05.05.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो प्यार एक बाबासँग छ किनकि तिमीलाई बेहदको वर्सा मिल्छ , तिमीले प्यारसँग भन्छौ मेरा बाबा।

प्रश्न:
कुनै पनि देहधारी मनुष्यको बोलीको तुलना बाबाको बोलीसँग गर्न सकिँदैन, किन?

उत्तर:
किनकि बाबाको एक-एक बोली महावाक्य हो। जुन महावाक्यलाई सुन्नेहरू महान् अर्थात् पुरुषोत्तम बन्छन्। बाबाको महावाक्यले फूल बनाइदिन्छ। मनुष्यको बोली महावाक्य होइन, त्यसबाट त अझै तल गिर्दै आएका छन्।

गीत:
बदल जाए दुनियाँ...

ओम् शान्ति ।
गीतको पहिलो लाइनमा केही अर्थ छ, बाँकी सारा गीत कुनै कामको छैन। जसरी गीतामा भगवानुवाच मनमनाभव, मध्याजी भव यो अक्षर ठीक छ। यसलाई भनिन्छ पीठोमा नून। अब भगवान कसलाई भनिन्छ, यो त बच्चाहरूले राम्रोसँग बुझेका छन्। भगवान शिवबाबालाई भनिन्छ। शिवबाबा आएर शिवालय रच्नुहुन्छ। कहाँ आउनु हुन्छ? वेश्यालयमा। स्वयं आएर भन्नुहुन्छ हे मीठा प्यारा, सिकीलधे रूहानी बच्चाहरू! सुन्न त आत्माले सुन्छ नि। बुझेका छौ हामी आत्माहरू अविनाशी हौं। यो देह विनाशी हो। हामी आत्माहरूले अहिले आफ्ना परमपिता परमात्माबाट महावाक्य सुनिरहेका छौं। महावाक्य एक परमपिता परमात्माको नै हुन्छ जसले महापुरुष पुरुषोत्तम बनाउँछ। बाँकी जति पनि महात्मा, गुरु आदि छन्, उनीहरूका कुनै महावाक्य होइनन्। शिवोहम् जुन भन्छन् त्यो पनि सही वाक्य होइन। अहिले हामी बाबाबाट महावाक्य सुनेर फूल बन्छौं। काँडा र फूलमा कति फरक छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामीलाई कुनै मनुष्यले सुनाउँदैन। यिनमा शिवबाबा विराजमान हुनुहुन्छ, उहाँ पनि आत्मा नै हुनुहुन्छ, तर उहाँलाई भनिन्छ परम आत्मा। अहिले पतित आत्माले भन्छ हे परम आत्मा आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। उहाँ हुनुहुन्छ नै परमपिता, परम बनाउनेवाला। तिमी पुरुषोत्तम अर्थात् सबै पुरुषहरूमा उत्तम पुरुष बन्छौ। ती हुन् देवताहरू। परमपिता अक्षर धेरै मीठो छ। सर्वव्यापी भन्दा मीठोपन आउँदैन। तिमीहरूमा पनि धेरै कम छन् जसले भित्र याद गर्छन्, ती स्त्री-पुरुषले त स्थूलमा एक-अर्कालाई याद गर्छन्। यो हो आत्माले परमात्मालाई धेरै प्यारले याद गर्नु। भक्तिमार्गमा यति प्यारले पूजा गर्न सक्दैनन्। यस्तो प्यार रहँदैन। जान्दै जानेका छैनन् भने प्यार कसरी होस्। अहिले तिमी बच्चाहरूको धेरै प्रेम छ। आत्माले भन्छ मेरा बाबा। आत्माहरू भाइ-भाइ हुन् नि। हरेक भाइले भन्छ बाबाले मलाई आफ्नो परिचय दिनुभएको छ। तर त्यसलाई प्यार भन्न सकिँदैन। जसबाट केही मिल्छ उसमा प्यार हुन्छ। बच्चाहरूको बाबामाथि प्यार हुन्छ किनकि बाबाबाट वर्सा मिल्छ। जति बढी वर्सा, त्यति नै बढी बच्चाहरूको प्यार हुन्छ। यदि बाबासँग केही पनि सम्पत्ति छैन, हजुरबुवासँग छ भने बाबामाथि त्यति प्यार हुँदैन। फेरि हजुरबुवासँग प्यार हुन्छ। सम्झन्छन् उहाँबाट पैसा मिल्छ। अहिले त बेहदका बाबा हुनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ हामीलाई बाबाले पढाउनु हुन्छ। यो त धेरै खुसीको कुरा हो। भगवान हाम्रा बाबा हुनुहुन्छ। रचयिता बाबालाई कसैले पनि चिनेका छैनन्। नचिन्नाले फेरि आफूलाई नै बाबा भनिदिन्छन्। जसरी बच्चाहरूलाई तिम्रो बाबा को हुनुहुन्छ भनी सोध्यो भने आखिरमा भनिदिन्छन् म हुँ। अहिले तिमी बच्चाहरूलाई थाहा छ ती सबै पिताहरूका पिता अवश्य हुनुहुन्छ, हामीले जुन अहिले बेहदका बाबा पाएका छौं उहाँका कोही पिता हुनुहुन्न। उहाँ हुनुहुन्छ उच्च भन्दा उच्च पिता। त्यसैले बच्चाहरूलाई भित्र खुसी हुनु पर्छ। तिनीहरू यात्रामा जाँदा त्यहाँ त्यति खुसी रहँदैन किनकि प्राप्ति केही पनि हुँदैन। केवल दर्शन गर्न जान्छन्। व्यर्थैमा कति धक्का खान्छन्। एक त आफ्नो शिर घोटिन्छ र अर्कोतिर फेरि पैसा पनि बर्बाद हुन्छ। पैसा धेरै खर्च गर्छन्, प्राप्ति केही पनि हुँदैन। भक्ति मार्गमा यदि आम्दानी हुन्थ्यो भने धेरै धनी हुन्थे। यी मन्दिर आदि बनाउन करोडौं रूपैयाँ खर्च गर्छन्। तिम्रो सोमनाथको मन्दिर मात्र होइन, सबै राजाहरूको पासमा मन्दिर थिए। तिमीलाई कति पैसा दिएको थिएँ, ५ हजार वर्ष पहिला तिमीलाई विश्वको मालिक बनाएको थिएँ। एक बाबाले नै यस्तो भन्नुहुन्छ आज भन्दा ५ हजार वर्ष पहिला तिमीलाई राजयोग सिकाएर यस्तो बनाएको थिएँ। अहिले तिमी के बनेका छौ। बुद्धिमा आउनु पर्छ नि। हामी कति उच्च थियौं, पुनर्जन्म लिंदै लिंदै एकदम जमिनमा आइपुगेका छौं। कौडी बराबर बनेका छौं। फेरि अब हामी बाबाको पासमा जान्छौं, जुन बाबाले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ। यो एक मात्र यात्रा हो जबकि आत्माहरूलाई बाबा मिल्नुहुन्छ, त्यसैले भित्र यस्तो प्यार रहनु पर्छ। तिमी बच्चाहरू जब यहाँ आउँछौ बुद्धिमा रहनु पर्छ हामी उहाँ बाबाको पासमा जान्छौं, जसबाट हामीलाई फेरि विश्वको बादशाही मिल्छ। उहाँ बाबाले हामीलाई शिक्षा दिनुहुन्छ प्यारा बच्चाहरू! दैवी गुण धारण गर। सर्वशक्तिमान् पतित-पावन म बाबालाई याद गर। म कल्प-कल्प आएर भन्छु म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। हामी बेहदका बाबाको पासमा आएका छौं। दिलमा यो आउनु पर्छ। बाबा भन्नुहुन्छ म गुप्त छु। आत्माले भन्छ म गुप्त छु। तिमीले सम्झन्छौ हामी शिवबाबाको पासमा जान्छौं, ब्रह्मा दादाको पासमा जान्छौं। जो कम्बाइन्ड हुनुहुन्छ उहाँसँग हामी मिलन मनाउन जान्छौं, जसबाट हामी विश्वको मालिक बन्छौं। भित्र कति बेहदको खुसी हुनुपर्छ। जब मधुवनमा आउनको लागि आफ्नो घरबाट निस्किन्छौ, भित्र गद्गद् हुनुपर्छ। बाबा हामीलाई पढाउनको लागि आउनु भएको छ, हामीलाई दैवी गुण धारण गर्ने युक्ति बताउनु हुन्छ। घरबाट निस्किने बित्तिकै भित्र यस्तो खुसी हुनु पर्छ। जसरी कन्याको पतिसँग भेट हुँदा गहना आदि लगाएपछि अनुहार नै चम्किन्छ। त्यो अनुहार चम्किन्छ दु:ख पाउनको लागि। तिम्रो अनुहार चम्किन्छ सदा सुख पाउनको लागि। यस्ता बाबाको पासमा आउँदा कति खुसी हुनुपर्छ। अहिले हामीले बेहदका बाबा पाएका छौं। सत्ययुगमा गएपछि फेरि डिग्री कम हुन्छ। अहिले त तिमी ब्राह्मणहरू ईश्वरीय सन्तान हौ। भगवानले बसेर पढाउनु हुन्छ। उहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, पढाउनु हुन्छ फेरि पावन बनाएर साथमा लिएर जानुहुन्छ। हामी आत्माहरू अब यस फोहोरी रावण राज्यबाट छुट्छौं। भित्र अथाह खुसी हुनुपर्छ बाबाले विश्वको मालिक बनाउनु हुन्छ भने पढाइ कति राम्रोसँग पढ्नुपर्छ। विद्यार्थीले राम्रोसँग पढ्छन् भने राम्रो नम्बरले पास हुन्छन्। बच्चाहरूले भन्छन् बाबा हामी त श्री नारायण बन्छौं। यो हो नै सत्य-नारायणको कथा अर्थात् नरबाट नारायण बन्ने कथा। ती झूटा कथाहरू जन्म-जन्मान्तर सुन्दै आएका छौ। अहिले बाबाबाट एकैपटक तिमीले सच्चा-सच्चा कथा सुन्छौ। त्यो फेरि भक्तिमार्गमा चल्दै आउँछ। जसरी शिवबाबाले जन्म लिनु भयो उहाँको फेरि वर्ष-वर्ष जयन्ती मनाउँदै आएका छौ। उहाँ कहिले आउनु भयो, के गर्नुभयो, केही पनि जानेका छैनन्। ठीकै छ, कृष्णजयन्ती मनाउँछन्, उनी पनि कहिले आए, कसरी आए, केही पनि थाहा छैन। भन्छन् कंसपुरीमा आउँछन्। अब उनले पतित दुनियाँमा कसरी जन्म लिन्छन्! बच्चाहरूलाई कति खुसी हुनुपर्छ हामी बेहदका बाबाको पासमा जान्छौं। अनुभव पनि सुनाउँछन् नि मलाई फलानोद्वारा तीर लाग्यो, बाबा आउनु भएको छ....। त्यस दिनदेखि मैले बाबालाई नै याद गर्छु।

यो हो तिम्रो उच्च भन्दा उच्च बाबाको पासमा आउने यात्रा। बाबा त चैतन्य हुनुहुन्छ, बच्चाहरूको पासमा जानुहुन्छ पनि। ती हुन् जड यात्राहरू। यहाँ त चैतन्य बाबा हुनुहुन्छ। जसरी हामी आत्माहरू बोल्छौं, त्यसैगरी उहाँ परमात्मा बाबा पनि बोल्नुहुन्छ शरीरद्वारा। यो पढाइ हो भविष्य २१ जन्म शरीर निर्वाहको लागि। त्यो हो केवल यस जन्मको लागि। अब कुनचाहिँ पढाइ पढ्नुपर्छ वा कुनचाहिँ धन्दा गर्नुपर्छ? बाबा भन्नुहुन्छ दुवै गर। संन्यासीहरूले जसरी घरबार छोडेर जंगलमा जानु छैन। यो त प्रवृत्ति मार्ग हो नि। दुवैको लागि पढाइ हो। सबैले त पढ्ने छैनन्। कसैले राम्रोसँग पढ्छन्, कसैले कम। कसैलाई त एकदम चाडै तीर लागिहाल्छ। कोही त जे पनि बोलिरहन्छन्। कसैले भन्छन् ठीकै छ, हामी कोसिस गर्छौं। कसैले भन्छन् यो त एकान्तमा बुझ्ने कुरा हो। फेरि गुम हुन्छन्। कसैलाई ज्ञानको तीर लाग्यो भने तुरुन्त आएर बुझ्छन्। कसैले फेरि भन्छन् हामीलाई फुर्सत छैन। सम्झ, तीर लागेको छैन। हेर बाबालाई तीर लाग्यो अनि एकैचोटि छोडिदिए नि। सम्झे बादशाही मिल्छ त्यसको अगाडि यो के हो! मलाई त बाबाबाट राजाई लिनु छ। अब बाबा भन्नुहुन्छ त्यो धन्दा आदि पनि गर, केवल एक हप्तामा राम्रोसँग बुझ। गृहस्थ व्यवहार पनि सम्हाल्नु छ। रचनाको पालना पनि गर्नु छ। तिनीहरूले त रचेर फेरि भाग्छन्। बाबा भन्नुहुन्छ तिमीले रचेका छौ त्यसैले फेरि राम्रोसँग सम्हाल। सम्झ स्त्री वा बच्चाहरू तिमीले भनेको मान्छन् भने सपूत हुन्। मान्दैनन् भने कपूत हुन्। सपूत र कपूत थाहा हुन्छ नि। बाबा भन्नुहुन्छ तिमी श्रीमतमा चल्छौ भने श्रेष्ठ बन्छौ। नत्र वर्सा मिल्न सक्दैन। पवित्र बनेर, सपूत बच्चा बनेर नाम प्रत्यक्ष गर। तीर लाग्यो भने भन्छन् अब हामी सच्चा कमाई गर्छौं। बाबा आउनु भएको छ शिवालयमा लैजान। त्यसैले शिवालयमा जान लायक बन्नु छ। मेहनत छ। भन, अब शिव बाबालाई याद गर, मृत्यु सामुन्ने खडा छ। कल्याण त उनीहरूको पनि गर्नु छ नि। भन, अब याद गर्यौं भने विकर्म विनाश हुन्छ। तिमी बच्चाहरूको कर्तव्य हो दुवै घरको उद्धार गर्नु। जब तिमीलाई बोलाउँछन् भने तिम्रो कर्तव्य हुन्छ उनीहरूको कल्याण गर्नु। रहमदिल बन्नुपर्छ। पतित, तमोप्रधान मनुष्यहरूलाई सतोप्रधान बनाउने मार्ग बताउनु छ। तिमीले जानेका छौ हरेक कुरा नयाँबाट पुरानो अवश्य हुन्छ। नर्कमा सबै पतित आत्माहरू छन्, त्यसैले त पावन हुन गंगा स्नानमा जान्छन्। पहिला त मानुन् हामी पतित हौं त्यसैले पावन बन्नु छ। बाबाले आत्माहरूलाई भन्नुहुन्छ मलाई याद गर्यौ भने तिम्रो पाप नष्ट हुन्छ। साधु सन्त आदि जति पनि छन् सबैलाई यो मेरो सन्देश देऊ, बाबा भन्नुहुन्छ मलाई याद गर। यस योग अग्निले अथवा यादको यात्राले तिम्रो मैला निस्किदै जान्छ। तिमी पवित्र बनेर मेरो पासमा आउँछौ। मैले तिमीहरू सबैलाई साथमा लैजान्छु। जसरी बिच्छी हिँड्दै गर्दा कहीँ नरम चीज देख्यो भने डस्छ। पत्थरलाई डसेर के काम! तिमीले पनि बाबाको परिचय देऊ। यो पनि बाबाले सम्झाउनु भएको छ मेरा भक्तहरू कहाँ रहन्छन्। शिवका मन्दिरमा, कृष्णका मन्दिरमा, लक्ष्मी-नारायणका मन्दिरमा। भक्तहरूले मेरो भक्ति गरिरहन्छन्। उनीहरू पनि मेरा बच्चाहरू नै हुन् नि। मबाट राज्य लिएका थिए, अहिले पूज्यबाट पुजारी बनेका छन्। देवताहरूका भक्त हुन् नि। नम्बरवन हो शिवको अव्यभिचारी भक्ति। फेरि गिर्दा-गिर्दा अहिले त भूत पूजा गर्न थालेका छन्। शिवका पुजारीहरूलाई सम्झाउन सजिलो हुन्छ। उहाँ सबै आत्माहरूका पिता शिवबाबा हुनुहुन्छ। स्वर्गको वर्सा दिनुहुन्छ। अहिले बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। मैले तिमीलाई सन्देश दिन्छु। बाबा भन्नुहुन्छ पतित-पावन, ज्ञानको सागर म हुँ। ज्ञान पनि सुनाइरहेको छु। पावन बन्नको लागि योग पनि सिकाइरहेको छु। ब्रह्मा तनबाट सन्देश दिइरहेको छु मलाई याद गर। आफ्ना ८४ जन्मलाई याद गर। तिमीले भक्तहरूलाई भेट्छौ मन्दिरमा र फेरि कुम्भको मेलामा। त्यहाँ तिमीले सम्झाउन सक्छौ। पतित-पावन गंगा हुन् या परमात्मा?

बच्चाहरूलाई यो खुसी हुनु पर्छ हामी कसको पासमा जान्छौं! कति साधारण हुनुहुन्छ। बडप्पन के देखाऊँ! ठूलो व्यक्ति देखिन शिवबाबाले के गर्नुहुन्छ र। संन्यासीको कपडा त लगाउन सक्नुहुन्न। बाबा भन्नुहुन्छ मैले त साधारण तन लिन्छु। तिमीले नै राय देऊ मैले के गरुँ? यस रथलाई कसरी शृङ्गार गरुँ? उनीहरूले हुसेनको घोडा निकाल्छन्, त्यसलाई शृङ्गार गर्छन्। यहाँ शिवबाबाको रथलाई फेरि साँढे बनाइदिएका छन्। साँढेको मस्तकमा गोलो-गोलो शिवको चित्र देखाउँछन्। अब शिवबाबा साँढेमा कहाँबाट आउनु हुन्छ? मन्दिरमा साँढे किन राखिएको हो? शंकरको सवारी भन्छन्। सूक्ष्म वतनमा शंकरको के सवारी हुन्छ र? यो सबै हो भक्तिमार्ग, जुन ड्रामामा निश्चित छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफूले आफैसँग प्रतिज्ञा गर्नु छ अब मैले सच्चा कमाई गर्ने छु। स्वयंलाई शिवालयमा जान योग्य बनाउँछु। सपूत बच्चा बनेर श्रीमतमा चलेर बाबाको नाम प्रख्यात गर्ने छु।

२) रहमदिल बनेर तमोप्रधान मनुष्यहरूलाई सतोप्रधान बनाउनु छ। सबैको कल्याण गर्नु छ। मृत्यु भन्दा पहिला सबैलाई बाबाको याद दिलाउनु छ।

वरदान:
हुन्छ हजुर को पाठद्वारा सेवामा महान् बन्ने सबैको आशीर्वादको पात्र भव

कुनै पनि सेवा खुसी र उमंगले गर्दै जाँदा सदा ध्यान रहोस्, जुन सेवा छ त्यसमा सबैको आशीर्वाद प्राप्त होस् किनकि जहाँ आशीर्वाद हुन्छ त्यहाँ मेहनत हुँदैन। अब यही लक्ष्य रहोस् जसको सम्पर्कमा आउँछौ उसको आशीर्वाद लिंदै जाऊ। हुन्छ हजुर को पाठ नै आशीर्वाद प्राप्त गर्ने साधन हो। कोही गलत छ भने पनि उसलाई गलत भनेर धक्का दिनुको सट्टा सहारा दिएर खडा गर। सहयोगी बन। उसबाट पनि सन्तुष्टताको आशीर्वाद मिल्छ। जो आशीर्वाद लिनमा महान् हुन्छ ऊ स्वत: महान् बन्न पुग्छ।

स्लोगन:
कडा परिश्रम गर्नुको साथसाथै आफ्नो स्थिति पनि शक्तिशाली बनाउने लक्ष्य राख।