07.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ तिमी पुराना भक्तहरूलाई भक्तिको फल दिन। भक्तिको फल हो ज्ञान , जसद्वारा तिम्रो सद्गति हुन्छ।

प्रश्न:
कति बच्चाहरूले चल्दा-चल्दै तकदिरलाई आफैं खत्तम गर्छन्, कसरी?

उत्तर:
यदि बाबाको बनेर सेवा गर्दैनन्, आफूमाथि र अरूमाथि दया गर्दैनन् भने उनीहरूले आफ्नो तकदिरलाई खत्तम गर्छन् अर्थात् पद भ्रष्ट हुन्छन्। राम्रोसँग पढ्यौ, योगमा रह्यौ भने पद पनि राम्रो मिल्छ। सेवाधारी बच्चाहरूलाई त सेवाको धेरै सोख हुनुपर्छ।

गीत:
कौन आया सवेरे-सवेरे......

ओम् शान्ति ।
रूहानी बच्चाहरूले बुझेका छन् हामी आत्मा हौं, न कि शरीर। यो ज्ञान अहिले मात्रै मिल्छ परमपिता परमात्माबाट। बाबा भन्नुहुन्छ जब म स्वयं आएको छु भने तिमीले आफूलाई आत्मा निश्चय गर। आत्मा नै शरीरमा प्रवेश गर्छ। एक शरीर छोडेर अर्को लिइरहन्छ। आत्मा बदलिदैन, शरीर बदलिन्छ। आत्मा त अविनाशी हो, त्यसैले आफूलाई आत्मा सम्झनुपर्छ। यो ज्ञान कहिल्यै कसैले दिन सक्दैन। बाबा आउनु भएको छ बच्चाहरूको पुकार सुनेर। यो पनि कसैलाई थाहा छैन यो पुरुषोत्तम संगमयुग हो। बाबा आएर सम्झाउनु हुन्छ मलाई आउनु पर्ने हुन्छ कल्पको पुरुषोत्तम संगमयुगमा अनि सारा विश्व पुरुषोत्तम बन्छ। यस समयमा त सारा विश्व कनिष्ठ पतित छ। त्यसलाई भनिन्छ अमरपुरी, यो हो मृत्युलोक। मृत्युलोकमा आसुरी अवगुण भएका मनुष्य हुन्छन्, अमरलोकमा दैवीगुण भएका मनुष्य हुन्छन्, त्यसैले उनलाई देवता भनिन्छ। यहाँ पनि राम्रो स्वभाव हुनेलाई भनिन्छ यो त देवता जस्तै छ। कोही दैवीगुण भएका छन्। यस समयमा सबै छन् आसुरी गुण भएका मनुष्य। ५ विकारमा फँसेका छन् त्यसैले गाउँछन् यस दु:खबाट मुक्त गर्नुहोस्। कुनै एक सीतालाई मात्र छुटाइएको होइन। बाबाले सम्झाउनु भएको छ भक्तलाई सीता भनिन्छ, भगवानलाई राम भनिन्छ, जसले भक्तहरूलाई फल दिन आउनु हुन्छ। यस बेहदको रावण राज्यमा सारा दुनियाँ फँसेको छ। उनीहरूलाई मुक्त गरेर राम राज्यमा लैजानुहुन्छ। रघुपति राघव राजा रामको कुरा होइन। उनी त त्रेताका राजा थिए। उनी पनि अहिले तमोप्रधान, जीर्ण अवस्थामा छन्। सिँढी उत्रिदै-उत्रिदै तल आइपुगेका छन्। पूज्यबाट पुजारी बनेका छन्। देवताहरूले कसैको पूजा गर्दैनन्। उनीहरू त हुन्छन् नै पूज्य। फेरि उनीहरू जब वैश्य, शूद्र बन्छन् तब पूजा सुरु हुन्छ। वाम मार्गमा आएपछि पुजारी बन्छन्, पुजारीले देवताहरूका चित्रहरूको अगाडि नमन गर्छन्। यस समय कोही पनि पूज्य हुन सक्दैन। उच्च भन्दा उच्च भगवान पूज्य हुनुहुन्छ फेरि हुन् सत्ययुगी देवताहरू पूज्य। यस समयमा त सबै पुजारी छन्, पहिला सुरुमा शिवको पूजा हुन्छ, त्यो हो अव्यभिचारी पूजा। त्यो सतोप्रधान फेरि सतो, फेरि देवताहरूबाट पनि तल झरेर जलको, मनुष्यहरूको, पंक्षी आदिको पूजा गर्न थाल्छन्। दिन-प्रतिदिन अनेकौंको पूजा हुन थाल्छ। आजकल धार्मिक सम्मेलन पनि धेरै भइरहन्छन्। कहिले आदि सनातन धर्मको, कहिले जैनीहरूको, कहिले आर्य समाजीहरूको। धेरैलाई बोलाउँछन् किनकि हरेकले आफ्नो धर्मलाई उच्च सम्झन्छन् नि। हरेक धर्ममा कुनै न कुनै विशेष गुण हुनाले उनले आफूलाई ठूलो सम्झन्छन्। जैनीहरूमा पनि किसिम-किसिमका हुन्छन्। ५-७ भेराइटी हुन्छन्। उनीहरू मध्ये फेरि कोही नाङ्गै पनि रहन्छन्, नाङ्गो हुनुको अर्थ बुझ्दैनन्। भगवानुवाच छ नाङ्गो अर्थात् अशरीरी आएका थियौ, फेरि अशरीरी बनेर जानु छ। उनीहरूले फेरि कपडा उतारेर नाङ्गो बन्छन्। भगवानुवाचको अर्थलाई बुझ्दैनन्। बाबा भन्नुहुन्छ तिमी आत्माहरू यहाँ यो शरीर धारण गरेर पार्ट खेल्न आएका छौ, फेरि फर्केर जानु छ, यी कुरालाई तिमी बच्चाहरूले बुझेका छौ। आत्मा नै पार्ट खेल्न आउँछ। वृक्ष वृद्धि भइरहन्छ। नयाँ-नयाँ किसिमका धर्महरू प्रकट भइरहन्छन्, त्यसैले यसलाई भेराइटी नाटक भनिन्छ। भेराइटी धर्मको वृक्ष हो। धेरै शाखाहरू निस्किदै जान्छन्। मुहम्मद त पछि आएका हुन्। पहिला हुन्छन् इस्लामी। मुसलमानहरूको संख्या धेरै छ। अफ्रिकामा कति धनवान छन्, सुन-हीराका खानीहरू छन्। जहाँ धेरै धन देख्छन्, त्यहाँ आक्रमण गरेर धनवान बन्छन्। त्रिश्चियनहरू पनि कति धनवान बनेका छन्। यहाँ पनि धन छ, तर गुप्त। सुन आदि कति पक्रिरहन्छन्। अब दिगम्बर जैनहरूले सभा-सम्मेलन आदि गरिरहन्छन् किनकि हरेकले आफूलाई ठूलो सम्झन्छन् नि। यी यतिका धर्महरू सबै बढिरहन्छन्, एक दिन विनाश पनि हुनु छ, केही पनि बुझ्दैनन्। सबै धर्महरूमा उच्च त तिम्रो ब्राह्मण धर्म नै हो, जसका बारेमा कसैलाई थाहा छैन। कलियुगी ब्राह्मण पनि धेरै छन्, तर ती हुन् कोख वंशावली ब्राह्मण। प्रजापिता ब्रह्माका मुख वंशावली ब्राह्मण, उनीहरू त सबै आपसमा भाइ-बहिनी भए। यदि आफूलाई ब्रह्माका सन्तान कहलाउँछन् भने त भाइ-बहिनी नै भए फेरि विवाह पनि गर्न सक्दैनन्। सिद्ध हुन्छ ती ब्राह्मणहरू ब्रह्माको मुख वंशावली होइनन्, केवल नाम राखिदिन्छन्। वास्तवमा देवता भन्दा पनि उच्च ब्राह्मणलाई भनिन्छ, चोटी हुन् नि। यिनै ब्राह्मणले मनुष्यलाई देवता बनाउँछन्। पढाउने स्वयं हुनुहुन्छ परमपिता परमात्मा, ज्ञानका सागर, यो कसैलाई पनि थाहा छैन। बाबाको पासमा आएर ब्राह्मण बनेर फेरि भोलि शूद्र बन्न पुग्छन्। पुरानो संस्कार परिवर्तन गर्न धेरै मेहनत लाग्छ। आफूलाई आत्मा निश्चय गरेर बाबाबाट वर्सा लिन्नु छ, रूहानी बाबासँग रूहानी बच्चाहरूले नै वर्सा लिन्छन्। बाबालाई याद गर्दा नै मायाले विघ्न पार्छ। बाबा भन्नुहुन्छ हातले काम गर्दै दिलले बाबालाई याद गर। यो धेरै सहज छ। जसरी प्रियतमा-प्रियतम हुन्छन्, उनीहरू एक-अर्कालाई नदेखी रहन सक्दैनन्। बाबा त प्रियतम नै हुनुहुन्छ। प्रियतमा सबै बच्चाहरू हुन्, बाबालाई याद गरिरहन्छन्। एक बाबा नै हुनुहुन्छ जो कहिल्यै कसैमा आसक्त हुनुहुन्न किनकि उहाँ भन्दा उच्च त कोही छँदै छैन। बाँकी बच्चाहरूको महिमा गर्नुहुन्छ, तिमी भक्ति मार्गदेखि लिएर म प्रियतमका सबै प्रियतमा हौ। बोलाउँछन् पनि आएर दु:खबाट मुक्त गरेर पावन बनाउनुहोस्। तिमीहरू सबै हौ प्रियतमा, म हुँ प्रियतम। तिमीहरू सबै आसुरी जेलमा फँसेका छौ, म आएर छुटाउँछु। यहाँ मेहनत धेरै छ। विकारी आँखाले धोका दिन्छ, पवित्र दृष्टि बन्न मेहनत लाग्छ। देवताहरूको कति राम्रो चरित्र हुन्छ, अब यस्तो देवता बनाउने पनि अवश्य कोही हुनुपर्छ नि।

सम्मेलनमा विषय राखेका छन् मानव जीवनमा धर्मको आवश्यकता। ड्रामालाई नजान्नाले अलमलिएका छन्। तिमी सिवाय कसैले सम्झाऊन सक्दैन। क्रिश्चियन अथवा बौद्धी आदिलाई यो कहाँ थाहा छ र क्राइस्ट, बुद्ध आदि फेरि कहिले आउँछन्! तिमीले झट्ट हिसाब-किताब बताउन सक्छौ। त्यसैले सम्झाउनु पर्छ धर्मको त आवश्यकता छ नि। पहिला सुरुमा कुनचाहिँ धर्म थियो, फेरि कुनचाहिँ धर्म आएको हो? आफ्नै धर्मकाले पनि पूरा बुझ्दैनन्। योग लगाउँदैनन्। योग बिना तागत आउँदैन, शक्ति भरिदैन। बाबालाई नै सर्वशक्तिमान् भनिन्छ। तिमी कति शक्तिशाली बन्छौ, विश्वको मालिक बन्छौ। तिम्रो राज्यलाई कसैले छिन्न सक्दैन। त्यतिबेला अरू कुनै खण्ड हुँदैन। अहिले त कति खण्ड छन्। यो सृष्टि चक्र कसरी घुम्छ! ५ हजार वर्षको यो चक्र हो। बाँकी सृष्टिको लम्बाइ कति छ, त्यो कहाँ नाप्न सक्छन् र। धरतीको नाप गर्न सक्लान्। सागरको त गर्न सक्दैनन्। आकाश र सागरको अन्त्य कसैले पाउन सक्दैन। त्यसैले सम्झाउनु छ धर्मको आवश्यकता किन छ! सारा चक्र बनेको छ नै धर्मलाई लिएर। यो हो नै भेराइटी धर्मको वृक्ष, यो वृक्ष हो अन्धाहरूको लागि ऐना। तिमी अब बाहिर सेवामा निस्किन्छौ, बिस्तारै-बिस्तारै तिम्रो वृद्धि हुँदै जान्छ। तुफान लागेपछि धेरै पातहरू झर्छन् नि। अरू धर्ममा तुफान लाग्ने कुर हुँदैन। उनीहरू त माथिदेखि आउनु नै छ। यहाँ तिम्रो स्थापना धेरै अद्भुत छ। पहिला सुरुका जो भक्त छन् उनलाई नै आएर भगवानले आफ्नो घर लैजाने फल दिनुहुन्छ। बोलाउँछन् पनि, हामी आत्माहरूलाई आफ्नो घर लिएर जानुहोस्। यो कसैलाई थाहा छैन बाबाले स्वर्गको राज्य-भाग्य पनि दिनुहुन्छ। संन्यासीहरूले त सुखलाई मान्दै मान्दैनन्। उनीहरूले चाहन्छन् मोक्ष मिलोस्। मोक्षलाई वर्सा भनिदैन। स्वयं शिवबाबाले पनि पार्ट खेल्नु पर्छ भने त फेरि कसैलाई मोक्षमा कसरी राख्न सक्नुहुन्छ। तिमी ब्रह्माकुमार-कुमारीहरूले आफ्नो धर्मलाई र सबैको धर्मलाई जानेका छौ। तिमीलाई दया लाग्नुपर्छ। चक्रको रहस्य सम्झाउनु पर्छ। भन, तपाईंहरूको धर्म स्थापक फेरि आफ्नो समयमा आउनु हुन्छ। सम्झाउने पनि होसियार चाहिन्छ। तिमीले सम्झाउन सक्छौ हरेकलाई सतोप्रधानबाट सतो-रजो-तमोमा आउनु नै छ। अहिले छ रावण राज्य। तिम्रो हो सत्य गीता, जुन बाबाले सुनाउनु हुन्छ। भगवान निराकारलाई नै भनिन्छ। आत्माले निराकार परमपितालाई बोलाउँछ। त्यहाँ तिमी आत्माहरू रहन्छौ। तिमीलाई परमात्मा कहाँ भनिन्छ र। परमात्मा त एउटै हुनुहुन्छ, उच्च भन्दा उच्च भगवान, फेरि सबै हुन् उहाँका सन्तान, आत्माहरू। सर्वका सद्गति दाता एक हुनुहुन्छ फेरि हुन् देवताहरू। उनीहरूमा पनि नम्बरवन हुन् कृष्ण किनकि आत्मा र शरीर दुवै पवित्र हुन्छन्। तिमी हौ संगमयुगी। तिम्रो जीवन अमूल्य छ। देवताहरूको होइन, ब्राह्मणहरूको अमूल्य जीवन हो। बाबाले तिमीलाई बच्चा बनाएर फेरि तिम्रो लागि कति मेहनत गर्नुहुन्छ, देवताहरूले कहाँ यति मेहनत गर्छन् र। उनले पढाउनको लागि बच्चाहरूलाई विद्यालयमा पठाइदिन्छन्। यहाँ बाबा बसेर तिमीलाई पढाउनु हुन्छ। उहाँ बाबा, टिचर र गुरु तीनै हुनुहुन्छ। त्यसैले कति रिगार्ड हुनुपर्छ। सेवाधारी बच्चाहरूलाई सेवाको धेरै सोख हुनुपर्छ। धेरै कम छन् जो राम्रा होसियार छन्, सेवामा लागेका छन्। सहयोगी त चाहिन्छ नि। लडाईंको मैदानमा जानको लागि जसलाई सिकाउँछन् उनको नोकरी आदि सबै छुटाइदिन्छन्। उनीहरूको पासमा लिस्ट हुन्छ। फेरि मिलेट्रीलाई कसैले अस्वीकार गर्न सक्दैन हामी मैदानमा जाँदैनौ। ड्रिल सिकाउँछन् आवश्यकतामा बोलाउँछन्। इन्कार गर्नेलाई केस चलाउँछन्। यहाँ त त्यो कुरा छैन। यहाँ फेरि जसले राम्रोसँग सेवा गर्दैनन्, उनीहरू पद भ्रष्ट हुन्छन्। सेवा गर्दैनन् मतलब आफैंले आफैंलाई शूट गर्छन्। पद भ्रष्ट हुन्छ। आफ्नो तकदिरलाई शूट गरिदिन्छन्। राम्रोसँग पढे, योगमा रहे भने राम्रो पद मिल्छ। आफूलाई दया गर्नुपर्ने हुन्छ। आफूलाई गरे भने अरूलाई पनि गर्छन्। बाबाले हर प्रकारको ज्ञान दिइरहनु हुन्छ। यो दुनियाँको नाटक कसरी चल्छ, राजधानी पनि स्थापना हुन्छ। यी कुरालाई दुनियाँले जान्दैन। अब निमन्त्रणा त मिल्छन्। ५-१० मिनेटमा के सम्झाउन सकिन्छ र। एक-दुई घण्टा दिए त बुझाउन पनि सकिन्छ। ड्रामालाई त बिल्कुल जानेका छैनन्। राम्रा-राम्रा प्वाइन्टहरू जहाँतहाँ लेखिदिनुपर्छ। तर बच्चाहरूले बिर्सिन्छन्। बाबा रचयिता पनि हुनुहुन्छ, तिमी बच्चाहरूलाई रचना गर्नुहुन्छ। आफ्नो बनाउनु भएको छ, डाइरेक्टर बनेर डाइरेक्शन पनि दिनुहुन्छ। श्रीमत दिनुहुन्छ र फेरि एक्ट पनि गर्नुहुन्छ। ज्ञान सुनाउनु हुन्छ। यो पनि उहाँको उच्च भन्दा उच्च एक्ट हो नि। ड्रामाको रचयिता, निर्देशक र मुख्य कलाकारलाई चिनेका छैनन् भने के ठहरिए? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यस अमूल्य जीवनमा पढाउने टिचरको धेरै धेरै रिगार्ड राख्नु पर्छ, पढाइमा राम्रो होसियार बनेर सेवामा लाग्नु छ। आफूलाई आफैंले दया गर्नु छ।

२) आफूले आफैंलाई सुधार्नको लागि पवित्र बन्नु छ। आफ्नो चरित्र सुधार्नु छ। मनुष्यलाई देवता बनाउने सेवा गर्नु छ।

वरदान:
संकल्प र बोलीको विस्तारलाई सारमा ल्याउने अ न्त र्मुखी भव

व्यर्थ संकल्पहरूको विस्तारलाई समेटेर सार रूपमा स्थित हुनु तथा मुखको आवाजको व्यर्थलाई समेटेर समर्थ अर्थात् सार रूपमा आउनु यो नै हो अन्तर्मुखता। यस्ता अन्तर्मुखी बच्चाहरूले नै साइलेन्सको शक्तिद्वारा भड्किरहेका आत्माहरूलाई सही ठेगाना देखाउन सक्छन्। यो साइलेन्सको शक्तिले अनेक रूहानी रङ्ग देखाउँछ। साइलेन्सको शक्तिबाट हर आत्माको मनको आवाज यति नजिक सुनिन्छ मानौं कोही सम्मुख बोलिरहेको छ।

स्लोगन:
स्वभाव, संस्कार, सम्बन्ध, सम्पर्कमा लाइट रहनु अर्थात् फरिश्ता बन्नु।