06.11.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी अहिले ईश्वरीय सेवामा छौ , तिमीले सबैलाई सुखको मार्ग बताउनु छ , छात्रवृत्ति लिने पुरुषार्थ गर्नु छ।

प्रश्न:
तिमी बच्चाहरूको बुद्धिमा ज्ञानको राम्रो धारणा भएपछि कुनचाहिँ डर निस्किन्छ?

उत्तर:
भक्तिमा जुन डर हुन्छ गुरुबाट हामीलाई श्राप नमिलोस्, यो डर ज्ञानमा आएपछि, ज्ञानको धारणा गरेपछि निस्किन्छ किनकि ज्ञानमार्गमा कसैले श्राप दिन सक्दैन। रावणले श्राप दिन्छ, बाबाले वर्सा दिनुहुन्छ। ऋद्धि-सिद्धि सिकेकाले यस्तो हैरान पार्ने, दु:ख दिने काम गर्छन्। ज्ञानमा त तिमी बच्चाहरूले सबैलाई सुख दिन्छौ।

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूलाई रूहानी बाबा बसेर सम्झाउनु हुन्छ। तिमीहरू सबैभन्दा पहिला आत्मा हौ। यो पक्का निश्चय हुनुपर्छ। बच्चाहरूले जानेका छन् हामी आत्माहरू परमधामबाट आउँछौं, यहाँ शरीर लिएर पार्ट खेल्न। आत्माले नै पार्ट खेल्छ। मनुष्यले फेरि सम्झन्छन् शरीरले नै पार्ट खेल्छ। यो हो सबैभन्दा ठूलो भूल जसले गर्दा आत्मालाई कसैले चिन्दैन। यस जन्म-मरणको चक्रमा हामी आत्माहरू आउँछौं-जान्छौं। यस कुरालाई बिर्सिन्छन् त्यसैले बाबाले नै आएर आत्म-अभिमानी बनाउनु पर्छ। यो कुरालाई पनि कसैले जानेका छैनन्। बाबाले नै सम्झाउनु हुन्छ, आत्माले कसरी पार्ट खेल्छ। मनुष्यको अधिकतम ८४ जन्मदेखि लिएर न्यूनतम हुन्छ एक-दुई जन्म। आत्माले पुनर्जन्म त लिइरहनु पर्छ। यसबाट सिद्ध हुन्छ, धेरै जन्म लिनेले धेरै पुनर्जन्म लिन्छन्। थोरै जन्म लिनेहरूले थोरै पुनर्जन्म लिन्छन्। जसरी नाटकमा कसैको सुरुदेखि अन्त्यसम्म पार्ट हुन्छ, कसैको थोरै पार्ट हुन्छ। यो कुरा कुनै मनुष्यले जानेका छैनन्। आत्माले आफैंलाई चिन्दैन भने आफ्नो पितालाई कसरी चिनोस्! आत्माको कुरा हो नि। बाबा हुनुहुन्छ आत्माहरूका पिता। कृष्ण त आत्माहरूका पिता होइनन्। कृष्णलाई त निराकार भनिदैन। साकारमा नै उनको पहिचान गरिन्छ। आत्मा त सबैको हुन्छ। हरेक आत्मामा पार्ट निश्चित छ। यो कुरा तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार छ, जसले सम्झाउन सक्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी आत्माहरूले ८४ जन्म कसरी लिएका छौं। यस्तो होइन आत्मा नै परमात्मा हो। होइन, बाबाले सम्झाउनु भएको छ हामी आत्माहरू नै पहिला देवता बन्छौं। अहिले पतित तमोप्रधान छौं फेरि सतोप्रधान पावन बन्नु छ। बाबा आउनु हुन्छ नै तब, जब सृष्टि पुरानो हुन्छ। बाबा आएर पुरानोलाई नयाँ बनाउनु हुन्छ। नयाँ सृष्टि स्थापना गर्नुहुन्छ। नयाँ दुनियाँमा हुन्छ नै आदि सनातन देवी-देवता धर्म। उनीहरूलाई नै भनिन्छ पहिला कलियुगी शूद्र धर्मका थिए, अहिले प्रजापिता ब्रह्माका मुख वंशावली बनेर ब्राह्मण बनेका छन्। ब्राह्मण कुलमा आउँछौ। ब्राह्मण कुलको राजवंश (डिनायस्टी) हुँदैन। ब्राह्मण कुलले कुनै राजाई गर्दैन। यतिबेला यहाँ न ब्राह्मण कुलले राजाई गर्छ न शूद्र कुलले राजाई गर्छ। दुवैको राजाई हुँदैन। फेरि पनि उनीहरूको प्रजाको प्रजामाथि राज्य त चल्छ। तिमी ब्राह्मणहरूको कुनै राज्य छैन। तिमी विद्यार्थीहरूले पढ्छौ। बाबाले तिमीलाई नै सम्झाउनु हुन्छ। यो ८४ को चक्र कसरी घुम्छ। सत्ययुग, त्रेता... फेरि हुन्छ संगम। यस संगमयुगको जस्तो महिमा अरू कुनै युगको छैन। यो हो पुरुषोत्तम संगमयुग। सत्ययुगबाट त्रेतामा आउँछन्, दुई कला कम हुन्छ त्यसैले उनीहरूको के महिमा गर्ने! गिरेकाको महिमा कहाँ हुन्छ! कलियुगलाई भनिन्छ पुरानो दुनियाँ। अब नयाँ दुनियाँ स्थापना हुनु छ, जहाँ देवी-देवताहरूको राज्य हुन्छ। उनीहरू पुरुषोत्तम थिए। फेरि कला कम हुँदा-हुँदा कनिष्ठ, शूद्र बुद्धि बन्छन्। उनीहरूलाई पत्थरबुद्धि भनिन्छ। यस्ता पत्थरबुद्धि बन्छन्, जसको पूजा गर्छन् उनको जीवन कहानी पनि जानेका छैनन्। बच्चाले पिताको बारेमा नै जान्दैन भने वर्सा कसरी मिल्छ। अहिले तिमी बच्चाहरूले बाबाको बारेमा जानेका छौ। उहाँबाट तिमीलाई वर्सा मिलिरहेको छ। बेहदका बाबालाई याद गर्छौ। तिमी माता-पिता.... भन्छौ त्यसैले अवश्य पनि बाबा आउनु भएको थियो, आएर धेरै सुख दिनु भएको थियो। बाबा भन्नुहुन्छ म आएको छु, तिमी बच्चाहरूलाई अथाह सुख दिन्छु। बच्चाहरूको बुद्धिमा यो ज्ञान राम्ररी रहनु पर्छ, त्यसैले तिमी स्वदर्शन चक्रधारी बन्छौ। तिमीलाई अहिले ज्ञानको तेस्रो नेत्र मिलेको छ। तिमीले जानेका छौ हामी नै देवता बन्छौं। अहिले शूद्रबाट ब्राह्मण बनेका छौं। कलियुगी ब्राह्मण पनि छन् नि। ती ब्राह्मणहरूले आफ्नो धर्म अथवा कुल कहिले स्थापना भयो, यो जानेका छैनन् किनकि उनीहरू हुन् नै कलियुगी। तिमी अहिले डाइरेक्ट प्रजापिता ब्रह्माका सन्तान बनेका छौ र सबैभन्दा उच्च कोटिका हौ। बाबा बसेर तिम्रो पढाइको सेवा, सम्हाल्ने सेवा र शृङ्गार गर्ने सेवा गर्नुहुन्छ। तिमी पनि छौ ईश्वरीय सेवामा। परमपिता परमात्माले पनि भन्नुहुन्छ म आएको छु सबै बच्चाहरूको सेवामा। बच्चाहरूलाई सुखको मार्ग बताउनु छ। बाबा भन्नुहुन्छ अब घर हिँड। मनुष्यले भक्ति पनि गर्छन् मुक्तिको लागि। अवश्य जीवन बन्धनमा छ। बाबा आएर यो दु:खबाट छुटाउनु हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ हाहाकार गर्नेछन्। हाहाकार पछि जयजयकार हुनु छ। अहिले तिम्रो बुद्धिमा छ कति हाय-हाय गर्छन्, जब प्राकृतिक प्रकोप आदि हुन्छ। युरोपवासी यादव पनि छन्। बाबाले सम्झाउनु भएको छ युरोपवासीलाई यादव भनिन्छ। देखाउँछन् पेटबाट मूसल निस्क्यो अनि श्राप दिए। वास्तवमा श्राप आदिको त कुरै होइन। यो त ड्रामा हो। बाबाले वर्सा दिनुहुन्छ, रावणले श्राप दिन्छ। यो खेल बनेको छ, बाँकी श्राप दिने मनुष्य त अरू हुन्छन्। त्यो श्रापलाई हटाउनेहरू पनि हुन्छन्। गुरु गोसाईं आदिबाट पनि मनुष्यहरू डराउँछन् कुनै श्राप नदिऊन्। वास्तवमा ज्ञान मार्गमा कसैले श्राप दिन सक्दैन। ज्ञानमार्ग र भक्तिमार्गमा श्रापको कुनै कुरा हुँदैन। जसले ऋद्धि-सिद्धि आदि सिक्छन्, उनीहरूले श्राप दिन्छन्, मानिसहरूलाई धेरै दु:खी बनाउँछन्, पैसा पनि धेरै कमाउँछन्। भक्तहरूले यो काम गर्दैनन्।

बाबाले यो पनि सम्झाउनु भएको छ संगमको साथै पुरुषोत्तम शब्द अवश्य पनि लेख। त्रिमूर्ति शब्द पनि अवश्य लेख्नु छ र प्रजापिता शब्द पनि आवश्यक छ किनकि ब्रह्मा नाम पनि धेरैका छन्। प्रजापिता शब्द लेख्यौ भने सम्झन्छन् साकारमा प्रजापिता हुन्छन्। केवल ब्रह्मा लेखिएमा सूक्ष्मवतन निवासी सम्झन्छन्। ब्रह्मा-विष्णु-शंकरलाई भगवान भनिदिन्छन्। प्रजापिता भन्ने हो भने सम्झाउन सक्छौ प्रजापिता त यहाँ छन्। सूक्ष्मवतनमा कसरी हुन सक्छन्। विष्णुलाई त ब्रह्माको नाभिबाट निस्किएको देखाउँछन्। तिमी बच्चाहरूलाई पनि ज्ञान मिलेको छ। नाभि आदिको कुनै कुरै होइन। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा कसरी बन्छन्। सारा चक्रको ज्ञान तिमीले यी चित्रबाट सम्झाउन सक्छौ। चित्र विना सम्झाउन मेहनत लाग्छ। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा बन्छन्। लक्ष्मी-नारायणले ८४ को चक्कर लगाएर फेरि ब्रह्मा-सरस्वती बन्छन्। बाबाले पहिल्यैबाट नाम राख्नुभएको छ, जब भट्ठी बन्यो, नाम राख्नुभयो। फेरि कति गए त्यसैले सम्झाइएको छ ब्राह्मणहरूको माला हुँदैन किनकि ब्राह्मण हुन् पुरुषार्थी। कहिले तल, कहिले माथि भइरहन्छन्। ग्रह-दशा लाग्छ। बाबा त जौहरी थिए। मोती आदिको माला कसरी बन्छ, अनुभवी छन्। ब्राह्मणहरूको माला अन्त्यमा बन्छ। हम सो ब्राह्मण दैवी गुण धारण गरेर देवता बन्छौं। फेरि सिँढी झर्नु छ। नत्र ८४ जन्म कसरी लिन्छौं। ८४ जन्मको हिसाबबाट यो निस्कन सक्छ। तिम्रो आधा समय पूरा हुन्छ अनि अरू धर्मका थपिन्छन्। माला बनाउनमा धेरै मेहनत लाग्छ। कहीं नहल्लियोस् भनेर धेरै जतनसँग मोतीलाई टेबुलमा राखिन्छ। फेरि सियोले मालामा राखिन्छ। कहीं ठीक भएन भने माला चुँडाल्नुपर्छ। यो त धेरै ठूलो माला हो। तिमी बच्चाहरूलाई थाहा छ मैले पढ्दैछु नयाँ दुनियाँको लागि। बाबाले सम्झाउनु भएको छ स्लोगन बनाऊ हामी शूद्र नै ब्राह्मण, ब्राह्मण नै देवता कसरी बन्छौं, आएर बुझ्नुहोस्। यो चक्रलाई जान्नाले तपाईं चक्रवर्ती राजा बन्नुहुन्छ। स्वर्गको मालिक बन्नुहुन्छ। यस्ता स्लोगन बनाएर बच्चाहरूलाई सिकाउनु पर्छ। बाबाले युक्तिहरू त धेरै बताउनु हुन्छ। वास्तवमा महत्त्व तिम्रो छ। तिमीलाई नायक-नायिकाको पार्ट मिल्छ। तिमी हीराजस्ता बन्छौ फेरि ८४ को चक्कर लगाएर कौडी समान बन्छौ। अहिले जब हीराजस्तो जन्म मिल्छ भने कौडीको पछि किन भाग्छौ? यस्तो पनि होइन, कुनै घरबार छोड्नु छ। बाबाले त भन्नुहुन्छ गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र रह्यौ र सृष्टि चक्रको ज्ञानलाई जानेर दैवी गुण पनि धारण गर्यौ भने तिमी हीरा जस्तो बन्छौ। अवश्य दुनियाँ ५ हजार वर्ष पहिला हीरा जस्तो थियो। यो हो लक्ष्य-उद्देश्य। यस चित्रलाई (लक्ष्मी-नारायणको) धेरै महत्त्व दिनुपर्छ। तिमी बच्चाहरूले धेरै सेवा गर्नु छ, प्रदर्शनी म्युजियममा। विहंग मार्गको सेवा विना तिमीले प्रजा कसरी बनाउँछौ? हुन त यस ज्ञानलाई सुन्छन् पनि, तर उच्च पद थोरैले मात्र पाउँछन्। उनीहरूलाई भनिन्छ करोडौंमा कोही। छात्रवृत्ति पनि कसैले लिन्छन्। ४०-५० बच्चाहरू विद्यालयमा हुन्छन्, ती मध्ये कुनै एकले छात्रवृत्ति लिन्छ, कोही अलिकति राम्रो भयो भने उसलाई पनि दिन्छन्। यो पनि यस्तै हो। थपिनेमा धेरै हुन्छन्। ८ दाना हुन्छन्, ती पनि नम्बरवार छन् नि। उनीहरू सबैभन्दा पहिला राजगद्दीमा बस्छन्। फेरि कला कम हुँदै जान्छ। लक्ष्मी-नारायणको चित्र हो नम्बरवन। उनीहरूको पनि डिनायस्टी हुन्छ, तर चित्र लक्ष्मी-नारायणको नै बनाइएको छ। यहाँ तिमीले जानेका छौ चित्र त परिवर्तन हुन्छ। चित्र बनाएर के फाइदा? नाम, रूप, देश, काल सबै परिवर्तन हुन्छ।

प्यारा रूहानी बच्चाहरूलाई रूहानी बाबाले बसेर सम्झाउनु हुन्छ। कल्प पहिला पनि बाबाले सम्झाउनु भएको थियो। यस्तो होइन, कृष्णले गोप-गोपीहरूलाई सुनाए। कृष्णका गोप-गोपीहरू हुँदैनन्। न उनीहरूलाई ज्ञान सिकाइन्छ। उनी त हुन् सत्ययुगका राजकुमार। त्यहाँ कसरी राजयोग सिकाइन्छ वा पतितलाई पावन बनाइन्छ। अहिले तिमीले आफ्नो बाबालाई याद गर। बाबा टिचर पनि हुनुहुन्छ। टिचरलाई विद्यार्थीले कहिल्यै बिर्सिन सक्दैनन्। पितालाई बच्चाहरूले बिर्सिन सक्दैनन्, गुरुलाई पनि बिर्सिन सक्दैनन्। पिता त जन्मबाट नै हुन्छन्। शिक्षक ५ वर्षपछि मिल्छ। फेरि गुरु वानप्रस्थमा मिल्छ। जन्मदेखि नै गुरु बनाएर त केही फाइदा हुँदैन। गुरुको गोद लिए पनि अर्को दिन मर्न सक्छन्। फेरि गुरुले के गर्छन्? गायन पनि गर्छन् सद्गुरु विना गति हुँदैन। सद्गुरुलाई छोडेर फेरि उनीहरूले गुरु भनिदिन्छन्। गुरु त धेरै छन्। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमीले कुनै देहधारी गुरु आदि बनाउन आवश्यक छैन। तिमीले कसैसँग पनि केही माग्न आवश्यक छैन। भनिन्छ पनि माग्नु भन्दा मर्नु भलो। सबैलाई चिन्ता हुन्छ मैले कसरी आफ्नो पैसा ट्रान्सफर गरुँ। अर्को जन्मको लागि उनीहरूले ईश्वर अर्थ दान-पुण्य गर्छन् अनि त्यसको प्रतिफल यसै पुरानो सृष्टिमा अल्पकालको लागि मिल्छ। यहाँ तिम्रो ट्रान्सफर हुन्छ नयाँ दुनियाँमा, २१ जन्मको लागि। तन-मन-धन प्रभुको अगाडि अर्पण गर्नु छ। त्यो त जब आउनु हुन्छ तब अर्पण गर्छौ नि। प्रभुलाई कसैले पनि चिनेका छैनन् त्यसैले गुरुलाई समात्छन्। धन आदि गुरुको अगाडि अर्पण गरिदिन्छन्। हकदार छैन भने सबै गुरुलाई दिन्छन्। आजकल नियम अनुसार ईश्वर अर्थ पनि कसैले दिँदैनन्। बाबाले सम्झाउनु हुन्छ म गरिब निवाज हुँ, म आउँछु नै भारतमा। आएर तिमीलाई विश्वको मालिक बनाउँछु। प्रत्यक्ष र अप्रत्यक्षमा कति फरक छ। उनीहरूले केही पनि जानेका छैनन्। केवल भनिदिन्छन् मैले ईश्वरलाई अर्पण गर्छु। सबै बेसमझ छन्। तिमी बच्चाहरूलाई अहिले समझ मिलेको छ त्यसैले तिमी बेसमझबाट समझदार बनेका छौ। बुद्धिमा ज्ञान छ बाबाले त कमाल गर्नुहुन्छ। अवश्य पनि बेहदका बाबाबाट बेहदको वर्सा नै मिल्नुपर्छ। तिमीले बाबाबाट वर्सा लिन्छौ, दादाद्वारा। दादाले पनि उहाँबाटै वर्सा लिइरहेका छन्। वर्सा दिनेवाला एउटै हुनुहुन्छ। उहाँलाई नै याद गर्नु छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! म यिनको धेरै जन्मको अन्त्यमा आउँछु, यिनमा प्रवेश गरेर यिनलाई पनि पावन बनाउँछु अनि फेरि यिनी फरिश्ता बन्छन्। ब्याजद्वारा तिमीले धेरै सेवा गर्न सक्छौ। तिम्रो यो ब्याज सबै अर्थ सहित छ। यो त जीवनदान दिने चित्र हो। यसको मूल्य कसैलाई पनि थाहा छैन। बाबालाई सदैव ठूलो चीज मन पर्छ, जो जसले पनि टाढाबाटै पढ्न सकोस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबाबाट बेहदको वर्सा लिनको लागि डाइरेक्ट आफ्नो तन-मन-धन ईश्वरको अगाडि अर्पण गर्नमा समझदार बन्नु पर्छ। आफ्नो सबैथोक २१ जन्मको लागि ट्रान्सफर गरिदिनु छ।

२) जसरी बाबाले पढाउने, सम्हाल गर्ने र शृङ्गार गर्ने सेवा गर्नुहुन्छ, त्यस्तै बाबा समान सेवा गर्नु छ। जीवन बन्धनबाट निस्केर सबैलाई जीवन मुक्तिमा लैजानु छ।

वरदान:
सर्व खजानाहरूको बचतको बजेट बनाउनेवाला महीन पुरुषार्थी भव

जसरी लौकिक घरमा यदि बचत गर्नेवाला छैनन् भने ठीक रीतिले चल्न सक्दैन। त्यस्तै यदि निमित्त बनेका बच्चाहरूले बचत गर्दैनन् भने सेवाकेन्द्र ठीक चल्न सक्दैन। त्यो भयो हदको प्रवृत्ति, यो हो बेहदको प्रवृत्ति। त्यसैले जाँच गर्नु पर्छ संकल्प, बोली र शक्तिहरूमा के-के बढी खर्च भयो? जसले सर्व खजानाहरूको बचतको बजेट बनाएर त्यही अनुसार चल्छन् उनलाई नै महीन पुरुषार्थी भनिन्छ। उनको संकल्प, बोली, कर्म वा ज्ञानको शक्ति केही पनि व्यर्थ जान सक्दैन।

स्लोगन:
स्नेहको खजानाबाट मालामाल बनेर सबैलाई स्नेह देऊ र स्नेह लेऊ।