07-05-2020 ओम् शान्ति प्रातः मुरली "बापदादा” मधुबन


"मीठे बच्चे– श्रीमतले नै तिमीलाई श्रेष्ठ बनाउँछ, त्यसैले श्रीमतलाई नबिर्स, आफ्नो मतलाई छोडेर एक बाबाको मतमा चल।”

प्रश्न:–

पुण्य आत्मा बन्ने युक्ति के हो?

उत्तर:–

पुण्य आत्मा बन्नको लागि सच्चा दिलले, प्यारसँग एक बाबालाई याद गर। कर्मेन्द्रियहरूद्वारा कुनै पनि विकर्म नगर। सबैलाई मार्ग बताऊ। आफ्नो दिलसँग सोध– मैले कति पुण्य गरेको छु? आफ्नो जाँच गर– यस्तो कुनै कर्म नहोस् जसबाट सयगुणा सजायँ खानु परोस्। जाँच गर्यौ भने पुण्य आत्मा बन्छौ।

ओम् शान्ति। रूहानी बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। यो कुरा त बच्चाहरूलाई थाहा छ– अहिले हामी शिवबाबाको मतमा चलिरहेका छौं। उहाँको मत सबैभन्दा उच्च छ। उच्च भन्दा उच्च शिवबाबाले कसरी बच्चाहरूलाई श्रेष्ठ बनाउनको लागि श्रेष्ठ मत दिनुहुन्छ, दुनियाँले यो बुझेका छैनन्। यो रावण राज्यमा कोही पनि मनुष्यले मनुष्यलाई श्रेष्ठ मत दिन सक्दैन। तिमी अहिले ईश्वरीय मतका बनेका छौ। यतिबेला तिमी बच्चाहरूलाई पतितबाट पावन बन्नको लागि ईश्वरीय मत मिलिरहेको छ। अहिले तिमीलाई थाहा भएको छ– हामी त विश्वका मालिक थियौं। यी (ब्रह्मा) जो स्वयं मालिक थिए उनलाई पनि थाहा थिएन। विश्वका मालिक फेरि एकदमै पतित बन्छन्। यो खेल धेरै राम्ररी बुद्धिले बुझ्नुपर्छ। सत्य-असत्य के हो, यसमा छ बुद्धिको लडाईं। सारा दुनियाँ असत्य छ। एक बाबा नै सत्य हुनुहुन्छ, सत्य बोल्नेवाला। उहाँले तिमीलाई सत्य खण्डको मालिक बनाउनु हुन्छ, त्यसैले उहाँको मत लिनु पर्छ। आफ्नो मतमा चल्यौ भने धोका खान्छौ। तर उहाँ हुनुहुन्छ गुप्त। हुनुहुन्छ पनि निराकार। धेरै बच्चाहरूले लापर्बाही गर्छन्, सम्झन्छन्– यो त दादाको मत हो। मायाले श्रेष्ठ मत लिन दिँदैन। श्रीमतमा चल्नु पर्छ नि। बाबा हजुरले जे भन्नुहुन्छ त्यो मैले अवश्य मान्छु। तर कतिले मान्दैनन्। नम्बरवार पुरुषार्थ अनुसार श्रीमतमा चल्छन्, बाँकीले त आफ्नो मत चलाउँछन्। बाबा आउनु भएको छ श्रेष्ठ मत दिन। यस्ता बाबालाई घरी-घरी बिर्सिन्छन्। मायाले मत लिन दिँदैन। श्रीमत त धेरै सहज छ नि। दुनियाँमा कसैलाई हामी तमोप्रधान छौं भन्ने ज्ञान छैन। मेरो मत त प्रसिद्ध छ, श्रीमत भागवत गीता। भगवानले अहिले भन्नुहुन्छ– म ५ हजार वर्षपछि आउँछु, आएर श्रीमत दिएर सर्वश्रेष्ठ बनाउँछु। बाबाले त सावधान गराउनु हुन्छ, बच्चाहरू श्रीमतमा चल्दैनन्। बाबाले दिनहुँ सम्झाइरहनु हुन्छ– प्यारा बच्चाहरू! श्रीमतमा चल्न नबिर्स। यिनने भनेको त होइन। उहाँ बाबाले भनेको सम्झ। उहाँले नै यिनीद्वारा श्रीमत दिनुहुन्छ। उहाँले नै सम्झाउनु हुन्छ। उहाँले केही खानुहुन्न, भन्नुहुन्छ– म अभोक्ता हुँ। तिमी बच्चाहरूलाई श्रीमत दिन्छु। नम्बरवन मत दिन्छु– मलाई याद गर। कुनै पनि विकर्म नगर। आफ्नो दिलसँग सोध– कति पाप गरेको छु? यो त जानेका छौ– सबैको पापको घडा भरिएको छ। यतिबेला सबै गलत मार्गमा छन्। तिमीलाई अहिले बाबाबाट सत्य मार्ग मिलेको छ। तिम्रो बुद्धिमा सारा ज्ञान छ। गीतामा जुन ज्ञान हुनु पर्ने हो त्यो छैन। त्यो कुनै बाबाले बनाएको होइन। यो पनि भक्तिमार्गमा निश्चित छ। भन्छन् पनि– भगवान आएर भक्तिको फल दिनुहुन्छ। बच्चाहरूलाई सम्झाइएको छ– ज्ञानबाट सद्गति। सद्गति पनि सबैको हुन्छ, दुर्गति पनि सबैको हुन्छ। यो दुनियाँ नै तमोप्रधान छ। सतोप्रधान कोही छँदै छैन। पुनर्जन्म लिंदै लिंदै अहिले अन्तिममा आइपुगेका छन्। अहिले सबैको शिरमाथि मृत्यु खडा छ। यहाँको नै कुरा हो। गीता पनि देवी-देवता धर्मको शास्त्र हो। तिमीलाई अरू कुनै धर्ममा गएर के फाइदा? हरेकले आ-आफ्ना कुरान, बाइबिल आदि नै पढ्छन्। आफ्नो धर्मलाई जानेका छन्। केवल हिन्दुहरू नै अन्य सबै धर्ममा जान्छन्। अरू सबै आ-आफ्ना धर्ममा पक्का छन्। हरेक धर्मका अनुहार आदि भिन्नै छन्। बाबाले स्मृति दिलाउनु हुन्छ– प्यारा बच्चाहरू! तिमीले आफ्नो देवी-देवता धर्मलाई बिर्सेका छौ। तिमी स्वर्गका देवता थियौ। ‘हम सो’ को अर्थ तिमीहरूलाई बाबाले सुनाउनु भएको छ। बाँकी हामी आत्मा नै परमात्मा होइनौं। यी कुरा त भक्तिमार्गका गुरुहरूले बनाएका हुन्। गुरु पनि करोडौं छन्। स्त्रीलाई पतिको लागि भन्छन्– उहाँ तिम्रा गुरु ईश्वर हुनुहुन्छ। जब पति नै ईश्वर भए हे भगवान, हे राम किन भन्छन्? मनुष्यको बुद्धि बिल्कुलै पत्थर बनेको छ। यिनले पनि स्वयं भन्छन् म पनि त्यस्तै थिएँ। कहाँ बैकुण्ठका मालिक श्रीकृष्ण, कहाँ फेरि उनलाई गाउँलेका छोरा भनिदिएका छन्। श्याम-सुन्दर भन्छन्। अर्थ कहाँ बुझ्छन् र। अहिले बाबाले तिमीलाई सम्झाउनु भएको छ– जो नम्बरवन सुन्दर उनै लास्ट नम्बरको तमोप्रधान श्याम बनेका छन्। तिमीलाई थाहा छ– हामी सुन्दर थियौं फेरि श्याम बनेका छौं। ८४ को चक्कर लगाएर अहिले श्यामबाट सुन्दर बन्नको लागि बाबाले एउटै दबाई दिनुहुन्छ– मलाई याद गर, तिम्रो आत्मा पतितबाट पावन बन्छ। तिम्रो जन्म-जन्मान्तरको पाप नाश हुन्छ।

तिमीलाई थाहा छ– जहिलेदेखि रावण आयो, त्यसपछि तिमी गिर्दा-गिर्दा पाप आत्मा बनेका हौ। यो हो नै पाप आत्माहरूको दुनियाँ। कोही पनि सुन्दर छैन। बाबा सिवाय कसैले सुन्दर बनाउन सक्दैन। तिमी आएका छौ स्वर्गवासी सुन्दर बन्न। अहिले नर्कवासी श्याम छौ किनकि काम चितामा चढेर काला बनेका छौ। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। यसलाई जसले जित्छ ऊ नै जगतजित बन्छ। पहिलो नम्बरको शत्रु हो काम। उसलाई नै पतित भनिन्छ। क्रोधीलाई पतित भनिदैन। बोलाउँछन् पनि– आएर पतितबाट पावन बनाउनुहोस्। अहिले बाबा आएर भन्नुहुन्छ– यो अन्तिम जन्म पावन बन। जसरी रातपछि दिन, दिनपछि रात हुन्छ, त्यस्तै संगमयुगपछि फेरि सत्ययुग आउँछ। चक्र घुम्छ। तर कुनै आकाश वा पातालमा दुनियाँ छैन। सृष्टि त यही हो। सत्ययुग, त्रेता.... यहाँ नै हुन्छ। सृष्टिरूपी वृक्ष पनि एउटै हो, अरू कुनै हुन सक्दैन। अनेक दुनियाँ छन् भन्नु यो सबै गफ हो। बाबा भन्नुहुन्छ– यी सबै भक्तिमार्गका कुरा हुन्। अहिले बाबाले सत्य कुरा सुनाउनु हुन्छ। अब आफूभित्र हेर– म कहाँसम्म श्रीमतमा चलेर सतोप्रधान अर्थात् पुण्य आत्मा बनिरहेको छु? सतोप्रधानलाई पुण्य आत्मा, तमोप्रधानलाई पाप आत्मा भनिन्छ। विकारमा जानु पाप हो। बाबा भन्नुहुन्छ– अब पवित्र बन। मेरो बनेका छौ त्यसैले मेरो श्रीमतमा चल्नु पर्छ। मुख्य कुरा हो कुनै पाप नगर। पहिलो नम्बरको पाप हो विकारमा जानु। फेरि अरू पनि धेरै पाप हुन्छन्। चोरी, ठगी आदि धेरै पाप गर्छन्। फेरि धेरैलाई सरकारले पनि पक्रन्छ। बाबाले बच्चाहरूलाई भन्नुहुन्छ, तिमीले आफ्नो दिलसँग सोध– मैले कुनै पाप त गरेको छैन? यस्तो नसम्झ– मैले चोरी गरेँ वा घुस लिएँ भने बाबा त जानी-जाननहार हुनुहुन्छ, सबै कुरा जान्नुहुन्छ। होइन, जानी-जाननहारको यो कुनै अर्थ होइन। ठीक छ, कसैले चोरी गर्यो, बाबाले जानेर के गर्ने? जसले चोरी गर्यो त्यसको दण्ड सयगुणा हुन्छ नै। धेरै ठूलो सजाय खान्छन्। पद पनि भ्रष्ट हुन्छ। बाबाले सम्झाउनु हुन्छ– यदि यस्तो कर्म गर्यौ भने दण्ड भोग्नु पर्नेछ। कोही ईश्वरको बच्चा बनेर फेरि चोरी गर्छ, शिवबाबा जसबाट यति धेरै वर्सा मिल्छ, उहाँको भण्डाराबाट चोरी गर्छ, यो त धेरै ठूलो पाप हो। कसै-कसैमा चोरीको बानी हुन्छ। उसलाई जेल बर्ड भनिन्छ। यो हो ईश्वरको घर। सबै कुरा ईश्वरको हो नि। ईश्वरको घरमा आउँछन् बाबाबाट वर्सा लिन। तर कसै-कसैको बानी हुन्छ, त्यसको सजाय सयगुणा हुन्छ। सजाय पनि धेरै मिल्छ र फेरि जन्म-जन्म विकारी घरमा जन्म लिन्छ, त्यसैले आफ्नै नोक्सानी भयो नि! यस्ता धेरै छन् जो यादमा बिल्कुलै रहँदैनन्, केही पनि सुन्दैनन्। बुद्धिमा चोरी आदिको नै ख्याल चलिरहन्छ। यस्ता धेरै सत्सङ्गमा जान्छन्। चप्पल चोर्छन्, उनीहरूको धन्दा नै यही हुन्छ। जहाँ सतसङ्ग हुन्छ त्यहाँ गएर चप्पल चोरेर आउँछन्। दुनियाँ एकदम फोहोरी छ। यो हो ईश्वरको घर। चोरीको बानी त धेरै नराम्रो हो। भनिन्छ– कखका चोर सो लखका चोर। आफ्नो मनलाई सोध्नु पर्छ– म कति पुण्य आत्मा बनेको छु? बाबालाई कति याद गर्छु? म कति स्वदर्शन चक्रधारी बनेको छु? कति समय ईश्वरीय सेवामा रहन्छु? कति पाप काटिँदै गइरहेको छ? दिनहुँ आफ्नो चार्ट हेर। कति पुण्य गरेँ, कति योगमा रहेँ? कतिलाई मार्ग बताएँ? ठीक छ धन्दा आदि त गर। तिमी कर्मयोगी हौ। कर्म त गर। बाबाले यी ब्याजहरू बनाइरहनु हुन्छ। राम्रा-राम्रा मानिसहरूलाई यस विषयमा सम्झाऊ। यो महाभारतको लडाईंद्वारा नै स्वर्गको गेट खुलिरहेको छ। कृष्णको चित्रमा तलको लिखत धेरै राम्रो छ। तर बच्चाहरू अहिले त्यति विशाल बुद्धि बनेका छैनन्। अलिकति धन प्राप्त भयो भने नाच्न थाल्छन्। कसैसँग धेरै धन भयो भने सम्झन्छन्– म जस्तो कोही छैन। जुन बच्चाहरूलाई बाबाको पर्बाह छैन, उनीहरूले बाबा, जसले यति अविनाशी ज्ञान रत्नहरूको खजाना दिनुहुन्छ, त्यसको कदर गर्दैनन्। बाबाले एउटा कुरा भन्नुहुन्छ, उनले अर्को कुरा गर्छन्। पर्बाह नहुनाले धेरै पाप गरिरहन्छन्। श्रीमतमा चल्दैनन्। फेरि गिर्न पुग्छन्। बाबा भन्नुहुन्छ– यो पनि ड्रामा। उनको तकदिरमा छैन। बाबाले त जान्नुहुन्छ नि। धेरै पाप गर्छन्, बाबाले हामीलाई पढाउनु हुन्छ भन्ने निश्चय भए त खुसी हुनु पर्छ। तिमीले जानेका छौ– हामी भविष्यमा नयाँ दुनियाँमा राजकुमार राजकुमारी बन्छौं त्यसैले कति खुसी हुनु पर्छ। तर बच्चाहरू अझै पनि उदास भइरहन्छन्। त्यो अवस्था रहिरहँदैन।

बाबाले सम्झाउनु भएको छ– विनाशको लागि रिहर्सल पनि हुन्छ। प्राकृतिक प्रकोपहरू हुन्छन्। भारतलाई कमजोर गराउँदै जान्छन्। बाबाले स्वयं भन्नुहुन्छ– यी सबै हुनु नै छ। नत्र विनाश कसरी हुन्छ। हिउँको वर्सात हुने छ, अनि खेती आदिको के हाल हुन्छ? लाखौं मरिरहन्छन्, कसैले कहाँ बताउँछन् र! त्यसैले बाबाले मुख्य कुरा सम्झाउनु हुन्छ– आफूभित्र यसरी जाँच गर, मैले बाबालाई कति याद गर्छु। बाबा, हजुर त धेरै मीठो हुनुहुन्छ, कमाल छ हजुरको। हजुरको आदेश छ मलाई याद गर्यौ भने २१ जन्मको लागि कहिल्यै रोगी बन्ने छैनौ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने म ग्यारेण्टी गर्छु, सम्मुख बसेर बाबाले तिमीलाई भन्नुहुन्छ– तिमीले फेरि अरूलाई सुनाउँछौ। बाबा भन्नुहुन्छ– म बाबालाई याद गर, धेरै प्यार गर। तिमीलाई कति सहज मार्ग बताउँछु– पतितबाट पावन हुने। कतिले भन्छन् म त धेरै पाप आत्मा हुँ। ठीक छ, अब फेरि त्यस्तो पाप नगर। मलाई याद गरिरह्यौ भने जन्म-जन्मान्तरको जो पाप छ, त्यो यो यादबाट भस्म हुँदै जान्छ। मुख्य कुरा याद नै हो। यसलाई भनिन्छ सहज याद, योग अक्षर पनि निकालिदेऊ। संन्यासीहरूका हठ योग त किसिम किसिमका हुन्छन्। अनेक प्रकारले सिकाउँछन्। यी बाबाले त धेरैलाई गुरु बनाएका छन् नि। बेहदका बाबा भन्नुहुन्छ– अब यी सबै कुरालाई छोड। यी सबैको पनि मैले उद्धार गर्नु छ। अरू कसैको तागत छैन जसले यसो भन्न सकोस्। बाबाले नै भन्नुभएको छ– मैले यी साधुहरूको पनि उद्धार गर्छु। फेरि यी गुरु कसरी बन्न सक्छन्। त्यसैले एउटा मूल कुरा बाबाले सम्झाउनु हुन्छ– आफ्नो दिलसँग सोध, मैले कुनै पाप त गरिनँ? कसैलाई दु:ख त दिइनँ? यसमा कुनै मेहनत छैन। भित्र जाँच्नु पर्छ, सारा दिनमा कति पाप गरेँ? कति याद गरेँ? यादबाटै पाप भस्म हुन्छ। कोसिस गर्नुपर्छ। यो धेरै मेहनतको काम हो। ज्ञान दिने एक बाबा नै हुनुहुन्छ। बाबाले नै मुक्ति-जीवनमुक्तिको मार्ग बताउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) बाबा जसले अविनाशी ज्ञान रत्नहरूको खजाना दिनुहुन्छ त्यसको कदर गर्नुपर्छ। लापर्बाही गरेर पाप कर्म गर्नु हुँदैन। यदि भगवानले हामीलाई पढाउनु हुन्छ भन्ने निश्चय छ भने अपार खुसीमा रहनु पर्छ।

२) ईश्वरको घरमा कहिल्यै चोरी आदि गर्ने ख्याल नआओस्। यो धेरै फोहोरी बानी हो। भनिन्छ कखका चोर सो लखका चोर। आफ्नो मनलाई सोध्नु पर्छ– म कति पुण्य आत्मा बनेको छु?

वरदान:–

पुरुषार्थ र सेवामा विधिपूर्वक उन्नति गर्ने तीव्र पुरुषार्थी भव

ब्राह्मण अर्थात् विधिपूर्वक जीवन। कुनै पनि कार्य सफल तब हुन्छ, जब विधिपूर्वक गरिन्छ। यदि कुनै पनि कुरामा स्वयंको पुरुषार्थ या सेवामा उन्नति हुँदैन भने अवश्य कुनै विधिको कमी छ। त्यसैले चेक गर– अमृतबेलादेखि रातीसम्म मनसा-वाचा-कर्मणा र सम्पर्क विधिपूर्वक रह्यो अर्थात् उन्नति भयो? यदि छैन भने कारणलाई बुझेर निवारण गर अनि निराश हुँदैनौ। यदि विधिपूर्वक जीवन छ भने उन्नति अवश्य हुन्छ तब तीव्र पुरुषार्थी बन्छौ।

स्लोगन:–

स्वच्छता र सत्यतामा सम्पन्न बन्नु नै सच्चा पवित्रता हो।