07.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– सावधान भएर पढाइमा पूरा ध्यान देऊ , यस्तो होइन मेरो त शिवबाबासँग डाइरेक्ट सम्बन्ध छ , यो भन्नु पनि देह अभिमान हो।”

प्रश्न:–
भारतवर्ष अविनाशी तीर्थस्थान हो– कसरी?

उत्तर:–
भारतवर्ष बाबाको जन्मस्थान भएकाले अविनाशी खण्ड हो, यस अविनाशी खण्डमा सत्ययुग र त्रेतायुगमा चैतन्य देवी-देवताहरूले राज्य गर्छन्। त्यस समयको भारतवर्षलाई शिवालय भनिन्छ। फेरि भक्तिमार्गमा जड प्रतिमाहरू बनाएर पूजा गर्छन्, शिवालय पनि अनेक बनाउँछन्। त्यस समयमा पनि तीर्थ हुन्छ। त्यसैले भारतवर्षलाई अविनाशी तीर्थ भन्न सकिन्छ।

गीत:–
रात के राही थक मत जाना...

ओम् शान्ति ।
हे रातका राही नथाक– यो कसले सावधानी दिइरहनु भएको छ? यो शिवबाबाले भन्नुहुन्छ। कति बच्चाहरू यस्ता पनि छन् जसले सम्झन्छन्– मेरो त एक शिवबाबा हुनुहुन्छ, उहाँसँग नै मेरो सम्बन्ध छ। तर उहाँले पनि ब्रह्मामुखबाट नै सुनाउनु हुन्छ नि। कतिले सम्झन्छन् शिवबाबाले हामीलाई सीधै प्रेरणा दिनुहुन्छ। तर यो सम्झनु गलत हो। शिवबाबाले शिक्षा त अवश्य ब्रह्माद्वारा नै दिनुहुन्छ। तिमीलाई सम्झाउँदै हुनुहुन्छ– प्यारा बच्चाहरू! नथाक। हुन त तिम्रो शिवबाबासँग सम्बन्ध छ। शिवबाबा पनि भन्नुहुन्छ मनमनाभव। ब्रह्मा पनि भन्नुहुन्छ मनमनाभव। त्यसैले ब्रह्माकुमार ब्रह्माकुमारीहरूले पनि भन्छन् मनमनाभव। तर सावधानी दिनको लागि त मुख चाहियो नि। कति बच्चाहरूले सम्झन्छन् हाम्रो त उहाँसँग सम्बन्ध छ। तर निर्देशन त ब्रह्माद्वारा दिनुहुन्छ नि। यदि निर्देशन आदि डाइरेक्ट मिल्ने भए उहाँलाई यहाँ आउने आवश्यकता नै किन पर्यो? यस्ता यस्ता बच्चाहरू पनि छन् जसलाई यस्तो ख्याल आउँछ– शिवबाबाले ब्रह्माद्वारा भन्नुहुन्छ भने हामीद्वारा पनि भन्न सक्नुहुन्छ। तर ब्रह्मा विना त सम्बन्ध जुट्न सक्दैन। ब्रह्मा वा ब्रह्माकुमार-कुमारीहरूसँग रुष्ट भए भने कतिले यस्तो भन्न थाल्छन्। योग त शिवबाबासँग राख्नु नै छ। सावधानी दिनको लागि बाबाले बच्चाहरूलाई यो शिक्षा पनि दिनुपर्छ। बाबाले सम्झाउनु हुन्छ– तिमी समयमा क्लासमा आउँदैनौ, कसले भन्यो? शिवबाबा र ब्रह्माबाबा दुवैले भन्नुभयो। दुवैको शरीर एउटै छ। त्यसैले भन्नुहुन्छ– सावधान भएर पढाइमा पूरा ध्यान देऊ। उच्चभन्दा उच्च बाबाले पढाउनु हुन्छ। पहिला सुरुमा महिमा शिवबाबाको नै गर्नु छ। उहाँको महिमा बडो महान् छ। बेअन्त महिमा छ। उहाँको महिमा धेरै राम्रा-राम्रा शब्दमा गायन गरिन्छ तर बच्चाहरूले कहिलेकाहीँ भुलिहाल्छन्। विचारसागर मंथन गरेर शिवबाबाको पूरा महिमा लेख्नुपर्छ।

प्रथम मानव (न्यू म्यान) कसलाई भन्ने? हुन त सतयुगी प्रथम मानव कृष्ण हुन्। तर यो समयमा ब्राह्मणहरूलाई सर्वश्रेष्ठ भनी गाया गरिएको छ। बच्चाहरूलाई रचना गरेपछि शिक्षा दिइन्छ। यदि लक्ष्मी-नारायणलाई प्रथम मानव भन्ने हो भने उनलाई शिक्षा दिनुपर्ने आवश्यकता हुँदैन। त्यसैले अब प्रथम मानव को भए? यी धेरै बुझ्नुपर्ने र बुझाउनुपर्ने कुरा हुन्। उहाँ बाबा हुनुहुन्छ सर्वशक्तिमान्, वर्ल्ड अलमाइटी। यो ‘सर्वशक्तिमान्’ शब्द बाबाको महिमामा लेख्न भुलिहाल्छन्। भारतखण्डको पनि महिमा गर्छन्– भारतखण्ड अविनाशी तीर्थ हो, कसरी? तीर्थ त भक्तिमार्गमा हुन्छन्। त्यसैले यसलाई अविनाशी तीर्थ कसरी भन्न सकिन्छ? अविनाशी तीर्थ कसरी भयो? सत्ययुगमा हामीले यसलाई तीर्थ भन्न सक्छौं र? यदि हामीले यसलाई अविनाशी तीर्थ लेख्छौं भने कसरी? स्पष्ट गरेर सम्झाउनु पर्छ– हो, सत्ययुग-त्रेतामा पनि यो तीर्थ हो, द्वापर-कलियुगमा पनि तीर्थ हो। अविनाशी भनिन्छ भने चारै युगमा सिद्ध गरेर बताउनु पर्छ। तीर्थ आदि त हुन्छन् द्वापरदेखि। फेरि हामीले लेख्न सक्छौं– भारतखण्ड अविनाशी तीर्थ हो। सत्ययुग-त्रेतामा पनि तीर्थ हो, जहाँ चैतन्य देवी-देवता रहन्छन्। यहाँ छन् जड तीर्थ, त्यो हो चैतन्य सच्चा-सच्चा तीर्थ, जब शिवालय हुन्छ। यी कुरा बाबाले नै बसेर सम्झाउनु हुन्छ। भारतवर्ष हो अविनाशी खण्ड। बाँकी सबै विनाश हुन्छन्। यी कुरा कसैले जान्दैनन्। पतित-पावन बाबा यहाँ आउनुहुन्छ, जसलाई पावन देवी-देवता बनाउनु हुन्छ उनीहरू नै फेरि यस शिवालयमा रहन्छन्। यहाँ बद्रीनाथ, अमरनाथमा जानुपर्छ। त्यहाँ भारतवर्ष नै तीर्थ हुन्छ। यस्तो होइन– त्यहाँ शिवबाबा हुनुहुन्छ। शिवबाबा त अहिले हुनुहुन्छ। अहिलेको नै सारा महिमा हो। शिवबाबाको यो जन्मस्थान हो। ब्रह्माको पनि जन्मस्थान भयो। शङ्करको जन्मस्थान भनिदैन। उनलाई त यहाँ आउने आवश्यकता नै छैन। तिनी त विनाशको लागि निमित्त बन्छन्। विष्णु आउँछन् जबकि दुई रूपबाट राज्य गर्छन्, पालना गर्छन्। विष्णुका दुई रूप जोडी (युगल) देखाइएको छ। यो उनको (विष्णुको) प्रतिमा हो। उनी त सत्ययुगमा आउँछन्। त्यसैले हामीले महिमा एक बाबाको नै गर्नु छ। उहाँ रक्षक पनि हुनुहुन्छ। उनीहरूले त धर्म स्थापकहरूलाई पनि रक्षक भनिदिन्छन्। क्राइस्ट, बुद्ध आदिलाई पनि रक्षक भनिदिन्छन्। उनीहरू शान्ति स्थापना गर्न आएका थिए भनी सम्झन्छन्। तर तिनले कुनै शान्ति बनाउँदैनन्, कसैलाई दु:खबाट छुटाउँदैनन्। उनीहरूले त धर्म स्थापना गर्नु छ। उनीहरूको पछि उनीहरूका धर्मावलम्बीहरू आउँदै जान्छन्। यो रक्षक शब्द राम्रो छ। यो पनि अवश्य राख्नुपर्छ। यी चित्रहरू जब बेलायतमा प्रत्यक्ष हुन्छन्, अनि सबै भाषामा निस्किन्छन्। उनीहरूले पोप आदिको कति महिमा गर्छन्। राष्ट्रपति आदि मरे भने कति महिमा गर्छन्, जो जति ठुलो मनुष्य उसको त्यति नै महिमा हुन्छ। तर यो समयमा सबै समान बनेका छन्। भगवानलाई सर्वव्यापी भनिदिन्छन्। हामी सबै पनि पिता हौं भन्नु त सबै आत्माहरूले बाबालाई गाली गर्नु जत्तिकै हो। यस्तो त लौकिक बच्चाहरूले पनि भन्न सक्दैनन्– हामी नै पिता हौं। हो, उनीहरूले जब आफ्ना रचना रच्छन् तब उनीहरूका पिता हुनसक्छन्। यो हुनसक्छ। यहाँ त हामी सबै आत्माहरूको पिता एक हुनुहुन्छ। हामी उहाँको पिता हुन नै सक्दैनौं। उहाँलाई बच्चा भन्न सक्दैनौं। हो, यो त ज्ञानको रमणिकता हो जसले भन्छन्– शिव बालकलाई वारिस बनाउँछौं। यी कुरालाई त कमैले मात्र बुझ्छन्। शिव बालकलाई वारिस बनाएर उहाँमाथि बलिहार जान्छन्। बच्चाहरू शिवबाबामाथि बलिहार जान्छन्। यो विचित्रता हो। वर्सा दिनुको कति महत्त्व छ। बाबा भन्नुहुन्छ– देह सहित जे जति छ, त्यो सबैको मलाई वारिस बनाऊ। तर देह अभिमान टुट्न मुस्किल छ। आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गरेमा मात्र देह अभिमान टुट्छ। देही अभिमानी बन्न बडो मेहनत छ। हामी आत्मा अविनाशी हौं। हामीले आफूलाई शरीर मानेर बसेका छौं। अब फेरि आफूलाई आत्मा सम्झनु– यसैमा छ मेहनत। सबैभन्दा ठुलो बिमारी हो देह अभिमानको। जसले आफूलाई आत्मा सम्झेर परमपितालाई याद गर्दैन उसको विकर्म काटिँदैन।

बाबा सम्झाउनु हुन्छ– राम्रोसँग पढ्यौ, लेख्यौ भने हुनेछौ नवाब। श्रीमतमा चल्नु पर्छ नत्र श्री श्रीको दिलमा चढ्न असम्भव छ। दिलमा चढ्नाले नै तख्तमा बस्न सक्नेछौ। धेरै दयालु बन्नु छ। मनुष्यहरू धेरै दु:खी छन्। देखिनमा धेरै धनी देखिन्छन्। हेर पोपको कति मान छ। बाबा भन्नुहुन्छ– म कति निरहङ्कारी छु। उनीहरूले मेरो स्वागतमा यति खर्च नगर कहाँ भन्छन् र। बाबालाई कतै जानु छ भने पहिले नै लेख्नुहुन्छ– कुनै पनि तडकभडक आदि गर्नुछैन, स्टेसनमा सबै आउनु छैन किनकि हामी हौं नै गुप्त। यो केही पनि गर्न आवश्यक छैन। हामी को हौं, कसैले कहाँ जान्दछन् र? अरू सबैलाई चिनेका छन्। शिवबाबालाई बिल्कुलै चिन्दैनन्। त्यसैले गुप्त रहनु राम्रो हो। जति निरहङ्कारी त्यति राम्रो। तिम्रो ज्ञान हो नै चुप रहने। बसेर बाबाको महिमा गर्नु छ। यसैबाट सम्झिने छन् बाबा पतित-पावन सर्वशक्तिमान हुनुहुन्छ। बाबाबाट नै वर्सा मिल्छ। यो कुरा बच्चाहरू बाहेक अरू कसैले भन्न सक्दैन। तिमीले भन्नेछौ– शिवबाबाबाट हामीलाई नयाँ दुनियाँको वर्सा मिलिरहेको छ। चित्रहरू पनि छन्। हामी यी देवताहरू जस्ता बन्छौं। शिवबाबाले हामीलाई ब्रह्माद्वारा वर्सा दिइरहनु भएको छ, त्यसैले शिवबाबाको महिमा गर्छौं। लक्ष्य-उद्देश्य कति स्पष्ट छ। दिनेवाला उहाँ हुनुहुन्छ। ब्रह्माद्वारा सिकाउनु हुन्छ। चित्रहरूको बारेमा सम्झाउनु छ। शिवका चित्रहरू पनि कति बनाएका छन्। बाबा आएर पतितबाट पावन बनाएर सबैलाई मुक्ति, जीवनमुक्तिमा लिएर जानुहुन्छ। चित्रहरूमा पनि स्पष्ट छ त्यसैले बाबाले जोड दिइरहनु भएको छ– यी सबैलाई दियौ भने त्यहाँ लगेर पढ्ने छन्। यहाँबाट चीज लिएर जान्छन् त्यहाँ गएर सजाएर राख्छन्। यो त धेरै राम्रो चीज छ। कपडाको पर्दा त धेरै कामको चीज छ। यी चित्रहरूमा पनि सच्याउने काम भइरहन्छ। ‘रक्षक’ शब्द पनि आवश्यक छ। अरू कुनै न रक्षक छ, न पतित-पावन छ। हुन त पावन आत्माहरू आउँछन् तर तिनीहरूले सबैलाई पावन कहाँ बनाउँछन् र! उनीहरूका धर्मावलम्बीहरूलाई त तल पार्टमा आउनु छ। यी प्वाइन्टहरू हुन्, जुन समझदार बच्चाहरू छन् उनीहरूले नै धारण गर्छन्।

श्रीमतमा पूरा चलेनन् भने पढ्दैनन्, अनि फेल हुन्छन्। स्कुलमा चालचलन पनि हेरिन्छ– यिनको चालचलन कस्तो छ? देह अभिमानबाट सबै विकार आउँछन्। फेरि धारणा केही पनि हुँदैन। आज्ञाकारी बच्चाहरूलाई नै बाबाले प्यार पनि गर्नुहुन्छ। पुरुषार्थ धेरै गर्नु छ। कसैलाई पनि सम्झाउनु पर्दा पहिला सुरुमा बाबाको महिमा गर्नु छ। बाबाबाट वर्सा कसरी मिल्छ? बाबाको महिमा पूरा लेख्नु छ। चित्रहरूलाई त परिवर्तन गर्न सक्दैनौ। बाँकी शिक्षा त पूरा लेख्नु छ। बाबाको महिमा अलग छ। बाबाबाट कृष्णलाई वर्सा मिल्यो त्यसैले उनको महिमा अलग छ। बाबालाई नचिन्नाले भारतखण्ड ठुलो तीर्थ हो भन्ने बुझ्दैनन्। यो सिद्ध गरेर बताउनु छ– भारतखण्ड अविनाशी तीर्थ हो। यस्ता-यस्ता कुरा तिमी बच्चाहरू बसेर सम्झायौ भने मनुष्यहरू यो सुनेर चकित हुन्छन्। भारतखण्ड हीराजस्तो थियो फेरि कौडीजस्तो कसले बनायो? यसमा सम्झाउन, विचारसागर मंथन गर्न धेरै आवश्यक छ। बाबाले त तुरून्तै बताउनु हुन्छ– यसमा यो सच्याउन आवश्यक छ। बच्चाहरूले बताउँदैनन्। बाबाले त सच्याउन चाहनुहुन्छ। एक इन्जिनियर थिए, उनले मेसिनको खराबीलाई बुझ्न सकेनन्। अर्को सहायक इन्जिनियर थिए उनले बसेर बताए– यसमा यसो गर्यो भने यो ठीक हुन्छ र मेसिन साँच्चै नै ठीक भइहाल्यो। अनि उनी धेरै खुशी भए। भने– यिनलाई त इनाम दिनुपर्छ। त्यसैले उनको तलब बढाइयो। बाबाले पनि भन्नुहुन्छ तिमीले सुधार गर, तब मैले वाह-वाह गर्नेछु। जसरी जगदीश संजय छन्, कहिलेकाहीँ राम्रा-राम्रा प्वाइन्टहरू निकाल्छन्, त्यसैले बाबा खुशी हुनुहुन्छ। बच्चाहरूलाई सेवाको सोख हुनुपर्छ। यी प्रदर्शनी, मेलाहरू त भइरहन्छन्। जहाँजहाँ कसैको पनि प्रदर्शनी भयो भने त्यहाँ यो सेवा पनि गर्नेछौं। यहाँ त बुद्धिको ताला खुल्नुपर्छ। सबैलाई सुख दिनुपर्छ। स्कुलमा पढ्नेहरू नम्बरवार त हुन्छन् नै। पढ्दैनन् भने उनीहरूको चालचलन पनि खराब हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कसैसँग पनि रुस्ट भएर पढाइ छोड्नु छैन। देहअभिमानलाई छोडेर स्वयंमाथि दया गर्नु छ। बाबासमान निरहङ्कारी बन्नु छ।

२) राम्रो चालचलन धारण गर्नु छ, सबैलाई सुख दिनु छ। आज्ञाकारी भएर रहनु छ।

वरदान:–
समेट्ने शक्तिद्वारा सेकेन्डमा फुलस्टप लगाउने नष्टोमोहा स्मृति स्वरूप भव

अन्त्य समयमा अन्तिम परीक्षाको प्रश्न हुन्छ– सेकेन्डमा फुलस्टप। अरू केही पनि याद नआओस्। केवल ‘बाबा र म’ तेस्रो कुनै कुरा नहोस्...सेकेन्डमा ‘मेरो एक बाबा, अरू कोही छैन’... यस्तो सोच्न पनि समय लाग्छ तर अचल भइहाल्न सकियोस्, हलचल नहोस्। किन, के.... को कुनै प्रश्न उत्पन्न नहोस् तब नष्टोमोहा स्मृति स्वरूप बन्छौ। त्यसैले अभ्यास गर– जहिले चाह्यो विस्तारमा आउन सकियोस् वा समेट्न सकियोस्। ब्रेक शक्तिशाली होस्।

स्लोगन:–
जसलाई स्वमानको अभिमान छैन ऊ नै सदा निर्माण हो।

शब्दार्थ:– नवाब– अधिकारी, मुस्लिम शासक।