06.01.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले जे कर्म गर्छौ त्यसको फल अवश्य मिल्छ , निष्काम सेवा त केवल बाबाले नै गर्नुहुन्छ।

प्रश्न:
यो क्लास धेरै अनौठो छ, कसरी? यहाँ मुख्य मेहनत कुनचाहिँ गर्नुपर्छ?

उत्तर:
यो नै एउटा क्लास हो, जसमा साना बच्चाहरू पनि बसेका छन् भने वृद्धहरू पनि बसेका छन्। यो क्लास यस्तो अनौठो छ जसमा अहिल्या, कुब्जा, साधुहरू पनि एक दिन आएर बस्नेछन्। यहाँ मुख्य यादको नै मेहनत छ। यादद्वारा नै आत्मा र शरीरको प्राकृतिक उपचार हुन्छ, यादको लागि पनि ज्ञान आवश्यक छ।

गीत:
रात के राही...

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूले गीत सुन्यौ। रूहानी बाबाले बच्चाहरूलाई यसको अर्थ पनि सम्झाउनु हुन्छ। आश्चर्य त यो छ गीता अथवा शास्त्र आदि बनाउनेले यसको अर्थ जानेका छैनन्। हरेक कुराको अनर्थ नै निकाल्छन्। रूहानी बाबा जो ज्ञानका सागर पतित-पावन हुनुहुन्छ, उहाँले बसेर यसको अर्थ बताउनु हुन्छ। राजयोग पनि बाबाले नै सिकाउनु हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ अहिले फेरि राजाहरूको राजा बनिरहेका छौं। अरू विद्यालयहरूमा यस्तो कहाँ भन्छन् र हामी फेरि वकिल बन्छौं। फेरि यो शब्द कसैलाई भन्न आउँदैन। तिमीले भन्छौ हामी ५ हजार बर्ष पहिला जस्तै फेरि बेहदका बाबासँग पढ्छौं। यो विनाश पनि फेरि अवश्य हुनु छ। कति ठूला-ठूला बम बनाइरहन्छन्। धेरै शक्तिशाली बनाउँछन्। राख्नको लागि त बनाएका होइनन्। यो विनाश पनि शुभ कार्यको लागि हो नि। तिमी बच्चाहरूलाई डराउनु पर्ने कुनै कुरा छैन। यो हो कल्याणकारी लडार्इं। बाबा आउनु हुन्छ नै कल्याणको लागि। भन्छन् पनि बाबा आएर ब्रह्माद्वारा स्थापना, शंकरद्वारा विनाशको कर्तव्य गराउनु हुन्छ। त्यसैले यी बम आदि हुन् नै विनाशको लागि। यी भन्दा बढी अरू त केही पनि छैन। साथ-साथै प्राकृतिक प्रकोप पनि हुन्छ। त्यसलाई कुनै ईश्वरीय प्रकोप भनिदैन। यी प्राकृतिक प्रकोपहरू ड्रामामा निश्चित छन्। यो कुनै नयाँ कुरा होइन। कति ठूला-ठूला बम बनाइरहन्छन्। भन्छन् हामीले सहरका सहर खतम गरिदिन्छौं। जापानको लडाईंमा जुन बम गिराए, ती त धेरै साना थिए। अहिले त ठूला-ठूला बम बनाएका छन्। जब एकदमै ठूलो कठिनाइमा पर्छ, सहन गर्न सक्दैनन् तब बम हान्न सुरु गर्छन्। कति नोक्सान हुन्छ। त्यो पनि प्रयोग गरेर हेरिरहेका छन्। अरबौं रूपैया खर्च गर्छन्। यिनलाई बनाउनेहरूको तलब पनि धेरै हुन्छ। तिमी बच्चाहरूलाई खुसी हुनुपर्छ। पुरानो दुनियाँको नै विनाश हुनु छ। तिमी बच्चाहरूले नयाँ दुनियाँको लागि पुरुषार्थ गरिरहेका छौ। विवेकले पनि भन्छ पुरानो दुनियाँ अवश्य खतम हुनु छ। बच्चाहरूले जानेका छन् कलियुगमा के छ, सत्ययुगमा के हुन्छ? तिमी अहिले संगममा छौ। जानेका छौ सत्ययुगमा यतिका मनुष्य हुँदैनन्, यी सबैको विनाश हुन्छ। यो प्राकृतिक प्रकोप कल्प पहिला पनि भएको थियो। पुरानो दुनियाँ खतम हुनु नै छ। विनाश त यसरी धेरै हुँदै आएको छ। तर त्यो थोरै मात्र भएको छ। अब त यो पुरानो दुनियाँ सारा खतम हुनु छ। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। हामी रूहानी बच्चाहरूलाई परमपिता परमात्मा बाबाले बसेर सम्झाउनु हुन्छ, यो विनाश तिम्रो लागि भइरहेको छ। यो पनि गायन छ रुद्र ज्ञान यज्ञबाट विनाश ज्वाला प्रज्वलित भयो। कति कुरा गीतामा छन् जसको अर्थ धेरै राम्रो छ, तर कसैले कहाँ बुझ्छन् र! उनीहरूले शान्ति मागिरहन्छन्। तिमीले भन्छौ चाडै विनाश भयो भने हामी सुखी बन्ने थियौं। बाबा भन्नुहुन्छ सुखी तब बन्छौ जब सतोप्रधान बन्छौ। बाबाले अनेक प्रकारका प्वाइन्ट दिनुहुन्छ, फेरि कसैको बुद्धिमा राम्रोसँग बस्छ, कसैको बुद्धिमा कम। वृद्ध माताहरूले सम्झन्छन् शिव बाबालाई याद गर्नु छ, पुग्यो। उनीहरूलाई सम्झाइन्छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। फेरि पनि वर्सा त पाइहाल्छन्। साथैमा रहन्छन्। प्रदर्शनीमा सबै आउँछन्। अजामिल जस्ता पाप आत्माहरू, गणिकाहरू सबैको उद्धार हुनु छ। मेहतरले पनि राम्रा कपडा लगाएर आउँछन्। गान्धीजीले अछुतहरूलाई स्वतन्त्र गरे। खाना पनि सँगै खान्छन्। बाबाले त मनाही गर्नुहुन्न। सम्झनुहुन्छ यिनीहरूको पनि उद्धार गर्नु नै छ। कामसँग कुनै सम्बन्ध छैन। यसमा बाबासँग बुद्धियोग लगाउनुमा नै सारा कुरा आधारित छ। बाबालाई याद गर्नु छ। आत्माले भन्छ म अछुत हुँ। अहिले हामीले जानिसक्यौं हामी सतोप्रधान देवी-देवता थियौं। फेरि पुनर्जन्म लिंदा-लिंदा अन्त्यमा आएर पतित बनेका छौं। अब फेरि म आत्मालाई पावन बन्नु छ। तिमीलाई थाहा छ सिन्धमा एउटी भिल्लिनी आउँथिन्, ध्यानमा जान्थिन्। दौडेर आएर भेट्थिन्। सम्झाइन्थ्यो यिनमा पनि आत्मा त छ नि। आफ्नो बाबासँग वर्सा लिने आत्माको हक हो। उनको पतिलाई भनियो यिनलाई ज्ञान सिक्न देऊ। उसले भन्यो हाम्रो कुलमा हंगामा हुन्छ। डराएर उसलाई लिएर गयो। त्यसैले तिम्रो पासमा आउने कसैलाई पनि तिमीले मनाही गर्न मिल्दैन। गायन गरिएको छ अबलाहरू, गणिकाहरू, भिल्लिनी साधु आदि सबैको उद्धार गर्नुहुन्छ। साधुदेखि लिएर भिल्लिनीसम्म।

तिमी बच्चाहरूले अहिले यज्ञको सेवा गर्छौ। यस सेवाबाट धेरै प्राप्ति हुन्छ। धेरैको कल्याण हुन्छ। दिन-प्रतिदिन प्रदर्शनी सेवाको धेरै वृद्धि हुन्छ। बाबाले ब्याजहरू पनि बनाउन लगाउनु हुन्छ। जहाँ गए पनि यसमा सम्झाउनु छ। उहाँ हुनुहुन्छ बाबा, यी हुन् दादा, यो हो बाबाको वर्सा। अब बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने पावन बन्छौ। गीतामा पनि छ म एकलाई याद गर। केवल त्यसमा मेरो नामको सट्टा बच्चाको नाम राखिदिएका छन्। हिन्दुहरूलाई यो पनि थाहा छैन राधा-कृष्णको आपसमा के सम्बन्ध छ? उनीहरूको विवाह आदिको इतिहास केही पनि बताउँदैनन्। दुवै अलग-अलग राजधानीका हुन्। यी कुरा बाबाले बसेर सम्झाउनु हुन्छ। यदि यो कुरा बुझेर उनले शिव भगवानुवाच हो भनेमा सबैले उनीहरूलाई भगाउँछन्। भन्छन् तिमीले यो कहाँ सिकेर आयौ? त्यो कुनचाहिँ गुरु हो? बी.के. हुन् भन्यो भने सबै रिसाउँछन्। यी गुरुहरूको राजाई पनि चट हुन्छ। यस्ता धेरै आउँछन्। लेखेर पनि दिन्छन्, फेरि गुम भइहाल्छन्।

बाबाले बच्चाहरूलाई कुनै पनि कष्ट दिनुहुन्न। धेरै सहज युक्ति बताउनु हुन्छ। कसैको बच्चा भएन भने भगवानलाई भन्छन् बच्चा दिनुहोस्। फेरि जब मिल्छ उसको धेरै पालन-पोषण गर्छन्। पढाउँछन्। फेरि ठूलो भएपछि भन्छन् अब आफ्नो धन्दा गर। पिताले बच्चाको पालन-पोषण गरेर उसलाई लायक बनाउँछन् भने बच्चाको सेवक ठहरिए नि। यहाँ बाबाले त बच्चाहरूको सेवा गरेर साथमा लैजानुहुन्छ। ती लौकिक पिताले सम्झन्छन् बच्चा ठूलो भएपछि आफ्नो धन्दामा लागोस् अनि बुढेसकालमा हाम्रो सेवा गरोस्। यहाँ बाबाले त सेवा माग्नुहुन्न। उहाँ हुनुहुन्छ नै निष्काम। लौकिक पिताले सम्झन्छन् जबसम्म बाँच्छु तबसम्म बच्चाहरूको कर्तव्य हो हाम्रो सम्हाल गर्ने। यो कामना राख्छन्। शिवबाबाले त भन्नुहुन्छ मैले निष्काम सेवा गर्छु। मैले राजाई गर्दिनँ। म कति निष्काम हुँ। अरूले त जे गरे पनि त्यसको फल उनलाई अवश्य मिल्छ। उहाँ त हुनुहुन्छ सबैको पिता। भन्नुहुन्छ मैले तिमी बच्चाहरूलाई स्वर्गको राजाई दिन्छु। तिमीले कति उच्च पद प्राप्त गर्छौ। म त केवल ब्रह्माण्डको मालिक हुँ, त्यसो त तिमी पनि हौ तर तिमीले राजाई लिन्छौ र गुमाउँछौ। मैले राजाई लिन्न, न त गुमाउँछु नै। मेरो ड्रामामा यो पार्ट छ। तिमी बच्चाहरूले सुखको वर्सा पाउने पुरुषार्थ गर्छौ। बाँकी सबैले केवल शान्ति माग्छन्। ती गुरुहरूले भन्छन् सुख काग विष्टा समान छ त्यसैले उनीहरूले शान्ति नै चाहन्छन्। उनीहरूले यो ज्ञान लिन सक्दैनन्। उनीहरूलाई सुखको बारेमा थाहै छैन। बाबाले सम्झाउनु हुन्छ शान्ति र सुखको वर्सा दिनेवाला एक म नै हुँ। सत्ययुग-त्रेतामा गुरु हुँदैनन्। त्यहाँ रावण नै हुँदैन। त्यो हो नै ईश्वरीय राज्य। ड्रामा यस्तो बनेको छ। यी कुरा अरू कसैको बुद्धिमा बस्दैन। त्यसैले बच्चाहरूले राम्रोसँग धारण गरेर उच्च पद पाउनु छ। अहिले तिमी संगममा छौ। जानेका छौ नयाँ दुनियाँको राजधानी स्थापना भइरहेको छ। त्यसैले तिमी छौ नै संगममा। बाँकी सबै कलियुगमा छन्। उनीहरूले त कल्पको आयु नै लाखौं वर्ष भनिदिन्छन्। घोर अन्धकारमा छन् नि। गाइएको पनि छ कुम्भकर्णको निद्रामा सुतेका छन्। विजय त पाण्डवहरूको गायन गरिएको छ।

तिमी हौ ब्राह्मण। यज्ञ ब्राह्मणले नै रच्छन्। यो त हो सबैभन्दा ठूलो बेहदको ईश्वरीय रुद्र यज्ञ। ती हदका यज्ञ अनेक प्रकारका हुन्छन्। यो रुद्र यज्ञ एकैचोटि हुन्छ। सत्ययुग-त्रेतामा फेरि कुनै यज्ञ हुँदैन किनकि त्यहाँ कुनै आपद आदिको कुरा नै हुँदैन। ती सबै हुन् हदका यज्ञ। यो हो बेहदको। यो बेहदको बाबाले रचेको यज्ञ हो, जसमा बेहदको आहूति पर्नु छ। फेरि आधा कल्प कुनै यज्ञ हुने छैन। त्यहाँ रावण राज्य नै हुँदैन। रावण राज्य सुरु भएपछि फेरि यी सबै सुरु हुन्छन्। बेहदको यज्ञ एकैचोटि हुन्छ, यसमा यो सारा पुरानो सृष्टि स्वाहा हुन्छ। यो हो बेहदको रुद्र ज्ञान यज्ञ। यसमा मुख्य हो ज्ञान र योगको कुरा। योग अर्थात् याद। याद शब्द धेरै मीठो छ। योग शब्द सामान्य भएको छ। योगको अर्थ कसैले बुझ्दैन। तिमीले बुझाउन सक्छौ योग अर्थात् बाबालाई याद गर्नु हो। बाबा, हजुरले हामीलाई बेहदको वर्सा दिनुहुन्छ। आत्माले कुरा गर्छ बाबा, हजुर फेरि आउनु भएको छ। हामीले त हजुरलाई भुलेका थियौं। हजुरले हामीलाई बादशाही दिनु भएको थियो। अब फेरि आएर मिलन भएको छ। हजुरको श्रीमतमा हामी अवश्य चल्छौं। भित्र आफैंसँग यस्ता-यस्ता कुरा गर्नुपर्ने हुन्छ। बाबा, हजुरले हामीलाई धेरै राम्रो मार्ग बताउनु हुन्छ। हामीले कल्प-कल्प भुल्छौं। अहिले बाबाले फेरि अभूल बनाउनु हुन्छ त्यसैले अब बाबालाई नै याद गर्नु छ। यादद्वारा नै वर्सा मिल्छ। म जब सम्मुखमा आउँछु तब तिमीलाई सम्झाउँछु। तबसम्म गायन गरिरहन्छन् हजुर दु:खहर्ता सुखकर्ता हुनुहुन्छ। महिमा गाउँछन् तर न त आत्मालाई, न परमात्मालाई चिनेका छन्। अहिले तिमीले बुझेका छौ यति सानो बिन्दुमा अविनाशी पार्ट भरिएको छ। यो पनि बाबाले सम्झाउनु हुन्छ। उहाँलाई भनिन्छ परमपिता परमात्मा अर्थात् परम आत्मा। बाँकी कुनै ठूलो हजारौं सूर्य जस्तो होइन। मैले त टिचरले जस्तै पढाइरहन्छु। कति धेरै बच्चाहरू छन्। यो क्लास त हेर कति अद्भुत छ। कस-कसले यसमा पढ्छन्? अबलाहरू, कुब्जाहरू, साधु पनि एकदिन आएर बस्छन्। वृद्धा, साना बच्चाहरू सबै बसेका छन्। यस्तो विद्यालय कहिल्यै देखेका छौ? यहाँ छ यादको मेहनत। यस यादले नै समय लिन्छ। यादको पुरुषार्थ गर्नु यो पनि ज्ञान हो नि। यादको लागि पनि ज्ञान। चक्र सम्झाउनको लागि पनि ज्ञान। सच्चा-सच्चा प्राकृतिक उपचार यसलाई भनिन्छ। तिम्रो आत्मा एकदमै पवित्र बन्छ। त्यो हो शरीरको उपचार। यो हो आत्माको उपचार। आत्मामा नै मैला पर्छ। सच्चा सुनको सच्चा गहना बन्छ। अहिले बच्चाहरूले जानेका छन् शिवबाबा सम्मुख आउनु भएको छ। बच्चाहरूले बाबालाई अवश्य याद गर्नु छ। हामी अब फर्केर जानु छ। यहाँबाट त्यहाँ जानु छ। बाबालाई, वर्सालाई अनि घरलाई पनि याद गर। त्यो हो प्यारो शान्तिधाम। दु:ख हुन्छ अशान्तिबाट, सुख हुन्छ शान्तिबाट। सत्ययुगमा सुख-शान्ति, सम्पत्ति सबै हुन्छ। त्यहाँ लडार्इं-झगडाको कुरा नै हुँदैन। बच्चाहरूलाई यही नशा हुनुपर्छ हामी सतोप्रधान, सच्चा सुन बन्नु छ अनि मात्रै उच्च पद पाउँछौं। यो रूहानी भोजन मिल्छ, यसलाई फेरि उग्राउनु पर्छ। आज कुन-कुन मुख्य प्वाइन्ट सुनेँ! यो पनि सम्झाएँ यात्रा दुई प्रकारको हुन्छ रूहानी र जिस्मानी। यो रूहानी यात्रा नै काममा आउँछ। भगवानुवाच मनमनाभव। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यो विनाश पनि शुभ कार्यको लागि हो त्यसैले डराउनु छैन। कल्याणकारी बाबाले सदा कल्याणको कार्य नै गराउनु हुन्छ, यस स्मृतिद्वारा सदा खुसी रहनु छ।

२) सदा एउटै ख्याल राख्नु छ सतोप्रधान सच्चा सुन बनेर उच्च पद प्राप्त गर्नु छ। जुन रूहानी भोजन मिल्छ, त्यसलाई उग्राउनु छ।

वरदान:
सतसङ्गद्वारा रूहानी रङ्ग लगाउने सदा हर्षित डबल लाइट भव

जुन बच्चाहरूले बाबालाई दिलको सच्चा साथी बनाउँछन्, उनीहरूलाई सङ्गको रूहानी रङ्ग सधैं लागिरहन्छ। बुद्धिद्वारा सत्य बाबा, सत्य शिक्षक र सतगुरुको सङ्ग गर्नु यो नै सतसङ्ग हो। जो यस सतसङ्गमा रहन्छन्, उनीहरू सदा हर्षित र डबल लाइट रहन्छन्। उनीहरूलाई कुनै पनि प्रकारको बोझ अनुभव हुँदैन। उनीहरूले यस्तो अनुभव गर्छन्, मानौं भरपुर छु, खुसीको खानी मेरो साथमा छ। जुन चीज बाबाको हो, त्यो सबै आफ्नो भयो।

स्लोगन:
आफ्नो मीठो बोली र उमंग-उत्साहको सहयोगबाट निराशलाई शक्तिमान बनाऊ।