07.10.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे नराम्रो नसुन , एक बाबाको कुरा नै सुन्नु छ , गृहस्थ व्यवहारमा रहेर कमलफूल समान रहनु छ।

प्रश्न:
कुन खेललाई यथार्थ रीतिसँग जान्ने बच्चा कहिल्यै अन्योलमा पर्न सक्दैन?

उत्तर:
दु:ख र सुख, भक्ति र ज्ञानको जुन खेल चल्छ, यसलाई यथार्थ रीतिसँग जान्ने बच्चा कहिल्यै अन्योलमा पर्दैन। तिमीलाई थाहा छ भगवानले कसैलाई दु:ख दिनुहुन्न। उहाँ हुनुहुन्छ दु:ख हर्ता सुख कर्ता। सबै दु:खी भएपछि नै दु:खबाट छुटाउन उहाँ आउनु हुन्छ।

गीत:
यह कौन आज आया सबेरे-सबेरे....

ओम् शान्ति ।
बच्चाहरूले के सुन्यौ? भक्तिको गीत। भक्तिलाई अंग्रेजीमा फिलोसफी भनिन्छ। उपाधि पनि मिल्छ डक्टर अफ फिलोसफी। अब भक्ति त साना ठूला सबैले जानेका छन्। कसैलाई पनि सोध ईश्वर कहाँ रहनुहुन्छ? भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। यो पनि फिलोसफी भयो नि? अब शास्त्रहरूको कुनै पनि कुरा बाबाले सुनाउनु हुन्न। कुनै पनि भगतलाई ज्ञान सागर भनिँदैन। न उनीहरूमा ज्ञान छ, न ज्ञान सागरका बच्चा हुन्। ज्ञान सागर बाबालाई कसैले पनि जान्दैनन्, न आफूलाई बच्चा सम्झन्छन्। उनीहरू सबैले भक्ति गर्छन् भगवानसँग मिल्नको लागि। तर भगवानलाई चिनेकै छैनन् भने भक्तिबाट के फाइदा हुन्छ? धेरैलाई यो डक्टर अफ फिलोसफीको उपाधि मिल्छ। उनीहरूको बुद्धिमा त एउटै कुरा छ ईश्वर सर्वव्यापी हुनुहुन्छ। त्यसलाई फिलोसफी सम्झन्छन्, त्यसैले गिर्दै आएका छन्। यसैलाई भनिन्छ धर्मको ग्लानि। हामीले कुनै पनि मनुष्यसँग शास्त्रको वादविवाद गर्न सक्दैनौ। हामीले कुनै मनुष्यसँग पढेका होइनौं। अरू सबै मनुष्यले मनुष्यद्वारा पढेका हुन्छन्। वेद शास्त्र आदि सबै मनुष्यद्वारा नै पढ्छन्। बनाएका पनि मनुष्यहरूले नै हुन्। तिमीलाई त यो ज्ञान सुनाउने हुनुहुन्छ एउटै रुहानी पिता। उहाँ एकै पटक आएर सम्झाउनु हुन्छ। अब हामीलाई कुनै मनुष्यद्वारा केही पनि सिक्नु छैन। तिमीले अब रुहानी बाबाबाट ज्ञान नै सुन्नु छ। सुन्नेवाला हौ रुहानी बच्चा, आत्माहरू। त्यो ज्ञान सबै मनुष्यले मनुष्यलाई सुनाउँछन्। यो हो रुहानी पिताको ज्ञान। त्यो हो मनुष्यहरूको ज्ञान। यी बाबा पनि मनुष्य हुन् नि। भन, रुहानी पिताले यिनीद्वारा सुनाउनु हुन्छ। हामी आत्माहरूले सुन्छौं। हामी आत्माले फेरि शरीरद्वारा अरूलाई सुनाउँछौं। यो हो रुहानी ज्ञान। बाँकी सबै हुन् जिस्मानी ज्ञान। भक्तिमा शरीरको पूजा गर्छन्। बाबा भन्नुहुन्छ तिमीले आफूलाई मनुष्य वा भगत नसम्झ। आफूलाई आत्मा सम्झिएर म बाबालाई याद गर। तिमी आत्माहरू भाइ-भाइ हौ। गायन पनि गरिएको छ आत्मा-परमात्मा अलग रहे बहुकाल....। हामीले कुनै पनि मनुष्यसँग ज्ञान सुन्नु छैन। कसैले प्रश्न सोध्यो भने भन हाम्रो ज्ञान कुनै शास्त्रको होइन। हामीले त्यसलाई फिलोसफी भन्छौं अर्थात् भक्ति मार्गको ज्ञान। सद्गति दिने ज्ञान केवल एक बाबाले नै दिनुहुन्छ। सर्वका सद्गतिदाता एकलाई नै गायन गरिएको छ। त्यसैले तिमी बच्चाहरूले कसैसँग वादविवाद गर्नु छैन।

बाबा भन्नुहुन्छ ज्ञानको अथोरिटी, ज्ञानसागर म हुँ। मैले तिमीलाई कुनै शास्त्र आदि सुनाउँदिन। हाम्रो यो हो रुहानी ज्ञान। बाँकी सबै हुन् जिस्मानी ज्ञान। ती सत्सङ्ग आदि सबै हुन् भक्ति मार्गको लागि। यहाँ आत्माका पिता बसेर आत्माहरूलाई सम्झाउनु हुन्छ, त्यसैले देही-अभिमानी बन्न बच्चाहरूलाई मेहनत लाग्छ। हामी आत्माहरूले बाबासँग वर्सा लिन्छौं। बाबाका बच्चाहरू अवश्य बाबाको गद्दीका हकदार हुन्छन् नि। लक्ष्मी-नारायण पनि देहधारी हुन्। उनका बच्चाहरूले जिस्मानी पिताबाट वर्सा पाउँछन्। यो कुरा नै बेग्लै छ। सत्ययुगमा पनि जिस्मानी कुरा हुन्छ। त्यहाँ यो भनिँदैन रुहानी पिताबाट वर्सा मिल्छ। देह-अभिमानलाई तोड्नु छ। हामी आत्मा हौं र बाबालाई याद गर्नु छ। यसलाई नै भारतवर्षको प्राचीन योग भनेर गायन गरिएको छ। याद शब्द हिन्दी (नेपाली) हो। यो ज्ञान अहिले तिमीलाई कसले दिएको छ? यो कुनै मनुष्यले जान्दैन। जन्म-जन्मान्तर मनुष्यले मनुष्यसँग कुरा गर्दै आएका छन्। अहिले रुहानी पिताले रुहानी बच्चाहरूसँग कुरा गर्नुहुन्छ। परमात्माले सुनाउनु हुन्छ त्यसैले यसलाई रुहानी आध्यात्मिक ज्ञान भनिन्छ। गीतालाई पनि उनीहरूले आध्यात्मिक ज्ञान सम्झन्छन्, तर त्यसमा नाम कृष्ण अर्थात् देहधारीको राखिदिएका छन्। बाबा भन्नुहुन्छ कुनै पनि मनुष्यमा यो ज्ञान हुन सक्दैन। कहिल्यै पनि कसैले तिमीसँग वादविवाद गर्यो भने भन यो हो भक्तिको ज्ञान। मनुष्यद्वारा बनाइएका शास्त्रहरूको ज्ञान। सत्य ज्ञान त एक ज्ञानसागर बाबासँग मात्र छ, उहाँ स्वयंले ज्ञान दिइरहनु भएको छ। उहाँलाई परमपिता भनिन्छ। पूजा पनि उहाँ निराकारको हुन्छ। यदि अरू निराकारीहरूको पूजा हुन्छ भने उनीहरू पनि उहाँका बच्चाहरू नै हुन्। माटोका शालिग्राम बनाएर पूजा गर्छन्। रूद्र यज्ञ रच्छन्। तिमीले जानेका छौ उहाँ परमपिता परमात्मा निराकारी दुनियाँमा रहनुहुन्छ। हामी आत्माहरू पनि त्यहाँ रहन्छौं। उहाँ ज्ञानको सागर आएर ज्ञान सुनाएर सबैको सद्गति गर्नुहुन्छ। उहाँ हुनुहुन्छ पर भन्दा पर रहने परमपिता परमात्मा। सबै आत्मा भाइहरूलाई पार्ट मिलेको छ, जसले फेरि शरीर धारण गरेर भाइ-बहिनी बन्छन्। आत्मा सबै एक बाबाका बच्चा हुन्। आत्माले शरीर धारण गरेपछि मात्र स्वर्गमा सुख नर्कमा दु:ख पाउँछ। यस्तो किन हुन्छ? सम्झाइन्छ ज्ञान र भक्ति। त्यो हो दिन, त्यो हो रात। ज्ञानद्वारा सुख, भक्तिद्वारा दु:ख, यस्तो खेल बनेको छ। यस्तो होइन दु:ख सुख सबै भगवानले नै रच्नुहुन्छ। भगवानलाई बोलाउँछन् नै तब, जब दु:खी हुन्छन्। सम्झन्छन् पनि उहाँ सुख दिनेवाला हुनुहुन्छ। फेरि जब सुखको समय पूरा हुन्छ अनि फेरि रावण ५ विकारका कारण दु:ख सुरू हुन्छ। यही खेल हो, जसलाई यथार्थ रीतिले बुझ्नु छ। यसलाई नै रुहानी ज्ञान भनिन्छ। बाँकी हुन् सबै जिस्मानी ज्ञान, जसलाई हामीले सुन्न चाहँदैनौं। हामीलाई हुकुम मिलेको छ केवल म निराकार बाबाबाट नै ज्ञान सुन। बाबा भन्नुहुन्छ नराम्रो नसुन.... हामीले एक भगवानसँग सुन्छौं। अरूले मनुष्यसँग सुन्छन्। रात-दिनको फरक छ। ठूला-ठूला विद्वानले शास्त्र आदि पढ्छन्। त्यो त हामीले पनि धेरै पढ्यौं। अब भगवानले भन्नुहुन्छ तिमीले धेरै गुरु बनायौ, अब तिनलाई छोड, मैले जे सुनाउँछु, त्यो सुन। भगवान हुनुहुन्छ नै निराकार, उहाँको नाम हो शिव। अहिले हामीले उहाँद्वारा ज्ञान सुनिरहेका छौं। बाबाले स्वयं आफ्नो परिचय र आफ्नो रचनाको आदि, मध्य, अन्त्यको परिचय दिनुहुन्छ। फेरि हामीले तपार्इंसँग शास्त्र आदिको कुरा किन सुनौं! हामीले तपाईंलाई रुहानी ज्ञान सुनाउँछौं। सुन्ने भए सुन्नुहोस्। अन्योलमा पर्नु पर्ने त कुनै कुरा छैन। सारा दुनियाँ छ एकातिर, अर्कोतिर तिमी कति थोरै छौ। अहिले बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने तिमीमाथि जुन पापको बोझ छ, त्यो उत्रिन्छ र तिमी पवित्र बन्छौ। जो पवित्र बन्छ, उ नै पवित्र दुनियाँको मालिक बन्छ। अब पुरानो दुनियाँ परिवर्तन हुनु छ। कलियुगपछि सत्ययुग आउनु छ। सत्ययुग हो पावन दुनियाँ। कलियुगमा नै मलाई बोलाउँछन् भन्छन्, आएर पावन दुनियाँ बनाउनुहोस्। त्यसैले म अहिले आएको छु, म एकलाई याद गर। अब दुनियाँ परिवर्तन भइरहेको छ। यो अन्तिम जन्म हो। यो पुरानो दुनियाँमा आसुरी राज्य खतम भएर रामराज्य स्थापना भइरहेको छ। त्यसैले अब यो अन्तिम जन्म गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बन। यो विषय सागर हो नि। कमल फूल पानी माथि रहन्छ। अब तिमी गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बन। तिमी बच्चाहरूले जानेका छौ हामीले राजाई स्थापना गरिरहेका छौं। अब सारा दुनियाँ परिवर्तन हुन्छ। ती धर्म स्थापकले केवल आ-आफ्नो धर्म स्थापना गर्छन्। पहिला ती पावन हुन्छन् फेरि पतित बन्छन्। सद्गुरु त एक मात्र सद्गतिदाता हुनुहुन्छ। जब सद्गतिमा जान चाहन्छन् अनि मनुष्यले गुरु बनाउँछन्। जब पाप धेरै हुन्छ, अनि रुहानी बाबाले ज्ञान सुनाउनु हुन्छ। भक्तिको फल ज्ञान तिमीलाई भगवानसँग मिल्छ। भगवानले कुनै भक्ति सिकाउनुहुन्न। उहाँले त ज्ञान दिनुहुन्छ। भन्नुहुन्छ म एकलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। पावन बन्ने अरू कुनै बाटो छैन। नयाँ दुनियाँमा सबै स्वर्गवासी थिए। अहिले पुरानो दुनियाँमा सबै नर्कवासी छन्। त्यसैले बाबा भन्नुहुन्छ म सबैको उद्धार गर्न आउँछु। म नै आएर रुहानी ज्ञान दिन्छु। बाबाले आफ्नो परिचय दिइरहनु भएको छ। म तिम्रो पिता हुँ। अहिले यो हो नर्क। नयाँ दुनियाँलाई स्वर्ग भनिन्छ। यस्तो कसरी भन्न सकिन्छ यहाँ नै स्वर्ग, नर्क छ? जोसँग धेरै धन छ, ऊ स्वर्गमा छ। स्वर्ग त हुन्छ नै नयाँ दुनियाँमा। यहाँ स्वर्ग कहाँबाट आयो? त्यसैले हामीले कुनै मनुष्यको कुरा सुन्दैनौ। बाबा भन्नुहुन्छ तिमी तमोप्रधानबाट सतोप्रधान बन्नु छ भने म एकलाई याद गर। सारा दिन यो ज्ञान बुद्धिमा रहनु पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक बाबासँग नै रुहानी कुरा सुन्नु छ। कसैसँग वाद-विवाद गर्नु छैन।

२) देही-अभिमानी बन्ने मेहनत गर्नु छ। सतोप्रधान बन्नको लागि एक बाबाको यादमा रहनु छ।

वरदान:
बाबाको हात र साथको स्मृतिद्वारा मुश्किललाई सहज बनाउने बेफिक्र वा निश्चिन्त भव

जसरी कुनै ठूलो व्यक्तिको हातमा हात भयो भने स्थिति बेफिक्र वा निश्चिन्त रहन्छ। यसैगरी हर कर्ममा यही सम्झनु पर्छ बापदादा मेरो साथमा पनि हुनुहुन्छ र मेरो यस अलौकिक जीवनको हात उहाँको हातमा छ अर्थात् जीवन उहाँमा नै समर्पित छ। त्यसैले जिम्मेवारी पनि उहाँकै हुन जान्छ। सबै बोझ बाबामाथि राखेर आफूलाई हल्का गर। बोझ उतार्ने वा मुश्किललाई सहज गर्ने साधन हो बाबाको हात र साथ।

स्लोगन:
पुरुषार्थमा सच्चाई भयो भने बापदादाको मदतको अनुभव गर्छौ।


मातेश्वरीजीका अनमोल महावाक्य:
१) ज्ञान , योग एवं दैवी गुणहरूको धारणा जीवनको आधार हो

यो कुरा त तिमीलाई निश्चय छ परमपिता परमात्माद्वारा हामीलाई यो ज्ञान मिलिरहेको छ, यस ज्ञानमा मुख्य तीन प्वाइन्ट छन्, जसको लागि तिमीले पुरुषार्थ गर्ने कुरामा ध्यान दिनु पर्छ। यसमा पहिला हो योगको अथवा निरन्तर ईश्वरीय याद, जसबाट विकर्मको विनाश हुन्छ। अर्को हो ज्ञान अर्थात् यस सारा ब्रह्माण्ड, सृष्टिको आदि, मध्य, अन्त्य कसरी हुन सक्छ, जीवनमा यो ज्ञान भएपछि मात्र लाइफमा चेन्ज आउन सक्छ र हामीले भविष्यको प्रारब्ध राम्रो बनाउन सक्छौं। तेस्रो प्वाइन्ट हो क्वालिफिकेशन अर्थात् योग्यता त हामीले सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण अवश्य बननु छ अनि मात्र देवता बन्न सक्छौं। त्यसैले हिँड्दा डुल्दा, खाँदा पिउँदा, यी तीन प्वाइन्टमा ध्यान दिन आवश्यक छ। यसै एक जन्ममा ज्ञान बल, योग बल र दैवी गुणको धारणा हुन्छ। तीनै कुराको आपसमा कनेक्शन छ ज्ञान बिना योग लाग्न सक्दैन र योग बिना दैवी गुणहरूको धारणा हुँदैन, यी तीनै प्वाइन्टमा नै सारा जीवन आधारित छ, अनि मात्रै विकर्मको खाता समाप्त भएर राम्रो कर्म हुन्छ। यसैलाई ईश्वरीय जीवन भनिन्छ।

२) भारतखण्डको प्राचीन योग परमात्माद्वारा सिकाइएको हो

तिम्रो यो ईश्वरीय योग भारतखण्डमा प्राचीन योगको नामबाट प्रख्यात छ। यस योगलाई अविनाशी योग किन भनिन्छ? किनकि अविनाशी परमपिता परमात्माद्वारा सिकाइएको हो। हुन त योग अरू मनुष्य आत्माहरूले पनि सिकाउँछन् त्यसैले योगाश्रम आदि खोलिरहन्छन्। तर त्यो प्राचीन योग सिकाउन सक्दैनन्। यदि यस्तो हुने हो भने फेरि ती योगहरूमा त्यो शक्ति कहाँ छ ! विश्व त दिन प्रतिदिन निर्बल हुँदै गएको छ। यसबाट सिद्ध हुन्छ त्यो योग अविनाशी योग होइन। जोसँग योग लगाउनु पर्छ, स्वयं उहाँले मात्र सिकाउन सक्नुहुन्छ। बाँकी अरूसँग त योग लगाउनु नै छैन। उनले सिकाउँछन् कसरी? यो कार्य त स्वयं परमात्माले नै गर्न सक्नुहुन्छ। उहाँले नै हामीलाई पूरा भेद बताउन सक्नुहुन्छ। अरू सबैले त सबैतिर भनिरहन्छन् हामीले योग सिकाउँछौं। यो कुरा त हामीले नै जान्दछौं सच्चा योग त स्वयं परमात्माले नै सिकाएर सूर्यवंशी चन्द्रवंशी घराना वा दैवी राज्य स्थापना गर्नुहुन्छ। त्यो प्राचीन योग परमात्मा आएर कल्प कल्प आएर हामीलाई सिकाउनुहुन्छ। उहाँले भन्नुहुन्छ हे आत्माहरू म परमात्मासँग निरन्तर योग लगायौ भने तिम्रो पाप नष्ट हुन्छ। अच्छा। ओम् शान्ति।