06.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे पतित-पावन बाबाको श्रीमतद्वारा तिमी पावन बन्छौ , तिमीलाई पावन दुनियाँको राजाई मिल्छ। आफ्नो मतमा पावन बन्नेलाई कुनै प्राप्ति हुँदैन।

प्रश्न:
बच्चाहरूले सेवामा विशेष कुन कुराको ध्यान राख्नुपर्छ?

उत्तर:
सेवामा जाँदा कहिल्यै सानो-तिनो कुरामा एक-आपसमा नरिसाऊ अर्थात् रूस्ट नबन। यदि आपसमा नुनपानी हुन्छौ, कुरा गर्दैनौ भने डिस-सर्भिसको निमित्त बन्छौ। कति बच्चाहरू त बाबासँग पनि रिसाउँछन्। उल्टो कर्म गर्न थाल्छन्। फेरि यस्ता बच्चाहरूको एडप्शन नै रद्द हुन्छ।

ओम् शान्ति ।
पतित-पावन बाबाले, जुन बच्चाहरू पावन बन्छन्, उनीहरूलाई सम्झाउनु हुन्छ। पतित बच्चाहरूले नै पावन बनाउने बाबालाई पुकार्छन्। ड्रामाको प्लान पनि भनिन्छ, रावण राज्य हुनाले सबै मनुष्य पतित छन्। पतित उसलाई भनिन्छ, जो विकारमा जान्छ। यस्ता धेरै छन्, जो विकारमा जाँदैनन्। ब्रह्मचारी रहन्छन्। सम्झन्छन् हामी निर्विकारी हौं, जस्तै पादरी छन्, मौलानाहरू छन्, बौद्धी पनि छन्, जो पवित्र रहन्छन्। उनलाई पवित्र कसले बनायो? उनीहरू स्वयं बनेका हुन्। दुनियाँमा धेरै यस्ता विभिन्न धर्महरूमा छन्, जो विकारमा जाँदैनन्। तर उनलाई पतित-पावन बाबाले त पावन बनाउनु भएको होइन नि। त्यसैले उनीहरू पावन दुनियाँको मालिक बन्न सक्दैनन्। पावन दुनियाँमा जान सक्दैनन्। संन्यासीले पनि ५ विकारहरूलाई छोडिदिन्छन्। तर उनलाई संन्यास गरायो कसले? पतित-पावन परमपिता परमात्माले त संन्यास गराउनु भएको होइन नि। पतित-पावन बाबा विना सफलता हुन सक्दैन। पावन दुनियाँ शान्तिधाममा जान सक्दैनन्। यहाँ त बाबा आएर तिमीलाई पावन बन्ने श्रीमत दिनुहुन्छ। सत्ययुगलाई भनिन्छ निर्विकारी दुनियाँ। यसबाट सिद्ध हुन्छ, सत्ययुगमा आउनेहरू अवश्य पवित्र हुन्छन्। सत्ययुगमा पनि पवित्र थिए, शान्तिधाममा पनि आत्माहरू पवित्र हुन्छन्। यस रावण राज्यमा छन् नै सबै पतित। पुनर्जन्म त लिनु नै छ। सत्ययुगमा पनि पुनर्जन्म लिन्छन्, तर विकारबाट होइन। त्यो हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। हुन त त्रेतामा २ कला कम हुन्छ तर विकारी भनिँदैन। भगवान श्री राम, भगवती श्री सीता भन्छन् नि। १६ कला फेरि १४ कला भनिन्छ। चन्द्रमाको पनि यस्तै हुन्छ नि। यसबाट सिद्ध हुन्छ पतित-पावन बाबा आएर पावन नबनाएसम्म मुक्ति-जीवनमुक्तिमा कोही पनि जान सक्दैन। बाबा नै गाइड हुनुहुन्छ। यस दुनियाँमा पवित्र त धेरै छन्। संन्यासीहरूको पनि पवित्रताको कारण मान्यता छ। तर बाबाद्वारा पवित्र बन्दैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामीलाई पावन बनाउने निराकार परमपिता परमात्मा हुनुहुन्छ। उनीहरू त आफ्नै मतमा पवित्र बन्छन्। तिमी बाबाद्वारा पवित्र बन्छौ। पतित-पावन बाबाद्वारा नै पावन दुनियाँको वर्सा मिल्छ। बाबा भन्नुहुन्छ हे प्यारा बच्चाहरू! काम तिम्रो महा-दुस्मन हो, यसलाई जित। यसमा नै गिर्छन्। यस्तो कहिल्यै लेख्दैनन् मैले क्रोध गरेँ, त्यसैले कालो मुख पारिदिएँ। कामको लागि नै लेख्छन् मैले कालो मुख पारेँ। गिरेँ। यी कुरालाई तिमी बच्चाहरूले नै बुझेका छन्, दुनियाँले जान्दैन। ड्रामा अनुसार जसलाई आएर ब्राह्मण बन्नु छ, उनै आउँदै जान्छन्। अरू सत्सङ्गमा त कुनै लक्ष्य-उद्देश्य नै छैन। शिवानन्द आदिका अनुयायी त धेरै छन् तर उनीहरू मध्ये पनि कुनै-कुनैले संन्यास लिन्छन्। गृहस्थीले त लिँदैनन्। बाँकी घरबार छोड्नेहरू धेरै कम निस्किन्छन्। संन्यासी बन्छन्, फेरि पनि पुनर्जन्म लिनुपर्छ। शिवानन्दको लागि कहाँ भन्छन् र ज्योति, ज्योतिमा समाहित हुनु भयो। तिमीले बुझेका छौ सर्वका सद्गति दाता बाबा नै हुनुहुन्छ, उहाँ नै गाइड हुनुहुन्छ। गाइड विना कोही जान सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ हाम्रो बाबा बाबा पनि हुनुहुन्छ, ज्ञानका सागर पनि हुनुहुन्छ। मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। सारा मनुष्य सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान त बीजलाई नै थाहा हुन्छ नि। फादर त सबैले भन्छन् नि। बच्चाहरूले त जानेका छन् हाम्रो परमपिता एउटै हुनुहुन्छ, दया पनि उहाँ फादरले नै सबै माथि गर्नुहुन्छ नि। कति धेरै मनुष्य छन्, कति जीव-जन्तु छन्। त्यहाँ मनुष्य थोरै हुन्छन्, त्यसैले जीव-जन्तु पनि थोरै हुन्छन्। सत्ययुगमा यस्तो फोहोर-मैला हुँदैन। यहाँ त अनेक प्रकारका रोग आदि कति निस्किरहन्छन्, जसको लागि फेरि नयाँ दबाईहरू निस्किरहन्छन्। ड्रामा योजना अनुसार अनेक प्रकारका सीप सिकिरहन्छन्। ती सबै हुन् मनुष्यका कला। पारलौकिक बाबाको कला के हो? बाबालाई भन्छन् हे पतित-पावन आएर हाम्रो आत्मालाई पावन बनाउनुहोस्, तिनीहरूले पावन शरीरको पनि कुरा गर्छन्। भन्छन् पतित-पावन, दु:ख हर्ता, सुख कर्ता, एकलाई नै बोलाउँछन् नि। आ-आफ्नो भाषामा याद अवश्यै गर्छन्। मनुष्य मर्ने बेलामा भगवानलाई याद गर्छन्, सम्झन्छन् अरू कसैले सहारा दिँदैन, त्यसैले भन्छन् परमपितालाई याद गर। क्रिश्चियनले पनि भन्छन् गड फादरलाई याद गर। यस्तो भन्दैनन् क्राइस्टलाई याद गर। जानेका छन् क्राइस्टभन्दा माथि गड हुनुहुन्छ। गड त सबैका एउटै हुनुहुन्छ नि। अब तिमी बच्चाहरूलाई थाहा छ मृत्युलोक के हो, अमरलोक के हो! दुनियाँमा कसैले जानेको छैन। उनले त भन्छन् स्वर्ग नर्क सबै यहाँ नै छ। कसै-कसैले सम्झन्छन् सत्ययुग थियो, त्यहाँ देवताहरूको राज्य थियो। अहिलेसम्म पनि कति नयाँ-नयाँ मन्दिर बनिरहन्छन्। तिमी बच्चाहरूलाई थाहा छ एक बाबा सिवाय अरू कसैले पनि हामीलाई पावन बनाएर फर्काएर आफ्नो घर लैजान सक्दैन। तिम्रो बुद्धिमा छ हामी आफ्नो स्वीट होममा गइरहेका छौं। बाबाले हामीलाई फर्केर जानको लागि लायक बनाइरहनु भएको छ। यो स्मृतिमा रहनु पर्छ।

बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! तिमीले यति-यति जन्म लिएका छौ। अहिले आएर हामी शूद्रबाट ब्राह्मण बनेका छौं। फेरि ब्राह्मणबाट देवता बन्नु छ, स्वर्गमा जानु छ। अहिले हो संगम। विराटरूपमा ब्राह्मणहरूको चोटी प्रसिद्ध छ। हिन्दुहरूको लागि पनि टुपी निशानी हो। मनुष्य त मनुष्य नै हुन्। सिक्ख, मुसलमान आदि यस्ता बन्छन्, जसलाई तिमीले थाहा पाउन पनि सक्दैनौ। बाँकी चिनियाँ हुन्, अफ्रिकन हुन्, उनीहरूलाई चिन्न सकिन्छ। उनीहरूको अनुहार नै अलग हुन्छ। क्रिश्चियनको भारतसँग कनेक्शन छ, त्यसैले यो सिकेका छन्। कति किसिमका धर्महरू छन्। उनीहरूका रसम-रिवाज, वेशभूषा सबै अलग हुन्छन्। अहिले तिमी बच्चाहरूलाई ज्ञान मिलेको छ, हामीले सत्ययुगको स्थापना गरिरहेका छौं। त्यहाँ अरू कुनै धर्म थिएन। अहिले त सबै प्रकारका धर्मावलम्बी हाजिर छन्। अब अन्त्यमा अरू के धर्म स्थापना गर्ने? हो, नयाँ आत्माहरू पावन हुन्छन्, त्यसैले जो नयाँ आत्मा आउँछ, केही न केही त्यस आत्माको महिमा भइरहन्छ। विवेकले भन्छ जो अन्तिममा आउँछन्, उनलाई पहिला अवश्य सुख मिल्छ। महिमा हुन्छ फेरि दु:ख पनि हुन्छ। हुन्छ नै एक जन्म। जसरी तिमी सुखधाममा धेरै समय रहन्छौ, उनीहरू फेरि शान्तिधाममा धेरै समय रहन्छन्। अन्त्यसम्म धेरै वृद्धि हुन्छ। वृक्ष ठूलो हुन्छ नि। यस समयमा मनुष्यहरूको कति वृद्धि भइरहेको छ। त्यसैले यसलाई बन्द गर्ने उपाय निकालिरहन्छन्। तर यसबाट केही हुन सक्दैन। तिमीले जानेका छौ ड्रामा योजना अनुसार वृद्धि अवश्य हुनु छ। नयाँ पातहरू आउँदै जान्छन्, फेरि हाँगा आदि निस्किरहन्छन्। कति भेराइटी छन्। अहिले बच्चाहरूले जानेका छौ हामी अरू कुनै कनेक्शनमा छैनौं। बाबाले नै हामीलाई पावन बनाउनु हुन्छ र सृष्टिको आदि-मध्य-अन्त्यको समाचार सुनाउनु हुन्छ। तिमीले पनि उहाँलाई नै बोलाउँछौ हे पतित-पावन! आएर हामीलाई पावन बनाउनुहोस्। अवश्य पतित दुनियाँ विनाश हुन्छ। यो पनि हिसाब छ। सत्ययुगमा थोरै मनुष्य रहन्छन्। कलियुगमा कति धेरै मनुष्य छन्। तिमी बच्चाहरूले ज्ञान पनि दिनु छ। बाबाले हामीलाई पढाउनु हुन्छ, यस पुरानो दुनियाँको अब विनाश हुन्छ। स्थापना बाबाले नै गर्नुहुन्छ। भगवानुवाच मैले स्थापना गराउँछु। विनाश त ड्रामा अनुसार हुन्छ। यहाँ नै चित्र पनि छन्। ब्रह्माद्वारा ब्राह्मण, ब्रह्मा मुख वंशावली हेर कति छन्। ती हुन् कोख वंशावली ब्राह्मण। उनले त बाबालाई चिनेका नै छैनन्। तिमीलाई अब हौसला मिलेको छ। तिमीले जानेका छौ अब कलियुग विनाश भएर सत्ययुग आउनु छ। यो हो नै राजस्व अश्वमेध अविनाशी रुद्र ज्ञान यज्ञ। यसमा आहुति पर्नु छ पुरानो दुनियाँको। अरू त कुनै आहुति हुँदैन। बाबा भन्नुहुन्छ मैले सारा सृष्टिमा यो राजस्व अश्वमेध यज्ञ रचेको छु। सारा भूमिमा रचिएको छ। यज्ञ कुण्ड हुन्छन् नि। यसमा सारा दुनियाँ स्वाहा हुन्छ। यज्ञ कुण्ड बनाउँछन्। यो सारा सृष्टि यज्ञ कुण्ड बनेको छ। यस यज्ञ कुण्डमा के हुन्छ? सबै यसमा समाप्त हुन्छन्। यो कुण्ड पवित्र नयाँ बन्छ, यसमा फेरि देवताहरू आउँछन्। समुद्र चारैतर्फ छ, सारा दुनियाँ नयाँ हुन्छ। उथल-पुथल त धेरै हुन्छ। यस्तो कुनै स्थान छैन, जो कसैको नहोस्। सबैले भन्छन् यो मेरो हो। अब मेरो-मेरो भन्ने मनुष्य सबै खतम हुन्छन्। बाँकी मैले जसलाई पवित्र बनाउँछु, ती थोरै मात्रै सारा दुनियाँमा रहन्छन्। पहिला सुरुमा आदि सनातन देवी-देवता धर्म हुन्छ। जमुना नदीको किनारामा उनीहरूको राज्य हुन्छ। यी सबै कुरा तिम्रो बुद्धिमा बस्नुपर्छ, खुशी हुनु पर्छ। मनुष्यले बसेर एक अर्कालाई कथा सुनाइरहन्छन् नि। यो पनि सत्य-नारायणको कथा हो, यो हो बेहदको। तिम्रो बुद्धिमा नै यो कुरा छ। त्यसमा पनि जो राम्रा-राम्रा सेवाधारी छन्, उनीहरूको बुद्धिमा धारणा हुन्छ, झोली भरिन्छ, दान दिइरहन्छन्, त्यसैले भनिन्छ धन दिएर धन सकिँदैन। सम्झन्छन् दान दिएपछि समृद्धि हुन्छ। तिम्रो त हो अविनाशी धन। अहिले धन दिएर धन कम हुँदैन। जति दान दिन्छौ, त्यति नै खुशी हुन्छ। सुन्ने समयमा कोही कोहीको शिर हल्लिरहन्छ। कोही त बुद्धू जसरी बसिरहन्छन्। बाबा यति राम्रा-राम्रा प्वाइन्टहरू सुनाउनु हुन्छ। त्यसैले सुन्ने समयमा स्वत: काँध हल्लिन्छ। यहाँ बच्चाहरू आउँछन् नै सम्मुख बाबासँग रिफ्रेश हुनको लागि। बाबाले कसरी बसेर युक्तिसँग प्वाइन्ट सुनाउनु हुन्छ। तिमीले जानेका छौ यहाँ देवी-देवताहरूको राज्य थियो, जसलाई स्वर्ग भनिन्छ। अहिले त नर्क छ। नर्क परिवर्तन भएर स्वर्ग हुन्छ, बाँकी यतिका सबै विनाश हुन्छ। तिम्रो लागि त स्वर्ग मानौं भोलिको कुरा हो। हिजो राज्य गर्थ्यौं, अरू कसैले यस्तो भन्न सक्दैन। भन्छन् पनि क्राइस्ट भन्दा यति वर्ष पहिला स्वर्ग थियो, त्यतिबेला कुनै अर्को धर्म थिएन। द्वापरदेखि सबै धर्म आउँछन्। धेरै सहज कुरा छ। तर मनुष्यहरूको बुद्धि यसतर्फ छँदै छैन, ताकि बुझ्न सकून्। बोलाउँछन् पनि पतित-पावन आउनुहोस्, त्यसैले आएर अवश्य पतितबाट पावन बनाउनु हुन्छ नि! यहाँ त कोही पनि पावन हुन सक्दैन। सत्ययुगलाई निर्विकारी दुनियाँ भनिन्छ। अहिले त विकारी दुनियाँ हो। मुख्य कुरा हो पवित्रताको। यसको लागि तिमीले कति मेहनत गर्नुपर्छ। तिमीले जानेका छौ आजको दिनसम्म जे पनि बितेर गयो, त्यो ड्रामा अनुसार नै भन्नुपर्छ। यसमा हामीले कसैलाई राम्रो-नराम्रो भन्न सक्दैनौं। जे जति हुन्छ, ड्रामामा निश्चित छ। बाबाले पछिको लागि सम्झाउनु हुन्छ सेवामा यस्तो-यस्तो कर्म नगर। नत्र डिससर्भिस हुन्छ। बाबाले नै त भन्नुहुन्छ नि। तिमी आपसमा नुनपानी भएका छौ। सम्झन्छौ हामी नुनपानी हौं। एक-आपसमा भेट्दा कुरा गर्दैनन् फेरि कसैले केही भन्यो भने एकदम रिसाउँछन्। शिवबाबालाई भुल्छन्, त्यसैले सम्झाइन्छ सदैव शिवबाबालाई याद गर। बाबाले सावधान गराउनुहुन्छ बच्चाहरूलाई। यस्तो काम गरेमा दुर्गति हुन्छ। तर तकदिरमा छैन भने बुझ्दैनन्। शिवबाबा, जसबाट वर्सा मिल्छ, उहाँसँग पनि रिसाउँछन्। ब्राह्मणीसँग पनि रिसाउँछन्, यिनीसँग पनि रूष्ट हुन्छन्। फेरि कहिल्यै क्लासमा आउँदैनन्। शिवबाबासँग त कहिल्यै रिसाउनु हुँदैन। उहाँको मुरली त पढ्नुपर्छ। याद पनि उहाँलाई गर्नु छ। बाबा भन्नुहुन्छ नि प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झिएर मलाई याद गर्यौ भने सद्गति हुन्छ। देह-अभिमानमा आउनाले देहधारीहरूसँग रूष्ट हुन्छौ। वर्सा त शिवबाबासँग मिल्छ। बाबाको बनेपछि वर्सा मिल्छ। बाबालाई नै छोडिदियौ भने वर्सा कसरी मिल्छ? ब्राह्मण कुलबाट निस्केर शूद्र कुलमा गयौ भने वर्सा खतम। एडप्शन रद्द भयो। फेरि पनि बुझ्दैनन्। माया यस्तो छ, जसले एकदमै अशान्त बनाइदिन्छ। बाबालाई त कति प्यारसँग याद गर्नुपर्छ तर याद नै गर्दैनन्। बुझ्दैनन् शिवबाबाको बच्चा हुँ, जसले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ। अवश्य यहाँ नै जन्म लिनुहुन्छ। शिव जयन्ती मनाउँछौ नि। विश्वको इतिहास-भूगोल दोहोरिन्छ। पहिला सुरुमा शिवबाबा नै आएर स्वर्ग रच्नुहुन्छ। तिमीले जानेका छौ हामीलाई स्वर्गको बादशाही मिलिरहेको छ। बाबा नै आएर स्वर्गवासी बनाउनु हुन्छ। नयाँ दुनियाँको लागि राजयोग सिकाउनु हुन्छ। तिमी गएर नयाँ दुनियाँमा राज्य चलाउँछौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बुद्धि रूपी झोलीमा अविनाशी ज्ञान रत्नले भरपुर गरेर फेरि दान गर्नु छ। दान गर्नाले नै खुशी हुन्छ। ज्ञान धन बढ्दै जान्छ।

२) कहिल्यै पनि आपसमा रिसाएर नुनपानी हुनु छैन। धेरै प्यारसँग बाबालाई याद गर्नु छ, मुरली सुन्नु छ। अशान्त बन्नु छैन।

वरदान:
सदा पुण्यको खाता जम्मा गर्ने र गराउने मास्टर शिक्षक भव

हामी मास्टर शिक्षक हौं, मास्टर भन्नाले बाबाको याद स्वत: आउँछ। बनाउनेको याद आएपछि स्वयं निमित्त हुँ यो स्वत: स्मृतिमा आउँछ। विशेष स्मृति रहोस् हामी पुण्य आत्मा हौं, पुण्यको खाता जम्मा गर्नु र गराउनु यही विशेष सेवा हो। पुण्य आत्माले कहिल्यै पापको एक प्रतिशत संकल्प मात्र पनि गर्न सक्दैन। मास्टर शिक्षक मतलब सदा पुण्यको खाता जम्मा गर्ने र गराउने बाबा समान।

स्लोगन:
संगठनको महत्त्वलाई जान्ने आत्माले संगठनमा नै स्वयंको सुरक्षाको अनुभव गर्छ।