07.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले जे बाबाले सुनाउनु हुन्छ त्यही सुन , आसुरी कुरा नसुन , नबोल , हियर नो इभिल , सी नो इभिल....।

प्रश्न:
तिमी बच्चाहरूलाई कुनचाहिँ निश्चय बाबाद्वारा नै भएको हो?

उत्तर:
बाबा तिमी बच्चाहरूलाई निश्चय गराउनु हुन्छ म तिम्रो पिता पनि हुँ, शिक्षक पनि हुँ, सद्गुरु पनि हुँ, तिमीले यस स्मृतिमा रहने पुरुषार्थ गर। तर मायाले तिमीहरूलाई यही भुलाइदिन्छ। अज्ञानकालमा त मायाको कुरै हुँदैन।

प्रश्न:
कुनचाहिँ चार्ट राख्न विशालबुद्धि चाहिन्छ?

उत्तर:
आफूलाई आत्मा सम्झिएर बाबालाई कति समय याद गरियो, यो चार्ट राख्न धेरै विशालबुद्धि चाहिन्छ। देही-अभिमानी भएर बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ।

ओम् शान्ति ।
विद्यार्थीहरूले बुझेका छन् टिचर आउनु भएको छ। यो त बच्चाहरूले जानेका छन्, उहाँ बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ र सुप्रिम सद्गुरु पनि हुनुहुन्छ। बच्चाहको स्मृतिमा छ तर नम्बरवार पुरुषार्थ अनुसार। नियमले भन्छ जब एकपटक जान्यौ, टिचर अथवा उहाँ बाबा हुनुहुन्छ, गुरु हुनुहुन्छ भने फेरि भुल्न सकिँदैन। तर यहाँ मायाले भुलाइदिन्छ। अज्ञान कालमा मायाले कहिल्यै भुलाउँदैन। बच्चाले कहिल्यै भुल्न सक्दैन उहाँ मेरो पिता हुनुहुन्छ, उहाँको यो काम हो। बच्चाहरूलाई खुशी हुन्छ, हामी पिताको धनका मालिक हौं। हुन त स्वयंले पनि पढ्छन् तर पनि पिताको सम्पत्ति त मिल्छ नि। यहाँ तिमी बच्चाहरूले पनि पढ्छौ र बाबाको तिमीहरूलाई सम्पत्ति पनि मिल्छ। तिमीले राजयोग सिकिरहेका छौ। बाबाद्वारा निश्चय हुन्छ म बाबाको हुँ, बाबाले नै सद्गतिको मार्ग बताइरहनु भएको छ, त्यसैले उहाँ सद्गुरु पनि हुनुहुन्छ। यी कुरा भुल्नु हुँदैन। जे बाबाले सुनाउनु हुन्छ त्यही सुन्नु छ। यो जुन बाँदरको खेलौना देखाउँछन् नराम्रो नहेर, नराम्रो नसुन...। यो हो मनुष्यको कुरा। बाबा भन्नुहुन्छ आसुरी कुरा नबोल, नसुन, नदेख। नराम्रो नसुन...। यो पहिला बाँदरको बनाउँथे। अहिले त मनुष्यको बनाउँछन्। तिमीहरूसँग नलिनीको बनाइएको छ। तिमीले बाबाको ग्लानिको कुरा नसुन। बाबा भन्नुहुन्छ मेरो कति ग्लानि गर्छन्। तिमीलाई थाहा छ कृष्णका भक्तको लागि धूप जलाए भने रामको भक्तले नाक बन्द गर्छन्। एक अर्काको सुगन्ध पनि राम्रो लाग्दैन। आपसमा दुस्मन जस्तै हुन्छन्। अहिले तिमी हौ रामवंशी। दुनियाँ हो सारा रावण वंशी। यहाँ धूपको त कुरै छैन। तिमीलाई थाहा छ बाबालाई सर्वव्यापी भन्नाले के गति भएको छ! पत्थर आदिमा मान्नाले बुद्धि जड बनेको छ। त्यसैले बेहदका बाबा, जसले तिमीलाई वर्सा दिनुहुन्छ, उहाँको कति ग्लानि गर्छन्। ज्ञान त कसैमा छैन। त्यो ज्ञान रत्न होइन, पत्थर हो। अब तिमीले बाबालाई याद गर्नुपर्छ। बाबा भन्नुहुन्छ म जो हुँ, जस्तो हुँ, यथार्थमा मलाई कसैले जानेका छैनन्। बच्चाहरूमा पनि नम्बरवार छन्। बाबाले यथार्थ रीतिले याद गर्नु छ। उहाँ पनि यति सानो बिन्दी हुनुहुन्छ, उहाँमा यो सारा पार्ट भरिएको छ। बाबालाई यथार्थ रीतिले जानेर याद गर्नु छ, आफूलाई आत्मा सम्झिनु छ। हुन त हामी बच्चा हौं तर यस्तो होइन बाबाको आत्मा ठूलो, हाम्रो सानो छ। होइन, हुन त बाबा नलेजफुल हुनुहुन्छ तर आत्मा कुनै ठूलो हुन सक्दैन। तिम्रो आत्मामा पनि ज्ञान रहन्छ तर नम्बरवार। स्कुलमा पनि नम्बरवार पास हुन्छन् नि। शून्य अंक कसैको हुँदैन। केही न केही अंक ल्याउँछन्। बाबा भन्नुहुन्छ म तिमीहरूलाई यो जुन ज्ञान सुनाउँछु, यो प्राय: लोप भएर जान्छ। फेरि पनि चित्र छन्, शास्त्र पनि बनाएका छन्। बाबा तिमी आत्माहरूलाई भन्नुहुन्छ नराम्रो नसुन.... यस आसुरी दुनियाँलाई के हेर्नु छ। यस छी-छी दुनियाँमा आँखा बन्द गर्नु छ। अहिले आत्मालाई स्मृति आएको छ, यो हो पुरानो दुनियाँ। यससँग के सम्बन्ध राख्नु छ? आत्मालाई स्मृति भएको छ यस दुनियाँलाई देख्दा-देख्दै पनि देख्नु छैन। आफ्नो शान्तिधाम र सुखधामलाई याद गर्नु छ। आत्मालाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, त्यसैले यो स्मरण गर्नु छ। भक्तिमार्गमा पनि सबेरै उठेर माला जप्छन्। सबेरैको मुहूर्त राम्रो सम्झन्छन्। ब्राह्मणहरूको मुहूर्त हुन्छ। ब्रह्मा भोजनको पनि महिमा छ। ब्रह्म भोजन होइन, ब्रह्मा भोजन। तिमीहरूलाई पनि ब्रह्माकुमारीको सट्टामा ब्रह्मकुमारी भनिदिन्छन्, बुझ्दैनन्। ब्रह्माका सन्तान त ब्रह्माकुमार-ब्रह्माकुमारी हुन्छन् नि। ब्रह्म त तत्त्व हो, रहने ठेगाना हो, त्यसको के महिमा हुनु। बाबा बच्चाहरूलाई गुनासो गर्नुहुन्छ प्यारा बच्चाहरू! तिमीहरूले एकातिर त पूजा गर्छौ, अर्कातिर फेरि सबैको ग्लानि पनि गर्छौ। ग्लानि गर्दै गर्दै तमोप्रधान बनेका छौ। तमोप्रधान पनि बन्नु नै छ, चक्र दोहोरिन्छ। जब कुनै ठूला मानिस आउँछन् त्यतिबेला उनलाई चक्रमा अवश्य सम्झाउनु छ। यो चक्र ५ हजार वर्षको नै हो, यसमाथि धेरै ध्यान दिनु छ। रातपछि दिन अवश्य हुनु नै छ। यो हुन सक्दैन रातपछि दिन नहोस्। कलियुगपछि सत्ययुग अवश्य आउनु छ। यो विश्वको इतिहास भूगोल दोहोरिन्छ।

बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ, आत्माले नै सबै कुरा गर्छ, पार्ट खेल्छ। यो कसैलाई पनि थाहा छैन यदि हामी पार्टधारी हौं भने नाटकको आदि-मध्य-अन्त्यलाई अवश्य जान्नुपर्ने हो। विश्वको इतिहास भूगोल दोहोरिन्छ, त्यसैले ड्रामा नै ठहरियो नि। सेकेन्ड बाइ सेकेन्ड त्यही दोहोरिन्छ, जो बितेको छ। यी कुरा अरू कसैले बुझ्न सक्दैनन्। कम बुद्धि भएकाहरू सदैव फेल नै हुन्छन् फेरि टिचरले पनि के गर्न सक्छन्! टिचरलाई के भन्छन् कृपा वा आशीर्वाद गर्नुहोस्। यो पनि पढाइ हो। यस गीता पाठशालामा स्वयं भगवानले राजयोग सिकाउनु हुन्छ। कलियुग बदलिएर सत्ययुग अवश्य बन्नु छ। ड्रामा अनुसार बाबालाई पनि आउनु छ। बाबा भन्नुहुन्छ म कल्प-कल्प संगमयुगमा आउँछु, अरू कसैले कहाँ भन्न सक्छन् र, म सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउन आएको छु। आफूलाई शिवोहम् भन्छन्, त्यसबाट के भयो। शिवबाबा त आउनु हुन्छ नै पढाउनको लागि, सहज राजयोग सिकाउनको लागि। कुनै पनि साधु-सन्त आदिलाई शिव भगवान भन्न सकिंदैन। यस्तो त धेरैले भन्छन् म कृष्ण हुँ, हामी लक्ष्मी-नारायण हौं। अब कहाँ उनी श्रीकृष्ण सत्ययुगका राजकुमार, कहाँ यी कलियुगी पतित। यस्तो कहाँ भन्छन् र यिनमा भगवान हुनुहुन्छ। तिमी मन्दिरमा गएर सोध्न सक्छौ उहाँले त सत्ययुगमा राज्य गर्नुहुन्थ्यो फेरि कहाँ जानु भयो? सत्ययुगपछि अवश्य त्रेता, द्वापर, कलियुग भयो। सत्ययुगमा सूर्यवंशी राज्य थियो, त्रेतामा चन्द्रवंशी... यो सबै ज्ञान तिमी बच्चाहरूको बुद्धिमा छ। यति धेरै ब्रह्माकुमार-कुमारीहरू छन्, अवश्य प्रजापिता पनि हुनुपर्छ। फेरि ब्रह्माद्वारा मनुष्य सृष्टि रच्नुहुन्छ। ब्रह्मालाई रचयिता भनिदैन। उहाँ फेरि परमपिता हुनुहुन्छ। कसरी रच्नुहुन्छ, त्यो त बाबाले सम्मुख नै बसेर सम्झाउनु हुन्छ, यी शास्त्रहरू त पछि बनेका हुन्। जसरी क्राइस्टले सम्झाए, उनको बाइबल बन्यो। पछि बसेर गायन गर्छन्। सर्वका सद्गति दाता, सर्वका मुक्तिदाता, पतित-पावन एक बाबालाई भनिएको छ, उहाँलाई याद गर्छन् हे परमपिता दया गर्नुहोस्। पिता एक हुनुहुन्छ। उहाँ हुनुहुन्छ सारा विश्वका पिता। मनुष्यलाई थाहा छैन सबै दु:खबाट मुक्त गर्नेवाला को हुनुहुन्छ? अहिले सृष्टि पनि पुरानो, मनुष्य पनि पुराना, तमोप्रधान छन्। यो हो नै कलियुगी दुनियाँ। गोल्डन एज थियो नि, फेरि अवश्य हुन्छ। यो विनाश हुन्छ, विश्व युद्ध हुन्छ, अनेक प्राकृतिक प्रकोपहरू पनि हुन्छन्। समय त यही हो। मनुष्य सृष्टिको कति वृद्धि भएको छ।

तिमीले त भनिरहन्छौ भगवान आउनु भएको छ। तिमी बच्चाहरूले सबैलाई चुनौती दिन्छौ ब्रह्माद्वारा एक आदि सनातन देवी-देवता धर्मको स्थापना भइरहेको छ। ड्रामा अनुसार सबै सुनिरहन्छौ। दैवी गुण पनि धारणा गर्छौ। तिमीलाई थाहा छ हामीमा कुनै गुण थिएन। नम्बरवन अवगुण हो काम विकारको, जसले कति धेरै हैरान गर्छ। मायाको कुस्ती चल्छ। नचाहँदा-नचाहँदै पनि मायाको तुफानले गिराइदिन्छ। आइरन एज हो नि। कालो मुख गरिदिन्छन्। श्याम मुख भनिदैन। कृष्णको लागि देखाउँछन् सर्पले डसेपछि श्याम भए। इज्जत राख्नको लागि श्याम भनिदिएका हुन्। कालो मुख देखाउनाले इज्जत जान्छ। त्यसैले दूरदेश, निराकारी देशबाट यात्री आउनु हुन्छ। आइरन एजेड दुनियाँ, कालो शरीरमा आएर यिनलाई पनि गोरो बनाउनु हुन्छ। अब बाबा भन्नुहुन्छ तिमीलाई फेरि सतोप्रधान बन्नु छ। मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ र तिमी विष्णुपुरीको मालिक बन्छौ। यी ज्ञानका बुझ्नुपर्ने कुरा छन्। बाबा रूप पनि हुनुहुन्छ भने बसन्त पनि हुनुहुन्छ। तेजोमय बिन्दी रूप हुनुहुन्छ। उहाँमा ज्ञान पनि छ। नाम-रूपदेखि अलग त हुनुहुन्न। उहाँको रूप के हो, यो दुनियाँले जान्दैन। बाबाले तिमीहरूलाई सम्झाउनु हुन्छ, मलाई पनि आत्मा भनिन्छ, केवल सुप्रिम आत्मा। परम आत्मा अर्थात् परमात्मा। बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ। भनिन्छ पनि ज्ञानका सागर। उनीहरू सम्झन्छन् नलेजफुल अर्थात् सबैको दिललाई जान्नेवाला हुनुहुन्छ। यदि परमात्मा सर्वव्यापी हुनुहुन्छ भने त फेरि सबै नलेजफुल भइहाले। फेरि उहाँ एकलाई किन भन्छन्? मनुष्यको कति तुच्छ बुद्धि छ। ज्ञानका कुरालाई बिलकुलै बुझ्दैनन्। बाबा ज्ञान र भक्तिको भिन्नता बसेर बताउनु हुन्छ पहिला हुन्छ ज्ञान दिन सत्ययुग-त्रेता, फेरि हुन्छ द्वापर-कलियुग रात। ज्ञानबाट सद्गति हुन्छ। यो राजयोगको ज्ञान हठयोगीले सम्झाउन सक्दैनन्। न गृहस्थीले सम्झाउन सक्छन् किनकि अपवित्र छन्। अब राजयोग कसले सिकाउँछ? जसले भन्नुहुन्छ मामेकम् याद गर्यौ भने विकर्म विनाश हुन्छ। निवृत्ति मार्गको धर्म नै अलग छ, उनीहरूले प्रवृत्ति मार्गको ज्ञान कसरी सुनाउने? यहाँ सबैले भन्छन् गड फादर इज ट्रुथ। बाबा नै सत्य सुनाउनेवाला हुनुहुन्छ। आत्मालाई परमात्माको स्मृति आएको छ, त्यसैले हामीले बाबालाई याद गर्छौं आएर सच्चा-सच्चा कथा सुनाउनुहोस् नरबाट नारायण बन्ने। यो सत्य-नारायणको कथा तिमीलाई सुनाउँछु नि। पहिला तिमीले झुटो कथा सुन्थ्यौ। अहिले तिमीले सच्चा सुन्छौ। झुटा कथाहरू सुन्दा-सुन्दै कोही नारायण त बन्न सक्दैन। फेरि त्यो सत्य नारायणको कथा कसरी हुन सक्छ? मनुष्यले कसैलाई नरदेखि नारायण बनाउन सक्दैन। बाबाले नै आएर स्वर्गको मालिक बनाउनु हुन्छ। बाबा आउनु हुन्छ पनि भारतवर्षमा। तर कहिले आउनु हुन्छ, यो जानेका छैनन्। शिव-शंकरलाई मिसाएर कहानीहरू बनाइदिन्छन्। शिव पुराण पनि छ। गीता कृष्णको भन्छन्, त्यसैले शिव पुराण ठूलो भयो। वास्तवमा ज्ञान त गीतामा छ। भगवानुवाच मनमनाभव। यो शब्द गीता भन्दा अरू शास्त्रमा हुन सक्दैन। गायन पनि गरिन्छ सर्वशास्त्रमयी शिरोमणि गीता। श्रेष्ठ मत हो नै भगवानको। पहिला पहिला यो बताउनु पर्छ अब थोरै वर्षभित्रमा नयाँ श्रेष्ठाचारी दुनियाँ स्थापना हुन्छ। अहिले हो भ्रष्टाचारी दुनियाँ। श्रेष्ठाचारी दुनियाँमा कति थोरै मनुष्य हुन्छन्। अहिले त कति धेरै मनुष्य छन्। त्यसको लागि विनाश सामुन्ने खडा छ। बाबाले राजयोग सिकाइरहनु भएको छ। वर्सा बाबाबाट मिल्छ। माग्छन् पनि बाबासँग। कसैसँग धन धेरै होला, बच्चा होलान्, भन्छन् भगवानले दिनु भयो। त्यसैले भगवान एक हुनु भयो नि फेरि सबैमा भगवान कसरी हुन सक्नु हुन्छ? अब आत्मालाई बाबा भन्नुहुन्छ मलाई याद गर। आत्माले भन्छ हामीलाई परमात्माले ज्ञान दिनु भयो जो फेरि हामी भाइहरूलाई दिन्छौं। आफूलाई आत्मा सम्झिएर बाबालाई कति समय याद गरियो, यो चार्ट राख्नमा धेरै विशालबुद्धि चाहिन्छ। देही-अभिमानी भएर बाबालाई याद गर्नुपर्छ तब विकर्म विनाश हुन्छ। ज्ञान त धेरै सहज छ, बाँकी आत्मा सम्झिएर बाबालाई याद गर्दै आफ्नो उन्नति गर्नु छ। यो चार्ट बिरलै कसैले राख्छन्। देही-अभिमानी भएर बाबाको यादमा रहनेले कहिल्यै कसैलाई दु:ख दिदैनन्। बाबा आउनु हुन्छ नै सुख दिन त्यसैले बच्चाहरूले पनि सबैलाई सुख दिनु पर्छ। कहिल्यै कसैलाई दु:ख दिनु हुँदैन। बाबाको यादले सबै भूत भाग्छन्, धेरै गुप्त मेहनत छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यस आसुरी छी-छी दुनियाँबाट आफ्नो आँखा बन्द गर्नु छ। यो पुरानो दुनियाँ हो, यससँग कुनै सम्बन्ध राख्नु छैन, यसलाई देखेर पनि हेर्नु छैन।

२) यस बेहद ड्रामामा हामी पार्टधारी हौं, यो सेकेण्ड-सेकेण्ड दोहोरिइरहन्छ, जे बित्यो त्यो फेरि दोहोरिन्छ... यो स्मृतिमा राखेर हरकुरामा पास हुनु छ। विशालबुद्धि बन्नु छ।

वरदान:
श्रेष्ठ वृत्तिद्वारा वृत्तिहरूलाई परिवर्तन गर्ने सदा सिद्धि स्वरूप भव

सिद्धि स्वरूप बन्नको लागि वृत्तिद्वारा वृत्तिहरूलाई, संकल्पद्वारा संकल्पहरूलाई परिवर्तन गर्ने कार्य गर, यसको अनुसन्धान गर। जब यस सेवामा बिजी हुन्छौ अनि यो सूक्ष्म सेवाले स्वत: धेरै कमजोरीहरूबाट मुक्त गरिदिन्छ। अब यसको योजना बनाऊ अनि जिज्ञासु पनि धेरै बढ्छन्, मदोगरी पनि धेरै बढ्छ, भवन पनि मिल्छ सबै सिद्धिहरू सहज हुने छन्। यस विधिले सिद्धि स्वरूप बनाइदिन्छ।

स्लोगन:
समयलाई सफल गरिरह्यौ भने समयको धोकाबाट बच्ने छौ।