06.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– क्रोध
धेरै दु:खदायक छ। यसले आफूलाई पनि दु:खी बनाउँछ भने अरूलाई पनि दु:खी बनाउँछ।
त्यसैले श्रीमत अनुसार यी भूतहरूमाथि विजय प्राप्त गर।”
प्रश्न:–
कल्प-कल्पको
दाग कुन बच्चाहरूमाथि लाग्छ? उनीहरूको गति के हुन्छ?
उत्तर:–
जसले आफूलाई धेरै होशियार सम्झन्छन्‚ श्रीमतमा पूरा चल्दैनन्। भित्र कुनै न कुनै
विकार गुप्त वा प्रत्यक्ष रूपमा छ‚ त्यसलाई निकाल्दैनन्। मायाले घेराउ गरिरहन्छ।
यस्ता बच्चाहरू माथि कल्प-कल्पको दाग लाग्छ। उनीहरू फेरि अन्त्यमा धेरै पछुताउनु
पर्छ। उनीहरूले आफैंलाई घाटा पार्छन्।
गीत:–
आज अन्धेरे
में है इंसान...
ओम् शान्ति ।
बच्चाहरूलाई
थाहा छ– बेहदका बाबा जसलाई हेविनली गड फादर भनिन्छ, उहाँ सबैका पिता हुनुहुन्छ।
उहाँले बच्चाहरूको सम्मुख बसेर सम्झाउनुहुन्छ। बाबाले त सबै बच्चाहरूलाई यी
नयनद्वारा हेर्नुहुन्छ। उहाँले बच्चाहरूलाई हेर्नको लागि दिव्य दृष्टिको आवश्यकता
पर्दैन। बाबालाई थाहा छ– परमधामदेखि बच्चाहरूको पासमा आएको छु। तिमी बच्चाहरू पनि
यहाँ देहधारी बनेर पार्ट खेलिरहेका छौ‚ तिमी बच्चाहरूको सम्मुख बसेर पढाउँछु।
बच्चाहरूलाई पनि थाहा छ– बेहदका बाबा जो स्वर्ग स्थापक हुनुहुन्छ‚ उहाँले फेरि
हामीलाई भक्तिमार्गको धक्काबाट छुटाएर हाम्रो ज्योति जगाइरहनु भएको छ। सबै
सेवाकेन्द्रका बच्चाहरूलाई थाहा छ– अब हामी ईश्वरीय कुलका वा ब्राह्मण कुलका हौं।
सृष्टिका रचयिता भनिन्छ परमपिता परमात्मालाई। सृष्टि कसरी रचिन्छ‚ यो कुरा बाबाले
बसेर सम्झाउनुहुन्छ। बच्चाहरूलाई थाहा छ– माता-पिता विना कहिल्यै मनुष्य सृष्टि रचना
गर्न सकिदैन। यस्तो भनिदैन– पिताद्वारा सृष्टि रचिन्छ। गायन पनि गरिन्छ– हजुर
माता-पिता... यहाँ माता-पिताले सृष्टि रचेर फेरि उनीहरूलाई लायक बनाउनुहुन्छ। यो
ठूलो खुबी हो। यस्तो त होइन माथिबाट देवताहरू आएर धर्म स्थापना गर्छन्। जसरी
क्राइस्टले क्रिश्चियन धर्मको स्थापना गर्छन्। क्राइष्टलाई पनि क्रिश्चियनहरूले पिता
भन्छन्। यदि पिता हुनुहुन्छ भने माता पनि अवश्य चाहिन्छ। उनीहरूले माता बनाएका छन्
“मेरी” लाई। तर “मेरी” को थिइन्? क्राइष्टको नयाँ आत्माले आएर तनमा प्रवेश गर्यो अनि
जसमा प्रवेश गर्यो‚ उसैको मुखद्वारा प्रजा रचे। ती त भए क्रिश्चियन। यो पनि बुझाइएको
छ नयाँ आत्मा जुन माथिबाट आउँछ‚ उसको कुनै कर्म हुँदैन जसले दु:ख भोग्छ। त्यो
पवित्र आत्मा आउँछ। जसरी परमपिता परमात्माले कहिल्यै दु:ख भोग्नु पर्दैन। दु:ख अथवा
गाली आदि सबै यी साकारलाई गर्छन्। त्यसैले क्राइष्टलाई पनि क्रसमा चढाउँदा वास्तवमा
जुन तनमा क्राइष्टको आत्माले प्रवेश गर्यो, उसैले यो दु:ख सहन गर्यो। क्राइष्टको
पवित्र आत्माले त दु:ख सहन गर्न सक्दैन। त्यसैले क्राइष्ट भए पिता। माता कहाँबाट
ल्याउने! फेरि “मेरी” लाई माता बनाइदिएका छन्। देखाउँछन् “मेरी” कुमारी थिइन्
उनैबाट क्राइस्ट पैदा भए। यी कुरा सबै शास्त्रबाट लिइएको हो। देखाइएको छ नि– कुन्ती
कन्या थिइन् तिनीबाट कर्ण पैदा भए। तर यो दिव्य दृष्टिको कुरा हो। तर उनीहरूले फेरि
नक्कल गरेका हुन्। जसरी यी ब्रह्मा माता हुन्। मुखद्वारा बच्चा पैदा गरेर सम्हाल्नको
लागि मम्मालाई दिनुभयो। क्राइष्टलाई पनि यस्तै हो। क्राइष्टले प्रवेश गरेर धर्मको
स्थापना गरे। तिनलाई भनिन्छ क्राइष्टका मुखवंशावली भाइ बहिनी। क्रिश्चियनका
प्रजापिता भए क्राइष्ट। जसमा प्रवेश गरेर बच्चा पैदा गरे उनी भइन् माता। फेरि
सम्हाल्नको लागि दिए “मेरी” लाई। उनीहरूले “मेरी” लाई माता सम्झेका छन्। यहाँ त बाबा
भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर मुखसन्तान रच्छु। त्यसैले यी मम्मा पनि मुखसन्तान
ठहरिइन्। यी हुन् विस्तारमा बुझ्नु पर्ने कुरा।
अर्को कुरा– बाबाले
सम्झाउनु हुन्छ आज एक पार्टी आबूमा आउँदैछ– शाकाहारी भोजनको प्रचार गर्न।
तिनीहरूलाई बुझाउनु पर्छ– बेहदका बाबाले अहिले देवी-देवता धर्मको स्थापना गरिरहनु
भएकोछ, जो पक्का शाकाहारी थिए। अरू कुनै पनि धर्म यति शाकाहारी हुँदैनन्। अब यो
सुनाइन्छ– वैष्णव बन्नुमा कति फाइदा छ। तर सबै त बन्न सक्दैनन् किनकि बानी धेरै
बिग्रेको छ। छोड्न धेरै मुश्किल हुन्छ। तर यसमा बुझाउनु पर्छ– बेहदका बाबाले जुन
स्वर्ग स्थापन गर्नु भएको थियो‚ त्यसमा सबै वैष्णव अर्थात् विष्णुका वंशावली थिए।
देवताहरू सम्पूर्ण निर्विकारी थिए। आजकालका शाकाहारी त विकारी छन्। क्राइष्ट भन्दा
३ हजार वर्ष पहिला यहाँ स्वर्ग थियो। यस प्रकारले सम्झाउनु पर्छ। तिमी बच्चाहरू
बाहेक यस्तो कुनै मनुष्य छैन, जसलाई थाहा छ स्वर्ग के चीज हो? कहिले स्थापना भयो?
त्यहाँ कसले राज्य गर्छन्। लक्ष्मी-नारायणको मन्दिरमा जान त जान्छन्। बाबा पनि
जान्थे तर यो थाहा थिएन स्वर्गमा यिनीहरूको राजधानी हुन्छ। केवल महिमा गाउँछन् तर
उनीहरूलाई कसले राज्य दियो केही पनि थाहा छैन। अहिलेसम्म पनि धेरै मन्दिर बनाउँछन्
किनकि सम्झन्छन् लक्ष्मीले धन दिएकी हुन् त्यसैले दीपावलीमा व्यापारीहरूले लक्ष्मीको
पूजा गर्छन्। यी मन्दिर बनाउनेहरूलाई पनि बुझाउनु पर्छ। जसरी विदेशीहरू आए भने
उनीहरूलाई भारतवर्षको महिमा बताउनु पर्छ‚ क्राइष्ट भन्दा ३ हजार वर्ष पहिला
भारतवर्ष यस्तो शाकाहारी थियो‚ यस्तो कोही हुन सक्दैन। उनीहरूमा धेरै तागत थियो।
भगवान-भगवतीको राज्य भनिन्थ्यो। अहिले त्यही राज्य फेरि स्थापना भइरहेको छ। यो त्यही
समय हो। शङ्करद्वारा विनाश पनि गायन गरिएको छ‚ फेरि विष्णुको राज्य हुन्छ।
बाबाद्वारा स्वर्गको वर्सा लिने हो भने आएर लिन सक्नुहुन्छ। रमेश र उषा दुवैलाई
सेवाको धेरै सोख छ। यो अनौठो जोडी छ‚ यी धेरै सेवाधारी छन्। हेर नयाँनयाँ आएर
पुराना भन्दा पनि तीक्ष्ण हुन्छन्। बाबाले युक्तिहरू बताउनुहुन्छ‚ तर कुनै न कुनै
विकारको नशा छ भने मायाले उठ्न दिदैन। कसैमा कामको थोरै अंश हुन्छ‚ क्रोध त धेरैमा
छ। सम्पूर्ण कोही बनेको छैन। बनिरहेका छन्। मायाले पनि भित्र मन खाइरहन्छ। रावण
राज्य आरम्भ भएदेखि यो मुसाले काट्न सुरु गरेको हो। अहिले त बिल्कुलै कङ्गाल भएका
छन्। मायाले सबैलाई पत्थरबुद्धि बनाइदिएको छ। राम्राराम्रा बच्चाहरूलाई पनि मायाले
यसरी घेर्छ, उनीहरूको कदम पछाडि कसरी धकेलिइरहेको छ, यो उनीहरूलाई थाहै हुँदैन‚ फेरि
सञ्जीवनी बूटी सुँघाएर होशमा ल्याइन्छ। क्रोध पनि दु:खदायक छ। आफूलाई पनि दु:खी
बनाउँछ‚ अरूलाई पनि दु:खी बनाउँछ। कसैमा गुप्त हुन्छ‚ कसैमा प्रत्यक्ष। जतिसुकै
सम्झाए पनि बुझ्दैनन्। अहिले आफूलाई धेरै होशियार सम्झन्छन्। पछि धेरै पछुताउनु
पर्छ। कल्पकल्पलाई दाग लाग्छ। श्रीमतमा चलेमा फाइदा पनि धेरै छ। नत्र घाटा पनि धेरै
हुन्छ। मत दुवैको प्रख्यात छ। श्रीमत र ब्रह्माको मत। भन्छन्– ब्रह्मा नै उत्रेर आए
पनि यो मान्दैनौं... कृष्णको नाम लिदैनन्। अहिले त परमपिता परमात्माले स्वयं मत
दिनुहुन्छ। ब्रह्मालाई पनि उहाँबाटै मत मिल्छ। पिताको बच्चाहरूप्रति धेरै स्नेह
हुन्छ। बच्चालाई काँधमा चढाउँछन्। पिताको लक्ष्य हुन्छ बच्चाले उन्नति गरेमा कुलको
नाम चल्छ। तर यहाँ बच्चाहरूले न बाबाको कुरा मान्छन्‚ न दादाको कुरा मान्छन् अर्थात्
बडीमाँको कुरा पनि मान्दैनन्। तिनको के हालत होला! कुरै नगर। तर सेवाधारी बच्चाहरू
त बापदादाको दिलमा चढ्छन्। त्यसैले बाबा स्वयंले तिनको महिमा गर्नुहुन्छ।
तिनीहरूलाई बुझाउनु पर्छ– यहाँ विष्णुको घरानाको राज्य थियो, जुन फेरि स्थापना
भइरहेको छ। अहिले बाबाले फेरि यही दुनियाँलाई विष्णुपुरी बनाइरहनु भएको छ।
तिमीलाई धेरै नशा हुनु
पर्छ। उनीहरूले त सित्तैमा आफ्नो नाम निकाल्नको लागि मेहनत गरिरहेका छन्। खर्च त
सरकारबाट मिल्छ। संन्यासीहरूलाई त धेरै पैसा मिल्छ। अहिले पनि भन्छन्– भारतवर्षको
प्राचीन योग सिकाउन जाने हो भने तुरुन्तै पैसा दिन्छन्। बाबालाई त कसैको पैसाको
आवश्यकता छैन। उहाँ स्वयं सारा दुनियाँलाई मदत गर्ने भोला भण्डारी हुनुहुन्छ‚ मदत
मिल्छ बच्चाहरूलाई। हिम्मत बच्चाहरूको मदत बाबाको। कोही बाहिरबाट आए भने बानी परेको
हुन्छ‚ सम्झन्छन् आश्रम हो केही दिऊँ। तर तिमीले भन्नु पर्छ किन दिनुहुन्छ? ज्ञान त
केही सुन्नु भएको छैन। केही थाहा छैन। हामीले बीज रोप्छौं स्वर्गमा फल मिल्छ‚ यो
कुरा पनि ज्ञान सुनेपछि मात्रै थाहा हुन्छ। यस्ता आउनेहरू त करोडौं आउँछन्। यो
राम्रो भयो, बाबा गुप्त रूपमा आउनु भएको छ। कृष्णको रूपमा आउनु भएको भए बालुवा जस्तै
जम्मा हुन्थे‚ एकदम आकर्षित हुन्थे‚ कोही घरमा बस्न सक्दैनथे। तिमी ईश्वरीय सन्तान
हौ। यो नबिर्स। बाबाको त दिलमा छ बच्चाहरूले पूरा वर्सा लिऊन्। स्वर्गमा त धेरै
आउँछन् तर हिम्मत गरेर उच्च पद पाउने‚ यस्ता करोडौंमा कोही निस्कने छन्। अच्छा!
माता-पिता बापदादाको
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
रात्रि क्लास १५ ६
६८
जे बितेर गयो त्यो
दोहोरिदा कसैको दिल कमजोर छ भने उसको दिलको कमजोरी पनि दोहोरिन्छ। त्यसैले
बच्चाहरूलाई ड्रामाको पटरीमा राखिएको हो। मुख्य फाइदा हुन्छ नै यादद्वारा। यादद्वारा
नै आयु लामो हुन्छ। ड्रामालाई बच्चाहरूले बुझेमा कहिल्यै चिन्ता हुँदैन। ड्रामामा
यतिबेला ज्ञान सिक्ने र सिकाउने कार्य चलिरहेको छ। फेरि यो पार्ट बन्द हुन्छ। न
बाबाको‚ न हाम्रो पार्ट रहन्छ। न उहाँको दिने पार्ट‚ न हाम्रो लिने पार्ट हुन्छ।
त्यसैले समान हुन्छौं नि। हाम्रो पार्ट नयाँ दुनियाँमा हुन्छ। बाबाको पार्ट
शान्तिधाममा छ। पार्टको रील भरिएको छ नि– हाम्रो प्रारब्धको पार्ट‚ बाबाको
शान्तिधामको पार्ट। दिने र लिने पार्ट पूरा भयो‚ ड्रामा नै पूरा भयो। फेरि हामी
राज्य गर्न आउँछौं। त्यो पार्ट फेरिन्छ। ज्ञान पूरा हुन्छ। हामी त्यो बन्छौं। पार्ट
नै पूरा भएपछि बाँकी अन्तर रहँदैन। बच्चाहरूसँग बाबाको पनि पार्ट रहँदैन। बच्चाहरूले
पूरा ज्ञान लिन्छन्। अनि उनीहरूसँग केही पनि रहँदैन। न दिनेसँग रहन्छ न लिनेहरूमा
कमी हुन्छ, त्यसैले दुवै समान भए। यसमा विचार सागर मन्थन गर्ने बुद्धि चाहिन्छ। खास
पुरुषार्थ हो यादको यात्राको। बाबा बसेर सम्झाउनुहुन्छ। सुनाउँदा त मोटो कुरा हुन्छ‚
बुद्धिमा त सूक्ष्म हुन्छ नि। भित्र जान्दछन् शिव बाबाको रूप के हो। सम्झाउँदा मोटो
रूप हुन्छ। भक्तिमार्गमा ठूलो लिङ्ग बनाउँछन्। आत्मा त छ सूक्ष्म। यो हो लीला।
कहाँसम्मको अन्त्य पाइएला? फेरि अन्त्यमा बेअन्त्य भनिदिन्छन्। बाबाले सम्झाउनु भएको
छ सारा पार्ट आत्मामा भरिएको हुन्छ। यो कुदरत हो। अन्त्य पाउन सकिदैन। सृष्टि चक्रको
अन्त्य त पाउँछन्। रचयिता र रचनाको आदि मध्य अन्त्यलाई तिमीले नै जान्दछौ। बाबा
ज्ञानका सागर हुनुहुन्छ। हामी सम्पूर्ण बन्छौं‚ पाउनको लागि केही रहदैन। बाबा यिनमा
प्रवेश गरेर पढाउनुहुन्छ। उहाँ हुनुहुन्छ बिन्दु। आत्माको वा परमात्माको
साक्षात्कार भएर मात्र कहाँ खुशी हुन्छ र। मेहनत गरेर बाबालाई याद गर्नाले विकर्म
विनाश हुन्छ। बाबा भन्नुहुन्छ– मैले ज्ञान दिन बन्द भएपछि तिम्रो पनि बन्द हुन्छ।
ज्ञान लिएर महान् बन्छौ। सबैले केही लिन्छन् फेरि पनि बाबा त बाबा हुनुहुन्छ नि।
तिमी आत्माहरू आत्मा नै रहन्छौ‚ बाबा भएर त रहँदैनौ। यो त ज्ञान हो। बाबा बाबा
हुनुहुन्छ‚ बच्चा बच्चा हुन्। यी सबै विचार सागर मन्थन गरेर गहिराइमा जाने कुरा हुन्।
यो पनि जानेका छौ– जानु त सबैले पर्छ। सबै जान्छन्। तर गएर आत्मा मात्र रहन्छ। सारा
दुनियाँ नै समाप्त हुन्छ‚ यसमा निडर रहनु पर्छ। पुरुषार्थ गर्नु पर्छ निडर भएर रहनको
लागि। शरीर आदिको कुनै पनि भान नआओस्‚ त्यसै अवस्थामा पुग्नु पर्छ। बाबाले आफू समान
बनाउनु हुन्छ। तिमी बच्चाहरूले पनि आफू समान बनाइरहन्छौ। एक बाबाको मात्रै याद रहोस्–
यस्तो पुरुषार्थ गर्नु छ। अझै समय छ। यो अभ्यास तीक्ष्ण बनाउनु छ। अभ्यास भएन भने त
खडा हुनुपर्छ। खुट्टा काम्न थाल्छन् र अचानक हर्टफेल हुन्छ। तमोप्रधान शरीरलाई
हर्टफेल हुन कहाँ समय लाग्छ र। जति अशरीरी हुँदै जान्छौ‚ बाबालाई याद गरिरहन्छौ,
त्यति नजिक आउँदै जान्छौ। योग गर्नेहरू नै निडर रहन्छन्। योगद्वारा शक्ति मिल्छ।
ज्ञानबाट धन मिल्छ। बच्चाहरूलाई चाहिन्छ शक्ति। शक्ति पाउनको लागि बाबालाई याद
गरिराख। बाबा हुनुहुन्छ अविनाशी सर्जन। उहाँ कहिल्यै बिरामी बन्न सक्नुहुन्न। अहिले
बाबा भन्नुहुन्छ– तिमीले आफ्नो अविनाशी औषधि गरिराख। मैले यस्तो सञ्जीवनी बुटी
दिन्छु, जसबाट कोही कहिल्यै बिमारी पर्दैन। केवल पतितपावन बाबालाई याद गरिरह्यौ भने
पावन बन्छौ। देवताहरू सदैव निरोगी पावन हुन्छन् नि। बच्चाहरूलाई यो त निश्चय भएको
छ– हामीले कल्पकल्प वर्सा लिन्छौं। अनगिन्ती पटक बाबा आउनु भएको छ‚ जसरी अहिले आउनु
भएको छ। बाबाले जे सिकाउनुहुन्छ‚ सम्झाउनुहुन्छ यही राजयोग हो। ती गीता आदि सबै
भक्तिमार्गका हुन्। यो ज्ञानमार्ग बाबाले नै बताउनुहुन्छ। बाबा नै आएर तलबाट माथि
उठाउनुहुन्छ। जो पक्का निश्चयबुद्धि छन् उनै मालाका दाना बन्छन्। बच्चाहरूले
सम्झन्छन्– भक्ति गर्दा गर्दा हामी तल गिर्दै आएका छौं। अहिले बाबा आएर सच्चा कमाइ
गराउनुहुन्छ। लौकिक बाबाले यति कमाइ गराउँदैनन् जति पारलौकिक बाबाले गराउनुहुन्छ।
अच्छा– बच्चाहरूलाई गुडनाइट, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सेवाधारी बन्नको लागि विकारहरूको अंशलाई पनि समाप्त गर्नु छ। सेवामा उत्साहित
भइरहनु छ।
२) हामी ईश्वरीय
सन्तान हौं‚ श्रीमतमा विश्वलाई विष्णुपुरी बनाइरहेका छौं, जहाँ सबै पक्का वैष्णव
हुन्छन्... यस नशामा रहनु छ।
वरदान:–
दु:खको
चक्करबाट सदा मुक्त रहने र सबैलाई मुक्त गर्ने स्वदर्शन चक्रधारी भव
जुन बच्चाले
कर्मेन्द्रियको वश भएर आज आँखाले, मुखले वा दृष्टिले धोका दियो भन्छन्, धोका खानु
अर्थात् दु:खको अनुभूति हुनु। दुनियाँमा त भन्छन्– चाहेको त थिइन, चक्करमा आएँ। तर
जो स्वदर्शन चक्रधारी बच्चाहरू छन्, उनीहरू कहिल्यै कुनै धोकाको चक्करमा आउन
सक्दैनन्। उनीहरू त दु:खको चक्करबाट मुक्त रहने र सबैलाई मुक्त गर्ने, मालिक बनेर
सबै कर्मेन्द्रियहरूबाट कर्म गराउने आत्मा हुन्।
स्लोगन:–
अकाल तख्तनशीन
बनेर आफ्नो श्रेष्ठ शानमा रहन्छौ भने कहिल्यै परेशान (उदास) हुनु पर्दैन।