05.06.22    Avyakt Bapdada     Nepali Murli    17.03.91     Om Shanti     Madhuban


सन्तुष्टमणिको श्रेष्ठ आसनमा आसीन हुनको लागि प्रसन्नचित्त , निश्चिन्त आत्मा बन


आज बापदादाले आफ्ना चारैतर्फका सन्तुष्टमणिहरूलाई देखिरहनु भएको छ। संगमयुग हो नै सन्तुष्ट रहने र सन्तुष्ट बनाउने युग। ब्राह्मण जीवनको विशेषता सन्तुष्टता हो। सन्तुष्टता नै ठूलो भन्दा ठूलो खजाना हो। सन्तुष्टता नै ब्राह्मण जीवनको पवित्रताको व्यक्तित्व हो। यो व्यक्तित्वले विशेष आत्मा सहजै बन्छौ। सन्तुष्टताको व्यक्तित्व छैन भने विशेष आत्मा कहलाउन सक्दैनौ। आजकाल दुई प्रकारको व्यक्तित्वको गायन गरिन्छ एक शारीरिक व्यक्तित्व, दोस्रो पोजिसनको व्यक्तित्व। ब्राह्मण जीवनमा जुन ब्राह्मण आत्मामा सन्तुष्टताको महानता छ तिनको अनुहारमा, तिनको चेहरामा पनि सन्तुष्टताको व्यक्तित्व देखिन्छ र श्रेष्ठ स्थितिको पोजिसनको व्यक्तित्व देखिन्छ। सन्तुष्टताको आधार हो बाबाद्वारा सर्व प्राप्त भएका प्राप्तिहरूको सन्तुष्टता अर्थात् भरपुर आत्मा। असन्तुष्टताको कारण अप्राप्ति हो। सन्तुष्टताको कारण हो सर्व प्राप्ति, त्यसैले बापदादाले तिमी सबै ब्राह्मण बच्चाहरूलाई ब्राह्मण जन्म हुनासाथ पूरा वर्सा दिनुभयो नि वा कसैलाई थोरै, कसैलाई धेरै दिनुभयो? बापदादाले सदैव सबै बच्चाहरूलाई यही भन्नुहुन्छ बाबा र वर्सालाई याद गर्नु छ। वर्सा हो सर्व प्राप्ति। यसमा सर्व शक्तिहरू पनि आइहाल्छ, गुण पनि आइहाल्छ, ज्ञान पनि आइहाल्छ। सर्व शक्तिहरू, सर्व गुण र सम्पूर्ण ज्ञान। केवल ज्ञान होइन, सम्पूर्ण ज्ञान। केवल शक्ति र गुण मात्र पनि होइन, सर्व गुण र सर्व शक्तिहरू छन्। वर्सा सर्व अर्थात् सम्पन्नताको हो। कुनै कमी छैन। हर ब्राह्मण बच्चालाई पूरा वर्सा मिल्छ, अधुरो होइन। सर्व गुणहरूबाट दुई गुण तिमीलाई, दुई गुण यिनलाई, यसरी बाँडेको छैन। फुल वर्सा अर्थात् सम्पन्नता, सम्पूर्णता। जब हरेकलाई पूरा वर्सा मिल्छ भने जहाँ सर्व प्राप्ति छ त्यहाँ त्यहाँ सन्तुष्टता हुन्छ। बापदादाले सर्व ब्राह्मणहरूको सन्तुष्टताको व्यक्तित्व देखिरहनु भएको थियो, कहाँसम्म बच्चाहरूमा यो सन्तुष्टताको व्यक्तित्व आएको छ। ब्राह्मण जीवनमा असन्तुष्टताको नाम-निशान हुँदैन। ब्राह्मण जीवनको मज्जा छ भने यस व्यक्तित्वमा छ। यही मज्जाको जीवन हो, मौजको जीवन हो।

तपस्याको अर्थ नै हो सन्तुष्टताको व्यक्तित्व नयनमा, चैनमा, चेहरामा, चालचलनमा देखियोस्। यस्ता सन्तुष्ट मणिहरूका माला बनाइरहेको थिएँ। कति माला बनेको होलान्? सन्तुष्टमणि अर्थात् बेदाग मणि। सन्तुष्टताको निशानी हो सन्तुष्ट आत्मा सदा प्रसन्नचित्त स्वयंलाई अनुभव गर्नेछ र अन्य पनि प्रसन्न हुन्छन्। प्रसन्नचित्त स्थितिमा प्रश्नचित्त हुँदैन। एक हुन्छ प्रसन्नचित्त, अर्को हुन्छ प्रश्नचित्त। प्रश्न अर्थात् क्वेश्चन। प्रसन्नचित्त ड्रामाको नलेजफुल हुनाको कारण प्रसन्न रहन्छ, प्रश्न गर्दैन। आफैँप्रति वा कसै प्रति जुनसुकै पनि प्रश्न उठ्छ, त्यसको उत्तर स्वयंलाई पहिला आउँछ। पहिला पनि सुनाएको थिएँ, के र किन होइन, तर डट। के, किन होइन, फुलस्टप बिन्दु। एक सेकेण्डमा विस्तार, एक सेकेण्डमा सार। यस्तो प्रसन्नचित्त सदा निश्चिन्त रहन्छ। अब चेक गर यस्तो निशानी म सन्तुष्टमणिमा छ? बापदादाले त सबैलाई टाइटल दिनुभएको छ सन्तुष्टमणिको। त्यसैले बापदादाले सोधिरहनु भएको छ हे सन्तुष्टमणिहरू, सन्तुष्ट छौ? फेरि प्रश्न छ स्वयंसँग अर्थात् स्वयंको पुरुषार्थसँग, स्वयंको संस्कार परिवर्तनको पुरुषार्थसँग, स्वयंको पुरुषार्थको प्रतिशतमा, अवस्थामा सदा सन्तुष्ट छौ? त्यस्तै, दोस्रो प्रश्न स्वयंको मनसा, वाचा र कर्म अर्थात् सम्बन्ध-सम्पर्कद्वारा सेवामा सदा सन्तुष्ट छौ? तीनै सेवा, केवल एक सेवा होइन। तीनै सेवामा र सदा सन्तुष्ट छौ? सोचिरहेका छौ, आफूलाई हेरिरहेका छौ कहाँसम्म सन्तुष्ट छु? तेस्रो प्रश्न सर्व आत्माहरूको सम्बन्ध-सम्पर्कमा स्वयंद्वारा वा सर्वद्वारा सदा सन्तुष्ट छौ? किनकि तपस्या वर्षमा तपस्याको, सफलताको फल यहीँ प्राप्त गर्नु छ। स्वयंमा, सेवमा र सर्वमा सन्तुष्टता। चार घण्टा त योग गर्यौ धेरै राम्रो र चारबाट आठ घण्टासम्म पनि पुग्नेछौ। यो पनि धेरै राम्रो। योगको सिद्धि स्वरूप हौ। योग विधि हो। तर यस विधिले सिद्धि के मिल्यो? योग लगाउनु यो विधि हो, योगको प्राप्ति यो सिद्धि हो। जसरी ८ घण्टाको लक्ष्य राखेका छौ भने कम्तीमा यी तीन प्रकारका सन्तुष्टताको सिद्धिको स्पष्ट श्रेष्ठ लक्ष्य राख। कति बच्चाहरूले स्वयंलाई मियाँ-मिट्ठु जस्तो सन्तुष्ट सम्झन्छन्। यस्तो सन्तुष्ट नबन्नु। एउटा हुन्छ दिलले मान्ने, अर्को हुन्छ दिमागले मान्ने। दिमागले आफूलाई सम्झन्छ सन्तुष्ट छँदै छु, के पर्बाह छ। म त बेपर्बाह छु। दिमागले स्वयंलाई सन्तुष्ट सम्झनु यस्तो सन्तुष्टता होइन, यथार्थमा सम्झनु छ। सन्तुष्टताका निशानीहरू स्वयंमा अनुभव होस्। चित्त सदा प्रसन्न होस्, व्यक्तित्व होस्। स्वयंलाई व्यक्तित्व सम्झने र अन्यलाई नसम्झने, यसलाई भनिन्छ मियाँ-मिट्ठु। यस्तो सन्तुष्ट होइन। यथार्थ अनुभवद्वारा सन्तुष्ट आत्मा बन। सन्तुष्टता अर्थात् दिल-दिमाग सदा आराममा हुन्छ। सुख-चैनको स्थितिमा हुन्छ। बेचैन हुँदैन। सुखचैन हुन्छ। यस्ता सन्तुष्टमणि सदा बाबाको मस्तकमा मस्तकमणि समान चम्किरहन्छन्। त्यसैले स्वयंलाई चेक गर। सन्तुष्टताले बाबाको र सर्वको आशीर्वाद दिलाउँछ। सन्तुष्ट आत्माले समय प्रति समय सदा आफूलाई बाबा र सर्वको आशीर्वादको विमानमा उडेको अनुभव गर्छ। यो आशीर्वाद उसको विमान हो। सदा आफूलाई विमानमा उडिरहेको अनुभव गर्छ। आशीर्वाद माग्दैन, तर आशीर्वाद स्वयं उसको अगाडि स्वत: नै आउँछ। यस्ता सन्तुष्टमणि अर्थात् सिद्धि स्वरूप तपस्वी। अल्पकालको सिद्धि होइन, यो अविनाशी र रूहानी सिद्धि हो। यस्ता सन्तुष्टमणिहरूलाई देखिरहेको थिएँ। हरेकले आफूले आफैंसँग सोध म को?

तपस्या वर्षको उमंग-उत्साह त राम्रो छ। हरेकले यथाशक्ति गरि पनि रहेका छौ। र भविष्यको लागि पनि उत्साह छ। यो उत्साह धेरै राम्रो छ। अब तपस्याद्वारा प्राप्तिहरूलाई स्वयं आफ्नो जीवनमा र सर्वको सम्बन्ध-सम्पर्कमा प्रत्यक्ष गर। आफूले आफैंमा अनुभव गर्छौ तर अनुभवलाई केवल मन-बुद्धिले अनुभव गर्यौ, यहाँसम्म नराख। त्यसलाई चालचलन र चेहरासम्म ल्याऊ, सम्बन्ध-सम्पर्कमा ल्याऊ। तब पहिला स्वयंमा प्रत्यक्ष हुन्छौ, फेरि सम्बन्धमा प्रत्यक्ष हुनेछौ फेरि विश्वको स्टेजमा प्रत्यक्ष हुनेछौ। तब प्रत्यक्षताको नगारा बज्नेछ। जस्तै तिम्रो यादगार शास्त्रहरूमा भन्छन् शंकरले तेस्रो नेत्र खोले अनि विनाश भयो। शंकर अर्थात् अशरीरी तपस्वी रूप। विकाररूपी साँपलाई गलाको हार बनाइदिए। सदा उच्च स्थिति र उच्च आसनधारी। यो तेस्रो आँखा अर्थात् सम्पूर्णताको आँखा, सम्पन्नताको आँखा। जब तिमी तपस्वीले सम्पन्न, सम्पूर्ण स्थितिले विश्व परिवर्तनको संकल्प गर्छौ, तब यो प्रकृतिले पनि सम्पूर्ण हलचलको डान्स गर्नेछ। उपद्रव मचाउने डान्स गर्नेछ। तिमी अचल हुन्छौ र ऊ हलचलमा हुनेछ किनकि यतिका सारा विश्वको सफाई कसले गर्नेछ? मनुष्यात्माहरूले गर्न सक्छन् र? यी वायु, धरती, समुद्र, जल यिनको हलचलले नै सफाई गर्नेछ। त्यसैले यस्तो सम्पूर्णताको स्थिति यस तपस्याद्वारा बनाउनु छ। प्रकृतिले पनि तिम्रो संकल्पको आदेश तब मान्नेछ, जब पहिला तिमी स्वयंको, सदाको सहयोगी कर्मेन्द्रियहरू मन-बुद्धि-संस्कारले आदेश मान्छ। यदि स्वयंको, सदाको सहयोगीले आदेश मान्दैनन् भने प्रकृतिले के आदेश मान्छ? यति तपस्याको शक्तिशाली उच्च स्थिति होस्, जसद्वारा सर्वको एक संकल्प, एक समयमा उत्पन्न होस्। सेकेण्डको संकल्प होस् परिवर्तन अनि प्रकृति हाजिर होस्। जसरी विश्वका ब्राह्मण आत्माहरूको एउटै समयमा विश्व शान्तिको योग गर्छौ नि। त्यसैगरी सबैको एउटै समय र एउटै संकल्प यादगार रहन्छ। त्यसैगरी सर्वको एक संकल्पद्वारा प्रकृतिले हलचलको डान्स सुरु गरिदिन्छ, त्यसैले भन्छौ पनि स्व परिवर्तनबाट विश्व परिवर्तन। यो पुरानो दुनियाँबाट नयाँ दुनियाँ परिवर्तन कसरी हुन्छ? तिमीहरू सबैको शक्तिशाली संकल्पले संगठित रूपमा सबैको एक संकल्प उत्पन्न हुनेछ। बुझ्यौ के गर्नु छ? तपस्या यसलाई भनिन्छ। अच्छा।

बापदादा डबल विदेशी बच्चाहरूलाई देखेर सदा हर्षित रहनुहुन्छ। यस्तो होइन भारतवासीलाई देखेर हर्षित हुनुहुन्न। अहिले डबल विदेशीहरूको पालो छ त्यसैले भनिएको हो। भारतमाथि त बाबा सदा प्रसन्न हुनुहुन्छ, त्यसैले त भारतमा आएको छु र तिमीहरू सबैलाई पनि भारतवासी बनाइदिएँ। यस समयमा तिमीहरू सबै विदेशी हौ वा भारतवासी हौ। भारतवासीमा पनि मधुवन निवासी। मधुवन निवासी बन्न राम्रो लाग्छ हैन? अब छिटो छिटो सेवा पुरा गरेमा मधुवन निवासी बनिहाल्छौ। सारा विदेशमा सन्देश छिटो छिटो दिएर पुरा गर। फेरि यहाँ आउँदा फर्काउने छैन। तबसम्म स्थान पनि बनिहाल्छ। हेर मैदान त लम्बा-चौडा (पीस पार्क) छँदै छ, त्यहाँ पहिलादेखि प्रबन्ध गर्छु फेरि तिमीलाई कष्ट हुने छैन। तर जब यस्तो समय आउँछ, त्यतिबेला आफ्नो बाकसमा नै सुत्नेछौ। खाट चाहिदैन। त्यो समय नै अर्कै हुन्छ। यो समय अर्कै छ। अहिले त सेवाको एकै समयमा, मनसा, वाचा, कर्मणा संयुक्त संकल्प होस्, तब हुन्छ सेवाको तीव्र गति। मनसाद्वारा पावरफुल, वाणीद्वारा नलेजफुल, सम्बन्ध-सम्पर्क अर्थात् कर्मद्वारा लभफुल। यी तीनै अनुभूति एकै समयमा संयुक्त होस्। यसलाई भनिन्छ तीव्र गतिको सेवा।

अच्छा, तनबाट ठीक छौ, मनबाट ठीक छौ? फेरि पनि टाढा-टाढाबाट आउँछौ, त्यसैले बापदादा पनि टाढाबाट आएका बच्चाहरूलाई खुशी देखेर खुशी हुनुहुन्छ। फेरि पनि टाढाबाट आउनेहरू सञ्चै छौ किनकि विमानमा आउँछौ। जो यस कल्पमा पहिलो पटक आएका छन्, उनीहरूलाई बापदादाले विशेष यादप्यार दिइरहनु भएको छ। फेरि पनि हिम्मतवान्, राम्रा छन्। यहाँबाट जानासाथ टिकटको लागि जम्मा गर्छन् र आउँछन्। यो पनि एक यादको विधि हो। जानु छ, जानु छ, जानु छ...। यहाँ आउँदा सोच्छौ विदेश जानु छ। फेरि जानासाथ आउने सोच्छौ। यस्तो पनि समय आउनु नै छ, सरकारले पनि सम्झनेछ आबूको शोभा यी ब्राह्मण आत्माहरू नै हुन्। अच्छा!

चारैतिरका सर्व महान सन्तुष्ट आत्माहरूलाई, सदा प्रसन्नचित्त निश्चिन्त रहने श्रेष्ठ आत्माहरूलाई, सदा एकै समयमा तीन सेवा गर्ने तीव्र गतिको सेवाधारी आत्माहरूलाई, सदा श्रेष्ठ स्थितिको आसनधारी तपस्वी आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

पार्टीहरूसँग अव्यक्त बापदादाको भेटघाट:

सबैले आफूलाई होली हंस सम्झन्छौ? होली हंसको विशेष कर्म के हो? (हरेकले सुनाए) जुन विशेषताहरू सुनायौ, ती प्राक्टिकल कर्ममा आउँछन्? किनकि तिमी ब्राह्मणहरू सिवाय होली हंस अरू को हुन सक्छ? त्यसैले नशासँग भन। जसरी बाबा सदा नै पवित्र हुनुहुन्छ, सदा सर्वशक्तिहरू कर्ममा ल्याउनुहुन्छ, त्यसैगरी तिमी होली हंसहरू पनि सर्वशक्तिहरू प्राक्टिकलमा ल्याउनेवाला र सदा पवित्र हौ। थियौ र सदा रहनेछौ। तीनै काल याद छ हैन? बापदादाले बच्चाहरूको अनेक पटक खेलेको पार्ट देखेर हर्षित हुनुहुन्छ। मुश्किल त लाग्दैन नि? मास्टर सर्वशक्तिमानको अगाडि कहिल्यै मुश्किल शब्द स्वप्नमा पनि आउन सक्दैन। ब्राह्मणहरूको डिक्शनरीमा मुश्किल अक्षर छ? कहीँ सानो अक्षरमा त छैन? मायाको पनि नलेजफुल भइसक्यौ नि? जहाँ फुल छ, त्यहाँ फेल हुन सक्दैनौ। फेल हुनुको कारण के हो? जानेर पनि फेल किन हुन्छौ? यदि कसैले जान्दछ तैपनि फेल पनि हुन्छ भने उसलाई के भन्ने? कुनै पनि कुरा हुन्छ भने फेल हुनाको कारण हो कुनै न कुनै कुरा फील गर्छौ। फिलिङको बिमारी हुन्छ र बिमारीले के गर्छ, थाहा छ? कमजोर बनाइदिन्छ। उसको कुरा सानो हुन्छ तर ठूलो बन्छ। त्यसैले अब फुल बन। फेल हुनु छैन, पास हुनु छ। जे कुरा हुन्छ, त्यसलाई पास गर्दै जाऊ, अनि पास विद् अनर हुन्छौ। त्यसैले पास गर्नु छ, पास हुनु छ र पास रहनु छ। जब गर्वले भन्छौ बापदादासँग जति मेरो प्यार छ, त्यति अरू कसैको पनि छैन। प्यार छ भने पास रहनु छ वा टाढा रहनु छ? पास रहनु छ र पास हुनु छ। यू.के. वाला बापदादाको सर्व आशा पूर्ण गर्ने हौ नि? सबैभन्दा नम्बरवन बाबाको शुभ आशा के हो? खास यु.के. वालाको लागि भनिरहेको छु। ठूला-ठूला माइक ल्याउनु छ, जो बाबालाई प्रत्यक्ष गर्नमा निमित्त बनून् र बाबाको समीप आऊन्। अब यू.के. मा, अमेरिकामा अरू पनि विदेशका देशहरूमा माइक निस्केका अवश्य छन् तर एकथरी छन् सहयोगी र अर्काथरी छन् सहयोगी, समीपवाला। अब यस्तो माइक तयार गर। त्यसो त सेवामा वृद्धि राम्रो भइरहेको छ, भइ पनि रहनेछ। अच्छा, रशियावाला साना बच्चा हुन् तर भाग्यमानी छन्। तिम्रो बाबासँग कति प्यार छ! राम्रो छ, बापदादा पनि बच्चाहरूको हिम्मतमा खुशी हुनुहुन्छ। अब मेहनत भुल्यौ नि। अच्छा।

वरदान:
हर संकल्प , बोली र कर्मद्वारा पुण्य कर्म गर्ने आशीर्वादको अधिकारी भव

आफूले आफैंसँग यो दृढ संकल्प गर सारा दिनमा संकल्पद्वारा, बोलीद्वारा, कर्मद्वारा पुण्य आत्मा बनेर पुण्य नै गर्नेछु। पुण्यको प्रत्यक्षफल हो हर आत्माको आशीर्वाद। त्यसैले हर संकल्पमा, बोलीमा आशीर्वाद जम्मा होस्। सम्बन्ध-सम्पर्कमा दिलबाट सहयोगको धन्यवाद निस्कियोस्। यस्तो आशीर्वादको अधिकारी नै विश्व परिवर्तनको निमित्त बन्छ। उसलाई नै पुरस्कार मिल्छ।

स्लोगन:
सदा एक बाबाको साथमा बस र बाबालाई आफ्नो साथी बनाऊ यो नै श्रेष्ठता हो।