06.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
महावीर हौ , तिमी मायाको तुफानसँग डराउनु छैन , एक बाबा सिवाय अरू कुनै पनि पर्बाह
नगरी पवित्र अवश्य बन्नु छ।”
प्रश्न:–
बच्चाहरूमा
कुनचाहिँ हिम्मत बनिरह्यो भने धेरै उच्च पद पाउन सक्छन्?
उत्तर:–
श्रीमतमा चलेर पवित्र बन्ने। जतिसुकै हंगामा होस्, अत्याचार सहन गर्न परोस् तर
बाबाले जुन पवित्र बन्ने श्रेष्ठ मत दिनु भएको छ, त्यसमा निरन्तर चलिरह्यौ भने धेरै
उच्च पद पाउन सक्छौ। कुनै पनि कुरामा डराउनु छैन, जे भए पनि त्यो नयाँ होइन।
गीत:–
भोलेनाथ से
निराला....
ओम् शान्ति ।
यो हो भक्ति
मार्गको गीत। ज्ञान मार्गमा गीत आदिको कुनै आवश्यकता छैन किनकि गाइएको छ– बाबाबाट
हामीलाई बेहदको वर्सा मिल्नु छ। जो भक्ति मार्गको रसम रिवाज छ, त्यो यसमा आउन
सक्दैन। बच्चाहरूले कविता आदि बनाउँछन् त्यो अरूलाई सुनाउनको लागि। त्यसको अर्थ पनि
जबसम्म तिमीले सम्झाउँदैनौ तबसम्म कसैले बुझ्न सक्दैन। अब तिमी बच्चाहरूलाई बाबा
मिल्नु भएको छ त्यसैले खुसीको पारा चढ्नुपर्छ। बाबाले ८४ जन्मको चक्रको ज्ञान पनि
सुनाउनु भएको छ। खुसी हुनुपर्छ– हामी अहिले स्वदर्शन चक्रधारी बनेका छौं। बाबाबाट
विष्णुपुरीको वर्सा लिइरहेका छौं। निश्चयबुद्धि नै विजयन्ती। जसलाई निश्चय हुन्छ
उनीहरू सत्ययुगमा त आउँछन् नै। त्यसैले बच्चाहरूलाई सदैव खुसी रहनु पर्छ– बाबाको
अनुसरण गर। बच्चाहरूले जानेका छन्– निराकार शिवबाबाले जब यिनमा प्रवेश गर्नुभयो तब
धेरै हंगामा भयो। पवित्रताको विषयमा धेरै झगडा चल्यो। बच्चाहरू ठूलो भएपछि भन्छन्–
छिटै विवाह गर, विवाह विना काम कसरी चल्छ? पढ्न त मनुष्यहरूले गीता पढ्छन् तर
त्यसबाट केही बुझ्दैनन्। सबैभन्दा धेरै बाबालाई अभ्यास थियो। एक दिन पनि गीता पढ्न
मिस गर्दैनथे। जब थाहा भयो, गीताका भगवान शिव हुनुहुन्छ, नशा चढ्यो– म त विश्वको
मालिक बन्छु। यो त शिव भगवानुवाच हो फेरि पवित्रताको लागि पनि धेरै हंगामा भयो। यसमा
बहादुरी चाहिन्छ नि। तिमी हौ नै महावीर महावीरनी। एक बाबा सिवाय अरू कसैको पर्बाह
छैन। पुरुष हुन् रचयिता, रचयिता स्वयं पावन बने भने रचनालाई पनि पावन बनाउँछन्। यस
कुरामा नै धेरैको झगडा चल्यो। ठूला-ठूला घरहरूबाट निस्किएर आए। कसैको पर्बाह गरेनन्।
कसैको तकदिरमा छैन भने कसरी बुझून्? पवित्र बस्नु छ भने बस, नत्र गएर आफ्नो प्रबन्ध
गर। यति हिम्मत चाहिन्छ नि। बाबाको सामुन्ने कति हंगामा भए। बाबालाई कहिल्यै दु:खी
भएको देख्यौ? अमेरिकासम्म पत्रिकामा निस्कियो। नयाँ केही होइन। यो त कल्प पहिला
जस्तै हुन्छ, यसमा डराउने के कुरा छ। हामीलाई त आफ्नो बाबाबाट वर्सा लिनु छ। आफ्नो
रचनालाई बचाउनु छ। बाबालाई थाहा छ– सारा रचना यस समय पतित छ। मैले नै सबैलाई पावन
बनाउनु छ। बाबालाई नै सबैले भन्छन्– हे पतित-पावन, लिबरेटर आउनुहोस्, त्यसैले
उहाँलाई दया आउँछ। दयावान हुनुहुन्छ नि। बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू!
कुनै पनि कुरामा नडराऊ। डराउनाले त्यति उच्च पद पाउन सक्दैनौ। माताहरूमाथि नै
अत्याचार हुन्छ। यो पनि निशानी हो– द्रौपदीलाई नाङ्गो बनाउँथ्यो। बाबाले २१ जन्मको
लागि नाङ्गो हुनबाट बचाउनु हुन्छ। दुनियाँले यी कुरालाई जान्दैन। पतित तमोप्रधान
पुरानो सृष्टि पनि बन्नु नै छ। हरेक चीज नयाँबाट फेरि पुरानो हुनु नै छ। पुरानो
घरलाई छोड्नु नै पर्छ। नयाँ दुनियाँ गोल्डन एज, पुरानो दुनियाँ आइरन एज.... सदैव त
रहन सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ– यो सृष्टि चक्र हो। देवी-देवताहरूको राज्यको
फेरि स्थापना भइरहेको छ। बाबा पनि भन्नुहुन्छ– फेरि तिमीलाई गीता ज्ञान सुनाउँछु।
यहाँ रावण राज्यमा दु:ख छ। रामराज्य केलाई भनिन्छ, यो पनि कसैले जानेका छैनन्। बाबा
भन्नुहुन्छ– म स्वर्ग अथवा राम राज्यको स्थापना गर्न आएको छु। तिमी बच्चाहरूले अनेक
पटक राज्य लियौ फेरि गुमायौ। यो सबैको बुद्धिमा छ– २१ जन्म सत्ययुगमा हामी रहन्छौं,
यसलाई २१ पीढी भनिन्छ अर्थात् जब वृद्ध अवस्था हुन्छ तब शरीर छोड्छन्। अकालमा मृत्यु
कहिल्यै हुँदैन। अब तिमी त्रिकालदर्शी जस्तै बनेका छौ। तिमीलाई थाहा छ– शिवबाबा को
हुनुहुन्छ? शिवको मन्दिर पनि धेरै बनाएका छन्। मूर्ति त घरमा पनि राख्न सक्छौ नि।
तर भक्ति मार्ग पनि ड्रामामा निश्चित छ। बुद्धिले काम लिनुपर्छ। कृष्णको अथवा शिवको
मूर्ति घरमा पनि राख्न सक्छन्। चीज त एउटै हो। फेरि यति टाढा टाढा किन जान्छन्? के
उनीहरूसँग जानाले कृष्णपुरीको वर्सा मिल्छ? अहिले तिमीलाई थाहा छ– जन्म-जन्मान्तर
हामीले भक्ति गर्दै आएका छौं। रावण राज्यको पनि भव्यता हेर कति छ। यो हो अन्त्यको
भव्यता। रामराज्य त सत्ययुगमा थियो। त्यहाँ यो विमान आदि सबै थियो फेरि यो सबै हरायो।
फेरि यस समयमा यी सबै निस्किएका छन्। अहिले यी सबैले सिकिरहेका छन्, जसले सिकेका छन्,
उनले संस्कार लिएर जान्छन्। त्यहाँ आएर फेरि विमान बनाउँछन्। यी भविष्यमा तिमीलाई
सुख दिने चीज हुन्। यो साइन्स फेरि तिम्रो काममा आउने छ। अहिले यो साइन्स दु:खको
लागि हो, फेरि त्यहाँ सुखको लागि हुन्छ। अहिले स्थापना भइरहेको छ। बाबाले नयाँ
दुनियाँको लागि राजधानी स्थापना गर्नुहुन्छ त्यसैले तिमी बच्चाहरू महावीर बन्नु छ।
दुनियाँमा यो कहाँ कसैले जान्दछ र– भगवान आउनु भएको छ।
बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बन, यसमा डराउने कुनै
कुरा छैन। हुन सक्छ, गाली गर्लान्। गाली त यिनलाई पनि धेरै मिलेको हो। कृष्णले गाली
खाए, यस्तो देखाउँछन्। अब कृष्णले त गाली खान सक्दैनन्। गाली त कलियुगमा खान्छन्।
तिम्रो रूप जो अहिले छ, फेरि कल्प पछि यही समयमा हुन्छ। बीचैमा कहिल्यै हुन सक्दैन।
जन्म-जन्म चेहरा परिवर्तन हुँदै जान्छन्, ड्रामा यस्तो बनेको छ। ८४ जन्ममा जुन जुन
अनुहारको जन्म लिएका छौ त्यही लिन्छौ। अब तिमीलाई थाहा छ– यही चेहरा परिवर्तन भएर
अर्को जन्ममा यस्तो लक्ष्मी-नारायणको चेहरा हुन्छ। तिम्रो बुद्धिको अब ताला खुलेको
छ। यो हो नयाँ कुरा। बाबा पनि नयाँ, ज्ञान पनि नयाँ। यो कुरा कसैको बुद्धिमा छिटै
आउँदैन। तकदिरमा छ भने केही बुझ्छन्। बाँकी महावीर उनीहरूलाई भनिन्छ, जो जतिसुकै
तुफान आए पनि हल्लिदैनन्। अहिले त्यो अवस्था हुन सक्दैन। हुनु अवश्य छ। महावीर कुनै
तुफानसँग डराउँदैन। त्यो अवस्था अन्त्यमा हुनु छ त्यसैले गायन भएको छ– अतीन्द्रिय
सुख गोप-गोपीनीसँग सोध। बाबा आउनु भएको छ तिमी बच्चाहरूलाई स्वर्गको लायक बनाउन।
कल्प पहिला जस्तै नर्कको विनाश त हुनु नै छ। सत्ययुगमा त एउटै धर्म हुन्छ। चाहन्छन्
पनि एकता, एक धर्म हुनुपर्छ। यो पनि कसैलाई थाहा छैन– राम राज्य, रावण राज्य
अलग-अलग हुन्। अब बाबामा पूरा निश्चय छ भने श्रीमतमा चल्नुपर्छ। त्यस अनुसार फेरि
राय पनि दिइन्छ। यी बाबाले पनि लौकिक बच्चाहरूलाई भने– यदि विवाह गर्नु छ भने गएर
गर। त्यहाँ धेरै मित्र सम्बन्धी आदि बसेका छन्, उनीहरूले विवाह गराइदिन्छन्। फेरि
कोही न कोही निस्कियो। त्यसैले हरेकको अवस्था हेरिन्छ। सोध्छन्– बाबा यो हालत छ, म
पवित्र रहन चाहन्छु, मेरो सम्बन्धीले मलाई घरबाट निकालिदिन्छन्, अब के गर्ने? अरे
यो पनि सोध्छौ, पवित्र रहनु छ, यदि रहन सक्दैनौ भने गएर विवाह गर। सम्झ– कसैको सगाई
भएको छ, राजी गर्नु छ, हर्जा छैन। जब लगन गाँठो बाँध्छन्, त्यस समयमा भन्छन्– यी पति
तिम्रा गुरु हुन्। ठिक छ त्यतिबेला तिमीले उनीबाट लेखाऊ। तिमीले मान्छौ– म तिम्रो
गुरु ईश्वर हुँ, लेख। ठिक छ, अब म हुकुम दिन्छु– पवित्र रहनु छ। हिम्मत चाहिन्छ नि।
लक्ष्य धेरै ठूलो छ। प्राप्ति धेरै जबरदस्त छ। कामको आगो तब लाग्छ, जब प्राप्ति थाहा
हुँदैन। बाबा भन्नुहुन्छ– यति ठूलो प्राप्ति छ भने यदि एक जन्म पवित्र रह्यौ भने के
ठूलो कुरा भयो र। म तिम्रो पति ईश्वर हुँ। मेरो आज्ञामा पवित्र रहनु पर्छ। बाबाले
युक्ति बताइदिनुहुन्छ। यहाँ यो नियम छ, स्त्रीलाई भन्छन्– तिम्रा पति ईश्वर हुन्।
उनको आज्ञामा रहनु छ। पतिको पाउ दबाउनु छ किनकि सम्झन्छन् नि, लक्ष्मीले पनि
नारायणको पाउ दबाएकी थिइन्। यो चलन कहाँबाट निस्कियो? भक्ति मार्गको चित्रबाट।
सत्ययुगमा त यस्ता कुरा हुँदैनन्। नारायण कहाँ कहिल्यै थाक्छन् र जसकारण लक्ष्मीले
पाउ दबाउन परोस्। थकावटको कुरा हुन सक्दैन। यो त दु:खको कुरा हुन जान्छ। त्यहाँ
दु:ख दर्द कहाँबाट आउँछ? त्यसैले बाबाले फोटोबाट लक्ष्मीको चित्र नै उडाइदिए। नशा त
चढ्छ नि। सानैदेखि वैराग्य थियो त्यसैले भक्ति धेरै गर्थे। त्यसैले बाबाले धेरै
युक्ति बताउनु हुन्छ। तिमीलाई थाहा छ– हामी एक बाबाका बच्चाहरू हौं त्यसैले आपसमा
भाइ-बहिनी भयौं। हजुरबुवासँग वर्सा लिन्छौं। बाबालाई बोलाउँछन् नै पतित दुनियाँमा।
हे पतित-पावन सबै सीताहरूका राम। बाबालाई सत्य भनिन्छ, सचखण्ड स्थापना गर्नेवाला।
उहाँले नै सारा सृष्टिको आदि-मध्य-अन्त्यको सत्य ज्ञान तिमीलाई दिनुहुन्छ। तिम्रो
आत्मा अहिले ज्ञानसागर बनिरहेको छ।
बच्चाहरूले हिम्मत राख्नुपर्छ, हामी बाबाको श्रीमतमा चल्नु छ। बेहदको बाबाले बेहदको
रचनालाई स्वर्गको मालिक बनाउनु हुन्छ। त्यसैले पुरुषार्थ गरेर पूरा वर्सा लिनु छ।
समर्पित हुनु छ। तिमीले उहाँलाई आफ्नो वारिस बनाउँछौ भने उहाँले तिमीलाई २१ जन्मको
लागि वर्सा दिनुहुन्छ। बाबा बच्चाहरूमा समर्पित हुनुहुन्छ। बच्चाहरूले भन्छन्– बाबा
यो तन-मन-धन सबै हजुरको हो। हजुर बाबा पनि हुनुहुन्छ भने बच्चा पनि हुनुहुन्छ।
गाउँछन् पनि, त्वमेव माताश्च पिता त्वमेव... एकको महिमा कति महान् छ। उहाँलाई
भनिन्छ नै सबैको दु:ख हर्ता सुख कर्ता। सत्ययुगमा ५ तत्त्व पनि सुख दिनेवाला हुन्छन्।
कलियुगमा ५ तत्त्व पनि तमोप्रधान भएकाले दु:ख दिन्छन्। त्यहाँ त हुन्छ नै सुख।
ड्रामा यस्तो बनेको छ। तिमीलाई थाहा छ– यो त्यही ५ हजार वर्ष पहिलाको जस्तै लडाईं
हो। अहिले स्वर्गको स्थापना भइरहेको छ। त्यसैले बच्चाहरू सदैव खुसीमा रहनु पर्छ।
भगवानले तिमीलाई आफ्नो बनाउनु भएको छ फेरि तिमी बच्चाहरूलाई बाबाले शृंगार पनि
गर्नुहुन्छ, पढाउनु पनि हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा बाबा
समान बन्ने हिम्मत राख्नु छ। बाबामाथि पूरा समर्पित हुनु छ।
२) कुनै पनि कुरामा डराउनु हुँदैन। पवित्र अवश्य बन्नु छ।
वरदान:–
सदा दया र
कल्याणको दृष्टिद्वारा विश्वको सेवा गर्ने विश्व परिवर्तक भव
विश्व परिवर्तक वा
विश्व सेवाधारी आत्माहरूको मुख्य लक्षण हो– आफ्नो दया र कल्याणको दृष्टिद्वारा
विश्वलाई सम्पन्न र सुखी बनाउनु। ईश्वरीय सुख, शान्ति र ज्ञान धनद्वारा, सर्व
शक्तिहरूद्वारा सर्व आत्माहरूलाई भिखारीबाट अधिकारी बनाउनु– यस्ता सेवाधारीले आफ्नो
हर सेकेन्ड, बोली र कर्म, सम्बन्ध, सम्पर्क सेवामा नै लगाउँछन्। उनको हेराइ, हिँडाइ,
खुवाइ– सबैमा सेवा समाहित भएको हुन्छ।
स्लोगन:–
मान, शानलाई
त्यागेर आफ्नो समयलाई बेहद सेवामा सफल गर्नु नै परोपकारी बन्नु हो।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
परमार्थद्वारा
व्यवहार स्वत: सिद्ध हुन्छ
भगवानुवाच छ– तिमीले मद्वारा परम अर्थ जानेपछि मेरो परम पदलाई प्राप्त गर्ने छौ
अर्थात् परमार्थलाई जानेपछि व्यवहार सिद्ध हुन्छ। हेर, देवताहरूको अगाडि प्रकृति त
चरणको दासी बनेर रहन्छ। यी ५ तत्वहरूले सुखस्वरूप बनेर मन इच्छित सेवा गर्छन्। यस
समयमा हेर मन इच्छित सुख नमिल्नाको कारणले मनुष्यलाई दु:ख, अशान्ति मिलिरहन्छ।
सत्ययुगमा त यो प्रकृति दासी हुन्छ। हेर, देवताहरूको जड मूर्तिमा पनि यति
हीरा-जुहारत लगाउँछन् भने जब चैतन्यमा प्रत्यक्ष हुँदा त्यस समयमा कति वैभव होला!
यस समयमा मानिसहरू भोकै मर्छन् तर जड मूर्तिमा करोडौं रूपैया खर्च गरिरहेका छन्। यो
किन! अवश्य उनीहरूले श्रेष्ठ कर्म गरेका हुन् त्यसैले उनीहरूका यादगर बनेका छन्।
उनको पूजन पनि कति हुन्छ! ती निर्विकारी प्रवृत्तिमा कमल पुष्प समान अवस्थामा थिए।
अहिले त निर्विकारी प्रवृत्तिको सट्टामा विकारी प्रवृत्तिमा परिवर्तित भएका छन्,
जसकारण सबैले परमार्थलाई बिर्सेर व्यवहार तिर लागेका छन् त्यसैले रिजल्ट उल्टो छ।
अहिले हामीलाई स्वयं परमात्मा आएर विकारी प्रवृत्तिबाट निकालेर निर्विकारी प्रवृत्ति
सिकाउनु हुन्छ, जसबाट आफ्नो जीवन सदाकालको लागि सुखी बन्छ। त्यसैले पहिला परमार्थ
अनि व्यवहार। परमार्थमा रहनाले व्यवहार स्वत: सिद्ध हुन्छ। ओम् शान्ति।