07.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आत्म-अभिमानी भएर बस , मनमा घोटिराख म आत्मा हुँ.... देही-अभिमानी बन , सत्य चार्ट राख्यौ भने समझदार बन्दै जान्छौ , धेरै फाइदा हुन्छ।

प्रश्न:
बेहदको नाटकलाई बुझ्ने बच्चाहरूले कुन एक नियमलाई राम्रोसँग बुझेका हुन्छन्?

उत्तर:
यो अविनाशी नाटक हो, यसमा हरेक पार्टधारीलाई पार्ट खेल्न आफ्नो समयमा आउनै पर्छ। कसैले म सदा शान्तिधाममा नै बस्छु भन्छ भने, यस्तो नियम छैन। उसलाई त पार्टधारी नै भनिदैन। यो बेहदको कुरा बेहदको बाबाले नै तिमीलाई सुनाउनु हुन्छ।

ओम् शान्ति ।
आफूलाई आत्मा सम्झेर बस। देह-अभिमान छोडेर बस। बेहदको बाबाले बच्चाहरूलाई सम्झाइरहनु भएको छ। उनलाई सम्झाइन्छ, जो बेसमझ हुन्छन्। आत्माले सम्झन्छ बाबाले सत्य भन्नुहुन्छ म आत्मा बेसमझ बनेको छु। म आत्मा अविनाशी हुँ, शरीर विनाशी हो। म आत्म-अभिमान छोडेर देह-अभिमानमा फँसेको छु। त्यसैले बेसमझ भएँ नि। बाबा भन्नुहुन्छ सबै बच्चाहरू बेसमझ भएका छन्, देह-अभिमानमा आएर। फेरि तिमी बाबाद्वारा देही-अभिमानी बनेपछि बिल्कुल समझदार बन्छौ। कोही त समझदार बनेका छन्, कसैले पुरुषार्थ गरिरहन्छन्। आधाकल्प लाग्यो बेसमझ बन्नमा। यस अन्तिम जन्ममा फेरि समझदार बन्नु छ। आधाकल्पदेखि बेसमझ हुँदा-हुँदा १०० प्रतिशत बेसमझ बनेका छन्। देह-अभिमानमा आएर ड्रामा योजना अनुसार तिमी गिर्दै आएका छौ। अहिले तिमीलाई समझ मिलेको छ फेरि पनि पुरुषार्थ धेरै गर्नु छ किनकि बच्चाहरूमा दैवीगुण पनि हुनुपर्छ। बच्चाहरूले जानेका छन् हामी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण.... थियौं। फेरि यस समयमा निर्गुण बनेका छौं। कुनै पनि गुण बाँकी रहेको छैन। तिमी बच्चाहरू मध्ये पनि नम्बरवार पुरुषार्थ अनुसार यस खेललाई सम्झन्छौ। बुझ्न लागेको पनि कति वर्ष भयो। फेरि पनि जो नयाँ छन् उनीहरू राम्रा समझदार बन्दै जान्छन्। अरूलाई पनि बनाउने पुरुषार्थ गर्छन्। कोहीले त कत्ति पनि बुझेका छैनन्। बेसमझको बेसमझ नै छन्। बाबा आउनु भएको हो नै समझदार बनाउन। बच्चाहरूले सम्झन्छन् मायाको कारण हामी बेसमझ बनेका हौं। हामी पूज्य थियौं, त्यतिबेला समझदार थियौं फेरि हामी नै पुजारी बनेर बेसमझ बनेका हौं। आदि सनातन देवी-देवता धर्म प्राय: लोप भएको छ। यसको बारेमा दुनियाँमा कसैलाई थाहा छैन। यी लक्ष्मी-नारायण कति समझदार थिए, राज्य गर्थे। बाबा भन्नुहुन्छ तत् त्वम्। तिमीले पनि आफ्नो लागि त्यस्तै सम्झ। यी धेरै बुझ्नुपर्ने कुरा हुन्। बाबा सिवाय कसैले सम्झाउन सक्दैन। अहिले महसुस हुन्छ बाबा नै उच्च भन्दा उच्च समझदार भन्दा समझदार हुनुहुन्छ नि। एक त ज्ञानको सागर पनि हुनुहुन्छ, सर्वका सदगति दाता पनि हुनुहुन्छ, पतित-पावन पनि हुनुहुन्छ। एकको नै महिमा हो। यति उच्च भन्दा उच्च बाबा आएर प्यारा बच्चाहरू! भनेर कसरी राम्रोसँग सम्झाउनु हुन्छ। प्यारा बच्चाहरू! अब पावन बन्नु छ। यसको लागि बाबा एउटै दबाई दिनुहुन्छ, भन्नहुन्छ योगबाट तिमी भविष्य २१ जन्म निरोगी बन्छौ। तिम्रा सबै रोग, दु:ख समाप्त हुन्छन्। तिमी मुक्तिधाममा जान्छौ। अविनाशी सर्जनको पासमा एउटै दबाई छ। एउटै इन्जेक्शन आत्माहरूलाई लगाउनु हुन्छ। यस्तो होइन, कोही मनुष्यले बेरिस्टरी पनि गर्छन्, इन्जीनियरीङ्ग पनि गर्छन्। हरेक मानिस आफ्नो धन्दामा नै लाग्छन्। बाबालाई भन्छन् आएर पतितबाट पावन बनाउनुहोस् किनकि पतितपनामा दु:ख छ। शान्तिधामलाई पावन दुनियाँ भनिदैन। स्वर्गलाई नै पावन दुनियाँ भनिन्छ। यो पनि सम्झाइएको छ मनुष्य शान्ति र सुख चाहन्छन्। सच्चा-सच्चा शान्ति त त्यहाँ हुन्छ जहाँ शरीर हुँदैन, त्यसलाई भनिन्छ शान्तिधाम। धेरैले भन्छन् शान्तिधाममा बसौं, तर नियम छैन। त्यो त पार्टधारी भएन। बच्चाहरूले नाटकलाई पनि बुझेका छन्। जब कलाकारहरूको पार्ट हुन्छ तब बाहिर स्टेजमा आएर पार्ट खेल्छन्। यो बेहदको कुरा बेहदको बाबाले नै सम्झाउनु हुन्छ। ज्ञान सागर पनि उहाँलाई भनिन्छ। सर्वका सद्गति दाता, पतित-पावन हुनुहुन्छ। सबैलाई पावन बनाउने कुनै तत्त्व त हुन सक्दैन। पानी आदि सबै तत्त्व हुन्, त्यसले कसरी सद्गति गर्न सक्छ? आत्माले नै पार्ट खेल्छ। हठयोगको पार्ट पनि आत्माले खेल्छ। यो कुरा पनि जो समझदार छन् उनैले बुझ्न सक्छन्। बाबाले कति सम्झाउनु भएको छ कुनै यस्तो युक्ति रच जसबाट मनुष्यले बुझून् कसरी पूज्य सो फेरि पुजारी बन्छौं। पूज्य हुन्छन् नयाँ दुनियाँमा, पुजारी हुन्छन् पुरानो दुनियाँमा। पावनलाई पूज्य, पतितलाई पुजारी भनिन्छ। यहाँ त सबै पतित छन् किनकि विकारबाट पैदा हुन्छन्। त्यहाँ हुन्छन् श्रेष्ठ। गायन पनि छ सम्पूर्ण श्रेष्ठाचारी। अब तिमी बच्चाहरू यस्तो बन्नु छ। मेहनत छ। मुख्य कुरा हो यादको। सबैले भन्छन् यादमा रहन धेरै मुश्किल छ। हामी जति चाहन्छौं, त्यति यादमा रहन सक्दैनौं। कसैले सच्चाईसँग यदि चार्ट लेखे भने धेरै फाइदा हुन सक्छ। बाबाले बच्चाहरूलाई यो ज्ञान दिनुहुन्छ मनमनाभव। तिमीले अर्थ सहित भन्छौ, तिमीलाई बाबाले हरेक कुरा यथार्थ रीतिले अर्थ सहित सम्झाउनु हुन्छ। बाबासँग बच्चाहरूले कति प्रकारका प्रश्न सोध्छन्, बाबाले उनको मन जित्नको लागि केही भनिदिनुहुन्छ। तर बाबा भन्नुहुन्छ मेरो काम नै हो पतितबाट पावन बनाउने। मलाई त बोलाउँछन् नै त्यसैले। तिमीले जानेका छौ हामी आत्मा शरीर सहित पावन थियौं। अहिले उही आत्मा शरीर सहित पतित बनेको छ। ८४ जन्मको हिसाब हो नि।

तिमीले जानेका छौ अहिले यो दुनियाँ काँडाको जंगल बनेको छ। यी लक्ष्मी-नारायण त फूल हुन्। उनीहरूको अगाडि काँडा गएर भन्छन् तपाईं सर्वगुण सम्पन्न... हामी पापी, कपटी हौं। सबैभन्दा ठूलो काँडा हो काम विकारको। बाबा भन्नुहुन्छ यसलाई जितेर जगतजित बन। मनुष्यले भन्छन् भगवान कुनै न कुनै रूपमा आउनु हुन्छ, भागीरथमा विराजमान भएर आउनु हुन्छ। भगवानलाई आउनु नै छ पुरानो दुनियाँलाई नयाँ बनाउन। नयाँ दुनियाँलाई सतोप्रधान, पुरानोलाई तमोप्रधान भनिन्छ। अहिले यो पुरानो दुनियाँ हो त्यसैले अवश्य बाबा आउनै पर्छ। बाबालाई नै रचयिता भनिन्छ। तिमी बच्चाहरूलाई कति सहजै सम्झाउनु हुन्छ। कति खुसी हुनुपर्छ। बाँकी कसैको कर्मभोगको हिसाब-किताब छ, केही पनि छ भने त्यो त भोग्नु छ, यसमा बाबाले आशीर्वाद दिनुहुन्न। मलाई बोलाउँछन् नै बाबा आएर हामीलाई वर्सा दिनुहोस्। बाबासँग के वर्सा पाउन चाहन्छन्? मुक्ति-जीवनमुक्तिको। मुक्ति-जीवनमुक्तिको दाता एउटै ज्ञान सागर बाबा हुनुहुन्छ त्यसैले उहाँलाई ज्ञान दाता भनिन्छ। भगवानले ज्ञान दिनुभएको थियो तर कहिले दिनु भयो, कसले दिनु भयो, यो कसैलाई थाहा छैन। सारा अलमल यसमा छ। कसलाई ज्ञान दिनु भयो, यो पनि कसैलाई थाहा छैन। अहिले यी ब्रह्मा बसेका छन्, यिनलाई थाहा भयो म नै नारायण थिएँ फेरि ८४ जन्म भोगेँ। यी हुन् नम्बरवन। बाबाले बताउँछन् मेरो त आँखा नै खुल्यो। तिमीले पनि भन्छौ हाम्रो त आँखा नै खुल्यो। तेस्रो नेत्र त खुल्छ नि। तिमीले भन्छौ हामीलाई बाबाको, सृष्टि चक्रको पूरा ज्ञान मिल्यो। म जो हुँ, जस्तो हुँ मेरो आँखा खुल्यो। कति आश्चर्य छ। सबैभन्दा पहिला हामी आत्मा हौं तर हामीले आफूलाई देह मानेर बस्छौं। आत्माले भन्छ मैले एक शरीर छोडेर अर्को लिन्छु। फेरि पनि हामीले आफूलाई आत्मा हुँ भन्ने बिर्सेर देह-अभिमानी बन्छौं। त्यसैले अब तिमीलाई सबैभन्दा पहिला यो ज्ञान दिन्छु आफूलाई आत्मा सम्झेर बस। मनमा घोटिराख म आत्मा हुँ। आत्मा सम्झेनौ भने बाबालाई भुल्छौ। महसुस गर्छौ वास्तवमा हामी घरी-घरी देह-अभिमानमा आउँछौं। मेहनत गर्नु छ। यहाँ बसे तापनि आत्म-अभिमानी भएर बस। बाबा भन्नुहुन्छ म तिमी बच्चाहरूलाई राजाई दिन आएको छु। आधाकल्प तिमीले मलाई याद गरेका छौ। कुनै पनि कुरा सामुन्ने आउँछ भने भन्छन् हाय राम, तर ईश्वर वा राम को हुनुहुन्छ, यो कसैलाई थाहा छैन। तिमीले सिद्ध गर्नु छ ज्ञानको सागर, पतित-पावन, सर्वका सद्गति दाता, त्रिमूर्ति परमपिता परमात्मा शिव हुनुहुन्छ। ब्रह्मा-विष्णु-शंकर तीनैको जन्म सँगसँगै हुन्छ। केवल शिवजयन्ती होइन, त्रिमूर्ति शिव जयन्ती हो। अवश्य जब शिवको जयन्ती हुन्छ भने ब्रह्माको पनि जयन्ती हुनुपर्छ। शिवको जयन्ती मनाउँछन् तर ब्रह्माले के गरे! लौकिक, पारलौकिक र यी हुन् अलौकिक बाबा। यी हुन् प्रजापिता ब्रह्मा। बाबा भन्नुहुन्छ नयाँ दुनियाँको लागि यो नयाँ ज्ञान अहिले तिमीलाई मिल्छ फेरि प्राय: लोप हुन्छ। जसलाई आफ्नो बाबा रचयिता र रचनाको ज्ञान छैन भने अज्ञानी भए नि। अज्ञान निद्रामा सुतेका छन्। ज्ञानद्वारा हुन्छ दिन, भक्तिबाट हुन्छ रात। शिवरात्रिको अर्थ पनि जानेका छैनन् त्यसैले त्यस दिन बिदा दिँदैनन्।

अहिले तिमीले जानेका छौ बाबा आउनु हुन्छ नै सबैको ज्योति बाल्न। तिमीले यो बत्ती आदि बाल्यौ भने सम्झन्छन् यिनको कुनै महत्वपूर्ण दिन होला। अहिले तिमीले बाल्छौ अर्थ सहित। तिनीहरूले कहाँ सम्झन्छन् र। तिम्रो भाषणबाट पूरा बुझ्न सक्दैनन्। अहिले सारा विश्वमा रावणको राज्य छ, यहाँ त मनुष्य कति दु:खी छन्। रिद्धि-सिद्धि हुनेले पनि धेरै हैरान गर्छन्। अखबारहरूमा पनि छापिन्छ, उसमा प्रेतात्मा छ। धेरै दु:ख दिन्छ। बाबा भन्नुहुन्छ यी कुरासँग तिम्रो कुनै सम्बन्ध छैन। बाबा त सिधा कुरा बताउनु हुन्छ प्यारा बच्चाहरू! तिमीले मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। तिम्रो सबै दु:ख दूर हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यथार्थ रीतिले बाबालाई याद गर्ने वा आत्म-अभिमानी बन्ने मेहनत गर्नु छ, सच्चाइसँग आफ्नो चार्ट राख्नु छ, यसमा नै धेरै फाइदा छ।

२) सबैभन्दा ठूलो दु:ख दिने काँडा काम विकार हो। यसलाई योगबलद्वारा विजय प्राप्त गरेर पतितबाट पावन बन्नु छ, अरू कुनै पनि कुरासँग तिम्रो सम्बन्ध छैन।

वरदान:
विघ्न प्रुफ चम्किलो फरिश्ता ड्रेस धारण गर्नेवाला सदा विघ्न-विनाशक भव

स्वप्रति र सर्वप्रति सदा विघ्न विनाशक बन्नको लागि क्वेश्चन मार्कलाई बिदाई देऊ र फुल स्टपद्वारा सर्व शक्तिहरूको फुल स्टक जम्मा गर। सदा विघ्न प्रुफ चम्किलो फरिश्ता ड्रेस लगाऊ, माटोको ड्रेस नलगाऊ। साथ-साथै सर्व गुणहरूका गहनाबाट सजिएर रहनु छ। सदा अष्ट शक्ति शस्त्रधारी सम्पन्न मूर्ति बनेर रहनु छ र कमल पुष्पको आसनमा आफ्नो श्रेष्ठ जीवनको पाउ राख्नु छ।

स्लोगन:
अभ्यासमा पूरा-पूरा अटेन्शन दियौ भने फस्ट डिभिजनमा नम्बर आउँछ।


मातेश्वरीजीका अनमोल महावाक्य:

यो ईश्वरीय ज्ञान सर्व मनुष्य आत्माहरूका लागि हो

सबैभन्दा पहिला त आफूले एक मुख्य प्वाइन्टमा ध्यान दिनु पर्छ, जब यस मनुष्य सृष्टि वृक्षको बीज रूप परमात्मा हुनुहुन्छ, उहाँ परमात्माद्वारा जुन ज्ञान प्राप्त भइरहेको छ त्यो ज्ञान त सबै मनुष्यहरूको लागि आवश्यक छ। सबै धर्मावलम्बीहरूलाई यो ज्ञान लिने अधिकार छ। हुन त हरेक धर्मको ज्ञान आ-आफ्नो छ, हरेकको शास्त्र आ-आफ्नो छ, हरेकको मत आ-आफ्नो छ तर यो ज्ञान सबैको लागि हो। उनीहरूले यो ज्ञान लिन नसके पनि, हाम्रो घरानामा नआए पनि सबैका पिता भएको हुनाले उहाँसँग योग लगाउनाले फेरि पनि अवश्य पवित्र बन्छन्। यही पवित्रताका कारण आफ्नो सेक्शनमा पद अवश्य पाउँछन् किनकि योगलाई त सबै मनुष्यले मान्छन्, धेरै मनुष्यले यसो भन्छन् हामीलाई पनि मुक्ति चाहिन्छ, तर सजायँबाट छुटेर मुक्त हुने शक्ति पनि यसै योगबाट मिल्न सक्छ।

अजपाजप अर्थात् निरन्तर ईश्वरीय याद

यो जुन भनाई छ श्वास श्वासमा अजपाजप जपिराख, यसको अर्थ के हो? हामीले अजपाजप भन्छौं भने यसको अर्थ हो जप नगरी श्वास श्वासमा आफ्नो बुद्धियोग आफ्ना परमपिता परमात्मामा निरन्तर लगाउनु र यो ईश्वरीय याद श्वास श्वासमा कायम रहँदै आउँछ, यही निरन्तर ईश्वरीय यादलाई अजपाजप भनिन्छ। तर कुनै मुखद्वारा जाप जप्नु अर्थात् राम राम भन्नु, मनले कुनै मन्त्र उच्चारण गर्नु, यो त निरन्तर चल्न सक्दैन। उनीहरूले सम्झन्छन् हामीले मुखले मन्त्र उच्चारण गर्दैनौं तर दिलमा उच्चारण गर्नु, यो हो अजपाजप। तर यो त सहजै एक विचारको कुरा हो, जहाँ आफ्नो शब्द नै अजपाजप हो, जसलाई जप्न आवश्यक छैन। बसेर आन्तरिक रूपमा कुनै मूर्तिको ध्यान पनि गर्नु पर्दैन, न केही स्मरण गर्नु पर्छ किनकि उनीहरूले पनि निरन्तर खाने पिउने गर्न सक्दैनन् तर हामीले जुन ईश्वरीय सेवा गर्छौं, त्यो निरन्तर चल्न सक्छ किनकि यो धेरै सहज छ। जस्तै मानौं कुनै बच्चा छ जसले आफ्नो पितालाई याद गर्छ, त्यतिबेला पिताको फोटो सामुन्ने ल्याउनु पर्दैन तर मनसा वाचा कर्मणा बाबाको सारा कर्तव्य, क्रियाकलाप, गुणहरू सहित याद आउँछ। त्यो याद आएपछि बच्चाहरूको पनि कार्य चल्छ, अनि मात्र सन शोज फादर गर्न सक्छौं। हुन त हामीले पनि अरू सबैको याद मेटाएर, उहाँ एक सच्चा पारलौकिक परमपिता परमात्माको यादमा रहनु पर्छ। यसमा उठ्दा बस्दा, खाँदा पिउँदा निरन्तर यादमा रहन सकिन्छ। यस यादबाट नै कर्मातीत बनिन्छ। त्यसैले यस नेचुरल यादलाई नै अजपाजप भनिन्छ। अच्छा, ओम् शान्ति।