07.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
तिमीलाई बाबाद्वारा बाबाको लीला अर्थात् ड्रामाको आदि-मध्य-अन्त्यको ज्ञान मिलेको
छ। तिमीलाई थाहा छ– अब यो नाटक पूरा हुँदैछ , हामी घर जान्छौं।”
प्रश्न:–
स्वयंलाई
बाबाको पासमा दर्ता गराउनको लागि कुनचाहिँ नियम छ?
उत्तर:–
बाबाको पासमा दर्ता हुनको लागि १- बाबामा पूरा बलि चढ्नुपर्छ। २- आफ्नो सबैथोक
विश्वलाई स्वर्ग बनाउने सेवामा सफल गर्नुपर्छ। ३- सम्पूर्ण निर्विकारी बन्ने शपथ
लिनु पर्छ र फेरि पवित्र रहेर पनि देखाउनुपर्छ। यस्ता बच्चाहरूको नाम सर्वशक्तिमान्
सरकारको रजिस्टरमा आउँछ। उनीहरूलाई नशा हुन्छ हामीले विश्वलाई स्वर्ग वा राजस्थान
बनाइरहेका छौं। हामी विश्व सेवाको लागि बाबामाथि बलि चढ्छौं।
गीत:–
ओम् नम: शिवाय....
ओम् शान्ति ।
जसको महिमाको
यो गीत छ उहाँ नै बसेर आफ्ना रचनाको महिमा सुनाउनु हुन्छ। जसलाई लीला पनि भनिन्छ।
लीला भनिन्छ नाटकलाई र महिमा हुन्छ भगवानको, गुणवानको। त्यसैले उहाँको महिमा
सबैभन्दा विशेष छ। मनुष्यले त जान्दैनन्। बच्चाहरूलाई थाहा छ– उहाँ परमात्माको नै
यति गायन छ जसको शिवजयन्ती पनि अब नजिक छ। शिवजयन्तीको लागि यो गीत पनि राम्रो छ।
तिमी बच्चाहरूले उहाँको लीलालाई र उहाँको महिमालाई जान्दछौ, अवश्य यो लीला हो।
यसलाई नाटक पनि भनिन्छ। बाबा भन्नुहुन्छ– देवताहरूको भन्दा पनि मेरो लीला विशेष छ।
हरेकको अलग-अलग लीला हुन्छ। जसरी सरकारमा राष्ट्रपतिको, मन्त्रीको पद अलग-अलग हुन्छ
नि। यदि परमात्मा सर्वव्यापी हुनु भएको भए सबैको एउटै कर्म हुन्थ्यो। सर्वव्यापी
भनेर नै भोकले मरेका छन्। कुनै पनि मनुष्यले न बाबालाई, न बाबाको अपरम्पार महिमालाई
जानेका छन्। जबसम्म बाबालाई चिन्दैनन्, तबसम्म रचनालाई पनि जान्न सक्दैनन्। अहिले
तिमी बच्चाहरूले रचनालाई पनि जानेका छौ। ब्रह्माण्ड, सूक्ष्मवतन र मनुष्य सृष्टिको
चक्र बुद्धिमा घुमिरहन्छ। यो हो लीला अथवा रचनाको आदि-मध्य-अन्त्यको ज्ञान। यतिबेला
दुनियाँका मनुष्य नास्तिक छन् । केही पनि जानेका छैनन् तैपनि कति गफ लगाउँछन्।
साधुहरूले पनि सम्मेलन आदि गरिरहन्छन्, विचराहरूलाई यो थाहै छैन– अब नाटक पूरा
हुँदैछ। अब केही अनुभूति हुन्छ, जबकि नाटक पूरा हुने बेला हुन्छ। अहिले सबैले भन्छन्
रामराज्य चाहियो। क्रिश्चियनको राज्यमा यस्तो भन्दैनथे नयाँ भारतखण्ड होस्। अहिले
धेरै दु:ख छ। त्यसैले सबै पुकार्छन्– हे प्रभु दु:खबाट छुटाउनुहोस्! कलियुगको
अन्त्यमा अवश्य धेरै दु:ख हुन्छ। दिन-प्रतिदिन दु:ख वृद्धि हुँदै जान्छ। उनीहरूले
सम्झन्छन्– सबैले आ-आफ्नो राज्य गर्ने छन्। तर यो विनाश त हुनु नै छ। यो कसैलाई थाहा
छैन।
तिमी बच्चाहरू कति
खुशीमा रहनुपर्छ। तिमीले कसैलाई पनि भन्न सक्छौ– बेहदका बाबा स्वर्गका रचयिता
हुनुहुन्छ, बच्चाहरूलाई पनि स्वर्गको बादशाही मिल्नुपर्छ। त्यसैले यहाँ खास याद
गर्छन्। भक्ति गर्छन् भगवानसँग मिल्न चाहन्छन्। कृष्णपुरीमा जान चाहन्छन्, जसलाई नै
स्वर्ग भनिन्छ। तर यो जानेका छैनन्, सत्ययुगमा नै कृष्णको राज्य थियो। फेरि अहिले
यो कलियुग पूरा हुन्छ, सत्ययुग आउँछ अनि फेरि कृष्णको राज्य हुन्छ। यो त सबैलाई थाहा
छ– सबै शिव परमात्माका सन्तान हुन्। परमात्माले नयाँ सृष्टि रच्नु भएको हुनुपर्छ।
अवश्य ब्रह्माको मुखद्वारा रच्नुभयो। ब्रह्मा मुखवंशावली त अवश्य ब्राह्मण कुलभूषण
हुन्छन्, त्यो समय पनि सङ्गमको हुनुपर्छ। सङ्गम हो कल्याणकारी युग। परमात्माले बसेर
राजयोग सिकाउनु भयो। अहिले हामी हौं ब्रह्मा मुखवंशावली ब्राह्मण। तर तिमीले भन्छौ–
हामी कसरी मानौं ब्रह्माको तनमा परमात्मा आएर राजयोग सिकाउनु हुन्छ? तपाईं पनि
ब्रह्मा मुखवंशावली बनेर राजयोग सिक्नुभयो भने स्वयंलाई पनि अनुभव हुन्छ। यसमा
बनावटी वा अन्धश्रद्धाको कुनै कुरा छैन। अन्धश्रद्धा त सारा दुनियाँमा छ, त्यसमा पनि
खासगरी भारतवर्षमा गुडियाको पूजा धेरै हुन्छ। आइडलप्रस्थ भारतवर्षलाई भनिन्छ।
ब्रह्माका कति धेरै भुजा देखाइन्छ। अब यो कसरी हुन सक्छ। हो, ब्रह्माका धेरै
बच्चाहरू छन्। जसरी विष्णुका ४ भुजा देखाइन्छ दुई लक्ष्मीका, दुई नारायणका। त्यस्तै
ब्रह्माका पनि यतिका बच्चाहरू थिए। मानौं ४ करोड बच्चाहरू छन् भने ब्रह्माका ८ करोड
भुजा हुन्छन्। तर यस्तो हुँदैन। बाँकी प्रजा त अवश्य हुन्छन्। यो पनि ड्रामामा
निश्चित छ। बाबा आएर यी सबै कुरा सम्झाउनु हुन्छ। उनीहरूले त बुझ्न सक्दैनन् आखिर
के-के हुँदैछ। कति योजना बनाउँछन्। भिन्न-भिन्न प्रकारका योजना बनाउँछन्। यहाँ
बाबाको तिमी बच्चाहरूको लागि एउटै योजना छ, त्यसैले यो राजधानी स्थापना भइरहेको छ।
जसले जति मेहनत गरेर आफू समान बनाउँछ, त्यति उच्च पद पाउँछ। बाबालाई ज्ञानका सागर,
आनन्दका सागर, दयाका सागर भनिन्छ। बाबा भन्नुहुन्छ– मेरो पनि ड्रामामा पार्ट छ।
मायाले सबै माथि अत्याचार गरिरहेको छ। मैले नै आएर दया गर्नुपर्छ। तिमी बच्चाहरूलाई
राजयोग पनि सिकाउँछु। सृष्टि चक्रको रहस्य पनि सम्झाउँछु। नलेजफुललाई ज्ञानका सागर
भनिन्छ। तिमी बच्चाहरूले जानेका छौ, जसलाई पनि सम्झाउन सक्छौ। यहाँ अन्धश्रद्धाको त
कुनै कुरा छैन। हामीले निराकार परमपिता परमात्मालाई मान्दछौं। सबैभन्दा पहिले उहाँको
महिमा गर्नुपर्छ। उहाँ आएर राजयोगद्वारा स्वर्ग रच्नुहुन्छ। फेरि स्वर्गवासीको महिमा
गर्नुपर्छ। यहाँ स्वर्ग थियो। त्यसैले सबै थिए सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण...
५ हजार वर्षको कुरा हो। परमात्माको महिमा सबैभन्दा विशेष छ। फेरि छ देवताहरूको महिमा।
यसमा अन्धश्रद्धाको कुनै कुरा छैन। यहाँ त सबै बच्चाहरू छन्। अनुयायीहरू होइन। हामी
ईश्वरका परिवार हौं। वास्तवमा हामी सबै आत्माहरू परमपिता परमात्माका बच्चाहरू हौं,
त्यसैले परिवार भयो नि। उहाँ निराकार फेरि साकारमा आउनुहुन्छ। यतिबेला यो अनौठो
परिवार छ, यसमा संशयको कुरा छैन। सबै शिवका सन्तान हुन्। प्रजापिता ब्रह्माका
सन्तानको पनि गायन छ। हामी ब्रह्माकुमार-कुमारीहरू हौं, नयाँ सृष्टिको स्थापना
भइरहेको छ। पुरानो सृष्टि सामुन्ने छ। पहिले त बाबाको परिचय दिनुपर्छ। ब्रह्मावंशी
नबनी बाबाको वर्सा मिल्न सक्दैन। ब्रह्माको पासमा यो ज्ञान छैन। ज्ञानसागर शिवबाबा
हुनुहुन्छ। उहाँबाट नै हामीले वर्सा पाउँछौं। हामी हौं मुखवंशावली। सबैले राजयोग
सिकिरहेका छन्। हामी सबैलाई पढाउनेवाला शिवबाबा हुनुहुन्छ, जो यस ब्रह्मा तनमा आएर
पढाउनु हुन्छ। यी प्रजापिता ब्रह्मा जो व्यक्त छन्, यिनी जब सम्पूर्ण बन्छन् तब
फरिश्ता बन्छन्। सूक्ष्म वतनवासीलाई फरिश्ता भनिन्छ, त्यहाँ हाड-मासु हुँदैन।
बच्चीहरूले साक्षात्कार पनि गर्छन्। बाबा भन्नुहुन्छ– भक्तिमार्गमा अल्पकालको सुख
पनि मद्वारा नै तिमीलाई मिल्छ। दाता म एउटै हुँ, त्यसैले ईश्वर अर्पण गर्छन्।
सम्झन्छन् ईश्वरले नै फल दिनुहुन्छ। साधु-सन्त आदिको नाम कहिल्यै लिदैनन्। दिनेवाला
एक बाबा हुनुहुन्छ। निमित्त कसैद्वारा दिलाउनु हुन्छ, उनको महिमा बढाउनको लागि। त्यो
सबै हो अल्पकालको सुख। यो हो बेहदको सुख। नयाँ-नयाँ बच्चाहरू आए भने सम्झन्छन् जुन
मतमा पहिला हामी थियौं उनलाई फेरि हामीले यो ज्ञान बुझाउन पाए हुन्थ्यो। यतिबेला सबै
मायाको मतमा छन्। यहाँ त तिमीलाई ईश्वरीय मत मिल्छ। यो मत आधा कल्प चल्छ किनकि
सत्ययुग-त्रेतामा हामीले यसको प्रारब्ध भोग्छौं। त्यहाँ उल्टो मत हुँदैन किनकि माया
नै हुँदैन। उल्टो मत त पछि मात्र सुरू हुन्छ। अहिले बाबाले हामीलाई आफू समान
त्रिकालदर्शी, त्रिलोकीनाथ बनाउनु हुन्छ। हामी ब्रह्माण्डको मालिक पनि बन्छौं, फेरि
सृष्टिको मालिक पनि बन्छौं। बाबाले बच्चाहरूको महिमा आफूभन्दा पनि उच्च बनाउनु भएको
छ। सारा सृष्टिमा यस्ता बाबा कहिल्यै देख्यौ, जसले बच्चाहरूको लागि यति मेहनत
गर्नुहुन्छ र आफूभन्दा पनि महान् बनाउनुहुन्छ! भन्नुहुन्छ– तिमी बच्चाहरूलाई विश्वको
बादशाही दिन्छु, मैले भोग्दिनँ। बाँकी दिव्य-दृष्टिको चाबी मैले आफ्नो हातमा राख्छु।
भक्तिमार्गमा पनि मलाई काममा आउँछ। अहिले पनि ब्रह्माको साक्षात्कार गराउँछु ताकि
यी ब्रह्मासँग गएर राजयोग सिकेर भविष्यमा राजकुमार बनुन्। यो साक्षात्कार त धेरैलाई
हुन्छ। राजकुमार त सबै ताज सहितका हुन्छन्। बाँकी बच्चाहरूलाई यो थाहा हुँदैन
सूर्यवंशी राजकुमारको साक्षात्कार भयो वा चन्द्रवंशी राजकुमारको। जो बाबाका बन्छन्
उनीहरू राजकुमार-राजकुमारी त अवश्य बन्छन् फेरि अगाडि वा पछाडि। राम्रो पुरुषार्थ
भयो भने सूर्यवंशी बन्छन्, नत्र चन्द्रवंशी। त्यसैले राजकुमारलाई देखेर खुशी हुनु
छैन। यो सबै पुरुषार्थमा आधारित छ। बाबाले त हरेक कुरा स्पष्ट गरेर सम्झाउनु हुन्छ,
यसमा अन्धश्रद्धाको कुरा छैन। यो हो ईश्वरीय परिवार। यस हिसाबले त उनीहरू पनि
ईश्वरीय सन्तान हुन्। तर उनीहरू कलियुगमा छन्, तिमी सङ्गमयुगमा छौ। कसैसँग पनि गएर
भन– हामी शिववंशी, ब्रह्मा मुखवंशावली ब्राह्मणले नै स्वर्गको वर्सा पाउन सक्छौं।
जसलाई पनि राम्ररी सम्झाउने मेहनत गर्नुपर्छ। १००-५० लाई सम्झायो भने तिनीहरूबाट
कुनै एक निस्किन सक्छ। जसको तकदिरमा छ, ऊ करोडौंमा कोही निस्किन्छ। आफू समान बनाउन
समय लाग्छ। बाँकी धनवानको आवाज ठूलो हुन्छ। मन्त्रीको पासमा गयो भने पहिले उनीहरूले
सोध्छन्– तपाईंको पासमा कुनै मन्त्री आउँछन्? जब सुनाउँछौ, हो आउँछन् तब भन्छन् ठीक
छ म पनि आउँछु।
बाबा भन्नुहुन्छ– म
बिलकुल साधारण छु। त्यसैले धनवान कुनै बिरलै आउँछन्। आउँछन् अवश्य तर अन्त्यमा। तिमी
बच्चाहरूलाई धेरै नशा हुनुपर्छ। उनीहरूलाई सम्झाउनु पर्छ– हामीले त विश्वको
तन-मन-धनले सेवा गर्छौं। तिमी त विश्व सेवाको लागि नै बलि चढेका हौ नि। यस्ता दाता
कोही हुँदैनन्। उनीहरूले त पैसा जम्मा गरेर घर आदि बनाइरहन्छन्। अन्त्यमा यो सबै
माटोमा मिल्छ। तिमीले त सबै कुरा बाबामा बलि चढाउनुपर्छ। विश्व स्वर्ग बनाउने सेवामा
नै सबै कुरा लगाउनुपर्छ। तब फेरि वर्सा पनि तिमीले नै पाउँछौ। तिमीलाई नशा चढेको छ–
हामी सर्वशक्तिमान् अधिकारीका बच्चाहरू हौं। हामी उहाँको पासमा दर्ता भएका छौं।
बाबाको पासमा दर्ता हुन धेरै मेहनत लाग्छ। सम्पूर्ण निर्विकारीपनको प्रतिज्ञा पूरा
गरेर देखाए भने बाबाले उनलाई दर्ता गर्नुहुन्छ। बच्चाहरूलाई धेरै नशा हुनुपर्छ–हामीले
विश्वलाई स्वर्ग वा राजस्थान बनाइरहेका छौं, पछि त्यसमाथि राज्य गर्नेछौं। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हामी ईश्वरीय सन्तान एउटै ईश्वरीय परिवारका हौं। हामीलाई अहिले ईश्वरीय मत
मिलिरहेको छ, यस रूहानी नशामा रहनु छ। उल्टो मतमा चल्नु छैन।
२) विश्वको सेवाको
लागि ब्रह्माबाबा समान पूरा-पूरा बलि चढ्नु छ। तन-मन-धनले विश्वलाई स्वर्ग बनाउन
सफल गर्नु छ। पूरा-पूरा दानी बन्नु छ।
वरदान:–
परमात्म
प्यारको छत्रछाया मा स दा सुरक्षित अनुभव गर्ने दु:खको लहरबाट मुक्त भव
जसरी कमल पुष्प हिलोमा
भएर पनि न्यारा रहन्छ, जति न्यारा त्यति नै प्यारा हुन्छ। यसैगरी तिमी बच्चाहरू पनि
दु:खको संसारदेखि न्यारा र बाबाको प्यारा बनेका छौ, यो परमात्म प्यार नै छत्रछाया
बन्छ। जसमाथि परमात्म छत्रछाया छ, उसलाई कसले के गर्न सक्छ! त्यसैले हामी परमात्म
छत्रछायामा रहने आत्मा हौं, दु:खको लहरले हामीलाई स्पर्श पनि गर्न सक्दैन, यस्तो
नशामा रहने गर।
स्लोगन:–
जसले आफ्नो
श्रेष्ठ चरित्रद्वारा बापदादा र ब्राह्मण कुलको नाम प्रसिद्ध गर्छ, उही कुलदीपक हो।