05.11.23    Avyakt Bapdada     Nepali Murli    10.03.96     Om Shanti     Madhuban


‘करनहार’ र ‘करावनहार’को स्मृतिद्वारा कर्मातीत स्थितिको अनुभव


आज कल्याणकारी बाबाले आफ्ना साथी कल्याणकारी बच्चाहरूलाई देखिरहनु भएको छ। सबै बच्चाहरू धेरै लगनले प्यारसँग विश्वकल्याणको कार्य गर्नमा लागेका छन्। यस्ता साथीहरूलाई देखेर बापदादा सदा वाह साथी बच्चाहरू वाह! यो गीत गाइरहनु हुन्छ। तिमीहरू सबैले पनि वाह-वाहको गीत गाइरहन्छौ हैन? आज बापदादाले चारैतिरका सेवाको गति हेर्नुभयो। साथमा स्व पुरुषार्थको गतिलाई पनि हेर्नुभयो। सेवा र स्व-पुरुषार्थ, दुवैको गतिमा के देख्नुभयो होला? तिमीहरूलाई थाहा छ? सेवाको गति तीव्र छ वा स्व पुरुषार्थको गति तीव्र छ? के छ? दुवैको ब्यालेन्स छ? छैन? त्यसोभए विश्व परिवर्तनका आत्माहरूलाई वा प्रकृतिलाई ब्लेसिङ्ग (आशिर्वाद) कहिले मिल्छ? किनकि ब्यालेन्सबाट तिमीहरू सबैलाई जुन ब्लेसिङ्ग मिलेको छ त्यो अरूलाई मिल्नेछ। त्यसोभए अन्तर किन? के भनेर कहलाउँछौ– कर्मयोगी वा केवल योगी? कर्मयोगी हौ नि! साँच्चै हौ नि? सेवा पनि कर्म हो नि! कर्म गर्छौ, बोल्छौ वा दृष्टि दिन्छौ, कोर्स गराउँछौ, म्युजियम सम्झाउँछौ– यो सबै श्रेष्ठ कर्म अर्थात् सेवा हो। त्यसैले कर्मयोगी अर्थात् कर्मको समयमा पनि योगको ब्यालेन्स। तर तिमीहरू स्वयंले नै भनिरहेका छौ– ब्यालेन्स कम हुन्छ। यसको कारण के हो? राम्रोसँग जानेका पनि छौ, नयाँ कुरा होइन। धेरै पुरानो कुरा हो। बापदादाले देख्नुभयो– सेवा वा कर्म र स्व पुरुषार्थ अर्थात् योगयुक्त। दुवैको ब्यालेन्स राख्नको लागि विशेष एउटै शब्द याद राख– त्यो कुनचाहिँ? बाबा ‘करावनहार’ (गराउनेवाला) हुनुहुन्छ र म आत्मा, (म फलालो होइन) आत्मा ‘करनहार’ (गर्नेवाला) हुँ। ‘करन-करावनहार’, यो एक शब्दले तिम्रो ब्यालेन्सलाई धेरै सहज बनाउँछ। स्व पुरुषार्थको ब्यालेन्स वा गति कहिलेकाहीँ कम भयो भने त्यसको कारण के हो? ‘करनहार’को सट्टा म नै गर्नेवाला हुँ, ‘करनहार’को सट्टा आफूलाई ‘करावनहार’ सम्झन्छौ। मैले गरिरहेको छु, जति पनि जुन प्रकारको माया आउँछ, त्यसको गेट कुनचाहिँ हो? मायाको सबैभन्दा राम्रो सहज गेट चिनेका त छौ नै– ‘म’। यो गेट अझै पूरा बन्द गरेका छैनौ। यसरी बन्द गर्छौ, जसलाई मायाले सजिलै खोलिदिन्छ र आउँछ। यदि ‘करनहार’ हुँ भन्ने सम्झेमा करावनहार अवश्य याद आउँछ। गरिरहेकी छु, गरिरहेको छु, भन्छौ तर गराउनेवाला बाबा हुनुहुन्छ। बिना ‘करावनहार’ ‘करनहार’ बन्न सक्दैनौ। डबल रूपले ‘करावनहार’को स्मृति हुनुपर्छ। एक त बाबा ‘करावनहार’ हुनुहुन्छ र अनि म आत्मा पनि यी कर्मेन्द्रियहरूद्वारा कर्म गराउनेवाला हुँ। यसबाट के हुन्छ भने कर्म गर्दा पनि कर्मको राम्रो वा नराम्रो प्रभावमा आउँदैनौ। यसलाई भनिन्छ– कर्मातीत अवस्था।

तिमीहरू सबैको लक्ष्य के हो? कर्मातीत बन्नु छ नि! वा अलिअलि कर्मबन्धन रहे पनि कुनै हर्जा छैन? रहनुपर्छ वा रहनु हुँदैन? कर्मातीत बन्नु छ? बाबासँग प्यारको निशानी हो– कर्मातीत बन्नु। त्यसोभए ‘करावनहार’ भएर कर्म गर, गराऊ, कर्मेन्द्रियहरूले तिमीबाट नगराउन् तर तिमीले कर्मेन्द्रियहरूद्वारा गराऊ। बिल्कुल आफूलाई न्यारा सम्झेर कर्म गराउनु यो कन्ससनेस (भान) इमर्ज रूपमा होस्। मर्ज रूपमा होइन। मर्ज रूपमा कहिले ‘करावनहार’को सट्टा कर्मेन्द्रियहरूको अर्थात् मनको, बुद्धिको, संस्कारको वश हुन पुग्छौ। कारण? ‘करावनहार’ आत्मा हुँ, मालिक हुँ, विशेष आत्मा, मास्टर सर्वशक्तिमान् आत्मा हुँ, यो स्मृतिले मालिकपनको स्मृति दिलाउँछ। नत्र कहिले मनले तिमीलाई चलाउँछ र कहिले तिमीले मनलाई चलाउँछौ, त्यसैले सदा मनमनाभवको नेचुरल स्थिति रहँदैन। म अलग हुँ बिल्कुल, केवल अलग मात्र होइन मालिक हुँ, बाबालाई याद गर्दा म बालक हुँ र म आत्मा गराउनेवाला हुँ त्यसैले मालिक हुँ। अहिले यो अभ्यासको अटेन्सन कम छ। सेवामा धेरै राम्रो लागेका छौ तर लक्ष्य के हो? सेवाधारी बन्ने वा कर्मातीत बन्ने? कि दुवै साथसाथै बन्नेछौ? यो अभ्यास पक्का छ? अहिले भर्खरै थोरै समयको लागि यो अभ्यास गर्न सक्छौ? अलग हुन सक्छौ? कि यस्तो अट्याच भएका छौ, जसकारण डिट्याच हुन समय लाग्छ? कति समयमा अलग हुन सक्छौ? ५ मिनट चाहिन्छ, एक मिनट चाहिन्छ वा एक सेकेन्ड चाहिन्छ? एक सेकेन्डमा डिट्याच हुन सक्छौ?

पाण्डवहरू एक सेकेन्डमा एकदम अलग हुन सक्छौ? आत्मा अलग मालिक र कर्मेन्द्रियहरू कर्मचारी अलग, यो अभ्यास जब चाह्यो तब हुनुपर्छ। ठीकै छ, भर्खरै एक सेकेन्डमा न्यारा र बाबाको प्यारा बन। बस् म हुँ नै न्यारा, यो शक्तिशाली अभ्यास गर। यी कर्मेन्द्रियहरू मेरा साथी हुन्, कर्मका साथी हुन् तर म न्यारा र प्यारा हुँ। अहिले एक सेकेन्डमा यो अभ्यास दोहोर्याऊ। (ड्रिल) सहज लाग्छ कि मुस्किल छ? सहज छ भने सारा दिनमा कर्मको समयमा यो स्मृति इमर्ज गर्यौ भने कर्मातीत स्थितिको अनुभव सहजै गर्छौ किनकि सेवा वा कर्मलाई छोड्न सक्छौ? छोड्छौ र? गर्नु नै छ। तपस्यामा बस्नु, यो पनि त कर्म हो। कर्म बिना वा सेवा बिना त रहन सक्दैनौ र रहनु पनि छैन किनकि समय कम छ र सेवा अझै पनि धेरै छ। सेवाको रूपरेखा परिवर्तन भएको छ। तर अहिले पनि कति आत्माहरूको गुनासो रहेको छ त्यसैले सेवा र स्व पुरुषार्थ दुवैको ब्यालेन्स राख। यस्तो होइन सेवामा धेरै बिजी थिएँ नि त्यसैले स्व पुरुषार्थ कम भयो। होइन। अझै सेवामा स्व पुरुषार्थको अटेन्सन ज्यादा चाहिन्छ किनकि सेवामा धेरै प्रकारले मायालाई आउने मार्जिन हुन्छ। नाम सेवा तर हुन्छ स्वार्थ। आफूलाई अगाडि बढाउनु छ तर बढाउँदा सन्तुलनलाई बिर्सिनु हुँदैन किनकि सेवामा नै स्वभाव, सम्बन्धको विस्तार हुन्छ र मायाले चान्स पनि लिन्छ। अलिकति ब्यालेन्स कम भयो कि मायाले नयाँ-नयाँ रूप धारण गर्छ, पुरानो रूपमा आउँदैन। नयाँ-नयाँ रूपमा, नयाँ-नयाँ परिस्थितिको रूपमा, सम्पर्कको रूपमा आउँछ। त्यसैले सेवालाई छोडेर यदि बापदादाले अलग बसाइदिनु भयो, एक महिना बसाइनु दिनुभयो, १५ दिन बसाइदिनु भयो भने कर्मातीत हुन्छौ? एक महिना दिउँ, बस् केही नगर, बसिराख, तपस्या गर, खाना पनि एक पटक बनाऊ, पुग्यो। फेरि कर्मातीत बन्छौ? बन्दैनौ?

यदि ब्यालेन्सको अभ्यास छैन भने एक महिना त के, दुई महिना जति नै बसे पनि मन बस्दैन, तन बस्ला। तर बसाउनु छ मनलाई न कि केवल तनलाई। तनको साथै मनलाई पनि बसाउनु छ, बसाउनु छ– बाबा र म, दोस्रो न कोही। त्यसोभए एक महिना यस्तो तपस्या गर्न सक्छौ कि सेवा याद आउनेछ? बापदादा वा ड्रामाले देखाइरहन्छ– दिन प्रतिदिन सेवा बढ्नु नै छ, त्यसैले कसरी बस्ने? जुन एक साल पहिला तिम्रो सेवा थियो र यस साल जुन सेवा गर्यौ, त्यो बढी छ कि कम भएको छ? बढ्यो नि! नचाहेर पनि सेवाको बन्धनमा बाँधिएका छौ तर ब्यालेन्सद्वारा सेवाको बन्धन, बन्धन होइन सम्बन्ध हुन्छ। जस्तै लौकिक सम्बन्धमा सम्झन्छौ– एउटा हुन्छ कर्म बन्धन र अर्को हुन्छ सेवाको सम्बन्ध। वास्तवमा बन्धनको अनुभव हुँदैन, सेवाको मीठो सम्बन्ध हुन्छ। त्यसोभए के अटेन्सन दिनेछौ? सेवा र स्व पुरुषार्थको ब्यालेन्स। सेवाको अतिमा नजाऊ। मलाई नै गर्नु छ, मैले नै गर्न सक्छु, होइन। गराउनेवालाले गराइरहनुभएको छ, म निमित्त ‘करनहार’ हुँ। यसो गरेमा जिम्मेवारी हुँदा पनि थकावट कम हुन्छ। कति बच्चाहरूले भन्छन्– धेरै सेवा गरे नि त्यसैले थाकेको छु, टाउको भारी भएको छ। टाउको भारी हुँदैन। अझै ‘करावनहार’ बाबाले धेरै राम्रो मालिस गर्नुहुनेछ। दिमाग अझै फ्रेश हुनेछ। थकाइ लाग्दैन, एक्स्ट्रा इनर्जी आउनेछ। जब साइन्सको दबाईले शरीरमा इनर्जी आउनसक्छ भने के बाबाको यादले आत्मामा इनर्जी आउनसक्दैन? र, आत्मामा इनर्जी आएपछि शरीरमा प्रभाव स्वत: पर्छ। अनुभवी पनि छौ, कहिलेकाहीँ त अनुभव हुन्छ। फेरि चल्दाचल्दै लाइन परिवर्तन हुन्छ अनि थाहै हुँदैन। जब कुनै उदासी, थकावट वा शिर भारी हुन्छ अनि फेरि होस आउँछ, के भयो? किन भयो? तर केवल एक शब्द ‘करनहार’ र ‘करावनहार’ याद गर, मुस्किल छ कि सहज छ? भन, सहज छ। अच्छा!

अहिले ९ लाख प्रजा बनाएका छौ? विदेशमा कति बनेका छन्? ९ लाख बने? अनि भारतमा बने? बनेका छैनन्। त्यसोभए तिमीहरूले नै समाप्तिको सूईलाई अगाडि बढ्न दिँदैनौ। ब्यालेन्स राख, डाइमण्ड जुबली हो नि त्यसैले खुब सेवा गर, ब्यालेन्स राखेर सेवा गर्यौ भने प्रजा चाँडो बन्नेछन्। समय लाग्दैन। प्रकृति पनि धेरै थाकेको छ, आत्माहरू पनि निराश भएका छन्। जब निराश हुन्छन् त्यतिबेला कसलाई याद गर्छन्? भगवान, बाबालाई याद गर्छन्, तर उहाँको पूरा परिचय नहुनाले तिमी देवी देवताहरूलाई धेरै याद गर्छन्। त्यसोभए तिमीले निराश आत्माहरूको पुकार सुन्छौ ? सुन्छौ कि आफैमा मस्त छौ? मर्सीफुलहौ नि! बाबालाई पनि के भन्छन्? मर्सीफुल। सबै धर्मकाले मर्सी अवश्य माग्छन्, सुख माग्दैनन् तर मर्सी सबैलाई चाहिन्छ। त्यो कसले दिन्छ? तिमीहरू दिनेवाला हौ नि? कि लिनेवाला हौ? लिएर दिनेवाला। दाताका बच्चाहरू हौ नि! त्यसैले आफ्ना भाइ बहिनीहरूमाथि रहमदिल बन, रहमदिल बनेर सेवा गर्दा निमित्त भाव स्वत: नै हुन्छ। चाहे जसलाई पनि जतिसुकै नराम्रो भए पनि यदि तिमीलाई त्यस आत्माप्रति रहम छ भने तिमीलाई त्यसप्रति कहिल्यै पनि घृणा वा ईर्ष्या वा क्रोधको भावना आउँदैन। रहमको भावनाले सहजै निमित्त भाव इमर्ज गरिदिन्छ। मतलबको रहम होइन, सच्चा रहम। मतलबको रहम पनि हुन्छ, कुनै आत्मा प्रति भित्र लगाव हुन्छ तर सम्झन्छन् रहम लागिरहेको छ। त्यो भयो मतलबको रहम। सच्चा रहम होइन, सच्चा रहममा कुनै लगाव हुँदैन, कुनै देह भान हुँदैन, आत्माले आत्मालाई रहम गरिरहेको हुन्छ। देह अभिमान वा देहको कुनै पनि आकर्षणको नाम-निशान छैन। कसैको लगाव देशसँग हुन्छ र कसैको लगाव गुणहरूसँग, विशेषतासँग पनि हुन्छ। तर विशेषता वा गुण दिने को हुनुहुन्छ? आत्मा त फेरि पनि जतिसुकै महान होस् तर बाबासँग लेवता हो। आफ्नो होइन, बाबाले दिनुभएको हो। त्यसोभए किन डाइरेक्ट दातासँग लिँदैनौ। त्यसैले भनियो– स्वार्थको रहम होइन। कति बच्चाहरूले यस्तो नटखट देखाउँछन्, हुन्छ स्वार्थ र भन्छन् मलाई रहम लाग्छ। अरू केही पनि छैन केवल रहम हुन्छ। तर चेक गर– नि:स्वार्थ रहम छ? लगावमुक्त रहम छ? कुनै अल्पकालको प्राप्तिको कारण त रहम छैन? फेरि भन्नेछन् धेरै राम्रो छ नि, धेरै राम्रो छ नि, यसैले थोरै... थोरैको छुट छैन। यदि कर्मातीत बन्नु छ भने यो सबै रोकावटले बडी-कन्ससमा लिएर आउँछ। राम्रो छ, तर बनाउने वाला को हुनुहुन्छ? ठीकै छ राम्रो गुण धारण गर तर अरूमा प्रभावित नहोऊ। न्यारा र बाबाको प्यारा। जो बाबाको प्यारो छ, उही सदा सेफ छ। बुझ्यौ!

यदि सेवालाई बढाउँछौ र बढाउनु नै छ भने स्थापनालाई पनि नजिक ल्याउनु छ कि छैन? कसले ल्याउनेछ? बाबाले ल्याउनुहुन्छ? सबैले ल्याउने। साथी हौ नि! एक्लो बाबाले पनि केही गर्न सक्नुहुन्न, तिमी साथी बच्चाहरू बिना। हेर, बाबालाई यदि सम्झाउन पनि शरीरको आधार लिनुपर्छ। बिना शरीर बोल्न सकिन्छ? चाहे पुरानो गाडी होस् चाहे राम्रो होस्, तर आधार त लिनुपर्छ। आधार बिना गर्न सकिदैन। ब्रह्माबाबाको आधार लिनु भयो नि, तब त तिमीहरू ब्राह्मण बन्यौ। ब्रह्माकुमार भन्छौ, शिवकुमार भन्दैनौ किनकि निराकार बाबालाई पनि साकारको आधार लिनु नै छ। जसरी साकार ब्रह्माको आधार लिनुभयो, अहिले पनि ब्रह्माको अव्यक्त फरिश्ताको रूपमा आधार नलिई तिम्रो पालना गर्न सक्नुहुन्न। चाहे साकारमा लिनुभयो, चाहे आकार रूपमा लिनुभयो तर आत्माको आधार, साथ लिनैपर्छ। त्यसो त बाबा अलमाइटी अथोरिटी हुनुहुन्छ, जबकि जादुगरले विनाशी खेल सेकेन्डमा देखाउन सक्छन् भने के अलमाइटी अथोरिटीले जे चाह्यो त्यो गर्न सक्नुहुन्न? गर्न सक्नुहुन्छ? भर्खरै विनाशलाई ल्याउन सक्नुहुन्छ? एक्लै ल्याउन सक्नुहुन्छ? एक्लै गर्न सक्नुहुन्न। हुन त बाबा अलमाइटी अथोरिटी हुनुहुन्छ तर तिमी साथीहरूको सम्बन्धमा बाँधिनु भएको छ। बाबाको तिमीसँग कति प्यार छ। उहाँले चाहेमा गर्न सक्नुहुन्छ, तर गर्नुहुन्न। जादुको छडी घुमाउन सक्नुहुन्न र? तर बाबा भन्नुहुन्छ– राज्य अधिकारी को बन्नेछ? बाबा बन्नुहुन्छ र? तिमी बन्नेछौ। उहाँले स्थापना त गर्नुहोला, विनाश पनि गर्नुहोला तर राज्य कसले गर्नेछ? तिमीहरू बिना काम चल्छ? त्यसैले बाबाले तिमीहरू सबैलाई कर्मातीत बनाउनु नै छ। बन्नु नै छ नि कि बाबाले जबरजस्ती बनाउने? बाबाले बनाउनु छ र तिमीहरू सबैलाई बन्नु नै छ। यो हो स्वीट ड्रामा। ड्रामा राम्रो लाग्छ हैन? कि यो के बनेको होला भनेर कहिलेकाहीँ हैरान हुन्छौ,? यो परिवर्तन हुनुपर्छ– यस्तो सोच्छौ? बाबाले पनि भन्नुहुन्छ– बनिबनाउ ड्रामा हो, यो परिवर्तन हुनसक्दैन। रिपीट हुनु छ तर परिवर्तन हुनसक्दैन। ड्रामामा यस अन्तिम जन्ममा तिमीलाई धेरै शक्ति प्राप्त भएका छन्। हो ड्रामा, तर ड्रामा अनुसार यस श्रेष्ठ ब्राह्मण जन्ममा धेरै शक्ति प्राप्त भएका छन्। बाबाले विल गर्नुभएको छ त्यसैले विल पावर (मनोवल) छ। त्यसोभए कुनचाहिँ शब्द याद राख्नेछौ? ‘करन-करावनहार’ । साच्चै हो कि प्लेनमा जाँदाजाँदै भुल्छौ? भुल्नु हुँदैन।

अहिले फेरि आफूलाई शरीरको बन्धनदेखि न्यारा कर्मातीत स्टेज, कर्म गराइरहेको छु तर न्यारा, देखिरहेको छु, कुरा गरिरहेको छु तर न्यारा, मालिक र बाबाद्वारा निमित्त आत्मा हुँ, यस स्मृतिमा फेरि मन र बुद्धिलाई स्थित गर। (ड्रिल) अच्छा!

चारैतिरका सदा सेवाको उमङ्ग-उत्साहमा रहने सेवाधारी आत्माहरू, सदा स्व पुरुषार्थ र सेवा दुवैको ब्यालेन्स राख्ने ब्लिसफुल आत्माहरू, सदा नि:स्वार्थ रहमदिल बनेर सर्व आत्माहरूप्रति सच्चा रहम गर्ने विशेष आत्माहरू, सदा सेकेन्डमा आफूलाई कर्म बन्धन वा अनेक रोयल बन्धनहरूदेखि मुक्त गर्ने तीव्र पुरुषार्थी आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
आज्ञाकारी बनेर बाबाको मदत वा आशीर्वादको अनुभव गर्ने सफलतामूर्त भव

बाबाको आज्ञा छ– “म एकलाई याद गर”। एक बाबा नै संसार हुनुहुन्छ, त्यसैले दिलमा बाबा सिवाए अरू केही पनि भरिएको नहोस्। एक मत, एक बल, एक भरोसा.... जहाँ एक छ त्यहाँ हर कार्यमा सफलता छ। उनीहरूको लागि कुनै पनि परिस्थितिलाई पार गर्न सजिलो हुन्छ। आज्ञा पालन गर्ने बच्चाहरूलाई बाबाको आशीर्वाद मिल्छ। त्यसैले मुस्किल पनि सहज हुनपुग्छ।

स्लोगन:–
नयाँ ब्राह्मण जीवनको स्मृतिमा रहेमा कुनै पनि पुरानो संस्कार प्रकट (इमर्ज) हुन सक्दैन।