06.12.18          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आफ्नो सौभाग्य बनाउनको लागि ईश्वरीय सेवामा लागिहाल , माता - कन्याहरूलाई बाबामाथि बलि चढ्ने उमंग (उछल) आउनु पर्छ , शिव शक्तिहरूले नै बाबाको नाम प्रत्यक्ष गर्न सक्छन्।

प्रश्न:
सबै कन्याहरूलाई बाबाले कुनचाहिँ शुभ राय दिनु हुन्छ?

उत्तर:
हे कन्याहरू अब कमाल गरेर देखाऊ। तिमी मम्मा समान बन्नु छ। अब लोक-लाज छोड। नष्टोमोह बन। यदि अधर कन्या बन्यौ भने दाग लाग्छ। रंगी-विरंगी मायाबाट बचेर रहनु छ। तिमीले ईश्वरीय सेवा गरेमा हजारौं आएर तिम्रो चरणमा पर्ने छन्।

ओम् शान्ति। तिमी शिव शक्तिहरू हौ उमंगमा आउनेवाला। बाबा माथि बलि चढ्ने उमंग आउनु पर्छ। यसैलाई भनिन्छ ईश्वरीय नशा (मौलाई मस्ती)। बाबालाई सम्मुखमा देख्नु पर्ने हुन्छ, को को बसेका छन्? वास्तवमा क्लासमा बैठक यस्तै हुनु पर्छ जसले गर्दा टिचरको नजर हरेकमाथि पर्न सकोस्। यो सतसङ्ग जस्तै हो। तर के गर्ने? ड्रामाको भावी नै यस्तै छ। क्लासमा क्रमबद्ध (नम्बरवार) बसाउन सकिदैन। छोरा-छोरीलाई अनुहार देख्ने प्यास हुन्छ नि, त्यस्तै पिता पनि प्यासी हुन्छन्। छोरा-छोरी विना घरमा अन्धकार सम्झन्छन्। तिमी बच्चाहरू उज्यालो बनाउनेवाला हौ। आफ्नो देशमा त के, सारा दुनियाँमा उज्यालो बनाउनेवाला हौ।

गीत:
माता ओ माता तू है सबकी भाग्य विधाता...


ओम् शान्ति।
यी गीत पनि तिम्रो शास्त्र हुन्। सर्व शास्त्रमयी शिरोमणि गीता हो अनि सबै शास्त्र महाभारत, रामायण, शिव पुराण, वेद, उपनिषद् आदि यसैबाट निस्केका हुन्। आश्चर्य छ नि। मनुष्यहरूले भन्छन् फिल्मको गीत बजाउँछन्। शास्त्र त कुनै यिनीहरू सँग छैन। हामी भन्छौं यी गीतहरूबाट जुन अर्थ निस्कन्छ, सबै वेद, ग्रन्थ आदिको सार निक्लेर आउँछ। (गीत बज्यो) यो हो मम्माको महिमा। माताहरू त धेरै छन्। तर मुख्य हुन् जगदम्बा। यिनै जगदम्बाले स्वर्गको द्वार खोल्छिन्। फेरि पहिले उनी स्वयं नै जगत्की मालिक बन्छिन् भने अवश्य माँको साथ तिमी बच्चाहरू पनि हुनेछौ। उनैको गायन छ तिमी माता-पिता... शिवबाबालाई नै माता-पिता भनिन्छ। यहाँ जगदम्बा पनि छिन् भने जगत्पिता पनि छन्। तर ब्रह्माको यति धेरै नाम वा मन्दिर आदि छैनन्। केवल अजमेरमा ब्रह्माको मन्दिर प्रख्यात छ, त्यहाँ ब्राह्मण पनि रहन्छन्। ब्राह्मण दुई प्रकारका हुन्छन् सारसिद्ध र पुष्करणी। पुष्करमा रहनेलाई पुष्करणी भनिन्छ। तर ती ब्राह्मणहरूलाई यो कहाँ थाहा छ र! हामी ब्रह्मा मुख वंशावली हौं भन्छन्। जगत् अम्बाको नाम त धेरै प्रसिद्ध छ। ब्रह्मालाई यति धेरै जान्दैनन्। कसैलाई धेरै धन मिल्यो भने सम्झन्छन् साधु-सन्तहरूको कृपा हो। ईश्वरको कृपा सम्झदैनन्। बाबा भन्नुहुन्छ म बाहेक अन्य कसैले पनि कृपा गर्न सक्दैन। मैले त संन्यासीहरूको पनि महिमा नै गर्छु। यदि यी संन्यासीहरू पवित्र न भएको भए संसार विकारमा जलेर मर्ने थियो। सद्गति दाता त एकै बाबा हुनु हुन्छ। मनुष्यले मनुष्यको सद्गति गर्न सक्दैन।

बाबाले सम्झाउनु भएको छ तिमी सबै सीताहरू शोक वाटिकामा छौ। दु:खमा शोक त हुन्छ हैन? बिमारी आदि भयो भने के दु:ख हुँदैन होला? बिरामी भएमा अवश्य ख्याल चल्नेछ कहिले निको होला? यस्तो त भनिदैनकि बिरामी नै भइराखौं। ठीक हुनको लागि पुरुषार्थ गर्छन्। नत्र दवाई आदि किन गर्छन्? अब बाबा भन्नुहुन्छ म तिमी बच्चाहरूलाई यी दु:ख, बिमारी आदिबाट छुटाएर पुरस्कार दिन्छु। माया रावणले तिमीलाई दु:ख दिएको छ। मलाई त भन्छन् सृष्टिको रचयिता। सबैले भन्छन् भगवानले दु:ख दिनको लागि सृष्टि रच्नु भएको हो र! स्वर्गमा यस्तो कहाँ भन्नेछन् र! यहाँ दु:ख छ, त्यसैले मनुष्यले भन्छन् भगवानलाई के आवश्यकता थियो जसकारण दु:खको सृष्टि रच्नुभयो, अन्य कुनै काम थिएन र? तर बाबा भन्नुहुन्छ यो सुख-दु:ख, हार-जितको खेल बनेको छ। यहाँ नै खेल हुन्छ राम र रावणको। रावण सँग हारेमा हार हुन्छ अनि फेरि रावण माथि विजय प्राप्त गरेमा रामको बन्छन्। राम भनिन्छ शिवबाबालाई। रामको पनि र शिवको पनि नाम त लिनु पर्छ, बुझाउनको लागि। शिवबाबा बच्चाहरूको मालिक अथवा नाथ हुनु हुन्छ। उहाँले तिमीलाई स्वर्गको मालिक बनाउनु हुन्छ। बाबाको वर्सा नै हो स्वर्गको प्राप्ति फेरि त्यसमा पद पनि हुन्छ। स्वर्गमा त देवताहरू नै रहन्छन्। अब सुन्दर स्वर्ग बनाउनेवालाको महिमा सुन।

(गीत) सबैकी सौभाग्य विधाता यी जगदम्बा नै हुन्। उनलाई कसैले जान्दैनन्। अम्बाजीमा त धेरै मानिसहरू जान्छन्। यी बाबा पनि धेरै पटक गएका छन्। बबुलनाथको मन्दिरमा, लक्ष्मी-नारायणको मन्दिरमा धेरै पटक गएका होलान्। तर केही पनि थाहा थिएन। कति बेसमझ थिए। अब मैले यिनलाई कति समझदार बनाएको छु। जगदम्बाको उपाधि (टाइटल) कति ठूलो हो संसारकी सौभाग्य विधाता। अब तिमीले अम्बाजीको मन्दिरमा गएर सेवा गर्नु पर्छ। जगत् अम्बाका ८४ जन्महरूको कहानी बताउनु पर्छ। हुन त मन्दिरहरू त धेरै छन्। मम्माको यस चित्रलाई त मान्नेछैनन्। ठीक छ, त्यही अम्बाको मूर्तिको बारेमा नै सम्झाऊ र साथमा यो गीत पनि लिएर जाऊ। यो गीत नै तिम्रो सच्चा गीता हो। सेवा त धेरै छ नि। तर सेवा गर्ने बच्चाहरूमा पनि सच्चाइ चाहिन्छ। तिमी यो गीत जगत् अम्बाको मन्दिरमा लिएर जाऊ अनि बजाएर सम्झाऊ। जगदम्बा पनि कन्या हुन्, ब्राह्मणी हुन्। जगदम्बालाई यति धेरै हात किन दिइएको हो? किनकि उनका सहयोगी बच्चाहरू धेरै छन्। शक्ति सेना हुन् नि। त्यसैले चित्रहरूमा धेरै हात देखाएका छन्। शरीर त कसरी देखाउने? हातहरू देखाउन सहज छ, सुहाउँछ पनि। खुट्टा राख्ने हो भने त थाहा छैन कस्तो रूप हुने थियो। ब्रह्माका पनि हातहरू देखाउँछन्। तिमी सबै उनका बच्चा हौ, तर यति धेरै हात त दिन सकिदैन। तिमी कन्या-माताहरूलाई सेवामा लाग्नु पर्छ। आफ्नो सौभाग्य बनाऊ। अम्बाको मन्दिरमा तिमी यो गीत बजाएर महिमा गर्यौ भने धेरै आउँछन्। तिमीले यति नाम प्रख्यात गर्नेछौ जति पुरानाले पनि गरेका छैनन्। यी साना-साना कन्याहरूले कमाल गर्न सक्छन्। बाबाले केवल एकलाई होइन, सबै कन्याहरूलाई भन्नुहुन्छ। हजारौं आएर तिम्रो चरणमा पर्ने छन्। उनको अगाडि (मन्दिरमा) यति झुक्दैनन् जति तिम्रो अगाडि झुक्नेछन्। हो, यसमा लोकलाजलाई छोड्नु छ। बिल्कुलै नष्टोमोह हुनु छ। भन मलाई त विवाह गर्नु नै छैन, हामी त पवित्र रहेर दुनियाँलाई स्वर्ग बनाउने सेवा गर्छौं। अधर कुमारीलाई त फेरि पनि दाग लाग्छ। कुमारीले विवाह गरेमा दाग लाग्न सुरु हुन्छ। रंगी-विरंगी माया लाग्छ। यस जन्ममा मनुष्य केबाट के हुन सक्छ! मम्मा पनि यसै जन्ममा भएकी हुन्। अरूलाई पदवी मिल्छ अल्पकालको लागि। मम्मालाई मिल्छ २१ जन्मको लागि। तिमी पनि नरबाट नारायण, नारीबाट लक्ष्मी बनिरहेका छौ। सम्पूर्ण पास भएपछि फेरि दैवी जन्म मिल्छ। अरूलाई मिल्छ अल्पकाल सुख, त्यसमा पनि कति चिन्ता रहन्छ। हामी त छौं गुप्त। हामीलाई बाहिरी शो गर्नु छैन। उनले शो गर्छन्। यो राज्य त मृगतृष्णा समान छ। शास्त्रमा पनि द्रोपदीले भनिन् अन्धाहरूको सन्तान अन्धा। यो जसलाई राज्य सम्झन्छौ, यो त अब समाप्त भयो कि भयो। रगतको नदी बग्नु छ। पाकिस्तानको जब विभाजन भयो, त्यतिबेला घर-घरमा कति मारपिट गर्थे। अब त हिँड्दा-हिँड्दै बाटैमा मारपिट हुन्छ। कति रगत बग्छ। के यसैलाई स्वर्ग भनिन्छ? के यही नयाँ दिल्ली, नयाँ भारत हो र? नयाँ भारत त स्वर्ग (परिस्तान) थियो। अहिले त विकारहरूको प्रवेश भएको छ, ठूला दुश्मन छन्। राम-रावणको जन्म भारतमा नै देखाउँछन्। शिवजयन्ती बेलायतमा मनाउँदैनन्, यहाँ नै मनाउँछन्। तिमीलाई थाहा छ रावण कहिले आउँछ? जब दिन पूरा भएर रात भयो, तब रावण आयो। जसलाई वाममार्ग भनिन्छ। देखाउँछन् पनि, वाममार्गमा गएपछि देवताहरूको के हालत हुन्छ।

तिमी बच्चाहरूले सेवा गर्नु पर्छ। जो स्वयं जागृत हुन्छ उसैले जागृत गर्न सक्नेछ। बाबा त शुभ चिन्तक हुनु हुन्छ। भन्नुहुन्छ कतै यिनलाई मायाको थप्पड नलागोस्। बिरामी (मायाबाट) भएमा सेवा गर्न सक्नेछैनौ। जगत् अम्बालाई नै ज्ञानको कलश मिल्छ, लक्ष्मीलाई होइन। लक्ष्मीलाई धन दिइएको छ, जसले गर्दा दान गर्न सक्छिन्। तर त्यहाँ दान आदि त हुँदैन। दान जहिले पनि गरिबहरूलाई गरिन्छ। त्यसैले कन्याहरूले यसरी मन्दिरहरूमा गएर सेवा गरेमा धेरै आउँछन्। स्याबासी दिन्छन्, पाउ पर्छन्। माताहरूको मान पनि छ। माताहरू सुनेर प्रफुल्लित पनि हुन्छन्। पुरुषहरूलाई फेरि आफ्नो नशा रहन्छ।

बाबाले सम्झाउनु भएको छ यी साकार हुन् बहिर्मुखी। यिनमा जो भगवान रहनु हुन्छ, उहाँ हुनु हुन्छ ईश्वरका पनि ईश्वर। कृष्णलाई भगवान् कृष्ण भनिन्छ नि। हामीले त भन्दछौं कृष्णका पनि ईश्वर उहाँ परमात्मा हुनु हुन्छ। उहाँलाई यो घर (रथ) दिइएको छ। त्यसैले यी घर मालिक्नी (ल्याण्डलेडि) र घर मालिक (ल्याण्डलर्ड) दुवै हुन्। यी पुरुष पनि हुन् भने स्त्री पनि हुन्। अचम्म छ नि।

भोग लागिरहेको छ। ठीक छ, बाबालाई सबैको याद-प्यार देऊ। खुशी सँग सलाम पठाइन्छ बडे उस्तादलाई। यो पनि एक चलन हो। जसरी सुरुमा साक्षात्कार हुन्थ्यो, त्यस्तै अन्त्यमा पनि बाबाले धेरै बहलाउनु हुनेछ। आबूमा धेरै बच्चाहरू आउने छन्। जे हुन्छ, सो देख्नेछौ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास : ०८ - ०४ - ६८

यो ईश्वरीय मिशन चलिरहेको छ। जो आफ्नो देवी-देवता धर्मका हुन्, उनै आउँछन्। जसरी उनीहरूको मिशन छ क्रिश्चियन बनाउने। जो क्रिश्चियन बन्छन्, उनलाई क्रिश्चियन डिनायस्टीमा सुख मिल्छ। तलव धेरै मिल्छ, त्यसैले धेरै क्रिश्चियन भएका छन्। हिन्दूहरूले यति धेरै पैसा आदि दिन सक्दैनन्। यहाँ भ्रष्टाचार धेरै छ। बीचमा घुस नलिने हो भने नोकरीबाट नै जवाफ मिल्छ। बच्चाहरूले बाबा सँग सोध्छन् यस अवस्थामा के गरौं? भन्नुहुन्छ युक्तिले काम गर, फेरि शुभ कार्यमा लगाइदेऊ।

यहाँ सबैले बाबालाई पुकार्छन् आएर हामी पतितलाई पावन बनाउनुहोस्, मुक्त गर्नुहोस्, घर लिएर जानुहोस्। बाबाले अवश्य घर लिएर जानु हुन्छ। घर जानको लागि यति भक्ति आदि गर्छन्। तर जब बाबा आउनु हुन्छ तब नै लैजानु हुन्छ। भगवान् हुनु हुन्छ नै एक। यस्तो होइन, सबैमा भगवान् आएर बोल्नुहुन्छ। उहाँलाई आउनु नै संगममा पर्छ। अहिले तिमी यस्ता-यस्ता कुरा मान्दैनौ। पहिले मान्थ्यौ। अब तिमी भक्ति गर्दैनौ। तिमीले भन्छौ, हामी पहिले पूजा गर्थ्यौं। अब बाबा आउनु भएको छ हामीलाई पूज्य देवता बनाउनको लागि। सिक्खहरूलाई पनि सम्झाऊ। गायन छ नि मनुष्यबाट देवता...। देवताहरूको महिमा हो नि। देवताहरू रहन्छन् नै सत्ययुगमा। अहिले हो कलियुग। बाबा पनि संगमयुगमा पुरुषोत्तम बन्ने शिक्षा दिनु हुन्छ। देवताहरू हुन्छन् सबै भन्दा उत्तम, त्यसैले त यति पूजा गर्छन्। जसको पूजा गर्छन्, ती अवश्य कुनै समयमा थिए, अहिले छैनन्। सम्झन्छन् यो राजधानी बितिसकेको छ। अहिले तिमी गुप्त छौ। हामी विश्वको मालिक बन्दैछौं भन्ने कुरा कहाँ जानेका छन् र! तिमीलाई थाहा छ हामी पढेर यो बन्नेछौं। त्यसैले पढाइमा पूरा ध्यान दिनु छ। बाबालाई धेरै प्रेम सँग याद गर्नु छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ भने किन याद नगरौं? फेरि दैवीगुण पनि चाहिन्छ। अच्छा रूहानी बच्चाहरूलाई रूहानी बाबा एवं दादाको याद-प्यार, गुडनाइट, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) यस दुनियाँमा आफ्नो बाहिरी शो गर्नु छैन। सम्पूर्ण पास हुनको लागि गुप्त पुरुषार्थ गरिरहनु छ।

२) यस रंगी-विरंगी दुनियाँमा फँस्नु हुँदैन। नष्टोमोह बनेर बाबाको नाम प्रत्यक्ष गर्ने सेवा गर्नु छ। सबैको सौभाग्य जगाउनु छ।

वरदान:
सदा खुशीको खुराक खाने र खुवाउने खु श हाल , खुशनशी ब भव

तिमी बच्चाहरू सँग सच्चा अविनाशी धन छ, त्यसैले तिमी सबै भन्दा धनवान् हौ। चाहे सुख्खा रोटी नै खाए पनि त्यो सुख्खा रोटीमा खुशीको खुराक भरिएको हुन्छ, यसको अगाडि अरू कुनै खुराक छैन। सबै भन्दा राम्रो खुराक खाने, सुखको रोटी खाने तिमीहरू हौ। त्यसैले सदा खुशहाल छौ। यस्तो खुशहाल बनिराख, अरू पनि तिमीलाई देखेर खुशहाल बनून् तब भनिन्छ खुशनशीब (भाग्यशाली) आत्मा।

स्लोगन:
ज्ञानी ऊ नै हो, जसको एक संकल्प वा बोली पनि व्यर्थ नजाओस्।