06.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे ज्ञान सागर बाबाले तिमीलाई रत्नहरूको थाली भरेर दि नु हु न्छ , जति चाहन्छौ आफ्नो झोली भर , सबै चिन्ताहरूबाट मुक्त बन ।

प्रश्न:
ज्ञानमार्गको कुनचाहिँ कुरा भक्तिमार्गमा पनि मन पराउँछन्?

उत्तर:
स्वच्छता। ज्ञानमार्गमा तिमी बच्चाहरू स्वच्छ बन्छौ। बाबा तिम्रो मैलो कपडालाई स्वच्छ बनाउन आउनु भएको छ। आत्मा जब स्वच्छ अर्थात् पावन बन्छ तब घरमा जाने, उड्ने पंख लाग्छ। भक्तिमा पनि स्वच्छतालाई धेरै मन पराउँछन्। स्वच्छ बन्नको लागि गंगामा गएर स्नान गर्छन्, तर पानीबाट आत्मा स्वच्छ बन्न सक्दैन।

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरू! तिमीले यादको यात्रालाई बिर्सिनु हुँदैन। बिहानै जुन यो अभ्यास गर्छौ, त्यसमा वाणी हुन सक्दैन किनकि त्यो हो निर्वाणधाममा जाने युक्ति। पावन बने विना तिमी बच्चाहरू जान सक्दैनौ, उड्न सक्दैनौ। यो पनि बुझेका छौ, सत्ययुग जब हुन्छ, तब कति धेरै आत्माहरू उडेर जान्छन्। अहिले त कति धेरै, करोडौं आत्माहरू छन्। त्यहाँ सत्ययुगमा केही लाख मात्रै रहन्छन्। बाँकी सबै उडेर जान्छन्। अवश्य कसैले त आएर पंख दिन्छ नि। यस यादको यात्राबाट नै आत्मा पवित्र भएर जान्छ। यस बाहेक अरू कुनै उपाय छैन, पावन हुने। पतित-पावन पनि एक बाबालाई नै भन्दछन्, फेरि कसैले ईश्वर भन्छन्, परमात्मा भन्छन् वा भगवान् भन्छन्। हुन त एक हुनु हुन्छ। अनेक हुनु हुन्न। बाबा सबैको एक हुनु हुन्छ। लौकिक बुवा सबैका आ-आफ्ना हुन्छन्। बाँकी पारलौकिक त सबैको एकै हुनु हुन्छ। उहाँ एक जब आउनु हुन्छ तब सबैलाई सुख दिएर जानु हुन्छ। फेरि सुखमा उहाँलाई याद गर्ने आवश्यकता हुँदैन। त्यो पनि बितिसक्यो नि। अब बाबा बसेर भूत, भविष्यको रहस्य सम्झाउनु हुन्छ। कल्पवृक्षको भूत, वर्तमान र भविष्य धेरै सहज छ। तिमीलाई थाहा छ कसरी बीजबाट वृक्ष हुन्छ। फेरि वृद्धि हुँदै आखिरमा अन्त्य आइपुग्छ। त्यसलाई भनिन्छ आदि, मध्य, अन्त्य। यो हो विभिन्न धर्महरूको वृक्ष, विभिन्न अनुहार भएको वृक्ष। सबैको अनुहार आ-आफ्नो छ। फूलहरूमा तिमी देख्न सक्छौ जस्तो-जस्तो बोट हुन्छ, त्यस्तै त्यसको फूल निस्किन्छ। ती सबै फूलहरूको आकृति एकै किसिमका हुन्छन्। तर यस मनुष्य सृष्टिरूपी वृक्षमा भेराइटी छ। त्यसमा हरेक वृक्षको शोभा आ-आफ्नो हुन्छ। यस वृक्षमा त अनेक प्रकारका शोभा भएका छन्। जसरी बाबाले सम्झाउनु हुन्छ श्याम सुन्दर, यो देवी-देवताहरूको लागि हो। जब उनी सतोप्रधानबाट तमोप्रधान बन्छन्, तब उनै फेरि सुन्दरबाट श्याम बन्छन्। यसरी श्याम-सुन्दर अरू कुनै धर्ममा बन्दैनन् किनकि यस्ता पनि धर्म छन् जसमा कालाको कालै हुन्छन्। उनीहरूको अनुहार पनि हेर। जापानिजहरूको अनुहार, युरोपियनहरूको अनुहार, चिनियाँहरूको अनुहार हेर। भारतीयहरूको अनुहार बदलिँदै जान्छ। उनीहरूको लागि नै श्याम-सुन्दरको गायन छ, अरू कुनै धर्मको लागि होइन। यो मनुष्य सृष्टिको वृक्ष हो। विभिन्न धर्म छन्। ती सबै नम्बरवार कसरी आउँछन्, यो ज्ञान तिमी बच्चाहरूलाई अहिले मिलेको छ। अरू कसैले यो कुरा बुझाउन सक्दैन। यो कल्प हो ५ हजार वर्षको। यसलाई वृक्ष भन या दुनियाँ भन, आधा हुन्छ भक्ति, जसलाई रावण राज्य भनिन्छ। ५ विकारहरूको राज्य चल्छ, काम चितामाथि चढेर पतित, कालो बन्न पुग्छन्। रावण सम्प्रदायवालाको चलन र दैवी सम्प्रदायवालाको चलनमा दिन रातको फरक छ। मानिसहरूले उनको महिमा गाउँछन्, आफूलाई नीच पापी भन्छन्। अनेक प्रकारका मानिसहरू छन्। भक्ति त तिमीले धेरै गर्यौ। पुनर्जन्म लिँदै, भक्ति गर्दै आएका हौ। पहिले हुन्छ अव्यभिचारी भक्ति। एकको भक्ति पहिले पहिले सुरु गर्छौ, फेरि व्यभिचारी हुन्छ। अन्त्यमा फेरि एकदमै व्यभिचारी बन्न पुग्छन्, तब बाबा आएर अव्यभिचारी ज्ञान दिनु हुन्छ। जुन ज्ञानबाट सद्गति हुन्छ, यसको बारेमा जबसम्म थाहा हुँदैन, तबसम्म भक्तिकै घमण्ड रहन्छ। ज्ञानको सागर एकै परमात्मा हुनु हुन्छ, यो थाहै छैन। भक्तिमा कति वेदशास्त्र याद गरेर कण्ठ सुनाउँछन्। यो सबै हो भक्तिको विस्तार। भक्तिको शोभा छ। बाबा भन्नुहुन्छ यो मृगतृष्णा समान शोभा हो। त्यो मिराज जस्तो टाढाबाट यसरी चम्किन्छ मानौं चाँदी नै हो। हरिणलाई प्यास लाग्यो भने उसले त्यो बालुवामा भाग्दा भाग्दै फँस्छ। भक्ति पनि यस्तै हो, यसमा सबै फँसेका छन्, त्यसबाट निकाल्नमा बच्चाहरूलाई मेहनत लाग्छ। विघ्न पनि यसैमा पर्छ किनकि बाबाले पवित्र बनाउनु हुन्छ। द्रौपदीले पनि पुकारिन्। सारा दुनियाँमा द्रौपदी र दुर्योधनहरू छन्। अनि फेरि यस्तो पनि भन्न सकिन्छ तिमीहरू सबै पार्वतीहरू हौ, जो अमरकथा सुनिरहेका छौ। बाबाले तिमीलाई अमरलोकको लागि अमरकथा सुनाइरहनु भएको छ। यो हो मृत्युलोक। यहाँ अकालमा मृत्यु भइरहन्छ। बस्दा बस्दै हर्टफेल हुन्छ। तिमी हस्पिटलमा गएर पनि सम्झाउन सक्छौ। यहाँ हाम्रो आयु कति कम छ, बिरामी हुन्छौं। त्यहाँ बिमारी (रोग) हुँदैन।

भगवानुवाच आफूलाई आत्मा सम्झ, म बाबालाई याद गर। अरूबाट ममत्व मेटाइदियौ भने तिम्रो विकर्म विनाश हुन्छ। फेरि कहिल्यै बिरामी हुँदैनौ। कालले खाँदैन। आयु पनि लामो हुन्छ। यी देवताहरूको आयु लामो थियो नि। फेरि लामो आयु हुनेहरू कहाँ गए त? पुनर्जन्म लिँदा लिँदै आयु कम हुँदै गयो। यो दु:ख सुखको खेल हो, यसलाई कसैले जान्दैन। मेला आदि कति हुन्छन्। कुम्भको मेलामा कति व्यक्तिहरू स्नान गर्नको लागि जम्मा हुन्छन्, तर फाइदा केही पनि छैन। दिनहुँ तिमी स्नान गर्छौ, पानी त सबै ठाउँमा सागरबाटै आउँछ। सबै भन्दा राम्रो पानी कुवाको हुन्छ। नदीहरूमा त फोहोर परिरहन्छ। कुवाको पानी त स्वाभाविक शुद्ध हुन्छ। त्यसैले स्नान गर्न धेरै राम्रो हुन्छ। पहिले यो रिवाज थियो, अहिले नदीहरूको रिवाज बनेको छ। भक्ति मार्गमा पनि स्वच्छतालाई मन पराउँछन्। परमात्मालाई पुकार्छन् आएर हामीलाई स्वच्छ बनाउनुहोस्। गुरुनानकले पनि परमात्माको महिमा गाएका छन् मूत पलीती कपड धोये...बाबा आएर मैला कपडालाई स्वच्छ बनाउनु हुन्छ। यहाँ बाबा आत्मालाई स्वच्छ बनाउनु हुन्छ। तिनीहरूले आत्मालाई निर्लेप मान्छन्। बाबा भन्नुहुन्छ यो हो नै रावण राज्य। सृष्टिको उतरती कला हो। गायन पनि छ चढ्ती कला तेरे भाने सर्व का भला। सबैको सद्गति हुन्छ। हे बाबा, हजुरद्वारा सबैको भलो हुन्छ। सत्ययुगमा सबैको भलो हुन्छ। त्यहाँ सबै शान्तिमा हुन्छन्, एउटै राज्य हुन्छ। त्यतिबेला अरू सबै शान्तिधाममा रहन्छन्। अहिले यी व्यक्तिहरू मेहनत गर्छन् विश्वमा शान्ति होस् भनेर। उनीहरू सँग सोध पहिला कहिले विश्वमा शान्ति थियो, जो अब फेरि मागिरहनु भएको छ? उनले फेरि भनिदिन्छन् अहिले कलियुग पूरा हुन अझै ४० हजार वर्ष बाँकी छ। मानिसहरू घोर अन्धकारमा छन्। कहाँ ५ हजार वर्षको सारा कल्प, कहाँ एक कलियुगकै ४० हजार वर्ष बचेको बताउँछन्! अनेक मत छन्। बाबा आएर सत्य बताउनु हुन्छ, जन्म पनि ८४ जन्म मात्रै हो। लाखौं वर्ष भए त मनुष्य, जनावर आदि पनि बन्न सक्ने थिए, तर नियम नै छैन। ८४ जन्म मनुष्यको नै लिन्छन्। त्यसको हिसाब-किताब पनि बाबा बताउनु हुन्छ। यो ज्ञान तिमी बच्चाहरूलाई धारण गर्नु छ। ऋषि-मुनिले त नेति-नेति भन्दै गए अर्थात् हामीले जान्दैनौं, त्यसैले नास्तिक ठहरिए। अवश्य कोही आस्तिक हुनु पर्छ। आस्तिक हुन्छन् देवताहरू, नास्तिक हुन्छन् रावण राज्यमा। ज्ञानबाट तिमी आस्तिक बन्छौ, फेरि २१ जन्मको लागि वर्सा मिल्छ। फेरि ज्ञानको आवश्यकता नै रहँदैन। अहिले पुरुषोत्तम संगमयुग हो, जबकि हामीलाई उत्तम भन्दा उत्तम पुरुषले स्वर्गको मालिक बनाइरहनु भएको छ। यसमा जति जसले पढ्नेछ, त्यति उँच पद पाउँछ। पढाइ-लेखाइ भएमा विश्वको मालिक बन्छौ, नत्र कम पद। तर त्यो राजाई हुन्छ सुखको। यहाँ छ दु:खको। आस्तिक बनेका हुनाले सुखको राजाई गर्छन्। फेरि रावण आएपछि नास्तिक बन्छन्, त्यसैले दु:ख हुन्छ। भारतवर्ष जब सम्पन्न थियो, त्यतिबेला अथाह धन थियो, सोमनाथको मन्दिर कति भव्य बनाइएको छ। मन्दिर बनाउनको लागि त यतिका पैसा थियो भने स्वयंको पासमा कति पैसा थियो होला! यिनलाई यति धेरै पैसा कहाँबाट मिल्यो? शास्त्रहरूमा लेखेका छन् सागरले थाली भरेर दियो। अब ज्ञान सागरले तिमीलाई रत्नहरूको थाली भरेर दिनु हुन्छ। अहिले तिम्रो झोली भरिइरहेको छ। उनीहरू शंकरको अगाडि गएर भन्दछन् भर दो झोली..., बाबालाई जान्दैनन्। अब तिमीलाई थाहा छ बाबा हाम्रो झोली भर्दै हुनु हुन्छ। जति जसलाई चाहिन्छ, सो भरुन्। जति राम्रो सँग पढ्नेछन्, त्यति छात्रवृत्ति मिल्छ। चाहे उँच भन्दा उँच डबल शिरताज बन्न सक्छौ, चाहे गरिब प्रजा वा दास-दासी। धेरै छन् जसले छोडि पनि दिन्छन्, यो पनि ड्रामा निश्चित छ। बाबा भन्नुहुन्छ मलाई कुनै चिन्ता छैन। म त चिन्ताबाट मुक्त हुँ। तिमीलाई पनि बनाइरहेको छु। फिक्र से फारिग स्वामी कींदा सतगुरु... स्वामी जो सबैका बाबा हुनु हुन्छ, उहाँलाई मालिक पनि भनिन्छ। बाबा भन्नुहुन्छ म तिम्रो बेहदको टिचर पनि हुँ। भक्तिमार्गमा तिमीले अनेक टिचरहरूबाट अनेक विद्या पढ्यौ। बाबा जे तिमीलाई पढाउनु हुन्छ, यो सबै भन्दा अलग विद्या हो। उहाँ हुनु हुन्छ ज्ञानका सागर, जानी जाननहार भन्न मिल्दैन। यसरी धेरैले भन्छन् हजुर त मेरो मनको कुरा जान्नुहुन्छ। बाबा भन्नुहुन्छ मैले केही पनि जान्दिनँ। म त तिमी बच्चाहरूलाई पढाउनको लागि आएको हुँ, तिमी आत्मा आफ्नो यस तख्तमा विराजमान छौ। म पनि यस तख्तमा बसेको छु। आत्मा कति सानो बिन्दी छ, यो पनि कसैले जान्दैनन्। त्यसैले बाबा भन्नुहुन्छ पहिले आत्मालाई बुझ, फेरि बाबालाई बुझ्नेछौ। बाबा पहिले पहिले आत्माको ज्ञान सम्झाउनु हुन्छ। फेरि बाबाको परिचय दिनु हुन्छ। भक्तिमा शालिग्राम बनाएर पूजा गरेर फेरि खलास गरिदिन्छन्। बाबा भन्नुहुन्छ यी सबै हुन् पुतलीहरूको पूजा। जसले यी सबै कुरालाई राम्रो सँग बुझ्दछन्, उनले अरूको पनि कल्याण गर्छन्। बाबा पनि कल्याणकारी हुनु हुन्छ भने बच्चाहरूलाई पनि बन्नु छ। कोही त अरूलाई दलदलबाट निकाल्दा निकाल्दै स्वयं फँसेर मर्छन्। अपवित्र बन्छन्। गरेको कमाई खत्तम गरिदिन्छन्, त्यसैले बाबा भन्नुहुन्छ खबरदार रहनू।

काम चितामाथि बसेपछि नै तिमी कालो बनेका हौ। तिमी भन्नेछौ हामी नै गोरा थियौं, हामी नै कालो बन्यौं। हामी नै देवता थियौ, हामी नै तल उत्रियौं। नत्र ८४ जन्म कसरी लिइन्छ। यो हिसाब बाबाले सम्झाउनु हुन्छ। बच्चाहरूलाई धेरै मेहनत गर्नु पर्छ। आधा कल्प देखि जुन विषय सागरमा परेका छन्, त्यसबाट निकाल्नु साधारण कुरा होइन। यदि कसैले थोरै मात्रै पनि ज्ञान लिन्छ भने त्यसको विनाश हुँदैन। यो कथा हो नै सत्यनारायण बन्ने, फेरि प्रजा पनि बन्छन्। थोरै बुझेर जान्छन्, हुन सक्छ, फेरि आएर बुझ्न पनि सक्छन्। पछि गएर मानिसहरूमा वैराग्य आउँछ। जसरी श्मशानमा वैराग्य आउँछ, बाहिर गएपछि खलास। तिमी पनि जब सम्झाउँछौ, राम्रो-राम्रो भन्छन्, बाहिर गएपछि खलास। भन्दछन्, यो काम सकेर आउनेछौं। बाहिर गएपछि मायाले शिर मोडिदिन्छ। करोडौंमा कोही निस्किन्छन्। राजाई पद प्राप्त गर्नु यसमा मेहनत लाग्छ। हर एक दिल सँग सोधून् बेहदको बाबालाई मैले कति याद गर्छु? भन्छन् बाबाको याद बिर्सिन्छु। अरे, अज्ञान कालमा कहिल्यै यस्तो भन्दैनौ मैले बुवालाई बिर्सिन्छु।

बाबा भन्नुहुन्छ जति तुफान आए पनि तिमीलाई हल्लिनु हुँदैन। तुफान आउँछन्, केवल कर्मेन्द्रियबाट कर्म गर्नु छैन। भन्दछन् बाबा, मायाले जादू लगाइदियो। बाबा भन्नुहुन्छ मीठा प्यारा बच्चाहरू! याद गरेमा कट निस्केर जान्छ। आत्मामा कट चढेको छ, त्यो निस्किन्छ यादबाट। बाबा पनि बिन्दी हुनु हुन्छ। बाबाको याद सिवाय अरू कुनै उपाय छैन, कट उतार्ने। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कल्याणकारी बाबाका हामी सन्तान हौं, त्यसैले आफ्नो र अरूको कल्याण गर्नु छ। कुनै पनि यस्तो कर्म गर्नु हुँदैन, जसले कमाई नै खत्तम होस्, यसमा खबरदार रहनु छ।

२) पढाइ राम्रो सँग पढेर ज्ञान रत्नहरूबाट आफ्नो झोली भरपुर गर्नु छ। छात्र-वृत्ति लिने पुरुषार्थ गर्नु छ। बाबा समान चिन्ताबाट मुक्त, निश्चिन्त रहनु छ।


वरदान:
ब्राह्मण जन्मको विशेषतालाई स्वाभाविक स्वभाव बनाउने सहज पुरुषार्थी भव

ब्राह्मण जन्म पनि विशेष, ब्राह्मण धर्म र कर्म पनि विशेष अर्थात् सर्व श्रेष्ठ छ किनकि ब्राह्मणले कर्ममा अनुसरण साकार ब्रह्मा बाबालाई गर्छन्। त्यसैले ब्राह्मणको स्वभाव नै विशेष स्वभाव हो, साधारण वा मायावी स्वभाव ब्राह्मणहरूको स्वभाव होइन। केवल यही स्मृति स्वरूपमा रहोस् म विशेष आत्मा हुँ, यो स्वभाव जब स्वाभाविक हुन्छ तब बाबा समान बन्न सहज अनुभव गर्नेछौ। स्मृति स्वरूप सो समर्थी स्वरूप बन्छौ यही सहज पुरुषार्थ हो।

स्लोगन:
पवित्रता र शान्तिको लाइट चारैतिर फैलाउनेवाला नै लाइट हाउस हो।