भनिदिन्छन् तर तिमीले भन्छौ ५ हजार वर्ष। कति रात दिनको फरक छ। जो धेरै पुराना भक्त छन् उनीहरूमाथि बाबा पनि बलिहार हुन्छन्। अति भक्ति गरेका छन् नि। बाबाले यस जन्ममा पनि गीता पढ्थे, नारायणको चित्र पनि राख्थे। लक्ष्मीलाई दासीपनबाट मुक्त गरे तब कति खुशी भयो। जसरी हामी यो शरीर छोडेर गएर सत्ययुगमा अर्को लिनेछौ। बाबालाई पनि खुशी रहन्छ, म गएर राजकुमार गोरो बन्नेछु। पुरुषार्थ पनि गराउँदै रहनुहुन्छ। पुरुषार्थ विना कसरी बन्ने छौ। तिमीले पनि राम्रोसँग बाबालाई याद गर्यौ भने स्वर्गको वर्सा पाउने छौ। कोही त पढ्दैनन् न त दैवीगुण धारण गर्छन्। पोतामेल नै राख्दैनन्। पोतामेल सधैं उनैले राख्छन् जो उँच बन्नेवाला छन्। नत्र केवल शो गर्छन्। १५-२० दिनपछि लेख्न छोडिदिन्छन्। यहाँ त परीक्षाहरू आदि आउँछन् सबै गुप्त। हरेकको योग्यतालाई बाबाले जान्नुहुन्छ। बाबाले भन्नु भएको कुरा तुरुन्तै मानेमा भनिन्छ आज्ञाकारी, फरमानबरदार छन्। बाबा भन्नुहुन्छ अब बच्चाहरूले धेरै काम गर्नु छ। कति राम्रा-राम्रा बच्चाहरू पनि छोड-पत्र दिएर जान्छन्। यी त कहिले कसैलाई छोड-पत्र वा डाइभोर्स दिदैनन्। उहाँ त ड्रामा अनुसार आउनु भएको छ ठूलो ठेक्का उठाउन। म सबैभन्दा ठूलो ठेकेदार हुँ। सबैलाई फूल बनाएर फर्काएर लिएर जान्छु। तिमी बच्चाहरू जान्दछौ पतितहरूलाई पावन बनाउनेवाला ठेकेदार एउटै हुनुहुन्छ। उहाँ तिम्रो सामुन्ने बस्नु भएको छ। कसैलाई कति धेरै निश्चय छ, कसैलाई बिलकुल छैन। आज यहाँ छन् भोलि गइहाल्छन्, चलन नै यस्तो छ। भित्रतिर अवश्य खान्छ म बाबाको पासमा रहेर, बाबाको बनेर के गर्दैछु। सेवा केही पनि गरेन भने के मिल्छ। रोटी पकाउनु, सब्जी बनाउनु यो त पहिले पनि गर्थ्यौ। नयाँ कुरा के गर्यौ? सेवाको प्रमाण दिनु छ। यतिलाई बाटो बताएँ।

यो ड्रामा धेरै आश्चर्यजनक बनेको छ। जे जस्तो हुन्छ तिमी प्राक्टिकलमा देखिरहेका छौ। शास्त्रमा त कृष्णको चरित्र लेखेको छ, तर चरित्र हो एक बाबाको। उहाँ नै सबैको सद्गति गर्नुहुन्छ। उहाँको जस्तो चरित्र अरू कसैको हुन सक्दैन। चरित्र त कुनै राम्रो हुनु पर्छ। बाँकी भगाउनु, गर्नु यो कुनै चरित्र होइन। सर्वको सद्गति गर्नेवाला एक बाबा नै हुनुहुन्छ। यहाँ कल्प-कल्प आएर स्वर्गको स्थापना गर्नुहुन्छ। लाखौं वर्षको त कुनै कुरा छैन।

बच्चाहरूले छी-छी आदत छोड्नु पर्छ। नत्र के पद मिल्छ? माशूक पनि गुण देखेर आशिक बन्छन् नि। आशिक उनैमाथि बन्नुहुन्छ जसले उहाँको सेवा गर्छन्। जो सेवा गर्दैनन् ती के कामका। यो कुरा धेरै सम्झिनु पर्ने हुन्छ। बाबा सम्झाउनुहुन्छ तिमी महान् भाग्यशाली हौ, तिमी जस्तो भाग्यशाली कोही छैनन्। हुन त तिमी स्वर्गमा जान्छौ, तर प्रारब्ध उच्च बनाउनु पर्छ। कल्प-कल्पान्तरको कुरा हो। पद कम हुन जान्छ। यसमा खुशी हुनुहुँदैन जे मिल्यो त्यो ठीक छ। पुरुषार्थ धेरै राम्रो गर्नु पर्छ। सेवाको प्रमाण चाहिन्छ कतिलाई आफू समान बनाएको छु? तिम्रो प्रजा कहाँ छन्? बाबा-टिचर सबैलाई पुरुषार्थ गराउनुहुन्छ। तर कसैको तकदिरमा पनि हुनुपर्यो नि। सबैभन्दा ठूलो आशीर्वाद त यो हो जो बाबा आफ्नो शान्तिधाम छोडेर पतित दुनियाँ र पतित शरीरमा आउनुहुन्छ। नत्र तिमीहरूलाई रचयिता र रचनाको ज्ञान कसले सुनाउने? यो पनि कसैको बुद्धिमा बस्दैन सत्ययुगमा रामराज्य र कलियुगमा रावण राज्य हुन्छ। रामराज्यमा एउटै राज्य थियो रावण राज्यमा अनेक राज्य छन् त्यसैले तिमी सोध्छौ नर्कवासी हौ वा स्वर्गवासी हौ? तर मनुष्य यो सम्झदैनन् हामी कहाँ छौं? यो हो काँडाको जंगल त्यो हो फूलको बगैंचा। त्यसैले अब अनुसरण माता-पिता र विशेष बच्चाहरूलाई गर्नु छ तबमात्र उच्च बन्छौ। बाबा त धेरै सम्झाउनुहुन्छ। तर कोही सम्झिनेवालाले सम्झिनेछन्। कोही त सुनेर राम्ररी विचार सागर मन्थन गर्छन्। कोही त सुने-नसुने जस्तो गर्छन्। जहाँ तहाँ लेखिएको छ शिवबाबा याद छ? त्यसैले वर्सा पनि अवश्य याद आउँछ। दैवी गुण भयो भने देवता बन्छौ। यदि क्रोध छ, आसुरी अवगुण छ भने उँच पद पाउन सक्तैनौ। त्यहाँ कुनै भूत हुँदैन। रावण नै छैन भने रावणको भूत कहाँबाट आउने? देह-अभिमान, काम, क्रोध... यी हुन् ठूला भूत। यिनलाई निकाल्ने एउटै उपाय छ बाबाको याद। बाबाको यादबाट नै सबै भूत भाग्नेछन्। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते, रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास:

धेरै बच्चाहरूको दिल हुन्छ हामी पनि अरूलाई आफू समान बनाउने सेवा गरौं। आफ्ना प्रजा बनाऔं। जसरी अरू हाम्रो भाइले सेवा गर्छन् हामी पनि गरौं। माताहरू धेरै छन्। कलश पनि माताहरू माथि राखिएको छ। बाँकी यो त हो प्रवृत्ति मार्ग। दुवै चाहिन्छ नि। बाबा सोध्नुहुन्छ कति बच्चाहरू छन्? देख्नुहुन्छ ठीक उत्तर दिन्छन्। ५ त आफ्ना छन् एक हुनुहुन्छ शिवबाबा। कतिले त भन्न मात्र भन्छन्। कतिले साच्चिकै बनाउँछन्। जसले वारिस बनाउँछन् उनीहरू विजय मालामा गाँसिन्छन्। जसले सच्चा-सच्चा बच्चा बनाउँछन् उनीहरू स्वयं पनि बच्चा बन्छन्। सच्चा दिलमाथि साहेब राजी... बाँकी त सबैले भन्न मात्र भन्छन्। यस समय पारलौकिक बाबा नै हुनुहुन्छ जसले सबैलाई वर्सा दिनुहुन्छ त्यसैले याद पनि उहाँलाई नै गर्नु छ जसबाट २१ जन्मको वर्सा मिलोस्। बुद्धिमा ज्ञान छ यो त सबै रहनु छैन। बाबा हरेकको अवस्थालाई हेर्नुहुन्छ सच्चा-सच्चा बच्चा बनाएका छन् वा बनाउने ख्याल गर्छन्। वारिस बनाउनुको अर्थ बुझ्दछन्। धेरै छन् जसले बुझेर पनि बनाउन सक्दैनन् किनकि मायाको वशमा छन्। यस समयमा कि त ईश्वरको वशमा अथवा मायाको वश। ईश्वरका वशमा जो हुन्छन् उनीहरूले नै वारिस बनाउने छन्। माला ८ को पनि हुन्छ, १०८ को पनि हुन्छ। आठले त अवश्य कमाल गर्छन्। वास्तवमा बच्चा (वारिस) बनाएर नै छोड्छन् होला। वारिस बनाए पनि वर्सा त लिन्छन् नै। फेरि पनि यस्ता उच्च वारिस बनाउनेवालाको कर्म पनि यस्तै उच्च हुन्छ। कुनै विकर्म नहोस्। विकार जति पनि छन् सबै विकर्म हुन् नि। बाबालाई छोडेर अरू कसैलाई याद गर्नु यो पनि विकर्म हो। बाबा अर्थात् बाबा। बाबा मुखबाट भन्नुहुन्छ म एकलाई याद गर। निर्देशन मिलेको छ नि। त्यसैले एकदम याद गर्नु यसमा छ धेरै मेहनत। एक बाबालाई याद गर्यौ भने मायाले त्यति हैरान गर्दैन। बाँकी माया पनि धेरै जबरजस्त छ। समझमा आउँछ, मायाले धेरै विकर्म गराउँछ। ठूला-ठूला महारथीहरूलाई गिराएर खत्तम गरिदिन्छ। दिन प्रतिदिन सेन्टर वृद्धि भइरहनेछन्। गीतापाठशाला वा संग्रहालय खुल्दै जान्छन्। सारा दुनियाँका मनुष्यले बाबालाई पनि मान्नेछन्, ब्रह्मालाई पनि मान्नेछन्। ब्रह्मालाई नै प्रजापिता भनिन्छ। आत्माहरूलाई त प्रजा भनिदैन। मनुष्य सृष्टि कसले रच्दछ? प्रजापिता ब्रह्माको नाम आउँछ भने उनी साकार, उहाँ निराकार हुनुभयो। उहाँ त अनादि हुनुहुन्छ। यिनलाई पनि अनादि भनिन्छ। दुवैको नाम सर्वोच्च छ। उहाँ रूहानी बाबा, उनी प्रजापिता दुवै बसेर तिमीलाई पढाउनुहुन्छ। कति हाइएस्ट भयौ! बच्चाहरूलाई कति नशा चढ्नु पर्छ! खुशी कति हुनु पर्छ! तर मायाले खुशी वा नशामा रहन दिदैन। यस्ता विद्यार्थीले यदि विचार सागर मन्थन गर्दै रहे भने सेवा पनि गर्न सक्छन्। खुशी पनि रहन सक्छ तर सायद अझै समय छ। जब कर्मातीत अवस्था हुन्छ तब खुशी पनि रहन सक्छ। अच्छा

रूहानी बच्चाहरूप्रति रूहानी बापदादाको याद-प्यार एवं गुडनाइट।

धारणाको लागि मुख्य सारः
१) सधैं रातमा हिसाब किताब हेर्नु पर्छ परम प्रिय बाबालाई सारा दिनमा कति याद गरेँ? आफ्नो शो गर्नको लागि चार्ट राख्ने होइन, गुप्त पुरुषार्थ गर्नु छ।

२) बाबाले जे सुनाउनुहुन्छ, त्यसमाथि विचार सागर मन्थन गर्नु छ, सेवाको सबुत दिनु छ। सुनेर पनि नसुने जस्तो गर्नु हुँदैन। भित्र कुनै पनि आसुरी अवगुण छन् भने त्यसलाई जाँच गरेर निकाल्नु पर्छ।


वरदान:
स्वार्थ, ईर्ष्या र चिडचिडापनबाट मुक्त रहने क्रोधमुक्त भव

कुनै पनि विचार ठीकै छ देऊ, सेवाको लागि स्वयंलाई प्रस्ताव राख। तर विचारको पछि त्यस विचारलाई इच्छाको रूपमा नबदल। जब संकल्प इच्छाको रूपमा बदलिन्छ तब चिडचिडापन आउँछ। निःस्वार्थ भएर विचार देऊ, स्वार्थ राखेर होइन। मैले भनेको हुनै पर्छ यो नसोच, प्रस्ताव राख, तर के किन मा नआऊ, नत्र ईर्ष्या-घृणा एक एक साथी आउँछन्। स्वार्थ वा ईर्ष्याको कारणले पनि क्रोध उत्पन्न हुन्छ, अब यसबाट पनि मुक्त बन।

स्लोगन:
शान्तिदूत बनेर सबैलाई शान्ति दिनु यो नै तिम्रो कर्तव्य हो।