05.12.18          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यो बनिबनाउ अनादि ड्रामा हो , यस ड्रामामा हरेक पात्रको भूमिका निश्चित छ , मोक्ष कसैलाई पनि मिल्न सक्दैन।

प्रश्न:
शिवबाबा अशरीरी हुनु हुन्छ, उहाँ शरीरमा किन आउनु हुन्छ? कुनचाहिँ काम गर्नुहुन्छ र कुनचाहिँ गर्नुहुन्न?

उत्तर:
बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! म यस शरीरमा केवल तिमीलाई मुरली सुनाउन आउँछु। मैले मुरली सुनाउने मात्रै काम गर्छु। म खान-पिउनको लागि आउँदिनँ। म आएको हुँ तिमीलाई नयाँ राजधानी दिनको लागि। बाँकी स्वाद त यिनको आत्माले लिन्छ।

गीत:
छोड भी दे आकाश सिंहासन...

ओम् शान्ति।
गीतहरू तिनै बजाइन्छ जुन सँग हाम्रो सम्बन्ध छ। आकाशमा कुनै सिंहासन छैन। आकाश यस खाली (पोलार)लाई भनिन्छ। बाँकी आकाश तत्त्वमा त कुनै तख्त छैन। न परमपिता परमात्मा नै यस आकाश तख्तमा रहनु हुन्छ। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ म परमपिता परमात्मा र तिमी बच्चाहरू, जो दुवै आत्माहरू हौं, यी चन्द्र, सूर्य, ताराहरू भन्दा पर रहन्छौं, त्यसलाई मूलवतन भनिन्छ। जसरी यहाँ आकाशमा सूर्य, चन्द्र, ताराहरू छन् त्यस्तै, हुबहु वृक्षसमान महतत्त्वमा पनि आत्माहरू रहन्छन्। जसरी कुनै चीजको आधार विना ताराहरू आकाशमा रहेका हुन्छन्। अहम् आत्माहरू र परमात्मा बाबा, हामी सबै महतत्त्वमा रहन्छौं। तारा जसरी नै रहन्छौं। ज्ञान सूर्य, ज्ञान चन्द्रमा, ज्ञान सिताराहरू। अब यो कुरा त सम्झाइएको छ जब-जब दु:ख हुन्छ तब आउँछु। पुरानोलाई नयाँ अवश्य बनाउनु छ। पुरानोमा नै भीड हुन्छ, कलियुगमा छ दु:खको भीड। स्वर्गमा त सुख नै सुख हुन्छ। फेरि मलाई आएर सहज ज्ञान र सहज राजयोग सिकाउनु पर्छ। सबैले आउनुहोस् भनेर बोलाउँछन्। सिंहासन छोडेर आउनुहोस् भनी कृष्णको लागि भन्दैनन्। कृष्णको लागि सिंहासन अक्षर सुहाउँदैन। उनी त राजकुमार थिए नि। सिंहासन तब भनिन्छ जब राजगद्दी मिल्छ। हो, सानो बच्चालाई बुवाले काखमा वा हातमा बसाल्न सक्छन्। त्यसैले बाबाले सम्झाउनु हुन्छ आत्माहरू मूलवतनमा तारा जस्तै हुन्छन्। फेरि त्यहाँबाट क्रमशः आउँदै रहन्छन्। तारा कसरी खस्छ भन्ने कुरा देखाउँछन् नि। त्यहाँबाट पनि आत्मा सोझै आएर गर्भमा जान्छ। यो कुरा राम्रो सँग नोट गर हरेक आत्मालाई सतो, रजो, तमोमा आउनै पर्छ। जसरी पहिले लक्ष्मी-नारायण आउँछन् भने उनलाई सतो, रजो अवस्थाबाट पास हुँदै, पुनर्जन्म लिंदा-लिंदा फेरि तमोप्रधान अवस्थामा पुग्नु नै छ। हरेकको यस्तै हुन्छ। फर्किएर जान सक्दैनन्। इब्राहम, बुद्ध आउँछन्, उनीहरूलाई पनि सतो, रजो, तमोमा आउनु पर्छ, पुनर्जन्म लिनु पर्छ। द्वापरमा धर्म स्थापक आउँछन्। त्यहाँबाट पुनर्जन्म शुरू हुन्छ फेरि तमोप्रधान बन्नु पर्छ। अब उनको सद्गति कसले गर्ने? सद्गति दाता त एक शिव नै हुनु हुन्छ। भन्नुहुन्छ सबैको सद्गति गर्न मलाई नै आउनु पर्छ। मेरो जस्तो कार्य अरू कसैले गर्न सक्दैन। मैले देवी-देवता धर्मको स्थापना गर्छु। तिमीलाई राजयोग सिकाइरहेको छु। गति र सद्गति दाता त म हुँ। जब तिमी पावन बन्छौ त्यसपछि मैले तिमीलाई वापस लिएर जान्छु। तिम्रो पनि सद्गति गर्छु। तिम्रो साथमा जति पनि अनेक धर्मावलम्बीहरू छन् ती धर्म स्थापकहरू सहित सबैको उद्धार गर्छु। तिमीलाई ज्ञानले शृङ्गार गरेर स्वर्गको मालिक लक्ष्मी अथवा नारायणलाई वरण गर्ने लायक बनाउँछु। फेरि तिमीलाई वापस लिएर जान्छु। सबैलाई पहिले मुक्तिधाम पठाउँछु, सबैको सद्गति दाता पनि हुँ। अरू धर्म स्थापकहरू जो आउँछन् उनीहरूले सद्गति गर्दैनन्। उनले त केवल आफ्नो धर्मको स्थापना गरेर त्यसको वृद्धि गर्न थाल्छन्। आफ्नो धर्ममा पुनर्जन्म लिएर सतो, रजो, तमोमा आउँछन्। अहिले सबै तमोप्रधान छन्। अब यिनीहरूलाई पावन सतोप्रधान कसले बनाउने? बाबा स्वयं बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। भगवान् आएर सबैको सद्गति पनि गर्नुहुन्छ, विश्वलाई स्वर्ग पनि बनाउनु हुन्छ। जीवनमुक्तिको लागि राजयोग सिकाउनु हुन्छ। त्यसैले बाबाको यति धेरै महिमा छ। गीता हो सर्वशास्त्र शिरोमणि। तर कृष्णको नाम लेख्नाले भगवानलाई भुलेका छन्। भगवान् त सबैका सद्गति दाता हुनु हुन्छ त्यसैले गीता सबै धर्मावलम्बीको धर्म-शास्त्र हो, यसलाई सबैले मान्नु पर्छ। सद्गतिको शास्त्र अरू कुनै छैन। सद्गति दिनेवाला हुनु हुन्छ नै एक। गीता उहाँको नै हो। तिमी बच्चाहरूलाई सद्गतिको ज्ञान दिइरहनु भएको छ। गीतामा शिवको नाम हुन्थ्यो भने सबै धर्मावलम्बीहरूको यो शास्त्र हुन्थ्यो। बाबाले सबैलाई भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर म सँग योग लगायौ भने विकर्म विनाश हुन्छन् र तिमी मेरो धाममा आउँछौ। सबै धर्मावलम्बीहरूलाई सद्गति गर्नेवाला पनि म नै हुँ। अरू त आउँछन् नै आफ्नो धर्मको स्थापना गर्न। मनुष्यहरूले भन्छन् के मोक्ष मिल्दैन? बाबा भन्नुहुन्छ अहँ, मिल्दैन। सबै जति पनि आत्माहरू छन् सबैको पार्ट ड्रामामा निश्चित छ। कसैको भूमिका बद्लिन सक्दैन। हरेकको पूरा एक्टको अनादि ड्रामा बनेको छ। ड्रामा अनादि छ, त्यसको आदि-मध्य-अन्त्य छैन। सृष्टिको आदि सत्ययुगलाई र अन्त्य कलियुगलाई भनिन्छ। बाँकी ड्रामाको आदि अन्त्य छैन। ड्रामा कहिले बन्यो, यो भन्न सकिदैन। यो प्रश्न उठ्न सक्दैन।

बाबाले सम्झाउनु भएको छ अरू जति पनि धर्म स्थापक छन् हरेकले आएर आफ्नो धर्म स्थापना गरेका छन्। सद्गति गरेका छैनन्। उनीहरूले त धर्म स्थापना गरे, त्यसपछि वृद्धि हुँदै गयो। कति धेरै गहन कुरा छन्। निबन्ध लेख्न लायक छन्। यहाँ गफको कुरा छैन। हार-जितको यो ड्रामा हो। सत्ययुगमा परमात्मालाई याद गर्नु पर्ने आवश्यकता हुँदैन। परमात्मालाई याद गर्ने भए त हामी ब्राह्मणहरूलाई उहाँले रच्नु भएको हो भन्ने पनि सम्झने थिए। तिमीलाई त सम्मुख बताउनु हुन्छ म रचयिता हुँ। यो संगमयुग ब्राह्मणहरूको नयाँ दुनियाँ हो। सबै भन्दा उच्चलाई त कसैले जान्दैन। विराट् रूप बनाउँछन्। त्यसमा देवता, क्षत्रिय, वैश्य, शूद्र देखाउँछन्। ब्राह्मणहरूलाई बिर्सिएका छन्। सत्ययुगमा देवताहरू, कलियुगमा शूद्र। संगमयुगी ब्राह्मणहरूलाई जान्दैनन्। यो रहस्य बाबा आएर सम्झाउनु हुन्छ। बाबा भन्नुहुन्छ पवित्रता विना कहिल्यै धारणा हुन सक्दैन। बाबा सम्झाउनु हुन्छ कति धेरै वेद-शास्त्र छन्। परिक्रमा गराउँछन्। मन्दिरबाट चित्र निकालेर परिक्रमा गराएर फेरि वापस मन्दिर मै लिएर जान्छन्। बाबा अनुभवी हुनु हुन्छ। शास्त्रहरूले गाडी भरेर परिक्रमा गराउँछन्, त्यस्तै फेरि देवताहरूको चित्रहरू पनि गाडीमा राखेर परिक्रमा गराउँछन्। यो सबै हो भक्तिमार्ग।

तिमी हौ शिवशक्तिहरू। तिमीले सारा विश्वको सद्गति गर्छौ। दिलवाडा मन्दिर बिलकुलै तिम्रो यादगार हो भन्ने कुरा कसैले पनि जान्दैन। यस्तो मन्दिर कहीँ छैन। जगदम्बा छिन्, शिवबाबा पनि हुनु हुन्छ। शक्तिहरूको प्लेटफर्म पनि बनेको छ। भक्तिमार्गमा फेरि यस्तै मन्दिर बन्छन्। फेरि विनाश हुन्छ। यसरी यी सबै समाप्त हुन्छन्। सत्ययुगमा कुनै मन्दिर हुँदैन। यो सबै भक्तिमार्गको विस्तार हो। ज्ञानमा त चुप रहनु छ। एक शिवबाबालाई याद गर्नु छ। शिवबाबालाई भुलेर अरूलाई याद गर्यौ भने अन्तमा फेल हुनेछौ। फेल हुनु छैन। मनुष्यहरू जब मर्छन् भने उनलाई भन्दछन् राम-राम भन्नुहोस्, तर यसरी त याद आउन सक्दैन। फेरि पनि गायन गरिन्छ अन्तकाल जो नारायण सिमरे... कुरा अहिलेको नै हो। संसारमा आगो त लाग्नु नै छ। अन्तकाल जो नारायण सिमरे। वास्तवमा अब तिमीले बुझेका छौ हामीले नारायण वा लक्ष्मीलाई वरण गर्नेछौं। स्वर्गको लागि तयार भइरहेका छौ। बाबा विना यो ज्ञान कसैले दिन सक्दैन। यी बाबाले पनि भन्छन् अहिले मलाई शिवबाबाले बताउनु भएको छ। यिनलाई शक्ति सेना वा पाण्डव सेना भनिन्छ। पाण्डव नाम महारथीहरूको हो। शक्तिहरूको फेरि सिंहमाथि सवारी देखाइन्छ। त्यसैले बाबा भन्नुहुन्छ जसरी कल्प पहिले सहज राजयोग सिकाएको थिएँ, ठीक त्यस्तै प्रकारले सिकाइरहेको छु। जे पनि एक्ट हुन्छ कल्प-कल्प त्यही चल्नेछ। यसमा फरक पर्न सक्दैन। फेरि कल्प-कल्प यो पार्ट चल्नेछ। बाबा भन्नुहुन्छ तिमीलाई अति गहन कुरा सुनाउँछु। पछि के हुन्छ त्यो त फेरि पछि सुनाउने छु नि। अहिले नै सबै सुनाएँ भने के म फर्केर गइहालौं त? अन्तसम्म नयाँ प्वाइन्टहरू सुनाउँदै रहनु हुन्छ। हामी गीताको महिमा धेरै गर्छौं। तर त्यो गीता वा महाभारतमा त हिंसक लडाईं आदि देखाइदिएका छन्। अब लडाईं त हुँदैन। तिम्रो त हो योगबलको कुरा। अहिंसाको अर्थ कसैले पनि जान्दैन। केवल स्त्रीलाई मात्रै नर्कको द्वार भनिदिएका छन्। वास्तवमा नर्कको द्वार त दुवै हुन्। अब उनलाई फेरि स्वर्गको द्वार कसले बनाउने? त्यो त भगवानमा नै तागत छ। यो गीत बाबाले बनाउन लगाउनु भएको हो, फेरि कसैले त ठीक बनाएका छन् , कसैले गलत पनि बनाएका छन्। मिसाइदिएका छन्। रात के राही थक मत जाना... यस्ता-यस्ता गीत मैले बनाउन लगाएको हुँ। त्यसैले यहाँको कुरा नै बेग्लै छ। गौशाला पनि छ, वनवास पनि छ तर अर्थ सम्झदैनन्। के मैले कसैलाई भगाएँ र? के कसैलाई भनेको थिएँ, कराचीमा आउनु भनेर? सोध्न सक्छौ यी शक्तिहरूलाई। यो पनि ड्रामामा पार्ट थियो। जसमाथि अत्याचार भयो, उनीहरू आए। त्यसैले ठीक के हो त्यो बाबाले बसेर सम्झाउनु हुन्छ। शास्त्रहरूमा त जे लेखिएको छ त्यो हो भक्ति मार्ग। त्यसबाट त म सँग मिल्न सक्दैनौ, मेरो पासमा आउन सक्दैनौ। मलाई त गाइड बनेर यहाँ आउनु पर्छ। भन्दछन् गृहस्थी न भएको तन किन लिनु भएन? अरे, मलाई त गृहस्थीको तनमा नै आएर उनलाई ज्ञान दिनु छ। उनकै ८४ जन्म बताउँछु। त्यसैले कति गहन कुरा छन्। यो नयाँ धर्मको लागि नयाँ कुरा, ज्ञान पनि नयाँ छ। बाबा भन्नुहुन्छ कल्प-कल्प मैले यो ज्ञान सुनाउँछु। अरू कसैले यो भन्न सक्दैन म कल्प-कल्प धर्म स्थापना गर्न आउँछु। लक्ष्मी-नारायण दुवैले हामी फेरि राजाई गर्न आएका छौं, यस्तो भन्ने छैनन्। त्यहाँ यो ज्ञान नै प्राय: लोप हुन्छ। शास्त्र त पछि गएर अनेक बनाएका छन्। हामी ब्राह्मणहरूको लागि एउटै गीता हो। धर्म पनि स्थापना गर्छु र सद्गति पनि सबैको गर्छु। डबल काम भयो नि। अब मैले जे सुनाउँछु त्यो ठीक हो वा उनीहरूको ठीक हो। त्यो त तिमीलाई थाहा छ। म को हुँ? म सत्य हुँ। मैले कुनै वेद-शास्त्र सुनाउँदिनँ। पढ्न त यिनले धेरै पढेका छन् तर यिनले कहाँ सुनाउँछन् र! यो त शिवबाबाले नयाँ-नयाँ कुरा सुनाउनु हुन्छ, उहाँ त अशरीरी हुनु हुन्छ। केवल उहाँ मुरली सुनाउनको लागि आउनु हुन्छ, खान-पिउनको लागि होइन। म त आएको छु तिमी बच्चाहरूलाई फेरि राजधानी दिनको लागि। स्वाद यिनको आत्माले लिन्छ।

हरेकको धर्म अलग छ, उनीहरूलाई आफ्नो धर्मशास्त्र पढ्नु छ। यहाँ त अनेकौ शास्त्र पढिरहन्छन्, सार केही पनि छैन। जति पढिरहन्छन्, संसार असार हुँदै जान्छ। तमोप्रधान बन्नु नै छ। पहिले-पहिले सृष्टिमा तिमी आएका हौ। तिमी ब्राह्मणहरूले माता-पिताबाट जन्म लिएका छौ। त्यसतर्फ छ आसुरी कुटुम्ब, यहाँ छ ईश्वरीय कुटुम्ब फेरि गएर दैवी गोद लिनेछौ, स्वर्गको मालिक बन्छौ। माता-पिताको मतमा चल्यौ भने स्वर्गको अथाह सुख मिल्छ। बाँकी रुद्र ज्ञान यज्ञमा विघ्न त अवश्य पर्ने छन्। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! विकारमाथि विजय प्राप्त गर्नाले नै तिमी जगतजित बन्न सक्छौ। यस्तो कहाँ हो र विवाह नगरे कमजोर हुनेछौ। संन्यासीहरू पवित्र बन्छन्। उनीहरू कति मोटा-घाटा तन्दुरूस्त रहन्छन्। यहाँ त दिमागको काम छ, मेहनत छ, दधीचि ऋषिको उदाहरण छ नि। संन्यासीहरूलाई त धेरै माल मिल्छ। बाबाले स्वयं धेरै माल खुवाउँथे। यहाँ त धेरै परहेज राख्नु पर्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।

धारणाको लागि मुख्य सारः

१) ज्ञानको राम्रो धारणाको लागि पवित्रताको व्रतलाई अपनाउनु छ। अन्तकाल छ त्यसैले यस्तो अभ्यास गर्नु छ, जसले गर्दा एक बाबा बाहेक अरू कसैको याद नआओस्।

२) दधीचि ऋषि समान सेवा गर्दै विकारहरूमाथि विजय प्राप्त गरेर जगतजित बन्नु छ।

वरदान:
बुद्धिलाई डायरेक्शन प्रमाण श्रेष्ठ स्थितिमा स्थित गर्ने मास्टर सर्वशक्तिमान भव

कतिपय बच्चाहरू जब योगमा बस्छन्, तब आत्म-अभिमानी हुनुको सट्टा सेवा याद आउँछ, तर यस्तो हुनु हुँदैन किनकि अन्तिम समयमा यदि अशरीरी बन्नुको सट्टा सेवाकै संकल्प चल्यो भने पनि सेकेन्डको पेपरमा फेल हुनेछौ। त्यस समयमा सिवाय बाबा र निराकारी, निर्विकारी, निरंहकारी अरू केही याद नरहोस्। सेवामा फेरि पनि साकारमा आउँछौ त्यसैले यो अभ्यास गर जुन समयमा, जुन स्थितिमा स्थित हुन चाह्यो, स्थित हुन सकियोस् तब भनिन्छ मास्टर सर्वशक्तिमान, कन्ट्रोलिंग र रुलिंग पावरवाला।

स्लोगन:
कुनै पनि परिस्थितिलाई सहज पार गर्ने साधन हो एक बल, एक भरोसा।