06.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– देही अभिमानी बन्नुमा नै तिम्रो सुरक्षा छ , तिमी श्रीमत अनुसार रुहानी सेवामा लाग्यौ भने देह अभिमानरूपी दुस्मनले आक्रमण गर्नेछैन।”

प्रश्न:–
तिम्रो शिरमा विकर्महरूको बोझ छ, यसको निसानी के हुन्छ? त्यस बोझलाई हल्का गर्ने विधि सुनाऊ?

उत्तर:–
जबसम्म विकर्महरूको बोझ हुन्छ तबसम्म ज्ञानको धारणा हुन सक्दैन। कर्म यस्तो गरिएको हुन्छ जसले गर्दा बारम्बार विघ्न आउँछ, अगाडि बढ्न दिँदैन। यस बोझबाट हल्का हुनको लागि निद्राजित बन। रातमा जागेर बाबालाई याद गर्यौ भने बोझ हल्का हुन्छ।

गीत:–
माता ओ माता...

ओम् शान्ति ।
यो भयो जगत् अम्बाको महिमा किनकि यो नयाँ रचना हो। एकदम नयाँ रचना त हुँदैन। पुरानोबाट नयाँ हुन्छ। मुत्युलोकबाट अमरलोक जानु छ। मानौँ यो जिउने र मर्ने सवाल हो अथवा मृत्युलोकबाट मरेर खतम हुनु छ अथवा जीवन छँदै मरेर अमरलोकमा जानु छ। जगत् की माँ अर्थात् जगतलाई रच्नेवाली। यो अवश्य हो- बाबा स्वर्गका रचयिता हुनुहुन्छ, उहाँले ब्रह्माद्वारा रचना रच्नुहुन्छ। बाबा भन्नुहुन्छ– मैले सूर्यवंशी-चन्द्रवंशी राजधानी स्थापना गर्छु। उहाँलाई आउनु छ सङ्गममा। भनिन्छ पनि कल्पको सङ्गमयुगमा, हर सङ्गम युगमा आउँछु। यो ज्ञान धेरै स्पष्ट छ। केवल मनुष्यहरूले भुलेर नाम परिवर्तन गरेका हुन्। सर्वव्यापीको ज्ञान जसले सुनाउँछन् उनीहरूलाई सोध्नुपर्छ यो कसले भन्यो, कहिले भन्यो, कहाँ लेखेको छ? ठीक छ, गीताका भगवान को हुनुहुन्छ जसले यस्तो भन्नुहुन्छ? श्रीकृष्ण त देहधारी हुन्, उनी त सर्वव्यापी हुन सक्दैनन्। श्रीकृष्णको नाम परिवर्तन गरियो भने कुरा आउँछ बाबामा। बाबाले त वर्सा दिनुपर्छ। भन्नुहुन्छ मैले राजयोग सिकाउँछु– सूर्यवंशी-चन्द्रवंशीको वर्सा दिन। नत्र २१ जन्मको वर्सा उनीहरूलाई कसले दियो? लेखिएको पनि छ ब्रह्मामुखद्वारा ब्राह्मण रच्नुभयो। फेरि ब्राह्मणहरूलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनु हुन्छ । त्यसैले जसले ज्ञान दिनुहुन्छ अवश्य उहाँले नै सम्झाउनको लागि चित्र पनि बनाउनु हुन्छ । वास्तवमा यसमा कुनै लेख्नु पढ्नुपर्ने कुरा छैन। तर यसलाई सरल तरिकाले सम्झाउनको लागि चित्र बनाइएका हुन्। यसबाट धेरै काम हुनसक्छ। त्यसैले जगत् अम्बाको पनि महिमा छ। शिवशक्ति पनि भनिन्छ। शक्ति कसबाट मिल्छ? विश्व सर्वशक्तिमान् बाबाबाट। सर्वशक्तिमान् विश्व राज्य अधिकारी, यो शब्द पनि महिमामा लेखिदिनु पर्छ। अथोरिटी अर्थात् जति पनि शास्त्र आदिको ज्ञान छ त्यो सबै उहाँले जान्नुहुन्छ। उहाँमा अधिकार छ सम्झाउनको लागि। ब्रह्माको हातमा शास्त्र पनि देखाइन्छ र भनिन्छ ब्रह्मामुख कमलद्वारा सबै वेद शास्त्रको रहस्य सम्झाउनु हुन्छ। त्यसैले अथोरिटी भयो नि। तिमी बच्चाहरूलाई सबै वेद शास्त्रको रहस्य सम्झाउनु हुन्छ? धर्मशास्त्र केलाई भनिन्छ दुनियाँले यो कुरा जान्दैनन्। भनिन्छ पनि ४ धर्म। त्यसमा पनि एक धर्म हो मुख्य। यो हो फाउन्डेसन। वरको वृक्षको उदाहरण दिइन्छ। यसको फेद सडिसकेको छ। बाँकी हाँगाबिँगा खडा छन्, यो उदाहरण हो। दुनियाँमा वृक्ष त धेरै छन्। सत्ययुगमा पनि वृक्ष त धेरै हुन्छन् हैन! त्यहाँ जङ्गल होइन बगैँचा हुन्छन्। कामका चीजको लागि जङ्गल पनि हुन्छ। काठ आदि त चाहिन्छ नि। जङ्गलमा पशुपछी धेरै हुन्छन्। तर त्यहाँ सबै चीजहरू राम्रा फलदायक हुन्छन्। पशु पंछी पनि शोभा हुन्छन्, तर तीनले फोहर मैला गर्दैनन्। यी पशुपछी तथा सुन्दरता त चाहिन्छ नि। सृष्टि नै सतोप्रधान भयो भने सबै चीजहरू सतोप्रधान हुन्छन्। त्यसपछि त स्वर्ग कति सुन्दर हुन्छ! मुख्य कुरा पहिला सुरुमा – बाबाबाट वर्सा लिनु छ। चित्र बन्दै जान्छन्, त्यसमा पनि लेख्नुपर्छ ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना... यी शब्द मनुष्यले बुझ्दैनन्, त्यसैले विष्णुका दुई रूप लक्ष्मी-नारायण हुन्छन् पालना गर्नको लागि। यो त बुझ्छन्। करोडौंमा कसैले बुझ्नेछन्। फेरि यो लेखिएको छ आश्चर्यवत् सुनन्ती, कथन्ती... नम्बरवार पुरुषार्थ अनुसार आफ्नो पद प्राप्त गर्छन्। कहीँ न कहीँ यो कुरा लेखिएको छ। भगवानुवाच शब्द पनि ठीक छ। भगवानको जीवनी यदि बिग्रियो भने सबै शास्त्र खण्डन हुन्छन्। देखिन्छ बाबाले दिनप्रतिदिन राम्रा-राम्रा प्वाइन्टहरू दिनुहुन्छ। पहिला सुरुमा त यो निश्चय गर्नुपर्छ, भगवान ज्ञानका सागर हुनुहुन्छ, मनुष्य सृष्टिका बीजरूप हुनुहुन्छ। चैतन्य बीजमा केको ज्ञान हुन्छ? अवश्य कल्पवृक्षको हुन्छ। तब त बाबा आएर ज्ञान सम्झाउनु हुन्छ ब्रह्माद्वारा। ब्रह्माकुमार कुमारीको नाम राम्रो छ। प्रजापिता ब्रह्माका कुमार कुमारीहरू धेरै छन्। यसमा अन्धश्रद्धाको कुनै कुरा छैन। यो त रचना हो नि। बाबा मम्मा अथवा तिमी माता-पिता... सबैले भन्छन्। जगत् अम्बा सरस्वती हुन् ब्रह्माकी पुत्री। यी त प्राक्टिकलमा बी.के. हुन्। कल्प पहिला पनि ब्रह्माद्वारा नयाँ सृष्टि रच्नुभएको थियो, अब फेरि अवश्य ब्रह्माद्वारा नै रचना हुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य बाबाले नै सम्झाउनु हुन्छ, त्यसैले उहाँलाई ज्ञानका सागर भनिन्छ। बीजमा अवश्य सृष्टि चक्रको ज्ञान हुन्छ। उहाँको रचना चैतन्य मनुष्य सृष्टि हो। बाबाले राजयोग पनि सिकाउनु हुन्छ। परमपिता परमात्मा बसेर ब्रह्माद्वारा ब्राह्मणहरूलाई सिकाउनु हुन्छ जुन ब्राह्मण फेरि देवता बन्छन्। सुन्नेबेलामा मजा त सबैलाई आउँछ, तर देह अभिमानको कारण धारणा हुँदैन। यहाँबाट बाहिर गए अनि खतम। अनेक प्रकारका देह अभिमान छन्। यसमा बडो मेहनत चाहिन्छ।

बाबा भन्नुहुन्छ– निद्राजित बन। देह अभिमान छोड, देही अभिमानी बन। रातमा जागेर याद गर्नुपर्छ किनकि तिम्रो शिरमा जन्मजन्मान्तरका धेरै विकर्मका बोझ छन् जसले तिमीलाई धारण गर्न दिँदैन। कर्म यस्तो गरिएको छ, जसकारण देही अभिमानी बन्दैनन्। गफ धेरै लगाउँछन्, ठुलो गफको चार्ट लेखेर पठाउँछन्– म ७५ प्रतिशत यादमा रहन्छु। तर बाबा भन्नुहुन्छ– असम्भव छ। सबैभन्दा अगाडि चल्नेले त स्वयं भन्छन् कति धेरै याद गर्ने कोसिस गर्छु तर मायाले बिर्साइदिन्छ। सच्चा चार्ट लेख्नुपर्छ। बाबाले पनि बताउनु हुन्छ नि, त्यसैले बच्चाहरूले पनि अनुसरण गर्नुपर्छ। अनुसरण गर्दैनन् भने त चार्ट पनि पठाउँदैनन्। तिमीलाई पुरुषार्थको लागि समय मिलेको छ। यो धारणा कुनै सहज कुरा होइन। यसमा थाक्नु हुँदैन। कसैले बुझ्न समय लगाउँछन्। आज नभए भोलि बुझ्नेछन्। बाबाले भन्नु भएको छ– जो देवी-देवता धर्मका थिए र अन्य धर्ममा परिवर्तन भएका रहेछन् भने ती आउँछन्। एक दिन अफ्रिकन आदिको पनि सम्मेलन हुन्छ। तिनीहरू भारतखण्डमा आइरहन्छन्। पहिले कहिल्यै आउँदैनथे। अब सबै ठुलाबडा आउँदै जान्छन्। जर्मनीका राजकुमार आदि यी सबै कहिल्यै बाहिर निस्किदैनथे। नेपालका जुन राजा थिए, तिनले कहिल्यै रेल देखेका थिएनन्, आफ्नो सीमाभन्दा बाहिर कहीँ जाने हुकुम थिएन, पोप कहिल्यै बाहिर निस्किदैनथे, अहिले आएका छन्। आउँछन् सबै किनकि यो भारतखण्ड सबै धर्मावलम्वीहरूको सबैभन्दा ठुलो तीर्थ हो। त्यसैले यो विज्ञापन जोडले निस्किन्छ। तिमीले सबै धर्मावलम्बीलाई बताउनु पर्छ, निमन्त्रण दिनुपर्छ। ज्ञान फेरि पनि उसैले लिन्छ जो देवी-देवता धर्ममा परिवर्तन भएको छ, यसमा समझ चाहिन्छ। यदि बुझे भने शङ्खध्वनि अवश्य गर्नेछन्। हामी ब्राह्मण हौं नि, हामीले नै गीता सुनाउनु छ। धेरै सहज छ, बेहदका बाबा हुनुहुन्छ स्वर्गका रचयिता। उहाँबाट वर्सा पाउनु हाम्रो हक हो, सबैको हक हो आफ्नो प्यारो घर मुक्तिधाममा जाने, सबैलाई मुक्ति-जीवनमुक्तिको हक छ। जीवनमुक्ति सबैलाई मिल्नुपर्छ। जीवनबन्धबाट मुक्त भएर शान्तिमा जान्छौ फेरि मुक्तिबाट आउँदा भने जीवनमुक्त हुन्छौ। तर सबैलाई सत्ययुगमा त जीवनमुक्ति मिल्दैन। सत्ययुगमा जीवनमुक्त थिए देवी-देवता। पछि जो आउँछन् उनले कम सुख, कम दु:ख पाउँछन्। यो हिसाबकिताव हो। सबैभन्दा कङ्गाल भारतखण्ड नै बनेको छ जुन सबैभन्दा उच्च थियो। बाबाले नै भन्नुहुन्छ– यो देवी-देवता धर्म धेरै सुखदायक हो। यो बनीबनाऊ छ, सबैले आ-आफ्नो पार्ट खेल्छन्। स्वर्गका रचयिता परमपिताले नै स्वर्गको स्थापना गर्नुहुन्छ अरू कसैले गर्न सक्दैनन्। भन्छन्– क्राइष्टभन्दा ३ हजार वर्ष पहिला अवश्य स्वर्ग थियो, नयाँ दुनियाँ थियो। क्राइष्ट त्यहाँ कहाँ आउँछन् र! उनी आफ्नो समयमा नै आउँछन्। फेरि उनले आफ्नो पार्ट दोहोर्याउनु पर्छ। यो सबै बुद्धिमा बस्यो भने त श्रीमतमा चल्नेछन्। सबैको बुद्धि उस्तै हुँदैन। श्रीमतमा चल्ने हिम्मत चाहिन्छ। फेरि शिवबाबा हजुरले जे खुवाउनु हुन्छ, पहिराउनु हुन्छ... ब्रह्मा र जगत् अम्बाद्वारा। ब्रह्माद्वारा नै सबै कुरा गराउनु हुन्छ नि। त्यसैले दुवै कम्बाइन्ड छन्। ब्रह्माद्वारा नै कर्तव्य गर्नुहुन्छ। शरीर त कम्बाइन्ड छैन। कसै कसैको जोडिएको शरीर पनि देखेका छन् बाबाले। आत्मा त दुवैका अलगअलग छन्। यसमा बाबा प्रवेश गर्नुहुन्छ। उहाँ हुनुहुन्छ ज्ञानका सागर। अनि ज्ञान कसबाट दिनुहुन्छ? कृष्णको चित्र त बेग्लै छ। यहाँ त ब्रह्मा हुनुपर्छ। यथार्थमा ब्रह्माकुमार-कुमारीहरू कति छन्, यो कुनै अन्धश्रद्धा त होइन। गोदमा लिएका बच्चाहरूलाई भगवानले पढाउनु हुन्छ। कल्प पहिले जसलाई गोद लिइएको थियो उनैलाई अहिले पनि गोदमा लिइन्छ। बाहिर अफिसमा त कसैले पनि हामी बी.के. हौं भन्दैनन्। यो गुप्त हुन्छ। शिवबाबाका सन्तान त हुन् नै। बाँकी रचना नयाँ सृष्टिको रच्नुपर्ने हुन्छ। पुरानोबाट नयाँ बनाउनु हुन्छ। आत्मामा मैला पर्नाले पुरानो हुन जान्छ। सुनमा मिसावट भयो भने त्यो नक्कली हुनजान्छ। आत्मा नक्कली भयो भने शरीर पनि नक्कली हुनजान्छ फेरि सक्कली कसरी हुन्छ? नक्कली चीजलाई आगोमा राख्छन्, पवित्र बनाउनको लागि। त्यसैले कति ठुलो विनाश हुन्छ। यी चाडपर्व आदि पनि सबै भारतवर्षका नै हुन्। यी कसका र कहिलेका हुन् कसैले जान्दैनन्। ज्ञान धेरै कमले उठाउन सक्छन्। अन्त्यतीर अलिकति रजाइँ मिल्यो भने त्यसबाट मिल्यो के? धेरै कम सुख भयो नि। दु:ख त बिस्तारै बिस्तारै सुरु हुँदै जान्छ। त्यसैले राम्ररी पुरुषार्थ गर्नुपर्छ। कति नयाँ बच्चाहरू तीक्ष्ण हुन्छन्। पुरानाले ध्यान दिँदैनन्। देह अभिमान धेरै हुन्छ, सेवा गर्नेवाला नै दिलमा चढ्नेछ। भनिन्छ भित्र एक बाहिर अर्को। बाबाले राम्रा राम्रा बच्चाहरूलाई दिलैदेखि प्यार गर्नुहुन्छ। कोही बाहिरबाट राम्रा, भित्रबाट नराम्रा हुन्छन्। कसैले सेवा गर्दैनन्, अन्धाहरूको लट्ठी बन्दैनन्। अब मर्ने बाँच्ने सवाल छ। अमरपुरीमा उच्च पद पाउनु छ। थाहा हुन्छ, कस-कसले कल्प पहिले पुरुषार्थ गरेर उच्च पद पाएका थिए, यो सबै देखिन्छ। जति जति देही अभिमानी बन्छौ त्यति सुरक्षित रहनेछौ। देह अभिमानले हराइदिन्छ। बाबा त भन्नुहुन्छ– श्रीमत अनुसार जति रुहानी सेवामा चल्न सक्छौ त्यति राम्रो हुन्छ। सबैलाई बाबाले सम्झाउनु हुन्छ। चित्रद्वारा सम्झाउन धेरै सहज छ। ब्रह्माकुमार-कुमारीहरू त सबै हुन्, उहाँ शिवबाबा त हुनुहुन्छ बडाबाबा। फेरि नयाँ सृष्टि रच्नुहुन्छ। गायन पनि छ– मनुष्यबाट देवता.. सिक्ख धर्मावलम्बीहरूले पनि उहाँ भगवानको महिमा गर्छन्। गुरु नानकका शब्द धेरै राम्रा छन्। साहेबलाई याद गरेमा सुख मिल्छ। यो हो सार– सच्चा साहेबलाई याद गर्यौ भने सुख पाउनेछौ अर्थात् वर्सा मिल्छ। मान्छन्– एक ओमकार... आत्मालाई कुनै कालले खान सक्दैन। आत्मा मैलो हुन्छ, तर विनाश हुँदैन त्यसैले अकालमूर्त भनिन्छ। बाबा सम्झाउनु हुन्छ– म अकालमूर्त हुँ भने आत्माहरू पनि अविनाशी हुन्। हो, आत्माहरू पुनर्जन्ममा आउँछन्। म एकरस छु। स्पष्ट बताउनु हुन्छ– म ज्ञानको सागर हुँ, रूप वसन्त पनि हुँ। त्यसैले यो कुरा बुझेर बुझाउनु छ। अन्धाहरूको लट्ठी बन्नु छ। जीवनदान दिनु छ। फेरि कहिल्यै अकालमा मृत्यु हुँदैन। तिमीले कालमाथि विजय प्राप्त गर्नेछौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) श्रीमतमा रुहानी सेवा गर्नु छ। अन्धाहरूको लट्ठी बन्नु छ। शङ्खध्वनि अवश्य गर्नु छ।

२) देही अभिमानी बन्नको लागि यादको चार्ट राख्नु छ। रातमा जागेर विशेष याद गर्नु पर्छ। यादमा थाक्नु छैन।

वरदान:–
सदा आफ्नो श्रेष्ठ सानमा रहेर चिन्ताहरूलाई मेटाउने मास्टर सर्वशक्तिमान भव

सदा यो वरदान स्मृतिमा रहोस्– हामी आफ्नो श्रेष्ठ सानमा रहने, अरूका चिन्ताहरूलाई पनि मेटाउने मास्टर सर्वशक्तिमान हौं। कमजोर होइनौं। श्रेष्ठ सानवाला बाबाको तख्तनशीन हौं। जो अकालतख्तनशीन, बाबाको दिल तख्तनशीन श्रेष्ठ सानमा रहनेहरू छन् तिनीहरू सपनामा पनि कहिल्यै चिन्तित हुन सक्दैनन्। कसैले जतिसुकै कष्ट दिए पनि आफ्नो श्रेष्ठ सानमा नै रहन्छन्।

स्लोगन:–
सदा आफ्नो स्वमानमा रह्यौ भने सबैको मान प्राप्त भइरहनेछ।