07.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे ज्ञानको विभाग अलग हो , योगको अलग हो । योगबाट आत्मा सतोप्रधान बन्छ , योगको लागि एकान्तको आवश्यकता पर्छ ।

प्रश्न:
स्थायी यादमा रहने आधार के हो?

उत्तर:
तिम्रो पासमा जे छ, त्यसलाई बिर्स। शरीर पनि याद नरहोस्। सबै ईश्वरीय सेवामा लगाइदेऊ। यसमा नै मेहनत छ। यस कुर्बानीले याद स्थायी रहन सक्छ। तिमी बच्चाहरूले बाबालाई प्यारले याद गर्यौ भने यादद्वारा याद मिल्छ। बाबाले पनि करेन्ट दिनु हुन्छ। करेन्टले नै आयु बढ्छ। आत्मा सदा स्वस्थ बन्न सक्छ।

ओम् शान्ति ।
योग र ज्ञान दुई चीज हुन्। बाबाको पासमा यो धेरै ठूलो खजाना छ जुन बच्चाहरूलाई दिनु हुन्छ। बाबालाई जसले धेरै याद गर्छ उनीहरूलाई करेन्ट (शक्ति) धेरै मिल्छ किनकि यादबाट याद मिल्छ यो काइदा छ किनकि मुख्य हो याद। यस्तो होइन ज्ञान धेरै छ, यसको मतलब याद गर्छौ, होइन। ज्ञानको डिपार्टमेन्ट (विभाग) अलग हो। योगको विषय धेरै महान् छ, ज्ञानको त्यो भन्दा कम। योगबाट आत्मा सतोप्रधान बन्छ किनकि धेरै याद गर्छन्। याद विना सतोप्रधान बन्न असम्भव छ। बच्चाहरूले नै सारा दिन बाबालाई याद गर्दैनन् भने बाबाले पनि याद गर्नुहुन्न। बच्चाहरूले राम्रो सँग याद गर्छन् भने बाबालाई पनि यादबाट याद मिल्छ। बाबालाई खिँच्छन्। यो पनि बनिबनाउ खेल हो जसलाई राम्रो सँग बुझ्नु छ। यादको लागि धेरै एकान्त पनि चाहिन्छ। पछि आउनेहरू जसले उच्च पद पाउँछन् त्यसको आधार पनि याद हो। उनीहरूलाई याद धेरै रहन्छ। यादबाट याद मिल्छ। जब बच्चाहरूले धेरै याद गर्छन् भने बाबा पनि धेरै याद गर्नुहुन्छ। उहाँले आकर्षित गर्नुहुन्छ। भन्छन् नि बाबा, रहम गर्नुहोस्, कृपा गर्नुहोस्। यसमा पनि चाहिन्छ याद। राम्रो सँग याद गर्यौ भने स्वत: त्यो आकर्षण हुन्छ, करेन्ट मिल्छ। आत्मालाई मनमा आउँछ, मैले बाबालाई याद गर्छु भने त्यो यादले एकदम भरिपूर्ण गरिदिन्छ। ज्ञान हो धन। यादबाट फेरि याद मिल्छ, जसबाट स्वस्थ बन्छन्, पवित्र बन्छन्। यति तागत छ जसले सारा विश्वलाई पवित्र बनाइदिन्छ त्यसैले बोलाउँछन् बाबा आएर पतितहरूलाई पावन बनाउनुहोस्।

मनुष्यहरूले त केही पनि जान्दैनन्, यत्तिकै चिल्लाउँछन् र समय वेस्ट गरिरहन्छन्, बाबालाई जान्दैनन्। नवधा भक्ति त गर्छन्। शिवको मन्दिरमा गएर काशी कलवट खान्छन्, केही पनि मिल्दैन। फेरि पनि विकर्म बन्न सुरु हुन्छ। मायाले तुरुन्त फँसाइदिन्छ। प्राप्ति केही पनि छैन। अब तिमीलाई थाहा छ पतित-पावन बाबा हुनु हुन्छ। उहाँमा कुर्बान जानु पर्छ। उनीहरू सम्झन्छन् शिव-शंकर एक हुनु हुन्छ। यो पनि अज्ञान हो। यहाँ बाबाले घरी-घरी भन्नुहुन्छ मन्मनाभव। मलाई याद गर्यौ भने तिमी पवित्र बन्छौ। तिमीले कालमाथि जित पाउँछौ, यसमा तिमी जति प्रयास गर्छौ मायाले पनि विघ्न पार्नेछ किनकि मायाले सम्झन्छ यिनले बाबालाई याद गरे भने मलाई छोडिदिन्छन्, किनकि जब तिमी मेरो बन्छौ तब सबैथोक छोड्नु पर्छ। मित्र, सम्बन्धी, धन आदि केही पनि याद नआओस्। एउटा कथा छ लठ्ठी पनि छोड। सबै चीज छुटाउँछन् तर यो कहिल्यै पनि भन्दैनन् कि शरीरलाई पनि याद नगर। बाबा भन्नुहुन्छ यो शरीर त पुरानो हो, यसलाई पनि बिर्स। भक्ति मार्गको कुरा पनि छोडिदेऊ। एकदम सब-थोक बिर्सिदेऊ अथवा जे पनि छ काममा लगाइदेऊ, तब नै याद टिक्नेछ। यदि उच्च पद पाउनु छ भने धेरै मेहनत चाहिन्छ। शरीर पनि याद नरहोस्। अशरीरी आएका थियौ, अशरीरी भएर जानु छ।

बाबा बच्चाहरूलाई पढाउनु हुन्छ, उहाँलाई कुनै आकांक्षा छैन। उहाँले त सेवा गर्नुहुन्छ। बाबामा नै त ज्ञान छ नि। यो बाबा र बच्चाहरूको खेल हो साथसाथै। बच्चाहरूले पनि याद गर्छन् फेरि बाबा बसेर सर्चलाइट दिनु हुन्छ। कसैले धेरै खिच्छन् भने बाबा बसेर लाइट दिनु हुन्छ। धेरै खिचेनन् भने यी बाबा बसेर बाबालाई याद गर्छन्। कुनै समय कसैलाई करेन्ट दिनु छ भने निद्रा नै फिट्छ। यो ख्याल रहन्छ कि फलानालाई करेन्ट दिनु छ। पढाइबाट आयु बढ्दैन, करेन्टबाट आयु बढ्छ। एवर हेल्दी बन्छन्। दुनियाँमा कसैको आयु १२५-१५० वर्ष पनि हुन्छ भने अवश्य हेल्दी होलान्। भक्ति पनि धेरै गर्छन् होला। भक्तिमा पनि केही फाइदा छ, नोक्सान छैन। जसले भक्ति पनि गर्दैनन् उनीहरूको आचरण पनि राम्रो हुँदैन। भक्तिमा भगवानमा विश्वास रहन्छ। धन्दामा झुठ-पाप गर्दैनन्, क्रोध आउँदैन। भक्तहरूको पनि महिमा छ। मनुष्यहरूलाई यो थाहा छैन, भक्ति कहिले सुरु भयो। ज्ञानको त थाहा लाग्दैन। भक्ति पनि पावरफुल हुँदै जान्छ फेरि पनि जब ज्ञानको प्रभाव हुन्छ भने फेरि भक्ति एकदम छुट्छ। यो दु:ख र सुख, भक्ति र ज्ञानको खेल बनेको छ।

मनुष्यहरूले भनिदिन्छन् दु:ख-सुख भगवानले नै दिनु हुन्छ फेरि उहाँलाई सर्वव्यापी भनिदिन्छन्। तर सुख-दु:ख भिन्दै चीज हो। ड्रामालाई नजान्नाको कारण केही पनि बुझ्दैनन्। यति सबै आत्माहरू एक शरीर छोडेर दोस्रो लिन्छन्, यो तिमी नै जान्दछौ। सत्ययुगमा तिमी देही-अभिमानी रहन्छौ, यस्तो भनिदैन। यो त अहिले बाबा सिकाउनु हुन्छ यसरी देही-अभिमानी बन। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। पवित्र बन्नु छ। त्यहाँ त हुन्छ नै पवित्र सुखधाम। सुखमा कसैले याद गर्दैन। भगवानलाई याद गर्छन् दु:खमा। हेर, ड्रामा कति आश्चर्यजनक छ! जसलाई तिमी नै नम्बरवार जान्दछौ। यो जुन प्वाइन्टहरू लेख्छौ त्यो पनि भाषणको समय दोहोर्याउनको लागि हो। डाक्टर, वकिलहरूले पनि प्वाइन्टहरू नोट गर्छन्। अब तिमीलाई बाबाको मत मिलेको छ भने फेरि दोहोर्याउनु पनि गर्नु पर्छ भाषण गर्ने समयमा। यिनमा त छ बाबाको प्रवेशता। बाबा तिमीलाई सम्झाउनु हुन्छ भने यिनले पनि सुन्नेछन्। उहाँले प्वाइन्ट नसुनाउनु भएको भए मलाई के थाहा जुन तिमीलाई सम्झाऊँ। बाबा भन्नुहुन्छ यो धेरै जन्मको अन्तिम जन्म हो। ब्रह्मा र विष्णुको चित्र पनि छ। तिमी राजाईमा जान्छौ नम्बरवार। जति याद गर्छन्, धारणा गर्छन् त्यति पद पाउछन्। बाबा भन्नुहुन्छ गुप्त कुरा सुनाउँछु। तिमी नयाँ-नयाँ प्वाइन्टहरू नोट गर। पुरानो काममा आउनेछैन। भाषण पछि फेरि याद आउँछ यी प्वाइन्टहरू यदि सम्झाएको भए बुद्धिमा ठीक बस्थ्यो। तिमीहरू सबै ज्ञानको स्पीकर हौ, तर नम्बरवार। सबै भन्दा राम्रो महारथी हुन्। बाबाको कुरा भिन्न छ। यहाँ बापदादा दुवै संयुक्त हुनु हुन्छ। मम्माले सबै भन्दा राम्रो सम्झाउँथिन्। बच्चाहरूले सम्पूर्ण मम्माको साक्षात्कार पनि गर्थे। कहीँ आवश्यक हुन्थ्यो भने बाबा पनि प्रवेश गरेर आफ्नो काम गर्नुहुन्थ्यो। यो सबै समझको कुरा हो। पढाइ फुर्सदको समयमा हुन्छ। सारा दिन त धन्दा आदि गर्छन्। विचार सागर मन्थन गर्नको लागि फुर्सद चाहिन्छ, शान्ति चाहिन्छ। सम्झ, कसैलाई करेन्ट दिनु छ, कोही राम्रो सेवा गर्ने बच्चा छ भने उसलाई मदत गर्नु पर्ने हुन्छ। उसको आत्मालाई याद गर्नु पर्छ। शरीरलाई याद गरेर फेरि आत्मालाई याद गर्नु पर्छ। यो युक्ति रच्नु पर्छ। सेवाधारी बच्चालाई कठिनाइ छ भने उसलाई मदत गर्नु पर्छ। बाबालाई याद गर्नु छ फेरि स्वयंलाई पनि आत्मा सम्झेर केही न केही उसको आत्मालाई पनि याद गर्नु पर्छ। यो सर्चलाइट दिनु जस्तो हो। यस्तो होइन, केवल एक ठाउँमा बसेर याद गर्नु छ। हिँड्दा-डुल्दा भोजन खाँदा पनि बाबालाई याद गर। अरूलाई करेन्ट दिनु छ भने फेरि रात्रिमा पनि जाग। बच्चाहरूलाई सम्झाइएको छ बिहान सबेरै उठेर जति बाबालाई याद गर्नेछौ त्यत्ति कशिश हुन्छ। बाबाले पनि लाइट दिनु हुन्छ। बाबाको यही धन्दा हो बच्चाहरूलाई सर्च-लाइट दिने। जब धेरै सर्च-लाइट दिनु पर्ने हुन्छ तब बाबालाई धेरै याद गर्छन्। बाबा पनि सर्च-लाइट दिनु हुन्छ। आत्मालाई याद गरेर सर्च-लाइट दिनु पर्ने हुन्छ। यी बाबा पनि सर्च-लाइट दिनु हुन्छ, फेरि यसलाई कृपा भन, आशीर्वाद भन, जे भने पनि भन। सेवाधारी बच्चाहरू बिरामी भए भने दया लाग्छ। रातमा जागेर पनि उसको आत्मालाई याद गरिन्छ किनकि उसलाई शक्तिको आवश्यकता छ। याद गर्यो भने उसलाई रिटर्नमा याद मिल्छ। बाबाको लव बच्चाहरूमा धेरै छ। फेरि उनीहरूलाई पनि याद पुग्छ। बाँकी ज्ञान त सहज छ, त्यसमा मायाको विघ्न पर्दैन। मुख्य हो याद, यसमा विघ्न पर्छ। यादले बुद्धि सुनको बर्तन बन्न जान्छ, जसमा धारणा हुन्छ। भनाइ छ शेरनीको दूध सुनको बर्तनमा नै अडिन्छ। यी बाबाको ज्ञान धनको लागि पनि सुनको बर्तन चाहिन्छ। त्यो तब हुन्छ जब यादको यात्रामा रहनेछौ। याद गरेनौ भने धारणा हुँदैन। यस्तो नसम्झ बाबा अन्तर्यामी हुनु हुन्छ। जे बोल्यो, त्यो भइहाल्यो यो त भक्ति मार्गमा हुन्छ। बच्चा भयो भने भन्नेछन् गुरुको कृपा हो। यदि भएन भने भन्नेछन् ईश्वरको भावी। रात-दिनको फरक छ। तिमी बच्चाहरूलाई ड्रामाको रहस्य त बाबाले राम्रो सँग सम्झाउनु भएको छ। तिमी पनि पहिला जान्दैन्थ्यौ। यो हो तिम्रो मरजीवा जन्म। अहिले तिमीलाई थाहा छ हामी देवता बनिरहेका छौं। तिमी यस टपिकमा सम्झाउन सक्छौ यी लक्ष्मी-नारायणलाई राज्य कसरी मिल्यो? फेरि कसरी गुमाए? सारा इतिहास-भूगोल हामी तपाईंलाई सम्झाउछौं। यी ब्रह्मा पनि भन्छन् म लक्ष्मी-नारायणको पूजा गर्थें, गीता पढ्थें। बाबाले जब प्रवेश गर्नुभयो सबथोक छोडिदिएँ। साक्षात्कार भयो। बाबाले भन्नुभयो मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। यसमा गीता आदि पढ्नु पर्ने कुरै छैन। बाबा यिनमा बस्नु भएको छ, सबैथोक छुटाइदिनुभयो। कहिल्यै शिवको दर्शन गर्न मन्दिरमा गइएन। भक्तिको कुरा एकदम उड्यो। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको नलेज बुद्धिमा आयो। बाबालाई जानेपछि तिमीले सबथोक जान्दछौ। तिमीले आश्चर्यजनक विषय लेख, मनुष्यहरू आश्चर्य खाऊन्, भागून् सुन्नको लागि। मन्दिरमा गएर कसै सँग पनि सोध जब यी लक्ष्मी-नारायण विश्वको मालिक थिए, अरू कुनै धर्म थिएन, भारतवर्ष मात्रै थियो फेरि तिमी सत्ययुगलाई लाखौं वर्ष कसरी भन्दछौ? जबकि भन्छन् क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला स्वर्ग थियो, फेरि लाखौं वर्ष कसरी भयो? लाखौं वर्ष भएको भए त धेरै, लामखुट्टे सरह हुने थिए। थोरै पनि सुनायौ भने आश्चर्य खान्छन्। तर जो यस कुलका हुन्छन् उनीहरूको बुद्धिमा यो ज्ञान बस्नेछ। नत्र भन्नेछन् ब्रह्माकुमारीहरूको अनौठो ज्ञान छ, यसमा बुझ्न सक्ने बुद्धि चाहिन्छ। मुख्य कुरा हो यादको। स्त्री-पुरुष एक-अर्कालाई याद गर्छन्। यो आत्माले याद गर्छ परमात्मालाई। यस समय सबै रोगी छन्, अब निरोगी बन्नु छ। यो टपिक पनि राख। भन तपाईं जो घरी-घरी बिमार पर्नुहुन्छ हामी तपाईंलाई यस्तो सञ्जीवनी बुटी दिन्छौं जसले गर्दा तपार्इं कहिल्यै बिमार पर्नुहुनेछैन, यदि हाम्रो दबाई राम्रो सँग काममा ल्याउनुभयो भने। कति सस्तो दवाई छ। २१ पीढी (पुस्ता) सत्ययुग-त्रेतासम्म बिरामी हुनु पर्दैन। त्यो हो नै स्वर्ग। यस्तो-यस्तो प्वाइन्ट नोट गरेर लेख। सबै सर्जनहरू भन्दा पनि ठूलो अविनाशी सर्जनले तपार्इंहरूलाई यस्तो दवाई दिनु हुन्छ जसले गर्दा तपार्इं भविष्य २१ जन्मको लागि कहिल्यै बिरामी हुनुपर्दैन। अहिले हो संगम। यस्तो कुरा सुनेर मनुष्यहरू खुशी हुन्छन्। भगवान् पनि भन्नुहुन्छ म अविनाशी सर्जन हुँ। याद पनि गर्छन् हे पतित-पावन, अविनाशी सर्जन आउनुहोस्। अब म आएको छु। तिमीहरू सबैलाई सम्झाउँदै गर, अन्त्यमा आखिर सबैले बुझ्नेछन् अवश्य। बाबा युक्तिहरू बताइरहनु हुन्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबा सँग सर्च-लाइट लिनको लागि बिहान सबेरै उठेर बाबाको यादमा बस्नु पर्छ। रात्रिमा जागेर एक-अर्कालाई करेन्ट दिएर सहयोगी बन्नु छ।

२) आफ्नो सबैथोक ईश्वरीय सेवामा सफल गरेर, यस पुरानो शरीरलाई पनि भुलेर बाबाको यादमा रहनु छ। सम्पूर्ण कुर्बान जानु छ। देही-अभिमानी रहने मेहनत गर्नु छ।


वरदान:
तेरो मेरो को हलचललाई समाप्त गरेर दयाको भावना इमर्ज गर्ने दयावान् भव

समय-समयमा कति आत्माहरू दु:खको लहरमा आउँछन्। प्रकृतिको अलिकति पनि हलचल हुँदा, आपद् आउँदा कति आत्माहरू तड्पिन्छन्, दया, कृपा माग्छन्। त्यसैले यस्ता आत्माहरूको पुकार सुनेर दयाको भावना प्रकट गर। पूज्य स्वरूप, दयाको स्वरूपलाई धारण गर। स्वयंलाई सम्पन्न बनायौ भने यो दु:खको दुनियाँ समाप्त हुन्छ। अब परिवर्तनको शुभ भावनाको लहर तीव्र गतिले फैलाऊ अनि तेरो मेरोको हलचल समाप्त हुन्छ।

स्लोगन:
व्यर्थ संकल्पको हथौडाले समस्याको पत्थरलाई टुटाउनुको सट्टा हाई जम्प दिएर समस्या रूपी पहाडलाई पार गर्नेवाला बन।