05.12.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आफ्नो लक्ष्य र लक्ष्य-दाता बाबालाई याद गर्यौ भने दैवी गुण आउँ छ। कसैलाई दु:ख दिनु , ग्लानि गर्नु यी सबै आसुरी लक्षण हुन्।

प्रश्न:
बाबाको तिमी बच्चाहरूसँग धेरै उच्च स्नेह छ, त्यसको निशानी के हो?

उत्तर:
बाबाको जुन मीठो मीठो शिक्षा मिल्छ, यो शिक्षा दिनु नै उहाँको उच्च स्नेहको निशानी हो। बाबाको पहिलो शिक्षा हो १) मीठे बच्चे, श्रीमत भन्दा बाहेक कुनै पनि उल्टो सुल्टो काम नगर २) तिमी विद्यार्थी हौ, तिमीले आफ्नो हातमा कहिल्यै पनि कानुन लिनु हुँदैन। तिमीले आफ्नो मुखबाट सदैव रत्न निकाल, पत्थर होइन।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। यिनलाई (लक्ष्मी-नारायण) त राम्ररी देख्छौ। यो हो लक्ष्य-उद्देश्य अर्थात् तिमी यस घरानाका थियौ। कति रात दिनको फरक छ, त्यसैले घरी घरी यिनलाई हेर्नु छ। हामीलाई यस्तो बन्नु छ। यिनीहरूको महिमा त राम्ररी जानेका छौ। यो पकेटमा राखेपछि नै खुशी रहन्छ। भित्र जुन दुविधा हुन्छ, त्यो रहनु हुँदैन। यसलाई देह अभिमान भनिन्छ। देही-अभिमानी भएर यी लक्ष्मी-नारायणलाई हेर्यौ भने सम्झन्छौ हामी यस्तो बनिरहेका छौं, त्यसैले अवश्य यिनलाई हेर्नुपर्छ। बाबा सम्झाउनु हुन्छ तिमीलाई यस्तो बन्नु छ। मध्याजी भव, यिनलाई हेर, याद गर। दृष्टान्त बताउँछन् नि उसले म भैंसी हुँ भनेर सोच्यो, अनि उसले आफूलाई भैंसी नै सम्झिन थाल्यो। तिमीलाई थाहा छ यो हाम्रो लक्ष्य-उद्देश्य हो। यस्तो बन्नु छ। कसरी बन्ने? बाबाको यादबाट। हरेकले आफैसँग सोधून् वास्तवमा मैले बाबालाई याद गरिरहेको छु? यो त जानेका छौ बाबाले हामीलाई देवता बनाउनु हुन्छ। जति हुन सक्छ याद गर्नुपर्छ। यो त बाबा भन्नुहुन्छ निरन्तर याद रहन सक्दैन। तर पुरुषार्थ गर्नु छ। गृहस्थ व्यवहारको कार्य गर्दै यिनलाई (लक्ष्मी-नारायण) याद गर्यौ भने बाबाको याद अवश्य आउने छ। बाबालाई याद गर्यौ भने यी पनि अवश्य याद आउने छ। हामीलाई यस्तो बन्नु छ। यही धुन सारा दिन लागिरहोस्। अनि फेरि एक अर्काको ग्लानि कहिल्यै गर्नेछैनौ। यो यस्तो छ, फलानो यस्तो छ...। जो यी कुरामा लाग्छन्, उनले ऊँच पद प्राप्त गर्न सक्ने छैनन्। जस्ताको तस्तै रहन्छन्। कति सहज गरेर सम्झाइन्छ। यिनलाई याद गर, बाबालाई याद गर्यौ भने तिमी यस्तो अवश्य बन्छौ। यहाँ त तिमी सम्मुखमा बसेका छौ, सबैको घरमा यो लक्ष्मी-नारायणको चित्र अवश्य हुनुपर्छ। कति एक्युरेट चित्र छ। यिनलाई याद गरेमा बाबा याद आउँछ। सारा दिन अरू कुराको सट्टा यही सुनिराख। फलानो यस्तो छ, उस्तो छ... कसैको निन्दा गर्नु यसलाई दुविधा भनिन्छ। तिमीले आफ्नो बुद्धि दैवी बनाउनु छ। कसैलाई दु:ख दिनु, ग्लानि गर्नु, चंचलता गर्नु यो स्वभाव हुनु हुँदैन। यसमा त आधाकल्प रह्यौ। अहिले तिमी बच्चाहरूलाई कति मीठो शिक्षा मिल्छ, यो भन्दा श्रेष्ठ प्यार अरू कुनै हुँदैन। विना श्रीमत कुनै पनि उल्टो सुल्टो काम गर्नु हुँदैन। बाबाले ध्यानको लागि पनि निर्देशन दिनुहुन्छ, केवल भोग लगाएर आऊ। बाबाले वैकुण्ठमा जाऊ, रास-विलास आदि गर त भन्नुहुन्न। अरू ठाउँमा गयौ भने सम्झ मायाको प्रवेशता भयो। मायाको नम्बरवन कर्तव्य हो पतित बनाउनु। बेकायदा चलनले नोक्सान धेरै हुन्छ। हुन सक्छ, फेरि कडा सजाय पनि खानु पर्नेछ, यदि आफूलाई सम्हाल्दैनन् भने। बाबाको साथ-साथ धर्मराज पनि छन्। उनको पासमा बेहदको हिसाब-किताब रहन्छ। रावणको जेलमा कति वर्ष सजाय खायौ। यस दुनियाँमा कति अपार दु:ख छ। अहिले बाबा भन्नुहुन्छ अरू सबै कुरा बिर्सेर एक बाबालाई याद गर, सबै दुविधा भित्रबाट निकालिदेऊ। विकारमा कसले लिएर जान्छ? माया भूतले। तिम्रो लक्ष्य-उद्देश्य नै यही हो। राजयोग हो नि। बाबालाई याद गर्यौ भने यो वर्सा मिल्छ। त्यसैले यसै धन्दामा लाग्नुपर्छ। भित्रबाट फोहर सारा निकालिदिनुपर्छ। मायाको पराकाष्ठा पनि धेरै कडा छ। तर त्यसलाई उडाउँदै जानु छ। जति हुन सक्छ यादको यात्रामा रहनु छ। अहिले त निरन्तर याद हुन सक्दैन। आखिर निरन्तरसम्म पनि आउने छौ, तब मात्रै उच्च पद पाउने छौ। यदि भित्र दुविधा, खराब ख्याल छ भने उच्च पद मिल्न सक्दैन। मायाको वश भएर नै हार खान्छन्।

बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! फोहरी कामसँग हार नखाऊ। निन्दा आदि गरेर त तिम्रो धेरै नराम्रो गति भएको छ। अब सद्गति हुन्छ, त्यसैले नराम्रो कर्म नगर। बाबाले देख्नुहुन्छ मायाले घाँटीसम्म निलिसकेको छ। थाहा पनि हुँदैन। स्वयं सम्झन्छन् म धेरै राम्रोसँग चलिरहेको छु, तर यस्तो छैनन्। बाबा सम्झाउनु हुन्छ मनसा, वाचा, कर्मणा मुखबाट रत्न नै निस्किनुपर्छ। फोहोरी कुरा गर्नु पत्थर हो। अहिले तिमी पत्थरबाट पारस बन्छौ, त्यसैले कहिल्यै पत्थर निस्किनु हुँदैन। बाबाले त सम्झाउनु पर्ने हुन्छ। बाबाको हक हो बच्चाहरूलाई सम्झाउने। यस्तो त होइन, भाइले भाइलाई सावधान गराउँछन्। टिचरको काम हो शिक्षा दिनु। उनले केही भन्न सक्दैनन्। विद्यार्थीले कानुन हातमा लिनु हुँदैन। तिमी विद्यार्थी हौ नि। बाबाले सम्झाउन सक्नुहुन्छ, बच्चाहरूलाई त बाबाको निर्देशन छ एक बाबालाई याद गर। तिम्रो तकदिर अहिले खुलेको छ। श्रीमतमा चलेनौ भने तिम्रो तकदिर बिग्रिन्छ, फेरि धेरै पछुताउनु पर्नेछ। बाबाको श्रीमतमा नचल्नाले एक त सजाय खानुपर्छ, अनि पद पनि भ्रष्ट। जन्म-जन्मान्तर, कल्प कल्पान्तरको बाजी हो। बाबा आएर पढाउनु हुन्छ, त्यसैले बुद्धिमा रहनु पर्छ बाबा हाम्रो टिचर हुनुहुन्छ, जसबाट यो नयाँ ज्ञान मिल्छ, आफूलाई आत्मा सम्झ। आत्मा र परमात्माको मेला भनिन्छ नि। ५ हजार वर्षपछि मिल्छु, त्यसैले जति वर्सा लिन चाहन्छौ, लिन सक्छौ। नत्र धेरै धेरै पछुताउने छौ, रुन्छौ। सबै साक्षात्कार हुन्छ। स्कुलमा बच्चाहरू ट्रान्सफर हुन्छन्। पछाडि बस्नेहरूलाई सबैले देख्छन्। यहाँ पनि ट्रान्सफर हुन्छन्। तिमीले जानेका छौ यहाँ शरीर छोडेर फेरि गएर सत्ययुगमा राजकुमारहरूको कलेजमा भाषा सिक्छौं। उहाँको भाषा त सबैले पढ्नुपर्छ, मातृभाषा। धेरैमा पूरा ज्ञान हुँदैन, फेरि रेगुलर पनि पढ्दैनन्। एक दुई पटक मिस भयो भने बानी पर्छ, मिस गर्ने। संगत छ मायाका शिष्यहरूको। शिवबाबाका शिष्य कम छन्। बाँकी सबै हुन् मायाका शिष्यहरू। तिमी शिवबाबाको शिष्य बन्छौ, त्यसैले मायाले सहन गर्न सक्दैन। त्यसैले सम्हाल धेरै गर्नुपर्छ। फोहोरी गन्दा मानिससँग धेरै सम्हाल राख्नु छ। हाँस र बकुल्ला छन् नि। बाबाले रातमा पनि शिक्षा दिनु भयो, सारा दिन कुनै न कुनै निन्दा गर्नु, परचिन्तन गर्नु, यसलाई कुनै दैवी गुण भनिदैन। देवताहरूले यस्तो काम गर्दैनन्। बाबा भन्नुहुन्छ बाबा र वर्सालाई याद गर, फेरि पनि निन्दा गरिरहन्छन्। निन्दा त जन्म-जन्मान्तर गर्दै आयौ। भित्र दुविधा त रहन्छ नै। यो पनि भित्र मारामारी हुन्छ। सित्तैमा आफ्नो हत्या गर्छन्। धेरैलाई घाटा पार्छन्। फलानो यस्तो छ, यसमा तिम्रो के जान्छ! सबैका सहायक एक बाबा हुनुहुन्छ। अब त श्रीमतमा चल्नु छ। मनुष्य मतले त धेरै फोहोरी बनाइदिन्छ। एक अर्काको ग्लानि गरिरहन्छन्। ग्लानि गर्नु, यो हो मायाको भूत। यो हो नै पतित दुनियाँ। तिमीले सम्झन्छौ हामी अहिले पतितबाट पावन बनिरहेका छौं। यो धेरै खराबी हो। सम्झाइन्छ, आजदेखि आफ्नो कान समात्नुपर्छ कहिल्यै यस्तो कर्म गर्नेछैन। यदि कुनै यस्तो देख्छौ भने बाबालाई रिपोर्ट गर्नुपर्छ। तिम्रो के जान्छ! तिमीले एक अर्काको ग्लानि किन गर्छौ! बाबाले सुन्न त सबैथोक सुन्नुहुन्छ नि। बाबाले कान र आँखा लोनमा लिनुभएको छ। बाबाले पनि देख्नुहुन्छ भने यी दादाले पनि देख्छन्। चालचलन, वातावरण त कोही कोहीको बिल्कुलै बेकायदाको हुन्छ। जसका पिता हुँदैनन्, उनलाई अनाथ भनिन्छ। उनले आफ्नो पितालाई पनि जानेका हुँदैनन्, याद पनि गर्दैनन्। सुध्रिनुको सट्टा अझै बिग्रिन्छन्, त्यसैले आफ्नै पद गुमाउँछन्। श्रीमतमा चल्दैनन् भने त अनाथ नै भए। माता पिताको श्रीमतमा चल्दैनन्। त्वमेव माताश्च पिता... बन्धु आदि पनि बन्नुहुन्छ।

तर ग्रेट ग्रेट ग्रेण्ड फादर नै नभए मदर फेरि कहाँबाट हुनेछिन्, यति पनि बुद्धि छैन। मायाले बुद्धि एकदम फेरिदिन्छ। बेहदका बाबाको आज्ञा मान्दैनन् भने दण्ड पर्नेछ। अलिकति पनि सद्गति हुँदैन। बाबाले देख्दा त भन्नुहुन्छ नि यिनको कस्तो नराम्रो गति होला। यो त टाँगर, आँकको फूल हो। जसलाई कसैले पनि मन पराउँदैनन्। त्यसैले सुध्रिनुपर्यो नि। नत्र पद भ्रष्ट हुन्छ। जन्म-जन्मान्तरको लागि घाटा पर्नेछ। तर देह अभिमानीहरूको बुद्धिमा बस्दै बस्दैन। आत्म अभिमानीले नै बाबासँग प्रेम गर्न सक्छन्। समर्पण हुनु कुनै सानी माँको घर होइन। ठूलाबडा व्यक्तिहरू त समर्पित हुन सक्दैनन्। उनले समर्पण हुने अर्थ पनि बुझ्दैनन्। हृदय विदीर्ण (हर्ट फेल) हुन्छ। धेरै बन्धनमुक्त पनि छन्। बच्चा आदि केही पनि छैन। भन्छन् बाबा हजुर नै हाम्रो सबैथोक हुनुहुन्छ। यसरी मुखले भन्छन्, तर सच्चाइ हुँदैन। बाबासँग पनि झुटो बोलिदिन्छन्। समर्पित भएपछि आफ्नो ममत्व निकालिदिनुपर्छ। अहिले त पछाडि छन्, त्यसैले श्रीमतमा चल्नुपर्छ। सम्पत्ति आदिबाट पनि ममत्व निक्लिनुपर्छ। धेरै छन्, यस्ता बन्धनमुक्त। शिवबाबालाई आफ्नो बनाएका छन्, गोदमा लिन्छन् नि। उहाँ हाम्रा बाबा, टिचर र सद्गुरु हुनुहुन्छ। हामीले उहाँलाई आफ्ना बनाउँछौं, उहाँको पूरा सम्पत्ति लिन। जो बच्चा बनेका छन्, उनीहरू दैवी घरानामा अवश्य आउँछन्। तर फेरि त्यसमा पद कति हुन्छन्। कति दासदासीहरू हुन्छन्। एक अर्कामाथि हुकुम चलाउँछन्। दासीहरूमा पनि नम्बरवार बन्छन्। रहस्य घरानामा बाहिरका दासदासीहरू त आउँदैनन्। जो बाबाका बनेका छन्, उनले बन्नु छ। यस्ता यस्ता बच्चाहरू पनि छन्, जसमा पाई पैसाको पनि अक्कल छैन।

बाबाले यस्तो त भन्नुहुन्न मम्मालाई याद गर वा मेरो रथलाई याद गर। बाबा भन्नुहुन्छ म एकलाई याद गर। देहका सबै बन्धन छोडेर आफूलाई आत्मा सम्झ। बाबाले सम्झाउनु हुन्छ प्रीत राख्नु छ भने एकसँग राख, तब बेडा पार हुन्छ। बाबाको निर्देशनमा चल। मोहजित राजाको कथा पनि छ नि! पहिलो नम्बरमा हुन्छ बच्चा, बच्चा त सम्पत्तिको मालिक बन्छ। स्त्री त हाफ पार्टनर हुन्छिन्, बच्चा त फुल मालिक बन्छन्। त्यसैले बुद्धि उसतर्फ जान्छ, बाबालाई फुल मालिक बनायौ भने यो सबैथोक तिमीलाई दिन्छु। लेन-देनको कुरा होइन। यो त समझको कुरा हो। सुन्न त तिमीले सुन्छौ तर भोलिपल्टै सबै बिर्सिन्छौ। बुद्धिमा रह्यो भने त अरूलाई पनि सम्झाउन सक्छौ। बाबालाई याद गरेपछि तिमी स्वर्गको मालिक बन्छौ। यो त धेरै सहज छ, मुख चलाइराख। लक्ष्य-उद्देश्य बताइराख। विशाल बुद्धि भएकाले त तुरुन्तै बुझ्छन्। अन्तमा यी चित्र आदि नै काम आउने छन्। यसमा सारा ज्ञान भरिएको छ। लक्ष्मी-नारायण र राधा-कृष्णको आपसमा के सम्बन्ध छ? यो कसैले पनि जान्दैन। लक्ष्मी-नारायण त अवश्य पहिला प्रिन्स होलान्। बेगर टु प्रिन्स हुन्छन् नि। बेगर टु किङ्ग भनिदैनन्। प्रिन्स नै पछि किङ्ग बन्छन्। यो त धेरै सहज छ, तर मायाले कसैलाई पक्रिन्छ, कसैको निन्दा गर्नु, ग्लानि गर्नु यो त धेरैको बानी हुन्छ। अरू त केही काम छँदै छैन। बाबालाई याद कहिल्यै गर्दैनन्। एक अर्काको ग्लानिको धन्दा नै गर्छन्। यो हो मायाको पाठ। बाबाको पाठ त बिल्कुलै सीधा छ। पछि गएर यी संन्यासी आदि ब्यूँझिन्छन्, भन्छन् ज्ञान छ भने यी बी.के. हरूमा छ। कुमार-कुमारीहरू त पवित्र हुन्छन्। प्रजापिता ब्रह्माका सन्तान हौ। आपसमा कुनै नराम्रो विचार पनि आउनु हुँदैन। धेरैको अहिले पनि नराम्रो विचार आउँछ, फेरि यसको सजाय पनि धेरै कडा छ। बाबाले सम्झाउनु त धेरै हुन्छ। यदि कुनै चाल तिम्रो फेरि नराम्रो देखियो भने यहाँ रहन सक्दैनौ। तिमी लायक छैनौ भनेर थोरै सजायँ पनि दिनु पर्ने हुन्छ। बाबालाई ठग्छौ। तिमीले बाबालाई याद गर्न सक्दैनौ। अवस्था गिर्नु नै सजाय हो। श्रीमतमा नचल्नाले आफ्नो पद भ्रष्ट गरिदिन्छन्। बाबाको निर्देशनमा नचल्नाले नै भूतको प्रवेशता हुन्छ। बाबालाई त कहिलेकाहीँ ख्याल आउँछ, कहीं धेरै ठूलो कडा सजाय अहिले नै सुरु नहोस्। सजाय पनि धेरै गुप्त हुन्छन् नि। कहीं कडा पीडा नआओस्। धेरै गिर्छन्, सजाय खान्छन्। बाबाले त सबै इशारामा सम्झाइरहनु हुन्छ। आफ्नो तकदिरलाई धेरैले मेटिदिन्छन् , त्यसैले बाबाले सावधान गरिरहनुहुन्छ। अब लापरवाही गर्ने समय होइन, आफूलाई सुधार। अन्त घडी आइपुग्न कुनै समय लाग्दैन।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कुनै पनि बेकाइदा, श्रीमतको विरूद्ध चलन चल्नु छैन। स्वयंलाई स्वयंले नै सुधार्नु छ। फोहोरी गन्दा मनुष्यहरूबाट आफूलाई सम्हाल गर्नु छ।

२) बन्धनमुक्त छौ भने पूरा पूरा समर्पण हुनु छ। आफ्नो ममत्व निकालिदिनु छ। कहिल्यै कसैको निन्दा वा परचिन्तन गर्नु छैन। फोहोरी विचारहरूबाट स्वयंलाई मुक्त राख्नु छ।

वरदान:
स्वराज्य अधिकारको नशा र निश्चयबाट सदा शक्तिशाली बन्ने सहजयोगी , निरन्तर योगी भव

स्वराज्य अधिकारी अर्थात् हरेक कर्मेन्द्रियमाथि आफ्नो राज्य। कहिल्यै संकल्पमा पनि कर्मेन्द्रियहरूले धोका नदिउन्। कहिल्यै अलिकति पनि देह-अभिमान आयो भने जोश वा क्रोध सहजै आउँछ तर जो स्वराज्य अधिकारी छ ऊ सदा निरहंकारी, सदैव निर्मान बनेर सेवा गर्छ। त्यसैले म स्वराज्य अधिकारी आत्मा हुँ यस नशा र निश्चयबाट शक्तिशाली बनेर मायाजित र जगतजित बन्यौ भने सहजयोगी, निरन्तर योगी बन्छौ।

स्लोगन:
लाइट हाउस बनेर मन-बुद्धिबाट प्रकाश फैलाउनमा बिजी रह्यौ भने कुनै कुराको भय हुँदैन।