06.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाले २१ जन्मको लागि तिम्रो दिल यसरी बहलाउनुहुन्छ जसले गर्दा तिमीलाई दिल बहलाउनको लागि मेला-जात्रा आदिमा जाने आवश्यक हुँदैन।

प्रश्न:
जुन बच्चाहरू अहिले बाबाको सहयोगी बन्छन् उनीहरूको लागि कुनचाहिँ ग्यारेन्टी छ?

उत्तर:
श्रीमत अनुसार राजधानी स्थापना गर्न सहयोगी बन्ने बच्चाहरूको लागि ग्यारेन्टी छ उनीहरूलाई कालले कहिल्यै खान सक्दैन। सत्ययुगी राजधानीमा कहिल्यै अकाल मृत्यु हुन सक्दैन। सहयोगी बच्चाहरूलाई बाबाद्वारा यस्तो प्राइज मिल्छ, जसले गर्दा २१ पींढीसम्म अमर बन्न पुग्छन्।

ओम् शान्ति ।
बनीबनाऊ सृष्टिचक्र अनुसार कल्प पहिले मुताबिक शिव भगवानुवाच। अब आफ्नो परिचय त बच्चाहरूलाई मिल्यो। बाबाको पनि परिचय मिल्यो। बेहदका बाबालाई त जानिसक्यौ र बेहदको सृष्टिको आदि-मध्य-अन्तलाई पनि जान्यौ। नम्बरवार पुरुषार्थ अनुसार कसैले राम्रोसँग जान्दछन् जसले फेरि सम्झाउन पनि सक्छन्। कसैले अपुरो र कसैले कम। जस्तै लडाईंमा पनि कोही कमाण्डर चीफ, कोही क्याप्टेन, कोही के बन्छन्। राजाईको मालामा पनि कोही धनी प्रजा, कोही गरिब प्रजा, नम्बरवार हुन्छन्। बच्चाहरूले जान्दछन् वास्तवमा हामी स्वयं श्रीमतमा सृष्टिमा श्रेष्ठ राजधानी स्थापना गरिराखेका छौं। जति-जति जसले मेहनत गर्छन् त्यति-त्यति बाबाबाट प्राइज मिल्छ। आजभोलि शान्तिको लागि राय दिनेवालालाई पनि प्राइज मिल्छ। तिमी बच्चाहरूलाई पनि प्राइज मिल्छ। त्यो उनीहरूलाई मिल्न सक्दैन। उनीहरूलाई हरेक कुरा अल्पकालको लागि मिल्छ। तिमी बाबाको श्रीमतमा आफ्नो राजधानी स्थापना गरिरहेका छौ। त्यो पनि २१ जन्म, २१ पींढीको लागि ग्यारेन्टी छ। वहाँ बाल्यकाल वा जवानीमा कालले खाँदैन। यो पनि जान्दछौ न मन, न चित्तमा थियो, हामी यस्तो ठाउँमा आएर बसेका छौं, जहाँ तिम्रो यादगार पनि खडा छ। जहाँ ५ हजार वर्ष पहिले पनि सेवा गरेका थियौ। दिलवाडा मन्दिर, अचलघर, गुरु शिखर छन्। सतगुरु पनि उच्चभन्दा उच्च तिमीलाई मिल्नु भएको छ, जसको यादगार बनाएका छन्। अचलघरको पनि रहस्य तिमीले बुझेका छौ। त्यो भयो घरको महिमा। तिमी आफ्नो पुरुषार्थले उच्चभन्दा उच्च पद पाउँछौ। यो हो वन्डरफुल तिम्रो यादगार। त्यहीं नै तिमी चैतन्यमा आएर बसेका छौ। यो सबै हो रूहानी कारोबार, जो कल्प पहिले चलेको थियो। उनको पूरा यादगार यहाँ छ। नम्बरवन यादगार छ। जसरी कसैले ठूलो परीक्षा पास गर्छ भने उनीहरू भित्र खुशी, रौनक आउँछ। फर्निचर, पोसाक कति राम्रो राख्छन्। तिमी त विश्वको मालिक बन्छौ। तिमीसँग कसैको तुलना हुन सक्दैन। यो पनि स्कूल हो। पढाउनेवालालाई पनि तिमीले जानिसकेका छौ। भगवानुवाच भक्तिमार्गमा जसलाई याद गर्छौ, पूजा गर्छौ केही पनि थाहा हुँदैन। बाबाले नै सम्मुख आएर सबै रहस्य सम्झाउनुहुन्छ किनकि यी यादगारहरू सबै तिम्रो पछाडिको अवस्थाका हुन्। अहिले रिजल्ट निक्लेको छैन। जब तिम्रो अवस्था सम्पूर्ण बन्छ, त्यसको फेरि भक्तिमार्गमा यादगार बन्छ। जसरी रक्षाबन्धनको यादगार हुन्छ। जब पूरा पक्का रक्षा बाँधेर हामी आफ्नो राज्य लिन्छौ, त्यसपछि फेरि यादगार मनाइदैन। यस समयमा तिमीलाई सबै मन्त्रहरूको अर्थ सम्झाइएको छ। ओम्को अर्थ सम्झाइएको छ। ओम्को अर्थ कुनै लामो छैन। ओम्को अर्थ हो अहम् आत्मा, मम शरीर। अज्ञान कालमा पनि तिमी देह-अभिमानमा रहन्छौ भने आफूलाई शरीर सम्झन्छौ। दिन-प्रतिदिन भक्तिमार्ग तल गिर्दै जान्छ। तमोप्रधान बन्दै जान्छ। हरेक चीज पहिले सतोप्रधान हुन्छ। भक्ति पनि पहिले सतोप्रधान थियो। जब एक सत्य शिवबाबालाई याद गर्थ्यौ। थियौ पनि धेरै कम। दिन-प्रतिदिन वृद्धि धेरै हुनु छ। बेलायतमा धेरै बच्चा पाउनेलाई इनाम मिल्छ। बाबा भन्नुहुन्छ काम महाशत्रु हो। सृष्टिको धेरै वृद्धि भइसकेको छ, अब पवित्र बन।

तिमी बच्चाहरूले सृष्टिको आदि-मध्य-अन्तलाई अब बाबाद्वारा जानिसकेका छौ। सत्ययुगमा भक्तिको नाम निसान हुँदैन। अहिले कति धुमधाम छ, मेला-जात्रा धेरै लाग्छन्। मनुष्य त्यहाँ गएर दिल बहलाउँछन्। तिम्रो दिल त बाबाले आएर २१ जन्मको लागि बहलाउनुहुन्छ जसले गर्दा तिमी सदैव बहलिरहन्छौ। तिमीलाई कहिले मेला आदिमा जाने ख्याल पनि आउँदैन। मनुष्य जहाँ गए पनि सुखको लागि जान्छन्। तिमीलाई कहीं पहाडमा जाने आवश्यकता छैन। यहाँ हेर कसरी मनुष्य मर्छन्। मनुष्यहरूले त सत्ययुग-कलियुग, स्वर्ग-नर्कलाई पनि जान्दैनन्। तिमी बच्चाहरूलाई त पूरा ज्ञान मिलेको छ। तिमीलाई मसँग रहनु छ भनेर बाबाले भन्नुहुन्न। तिमीलाई घरबार पनि सम्हाल्नु छ। बच्चाहरू अलग तब हुन्छन् जब कुनै खिटखिट हुन्छ। फेरि पनि तिमी बाबासँग रहन सक्दैनौ। सबै सतोप्रधान बन्न सक्दैनन्। कोही सतो, कोही रजो, कोही तमो अवस्थामा पनि छन्। सबै एकै ठाउँमा रहन सक्दैनन्। यो राजधानी बनिरहेको छ। जसले जति-जति बाबालाई याद गर्नेछन्, त्यस अनुसार राजधानीमा पद पाउनेछन्। मुख्य कुरा हो नै बाबालाई याद गर्ने। बाबाले स्वयं बसेर ड्रिल सिकाउनुहुन्छ। यो हो डेड साइलेन्स। तिमीले यहाँ जे जति देख्छौ, त्यसलाई देख्नु छैन। देहसहित सबैको त्याग गर्नु छ। तिमीले के देख्छौ? एक त आफ्नो घरलाई र पढाइ अनुसार जे पद पाउँछौ, त्यस सत्ययुगी राजधानीलाई पनि तिमी नै जान्दछौ। जब सत्ययुग हुन्छ तब त्रेता हुँदैन, त्रेता हुँदा द्वापर हुँदैन, द्वापर हुँदा कलियुग हुँदैन। अहिले कलियुग पनि छ, संगमयुग पनि छ। हुन त तिमी बसेका छौ पुरानो दुनियाँमा तर बुद्धिले सम्झन्छौ हामी संगमयुगी हौं। संगमयुग केलाई भनिन्छ यो पनि तिमीलाई थाहा छ। पुरुषोत्तम वर्ष पुरुषोत्तम मास, पुरुषोत्तम दिन पनि यस पुरुषोत्तम संगममा नै हुन्छ। पुरुषोत्तम बन्ने घडी पनि यस पुरुषोत्तम युगमा नै हुन्छ। यो धेरै सानो लीप युग हो। तिमीहरू बाजोली खेल्छौ जसबाट तिमी स्वर्गमा जान्छौ। बाबाले देख्नु भएको छ कसरी साधुहरू अथवा कोही-कोही बाजोली खेल्दा-खेल्दै यात्रामा जान्छन्। ठूलो कठिनाइ उठाउँछन्। अब यसमा कठिनाइको कुरा छैन। यो हो योगबलको कुरा। के यादको यात्रा तिमी बच्चाहरूलाई कठिन लाग्छ? नाम त धेरै सहज राखिएको छ। कतै सुनेर नडराऊन्। भन्छन् बाबा हामी योगमा रहन सक्दैनौं। बाबाले फेरि हलका गरिदिनुहुन्छ। यो हो बाबाको याद। याद त सबै चीजहरूलाई गरिन्छ। बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झ। तिमी बच्चा हौ नि। तिम्रो बुवा पनि हुनुहुन्छ मासुक पनि हुनुहुन्छ। सबै आशिक उहाँलाई याद गर्छन्, एक बाबा अक्षर पनि काफी छ। भक्तिमार्गमा तिमी मित्र सम्बन्धीहरूलाई याद गर्दै, फेरि पनि हे प्रभु, हे ईश्वर अवश्य भन्छौ। केवल त्यो के चीज हो भन्ने कुरा चाहिँ थाहा हुँदैन। आत्माहरूको बुवा त परमात्मा हुनुहुन्छ। यस शरीरको बुवा त देहधारी हुनुहुन्छ। आत्माहरूको बुवा अशरीरी हुनुहुन्छ। उहाँ कहिले पुनर्जन्ममा आउनुहुन्न। अरू सबै पुनर्जन्ममा आउँछन्, त्यसैले बाबालाई नै याद गर्छन्। अवश्य कुनै समयमा सुख दिनु भएको हुनु पर्छ। उहाँलाई भनिन्छ दु:खहर्ता, सुखकर्ता, तर उहाँको नाम, रूप, देश, काललाई जान्दैनन्। जति मनुष्य त्यति कुरा, अनेकौं मत छन्।

बाबाले कति प्रेमले पढाउनुहुन्छ। उहाँ हुनुहुन्छ ईश्वर, शान्ति दिनेवाला। उहाँबाट कति सुख मिल्छ। एउटै गीता सुनाएर पतितहरूलाई पावन बनाइदिनुहुन्छ। प्रवृत्ति मार्ग पनि चाहिन्छ नि। मनुष्यहरूले कल्पको आयु लाखौं वर्ष भनिदिएका छन्, अनि त अनगिन्ती मनुष्य भइहाल्छन्। कति भूल गरेका छन्। यो ज्ञान तिमीलाई अहिले मिल्छ फेरि प्राय: लोप भइहाल्छ। चित्र त छन्, जसको पूजा हुन्छ। तर आफूलाई देवता धर्मको सम्झदैनन्। जसले जसको पूजा गर्छन्, उनीहरू त्यही धर्मका हुन् नि। हामी आदि सनातन देवी-देवता धर्मका हौं भन्ने कुरा बुझ्न सक्दैनन्। उनीहरूको नै वंशावली हो। यो बाबाले नै सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ तिमी पावन थियौ, फेरि तमोप्रधान बनेका छौ, अब पावन सतोप्रधान बन्नु छ। के गंगा स्नानले बन्छौ? पतित-पावन त बाबा हुनुहुन्छ। उहाँले जब बाटो देखाउनुहुन्छ तब न पावन बन्न सकिन्छ। पुकारिरहन्छन् तर केही पनि जान्दैनन्। आत्माले अङ्गहरूद्वारा पुकार्छ हे पतित-पावन बाबा आएर हामीलाई पावन बनाउनुहोस्। सबै पतित छन्, काम चितामा जलिरहन्छन्। यो खेल नै यस्तो बनेको छ। फेरि बाबा आएर सबैलाई पावन बनाउनुहुन्छ। यो कुरा बाबाले संगममा नै सम्झाउनुहुन्छ। सत्ययुगमा हुन्छ एक धर्म, बाँकी सबै वापस जान्छन्। तिमीले ड्रामालाई बुझेका छौ, जसलाई अरू कसैले जान्दैन। यो रचनाको आदि-मध्य-अन्त्य के हो, अवधि कति हो, यो तिमीलाई नै थाहा छ। उनीहरू सबै शूद्र हुन्, तिमी हौ ब्राह्मण। तिमी पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। कसैले व्यर्थमा समय गुमाएको छ भने उसले पढाइ कम गरेको कुरा उसको रजिस्टरबाट थाहा हुन्छ। चरित्रको रजिस्टर हुन्छ। यहाँ पनि रजिस्टर हुनु पर्छ। यो हो यादको यात्रा, जसको बारेमा कसैलाई पनि थाहा छैन। सबैभन्दा मुख्य विषय हो यादको यात्रा। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। आत्माले मुखले भन्छ म एउटा शरीर छोडेर दोस्रो लिन्छु। यी सबै कुरा यी ब्रह्मा बाबाले सम्झाउँदैनन्। तर ज्ञानसागर परमपिता परमात्माले यस रथमा बसेर सुनाउनुहुन्छ। गऊ मुख भनिन्छ। मन्दिर पनि यहाँ बनेको छ, जहाँ तिमी बसेका छौ। जसरी तिम्रो सींढी छ, त्यसरी नै वहाँ पनि सीढी हुन्छ। तिमीलाई चढ्नमा थकावट हुँदैन।

तिमी यहाँ आएका छौ बाबाबाट पढेर रिफ्रेस हुनको लागि। वहाँ कामकाज धेरै हुन्छ। शान्तिले सुन्न पनि सक्दैनौ। संकल्प चलिरहन्छ कसैले देख्छ कि, चाँडै घर जाऊँ। कति चिन्ता रहन्छ। यहाँ कुनै पनि चिन्ता छैन, मानौं होस्टेलमा रहन्छौ। यहाँ ईश्वरीय परिवार छ। शान्तिधाममा भाइ-भाइ रहन्छन्। यहाँ छन् भाइ-बहिनी किनकि यहाँ पार्ट खेल्न भाइ-बहिनी चाहिन्छ। सत्ययुगमा पनि तिमी नै आपसमा भाइ-बहिनी थियौ। त्यसलाई भनिन्छ अद्वैत राजधानी। वहाँ लडार्इं-झगडा केही पनि हुँदैन। तिमी बच्चाहरूलाई हामी ८४ जन्म लिन्छौ भन्ने कुराको पूरा ज्ञान मिलेको छ। जसले धेरै भक्ति गरेको छ, त्यसको हिसाब पनि बाबाले बताउनु भएको छ। तिमीले नै शिवको अव्यभिचारी भक्ति गर्न सुरु गर्छौ। फेरि वृद्धि हुँदै जान्छ। त्यो हो सबै भक्ति। ज्ञान त एउटै हुन्छ। हामीलाई शिवबाबाले पढाउनुहुन्छ भन्ने कुरा तिमीलाई थाहा छ। यी ब्रह्माले त केही पनि जान्दैनथे। जो ग्रेट-ग्रेट ग्रेन्ड फादर (आदि पिता) थिए उनी यस समयमा यी बनेका छन् फेरि मालिक बन्छन्, तत् त्वम्। मालिक एउटै त बन्दैन नि। तिमी पनि पुरुषार्थ गर्छौ। यो हो बेहदको स्कूल। यसका शाखाहरू धेरै हुन्छन्। गल्ली-गल्लीमा, घर-घरमा हुन्छन्। भन्छन् हामीले आफ्नो घरमा चित्र राखेका छौं, मित्र सम्बन्धी आउँछन् भने उनीहरूलाई सम्झाउँछौं। जो यस वृक्षका पातहरू होलान् उनीहरू आउँछन्। उनीहरूको कल्याणको लागि तिमी गर्छौ। चित्रहरूमा सम्झाउन सजिलो हुन्छ। शास्त्र त धेरै पढेका छन्, अब सबै भुल्नु छ। बाबा हुनुहुन्छ पढाउनेवाला, उहाँले नै सच्चा ज्ञान सुनाउनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) डेड साइलेन्सको ड्रिल गर्नको लागि यहाँ जे जति यी आँखाले देखिन्छ, त्यसलाई देख्नु छैन। देहसहित बुद्धिद्वारा सबैको त्याग गरेर आफ्नो घर र राजधानीको स्मृतिमा रहनु छ।

२) आफ्नो चरित्रको रजिस्टर राख्नु छ। पढाइमा कुनै लापर्बाही गर्नु हुँदैन। यस पुरुषोत्तम संगमयुगमा पुरुषोत्तम बन्नु र बनाउनु छ।


वरदान:
बाबाको आदेश अनुसार बुद्धिलाई खाली राख्ने व्यर्थ वा विकारी स्वप्नबाट मुक्त भव

बाबाको आज्ञा छ सुत्ने बेलामा सदा आफ्नो बुद्धिलाई क्लीयर गर। चाहे राम्रो होस्, चाहे नराम्रो। सबै बाबालाई अर्पण गरेर आफ्नो बुद्धिलाई खाली गर। बाबालाई दिएर बाबासँगै सुत। एक्लै होइन। एक्लै सुत्छौ वा व्यर्थ कुराको वर्णन गर्दै-गर्दै सुत्छौ भने व्यर्थ वा विकारी स्वप्न आउँछ। यो पनि आलस्य हो। यस आलस्यलाई छोडेर आज्ञामा चल्यौ भने व्यर्थ वा विकारी स्वप्नबाट मुक्त हुन्छौ।

स्लोगन:
तकदिरवान आत्माले नै सच्चा सेवाद्वारा सबैको आशीर्वाद प्राप्त गर्छ।