06.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आफ्नो जाँच गर कति समय बाबाको स्मृति रहन्छ ? किनकि स्मृतिमा छ नै फाइदा , विस्मृतिमा छ घाटा।

प्रश्न:
यस पाप आत्माहरूको दुनियाँमा कुनचाहिँ कुरा बिल्कुल असम्भव छ, किन?

उत्तर:
यहाँ कसैले आफूलाई पुण्यात्मा भन्नु, यो बिल्कुल असम्भव छ किनकि दुनियाँ नै तमोप्रधान कलियुग हो। मानिसहरूले जसलाई पुण्यको काम सम्झन्छन्, त्यो पनि पाप हुन पुग्छ किनकि हरेक कर्म विकारहरूको वश भएर गर्छन्।

ओम् शान्ति ।
यो त बच्चाहरूले जानेका छन् हामी अहिले ब्रह्माका सन्तान ब्रह्माकुमार-कुमारी हौं। फेरि पछि हुन्छौं देवी-देवता। यो त तिमीले नै बुझ्छौ, अरू कसैले बुझ्दैनन्। तिमीलाई थाहा छ हामी ब्रह्माकुमार-कुमारीहरू बेहदको पढाइ पढिरहेका छौं। ८४ जन्मको पढाइ पनि पढ्छौं, सृष्टि चक्रको पढाइ पनि पढ्छौं। फेरि तिमीलाई यो शिक्षा मिल्छ पवित्र बन्नु छ। यहाँ बसेर तिमी बच्चाहरूले बाबालाई याद त अवश्य गर्छौ, पावन बन्नको लागि। आफ्नो दिलसँग सोध वास्तवमा म बाबाको यादमा बसेको थिएँ या माया रावणले बुद्धिलाई अन्तै लिएर गयो। बाबाले भन्नुभएको छ म एकलाई याद गर्यौ भने पाप काटिन्छ। अब आफैंसँग सोध्नु छ म बाबाको यादमा रहेँ या बुद्धि कहीं गयो? स्मृति रहनु पर्छ कति समय म बाबाको यादमा रहेँ? कति समय मेरो बुद्धि कहाँ-कहाँ गयो? आफ्नो अवस्थालाई हेर। जति समय बाबालाई याद गर्छौ, त्यसैबाट पावन बन्छौ। नाफा र घाटाको पनि चार्ट राख्नुपर्छ। बानी भएपछि याद पनि रहन्छ। लेखिरहन्छौ। डायरी त सबैको पकेटमा रहन्छ नै। जति पनि व्यापारी हुन्छन्, उनीहरूको हुन्छ हदको डायरी। तिम्रो हो बेहदको डायरी। तिमीले आफ्नो चार्ट नोट गर्नु छ। बाबाको श्रीमत छ धन्दा आदि सबैथोक गर, तर केही समय निकालेर मलाई याद गर। आफ्नो चार्टलाई हेर्दै फाइदा बढाउँदै जाऊ। घाटा नपार। तिम्रो युद्ध त छ नि। सेकेण्डमा फाइदा, सेकेण्डमा घाटा। तुरुन्तै थाहा हुन्छ, मैले फाइदा गरेँ या घाटा? तिमी व्यापारी हौ नि। थोरैले मात्रै यो व्यापार गर्छन्। स्मृतिबाट हुन्छ फाइदा, विस्मृतिबाट हुन्छ घाटा। यो आफ्नो जाँच गर्नु छ। जसलाई उच्च पद पाउनु छ, उनलाई त यो ख्याल रहन्छ हेरौं, म कति समय विस्मृतिमा रहेँ? यो त तिमी बच्चाहरूलाई थाहा छ हामी सबै आत्माहरूका पिता पतित-पावन हुनुहुन्छ। हामी वास्तवमा आत्मा हौं। आफ्नो घरबाट यहाँ आएका हौं, यो शरीर लिएर पार्ट खेल्छौं। शरीर विनाशी छ, आत्मा अविनाशी छ। संस्कार पनि आत्मामा रहन्छ। बाबाले सोध्नुहुन्छ हे आत्मा! याद गर, यस जन्मको बचपनमा कुनै उल्टो काम त गरेनौं? याद गर। ३-४ वर्षदेखि लिएर याद त रहन्छ, मैले बचपन कसरी बिताएँ? के के गरेँ? कुनै पनि कुराले दिल खान त खाँदैन? याद गर। सत्ययुगमा पाप कर्म हुँदैन भने सोध्नु पर्ने कुरा नै रहँदैन। यहाँ त पाप भइ नै हाल्छ। मानिसहरूले जसलाई पुण्यको काम सम्झन्छन्, त्यो पनि पाप नै हो। यो हो नै पाप आत्माहरूको दुनियाँ। तिम्रो लेन-देन पनि छ पाप आत्माहरूसँग। पुण्य आत्मा यहाँ छँदै छैनन्। पुण्य आत्माहरूको दुनियाँमा फेरि एक जना पनि पाप आत्मा हुँदैन। पाप आत्माहरूको दुनियाँमा एक जना पनि पुण्य आत्मा हुन सक्दैन। जुन गुरुको चरणमा झुक्छन्, ती पनि कुनै पुण्य आत्मा होइनन्। यो त हो नै कलियुग, त्यो पनि तमोप्रधान। त्यसैले यसमा कोही पनि पुण्य आत्मा हुन असम्भव छ। पुण्य आत्मा बन्नको लागि बाबालाई बोलाउँछन्, आएर हामीलाई पावन आत्मा बनाउनुहोस्। यस्तो होइन, कसैले धेरै दान-पुण्य आदि गर्छन्, धर्मशाला आदि बनाउँछन् भने ती कुनै पुण्य आत्मा हुन्। होइनन्। विवाह आदिको लागि हल आदि बनाउँछन्, यो कुनै पुण्य कहाँ हो र! यो बुझ्ने कुरा हो। यो हो रावण राज्य, पाप आत्माहरूको आसुरी दुनियाँ। यी कुरालाई तिमी बाहेक अरू कसैले जान्दैन। रावण छ तापनि उसलाई कहाँ चिनेका छन् र! शिवका चित्र पनि छन्, तर पहिचान छैन। ठूला-ठूला शिवलिङ्ग आदि बनाउँछन्, फेरि पनि भनिदिन्छन् नाम-रूपदेखि भिन्न हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ। त्यसैले बाबाले भन्नुभएको छ यदा यदा हि....। भारतवर्षमा नै शिवबाबाको ग्लानि हुन्छ। जुन बाबाले तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ, तिमी मनुष्य मतमा चलेर उहाँको कति ग्लानि गर्छौ। मनुष्य मत र ईश्वरीय मतको किताब पनि छ नि। यो त तिमीले नै जानेका छौ र सम्झाउँछौ हामी श्रीमत अनुसार देवता बन्छौं। रावण मतमा फेरि आसुरी मनुष्य बन्न पुग्छन्। मनुष्य मतलाई आसुरी मत भनिन्छ। आसुरी कर्तव्य नै गरिरहन्छन्। मूल कुरा ईश्वरलाई सर्वव्यापी भनिदिन्छन्। कछुवा अवतार, माछा अवतार.... कति आसुरी फोहोरी बनेका छन्। तिम्रो आत्माले कछुवा-माछा अवतार लिँदैन, मनुष्य तनमा नै आउँछ। अहिले तिमीले जानेका छौ हामी कुनै कछुवा-माछा कहाँ बन्छौं र, ८४ लाख योनि कहाँ लिन्छौं र। अहिले तिमीलाई बाबाको श्रीमत मिलेको छ प्यारा बच्चाहरू! तिमीले ८४ जन्म लिन्छौ। ८४ र ८४ लाखको कति प्रतिशत भनौं! झूटो त पूरा झूटो, सत्यको रत्ती छैन। यसको पनि अर्थ बुझ्नुपर्छ। भारतको हाल हेर के छ। भारत सत्यखण्ड थियो, जसलाई स्वर्ग भनिन्थ्यो। आधा कल्प हुन्छ रामराज्य, आधा कल्प हुन्छ रावण राज्य। रावण राज्यलाई आसुरी सम्प्रदाय भनिन्छ। कति कडा अक्षर छ। आधा कल्प देवताहरूको राज्य चल्छ। बाबाले सम्झाउनु भएको छ लक्ष्मी-नारायण द फस्ट, द सेकेण्ड, द थर्ड भनिन्छ। जसरी एडवर्ड फस्ट, सेकेण्ड हुन्छ नि। पहिलो पिँढी, फेरि दोस्रो पिँढी यसरी चल्छ। तिम्रो पनि पहिला हुन्छ सूर्यवंशी राज्य, फेरि चन्द्रवंशी। बाबाले आएर ड्रामाको रहस्य पनि राम्ररी सम्झाउनु भएको छ। तिम्रा शास्त्रहरूमा यो कुरा थिएन। कुनै-कुनै शास्त्रहरूमा थोरै हरफहरू छन्, तर त्यस समय जसले पुस्तक बनाए, उनले केही बुझेका छैनन्।

बाबा पनि जब बनारस गएका थिए, त्यस समय यो दुनियाँ राम्रो लाग्दैनथ्यो, त्यहाँ बसेर सारा भित्तामा रेखा लगाउँथे। बाबाले यो सबै गराउनुहुन्थ्यो, तर म त त्यस समय बच्चा थिएँ नि। पूरा समझमा आउँदैनथ्यो। लाग्थ्यो कोही छ, जसले मद्वारा यो गराउँछ। विनाश देखेँ, त्यसपछि भित्र खुशी पनि थियो। रातमा सुते पनि मानौं उडिरहन्थेँ। तर केही समझमा आउँदैनथ्यो। यसरी यसरी रेखा खिचिरहन्थेँ। कुनै तागत छ जसले प्रवेश गरेको छ। म आश्चर्य मान्थेँ। पहिला त धन्दा आदि गर्थें, फेरि के भयो? कसैलाई देख्थेँ, तुरुन्तै ध्यानमा जान्थेँ। भन्थेँ यो के हुन्छ, जसलाई देख्छु उनका आँखा बन्द हुन्छ। सोध्थेँ के देख्यौ? भन्थे वैकुण्ठ देखेँ, कृष्ण देखेँ। यो पनि सबै बुझ्ने कुरा भयो नि। त्यसैले सबैथोक छोडेर बनारस गएँ, बुझ्नको लागि। सारा दिन बसिरहन्थेँ। पेन्सिल अनि भित्ता, अरू कुनै धन्दा नै थिएन। बच्चा थिएँ नि। यस्तो-यस्तो जब देखेँ, तब बुझेँ अब यो केही गर्नु छैन। धन्दा आदि छोड्नुपर्ला। खुशी थियो यो गदाई छोड्नु छ। रावण राज्य हो नि। रावणको शिरमा गधाको शिर देखाउँछन् नि, ख्याल आयो यो राजाई होइन, गदाई हो। गधा घरी-घरी माटोमा लतपतिएर धोबीका कपडा सबै खराब गरिदिन्छ। बाबा पनि भन्नुहुन्छ तिमी के थियौ, अहिले तिम्रो के अवस्था भएको छ। यो बाबाले नै बसेर सम्झाउनु हुन्छ, अनि यी दादाले पनि सम्झाउँछन्। दुवैको चलिरहन्छ। ज्ञानमा जसले राम्ररी सम्झाउँछ, उसलाई तीक्ष्ण भनिन्छ। नम्बरवार त हुन्छन् नि। तिमी बच्चाहरूले पनि सम्झाउँछौ, यो राजधानी स्थापना भइरहेको छ। अवश्य नम्बरवार पद पाउने छन्। आत्माले नै आफ्नो पार्ट कल्प-कल्प बजाउँछ। सबैले समान रुपले ज्ञान त बुझ्दैनन्। यो स्थापना नै अनौठो छ। अरू कसैले स्थापनाको ज्ञान कहाँ दिन्छन् र! जस्तै, सिक्ख धर्मको स्थापना भयो, शुद्ध आत्माले प्रवेश गर्यो, केही समयपछि सिक्ख धर्मको स्थापना भयो। उनीहरूको मुख्य को हो? गुरुनानक। उनले आएर जप साहेब बनाए। पहिला त नयाँ आत्मा नै हुन्छ किनकि पवित्र आत्मा हुन्छ। पवित्रलाई महान् आत्मा भनिन्छ। सुप्रिम त एक बाबालाई भनिन्छ। उनीहरूले पनि धर्म स्थापना गर्छन्, त्यसैले महान् भनिन्छ। तर नम्बरवार पछि पछि आउँछन्। ५०० वर्ष पहिला एउटा आत्मा आयो, आएर सिक्ख धर्म स्थापना गर्यो, त्यस समय ग्रन्थ कहाँबाट आउँछ र? अवश्य सुखमनी, जप साहेब आदि पछि बनाए नि। के शिक्षा दिन्छन्। उमंग आउँदा बसेर बाबाको महिमा गर्छन्। बाँकी यी पुस्तक आदि त पछि बन्छन्। जब धेरै हुन्छन्। पढ्नेहरू पनि चाहिन्छ नि। सबैका शास्त्र पछि बनेका हुन्। जब भक्तिमार्ग सुरु हुन्छ, तब शास्त्र पढ्छन्। ज्ञान चाहिन्छ नि। पहिला सतोप्रधान हुन्छन्, फेरि सतो, रजो, तमोमा आउँछन्। जब धेरै वृद्धि हुन्छ तब महिमा हुन्छ, अनि शास्त्र आदि बने। नत्र वृद्धि कसले गर्ने? अनुयायी बन्छन् नि। सिक्ख धर्मका आत्माहरू आउँछन्, जसले आएर अनुसरण गर्छन्। यसमा धेरै समय लाग्छ।

नयाँ आत्मा जो आउँछन्, उनलाई दु:ख त हुन सक्दैन। नियम छैन। आत्मा सतोप्रधानबाट सतो, रजो, तमोमा आओस् तब दु:ख हुन्छ। नियम पनि छ नि! यहाँ छासमिस छन्, रावण सम्प्रदाय पनि छ भने राम सम्प्रदाय पनि छ। अहिले त सम्पूर्ण बनेका छैनन्। सम्पूर्ण बनेपछि फेरि शरीर छोडिदिन्छन्। कर्मातीत अवस्था हुनेहरूलाई कुनै दु:ख हुन सक्दैन। उनीहरू यस फोहोरी दुनियाँमा रहन सक्दैनन्। उनीहरू जान्छन् बाँकी जो रहन्छन्, ती कर्मातीत बनेका हुँदैनन्। सबै त एक साथ कर्मातीत हुन सक्दैनन्। हुन त विनाश हुन्छ, तापनि केही बच्छन्। प्रलय हुँदैन। गायन पनि छ राम गयो, रावण गयो...। रावणको ठूलो परिवार थियो। हाम्रो परिवार त सानो छ। कति धेरै धर्म छन्। वास्तवमा सबैभन्दा ठूलो हाम्रो परिवार हुनुपर्छ किनकि देवी-देवता धर्म सबैभन्दा पुरानो हो। अहिले त सबै मिसिएका छन्, त्यसैले क्रिश्चियन धेरै बन्न पुगेका छन्। जहाँ मानिसहरूले सुख देख्छन्, पोजिशन देख्छन् अनि त्यस धर्मका बन्छन्। जब जब पोप आउँछन्, धेरै क्रिश्चियन बन्छन्। फेरि वृद्धि पनि धेरै हुन्छ। सत्ययुगमा त हुन्छ नै एक बच्चा, एक बच्ची। अरू कुनै धर्मको यसरी वृद्धि हुँदैन। अहिले हेर, सबैभन्दा क्रिश्चियन अगाडि छन्। जसले धेरै बच्चा जन्माउँछन्, उनलाई इनाम मिल्छ किनकि उनलाई त मनुष्य चाहिन्छ नि, जो सेना लश्करको काममा आउँछ। हुन् त सबै क्रिश्चियन। रसियन, अमेरिकन सबै क्रिश्चियन हुन्। एक कहानी पनि छ दुई बाँदर लडे, मख्खन बिरालोले खायो। यो पनि ड्रामा बनेको छ। पहिला त हिन्दु, मुसलमान सँगै रहन्थे। जब अलग भए तब पाकिस्तानको नयाँ राजाई खडा भयो। यो पनि ड्रामा बनेको छ। दुई लडे भने बारुद लिन्छन्, धन्दा हुन्छ। यो उनको धेरै ठूलो धन्दा हो। तर ड्रामामा विजयको भावी तिम्रै छ। १०० प्रतिशत निश्चित छ, तिमीलाई कसैले पनि जित्न सक्दैन। बाँकी सबै खत्तम हुन्छन्। तिमीलाई थाहा छ नयाँ दुनियाँमा हाम्रो राज्य हुन्छ, जसको लागि नै तिमी पढ्छौ। लायक बन्छौ। तिमी लायक थियौ, अब नालायक बनेका छौ, फेरि लायक बन्नु छ। गायन पनि गर्छन् पतित-पावन आउनुहोस्। तर अर्थ कहाँ बुझ्छन् र! यो हो नै सारा जंगल। अब बाबा आउनु भएको छ, आएर काँडाको जंगललाई फूलको बगैंचा बनाउनु हुन्छ। त्यो हो दैवी दुनियाँ। यो हो आसुरी दुनियाँ। सारा मनुष्य सृष्टिको रहस्य सम्झाएको छु। तिमीले अहिले सम्झन्छौ हामी आफ्नो धर्मलाई बिर्सिएर धर्मभ्रष्ट भएका हौं। सबै कर्म विकर्म नै हुन्छ। कर्म, विकर्म, अकर्मको गति बाबाले तिमीलाई सम्झाएर जानुभएको थियो। तिमीलाई थाहा छ वास्तवमा हामी हिजो यस्ता थियौं, फेरि अब हामी यस्तै बन्छौं। समीप छ नि। बाबा भन्नुहुन्छ हिजो तिमीलाई देवता बनाएको थिएँ। राज्य-भाग्य दिएको थिएँ, फेरि सबै कहाँ गयो? तिमीलाई स्मृति आएको छ भक्तिमार्गमा हामीले कति धन गुमायौं। हिजोको कुरा हो नि। बाबा त आएर हत्केलामा स्वर्ग दिनुहुन्छ। यो ज्ञान बुद्धिमा रहनु पर्छ।

बाबाले यो पनि सम्झाउनु भएको छ यी आँखाले कति धोका दिन्छन्, क्रिमिनल दृष्टिलाई ज्ञानले सिविल बनाउनु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो बेहदको डायरीमा चार्ट नोट गर्नु छ मैले यादमा रहेर कति नाफा बढाएँ? घाटा त परेन? यादको समयमा बुद्धि कहाँ कहाँ गयो?

२) यस जन्ममा बचपनदेखि आफूबाट कुन कुन उल्टो कर्म अथवा पाप भएका छन्, त्यो नोट गर्नु छ। जुन कुराले दिल खान्छ, त्यो कुरा बाबालाई सुनाएर हल्का हुनु पर्छ। अब कुनै पनि पापको काम गर्नु छैन।

वरदान:
राम्रोमा प्रभावित हुनुको सट्टा त्यसलाई स्वयंमा धारण गर्नेवाला परमात्मा स्नेही भव

यदि परमात्म स्नेही बन्नु छ भने देह अभिमानका बाधाहरूलाई चेक गर। कति बच्चाहरूले भन्छन् यो धेरै असल छ या असल छिन् त्यसैले थोरै दया आउँछ... कसैको कोहीको शरीरसँग लगाव हुन्छ भने कसैको कोहीको गुण वा विशेषतासँग। त्यो विशेषता र गुण दिनेवाला को हो? कोही राम्रो छ भने राम्रोलाई धारण गर, तर राम्रोमा प्रभावित नहोऊ। न्यारा र बाबाको प्यारा बन। यस्तो प्यारो अर्थात् परमात्म स्नेही बच्चाहरू सधैं सुरक्षित रहन्छन्।

स्लोगन:
शान्तिको शक्ति इमर्ज गरेमा सेवाको गति तीव्र हुन्छ।