06.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अब अशरीरी भएर घर जानु छ त्यसैले कसै सँग कुरा गर्दा आत्मा भाइ-भाइ सम्झेर कुरा गर , देही-अभिमानी रहने मेहनत गर।

प्रश्न:
भविष्य राजतिलक प्राप्त गर्ने आधार के हो?

उत्तर:
पढाइ। हरेकले पढेर राजतिलक लिनु छ। बाबाको कर्तव्य हो पढाउने, यसमा आशीर्वादको कुरै छैन। पूरा निश्चय छ भने श्रीमतमा चलिराख। लापर्बाही गर्नु हुँदैन। यदि मतभेदमा आएर पढाइ छोड्यौ भने फेल हुन्छौ, त्यसैले बाबा भन्नुहुन्छ मीठे बच्चे, आफूमाथि दया गर। आशीर्वाद माग्नु छैन, पढाइमा ध्यान दिनु छ।

ओम् शान्ति ।
परम शिक्षकले बच्चाहरूलाई पढाउनु हुन्छ। बच्चाहरूलाई थाहा छ परमपिता परमात्मा, पिता पनि हुनु हुन्छ, शिक्षक पनि हुनु हुन्छ। यस्तो तिमीलाई पढाउनु हुन्छ जुन अरू कसैले पढाउन सक्दैन। तिमीले भन्दछौ शिवबाबाले हामीलाई पढाउनु हुन्छ। हेर, उहाँ बाबा कुनै एकको मात्र हुनु हुन्न। मन्मनाभव, मध्याजीभव, यसको अर्थ सम्झाउनु हुन्छ मलाई याद गर। बच्चाहरू त अहिले समझदार भएका छन्। बेहदका बाबा भन्नुहुन्छ तिम्रो वर्सा त छ नै यो कहिल्यै भुल्नु हुँदैन। बाबा आत्माहरू सँग नै कुरा गर्नुहुन्छ। अहिले तिमी जीव आत्मा हौ नि। बेहदका बाबा पनि निराकार हुनु हुन्छ। तिमीलाई थाहा छ यस तनद्वारा उहाँ हामीलाई पढाइरहनु भएको छ। अरू कसैले यस्तो सम्झदैनन्। विद्यालयमा शिक्षकले पढाउँछन् भने भन्नेछन् लौकिक शिक्षकले, लौकिक बच्चाहरूलाई पढाउनु हुन्छ। यहाँ हुनु हुन्छ पारलौकिक सुप्रीम टिचर, जसले पारलौकिक बच्चाहरूलाई पढाउनु हुन्छ। तिमी पनि परलोक, मूलवतनका निवासी हौ। बाबा पनि परलोकमा रहनु हुन्छ। बाबा भन्नुहुन्छ म पनि शान्तिधामको निवासी हुँ र तिमी पनि त्यहाँको नै निवासी हौ। हामी दुवै एक धामका निवासी हौं। तिमी आफूलाई आत्मा सम्झ। म परम आत्मा हूँ। अहिले तिमी यहाँ पार्र्ट बजाइरहेका छौ। पार्ट बजाउँदा-बजाउँदा तिमी अहिले पतित बनेका छौ। यो सारा बेहदको रङ्गमञ्च हो, जसमा खेल हुन्छ। यो सारा सृष्टि कर्मक्षेत्र हो, यसमा खेल भइरहेको छ। यो पनि केवल तिमीले नै जान्दछौ। यो बेहदको खेल हो, यसमा दिन र रात पनि हुन्छ। सूर्य र चन्द्रमाले कति बेहदको रोशनी दिन्छन्, यो हो बेहदको कुरा। अहिले तिमीलाई ज्ञान पनि छ। रचयिता नै आएर रचयिता र रचनाको आदि-मध्य-अन्त्यको परिचय दिनु हुन्छ। बाबा भन्नुहुन्छ तिमीलाई रचनाको आदि-मध्य-अन्त्यको रहस्य सुनाउन आएको छु। यो पाठशाला हो, पढाउनेवाला अभोक्ता हुनु हुन्छ। यस्तो कसैले भन्दैनन् कि म अभोक्ता हुँ। अहमदाबादमा एउटा साधुले यस्तो भन्थे, तर पछि ठगी समातियो। यस समयमा ठगी पनि धेरै निस्किएको छ। भेषधारी धेरै छन्। यिनको त कुनै ड्रेस छैन। मनुष्यहरू सम्झन्छन् कृष्णले गीता सुनाए त्यसैले आजकल कति कृष्ण बनेका छन्। तर यति धेरै कृष्ण त हुँदैनन्। यहाँ त तिमीलाई शिवबाबा आएर पढाउनु हुन्छ, आत्माहरूलाई सुनाउनु हुन्छ। तिमीलाई बारम्बार भनिएको छ आफूलाई आत्मा सम्झेर भाइ-भाइलाई सुनाऊ। बुद्धिमा रहोस् बाबाको ज्ञान हामी भाइहरूलाई सुनाउँछौं। पुरुष अथवा महिला दुवै भाइ-भाइ हुन्। त्यसैले बाबा भन्नुहुन्छ तिमीहरू सबै मेरो वर्साको हकदार हौ। मिल्न त महिलालाई वर्सा मिल्दैन किनकि उनीहरूलाई विवाह घर जानु छ। यहाँ त हुन् नै सबै आत्माहरू। अशरीरी भएर जानु छ घर। अहिले जुन तिमीलाई ज्ञान रत्न मिल्छ यो अविनाशी रत्न बन्छ। आत्मा नै ज्ञानको सागर बन्छ नि। आत्माले नै सबथोक गर्छ। तर मनुष्यहरूलाई देह-अभिमान हुनाको कारण, देही-अभिमानी बन्दैनन्। अब तिमीले देही-अभिमानी बनेर एक बाबालाई याद गर्नु छ। केही त मेहनत चाहिन्छ नि। लौकिक गुरुलाई कति याद गर्छन्। मूर्ति राखिदिन्छन्। अब कहाँ शिवको चित्र, कहाँ मनुष्यको चित्र। रात-दिनको फरक छ। उनीहरू गुरुको फोटो लगाउँछन्। पतिहरूलाई अरूको फोटो लगाएको राम्रो लाग्दैन। हो, शिवको लगाए भने सबैलाई राम्रो लाग्छ किनकि उहाँ त परमपिता हुनु हुन्छ नि। उहाँको चित्र त हुनु पर्छ। उहाँ हुनु हुन्छ गलाको हार बनाउनेवाला। तिमी रुद्र मालाको मोती बन्छौ। हुन त सारा दुनियाँ रुद्र माला पनि हो, प्रजापिता ब्रह्माको माला पनि हो। माथि वंशवृक्ष छ। त्यो हो हदको वंशवृक्ष, यो हो बेहदको। जति पनि मनुष्य मात्र छन्, सबैको माला छ। आत्मा कति सानो भन्दा सानो बिन्दु छ। बिलकुल सानो बिन्दु छ। यसरी-यसरी बिन्दु दिँदै जाऊ तब अनगिन्ती हुन्छ। गन्दा-गन्दा थाक्नेछौ। तर हेर, आत्माको वृक्ष कति सानो छ। ब्रह्म तत्त्वमा धेरै सानो ठाउँमा रहन्छ। तिनीहरू फेरि यहाँ आउँछन् पार्ट बजाउन। यहाँ फेरि कति ठूलो दुनियाँ छ। हवाईजहाजमा कहाँ-कहाँ जान्छन्। त्यहाँ फेरि हवाईजहाज आदिको आवश्यकता छैन। आत्माहरूको सानो वृक्ष छ। यहाँ मनुष्यहरूको कति ठूलो वृक्ष छ। यी सबै हुन् प्रजापिता ब्रह्माका सन्तान। जसलाई कसैले एडम, कसैले आदि देव भन्छन्। पुरुष-महिला त अवश्य छन्। तिम्रो हो प्रवृत्ति मार्ग। निवृत्ति मार्गको खेल हुँदैन। एक हातले के हुन्छ। दुवै पाङ्ग्रा चाहिन्छ। दुइटा छन् भने आपसमा रेस गर्छन्। दोस्रो पाङ्ग्राले साथ दिएन भने ढिला हुन्छन्। तर एकको कारणले रोकिनु हुन्न। पहिला-पहिला पवित्र प्रवृत्ति मार्ग थियो। फेरि हुन्छ अपवित्र। गिर्दै जान्छन्। तिम्रो बुद्धिमा सारा ज्ञान छ। यो वृक्ष कसरी बढ्छ, कसरी थपिदै जान्छ। यस्तो वृक्ष कसैले निकाल्न सक्दैन। कसैको बुद्धिमा रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान छँदै छैन। त्यसैले बाबाले भन्नु भएको थियो यो लेख कि हामीले रचयिताद्वारा रचयिता र रचनाको ज्ञानको अन्त्य पाएका छौं। उनीहरूले त न रचयितालाई जान्दछन्, न रचनालाई। यदि परम्परा देखि यो ज्ञान चल्दै आएको भए कसैले बताओस्। तिमी ब्रह्माकुमार-कुमारीहरू बाहेक अरू कसैले बताउन सक्दैनन्। तिमीलाई थाहा छ हामी ब्राह्मणहरूलाई नै परमपिता परमात्माले पढाउनु हुन्छ। हामी ब्राह्मणहरूको नै उच्च भन्दा उच्च धर्म हो। चित्र पनि अवश्य देखाउनु पर्छ। चित्र बिना कहिल्यै बुद्धिमा बस्नेछैन। चित्र धेरै ठूला-ठूला हुनु पर्छ। विभिन्न धर्महरूको वृक्ष कसरी बढ्छ, यो पनि सम्झाइएको छ। पहिला त भन्थ्यौं हामी आत्मा सो परमात्मा, परमात्मा सो हामी आत्मा। अब बाबाले यसको पनि अर्थ बताउनु भएको छ। अहिले हामी सो ब्राह्मण छौं फेरि हामी सो देवता बन्नेछौं, नयाँ दुनियाँमा। अहिले हामी पुरुषोत्तम संगमयुगमा छौं अर्थात् यो हो पुरुषोत्तम बन्ने संगमयुग। यो सबै तिमी सम्झाउन सक्छौ रचयिता र रचनाको अर्थ, हम सो को अर्थ। ओम् अर्थात् म आत्मा फस्ट, फेरि यो शरीर हो। आत्मा अविनाशी र शरीर विनाशी छ। हामी यो शरीर धारण गरेर पार्ट बजाउँछौं। यसलाई भनिन्छ आत्म अभिमानी। हामी आत्माले फलानो पार्ट बजाउँछौं, हामी आत्माले यो गर्छौं, हामी आत्मा परमात्माका बच्चा हौं। कति अनौठो ज्ञान छ। यो ज्ञान बाबामा नै छ, त्यसैले बाबालाई नै बोलाउँछन्।

बाबा हुनु हुन्छ ज्ञानको सागर। उहाँको तुलनामा फेरि छ अज्ञानको सागर, आधा कल्प हुन्छ ज्ञान, आधा कल्प हुन्छ अज्ञान। ज्ञानको बारेमा कसैलाई थाहा नै छैन। ज्ञान भनिन्छ रचयिताद्वारा रचनालाई जान्नु। त्यसैले अवश्य रचयितामा नै ज्ञान छ नि, त्यसैले उहाँलाई रचयिता भनिन्छ। मनुष्यहरूले सम्झन्छन् रचयिताले यो रचना रच्नु भएको हो। बाबा सम्झाउनु हुन्छ यो त अनादि बनिबनाउ खेल हो। भन्दछन् पतित-पावन आउनुहोस्, त्यसैले रचयिता कसरी भन्ने त? रचयिता तब भनिन्छ जब प्रलय भएपछि रचिन्छ। बाबाले त पतित दुनियाँलाई पावन बनाउनु हुन्छ। त्यसैले यो सारा विश्वको जुन वृक्ष छ त्यसको आदि-मध्य-अन्त्यलाई त प्यारा बच्चाहरूले नै जान्दछन्। जसरी मालीले हर एक बीज र वृक्षलाई जान्दछ। बीउलाई देखेपछि सारा वृक्ष बुद्धिमा आउँछ। त्यस्तै यो हो मनुष्य सृष्टिको बीज। उहाँलाई कसैले चिनेका छैनन्। गाउँछन् पनि परमपिता परमात्मा सृष्टिको बीजरूप हुनु हुन्छ। सत्, चित, आनन्द स्वरूप हुनु हुन्छ, सुख, शान्ति, पवित्रताको सागर हुनु हुन्छ। तिमीलाई थाहा छ यो सारा ज्ञान परमपिता परमात्माले यस शरीरद्वारा दिइरहनु भएको छ। त्यसैले अवश्य यहाँ आउनु हुन्छ नि। प्रेरणाद्वारा पतितहरूलाई पावन कसरी बनाउनु हुन्छ। त्यसैले बाबा यहाँ आएर सबैलाई पावन बनाएर लैजानु हुन्छ। उहाँ बाबाले नै तिमीलाई पाठ पढाइरहनु भएको छ। यो हो पुरुषोत्तम संगमयुग। यसमा तिमी भाषण गर्न सक्छौ, कसरी आत्मा तमोप्रधानबाट श्रेष्ठ सतोप्रधान बन्छन्। तिम्रो पासमा टपिक त धेरै छन्। यो पतित तमोप्रधान दुनियाँ सतोप्रधान कसरी बन्छ यो पनि जान्न लायक छ। पछि गएर तिम्रो यो ज्ञान सबैले सुन्नेछन्। कतिले छोडिदिन्छन् पनि फेरि आउँछन् किनकि गति-सद्गतिको दोकान एउटै छ। तिमी भन्न सक्छौ सबैको सद्गति दाता एक बाबा नै हुनु हुन्छ। उहाँलाई श्री श्री भनिन्छ। श्रेष्ठ भन्दा श्रेष्ठ हुनु हुन्छ परमपिता परमात्मा। उहाँले हामीलाई श्रेष्ठ बनाउनु हुन्छ। श्रेष्ठ छ सत्ययुग, भ्रष्ट छ कलियुग। भन्छन् पनि, भ्रष्टाचारी। तर आफूलाई सम्झँदैनन्। पतित दुनियाँमा एक जना पनि श्रेष्ठ छैन। श्री श्री जब आउनु हुन्छ तब आएर श्री बनाउनु हुन्छ। श्री को टाइटल सत्ययुग आदिमा देवताहरूको थियो। यहाँ त सबैलाई श्री श्री भनिदिन्छन्। वास्तवमा श्री अक्षर हो नै पवित्रताको। अरू धर्मका कसैले पनि आफूलाई श्री भन्दैनन्। श्री पोप भन्छन् र? यहाँ त सबैलाई भनिरहन्छन्। कहाँ हंस मोती टिप्नेवाला, कहाँ बकुल्ला फोहोर खानेवाला। फरक त छ नि। यिनी देवताहरू हुन् फूल, त्यो हो ईश्वरको बगैंचा। बाबाले तिमीलाई फूल बनाइरहनु भएको छ। बाँकी फूलहरूमा भेराइटी हुन्छ। सबै भन्दा राम्रो फूल हो राजा फूल (किङ्ग फ्लावर)। यी लक्ष्मी-नारायणलाई नयाँ दुनियाँको किंग क्वीन फ्लावर भनिन्छ।

तिमी बच्चाहरूलाई आन्तरिक खुशी हुनु पर्छ। यसमा बाहिर केही गर्नु पर्ने हुँदैन। यी बत्ती आदि जलाउनुको पनि अर्थ हुनु पर्छ। शिव जयन्तीमा जलाउनु पर्छ या दीपावलीमा? दीपावलीमा लक्ष्मीको आह्वान गर्छन्। उनी सँग पैसा माग्छन्। जबकि भन्डारा भर्नेवाला त शिव भोला भन्डारी हुनु हुन्छ। तिमीलाई थाहा छ शिवबाबाद्वारा हाम्रो अखुट खजाना भरिन्छ। यो ज्ञान रत्न धन हो। त्यहाँ पनि तिम्रो पासमा अथाह धन हुन्छ। नयाँ दुनियाँमा तिमी मालामाल हुनेछौ। सत्ययुगमा अथाह हीरा-जुहारत थियो। फेरि त्यही हुन्छ। मनुष्यहरू अलमलिन्छन्। यो सबै खत्तम हुन्छ, फेरि कहाँबाट आउँछ? खानीहरू खनिसके, पहाडहरू भत्किसके फेरि कसरी हुन्छ? भन, इतिहास दोहोरिन्छ नि, जे पनि थियो त्यो फेरि दोहोरिन्छ। तिमी बच्चाहरू पुरुषार्थ गरिरहेका छौ, स्वर्गको मालिक बन्नको लागि। स्वर्गको इतिहास-भूगोल फेरि दोहोरिन्छ। गीतमा छ नि हजुरले सारा सृष्टि, सारा समुद्र, सारा पृथ्वी हामीलाई दिनुभयो जुन कसैले हामीबाट छिन्न सक्दैन। त्यसको तुलनामा अहिले के छ र! जमिनको लागि, पानीको लागि, भाषाको लागि लड्छन्।

स्वर्गका रचयिता बाबाको जन्म मनाइन्छ। अवश्य उहाँले स्वर्गको बादशाही दिनु भएको हुनु पर्छ। अहिले तिमीलाई बाबाले पढाइरहनु भएको छ। तिमीले यस शरीरको नाम रूपबाट अलग भएर आफूलाई आत्मा सम्झिनु छ। पवित्र बन्नु छ या त योगबलबाट या त सजाय खाएर। फेरि पद पनि कम हुन जान्छ। विद्यार्थीहरूको बुद्धिमा रहन्छ नि हामी यो पद पाउनेछौ। शिक्षकले यति पढाउनु भएको छ। फेरि शिक्षकलाई पनि सौगात दिन्छन्। यहाँ त बाबा तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ। तिमी फेरि भक्तिमार्गमा उहाँलाई याद गरिरहन्छौ। तर बाबालाई तिमी सौगात के दिन्छौ? यहाँ त जे पनि देख्छौ त्यो त रहनु छैन। यो त पुरानो छी-छी दुनियाँ हो त्यसैले त मलाई बोलाउँछन्। बाबा तिमीलाई पतितबाट पावन बनाउनु हुन्छ। यस खेललाई याद गर्नु पर्छ। ममा रचनाको आदि-मध्य-अन्त्यको नलेज छ, जुन तिमीलाई सुनाउँछु, तिमी अहिले सुन्छौ फेरि भुल्दछौ। पाँच हजार वर्षपछि फेरि चक्र पूरा हुन्छ। तिम्रो पार्ट कति लभली छ। तिमी सतोप्रधान र लभली बन्छौ। फेरि तमोप्रधान पनि तिमी नै बन्छौ। तिमीले नै बोलाउँछौ बाबा आउनुहोस् भनेर। अब म आएको छु। यदि निश्चय छ भने श्रीमतमा चल्नु पर्छ। गल्ती गर्नुहुँदैन। कति बच्चाहरू मतभेदमा आएर पढाइ छोडिदिन्छन्। श्रीमतमा चलेनौ, पढेनौ भने फेल पनि तिमी नै हुनेछौ। बाबा त भन्नुहुन्छ आफैंलाई दया गर। हर एकले पढेर आफैंलाई राजतिलक दिनु छ। बाबाको त हो पढाउने ड्युटी, यसमा आशीर्वादको कुरै छैन। फेरि त सबैलाई आशीर्वाद गर्नु पर्छ। यो कृपा आदि भक्तिमार्गमा माग्छन्। यहाँ त्यो कुरा छैन। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः
१) प्रवृत्तिमा रहेर आपसमा रेस गर्नु छ। यदि कुनै कारणले एउटा चक्का ढिला भए पनि उसको पछि रोकिनु हुँदैन। स्वयंलाई राजतिलक दिने लायक बनाउनु छ।

२) शिव जयन्ती बडो धुम-धाम सँग मनाऊ किनकि शिवबाबाले जुन ज्ञान रत्न दिनु हुन्छ, त्यसबाट नै तिमी नयाँ दुनियाँमा मालामाल बन्छौ। तिम्रो सबै भण्डार भरिपूर्ण हुन्छन्।


वरदान:
सर्व पदार्थहरूको आसक्तिबाट न्यारा अनासक्त , प्रकृतिजित भव

यदि कुनै पनि पदार्थले कर्मेन्द्रियहरूलाई विचलित गर्छ अर्थात् आसक्तिको भाव उत्पन्न हुन्छ भने पनि न्यारा बन्न सक्दैनौ। इच्छाहरू नै आसक्तिको रूप हो। कतिले भन्छन् इच्छा छैन तर अच्छा लाग्छ। यो पनि सूक्ष्म आसक्ति हो यसको महीन रूपबाट जाँच गर यी पदार्थ अर्थात् अल्पकाल सुखका साधनहरूले आकर्षित त गर्दैन? यी पदार्थ प्रकृतिका साधन हुन्। जब यसबाट अनासक्त अर्थात् न्यारा बन्छौ तब प्रकृतिजित बन्छौ।

स्लोगन:
मेरो मेरोको झमेलालाई छोडेर बेहदमा स्थित होऊ, तब भनिन्छ विश्व कल्याणकारी।