07.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी ईश्वरीय विद्यार्थी हौ , तिमीले सच्चा-सच्चा रूप-वसन्त बनेर आफ्नो मुखबाट सदैव ज्ञान रत्न नै निकाल्नु छ।

प्रश्न:
बाबाले सुरजित बनाउनको लागि कुनचाहिँ संजीवनी बुटी दिनुहुन्छ?

उत्तर:
मनमनाभव अर्थात् बाबालाई याद गर। नशा रहोस् परमात्माद्वारा हामी देवता बन्नको लागि अथवा राज्य पद पाउनको लागि यो पढाइ पढिरहेका छौं। यो स्मृति नै संजीवनी बुटी हो, जसले सुरजित गरिदिन्छ। उसको अवस्था कहिल्यै ओइलिन पाउँदैन। उसले सदा आफ्नो जाँच गर्छ, अरूलाई पनि सावधान गरिरहन्छ।

ओम् शान्ति ।
यो कलेज हो नि। जसरी विद्यालयमा विद्यार्थी बस्छन्, सम्झन्छन् हामी शिक्षकको अगाडि बसेका छौं। कुनचाहिँ परीक्षा पास गर्न बसेका हुन्, त्यो पनि बुद्धिमा हुन्छ। सत्सङ्ग आदिमा, जहाँ वेद-शास्त्र आदि सुनाउँछन्, त्यहाँ कुनै लक्ष्य हुँदैन। ती शास्त्र आदि तिम्रो बुद्धिबाट हटिसकेका छन्। तिमीले जानेका छौ हामी मनुष्यबाट देवता बनिरहेका छौं, भविष्य २१ जन्मको लागि। विद्यार्थी घरमा बसेको छ वा जहाँ गए पनि उसको बुद्धिमा यो हुन्छ मैले फलानो परीक्षा पास गर्छु। तिमी बच्चाहरू पनि क्लासमा बसेका छौ, यो जानेका छौ हामी देवता बनिरहेका छौं। तिमीले पनि आफूलाई विद्यार्थी त सम्झन्छौ नि। हामी आत्मा हौं, यस शरीरद्वारा हामीले पढिरहेका छौं। आत्माले जान्दछ यो शरीर छोडेर भविष्यमा हामीले नयाँ शरीर लिन्छौं, हामीलाई देवता भनिन्छ। यो त विकारी पतित शरीर हो, हामीलाई फेरि नयाँ शरीर मिल्छ। यो समझ अहिले मिलेको छ। म आत्माले पढिरहेको छु, ज्ञानसागरले पढाइरहनु भएको छ। यहाँ तिमीलाई गृहस्थ व्यवहारको चिन्ता छैन। बुद्धिमा यही हुन्छ हामी भविष्यको लागि मनुष्यबाट देवता बनिरहेका छौं। देवताहरू रहन्छन् स्वर्गमा। यो घरी-घरी चिन्तन गरेमा बच्चाहरूलाई खुशी हुन्छ र यसबाट पुरुषार्थ पनि गर्नेछन्। मनसा-वाचा-कर्मणा पवित्र पनि रहन्छन्। सबैलाई खुशीको सन्देश पनि सुनाइरहन्छन्। ब्रह्माकुमार त धेरै छन् नि। सबै विद्यार्थी जीवनमा छौ। यस्तो होइन धन्दा आदिमा गएपछि त्यो जीवन बिर्सिन्छौ। जस्तै यो मिठाईवाला हो, उसले पनि सम्झिन्छ नि म विद्यार्थी हुँ। विद्यार्थीलाई कहिल्यै मिठाई बनाउनु पर्छ र? यहाँ त तिम्रो कुरै बेग्लै छ। शरीर निर्वाहको लागि धन्दा पनि गर्नु छ। साथ-साथै बुद्धिमा यो याद रहोस् हामीले परमपिता परमात्माद्वारा पढिरहेका छौं। तिम्रो बुद्धिमा हुन्छ यस समयमा सारा दुनियाँ नर्कवासी हुन्। तर यो कसैले जानेका छैनन् हामी नर्कवासी हौं, हामी नै स्वर्गवासी थियौं। तिमी बच्चाहरूलाई पनि सारा दिन यो नशा रहँदैन। घरी-घरी बिर्सिन्छौ। हुन त तिमी बी.के. हौ, शिक्षकहरू हौ, शिक्षा दिन्छौ, मनुष्यलाई देवता, नर्कवासीलाई स्वर्गवासी बनाइरहेका छौ, फेरि पनि बिर्सिन्छौ। तिमीले जानेका छौ यस समयमा सारा दुनियाँ आसुरी सम्प्रदायका छन्। आत्मा पनि पतित छ भने शरीर पनि पतित छ। अब तिमी बच्चाहरूलाई यी विकारसँग घृणा आउँछ। काम, क्रोध आदि सबै ग्लानि गर्ने चीज हुन्। सबैभन्दा ग्लानिको चीज हो विकार। संन्यासीहरूमा पनि थोरै क्रोध हुन्छ किनकि जस्तो अन्न त्यस्तै मन, उनीहरूले गृहस्थीहरूको नै खान्छन्। कसैले अनाज खाँदैनन् तर पैसा त लिन्छन् नि। पतितहरूको उनमा प्रभाव त हुन्छ नि। पतितको अन्नले पतित नै बनाउँछ। पवित्रताको विषयमा तिमीहरूले क्रान्ति गर्छौ। यो बढ्दै जान्छ। सबैले चाहन्छन् हामी पवित्र बनौं, यो कुरा दिलमा लाग्छ। पवित्र नबनेसम्म त स्वर्गको मालिक बन्न सकिँदैन। विस्तारै-विस्तारै सबैको बुद्धिमा आउँदै जान्छ, जसलाई स्वर्गवासी बन्नु छ उनै बन्छन्। भन्छन् म त पवित्र बनेर पवित्र दुनियाँको मालिक अवश्यै बन्छु। यो कल्याणकारी संगमयुग हो, यसै समयमा पतित दुनियाँ पावन हुन्छ। त्यसैले यसलाई पुरुषोत्तम युग भनिन्छ। यो कल्याणकारी युग हो। मनुष्य सृष्टिको कल्याण हुन्छ। बाबा कल्याणकारी हुनुहुन्छ त्यसैले बच्चाहरूलाई पनि बनाउनु हुन्छ। आएर योग सिकाएर मनुष्यबाट देवता बनाउनु हुन्छ।

तिमीले जानेका छौ यो हो हाम्रो मुख्य विद्यालय। यहाँ कसैको पनि कुनै गोरखधन्धा छैन। बाहिर गएपछि धन्दा आदिमा लाग्छौ, त्यसैले हामी विद्यार्थी हौं यो पनि याद रहँदैन। हामी नर्कवासीबाट स्वर्गवासी बनिरहेका छौं। फुर्सत मिल्दा बुद्धिमा यो ख्याल चल्नुपर्छ, कोसिस गरेर समय निकाल्नु छ। बुद्धिमा याद रहनु पर्छ हामी तमोप्रधानबाट सतोप्रधान बनिरहेका छौं। एक बाबालाई नै याद गर्नु छ। धन्दामा पनि फुर्सदको समय मिल्छ। कोसिस गरेर बुद्धिमा यो याद ल्याउनु पर्छ हामी ईश्वरीय विद्यार्थी हौं। आजीविकाको लागि यो धन्धा आदि गर्छौं। त्यो हो मायावी धन्धा, यो पनि तिम्रो आजीविका हो, भविष्यको लागि सत्य कमाई त यो हो, यसमा धेरै राम्रो बुद्धि चाहिन्छ। आफूलाई आत्मा सम्झेर परमपिता परमात्मालाई याद गर्नु छ। सम्झाउनु छ, अब हामी आत्माहरू जानु छ घर। बाबाले हामीलाई लिनको लागि आउनु भएको छ। सारा दिन बुद्धिमा विचार सागर मन्थन चल्नुपर्छ। जसरी गाईले घाँस उगारिरहन्छ, त्यसैगरी उगार्नु छ। बच्चाहरूलाई अविनाशी खजाना मिल्छ। यो हो आत्माहरूको लागि भोजन। यो याद आउनु पर्छ हामीले परमपिता परमात्माद्वारा पढिरहेका छौं देवता बन्नको लागि, वा राज्य पद पाउनको लागि, यो याद गर्नु छ। घरी-घरी भुल्छौ फेरि खुशीको सट्टा तिम्रो अवस्था ओइलाउँछ। यो संजीवनी बुटी हो, जुन आफ्नो पासमा राख्नु छ र अरूलाई पनि दिनु छ, सुरजित गर्नको लागि। शास्त्रहरूमा त लम्बा-चौडा कथाहरू लेखिदिएका छन्। बाबाले बसेर यी सबैको रहस्य बताउनु हुन्छ। मनमनाभव अर्थात् बाबालाई याद गर्यौ भने तिमी स्वर्गको मालिक बन्छौ। आफ्नो दिलसँग सोध्दै गर, जाँच गर्दै गर, एक-अर्कालाई सावधान गर्दै गर। कुनै खटपट हुन्छ भने बुद्धि उसैमा लागेको हुन्छ, त्यसैले कसैले भनेको मीठो लाग्दैन। मायातर्फ बुद्धि लाग्नाले फेरि चिन्ता हुन्छ। तिमी बच्चाहरूलाई त खुशी हुनु पर्छ। बाबालाई याद गर! तर आफ्नै दुविधामा हुन्छौ भने दबाई लाग्दैन, अत्तालिइरहन्छौ। यस्तो गर्नु हुँदैन। विद्यार्थीले पढाइलाई कहाँ छोडेर जान्छन् र! तिमी बच्चाहरूलाई थाहा छ यो हाम्रो पढाइ हो, भविष्यको लागि, यसमा नै हाम्रो कल्याण छ। धन्धा आदि गर्दागर्दै पनि कोर्स लिनु छ। यो सृष्टिको चक्र कसरी फिर्छ? यो ज्ञान पनि बुद्धिमा राख्नु छ। याद हो सञ्जीवनी बुटी। एक-अर्कालाई याद दिलाउनु पर्छ। स्त्री-पुरुषले एक-अर्कालाई याद गराइरहनु छ। शिवबाबाले ब्रह्माद्वारा यो पढाइरहनु भएको छ। शिवबाबाको रथको शृंगार गरिरहेका छौ त्यसले शिवबाबाको याद हुनु पर्छ। सारा दिन याद रहन त मुश्किल छ। त्यो अवस्था त अन्त्यमा नै हुनु छ। जबसम्म कर्मातीत अवस्था हुँदैन, शक्तिशालीसँग मायाले लडिरहन्छ। भनाइ पनि छ एक-अर्कालाई सावधान गरेर उन्नति गर। अफिसरहरूले पनि सहयोगीलाई भनिदिन्छन् हामीलाई यो कुरा याद दिलाऊ। तिमीले पनि एक-अर्कालाई याद गराऊ। लक्ष्य धेरै उच्च छ। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने पावन बन्छौ। यहाँ बाबाले कुनै नयाँ कुरा सुनाउनुहुन्न। तिमीले लाखौं करोडौं पटक यो ज्ञान सुनेका छौ, फेरि यो सुन्छौ। यसरी भन्नेवाला कुनै पनि सत्सङ्गमा हुँदैन हामीले कल्प-कल्प सुनेका छौं। अहिले सुनिरहेका छौं, फेरि सुन्छौं। कल्पकल्प सुन्दै आएका छौं, यस्तो कसैले भन्न सक्दैन। बाबा सम्झाउनु हुन्छ तिमीले आधाकल्प भक्ति गर्यौ। अहिले फेरि तिमीलाई ज्ञान मिलेको छ, जसबाट सद्गति हुन्छ। बाबालाई याद गर्यौ भने पाप काटिन्छ। यो त बुझ्नु पर्ने कुरा हो नि। पुरुषार्थ गर्नु छ। न्यायाधीश वा ठूलो मानिसको बच्चाले कुनै उल्टो काम गर्यो भने नाम बदनाम हुन्छ। यहाँ तिमी पनि बाबाका बनेका छौ। त्यसैले यस्तो कुनै कर्म गर्नु छैन, नत्र बाबाको निन्दा गराउँछौ। सद्गुरुको निंदक ठौर न पायें अर्थात् उच्च पद पाउन सक्दैन। ईश्वरको सन्तान भएर आसुरी कर्मबाट डराउनु पर्छ। श्रीमतमा चल्नु पर्ने हुन्छ। आफ्नो मतमा चल्यौ भने धोका खान्छौ, पद भ्रष्ट हुन्छ। सोध्न पनि सक्छौ हजुरको मतमा ठीकसँग चलिरहेको छु? बाबाको पहिलो मुख्य मत हो बाबालाई याद गर। कुनै विकर्म नगर। बाबा मैले कुनचाहिँ विकर्म गरेको छु, हजुरलाई केही थाहा छ भने बताइदिनुहोस्। थाहा भयो भने बताइदिउँला। तिमीबाट यो-यो भूल हुन्छ, जसलाई विकर्म भनिन्छ। सबैभन्दा ठूलो विकर्म हो काम विकारको, धेरै झगडा यसमा नै चल्छ। बच्चाहरूलाई हिम्मत आउनु पर्छ, विचार गर्नुपर्छ। कुमारीहरूको समूह हुनुपर्छ। हामीले विवाह गर्नु नै छैन। अहिले कल्पको संगमयुग हो, जसमा पुरुषोत्तम बन्नु छ। यी लक्ष्मी-नारायणलाई पुरुषोत्तम भनिन्छ। विकारीलाई कहाँ पुरुषोत्तम भनिन्छ। अब तिमी पुरुषोत्तम बनिरहेका छौ। सबैलाई हक छ बन्ने। पुरुषोत्तम महिनामा तिमीले कति सेवा गर्न सक्छौ। धेरै धूमधाम मच्चाउनु पर्छ। यो पुरुषोत्तम युग नै उत्तम युग हो, यतिबेला मनुष्य नर्कवासीबाट स्वर्गवासी बन्छन्। यो सामान्य कुरा हो। तिमी बच्चाहरूले राम्रोसँग सम्झाउनु छ। पुरुषोत्तम हुन्छन् सत्ययुगमा। कलियुगमा कुनै उत्तम पुरुष हुँदैन। यो हो नै पतित दुनियाँ। त्यहाँ त पवित्र नै पवित्र हुन्छन्। यो सबै कुरा बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ, अरूलाई सम्झाउनको लागि। मौका हेरेर सम्झाउनु पर्छ। तिमी यहाँ बसेका छौ, जानेका छौ हामीलाई निराकार बाबा परमपिता परमात्माले राजयोग सिकाइरहनु भएको छ, हामी विद्यार्थी हौं। यस पढाइबाट स्वर्गको देवी-देवता बनिरहेका छौं। सबै भन्दा ठूलो परीक्षा यो राजाई प्राप्त गर्ने परीक्षा हो, जसमा परमात्मा सिवाय कसैले पढाउन सक्दैन। बाबा स्वयं परोपकारी हुनुहुन्छ, स्वयं स्वर्गको मालिक बन्नुहुन्न। स्वर्गको राजकुमार श्रीकृष्ण नै बन्छन्। निष्काम सेवा बाबाले मात्रै गर्नुहुन्छ। भन्नुहुन्छ म राजा बन्दिनँ। तिमीलाई राजाहरूको राजा बनाउँछु। यो कुरा कसैको बुद्धिमा छैन। यस्ता धेरै छन्, हुन त यहाँ धनवान छन्, त्यहाँ गरिब बन्छन् र जो अहिले गरिब छन्, उनीहरू त्यहाँ धेरै धनवान बन्छन्। विश्वको मालिक बन्नु यो बेहदको कुरा हो नि। गायन पनि गरिएको छ म तिमीलाई राजाहरूको राजा बनाउँछु। स्वर्गको मालिक नै बनाउँछु। तिमीले जानेका छौ हामी स्वर्गको मालिक बनिरहेका छौं, त्यसैले कति नशा हुनुपर्छ। हामीलाई पढाउने त परमपिता परमात्मा हुनुहुन्छ। हामी अब नर्कवासीबाट स्वर्गवासी देवता बन्छौं, यति मात्रै याद रह्यो भने पनि यो याद रहनाले खुशीको पारा चढिरहन्छ। स्टुडेन्ट लाइफ इज द बेस्ट। पुरुषार्थ गरेर राजा रानी बन्नुपर्छ नि। यस्तो बताउनु हुँदैन हामी राजा बनेर फेरि प्रजा बन्छौं। यो बताउनु हुँदैन। सोध्नु छ के बन्न चाहन्छौ? सबैले भन्छन् हामी विश्वको मालिक बन्छौं। सो त भगवान बाबाले नै बनाउन सक्नुहुन्छ। भन्नुहुन्छ म एकलाई याद गर। तमोप्रधानबाट सतोप्रधान बन्छौ, कति सहज कुरा छ। कोही पनि बन्न सक्छ। जति नै गरिब होस्, यसमा पैसाको कुरा छैन। त्यसैले बाबालाई भनिन्छ गरिब निवाज।

बाबालाई याद गरेर पापको घडा खाली गर्नु छ, जति जसले मेहनत गर्छ, त्यति पाउँछ। सिँढीद्वारा हेर कति उच्च चढ्छन्। चढे तो चाखे राजाई रस, गिरे तो चकनाचूर। विकारमा गिर्यो, छोड्यो भने बाबा भन्नुहुन्छ एकदम तल गिर्न पुग्छ। सपूत बच्चाहरूले त पुरुषार्थ गरेर आफ्नो हीरा जस्तो जन्म बनाउँछन्। बच्चाहरूले धेरै पुरुषार्थ गर्नु छ। अहिले जसले गर्छ... सबैलाई भन्नुहुन्छ माता-पितालाई अनुसरण गर, आफू समान बनाऊ। जति-जति रहमदिल बन्छौ, त्यति तिमीलाई नै फाइदा छ। समय खेर फाल्नु छैन, अरूलाई युक्ति बताइरहनु छ। नत्र यति उच्च पद पाउन सक्दैनौ। अन्तिममा तिमीलाई धेरै साक्षात्कार हुन्छ, फेरि त्यतिबेला तिमीले केही गर्न सक्दैनौ। परीक्षामा फेल भयो भने भयो। यस्तो नहोस्, जसकारण अन्तिममा पछुताउनु परोस्। फेरि त पुरुषार्थ गर्न सक्दैनौ। त्यसैले जति आफ्नो र अरूको कल्याण गर्नु छ, त्यति गर। अन्धाहरूको लठ्ठी बन। कल्प-कल्पान्तर स्वर्गको स्थापना गरेका छौ, अवश्य गर्छौ। ड्रामामा निश्चित छ, अब जसले गर्छ, उसले पाउँछ। बाबाका प्यारा बच्चाहरू छिपेर रहन सक्दैनन्। रूप-वसन्तले जस्तै मानौं मुखबाट रत्न नै निकाल्छन्। कुरौटे बन्नु छैन, अरूको नोक्सान गर्नु छैन। तिमीले कुनै उल्टो-सुल्टो सुनाउँछौ भने सम्झ ऊ कुरौटे हो, त्यस्तासँग सम्हाल राख्नु छ। आफ्नो बेहदको वर्सा बाबासँग लिन पूरा तत्पर रहने गर। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कुनै पनि कुराको दुविधामा आउनु छैन। एक-अर्कालाई सावधान गरेर उन्नति गर्नु छ। पुरुषार्थ गरेर आफ्नो जीवन हीरा तुल्य बनाउनु छ।

२) आफ्नो मनमतमा नचलेर श्रीमतमा चल्नु छ। जसले उल्टो-सुल्टो कुरा सुनाउँछन्, उनीहरूसँग सावधान रहनु छ। आसुरी कर्मसँग डराउनु छ।

वरदान:
शक्तिशाली दर्पणद्वारा सबैलाई स्वयंको साक्षात्कार गराउने साक्षात्कारमूर्त भव

जसरी जोसुकै पनि दर्पणको अगाडि गयो भने उसलाई स्वयंको स्पष्ट साक्षात्कार हुन्छ। यदि दर्पण शक्तिशाली छैन भने वास्तविक रूपको सट्टा अर्को रूप देखिन्छ। हुन्छौ पातलो देखिन्छ मोटो। त्यसैले तिमी यस्तो शक्तिशाली दर्पण बन, ताकि सबैलाई स्वयंको साक्षात्कार गराऊ अर्थात् तिम्रो सामुन्ने आउने बित्तिकै देहलाई भुलेर आफ्नो देही रूपमा स्थित होऊन् वास्तविक सेवा यो हो, यसैबाट जय-जयकार हुन्छ।

स्लोगन:
शिक्षालाई स्वरूपमा ल्याउने आत्मा नै ज्ञानस्वरूप, प्रेम स्वरूप आत्मा हो।