05.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यस बेहदको नाटकमा तिमी आत्माहरूलाई आ-आफ्नो पार्ट मिलेको छ , अब तिमीलाई यो शरीररूपी कपडा उतारेर घर जानु छ , फेरि नयाँ राज्यमा आउनु छ।

प्रश्न:
बाबाले कुनै पनि कार्य प्रेरणाद्वारा गर्नुहुन्न, उहाँको अवतरण हुन्छ, यो कुन कुराबाट सिद्ध हुन्छ?

उत्तर:
बाबालाई भनिन्छ नै गर्ने-गराउनेवाला। प्रेरणाको त अर्थ हुन्छ विचार। प्रेरणाद्वारा कुनै नयाँ दुनियाँको स्थापना हुँदैन। बाबाले बच्चाहरूद्वारा स्थापना गराउनु हुन्छ, कर्मेन्द्रिय बिना त केही पनि गराउन सक्नुहुन्न, त्यसैले उहाँलाई शरीरको आधार लिनुपर्छ।
 

ओम् शान्ति ।
रूहानी बच्चाहरू रूहानी बाबाको सम्मुख बसेका छन् अर्थात् आत्माहरू आफ्नो बाबाको सम्मुख बसेका छन्। आत्मा अवश्य पनि शरीरको साथमा नै बस्छ। बाबाले पनि जब शरीर लिनुहुन्छ तब मात्रै सम्मुख हुनुहुन्छ, यसलाई नै भनिन्छ आत्मा-परमात्मा अलग रहे...तिमी बच्चाहरूलाई थाहा छ उच्च भन्दा उच्च बाबालाई नै ईश्वर, प्रभु, परमात्मा... विभिन्न नाम दिएका छन्, परमपिता कहिल्यै पनि लौकिक पितालाई भनिदैन। केवल परमपिता लेख्दा पनि हर्जा छैन। परमपिता अर्थात् उहाँ एकै सबैका पिता हुनुहुन्छ। बच्चाहरूले जानेका छन् हामी परमपिताको साथमा बसेका छौं। परमपिता परमात्मा र हामी आत्माहरू शान्तिधामका निवासी हौं। यहाँ पार्ट खेल्न आउँछौं, सत्ययुगदेखि कलियुग अन्तसम्म पार्ट खेलेका छौं, यो भयो नयाँ रचना। रचयिता बाबाले सम्झाउनु भएको छ तिमी बच्चाहरूले यसरी पार्ट खेलेका छौ। पहिले यो जान्दैन्थ्यौ हामीले ८४ जन्मको चक्कर लगाएका छौं। अहिले तिमी बच्चाहरूसँग नै बाबाले कुरा गर्नुहुन्छ, जसले ८४ को चक्कर लगाएका छौ। सबैले त ८४ जन्म लिन सक्दैनन्। यो सम्झाउनु छ ८४ को चक्र कसरी घुम्छ। बाँकी लाखौं वर्षको कुरा नै होइन। बच्चाहरूले जानेका छन् हामी हरेक ५ हजार वर्षपछि पार्ट खेल्न आउँछौं। हामी पार्टधारी हौं। उच्च भन्दा उच्च भगवानको पनि विचित्र पार्ट छ। ब्रह्मा र विष्णुको पार्टलाई विचित्र भनिदैन। दुवैले ८४ को चक्कर लगाउँछन्। बाँकी शंकरको त यस दुनियाँमा पार्ट छँदै छैन। त्रिमूर्तिमा देखाउँछन् स्थापना, विनाश, पालना। चित्रहरूद्वारा सम्झाउनु पर्छ। जुन चित्र देखाउँछौ त्यसमा सम्झाउनु पर्छ। संगमयुगमा पुरानो दुनियाँको विनाश हुनु नै छ। प्रेरक अक्षर पनि गलत छ। जस्तै कसैले भन्छ आज मलाई बाहिर जाने प्रेरणा छैन, प्रेरणा अर्थात् विचार। प्रेरणाको कुनै अर्को अर्थ छैन। परमात्माले कुनै काम प्रेरणाबाट गर्नुहुन्न। न त प्रेरणाले ज्ञान मिल्न सक्छ। बाबा आउनु हुन्छ यी कर्मेन्द्रियद्वारा पार्ट खेल्न। गर्ने-गराउनेवाला हुनुहुन्छ नि। बच्चाहरूबाट गराउनु हुन्छ। शरीर विना त कार्य गर्न सकिँदैन। यी कुरालाई कसैले जानेका छैनन्। न त परमपितालाई नै जानेका छन्। ऋषि-मुनि आदिले भन्दथे हामी ईश्वरलाई जान्दैनौ। न त आत्माको, न परमात्मा बाबाको, कसैमा ज्ञान छ। बाबा हुनुहुन्छ मुख्य रचयिता, निर्देशक। उहाँले निर्देशन पनि दिनुहुन्छ, श्रीमत दिनुहुन्छ। मनुष्यहरूको बुद्धिमा त सर्वव्यापीको ज्ञान छ। तिमीलाई थाहा छ बाबा हाम्रो पिता हुनुहुन्छ। उनीहरूले सर्वव्यापी भनिदिन्छन् त्यसैले पिता सम्झिन सक्दैनन्। तिमीले सम्झन्छौ यो बेहदको बाबाको परिवार हो। सर्वव्यापी भन्नाले परिवारको भासना आउँदैन। उहाँलाई भनिन्छ निराकारी शिवबाबा, निराकार आत्माहरूका बाबा। शरीर छ तब आत्माले बोल्छ बाबा। शरीर बिना त आत्माले बोल्न सक्दैन। भक्तिमार्गमा बोलाउँदै आएका छन्। सम्झन्छन् उहाँ बाबा दु:खहर्ता सुखकर्ता हुनुहुन्छ। सुख मिल्छ सुखधाममा। शान्ति मिल्छ शान्तिधाममा। यहाँ छ नै दु:ख। यो ज्ञान तिमीलाई मिल्छ संगममा। पुरानो र नयाँको बिचमा। बाबा आउनु हुन्छ नै तब जब नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश हुनु छ। पहिला सदैव भन्नुपर्छ नयाँ दुनियाँको स्थापना। पहिला पुरानो दुनियाँको विनाश भन्नु गलत हुन्छ। अहिले तिमीलाई बेहदको नाटकको ज्ञान मिल्छ। जसरी त्यस नाटकमा कलाकार आउँदा घरबाट साधारण कपडा लगाएर आउँछन् फेरि नाटकमा आएर कपडा फेर्छन्। फेरि नाटक पूरा भएपछि ती कपडा उतारेर घर जान्छन्। यहाँ तिमी आत्माहरू घरबाट अशरीरी आउनु पर्छ। यहाँ आएर यो शरीररूपी कपडा लगाउँछौ। हरेकलाई आ-आफ्नो पार्ट मिलेको छ। यो हो बेहदको नाटक। अहिले यो बेहदको सारा दुनियाँ पुरानो छ फेरि हुन्छ नयाँ। त्यो धेरै सानो हुन्छ, एक धर्म हुन्छ। तिमी बच्चाहरूलाई यस पुरानो दुनियाँबाट निस्केर फेरि हदको दुनियाँमा, नयाँ दुनियाँमा आउनु छ किनकि त्यहाँ हुन्छ एक धर्म। अनेक धर्म, अनेक मनुष्य हुनाले बेहद हुन्छ। त्यहाँ त हुन्छ एक धर्म, थोरै मनुष्य। एक धर्मको स्थापनाको लागि आउनु पर्छ। तिमी बच्चाहरूले यस बेहदको नाटकको रहस्यलाई बुझ्छौ, यो चक्र कसरी घुम्छ। यस समयमा जे-जति यथार्थमा हुन्छ त्यसको नै फेरि भक्तिमार्गमा चाड-पर्व मनाउँछन्। नम्बरवार कुन-कुन पर्वहरू छन्, यो पनि तिमी बच्चाहरूलाई थाहा छ। उच्च भन्दा उच्च भगवान शिवबाबाको जयन्ती भनिन्छ। जब उहाँ आउनु हुन्छ तब मात्रै फेरि अरू पर्व बन्छन्। शिवबाबाले सबैभन्दा पहिला आएर गीता सुनाउनु हुन्छ अर्थात् आदि मध्य अन्त्यको ज्ञान सुनाउनु हुन्छ। योग पनि सिकाउनु हुन्छ। साथ-साथै तिमीलाई पढाउनु पनि हुन्छ। बाबा आउनु हुन्छ त्यसैले पहिला शिव जयन्ती हुन्छ फेरि हुन्छ गीता जयन्ती। आत्माहरूलाई ज्ञान सुनाउनु हुन्छ त्यसैले गीता जयन्ती भयो। तिमी बच्चाहरूले विचार गरेर चाड-पर्वहरूलाई क्रमश: लेख। यी कुरालाई आफ्नो धर्मकाले नै सम्झन्छन्। हरेकलाई आफ्नो धर्म प्यारो लाग्छ। अरू धर्मको कुरा नै छैन। चाहे कसैलाई अर्को धर्म प्यारो लागे पनि त्यसमा जान सक्दैन। स्वर्गमा अरू धर्म कहाँ आउन सक्छन् र। वृक्षमा बिल्कुलै स्पष्ट छ। जुन-जुन धर्म जुन समयमा आउँछन् फेरि उही समयमा आउँछन्। पहिला बाबा आउनु हुन्छ, उहाँले नै आएर राजयोग सिकाउनु हुन्छ त्यसैले भनिन्छ शिव जयन्ती फेरि गीता जयन्ती फेरि नारायण जयन्ती। त्यो त हुन्छ सत्ययुगमा। त्यो पनि क्रमश: लेख्नुपर्छ। यी ज्ञानका कुरा हुन्। शिव जयन्ती कहिले भयो यो पनि थाहा छैन। ज्ञान सुनाउनु भयो, जसलाई गीता भनिन्छ फेरि विनाश पनि हुन्छ। जगत अम्बा आदिको जयन्तीमा कुनै बिदा हुँदैन। मनुष्यले कुनै पनि तिथि-मिति आदिलाई बिल्कुल जानेका छैनन्। लक्ष्मी-नारायण, राम-सीताको राज्यलाई पनि जानेका छैनन्। २५०० वर्षमा जो-जो आए उनीहरूलाई जानेका छन् तर उनीहरू भन्दा पहिला जो आदि सनातन देवी-देवता थिए, उनीहरूको कति समय भयो, केही पनि जानेका छैनन्। ५ हजार वर्ष भन्दा लामो कल्प त हुन सक्दैन। पहिलो आधामा उनीहरूको राज्य हुन्छ, बाँकी आधामा जनसंख्या धेरै वृद्धि हुन्छ। फेरि धेरै वर्षको कल्प कसरी हुन सक्छ? ८४ लाख जन्म पनि हुन सक्दैन। उनीहरूले सम्झन्छन् कलियुगको आयु लाखौं वर्ष छ। मनुष्यलाई अँध्यारोमा पारिदिएका छन्। कहाँ सारा ड्रामा ५ हजार वर्षको, कहाँ केवल कलियुगको लागि भन्छन् अझै ४० हजार वर्ष शेष छ। लडाई लागेपछि सम्झन्छन् भगवानलाई आउनु पर्छ तर भगवान त आउनु पर्छ संगममा। महाभारत लडाई त लाग्छ नै संगममा। बाबा भन्नुहुन्छ म पनि कल्प-कल्प संगमयुगमा नै आउँछु। बाबा आउनु हुन्छ नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश गर्न। नयाँ दुनियाँको स्थापना भएपछि अवश्य पुरानो दुनियाँको विनाश हुन्छ। यसको लागि यो लडाई हो। यसमा शंकरको प्रेरणा आदिको त कुरै छैन। थाहै छ पुरानो दुनियाँ खतम हुन्छ। घरहरू आदि त भूकम्पमा खतम हुन्छन् किनकि नयाँ दुनियाँ चाहिन्छ। नयाँ दुनियाँ अवश्य थियो। दिल्ली परिस्तान थियो, जमुनाको किनारमा थियो। लक्ष्मी-नारायणको राज्य थियो। मन्दिर पनि छन्। लक्ष्मी-नारायण स्वर्गका नै हुन्। तिमी बच्चाहरूले साक्षात्कार पनि गरेका छौ कसरी स्वयंवर हुन्छ। यी सबै प्वाइन्टहरूलाई बाबा दोहोर्याउनु हुन्छ। ठीकै छ प्वाइन्ट याद आउँदैन भने बाबालाई याद गर। बाबा बिर्सियौ भने टिचरलाई याद गर। टिचरले जे सिकाउनु हुन्छ त्यो पनि अवश्य याद आउँछ नि। टिचर पनि याद रहन्छ, ज्ञान पनि याद रहन्छ। उद्देश्य पनि बुद्धिमा छ। याद राख्नै पर्छ किनकि तिम्रो विद्यार्थी जीवन हो नि। यो पनि जानेका छौ जसले हामीलाई पढाउनु हुन्छ उहाँ हाम्रो पिता पनि हुनुहुन्छ, लौकिक पिता कुनै गुम हुँदैनन्। लौकिक, पारलौकिक अनि फेरि यी हुन् अलौकिक। यिनलाई कसैले याद गर्दैन। लौकिक पिताबाट त वर्सा मिल्छ। अन्त्यसम्म याद रहन्छ। शरीर छुट्छ अनि अर्को पिता मिल्छन्। जन्म-जन्म लौकिक पिता मिल्छन्। पारलौकिक पितालाई पनि दु:ख वा सुखमा याद गर्छन्। बच्चा जन्मियो भने भन्छन् ईश्वरले दिनु भयो। बाँकी प्रजापिता ब्रह्मालाई किन याद गर्छन्, यिनीबाट केही कहाँ मिल्छ र। यिनलाई अलौकिक भनिन्छ।

तिमीलाई थाहा छ हामीले ब्रह्माद्वारा शिवबाबाबाट वर्सा लिइरहेका छौं। जसरी हामीले पढ्छौं, यो रथ पनि निमित्त बनेको छ। धेरै जन्मको अन्त्यमा यिनको शरीर नै रथ बनेको छ। रथको नाम त राख्नुपर्छ नि। यो हो बेहदको संन्यास। रथ त सदा कायम नै रहन्छ, तर बाँकी कसैको ठेगान हुँदैन। चल्दा-चल्दै फेरि भाग्छन्। यो रथ त ड्रामा अनुसार तोकिएको छ, यिनलाई भनिन्छ भाग्यशाली रथ। तिमीहरू सबैलाई भाग्यशाली रथ भनिदैन। भाग्यशाली रथ एउटै मानिन्छ, जसमा बाबा आएर ज्ञान दिनुहुन्छ। स्थापनाको कार्य गराउनु हुन्छ। तिमी भाग्यशाली रथ होइनौ। तिम्रो आत्मा यस रथमा बसेर पढ्छ। आत्मा पवित्र बन्छ त्यसैले बलिहारी यस तनको हो, जसमा बसेर पढाउनु हुन्छ। यो अन्तिम जन्म धेरै मुल्यवान् छ फेरि शरीर बदलेर हामी देवता बन्छौं। यस पुरानो शरीरद्वारा नै तिमीले शिक्षा पाउँछौ। शिवबाबाको बन्छौ। तिमीलाई थाहा छ हाम्रो पहिलाको जन्म कौडी समान थियो। अब धनवान बनिरहेको छ। जति पढ्छौ त्यति उच्च पद पाउँछौ। बाबाले सम्झाउनु भएको छ यादको यात्रा हो मुख्य। यसलाई नै प्राचीन योग भनिन्छ जसद्वारा तिमी पतितबाट पावन बन्छौ, स्वर्गवासी त सबै बन्छन्। फेरि पढाइमा भरपर्छ। तिमी बेहदको विद्यालयमा बसेका छौ। तिमी नै फेरि देवता बन्छौ। तिमीले बुझ्न सक्छौ उच्च पद कसले पाउन सक्छ? उनीहरूको योग्यता के हुनुपर्छ? पहिला हामीमा पनि योग्यता थिएन। आसुरी मतमा थियौं। अब ईश्वरीय मत मिल्छ। आसुरी मतबाट हामी कलाहीन हुँदै जान्छौं। ईश्वरीय मतबाट चढ्ती कलामा जान्छौं। ईश्वरीय मत दिने एक हुनुहुन्छ, आसुरी मत दिने अनेक छन्। माता-पिता, भाइ-बहिनी, टिचर-गुरु कतिको मत मिल्छ। अहिले तिमीलाई एकको मत मिल्छ जुन २१ जन्म काममा आउँछ। त्यसैले यस्तो श्रीमतमा चल्नुपर्छ नि। जति चल्छौ त्यति श्रेष्ठ पद पाउँछौ। कम चल्छौ भने कम पद पाउँछौ। श्रीमत हुन्छ नै भगवानको। उच्च भन्दा उच्च भगवान नै हुनुहुन्छ, जसले कृष्णलाई उच्च भन्दा उच्च बनाउनु भयो, फेरि कनिष्ट भन्दा कनिष्ट रावणले बनायो। बाबाले गोरो बनाउनु हुन्छ फेरि रावणले कालो बनाउँछ। बाबाले वर्सा दिनुहुन्छ। उहाँ त हुनुहुन्छ नै परम पवित्र। देवताहरूको महिमा गाउँछन् सर्वगुण सम्पन्न... संन्यासीहरूलाई सम्पूर्ण निर्विकारी भनिदैन। सत्ययुगमा आत्मा र शरीर दुवै पवित्र हुन्छन्। देवताहरूलाई सबैले जानेका छन्, उनीहरू सम्पूर्ण निर्विकारी हुनाले सम्पूर्ण विश्वको मालिक बन्छन्। अहिले छैनन्, फेरि तिमीहरू बन्छौ। बाबा पनि संगमयुगमा नै आउनु हुन्छ। ब्रह्माद्वारा ब्राह्मण। ब्रह्माका बच्चा त तिमीहरू सबै हौ। उनी हुन् आदि पिता। भन प्रजापिता ब्रह्माको नाम सुन्नु भएको छैन? परमपिता परमात्माले ब्रह्माद्वारा नै सृष्टि रच्नुहुन्छ नि। ब्राह्मण कुल हुन्छ। ब्रह्मा मुख वंशावली भाइ-बहिनी भए। यहाँ राजा-रानीको कुरा छैन। यो ब्राह्मण कुल त संगममा थोरै समय चल्छ। राजाई न पाण्डवहरूको हुन्छ, न कौरवहरूको। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) २१ जन्म श्रेष्ठ पदको अधिकारी बन्नको लागि सबै आसुरी मतलाई छोडेर एक ईश्वरीय मतमा चल्नु छ। सम्पूर्ण निर्विकारी बन्नु छ।

२) यस पुरानो शरीरमा रहेर बाबाको शिक्षाहरूलाई धारण गरेर देवता बन्नु छ। यो हो धेरै मूल्यवान् जीवन, यसमा हीरा समान बन्नु छ।

वरदान:
सर्व सम्बन्धहरूको सहयोगको अनुभूतिद्वारा निरन्तर योगी , सहजयोगी भव

हर समय बाबाको भिन्न-भिन्न सम्बन्धहरूको सहयोग लिनु अर्थात् अनुभव गर्नु नै सहज योग हो। बाबा जस्तोसुकै समयमा पनि सम्बन्ध निर्वाह गर्नको लागि बाँधिनु भएको छ। सारा कल्पमा अहिले नै सर्व अनुभवहरूको खानी प्राप्त हुन्छ। त्यसैले सदा सर्व सम्बन्धहरूको सहयोग लेऊ र निरन्तर योगी, सहजयोगी बन किनकि जो सर्व सम्बन्धहरूको अनुभूति वा प्राप्तिमा मग्न रहन्छ, ऊ पुरानो दुनियाँको वातावरणबाट सहजै उपराम हुन्छ।

स्लोगन:
सर्वशक्तिहरूले सम्पन्न रहनु यो नै ब्राह्मण स्वरूपको विशेषता हो।