07.11.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सबैलाई यो खुसी को खबर सुनाऊ , अब दैवी राज्य स्थापना भइरहेको छ। जब निर्विकारी दुनियाँ हुन्छ तब बाँकी सबै विनाश हुन्छ।

प्रश्न:
रावणको श्राप कहिले मिल्छ, श्रापित हुनुको निशानी के हो?

उत्तर:
जब तिमी देह-अभिमानी बन्छौ तब रावणको श्राप मिल्छ। श्रापित आत्माहरू कंगाल, विकारी बन्छन्, तल उत्रिदै जान्छन्। अब बाबाबाट वर्सा लिनको लागि देही-अभिमानी बन्नु छ। आफ्नो दृष्टि-वृत्तिलाई पावन बनाउनु छ।

ओम् शान्ति ।
रूहानी बाबाले बसेर रूहानी बच्चाहरूलाई ८४ जन्मको कहानी सुनाउनु हुन्छ। यो त बुझेका छौ सबैले त ८४ जन्म लिँदैनन्। तिमी नै सबैभन्दा पहिला सत्ययुगको आदिमा पूज्य देवी-देवता थियौ। यहाँ पहिला पूज्य देवी-देवता धर्मको नै राज्य थियो। लक्ष्मी-नारायणको राज्यमा अवश्य राजघराना थियो। राजाई घरानाका मित्र-सम्बन्धी पनि थिए। प्रजा पनि थिए। यो मानौं एक कहानी हो। ५ हजार वर्ष पहिला पनि यिनको राज्य थियो यो स्मृतिमा ल्याउनु छ। यहाँ आदि सनातन देवी-देवता धर्मको राज्य थियो। यो बेहदका बाबाले बसेर सम्झाउनु हुन्छ, जसलाई नै ज्ञानका सागर भनिन्छ। ज्ञान कुन कुराको? मनुष्यले सम्झन्छन् उहाँले सबैको मनलाई, कर्म विकर्मलाई जान्नुहुन्छ। तर अहिले बाबाले सम्झाउनु हुन्छ हरेक आत्मालाई आ-आफ्नो पार्ट मिलेको छ। सबै आत्माहरू आफ्नै परमधाममा रहन्छन्। आत्मामा सारा पार्ट भरिएको छ। कर्म क्षेत्रमा गएर आफ्नो पार्ट खेल्न तयार भएर बसेका छन्। यो पनि तिमीलाई थाहा छ हामी आत्माले सबै कुरा गर्छौं। आत्माले नै भन्छ यो अमिलो छ, यो नुनिलो छ। आत्माले नै जान्दछ हामी अहिले विकारी, पाप आत्मा हौं। आसुरी स्वभाव छ। आत्माले नै यहाँ कर्म क्षेत्रमा शरीर लिएर सारा पार्ट खेल्छ। त्यसैले यो निश्चय गर्नुपर्छ नि! हामी आत्माहरूले नै सबैथोक गर्छौं। अहिले बाबासँग मिलेका छौं फेरि ५ हजार वर्षपछि मिल्छौं। यो पनि जानेका छौ पूज्य र पुजारी, पावन र पतित बन्दै आयौं। जब पूज्य हुन्छन् तब पतित कोही पनि हुन सक्दैन। जब पुजारी हुन्छन् तब पूज्य कोही पनि हुन सक्दैन। सत्ययुगमा हुन्छन् नै पावन, पूज्य। जब द्वापरबाट रावण राज्य सुरु हुन्छ तब सबै पतित पुजारी बन्छन्। शिवबाबा भन्नुहुन्छ हेर, शंकराचार्य पनि मेरो पुजारी हुन्। मलाई पुज्छन् नि। शिवको चित्र कसैसँग हीराको, कसैसँग सुनको, कसैसँग चाँदीको हुन्छ। अब जसले पूजा गर्छ त्यस पुजारीलाई पूज्य त भन्न सकिँदैन। सारा दुनियाँमा यस समयमा पूज्य एउटा पनि हुन सक्दैन। पूज्य पवित्र हुन्छन् फेरि अपवित्र बन्छन्। पवित्र हुन्छन् नयाँ दुनियाँमा। पवित्र नै पुजिन्छन्। जस्तै, कुमारी जब पवित्र हुन्छन्, पूजा गर्न लायक हुन्छन्। अपवित्र बनेपछि फेरि सबैको अगाडि शिर झुकाउनु पर्छ। पूजाको कति सामग्री छन्। जहाँ प्रदर्शनी, म्युजियम आदि खोल्छौ, माथि त्रिमूर्ति शिव अवश्य हुनुपर्छ। तल यी लक्ष्मी-नारायण, लक्ष्य-उद्देश्य। हामीले यो पूज्य देवी-देवता धर्मको स्थापना गरिरहेका छौं। त्यहाँ फेरि अरू कुनै धर्म हुँदैन। तिमीले सम्झाउन सक्छौ, प्रदर्शनीमा त भाषण आदि गर्न सक्दैनौ। सम्झाउनको लागि फेरि अलग प्रबन्ध हुनुपर्छ। मुख्य कुरा नै यो हो हामीले सबैलाई खुसीको खबर सुनाउँछौं। हामीले यो राज्य स्थापना गरिरहेका छौं। यो दैवी राज्य थियो, अहिले छैन फेरि यसको स्थापना हुन्छ, अरू सबै विनाश हुन्छ। सत्ययुगमा जब यो एक धर्म थियो त्यतिबेला अनेक धर्म थिएनन्। अब यी अनेक धर्म मिलेर एक हुन् यो त हुन सक्दैन। ती आउँछन् नै पछि, वृद्धि हुँदै जान्छ। पहिलो आदि सनातन देवी-देवता धर्म प्राय: लोप भएको छ। कोही पनि छैन जसले आफूलाई देवी-देवता धर्मको भन्न सकोस्। यसलाई नै भनिन्छ विकारी दुनियाँ। तिमीले भन्न सक्छौ हामीले तपाईंहरूलाई खुसीको खबर सुनाउँछौं। शिवबाबाले निर्विकारी दुनियाँको स्थापना गरिरहनु भएको छ। हामी प्रजापिता ब्रह्माका सन्तान ब्रह्माकुमार-ब्रह्माकुमारी हौं। सबैभन्दा पहिला त हामी भाइ-भाइ हौं फेरि रचना भएपछि अवश्य भाइ-बहिनी हुन्छौं। सबैले भन्छन् बाबा हामी हजुरका बच्चा हौं। भाइ-बहिनीको विकारी दृष्टि हुन सक्दैन। यो अन्तिम जन्म पवित्र बन्नु छ, तब नै पवित्र विश्वको मालिक बन्न सक्छौं। तिमीलाई थाहा छ गति-सदगतिदाता हुनुहुन्छ नै एक बाबा। पुरानो दुनियाँ बदलिएर अवश्य नयाँ दुनियाँको स्थापना हुनु छ। त्यो त भगवानले नै गर्नुहुन्छ। अब उहाँले नयाँ दुनियाँ कसरी रच्नुहुन्छ, यो तिमी बच्चाहरूले नै जानेका छौ। अहिले दुनियाँ पुरानो पनि छ, योकुनै खतम भएको छैन। चित्रमा पनि छ ब्रह्माद्वारा स्थापना। यिनको यो धेरै जन्मको अन्तिम जन्म हो। ब्रह्माको जोडी छैन, ब्रह्माको त एडप्सन हुन्छ। सम्झाउने धेरै युक्ति चाहिन्छ। शिवबाबा ब्रह्मामा प्रवेश गरेर हामीलाई आफ्नो बनाउनु हुन्छ। शरीरमा प्रवेश गर्नुहुन्छ तब त भन्नुहुन्छ हे आत्माहरू, तिमीहरू मेरा सन्तान हौ। आत्माहरू त छन् नै फेरि ब्रह्माद्वारा सृष्टि रचिन्छ। अवश्य ब्रह्माकुमार-ब्रह्माकुमारी हुन्छन् नि, त्यसैले बहिनी-भाइ भए। अन्य दृष्टि परिवर्तन हुन्छ। हामी शिवबाबासँग पावन बन्ने वर्सा लिन्छौं। रावणबाट हामीलाई श्राप मिल्छ। अहिले हामी देही-अभिमानी बन्छौं त्यसैले बाबाबाट वर्सा मिल्छ। देह-अभिमानी बन्नाले रावणको श्राप मिल्छ। श्राप मिल्नाले तल उत्रिदै जान्छौं। अहिले सारा दुनियाँ श्रापित छ नि। दुनियाँलाई यति कंगाल, विकारी कसले बनायो? कसैको त श्राप पर्यो नि। यो हो रावण रूपी मायाको श्राप। हरेक वर्ष रावणलाई जलाउँछन् त्यसैले अवश्य दुस्मन भयो नि। धर्ममा नै तागत हुन्छ। अहिले हामी देवी-देवता धर्मका बन्छौं। बाबा नयाँ धर्मको स्थापना गर्न निमित्त हुनुहुन्छ। कति शक्तिशाली धर्मको स्थापना गर्नुहुन्छ। हामीले बाबाबाट तागत लिन्छौं, सारा विश्वमा विजय पाउँछौं। यादको यात्राबाट नै तागत मिल्छ र विकर्म विनाश हुन्छ। त्यसैले यो पनि एक आकर्षण लेखिदिनुपर्छ। हामीले खुसीको खबरी सुनाउँछौं। अब यस धर्मको स्थापना भइरहेको छ जसलाई नै स्वर्ग भनिन्छ। यसरी ठूला-ठूला अक्षरमा लेख। बाबाले राय दिनुहुन्छ सबैभन्दा मुख्य यो हो। अहिले आदि सनातन देवी-देवता धर्मको स्थापना भइरहेको छ। प्रजापिता ब्रह्मा पनि बसेका छन्। हामी प्रजापिता ब्रह्माकुमार, ब्रह्माकुमारीहरूले श्रीमतमा यो कार्य गरिरहेका छौं। ब्रह्माको मत होइन, श्रीमत हो नै परमपिता परमात्मा शिवको, जो सबैका पिता हुनुहुन्छ। बाबाले नै एक धर्मको स्थापना, अनेक धर्मको विनाश गर्नुहुन्छ। राजयोग सिकेर यो बन्न सकिन्छ। हामी पनि यो बनिरहेका छौं। हामीले बेहदको संन्यास गरेका छौं किनकि जानेका छौं यो पुरानो दुनियाँ भस्म हुनु छ। जसरी हदको बाबाले नयाँ घर बनाउनु हुन्छ फेरि पुरानोबाट ममत्व मेटिन्छ। बाबा भन्नुहुन्छ यो पुरानो दुनियाँ खतम हुनु छ। अब तिम्रो लागि नयाँ दुनियाँको स्थापना गरिरहनु भएको छ। तिमीले पढ्छौ नै नयाँ दुनियाँको लागि। अनेक धर्मको विनाश, एक धर्मको स्थापना संगममा नै हुन्छ। लडाई लाग्छ, प्राकृतिक प्रकोप पनि हुन्छ। सत्ययुगमा जब यिनको राज्य थियो तब अरू कुनै धर्म थिएन। बाँकी सबै कहाँ थिए? यो ज्ञान बुद्धिमा राख्नु छ। यस्तो होइन, यो ज्ञान बुद्धिमा राख्दा अरू काम गरिदैन, कति ख्याल राख्नुपर्छ। चिठी लेख्दा, पढ्दा, घरको ख्याल गर्दा पनि बाबालाई याद गर्छु। बाबालाई याद गरिनँ भने विकर्म कसरी विनाश हुन्छ।

अहिले तिमी बच्चाहरूलाई ज्ञान मिलेको छ, तिमी आधा कल्पको लागि पूज्य बनिरहेका छौ। आधाकल्प हुन्छौ पुजारी तमोप्रधान, फेरि आधाकल्प पूज्य सतोप्रधान हुन्छौ। आत्मा परमपिता परमात्मासँग योग लगाउनाले नै पारस बन्छ। याद गर्दै गर्दै आइरन एजबाट गोल्डन एजमा जान्छ। पतित-पावन एकलाई नै भनिन्छ। पछि गएर तिम्रो आवाज प्रत्यक्ष हुन्छ। यो त सबै धर्मको लागि हो। तिमीले भन्छौ पनि, बाबा भन्नुहुन्छ पतित-पावन म नै हुँ। मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। बाँकी सबै हिसाब-किताब चुक्ता गरेर जान्छन्। कतै अलमलियौ भने सोध्न सक्छौ। सत्ययुगमा हुन्छन् नै थोरै। अहिले त अनेक धर्म छन्। अवश्य हिसाब-किताब चुक्ता गरेर फेरि यस्तो बन्छौं, जस्तो पहिला थियौं। विस्तारमा किन जाने? जानेका छौं हरेकले आ-आफ्नो आएर पार्ट खेल्छन्। अब सबै फर्केर जानु छ किनकि यी सबै सत्ययुगमा छँदै थिएनन्। बाबा आउनु हुन्छ नै एक धर्मको स्थापना र अनेक धर्महरूको विनाश गर्न। अहिले नयाँ दुनियाँको स्थापना भइरहेको छ। फेरि सत्ययुग अवश्य आउँछ, चक्र अवश्य दोहोरिन्छ। अति ख्यालमा नजाऊ मुख्य कुरा हो हामी सतोप्रधान बन्छौं भने उच्च पद पाउँछौं। कुमारीहरूलाई त यसमा लागिहाल्नु छ, कुमारीहरूको कमाई माता-पिताले खाँदैनन्। तर आजकल गरिब भएका छन् त्यसैले कुमारीहरूले पनि कमाउनु पर्छ। तिमीले बुझेका छौ अब पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्नु छ। हामी राजयोगी हौं। बाबाबाट वर्सा अवश्य लिनु छ।

अहिले तिमी पाण्डव सेनाको बनेका छौ। आफ्नो सर्भिस गर्दै गर्दै पनि यो ख्याल राख्नु छ गएर सबैलाई मार्ग बताऊँ। जति गर्छौं त्यति उच्च पद पाउँछौ। बाबासँग सोध्न सक्छौ यस हालतमा मरेँ भने मलाई के पद मिल्छ? बाबाले तुरुन्त बताइदिनुहुन्छ। सेवा गर्दैनौ त्यसैले साधारण घरमा जन्म लिन्छौ फेरि आएर ज्ञान लिनु यो त मुश्किल हुन्छ किनकि सानो बच्चाले त्यति ज्ञान धारण गर्न सक्दैन। मानौं २-३ वर्ष रह्यौ भने के पढ्न सक्छौ? बाबाले बताइदिनु हुन्छ तिमीले कुनै क्षत्रिय कुलमा जन्म लिन्छौ। पछि गएर हुन सक्छ डबल ताज मिल्छ। स्वर्गको पूरा सुख लिन सक्दैनौ। जसले पूरा सेवा गर्छ, पढ्छ उसैले पूरा सुख पाउँछ। नम्बरवार पुरुषार्थ अनुसार। यो नै फिक्री राख्नु छ अहिले बनिनँ भने कल्प-कल्प बन्दिनँ। हरेकले आफैंलाई जान्न सक्छौ म कति नम्बर ल्याएर पास हुन्छु? सबैले जानेका छन् फेरि भनिन्छ भावी। भित्र दु:ख हुन्छ नि। बस्दा-बस्दै मलाई के भयो! बस्दा-बस्दै मनुष्य मरि पनि हाल्छन् त्यसैले बाबा भन्नुहुन्छ अल्छी नगर। पुरुषार्थ गरेर पतितबाट पावन बन्दै जाऊ, मार्ग बताउँदै गर। कोही पनि मित्र सम्बन्धी आदि छन् भने उनीहरूमाथि दया आउनु पर्छ। उनीहरू विकार बिना, तामसिक भोजन नखाई रहन सक्दैनन्, तैपनि सम्झाइरहनु पर्छ। मान्दैन भने सम्झ हाम्रो कुलको होइन। कोसिस गरेर माइतीघर, घरको कल्याण गर्नु छ। यस्तो पनि चालचलन नहोस् जसले गर्दा भनुन् यसले त हामीसँग कुरा पनि गर्दैन, मुख मोडेको छ। सबैसँग सम्पर्क राख्नु छ। हामीले उनीहरूको पनि कल्याण गरौं। धेरै दयालु बन्नु छ। हामी सुखको दुनियाँ तर्फ जान्छौं त्यसैले अरूलाई पनि मार्ग बताऔं। अन्धाहरूको लठ्ठी तिमी हौ नि। गाउँछन् अन्धाहरूको लठ्ठी तिमी। आँखा त सबैका छन् तर पनि बोलाउँछन् किनकि ज्ञानको तेस्रो नेत्र छैन। शान्ति, सुखको मार्ग बताउने एक बाबा नै हुनुहुन्छ। यो अहिले तिमी बच्चाहरूको बुद्धिमा छ। पहिला कहाँ बुझेका थियौ र। भक्तिमार्गमा कति मन्त्र जप्छन्। राम-राम भनेर माछाहरू, कमिलाहरूलाई खुवाउँछन्। अब ज्ञान मार्गमा त केही पनि गर्नु पर्ने आवश्यकता छैन। पंक्षीहरू त धेरै मर्छन्। एउटै तुफानमा कति मर्छन्। प्राकृतिक प्रकोप त अब जोडसँग आउँछ। यो रिहर्सल भइरहन्छ। यो सबै विनाश त हुनु नै छ। मन भित्र आउँछ अब हामी स्वर्गमा जान्छौं। त्यहाँ आफ्नो फस्टक्लास महल बनाउँछौं, जसरी कल्प पहिला बनाएका थियौं। जस्तो कल्प पहिला बनाएका थियौं उस्तै बनाउँछौं। त्यस समय त्यो बुद्धि आउँछ। त्यसको ख्याल अहिले किन गर्ने, यस भन्दा त बाबाको यादमा बसौं। यादको यात्रालाई नभुल। महल त कल्प पहिला जस्तै बन्छन्। तर अहिले यादको यात्रामा रहेर तोड निभाउनु छ र धेरै खुसीमा रहनु छ हामीलाई बाबा, टिचर, सद्गुरु मिल्नु भएको छ।यस खुसीमा त रोमाञ्च खडा हुनुपर्छ। तिमीलाई थाहा छ हामी आएका नै हौं अमरपुरीको मालिक बन्नको लागि। यो खुसी स्थायी रहनु पर्छ। यहाँ रहियो भने फेरि २१ जन्म त्यो स्थायी हुन्छ। धेरैलाई याद दिलाइरहन्छौ भने फेरि आफ्नो पनि याद बढ्छ। फेरि बानी पर्छ। जानेका छौ यस अपवित्र दुनियाँलाई आगो लाग्नु छ। तिमी ब्राह्मणहरूलाई नै यो ख्याल आउँछ सारा दुनियाँ खतम हुन्छ। सत्ययुगमा यो केही पनि थाहा हुँदैन। अहिले अन्त्यको समय हो, तिमीले यादको लागि पुरुषार्थ गरिरहेका छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) पतितबाट पावन बन्ने पुरुषार्थमा अल्छी गर्नु हुँदैन। कुनै पनि मित्र सम्बन्धी आदि जो छन्, उनीहरूप्रति दया राखेर सम्झाउनु छ, छोडिदिनु छैन।

२) यस्तो चालचलन गर्नु छैन जसले गर्दा भनुन् यसले त मुख मोडेको छ। दयावान बनेर सबैको कल्याण गर्नु छ र अरू सबै ख्याल छोडेर एक बाबाको यादमा रहनु छ।

वरदान:
समाहित गर्ने शक्तिद्वारा गलतलाई पनि सही बनाउने विश्व परिवर्तक भव

अरूको गल्तीलाई देखेर स्वयंले गल्ती नगर। यदि कसैले गल्ती गर्छ भने सोच म सही नै रहुँ, अरूको सँगतको प्रभावमा नआऊँ। जो प्रभावमा आउँछ ऊ अल्छी हुन्छ। हरेकले केवल यो जिम्मेवारी लेऊ म सही मार्गमा नै चलिरहने छु। यदि अरूले गल्ती गर्छ भने पनि त्यस समय समाहित गर्ने शक्ति प्रयोग गर। कुनै पनि गल्तीलाई नोट गर्नुको सट्टा उसलाई सहयोगको नोट देऊ अर्थात् सहयोगबाट भरिपूर्ण गराइदेऊ अनि मात्र विश्व परिवर्तनको कार्य सहजै हुन्छ।

स्लोगन:
निरन्तर योगी बन्नको लागि हदको म र मेरोपनलाई बेहदमा परिवर्तन गर।