07.04.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा दूर देशबाट आउनु भएको छ तिमी बच्चाहरूको लागि नयाँ राज्य स्थापना गर्न , तिमी अहिले स्वर्गको लायक बनिरहेका छौ।

प्रश्न:
जुन बच्चाहरूको शिवबाबामा अटुट निश्चय छ, उनीहरूको निशानी के हुन्छ?

उत्तर:
उनीहरू आँखा चिम्लेर बाबाको श्रीमतमा चलिरहन्छन्, जे आज्ञा मिल्छ। कहिल्यै ख्याल पनि आउँदैन यसमा कुनै नोक्सान नहोस् किनकि यस्ता निश्चयबुद्धि बच्चाहरूको जवाफदेही बाबा हुनुहुन्छ। उनीहरूलाई निश्चयको बल मिल्छ। अवस्था अडोल र अचल हुन्छ।

गीत:
तुम्हीं हो माता, तुम्हीं पिता हो...

ओम् शान्ति ।
यो महिमा कसको सुन्यौ? जसलाई तिमी बच्चाहरू बाहेक दुनियाँमा अरू कसैले जान्दैन। यो हो उच्च भन्दा उच्च बाबाको महिमा। बाँकी जसको महिमा गरे पनि त्यो फाल्तू हुन जान्छ। उच्च भन्दा उच्च एक बाबा नै हुनुहुन्छ। तर बाबाको पहिचान कसले दिन्छ? स्वयं आएर आत्माको र आफ्नो परिचय दिनुहुन्छ। कुनै पनि मनुष्यलाई आत्माको पनि पहिचान छैन। भन्न त भन्छन् महान् आत्मा, जीव आत्मा। शरीर जब छुट्यो भने भन्छन् आत्मा निस्क्यो। शरीर मुर्दा हुन्छ। आत्मा अविनाशी छ। त्यो कहिल्यै पनि समाप्त हुँदैन। आत्मा जुन तारा जस्तै छ, त्यो अति सूक्ष्म छ। यी आँखाले देख्न सकिँदैन। कर्तव्य सबै आत्माले गर्छन्। तर घरी-घरी देह-अभिमानमा आउँछन् त्यसैले भन्छन् म फलानो हुँ, मैले यो गर्छु। वास्तवमा गर्ने सबै आत्माले हो। शरीर त अंग हो। यी साधु आदिले पनि जानेका छन् आत्मा धेरै सूक्ष्म छ, जुन भृकुटीको बीचमा रहन्छ। तर उनीहरूमा यो ज्ञान छैन आत्मामा यो पार्ट खेल्ने संस्कार छ। कसैले भन्छन् आत्मामा संस्कार हुँदैन, आत्मा निर्लेप छ। कसैले भन्छन् संस्कार अनुसार जन्म मिल्छ। धेरै मतभेद छ। यो पनि कसैलाई थाहा छैन कुन आत्माले ८४ जन्म लिन्छ? तिमीले जानेका छौ सूर्यवंशीहरूले नै ८४ को चक्कर लगउनु पर्छ। आत्मा नै ८४ को चक्कर लगाएर पतित बन्छ। त्यसलाई अब पावन कसले बनाउने? पतित-पावन उच्च भन्दा उच्च एक बाबा नै हुनुहुन्छ। उहाँको महिमा सबैभन्दा उच्च छ। ८४ जन्म सबैले त लिँदैनन्। पछि आउनेले त ८४ जन्म लिन सक्दैनन्। सबै एकैचोटि त आउँदैनन्। जो सूर्यवंशी राजा र प्रजा सत्ययुगमा सबैभन्दा पहिला आउँछन्, उनीहरूको ८४ जन्म हुन्छ। पछि गएर त मनुष्यहरूको धेरै वृद्धि हुन्छ। फेरि कसैको ८३ कसैको ८० जन्म हुन्छ। त्यहाँ सत्ययुगमा त पूरा १५० वर्ष आयु हुन्छ। कोही छिटै मर्न सक्दैन। यी कुरा बाबाले नै बसेर सम्झाउनु हुन्छ। अहिले कसैले परमपिता परमात्मालाई जानेका छैनन्। बाबा भन्नुहुन्छ जस्तो तिम्रो आत्मा छ, त्यस्तै मेरो पनि आत्मा छ। तिमी केवल जन्म-मरणमा आउँछौ, म आउँदिनँ। मलाई बोलाउँछन् पनि तब, जब पतित बन्छन्। जब धेरै दु:खी हुन्छन्, अनि बोलाउँछन्। यस समयमा तिमी बच्चाहरूलाई शिवबाबाले पढाइरहनु भएको छ।

कसैले सोध्छन् परमात्मा आउनु हुन्छ, यो कसरी मान्ने? उनीहरूलाई सम्झाउनु छ सबैले पुकार्छन्, हे पतित-पावन आउनुहोस्। उहाँ निराकार हुनुहुन्छ। उहाँको आफ्नो शरीर छैन, आउनु पनि हुन्छ पतित दुनियाँमा। पावन दुनियाँमा त आउनुहुन्न। यसरी सम्झाउनु पर्छ। यो पनि सम्झाउनु छ परमात्मा यति सानो हुनुहुन्छ, जति आत्मा सानो छ। तर उहाँ हुनुहुन्छ मनुष्य सृष्टिको बीजरूप, ज्ञानका सागर। बाबा भन्नुहुन्छ तिमीले मलाई परमपिता परमात्मा भन्छौ। पुकार्छौ, त्यसैले अवश्य आउँछु नि। गायन पनि छ दूर देशका रहनेवाला आया देश पराया। अहिले बाबाद्वारा थाहा भएको छ हामी पराई देश अर्थात् रावणको देशमा छौं। सत्ययुग त्रेतामा हामी ईश्वरीय देश अर्थात् आफ्नो देशमा थियौं फेरि द्वापरदेखि लिएर हामी पराई देश, पराई राज्यमा आउँछौं। वाम मार्गमा आउँछौं। फेरि भक्ति सुरु हुन्छ। सबैभन्दा पहिला शिवबाबाको भक्ति गर्न थाल्छन्। उनीहरूले शिवको यति ठूलो लिंग बनाउँछन्, तर त्यति ठूलो त उहाँ हुनुहुन्न। अहिले तिमीले बुझेका छौ आत्मा र परमात्मामा के फरक छ? उहाँ ज्ञानका सागर सदा पावन, सुखका सागर, आनन्दका सागर हुनुहुन्छ। यो परम आत्माको महिमा हो नि। बोलाउँछन् हे पतित-पावन आउनुहोस्। उहाँ हुनुहुन्छ परमपिता, जो कल्प-कल्प आउनु हुन्छ। दूर देशमा रहने मुसाफिरलाई बोलाउँछन्, उहाँको महिमा गाउँछन्। ब्रह्मा, सरस्वतीलाई त बोलाउँदैनन्। पुकार्छन् निराकार परमात्मालाई। आत्माले बोलाउँछ दूर देशमा रहनेवाला अब आउनुहोस् पराई देशमा... किनकि सबै पतित बनेका छन्। म पनि आउँछु तब, जब रावण राज्य खतम हुनु पर्छ। म आउँछु पनि संगमयुगमा। यो कसैलाई थाहा छैन। भन्छन् पनि उहाँ परम आत्मा बिन्दु हुनुहुन्छ। आजकल फेरि भन्छन् आत्मा नै परमात्मा, परमात्मा नै आत्मा। आत्मा नै परमात्मा हुन सक्दैन। आत्मा परमात्मा दुवै अलग-अलग हुन्। रूप दुवैको उस्तै छ। तर आत्मा पतित बन्छ, ८४ जन्मको पार्ट खेल्नुपर्छ। परमात्मा जन्म-मरण रहित हुनुहुन्छ। यदि आत्मा नै परमात्मा भन्छौ भने के सतोप्रधान परमात्मा, तमोप्रधान अवस्थामा आउनु हुन्छ? होइन, यो त हुन सक्दैन। बाबा भन्नुहुन्छ म आउँछु सर्व आत्माहरूको सेवा गर्न। मेरो जन्म पनि भनिदैन। म आउँछु नै नर्कवासीलाई स्वर्गवासी बनाउन। पराई देशमा आएको छु स्वर्ग स्थापना गर्न। बाबाले नै आएर हामीलाई स्वर्गको लायक बनाउनु हुन्छ। यो पनि सम्झाइएको छ आत्माहरूको पार्ट आ-आफ्नो छ। परमात्मा जन्म-मरण रहित हुनुहुन्छ। आउनु पनि अवश्य हुन्छ त्यसैले त शिवरात्रि मनाउँछन्। तर उहाँ कहिले आउनु हुन्छ? यो कसैले जान्दैन। त्यसै शिवजयन्ती मनाउँदै आएका छन्। अवश्य संगममा नै स्वर्गको स्थापना गर्न आउनु भएको थियो। पतितहरूलाई पावन बनाउन अवश्य संगममा आउनु हुन्छ नि। पावन सृष्टि हो स्वर्ग। भन्छन् पतित-पावन आउनुहोस्। फेरि अवश्य पतित दुनियाँको विनाशको समय हुन्छ, तब नै पावन दुनियाँको स्थापना गर्नुहुन्छ। युग-युगमा त आउनुहुन्न। बाबा भन्नुहुन्छ मलाई संगममा नै आएर पतित दुनियाँलाई पावन बनाउनु छ। यो पराई देश हो, रावणको देश। तर यो कुनै मनुष्यले कहाँ जानेका छन् र अहिले रावणको राज्य चलिरहेको छ। कहिलेदेखि रावणको राज्य सुरु भयो, केही पनि थाहा छैन। सबैभन्दा पहिला आत्मा र परमात्माको रहस्य सम्झाउनु छ, फेरि सम्झाउनु छ उहाँ कल्पको संगमयुगमा पावन बनाउन आउनु हुन्छ। यो काम उहाँ कै हो नकि श्रीकृष्णको। श्रीकृष्ण त स्वयं नै ८४ जन्म लिएर तल झर्छन्। सूर्यवंशी सबै तल झर्छन्। वृक्ष आधा हरियो ताजा, आधा पुरानो सुकेको कहाँ हुन्छ र। जीर्ण अवस्था सबैको हुन्छ। कल्पको अवधिको बारेमा पनि मनुष्यहरूलाई थाहा छैन। शास्त्रहरूमा लम्बा-चौडा आयु बताएका छन्। यो कुरा बाबाले नै बसेर सम्झाउनु हुन्छ। यसमा अरू प्रश्न उठ्न सक्दैन। रचयिता बाबाले सत्य नै बोल्नुहुन्छ। हामी यतिका बी.के. छौं। सबैले मान्छन्, अवश्य हुनुहुन्छ तब त मान्छन्। पछि गएर जब निश्चय हुन्छ तब समझमा आउँछ। सबैभन्दा पहिला मनुष्यहरूलाई यो सम्झाउनु छ परमपिता परमात्मा निराकार दूरदेशबाट आउनु भएको छ। तर कुन शरीरमा आउनु हुन्छ? सूक्ष्मवतनमा आएर के गर्नुहुन्छ? अवश्य पनि यहाँ नै आउनु पर्छ। प्रजापिता ब्रह्मा पनि यहाँ नै हुनुपर्छ। ब्रह्मा को हुन्? यो पनि बाबाले बसेर सम्झाउनु हुन्छ। जसमा प्रवेश गर्नुभएको छ, उनले आफ्नो जन्मलाई जान्दैनथे भने बच्चाहरूले पनि जान्दैनथे। बच्चाहरू पनि तब बन्छन् जब मैले आफ्नो बनाउँछु। मैले यी साकार ब्रह्मा सहित बच्चाहरूलाई सम्झाउँछु के तिमीहरूले आफ्नो जन्मलाई भुलिसक्यौ? अब सृष्टिको चक्र पूरा हुन्छ फेरि दोहोरिन्छ। म आएको छु पावन बनाउन, राजयोग सिकाउन। पावन बन्ने अरू कुनै मार्ग छैन। यदि मनुष्यहरूले यो रहस्यलाई जान्दथे भने गंगा आदिमा स्नान गर्न, मेला आदिमा जादैनथे। यी पानीका नदीहरूमा त सदैव स्नान गरिरहन्छन्। द्वापरदेखि स्नान गर्दै आएका छन्। सम्झन्छन् गंगामा डुबुल्की लगायो भने पाप नाश हुन्छन्। तर कसैको पनि पाप नाश हुँदैन। सबैभन्दा पहिला त आत्मा र परमात्माको नै रहस्य बताऊ। आत्माले नै परमात्मा बाबालाई पुकार्छ, उहाँ निराकार हुनुहुन्छ। आत्मा पनि निराकार छ। यी अंगद्वारा आत्माले पुकार्छ। भक्ति पछि भगवानलाई आउनु छ, यो पनि ड्रामामा पार्ट छ।

बाबा भन्नुहुन्छ मलाई नयाँ दुनियाँको स्थापना गर्न आउनु पर्छ। शास्त्रहरूमा पनि छ भगवानलाई संकल्प उत्पन्न भयो। अवश्य ड्रामा योजना अनुसार संकल्प उठ्यो होला। पहिला यी कुरालाई कहाँ जान्दथ्यौं र। दिन-प्रतिदिन बुझ्दै जान्छौं। बाबा भन्नुहुन्छ मैले तिमीलाई नयाँ-नयाँ गहन भन्दा गहन कुरा सुनाउँछु। सुन्दा-सुन्दा बुझ्दै गइन्छ। पहिला यस्तो भनिदैनथ्यो शिवबाबाले पढाउनु हुन्छ। अहिले त राम्रोसँग बुझेका छौ, अझै बुझ्नु पर्ने धेरै छ। सधैं सम्झाइरहनु हुन्छ कसरी कसैलाई सम्झाउनु पर्छ। पहिला यो निश्चय गर बेहदका बाबाले सम्झाउनु हुन्छ, त्यसैले उहाँले अवश्य सत्य नै बताउनु हुन्छ। यसमा अलमलिने पनि कुरा छैन। बच्चाहरू कोही पक्का छन्, कोही कच्चा छन्। कच्चा छन् भने कसैलाई सम्झाउन सक्दैनन्। त्यस्तो त विद्यालयमा पनि नम्बरवार हुन्छन्। धेरैलाई यो संशय हुन्छ हामीले कसरी बुझौं, परमपिता परमात्मा आएर पढाउनु हुन्छ? किनकि उनीहरूको बुद्धिमा छ श्रीकृष्णले ज्ञान सुनाउनु भयो। अब पतित दुनियाँमा त कृष्ण आउन सक्दैनन्। यो उनीहरूलाई सिद्ध गर परमात्मालाई नै आउनु पर्छ, पतित दुनियाँ र पतित शरीरमा। बाबाले यो पनि सम्झनुहुन्छ हरेकको आ-आफ्नो बुद्धि छ। कसैले त तुरुन्त बुझ्छन्। जति हुन सक्छ सम्झाउनु छ। ब्राह्मण सबै उस्तै हुँदैनन्। तर बच्चाहरूमा धेरै देह-अभिमान छ। यी बाबाले पनि जानेका छन् सबै नम्बरवार छन्। बच्चाहरू डाइरेक्शनमा चल्नुपर्छ। बडा बाबाले जे भन्नुहुन्छ, त्यो मान्नुपर्छ। गुरु आदिले भनेको त मान्दै आएका छौ। अब बाबा, जो स्वर्गमा लैजानेवाला हुनुहुन्छ, उहाँको कुरा त आँखा चिम्लेर मान्नुपर्छ। तर यस्ता निश्चयबुद्धि छैनन्। त्यसमा चाहे नोक्सान होस् वा फाइदा होस् मान्नुपर्छ। मानौं नोक्सान हुन्छ, फेरि पनि बाबा भन्नुहुन्छ नि सदैव यस्तो सम्झ शिवबाबाले नै भन्नुहुन्छ, ब्रह्माले होइन। जवाफदेही शिवबाबा हुनुहुन्छ। उहाँको यो रथ हो, उहाँले ठीक गरिदिनुहुन्छ। भन्नुहुन्छ म बसेको छु। सदैव सम्झ शिवबाबाले नै भन्नुहुन्छ, यिनले केही जानेका छैनन्। यस्तै सम्झ। एकातर्फ त निश्चय राख्नुपर्छ, शिवबाबा भन्नुहुन्छ मेरो कुरा मान्दै गर्यौ भने कल्याण हुन्छ। यी ब्रह्माले पनि यदि केही भन्छन् भने त्यसको जबाफदेही पनि म हुँ। तिमी बच्चाहरूले चिन्ता नगर। शिवबाबालाई याद गर्नाले अवस्था अझै पक्का हुँदै जान्छ। निश्चयद्वारा विकर्म पनि विनाश हुन्छ, बल पनि मिल्छ। जति बाबालाई याद गर्छौ, त्यति बल पनि बढी मिल्छ। जसले श्रीमतमा चलेर सेवा गर्छन्, उनीहरूले नै उच्च पद पाउँछन्। धेरैमा देह-अभिमान धेरै हुन्छ। बाबालाई हेर, सबै बच्चाहरूसँग कसरी प्यारले चल्नुहुन्छ। सबैसँग कुरा गरिरहनुहुन्छ। बच्चाहरूलाई सोध्नुहुन्छ ठीकसँग बसेका छौ! कुनै कष्ट त छैन? प्यार हुन्छ बच्चाहरूको लागि। बेहदको बाबालाई बच्चाहरू प्रति धेरै-धेरै प्यार हुन्छ। जसले जति श्रीमतमा सेवा गर्छन्, त्यसै अनुसार प्यार हुन्छ। सेवामा नै फाइदा छ। सेवामा हड्डी दिनु छ। कुनै पनि काम गर्छौ भने त्यो फेरि दिलमा पनि रहन्छ यो बच्चा फस्टक्लास छ। तर चल्दा-चल्दै कसैमा ग्रहदशा पनि बस्छ। मायाको सामना गर्नुपर्ने हुन्छ नि। ग्रहदशाको कारणले फेरि ज्ञान लिन सक्दैनन्। कसैले त फेरि कर्मणा सेवा अथक भएर गर्छन्।

तिम्रो काम हो सबैलाई सुखधामको मालिक बनाउनु। कसैलाई दु:ख नदिनु। ज्ञान छैन भने फेरि धेरै दु:ख दिन्छन्। फेरि जतिसुकै सम्झाए पनि बुझ्दैनन्। सबैभन्दा पहिला ज्ञान दिनु छ आत्मा र परमात्माको। कसरी आत्मामा ८४ को पार्ट भरिएको छ, जुन पार्ट अविनाशी छ। कहिल्यै फेरिदैन, ड्रामामा निश्चित हुन्छ। यो निश्चय हुनेहरू कहिल्यै हल्लिदैनन्। धेरै हलचलमा आउँछन्। पछि गएर जब संसारलाई आगो लाग्छ तब अचल बन्छन्। अहिले त धेरै युक्तिसँग सम्झाउनु छ। राम्रा-राम्रा बच्चाहरू त सेवामा रहन्छन्। दिलमा चढेका हुन्छन्। धेरै अगाडि जान्छन्। धेरै मेहनत गर्छन्। उनीहरूलाई सेवाको धेरै सोख हुन्छ। जसमा जे गुण छ बाबाले त्यो वर्णन गर्नुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सेवामा हड्डी दिनु छ, कुनै पनि कुरामा संशय उठाउनु हुँदैन। सबैलाई सेवा गरेर सुख दिनु छ, दु:ख होइन।

२) निश्चयको बलद्वारा आफ्नो अवस्थालाई अडोल बनाउनु छ। जे श्रीमत मिल्छ, त्यसमा कल्याण समाहित छ किनकि जवाफदेही बाबा हुनुहुन्छ त्यसैले चिन्ता गर्नु छैन।

वरदान:
सहजयोगको स्वभाव स्वाभाविक बनाउने वाला हर सबजेक्टमा परफेक्ट भव

जसरी बाबाको बच्चा हुँ यसमा कुनै प्रतिशत छैन, त्यसैगरी निरन्तर सहजयोगी वा योगी बन्ने स्टेजमा अब प्रतिशत खतम हुनु पर्छ। स्वभाव स्वाभाविक हुनु पर्छ। जस्तै कसैको विशेष स्वभाव हुन्छ, त्यस स्वभाव वश नचाहेर पनि चलिरहन्छन्। त्यसैगरी यो पनि स्वभाव बनोस्। के गरुँ, कसरी योग लगाऊँ यो कुरा खतम भयो भने हर विषयमा परफेक्ट बन्छौ। परफेक्ट अर्थात् इफेक्ट र डिफेक्टबाट पर।

स्लोगन:
सहन गर्नु छ भने खुसीले गर, मजबुरीले होइन।