07.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे पावन बन्नको लागि पहिलो छ यादको बल , दोस्रो छ सजायँको बल । तिमीले यादको बलबाट पावन बनेर उच्च पद पाउनु पर्छ।

प्रश्न:
बाबा रूहानी सर्जन हुनु हुन्छ, उहाँले तिमीलाई कुनचाहिँ धैर्य दिन आउनु भएको छ?

उत्तर:
जसरी सर्जनले रोगीहरूलाई धैर्य दिन्छन् अब बिमारी ठीक हुन्छ, त्यसैगरी रूहानी सर्जनले पनि तिमी बच्चाहरूलाई धैर्य दिनु हुन्छ प्यारा बच्चाहरू! तिमी मायाको बिमारीबाट नडराऊ। सर्जनले औषधि दिनु हुन्छ, त्यसैले यी बिमारीहरू सबै बाहिर निस्किन्छन्, जुन विचार अज्ञानकालमा पनि आएका थिएनन् ती आउँछन्। तर तिमीले सहन गर्नु पर्छ। केही मेहनत गर, अब तिम्रो सुखका दिन आए कि आए।

ओम् शान्ति ।
बेहदका बाबाले सबै बच्चाहरूलाई सम्झाउनु हुन्छ। तिमीले बाबा आउनु भएको सन्देश सबैलाई पुर्याउनु छ। बाबाले धैर्य दिइरहनु भएको छ किनकि भक्तिमार्गमा बोलाउँछन् बाबा आउनु होस्, मुक्त गर्नुहोस्, दु:खबाट छुटाउनु होस्। बाबा धैर्य दिनु हुन्छ, थोरै दिन मात्र बाँकी छन्। कोही बिमारी निको हुने अवस्थामा छ भने भन्छन् अब ठीक हुन्छ। तिमी बच्चाहरूले पनि सम्झन्छौ यस छी-छी दुनियाँका थोरै दिन बाँकी छ फेरि हामी नयाँ दुनियाँमा जान्छौं। त्यसको लागि हामी लायक बन्नु छ। त्यसपछि कुनै पनि रोग आदिले तिमीलाई सताउने छैन। बाबाले धैर्य दिँदै भन्नुहुन्छ केही मेहनत गर। यसरी धैर्य दिने अरू कोही पनि छैन। तिमी नै तमोप्रधान भएका छौ। अहिले बाबा आउनु भएको छ तिमीलाई फेरि सतोप्रधान बनाउनको लागि। अब सबै आत्माहरू पवित्र बन्छन् कोही योगबलबाट, कोही सजाय बलबाट। सजायको पनि बल हुन्छ नि। सजायबाट जो पवित्र बन्छन् उनीहरूको पद सानो हुन्छ। तिमी बच्चाहरूलाई श्रीमत प्राप्त भइरहन्छ। बाबा भन्नुहुन्छ म एकलाई याद गर, तिम्रो पापहरू भस्म हुन्छन्। यदि याद गर्दैनौ भने पाप सय गुणा वृद्धि हुन्छ किनकि पाप आत्मा बनेर तिमीले मेरो निन्दा गराउँछौ। मनुष्यले भन्नेछन् यिनलाई ईश्वरले यस्तो मत दिन्छन् तर तिनैले आसुरी चालचलन देखाउँछन्। उतार-चढाव पनि हुन्छ नि। बच्चाहरूले हार पनि खान्छन्। राम्रा-राम्रा बच्चाहरूले पनि हार खान्छन्। त्यसैले पाप काटिंदैन। पापको फल भोग्नु पर्छ। यो धेरै छि-छि दुनियाँ हो, यहाँ सबै कुरा भइरहन्छ। बाबालाई बोलाउँछन् आएर हामीलाई भविष्यमा नयाँ दुनियाँको लागि मार्ग बताउनुहोस्। बाबाले जान्नुहुन्छ उतातिर छ पुरानो दुनियाँ, यतातिर छ नयाँ दुनियाँ। तिमी हौ डुङ्गा। अहिले तिमी पुरुषोत्तम बन्नको लागि चलिरहेका छौ। यस पुरानो दुनियाँबाट तिम्रो लंगर उठिसकेको छ। जहाँ गइरहेका छौ त्यस घरलाई नै याद गर्नु छ। बाबाले भन्नु भएको छ मेरो याद गर्नाले तिम्रो मैला जान्छ, या त योगबलबाट वा सजायबाट। हरेक आत्मा पवित्र त अवश्य बन्छन्। पवित्र नबनी कोही पनि फर्केर जान सक्दैन। सबैलाई आ-आफ्नो पार्ट मिलेको छ। बाबा भन्नुहुन्छ यो तिम्रो अन्तिम जन्म हो। मनुष्यले भन्दछन् कलियुग अझै सानो बच्चा छ अर्थात् मनुष्य अब यस भन्दा पनि अझ दु:खी हुन्छन्। तिमी संगमयुगी ब्राह्मणले सम्झन्छौ यो दु:खधाम त अब समाप्त हुनु छ। बाबाले धैर्य दिनु हुन्छ। कल्प पहिले पनि बाबाले भन्नु भएको थियो म एकलाई याद गर्यौ भने पापको मैला जान्छ। यो मैले ग्यारेन्टी गर्छु। यो पनि सम्झाउनु हुन्छ कलियुगको विनाश अवश्य हुनु छ अनि सत्ययुग पनि अवश्य आउने छ। पालना मिलेको छ, बच्चाहरूलाई निश्चय पनि छ। तर याद नहुनाले कुनै न कुनै विकर्म गर्छन्। भन्दछन् बाबा क्रोध आउँछ, यसलाई पनि भूत भनिन्छ। यो रावण राज्यमा ५ भूतले दु:ख दिन्छन्। पहिलाको हिसाब-किताब पनि चुक्ता गर्नु छ, जसलाई पहिला कहिल्यै काम विकारले सताएको थिएन, उनलाई पनि यो बिमारी प्रकट हुन्छ। भन्छन् पहिला त यस्तो विकल्प कहिल्यै आएन, अहिले किन सताउँछ? यो ज्ञान हो नि। ज्ञानले सारा बिमारीलाई बाहिर निकाल्छ। भक्तिले सारा बिमारीलाई बाहिर निकाल्दैन। यो हो नै अशुद्ध विकारी दुनियाँ, १०० प्रतिशत अशुद्धता छ। १०० प्रतिशत पतितबाट फेरि १०० प्रतिशत पावन हुनु छ। १०० प्रतिशत भ्रष्टाचारीबाट १०० प्रतिशत पावन श्रेष्ठाचारी दुनियाँ बन्छ।

बाबा भन्नुहुन्छ म आएको छु तिमी बच्चाहरूलाई शान्तिधाम-सुखधाम लैजानको लागि। तिमीले मलाई याद गर अनि सृष्टि चक्रलाई घुमाऊ। कुनै पनि विकर्म नगर। जो गुण यी देवताहरूमा छन् त्यस्तै गुण धारण गर्नु छ। बाबाले कुनै कष्ट दिनु हुन्न। कुनै कुनै घरमा प्रेत आत्मा छ भने आगो लगाइदिन सक्छ, नोक्सान गर्छ। यतिबेला मनुष्य नै प्रेतात्मा बनेका छन् नि। स्थूलमा पनि कर्मभोग हुन्छ। आत्माले एक अर्कालाई दु:ख दिन्छ यो शरीरद्वारा, शरीर नभए पनि दु:ख दिन्छ। बच्चाहरूले देखेका छन् जसलाई भूत भनिन्छ, त्यो सेतो छाया जस्तो देखिन्छ। तर त्यसको कुनै चिन्तन गर्नु हुँदैन। तिमीले जति बाबालाई याद गर्नेछौ त्यत्ति यो सबै समाप्त हुन्छ। यो पनि हिसाब-किताब हो नि।

घरमा बच्चीहरूले भन्छन् हामी पवित्र रहन चाहन्छौं। यो आत्माले भन्छ। जसमा ज्ञान छैन, उसले भन्छ पवित्र नबन। अनि झगडा हुन्छ। कति हंगामा हुन्छ। अहिले तिमी पवित्र आत्मा बनिरहेका छौ। उनीहरू अपवित्र छन् त्यसैले दु:ख दिन्छन्। हुन त आत्मा नै हुन्। तिनलाई प्रेतात्मा भनिन्छ। शरीरद्वारा पनि, शरीर विना पनि दु:ख दिन्छन्। ज्ञान त सहज छ। स्वदर्शन चक्रधारी बन्नु छ। अनि मुख्य हो पवित्रताको कुरा। यसको लागि बाबालाई खुशीले याद गर्नु छ। रावणलाई पापी भनिन्छ नि। यति बेला यो दुनियाँ छ नै पापी। एक-अर्काबाट अनेक प्रकारका दु:ख पाइरहन्छन्। पापी पतितलाई भनिन्छ। पतित आत्मामा पनि ५ विकार अनेक प्रकारका हुन्छन्। कसैमा विकारको बानी, कसैमा क्रोधको बानी, कसैमा दु:ख दिने बानी, कसैमा नोक्सान गर्ने बानी हुन्छ। कसैमा विकारको बानी भयो भने विकारमा जान नपाए रिसाएर धेरै पिट्छन् पनि। यो दुनियाँ नै यस्तै छ। त्यसैले बाबा आएर धैर्य दिनु हुन्छ हे आत्माहरू, प्यारा बच्चाहरू! धैर्य धारण गर, मलाई याद गरिराख अनि दैवीगुण पनि धारण गर। यस्तो पनि भन्नुहुन्न धन्दा आदि नगर। जसरी सैनिकहरू लडाईंमा जानुपर्दा उनीहरूलाई पनि भनिन्छ शिवबाबालाई याद गर्नुहोस्। गीताका श्लोकहरू मनमा राखेर, हामी युद्धको मैदानमा मर्यौं भने पनि स्वर्गमा जानेछौं भन्ने सम्झन्छन्, त्यसैले खुशीसाथ लडार्इंमा जान्छन्। तर त्यो त कुरै होइन। बाबा भन्नुहुन्छ तिमी स्वर्गमा जान सक्छौ त्यसको लागि केवल शिवबाबालाई याद गर। याद त एक शिवबाबालाई नै गर्नु छ तब स्वर्गमा जान्छौ। जति पनि आउँछन् ती पछि गएर पतित भए पनि स्वर्गमा त अवश्य नै आउँछन्। सजाय खाएर पावन बनेर भए पनि स्वर्गमा अवश्य आउँछन्। बाबा दयालु हुनु हुन्छ नि। बाबाले सम्झाउनु हुन्छ कुनै विकर्म गरेनौ भने विकर्माजित बन्छौ। यी लक्ष्मी-नारायण विकर्माजित हुन् नि। फेरि रावण राज्यमा विकर्मी बन्छन्। विक्रम संवत् सुरु हुन्छ नि। मनुष्यलाई त केही पनि थाहा छैन। तिमी बच्चाहरूले अहिले जानेका छौ यी लक्ष्मी-नारायण विकर्माजित बनेका छन्। भन्दछन् पहिलो नम्बरको विकर्माजित, फेरि २५०० वर्ष पछि विक्रम संवत् सुरु हुन्छ। मोहजित राजाको कथा छ नि। बाबा भन्नुहुन्छ नष्टोमोह बन। म एकलाई याद गर्यौ भने पाप काटिन्छ। २५०० वर्षमा तिमीबाट जे पाप भएको छ, त्यसलाई ५०-६० वर्षमा तिमीले स्वयंलाई सतोप्रधान बनाउन सक्छौ। यदि योगबल भएन भने फेरि अन्तिम नम्बरमा जान्छन्। माला त धेरै ठूलो छ। भारतको माला त विशेष हुन्छ, जसमाथि सारा खेल बनेको छ। यसमा मुख्य हो यादको यात्रा, अरू कुनै मेहनत छैन। भक्तिमा त अनेक मानिसहरू सँग बुद्धियोग लगाउँछन्। यी सबै हो रचना। उनीहरूको यादबाट कसैको पनि कल्याण हुँदैन। बाबा भन्नुहुन्छ कसैको पनि याद नगर। जसरी भक्तिमार्गमा पहिले केवल तिमीले भक्ति गर्थ्यौ अब फेरि अन्तिममा पनि मलाई याद गर। बाबाले कति स्पष्ट सम्झाउनु हुन्छ। पहिला कहाँ जानेका थियौ र। अहिले तिमीलाई ज्ञान प्राप्त भएको छ। बाबा भन्नुहुन्छ अरूको सङ्गत तोडेर एक बाबा सँग सङ्गत गर्यौ भने योग अग्निबाट तिम्रो पाप भस्म हुन्छ। पाप त धेरै गर्दै आएका छौ। काम कटारी चलाउँछौ। एकले अर्कालाई आदि-मध्य-अन्त्य दु:ख दिंदै आएका छौ। मूल कुरा हो काम कटारीको। यो पनि ड्रामा हो नि। यस्तो पनि भनिदैन, यस्तो ड्रामा किन बन्यो? यो त अनादि खेल हो। यसमा मेरो पनि पार्ट छ। ड्रामा कहिले बन्यो, कहिले पूरा हुन्छ यो पनि भन्न सकिंदैन। यो त आत्मामा पार्ट भरिएको छ। आत्माको जुन प्लेट छ त्यो कहिल्यै खिइँदैन। आत्मा अविनाशी छ, त्यसको पार्ट पनि अविनाशी छ। ड्रामालाई पनि अविनाशी भनिन्छ। बाबा जो पुनर्जन्ममा आउनु हुन्न उहाँले नै आएर सबै रहस्य सम्झाउनु हुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य कसैले पनि सम्झाउन सक्दैन। न बाबाको कर्तव्य, न आत्माको केही पनि जान्दैनन्। यो सृष्टि चक्र घुमिरहन्छ।

यो पुरुषोत्तम संगमयुग हो, जसमा सबै मनुष्य मात्र उत्तम पुरुष बन्छन्। शान्तिधाममा सबै आत्माहरू पवित्र तथा उत्तम बन्छन्। शान्तिधाम पावन छ नि। नयाँ दुनियाँ पनि पवित्र हुन्छ। त्यहाँ शान्ति त हुन्छ नै, फेरि शरीर प्राप्त भएपछि पार्ट खेल्छ। यो कुरा हामीले जान्दछौं हरेकलाई आ-आफ्नो भूमिका मिलेको छ। त्यो हाम्रो घर हो, शान्तिमा रहन्छौं। यहाँ त भूमिका निर्वाह गर्नु छ। अहिले बाबा भन्नुहुन्छ भक्तिमार्गमा तिमीले मेरो अव्यभिचारी पूजा गर्यौ। दु:खी थिएनौ। अहिले व्यभिचारी भक्तिमा आउनाले तिमी दु:खी बनेका छौ। अहिले बाबा भन्नुहुन्छ दैवी गुण धारण गर तर फेरि पनि आसुरी गुण किन? बाबालाई बोलायौ आएर हामीलाई पावन बनाउनुहोस्। फेरि पतित किन बन्छौ? त्यसमा पनि खासगरी काम विकारलाई अवश्य पनि जित्नु छ अनि तिमी जगतजित बन्छौ। मनुष्यले त भगवानलाई भनिदिन्छन् आफै पूज्य आफै पुजारी। अर्थात् उहाँलाई तल झार्छन्। यस्तो पाप गर्दा-गर्दा दुनियाँ महा-विकारी बन्छ। गरूडपुराणमा पनि रौरव नर्क भनेका छन्, जहाँ बिच्छी, टिन्डन आदिले डसिरहन्छन्। शास्त्रमा के-के कुरा देखाइएको छ। यो पनि बाबाले सम्झाउनु भएको छ यी शास्त्र आदि सबै भक्तिमार्गका हुन्। यसबाट कोही पनि मेरो पासमा आउन सक्दैन। अझै तमोप्रधान बनेका छन् त्यसैले मलाई बोलाउँछन् आएर पावन बनाउनुहोस्। त्यसैले पतित ठहरिए नि। मनुष्यले त केही पनि बुझ्दैनन्। जो निश्चयबुद्धि छन् उनीहरू नै विजयी हुन्छन्। रावण राज्यमाथि विजय प्राप्त गरेर रामराज्यमा आउँछन्। बाबा भन्नुहुन्छ कामलाई जित, यसैमा हंगामा हुन्छ। भन्छन् पनि, अमृत छोडेर विष किन खान्छौ? अमृत नाम सुनेर सम्झन्छन् गौमुखबाट अमृत निस्कन्छ। अरे, गंगा जललाई कहाँ अमृत भनिन्छ र? यो त ज्ञान अमृतको कुरा हो। स्त्रीले पतिको चरण धोएर पिउँछिन्, त्यसलाई पनि अमृत सम्झन्छन्। यदि अमृत हो भने त हीरा समान बन्नु पर्ने नि। वास्तवमा बाबाले यो ज्ञान दिनु हुन्छ जसबाट तिमी हीरा जस्तै बन्छौ। पानीको नाम कति प्रसिद्ध गराएका छन्। तिमीले ज्ञान अमृत पियाउँछौ, उनीहरूले पानी पियाउँछन्। तिमी ब्राह्मणहरूलाई कसैको बारेमा पनि थाहा छैन। उनीहरूले कौरव-पाण्डव भन्छन् तर पाण्डवलाई ब्राह्मण कहाँ सम्झन्छन् र। गीतामा यस्तो शब्द छँदै छैन जसले गर्दा पाण्डवहरूलाई ब्राह्मण सम्झियोस्। बाबा बसेर सबै शास्त्रहरूको सार सम्झाउनु हुन्छ। बच्चाहरूलाई भन्नुहुन्छ शास्त्रहरूमा जे कुरा पढेका छौ अनि जे कुरा मैले सुनाउँछु, त्यसको निर्णय गर। तिमीलाई थाहा छ पहिला हामीले जे सुनेका थियौं त्यो गलत थियो, अहिले सत्य सुन्दछौं।

बाबाले सम्झाउनु भएको छ तिमीहरू सबै सीता अथवा भक्त हौ। भक्तिको फल दिनेवाला राम भगवान् हुनु हुन्छ। भन्नुहुन्छ, म आउँछु फल दिन। तिमीलाई थाहा छ हामीले स्वर्गमा अपार सुख भोग्नेछौ। त्यस समयमा अरू सबै शान्तिधाममा रहन्छन्। शान्ति त प्राप्त हुन्छ नि! त्यहाँ विश्वमा सुख-शान्ति-पवित्रता सबैथोक हुन्छन्। तिमीले सम्झाउँछौ जब विश्वमा एक धर्म थियो तब नै विश्वमा शान्ति थियो, फेरि पनि सम्झँदैनन्। मुस्किलले कोही टिक्छन्। पछि धेरै आउँछन्। जान्छन् कहाँ! यो एकै दोकान हो। जसरी दोकानदारको चीज राम्रो छ भने त्यसको मूल्य निश्चित हुन्छ। यो त शिवबाबाको दोकान हो, उहाँ हुनु हुन्छ निराकार। ब्रह्मा पनि अवश्य हुनु पर्छ। तिमी कहलाउँछौ ब्रह्माकुमार-ब्रह्माकुमारीहरू। शिवकुमारीहरू त कहलाउन सक्दैनौ। ब्राह्मण पनि अवश्य चाहिन्छ। ब्राह्मण नबनी देवता कसरी बन्छौ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः
१) देवताको जस्तो गुण स्वयंमा धारण गर्नु छ। भित्र जति पनि नराम्रा संस्कार छन्, क्रोध आदिको बानी छ त्यसलाई छोडिदिनु छ। विकर्माजित बन्नु छ, त्यसैले अब कुनै पनि विकर्म गर्नु हुँदैन।

२) हीरा समान श्रेष्ठ बन्नको लागि ज्ञान अमृत पिउनु र पिलाउनु छ। काम विकारमाथि सम्पूर्ण रूपमा विजय प्राप्त गर्नु छ। स्वयंलाई सतोप्रधान बनाउनु छ। यादको बलबाट सबै पुरानो हिसाब-किताब चुक्ता गर्नु छ।


वरदान:
सहजयोगको साधनाद्वारा साधनहरूमाथि विजय प्राप्त गर्ने प्रयोगी आत्मा भव

साधनहरू हुँदा हुँदै, साधनहरूलाई प्रयोगमा ल्याउँदा ल्याउँदै पनि योगको स्थिति डगमग नहोस्। योगी बनेर प्रयोग गर्नु यसलाई भनिन्छ न्यारा। भएर पनि निमित्त मात्र, अनासक्त रूपबाट प्रयोग गर। यदि इच्छा हुन्छ भने त्यो इच्छाले अच्छा (राम्रो) बन्न दिदैन। मेहनतमा नै समय जान्छ। त्यस समय तिमी साधनामा रहने प्रयत्न गरूँला। तर साधनहरूले आफूतर्फ आकर्षित गर्छ, त्यसैले प्रयोगी आत्मा बनेर सहजयोगको साधनाद्वारा साधनहरूमाथि अर्थात् प्रकृतिमाथि विजयी बन।

स्लोगन:
स्वयं सन्तुष्ट रहेर सबैलाई सन्तुष्ट गर्नु नै सन्तुष्टमणि बन्नु हो।