07.04.19    Avyakt Bapdada     Nepali Murli    29.04.84     Om Shanti     Madhuban


ज्ञान सूर्यका रूहानी सिताराहरूको भिन्न-भिन्न विशेषताहरू


आज ज्ञान सूर्य, ज्ञान चन्द्रमाले आफ्ना अनेक किसिमका सिताराहरूलाई हेरिरहनु भएको छ। कोही स्नेही सिताराहरू छन्, कोही विशेष सहयोगी सिताराहरू छन्, कोही सहजयोगी सिताराहरू छन्, कोही श्रेष्ठ ज्ञानी सिताराहरू छन्, कोही विशेष सेवाको उमंग भएका सिताराहरू छन्। कोही मेहनतको फल खाने सिताराहरू छन्, कोही सहज सफलताका सिताराहरू छन्। यस्ता भिन्न-भिन्न विशेषता भएका सबै सिताराहरू छन्। ज्ञान सूर्यद्वारा सर्व सिताराहरूलाई रूहानी प्रकाश मिलेको कारणले चम्किने सितारा त बनेका छन् तर हरेक प्रकारका सिताराहरूको विशेषताको झलक भिन्न-भिन्न छ। जसरी स्थूल सिताराहरूले भिन्न-भिन्न ग्रहको रूपमा भिन्न-भिन्न फल अल्पकालको प्राप्त गराउँछन्, त्यसरी नै ज्ञान सूर्यका रूहानी सिताराहरूको पनि सर्व आत्माहरूसँग अविनाशी प्राप्तिको सम्बन्ध छ। जसरी स्वयं जुन विशेषताले सम्पन्न सितारा छन् त्यसरी नै अरूलाई पनि त्यही हिसाबले फलको प्राप्ति गराउन निमित्त बन्छन्। जति स्वयं ज्ञान चन्द्रमा अथवा ज्ञान सूर्यको समीप छन् त्यति अरूलाई पनि समीप सम्बन्धमा ल्याउँछन् अर्थात् ज्ञान सूर्यद्वारा मिलेको विशेषताको आधारमा अरूलाई सिधै विशेषताहरूको शक्तिको आधारले यति समीप ल्याएका हुन्छन् जुन उनीहरूको सिधै ज्ञान सूर्य, ज्ञान चन्द्रमासँग सम्बन्ध हुन पुग्छ। त्यति शक्तिशाली सिताराहरू हौ नि। यदि स्वयं शक्तिशाली छैनौ, समीप छैनौ भने सिधै सम्बन्ध जुटाउन सक्दैनौ। टाढा भएको कारणले तिनै सिताराहरूको विशेषता अनुसार तिनीहरूद्वारा जति शक्ति, सम्बन्ध-सम्पर्क प्राप्त गर्न सक्छन् त्यति यथाशक्ति प्राप्ति गर्छन्। डाइरेक्ट शक्ति लिने शक्ति हुँदैन त्यसैले जसरी ज्ञान सूर्य सबै भन्दा उंच हुनुहुन्छ, विशेष सिताराहरू उंच हुन्छन्। त्यस्तो उंच स्थितिको अनुभव गर्न सक्दैनन्। यथाशक्ति यथाप्राप्ति गर्छन्। जति शक्तिशाली स्थिति हुनु पर्ने हो त्यस्तो अनुभव गर्दैनन्।

यस्ता आत्माहरूको सदा यही बोल मनबाट अथवा मुखबाट निक्लन्छ हुनु यस्तो पर्ने हो तर छैन। बन्नु पर्ने यस्तो हो तर बनेको छैन। गर्न यो पर्ने हो तर गर्न सकिनँ। यस्तालाई भनिन्छ यथाशक्ति आत्माहरू। सर्वशक्तिवान आत्मा होइन। यस्ता आत्माहरू स्वको अथवा अरूको विघ्न विनाशक बन्न सक्दैनन्। थोरै अगाडि बढ्छन् र विघ्न आउँछ। एउटालाई हटाउँछन् हिम्मतमा आउँछन्, खुशीमा आउँछन् फेरि अर्को विघ्न आउँछ। जीवनको अर्थात् पुरुषार्थको लाइन सदा स्पष्ट हुँदैन। रोकिनु, बढ्नु यो विधिले अगाडि बढिरहन्छन् र अरूलाई पनि बढाइरहन्छन् त्यसैले रोकिने र बढ्ने कारणले तीव्रगतिको अनुभव हुँदैन। कहिले चलतीकला, कहिले चढ्तीकला, कहिले उड्तीकला हुन्छ। एकरस शक्तिशाली अनुभूति हुँदैन। कहिले समस्या कहिले समाधान स्वरूप किनकि यथाशक्ति छन्। ज्ञान सूर्यबाट सर्वशक्तिहरू ग्रहण गर्ने शक्ति छैन। बीचमा कोही सहारा अवश्य चाहिन्छ। यस्तालाई भनिन्छ यथाशक्ति आत्मा।

जसरी यहाँ अग्ला पहाडमा चड्छौ। जुन वाहनमा आए पनि चाहे बसमा चाहे कारमा इञ्जिन शक्तिशाली छ भने तीव्रगतिले, विना कुनै हावा पानीको सहरा सिधा पुग्छौ। यदि इञ्जिन कमजोर छ भने रोकेर पानी अथवा हावाको सहरा लिनु पर्छ। नरोकी हुँदैन, रोक्न पर्छ। यस्ता यथाशक्ति आत्माहरूले, कोही न कोही आत्माहरूको सहयोगको, साधनको आधार नलिई तीव्रगतिले उड्तीकलाको लक्ष्यसम्म पुग्न सक्दैनन् र भन्छन् आज खुशी कम छ, आज योग त्यति शक्तिशाली भएन, आज यो धारणा गर्न जानेर पनि कमजोर भएँ। आज सेवाको उमंग आएको छैन। कहिले पानी चाहिन्छ कहिले हावा चाहिन्छ, कहिले धकेल्नु पर्छ। यस्तालाई शक्तिशाली भनिन्छ? हुन त अधिकारी हुन्, लिनमा नम्बरवन अधिकारी हुन्छन्। कोही भन्दा कम हुँदैनन् र गर्न परे के भन्छन्? म त सानो छु। अहिले नयाँ छु, पुरानो भएको छैन। सम्पूर्ण कहा बनेको छु र? अझै समय बाँकी छ। ठूलाको दोष हो, हाम्रो होइन। सिकिरहेका छौं, सिक्छौं। बापदादाले त सदा भन्नुहुन्छ सबैलाई मौका दिनु पर्छ। हामीलाई पनि यो मौका दिनु पर्छ। हाम्रो सुन्नु पर्छ। लिन पर्दा आफूलाई र गर्न पर्दा भन्छन् ठूलाले गर्छन्। अधिकार लिन पर्यो भने अहिले, गर्न पर्यो भने पछि गर्छन्। लिन पर्दा ठूला हुन्छन् र गर्न पर्यो भने साना बन्छन्। यस्तालाई भनिन्छ यथाशक्ति आत्मा।

बापदादाले यो रमणीक खेल हेरी-हेरी मुस्कुराइरहनु हुन्छ। बाबा त चतुसुजान हुनुहुन्छ। तर मास्टर चतुरसुजान पनि कम छैनौ। त्यसैले यथाशक्ति आत्माबाट अब मास्टर सर्वशक्तिवान बन। गर्नेवाला बन। स्वत: नै शक्तिशाली कर्मको फल, शुभ भावना, श्रेष्ठ कामनाको फल स्वत: नै प्राप्त हुन्छ। सर्व प्राप्ति स्वय: तिम्रो पछाडि छाँया समान भएर अवश्य आउने छ। केवल ज्ञान सूर्यद्वारा प्राप्त भएको शक्तिहरूको उज्यालोमा गयौ भने सर्व प्राप्ति रूपी छाँया आफै पछि-पछि आउने छ। बुझ्यौ आज यथाशक्ति र शक्तिशाली सिताराहरूको रमाइलो हेरिरहनु भएको थियो। अच्छा

सबै तीव्रगतिले दौडिदै पुगेका छौ। बाबाको घरमा पुगेका छौ, त्यसैले बच्चाहरूलाई भनिन्छ राम्रो भयो, आयौ। त्यसो त जति स्थान छ तिम्रो आफ्नै घर हो। घर त एक दिनमा बढ्दैन् तर संख्या त बढ्यौ नि। त्यसैले मिलाउनु पर्छ। स्थान र समयलाई संख्या अनुसार चलाउनु पर्छ। सबै अटाएका छौ नि! लाइन त सबै कुरामा लाग्छ नै। फेरि पनि अहिले धेरै-धेरै भाग्यशाली छौ किनकि पाण्डव भवन वा जुन स्थान छ त्यस भित्र नै अट्यौ। बाहिर सम्म त लाइन गएको छैन नि! वृद्धि हुनु छ, लाइन पनि लाग्नु छ। सदा हरेक कुरामा खुशी र मोजमा रहने गर। फेरि पनि बाबाको घर जस्तो दिलको आराम कहाँ मिल्न सक्छ? त्यसैले सदा हर हालमा सन्तुष्ट रहनु, संगमयुगको वरदानी भूमीको तीन पैर पृथ्वी सत्ययुगको महल भन्दा पनि श्रेष्ठ छ। यति बस्ने ठाउँ मिलेको छ, यो पनि धेरै श्रेष्ठ हो। यी दिनहरू पनि फेरि याद आउँछन्। अहिले फेरि पनि दृष्टि र टोली त मिलेको छ। फेरि पछि दृष्टि र टोली दिलाउनेवाला बन्नु पर्छ। वृद्धि भइरहेको छ, यो पनि खुशीको कुरा हो। जे मिल्छ, जसरी मिल्छ सबैमा राजी रहनु र वृद्धि अर्थात् कल्याण छ। अच्छा!

कर्नाटक विशेष सिकीलधे भएको छ। महाराष्ट्र पनि सदा संख्यामा महान रहेको छ। दिल्लीले पनि रेस गरेको छ। वृद्धि प्राप्त गरिरहनु। यू.पी. पनि कोही भन्दा कम छैन। हरेक स्थानको आफ्नो-आफ्नो विशेषता छ। त्यो फेरि सुनाउँला।

बापदादालाई पनि साकार शरीरको आधार लिएको कारणले समयको सीमा राख्नु पर्छ। फेरि पनि उधारोमा लिएको शरीर हो। आफ्नो त होइन। शरीरको जिम्मेवार पनि बापदादालाई हुनु पर्छ त्यसैले बेहदको मालिक पनि हदमा बाँधिनु पर्छ। अव्यक्त वतनमा बेहद हुन्छ। यहाँ त संयम, समय र शरीरको शक्ति सबै हेर्न पर्छ। बेहदमा आऊ, मिलन मनाऊ। त्यहाँ कसैले भन्दैन अहिले आऊ, अहिले जाऊ वा नम्बरवार आऊ। खुल्ला निमन्त्रण हुन्छ अथवा खुल्ला अधिकार हुन्छ। चाहे दुई बजे आऊ चाहे चार बजे आऊ। अच्छा।

सदा सर्वशक्तिशाली श्रेष्ठ आत्माहरूलाई, सदा ज्ञान सूर्यको समीप र समान उच्च स्थितिमा स्थित रहने विशेष आत्माहरूलाई, सदा हर कर्म गर्नमा पहिला म को उमंग-उत्साह राख्ने हिम्मतवान आत्माहरूलाई, सदा सबैलाई शक्तिशाली आत्मा बनाउने सर्व समीप बच्चाहरूलाई, ज्ञान सूर्य ज्ञान चन्द्रमाको याद प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।

दादीहरूसँग: बापदादालाई तिमी बच्चाहरू माथि गर्व छ, कुन कुराको गर्व छ? सदैव बाबाले आफू समान बच्चाहरू लाई देखेर गर्व गर्नुहुन्छ। जब बच्चाहरूले बाबाले भन्दा पनि विशेष कार्य गरेर देखाउँछन् भने बाबालाई कति गर्व हुन्छ। दिन-रात बाबाको याद र सेवा, यी दुवै लगन लागिरहेको छ। तर महावीर बच्चाहरूको यो विशेषता छ पहिला याद अनि सेवा। घोडे सवार र प्यादेले पहिला सेवा पछि याद गर्छन्। त्यसैले फरक पर्छ। पहिला याद पछि सेवा गर्यौ भने सफलता हुन्छ। पहिला सेवालाई राख्नाले सेवामा जुन पनि राम्रो-नराम्रो हुन्छ त्यसको रूपमा आउँछन् र पहिला याद गर्नाले सहजै न्यारा हुन सक्छन्। त्यसैले बाबालाई पनि गर्व छ यस्ता समान बच्चाहरू माथि! सारा विश्वमा यस्ता समान बच्चाहरू कसका हुन्छन्? एक-एक बच्चाहरूको विशेषता वर्णन गर्यो भने भावगत बन्छ। सुरुबाट एक-एक महारथीको विशेषता वर्णन गर्यो भने भागवत बन्छ। मधुबनमा जब ज्ञान सूर्य र सिताराहरू संगठित रूप चम्किन्छन् तब मधुबनको आकाशको शोभा कति श्रेप्ठ हुन्छ। ज्ञान सूर्यको साथमा सिताराहरू पनि अवश्य चाहिन्छ।

युगलहरूको ग्रुपसँग बापदादाको भेटघाट:

१) एक मतको बाटोमा हिँड्नेहरू तेज गतिका हुन्छन् नि! दुवैको मत एक छ, यो एक मत नै चक्का हो। एक मतको चक्काको आधारमा चल्नेहरू सदा तीव्रगतिले चल्छन्। दुवै चक्का श्रेष्ठ चाहिन्छ। एउटा ढिलो र अर्को तेज त छैनौ नि? दुवै चक्का एकरस। तीव्र पुरूषार्थमा पाण्डवहरू नम्बरवन छौ वा शक्तिहरू? एकले अर्कालाई अगाडि बढाउनु अर्थात् स्वयंलाई अगाडि बढाउनु हो। यस्तो होइन अगाडि बढाएर स्वयं पछाडि हुने। अगाडि बढाउनु स्वयं अगाडि बढ्नु हो। सबै भाग्यशाली आत्माहरू हौ नि? दिल्ली र बम्बई निवासी विशेष भाग्याशाली छौ, किनकि बाटोमा हिँड्दा पनि धेरै खजाना मिल्छ। विशेष आत्माहरूको संग, सहयोग, शिक्षा सबै प्राप्त हुन्छ। यो पनि वरदान हो जुन विना निमन्त्रणको मिलिरहन्छ। अरूले कति मेहनत गर्छन्। सारा ब्राह्मण जीवनमा अथवा सेवाको जीवनमा यस्ता श्रेष्ठ आत्माहरू दुई-तीन पटक पनि धेरै मुश्किले पुग्छन् तर तिमीहरूले बोलाए पनि नबोलाए पनि तिम्रो पासमा सजिलै पुग्छन्। त्यसैले संगको रङ्ग जुन प्रसिद्ध छ विशेष आत्माहरूको संगले पनि उमंग दिलाउँछ। यति सजिलै भाग्य प्राप्त गर्नेवाला भाग्यवान आत्मा हौ। सदा गीत गाइराख वाह मेरो श्रेष्ठ भाग्य। जुन प्राप्त भइरहेको छ त्यसको रिटर्न हो सदा उड्तीकला। रोकिने र चल्नेवाला होइन। सदा उडिरहने।

२) सदा आफूलाई बाबाको छत्रछाया भित्र रहेको अनुभव गर्छौ? बाबाको याद नै छत्रछाया हो। जो छत्रछाया भित्र रहन्छन् उनीहरू सदा सेफ रहन्छन्। कहिलेकाहीँ बर्सात वा तुफान आउँदा छत्रछाया भित्र जान्छन्, त्यस्तै बाबाको याद छत्रछाया हो। छत्रछायामा रहनेहरू सहजै मायाजीत हुन्छन्। याद बिर्सियो अर्थात् छत्रछायाबाट बाहिर गयो। बाबाको याद सदा रहोस्। जो यसरी छत्रछायामा रहने हुन्छन् तिनीहरूलाई बाबाको सहयोग सदा मिलिरहन्छ। हरेक शक्तिको प्राप्तिको सहयोग सदा मिलिरहन्छ। कहिल्यै कमजोर भएर मायादेखि हार खान सक्दैनन्। कहिलेकाहीँ मायाले याद त भुलाउँदैन? ६३ जन्म भुल्यौ, संगमयुग हो यादमा रहने युग। यो समयमा नभुल्नु। भुलेर ठक्कर खायौ, दु:ख पायौ। अब फेरि किन भुल्छौ? अब सदा यादमा रहने गर।

विदाईको समयमा:

संगमयुग हो नै मिल्ने युग। जति मिल्छौ त्यति अझ मिल्ने आशा बढ्छ। मिल्ने शुभ आशा हुनु पर्छ किनकि यो मिल्ने शुभ आशाले नै मायाजीत बनाउँछ। यो मिल्ने शुभ संकल्पले सदा बाबाको याद स्वत: दिलाउँछ। यो त हुनै पर्छ। यो पूरा भयो भने संगम पूरा हुन्छ। अरू सबै इच्छा पूरा भयो तर यादमा सदा समाहित भइरहने यो शुभ इच्छाले अगाडि बढाउँछ, यस्ता छौ नि! त्यसैले सदा मिलन मेला भइ नै रहने छ। चाहे व्यक्तद्वारा चाहे अव्यक्तद्वारा सदा साथ रहन्छौ फेरि मिलनको आवश्यकता नै किन? हरेक मिलनको आ-आफ्नो स्वरूप र प्राप्ति हुन्छ। अव्यक्त मिलनको आफ्नो र व्यक्त मिलनको आफ्नो। मिल्नु त राम्रो नै हुन्छ। सदा शुभ र श्रेष्ठ प्रभात रहने छ। तिनीहरूले त केवल गुडमर्निङ्ग गर्छन् तर यहाँ त शुभ पनि छ र श्रेष्ठ पनि छ। हरेक सेकेन्ड शुभ र श्रेष्ठ छ त्यसैले सेकेन्ड-सेकेन्डको बधाई छ। ओम् शान्ति।

वरदान:
बाबाको साथद्वारा पवित्रता रूपी स्वधर्मलाई सहजै पालन गर्ने मास्टर सर्वशक्तिवान भव

आत्माको स्वधर्म पवित्रता हो। अपवित्रता परधर्म हो। जब स्वधर्मको निश्चय हुन्छ भने परधर्मले हल्लाउन सक्दैन। बाबा जो हुनुहुन्छ, जस्तो हुनुहुन्छ यदि उहाँलाई यथार्थ चिनेर साथमा राख्छौ भने पवित्रता रूपी स्वधर्मलाई धारण गर्न धेरै सहज हुन्छ, किनकि साथी सर्वशक्तिमान हुनुहुन्छ। सर्वशक्तिमानका बच्चा मास्टर सर्वशक्तिमानको अगाडि अपवित्रता आउन सक्दैन। यदि संकल्पमा पनि माया आउँछ भने अवश्य कुनै ढोका खुलै छ अथवा निश्चयमा कमी छ।

स्लोगन:
त्रिकादर्शीले कुनै पनि कुरालाई एक कालको दृष्टिले हेर्दैन, हरेक कुरामा कल्याण सम्झन्छ।