06.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सदैव खुसीमा रहने गर हामीलाई कसले पढाउनु हुन्छ , यो पनि मनमनाभव हो । तिमीलाई खुसी छ हिजो हामी पत्थरबुद्धि थियौं , आज पारस बुद्धि बनेका छौं।

प्रश्न:
तकदिर खुल्ने आधार के हो?

उत्तर:
निश्चय। यदि तकदिर खुल्न ढिलो भयो भने लर्खराइरहन्छन्। निश्चय बुद्धि हुनेले राम्रोसँग पढेर छलांग लगाउँछन्। कुनै पनि कुरामा संशय भएमा पछि रहन पुग्छन्। जसले निश्चय बुद्धि बनेर आफ्नो बुद्धिलाई बाबासम्म दौडाइरहन्छ ऊ सतोप्रधान बन्छ।

ओम् शान्ति ।
जब विद्यार्थीहरूले विद्यालयमा पढ्छन् उनीहरूलाई यो थाहा हुन्छ हामीलाई पढेर के बन्नु छ। प्यारा रूहानी बच्चाहरूको बुद्धिमा आउनु पर्छ हामी सत्ययुग पारसपुरीका मालिक बन्छौं। यस देहका सम्बन्ध आदि सबैलाई छोड्नु छ। अब हामीलाई पारसपुरीको मालिक पारसनाथ बन्नु छ, सारा दिन यो खुसी रहनु पर्छ। सम्झन्छौ पारसपुरी केलाई भनिन्छ? त्यहाँ भवन आदि सबै सुन चाँदीका हुन्छन्। यहाँ त पत्थर इँटाका भवन छन्। अब फेरि तिमी पत्थरबुद्धिबाट पारसबुद्धि बन्छौ। जब पारसनाथ बनाउने बाबा आउनु हुन्छ तब पत्थरबुद्धिलाई पारसबुद्धि बनाउनु हुन्छ नि! तिमी यहाँ बसेका छौ, जानेका छौ हाम्रो स्कुल उच्च भन्दा उच्च छ। यो भन्दा ठूलो स्कुल कुनै हुँदैन। यस स्कुलबाट तिमी करोड, पद्म भाग्यशाली विश्वका मालिक बन्छौ, त्यसैले तिमी बच्चाहरूलाई कति खुसी हुनु पर्छ। यस पत्थरपुरीबाट पारसपुरीमा जाने यो पुरुषोत्तम संगमयुग हो। हिजो पत्थरबुद्धि थियौं, आज पारसबुद्धि बनिरहेका छौं। यो कुरा सदैव बुद्धिमा रह्यो भने पनि मनमनाभव नै हो। स्कुलमा शिक्षक आउँछन् नै पढाउनको लागि। विद्यार्थीको दिलमा रहन्छ अब शिक्षक आइपुग्न लाग्नुभयो। तिमी बच्चाहरूले पनि सम्झन्छौ हाम्रो शिक्षक त स्वयं भगवान हुनुहुन्छ। उहाँले हामीलाई स्वर्गको मालिक बनाउनु हुन्छ त्यसैले अवश्य संगममा आउनु हुन्छ। अहिले तिमीलाई थाहा छ मनुष्यले पुकारिरहन्छन् तर उहाँ यहाँ आउनु भएको छ। कल्प पहिला पनि यस्तो भएको थियो तब त लेखिएको छ विनाशकाले विपरीत बुद्धि किनकि उनीहरू पत्थरबुद्धि छन्। तिम्रो हो विनाशकाले प्रीतबुद्धि। तिमी पारसबुद्धि बनिरहेका छौ। यस्तो कुनै युक्ति निकाल्नुपर्छ जसद्वारा मनुष्यले छिटै बुझून्। यहाँ त धेरैलाई लिएर आउँछन्, तर पनि भन्छन् शिवबाबाले ब्रह्मा तनद्वारा कसरी पढाउनु हुन्छ! कसरी आउनु हुन्छ होला! केही पनि बुझ्दैनन्। यतिका सबै सेन्टरमा आउँछन्। निश्चय बुद्धि छन् नि। सबैले भन्छन् शिव भगवानुवाच, शिव नै सबैका बाबा हुनुहुन्छ। कृष्णलाई कहाँ सबैको बाबा भनिन्छ र! यसमा अलमलिने त कुरै छैन। तर तकदिर ढिलो खुल्नु छ भने लर्खराइरहन्छन्। कम पढ्नेलाई भनिन्छ यो लर्खराउँछ। संशय बुद्धि पछि रहन्छन्। निश्चय बुद्धि राम्रोसँग पढ्नेहरूले अगाडि छलांग लगाइरहन्छन्। कति साधारण सम्झाइन्छ, जसरी बच्चाहरू दौड लगाएर निसानासम्म गएर फेरि फर्किएर आउँछन्। बाबा पनि भन्नुहुन्छ बुद्धिलाई छिटै शिवबाबाको पासमा दौडायौ भने सतोप्रधान बन्छौ। यहाँ राम्ररी सम्झन्छन् पनि। तीर लाग्छ फेरि पनि बाहिर गएपछि समाप्त हुन्छ। बाबाले ज्ञान इन्जेक्सन लगाउनु हुन्छ त्यसैले नशा चढ्नु पर्यो नि। तर चढ्दै-चढ्दैन। यहाँ ज्ञान अमृतको प्याला पिउँदा असर पर्छ, बाहिर गएपछि भुल्छन्। बच्चाहरूले जानेका छन् ज्ञानसागर, पतित-पावन सद्गति दाता, मुक्तिदाता एउटै बाबा हुनुहुन्छ। उहाँले हरेक कुराको वर्सा दिनुहुन्छ। भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमी पनि पूरै सागर बन। जति ममा ज्ञान छ त्यति तिमीले पनि धारणा गर। शिवबाबालाई देहको नशा छैन। बाबा भन्नुहुन्छ म त सदैव शान्त रहन्छु। तिमीलाई पनि जब देह थिएन तब नशा थिएन। शिवबाबाले कहाँ भन्नुहुन्छ र यो मेरो चीज हो। यो तन लोन लिएको हो, लोन लिएको चीज आफ्नो कहाँ हुन्छ र! मैले यिनमा प्रवेश गरेको हुँ, थोरै समयको लागि सेवार्थ। अब तिमी बच्चाहरूलाई फर्केर घर जानु छ, दौड लगाउनु छ, भगवानसँग मिल्नको लागि। यति यज्ञ, तप आदि गरिरहन्छन्, कहाँ सम्झन्छन् यो कसरी मिल्छ! सम्झन्छन् कुनै न कुनै रूपमा भगवान आउनु हुन्छ। बाबाले सम्झाउन त धेरै सहज सम्झाउनु हुन्छ, प्रदर्शनीमा पनि तिमीले सम्झाऊ। सत्ययुग-त्रेताको आयु पनि लेखिएको होस्। त्यसमा २५०० वर्षसम्म बिलकुल सही छ। सूर्यवंशीपछि हुन्छ चन्द्रवंशी त्यसपछि देखाऊ रावणको राज्य सुरु भयो र भारत पतित हुन थाल्यो। द्वापर कलियुगमा रावण राज्य भयो, तिथि-मिति लेखिएको होस्। बीचमा राख संगमयुग। रथी पनि अवश्य चाहिन्छ नि। यस रथमा प्रवेश भएर बाबाले राजयोग सिकाउनु हुन्छ, जसद्वारा यी लक्ष्मी-नारायण बन्छन्। कसैलाई पनि सम्झाउन त धेरै सहज छ। लक्ष्मी-नारायणको डिनायस्टी कति समय चल्छ। अरू सबै डिनायस्टी हुन् हदका, यो हो बेहदको। यस बेहदको इतिहास भूगोललाई जान्नुपर्छ नि। अहिले हो संगमयुग। फेरि दैवी राज्य स्थापना भइरहेको छ। यस पत्थरपुरी, पुरानो दुनियाँको विनाश हुनु छ। विनाश नहुने हो भने नयाँ दुनियाँ कसरी बन्ने? अहिले भन्छन् नयाँ दिल्ली। अहिले तिमी बच्चाहरूलाई थाहा छ नयाँ दिल्ली कहिले बन्छ। नयाँ दुनियाँमा नयाँ दिल्ली हुन्छ। गाउँछन् पनि, जमुनाको किनारमा महल हुन्छन्। जब यी लक्ष्मी-नारायणको राज्य हुन्छ तब भनिन्छ नयाँ दिल्ली, पारसपुरी। नयाँ राज्य त सत्ययुगमा लक्ष्मी-नारायणको नै हुन्छ। मनुष्यले त यो पनि भुलेका छन् ड्रामा कसरी सुरु हुन्छ। को-को मुख्य पात्र हुन्छन्, त्यो जान्नुपर्यो नि। पात्रहरू त धेरै छन्, मुख्य पात्र तिमीलाई थाहा छ। तिमी पनि मुख्य पात्र बनिरहेका छौ। सबै भन्दा मुख्य पार्ट तिमीले खेलिरहेका छौ। तिमी रूहानी सोसल वर्कर हौ। बाँकी सबै सोसल वर्कर हुन् शारीरिक। तिमीले आत्मालाई सम्झाउँछौ, आत्माले पढ्छ। मनुष्यले सम्झन्छन् शरीरले पढ्छ। यो कसैलाई पनि थाहा छैन आत्माले यी अङ्गहरूद्वारा पढ्छ। म आत्मा वकिल आदि बन्छु। बाबाले हामीलाई पढाउनु हुन्छ। संस्कार पनि आत्मामा रहन्छ। संस्कार लिएर जान्छौ फेरि नयाँ दुनियाँमा राज्य गर्नेछौ। जसरी सत्ययुगमा राजधानी चलेको थियो त्यसैगरी सुरु हुन्छ। यसमा केही सोध्ने आवश्यकता नै रहँदैन। मुख्य कुरा हो देह-अभिमानमा कहिल्यै नआऊ। आफूलाई आत्मा सम्झ। कुनै पनि विकर्म नगर। यादमा बस, नत्र एउटा विकर्मको बोझ सयगुण हुन्छ। एकदम हड्डी नै टुट्छन्। त्यसमा पनि मुख्य विकार हो काम। कोही भन्छन् बच्चाहरूले हैरान गर्छन् त्यसैले पिट्नुपर्छ। अब यो कुनै सोध्ने कुरा रहँदैन। यसलाई त सानो पाई पैसाको पाप भनिन्छ। तिम्रो शिरमा त जन्म-जन्मान्तरको पाप छ, पहिला त्यसलाई त भष्म गर। बाबाले पावन हुने धेरै सहज उपाय बताउनु हुन्छ। तिमी एक बाबाको यादद्वारा पावन बन्छौ। भगवानुवाच बच्चाहरूप्रति, तिमी आत्माहरूसँग कुरा गर्छु। अरू कोही मनुष्यले यस्तो बुझ्न सक्दैन। उनीहरूले त आफूलाई शरीर नै सम्झन्छन्। बाबा भन्नुहुन्छ मैले आत्माहरूलाई सम्झाउँछु। गायन पनि छ आत्माहरू र परमात्माको मेला लाग्छ, यसमा कुनै आवाज आदि गर्नु छैन। यो त पढाइ हो। टाढा-टाढाबाट आउँछन् बाबाको पासमा। निश्चयबुद्धि जो हुन्छन् उनीहरूलाई जोडसँग आकर्षण हुन्छ पछि गएर। अहिले त्यति आकर्षण कसैलाई हुँदैन किनकि याद गर्दैनन्। यात्राबाट जब फर्किन्छन्, घरको नजिकै आउँछन् तब घर याद आउँछ, बच्चा याद आउँछ, घर पुग्ने बित्तिकै खुसीले मिल्छन्। खुसी बढ्दै जान्छ। सबै भन्दा पहिला स्त्री याद आउँछ फेरि बाल-बच्चा आदि याद आउँछन्। तिमीलाई याद आउँछ हामी घर जान्छौं, त्यहाँ बाबा र हामी बच्चा मात्र हुन्छौं। डबल खुसी हुन्छ। शान्तिधाम घर जान्छौं फेरि आउँछौं राजधानीमा। याद मात्र गर्नु छ, बाबा भन्नुहुन्छ मनमनाभव। आफूलाई आत्मा सम्झिएर बाबा र वर्सालाई याद गर। बाबाले तिमी बच्चाहरूलाई फूलसमान बनाएर, नयनमा बसाएर साथै लिएर जानुहुन्छ। अलिकति पनि मेहनत हुँदैन। जसरी लामखुट्टेको समूह जान्छ नि। तिमी आत्माहरू पनि त्यसैगरी जान्छौ बाबाको साथमा। पावन बन्नको लागि तिमीले बाबालाई याद गर्छौ, घरलाई होइन।

बाबाको नजर पहिला-पहिला गरिब बच्चाहरूमा जान्छ। बाबा गरिब निवाज हुनुहुन्छ नि। तिमी पनि गाउँमा सेवा गर्न जान्छौ। बाबा भन्नुहुन्छ मैले पनि तिम्रो गाउँलाई आएर पारसपुरी बनाउँछु। अहिले त यो नर्क पुरानो दुनियाँ हो। यसलाई अवश्य तोड्नुपर्छ। नयाँ दुनियाँमा नयाँ दिल्ली, त्यो सत्य युगमा मात्र हुन्छ। त्यहाँ राज्य पनि तिम्रो हुन्छ। तिमीलाई नशा चढ्छ हामीले फेरि आफ्नो राज्य स्थापना गरिरहेका छौं। जसरी कल्प पहिला गरेका थियौं। उहाँले कहाँ भन्नुहुन्छ हामी यस्ता-यस्ता घर बनाउँछौं। होइन, तिमी जब त्यहाँ जान्छौ तब स्वत: तिमीले त्यो बनाउन थाल्छौ किनकि त्यो आत्मामा पार्ट भरिएको हुन्छ। यहाँ पार्ट छ केवल पढ्नको लागि। त्यहाँ तिम्रो बुद्धिमा आफै आउँछ मैले यस्ता-यस्ता महल बनाऊँ। जसरी कल्प पहिला बनाएका थियौ, त्यही बनाउन थाल्छौ। आत्मामा पनि पहिलादेखि नै भरिएको छ। तिमीले त्यही महल बनाउँछौ जुन महलमा तिमी कल्प-कल्प रहन्छौ। यी कुरालाई नयाँ कसैले बुझ्न सक्दैन। तिमीले बुझ्छौ, हामी आउँछौं, नयाँ-नयाँ प्वाइन्टहरू सुनेर रिफ्रेस भएर जान्छौं। नयाँ-नयाँ प्वाइन्टहरू निस्कन्छन्, त्यो पनि ड्रामामा निश्चित छ।

बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! मैले यस बयलमा (रथमा) सदैव सवारी गरेँ भने, यसमा मलाई सुख अनुभव हुँदैन। म त तिमी बच्चाहरूलाई पढाउन आउँछु। यस्तो होइन, बयलमा सवारी भएर बसिरहन्छु। रात-दिन बयलमा सवारी भइन्छ र? उहाँ त सेकेन्डमा आउनु-जानु हुन्छ। सदैव बस्ने काइदा नै छैन। बाबा कति टाढाबाट आउनु हुन्छ पढाउनको लागि, घर त उहाँको त्यो हो नि। सारा दिन शरीरमा कहाँ बस्नुहुन्छ र, उहाँलाई सुख नै हुँदैन। जसरी पिंजडामा सुगा फँस्छ। म त यो लोन लिन्छु तिमीलाई सम्झाउनको लागि। तिमीले भन्छौ ज्ञानका सागर बाबा आउनु हुन्छ हामीलाई पढाउनको लागि। खुसीमा रोमाञ्च खडा हुनुपर्छ। त्यो खुसी फेरि कम कहाँ हुनु छ र! यी धनी त स्थायी बसेका छन्। एउटा बयलमा दुईको सवारी सदैव कहाँ हुन्छ र? शिवबाबा रहनुहुन्छ आफ्नो धाममा। यहाँ आउनु हुन्छ, आउनमा ढिलो कहाँ हुन्छ र! रकेट हेर कति तीव्र हुन्छ। आवाज भन्दा पनि तीव्र। आत्मा पनि धेरै सानो रकेट हो। आत्मा कसरी भाग्छ, यहाँबाट झट्ट लन्डन गयो। एक सेकेन्डमा जीवनमुक्ति गाइएको छ। बाबा स्वयं पनि रकेट हुनुहुन्छ। भन्नुहुन्छ म तिमीलाई पढाउनको लागि आउँछु। फेरि जान्छु आफ्नो घर। यस समयमा धेरै व्यस्त रहन्छु। दिव्य दृष्टि दाता हुँ, त्यसैले भक्तहरूलाई राजी बनाउनुपर्छ। तिमीलाई पढाउँछु। भक्तहरूको दिलमा हुन्छ साक्षात्कार होस् वा केही न केही भीख माग्छन्। सबै भन्दा धेरै भीख जगदम्बासँग माग्छन्। तिमी जगत् अम्बा हौ नि। तिमीले विश्वको बादशाहीको भीख दिन्छौ। गरिबलाई भीख मिल्छ नि। हामी पनि गरिब हौं त्यसैले शिवबाबाले स्वर्गको बादशाही भीखमा दिनुहुन्छ। भीख कुनै अरू होइन, केवल भन्नुहुन्छ बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। शान्तिधाममा जान्छौ। मलाई याद गर्यौ भने ग्यारेन्टी गर्छु तिम्रो आयु पनि लामो हुन्छ। सत्ययुगमा मृत्युको नामै हुँदैन। त्यो हो अमरलोक, त्यहाँ मृत्युको नाम हुँदैन। केवल एक शरीर छोडेर अर्को लिन्छन्, यसलाई मृत्यु भनिन्छ र! त्यो हो अमरपुरी। साक्षात्कार हुन्छ म बच्चा बन्छु। खुसीको कुरा हुन्छ। यी बाबाको दिल हुन्छ अब गएर बच्चा बनौं। जानेका छन् गोल्डन स्पून इन माउथ हुन्छ। एउटै सिकीलधा बाबाको बच्चा हुँ। बाबाले रचना गर्नुभएको हो। म सिकीलधा बच्चा हुँ त्यसैले बाबाले कति प्यार गर्नुहुन्छ। एकदम प्रवेश गर्नुहुन्छ। यो पनि खेल हो नि। खेलमा सदैव खुसी हुन्छ। यो पनि जानेका छौ अवश्य धेरै भाग्यशाली रथ हुनुपर्छ। जसको लागि गायन छ ज्ञान सागर, यिनमा प्रवेश गरेर तिमीलाई ज्ञान दिनुहुन्छ। तिमी बच्चाहरूको लागि एउटै खुसी धेरै छ भगवान आएर पढाउनु हुन्छ। भगवानले स्वर्गको राजाई स्थापना गर्नुहुन्छ। हामी उहाँका सन्तान हौं भने फेरि हामी नर्कमा किन छौं! यो कसैको पनि बुद्धिमा आउँदैन। तिमी त भाग्यशाली हौ। विश्वको मालिक बन्नको लागि पढ्छौ। यस्तो पढाइमा कति ध्यान दिनुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यसै डबल खुसीमा रहनु छ अब यात्रा पूरा भयो, पहिला हामी आफ्नो घर शान्तिधाममा जान्छौं अनि आफ्नो राजधानीमा आउँछौं।

२) शिरमा जो जन्म-जन्मान्तरको पापको बोझ छ त्यसलाई भस्म गर्नु छ, देह-अभिमानमा आएर कुनै पनि विकर्म गर्नु छैन।

वरदान:
मनको स्वतन्त्रताद्वारा सर्व आत्माहरूलाई शान्तिको दान दिने मनसा महादानी भव

बाँधेलीहरू तनबाट परतन्त्र भए पनि मनले यदि स्वतन्त्र छन् भने आफ्नो वृत्तिद्वारा, शुद्ध संकल्पद्वारा विश्वको वायुमण्डललाई बदल्ने सेवा गर्न सक्छन्। आजकल विश्वलाई आवश्यकता छ मनको शान्तिको। मनदेखि स्वतन्त्र आत्माले मनसाद्वारा शान्तिको प्रकम्पन फैलाउन सक्छ। शान्तिका सागर बाबाको यादमा रहनाले स्वत: शान्तिका किरणहरू फैलिन्छन्। यसरी शान्तिको दान दिनेहरू नै मनसा महादानी हुन्।

स्लोगन:
स्नेह रूपको अनुभव त सुनाउँछौ अब शक्ति रूपको अनुभव सुनाऊ।