08.01.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे पावन बन्नको लागि यादको यात्रा धेरै आवश्यक छ , यही मुख्य विषय हो । यस योगबलबाट तिमी सेवाधारी र गुणवा न बन्न सक्छौ ।

प्रश्न:
तिमी बच्चाहरू जुन योग सिक्छौ, यो नै सबै भन्दा निराला योग हो कसरी?

उत्तर:
आजसम्म जुन योग सिक्दै वा सिकाउँदै आएका छन् त्यसबाट मनुष्यको मनुष्य सँग योग जुट्यो। तर अहिले हामी निराकार सँग योग लगाउँछौं। निराकार आत्माले निराकार बाबालाई याद गरोस् यो हो सबै भन्दा निराला कुरा। दुनियाँमा कसैले भगवानलाई याद पनि गर्छन् तर विना परिचय। कर्तव्यको ज्ञान नभइ कसैलाई याद गर्नु, यो भक्ति हो। ज्ञानवान् बच्चाहरूले परिचय सहित याद गर्छन्।

ओम् शान्ति ।
रूहानी बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूलाई सबै भन्दा पहिला त बाबाको परिचय मिलेको छ। सानो बच्चा पैदा भएपछि उसलाई सबै भन्दा पहिला माता-पिताको परिचय मिल्छ। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार रचयिता बाबाको परिचय प्राप्त भएको छ। यो पनि बच्चाहरूले जानेका छन् सबै भन्दा उँच बाबा नै हुनु हुन्छ, उहाँको नै महिमा बताउनु छ। महिमा गायन पनि गर्छन् शिवाय नमः, ब्रह्मा नमः, विष्णु नमः सुहाउँदैन। शिवाय नमः सुहाउँछ। ब्रह्मा देवता नमः, विष्णु देवता नमः शब्द सुहाउँछ। उनलाई देवता भन्नु पर्छ। सबै भन्दा उँच भगवान् हुनु हुन्छ। जब कोही आउँछ भने सबै भन्दा पहिला बाबाको महिमा अवश्य पनि बताउनु पर्छ। उहाँ परमपिता हुनु हुन्छ। बाबाको महिमा कसरी सुनाउने, यो बच्चाहरूले भुल्छन्। पहिला त सम्झाउनु पर्छ उहाँ परमपिता हुनु हुन्छ, शिक्षक पनि हुनु हुन्छ र सतगुरु पनि हुनु हुन्छ। तीनैलाई याद गर्नु पर्छ। गर्न त याद शिवबाबालाई नै गर्नु छ तीनै रूपमा। यो त पक्का हुनु पर्छ। तिमीले बाबाको महिमा जान्दछौ, त्यसैले त महिमा गर्छौ। उनीहरूले उँच भन्दा उँच बाबालाई ढुङ्गा-माटोमा हुनु हुन्छ भनिदिएका छन्। मनुष्यमा पनि हुनु हुन्छ भनिदिएका छन् तर मनुष्य तनमा पनि सदैव त रहन सक्नुहुन्न। उहाँले त केवल तन सापटी लिनु हुन्छ। उहाँ स्वयंले भन्नुहुन्छ मैले यिनको तनको आधार लिन्छु। त्यसैले पहिला त यो कुरा पक्का निश्चय गर्नु पर्छ बाबा हुनु हुन्छ सत्य। उहाँले नै सत्य नारायणको कथा सुनाउनु हुन्छ। नरबाट नारायण सत्य बाबाले बनाउनु भएको हो। सत्ययुगमा यिनै लक्ष्मी-नारायणको नै राज्य थियो। उनीहरू कसरी बने? कसले बनायो? कहिले कथा सुनाइयो? कहिले राजयोग सिकाइयो? यी सबै कुरा अहिले तिमीलाई थाहा छ। अरू सबै योग हुन्छन् मनुष्यको मनुष्य सँग। यस्तो हुँदैन जहाँ मनुष्यको योग निराकार सँग होस्, त्यो पनि परिचयका साथ। आजकल लगाउन त शिव सँग योग लगाउँछन्, पूजा गर्छन् तर उहाँलाई कसैले पनि जान्दैनन्। यो पनि बुझेका छैनन् प्रजापिता ब्रह्मा अवश्य नै साकार दुनियाँमा हुन्छन्। अल्मलिएका छन्। सम्झन्छन् प्रजापिता ब्रह्मा त सबै भन्दा पहिला सत्ययुगमा हुनु पर्छ। यदि सत्ययुगमा प्रजापिता ब्रह्मा हुने हो भने फेरि सूक्ष्मवतनमा किन देखाएका छन्? अर्थ बुझ्दैनन्। यी साकार हुन् कर्मबन्धनमा, उनी सूक्ष्म हुन् कर्मातीत। यो ज्ञान कसैमा पनि छैन। ज्ञान दिने एक बाबा नै हुनु हुन्छ। उहाँ जब आएर ज्ञान दिनु हुन्छ तब तिमीले अरूलाई सुनाउन सक्छौ। कसैलाई पनि बाबाको परिचय दिन धेरै सजिलो छ। परमात्मा (अल्फ)को विषयमा नै सम्झाउनु छ। उहाँ सबै आत्माहरूको बेहदका पिता हुनु हुन्छ। कसैलाई पनि बाबाको परिचय दिनमा कुनै मुश्किल छैन। धेरै सहज छ। तर निश्चय छैन, अभ्यास छैन भने कसैलाई पनि सम्झाउन सकिदैन। कसैलाई ज्ञान दिन सक्दैन भने मानौं ऊ अज्ञानी हो। ज्ञान छैन भने भक्ति छ नि। देह-अभिमान हो। ज्ञान हुन्छ नै देही-अभिमानीमा। हामी आत्मा हौं, हाम्रो बाबा परमपिता परमात्मा। उहाँ नै बाबा, शिक्षक, सतगुरु पनि हुनु हुन्छ। प्रजापिता ब्रह्मा पनि छन् नि। बाबाले प्रजापिता ब्रह्माको कर्तव्य पनि बताउनु भएको छ। अनि आफ्नो कर्तव्य पनि बताउनु भएको छ। मनुष्यहरूले त शिव र शंकरलाई मिलाएर एउटै बनाइदिएका छन्। भन्छन् शंकरले आँखा खोले अनि विनाश भयो। तर विनाश त बमहरूबाट, प्राकृतिक प्रकोपबाट हुन्छ। शिव शंकर महादेव भन्छन्। यो चित्र कुनै यथार्थ चित्र होइन। यी सबै भक्तिमार्गका चित्र हुन्। त्यहाँ स्वर्गमा यस्तो कुनै कुरा हुँदैन। प्रजापिता ब्रह्मा पनि देहधारी हुन्। कति धेरै बच्चाहरू छन्। यी सबै चित्रहरू पूजाको लागि नै हुन्। बाबाले सम्झाउनु भएको छ यिनी व्यक्त र उनी अव्यक्त। जब अव्यक्त बन्छन् तब फरिस्ता हुन्छन्। मूलवतन, सूक्ष्मवतन दुइटै छन् अवश्य। सूक्ष्मवतनमा पनि जान्छन्। बाबाले सम्झाउनु भएको छ प्रजापिता ब्रह्मा जो मनुष्य हुन् उनै फरिस्ता बन्छन्। फेरि राजाईको बारेमा पनि त्यसमा देखाइएको छ, फेरि यो राज्य गर्नेछन्। सूक्ष्मवतनको चित्र नहुने हो भने सम्झाउन मुश्किल हुन्छ। वास्तवमा विष्णुको चतुर्भुज रूप पनि छैन। यो पनि भक्तिमार्गको चित्र हो। बाबाले सम्झाउनु हुन्छ आत्मालाई नै पतितबाट पावन बन्नु छ। पवित्र बनेर जान्छ आफ्नो धाममा। आत्माहरू निराकारी दुनियाँमा रहन्छन्, साकारी हुन्छन् यहाँ। बाँकी सूक्ष्मवतनको खासै कहानी छैन। सूक्ष्मवतनको रहस्य पनि बाबाले अहिले सम्झाउनु हुन्छ। मूलवतन, सूक्ष्मवतन अनि हुन्छ स्थूलवतन। त्यसैले सबै भन्दा पहिला सबैलाई बाबाको परिचय दिनु पर्छ। भक्तिमार्गमा पनि बाबालाई हे भगवान्, हे प्रभु भन्छन्। केवल जानेका छैनन्। सदैव भन्छन् शिव परमात्माय नमः, शिव देवता कहिल्यै भनिदैन। ब्रह्मालाई देवता भन्छन्। शिवलाई परमपिता परमात्मा नै भन्छन्। शिव देवता कहिल्यै भन्दैनन्, शिव परमात्मा नै भन्छन्। उहाँलाई सर्वव्यापी कहाँ भनिन्छ र। पतितहरूलाई पावन बनाउने कर्तव्य के ढुङ्गा माटोमा बसेर गर्नु हुन्छ? यसैलाई घोर अन्धकार भनिन्छ। यो पनि ड्रामामा निश्चित छ।

बाबा आएर सम्झाउनु हुन्छ यदा यदा हि... कसको ग्लानि? उनीहरूले त श्लोक सुनाएर फेरि अर्थ लगाउँछन्। यो त तिमी बच्चाहरूले त्यहाँ गएर हेर्नु पर्छ। अनि भन्नु पर्छ हामीले यसको अर्थ बुझाउँछौं। त्यसपछि तुरुन्तै बसेर सुनाउनु पर्छ। यो बि.के. हो भनेर कहाँ चिन्दछन् र। छन त सेतो पहिरन छ तर कहाँ छाप लागेको छ र। तिमी जहाँ पनि गएर सुन्न सक्छौ र भन्न सक्छौ यसको अर्थ त बताउनुहोस्। हेर तिनीहरूले के बताउँदा रहेछन्। बाँकी यी यत्ति धेरै चित्रहरू त विस्तारमा बुझ्नको लागि हुन्। यसमा अथाह ज्ञान छ। सागरलाई मसी बनाऊ..... तैपनि अन्त्य हुँदैन। फेरि सेकेन्डको पनि कुरा सुनाएँ, केवल बाबाको परिचय दिनु छ। उही बेहदका बाबा स्वर्गका रचयिता हुनु हुन्छ। हामी सबै उहाँका सन्तान भाइ-भाइ हौं। त्यसैले हामीलाई पनि अवश्य स्वर्गको राज्य प्राप्त हुनु पर्छ तर सबैलाई मिल्दैन। बाबा आउनु हुन्छ नै भारतमा, तिमीहरू नै स्वर्गवासी बन्छौ। अरू त आउँछन् नै पछि। यो त धेरै सहज छ तर बुझ्दैनन्। बाबालाई त आश्चर्य लाग्छ। एक दिन गणिकाहरू आदि पनि आएर सुन्नेछन्। पछि आउनेहरू तीक्ष्ण हुन्छन्। त्यहाँ गएर पनि सेवा गर्न सक्छौ। धेरै जनालाई लाज लाग्छ, धेरै देह-अभिमान आउँछ। बाबा भन्नुहुन्छ वेश्याहरूलाई पनि सम्झाउनु पर्छ। भारतवर्षको नाम पनि यिनीहरूले गिराएका हुन्। यसमा मुख्य योगबल हुनु पर्छ। बिल्कुलै पतित छन्, पावन बन्नको लागि यादको यात्रा चाहिन्छ। अहिले त्यो यादको बल केही कम छ। कसै-कसैमा ज्ञान त छ तर याद कम छ। कठिन विषय हो यो, यसमा पास भएपछि मात्र गणिकाहरूको उद्धार गर्न सकिन्छ। राम्रा-राम्रा अनुभवी माताहरूले गएर सम्झाउनु पर्छ। कन्याहरूमा त अनुभव हुँदैन। माताजीहरूले सम्झाउन सक्नेछन्। बाबा भन्नुहुन्छ पवित्र बन्यौ भने विश्वको मालिक बन्छौ। दुनियाँ नै शिवालाय बन्छ। सत्ययुगलाई शिवालय भनिन्छ, त्यहाँ अथाह सुख हुन्छ। उनीहरूलाई पनि यसरी सम्झाऊ, बाबा भन्नुहुन्छ अब प्रतिज्ञा गर पवित्र बन्नको लागि। यस्ता पतितहरूलाई पावन बनाउने ज्ञान तरबार धेरै धारिलो हुनु पर्छ। यसमा शायद अझै समय भएको छैन। सम्झाउनमा पनि नम्बरवार हुन्छन्। सेन्टरमा रहन्छन्। बाबा जान्नुहुन्छ, सबै एकरस छैनन्। सेवामा जानेहरूमा पनि दिन रातको फरक हुन्छ। त्यसैले कसैलाई पनि सम्झाउँदा पहिला बाबाको नै परिचय देऊ। बाबाकै महिमा गर। यतिका गुण बाबा सिवाय अरू कसैको हुन सक्दैन। उहाँले नै गुणवान् बनाउनु हुन्छ। बाबाले नै सत्ययुगको स्थापना गर्नुहुन्छ। अहिले यो संगमयुग हो, यतिबला नै तिमी पुरुषोत्तम बनिरहेका छौ। तिमीले आत्माहरूलाई बसेर सम्झाउँछौ। यो नै सम्झाउँछौ आत्माको नै शरीर हो। कहाँसम्म कसले सम्झन्छ भन्ने कुरा त अनुहारबाटै थाहा हुन्छ। कोही कोही मुडी भएमा सारा अनुहारै बद्लिन्छ। आत्मा सम्झेर रहेमा त अनुहार राम्रो हुन्छ। यो पनि अभ्यास हुन्छ। घर गृहस्थमा रहनेहरू त्यत्ति धेरै उमङ्गमा रहन सक्दैनन् किनकि घरधन्दामा लागेका हुन्छन्। पूरा अभ्यास गरेमा नै हिंड्दा-डुल्दा, उठ्दा-बस्दा पक्का हुन्छन्। यादबाटै तिमी पावन बन्छौ। आत्मा जति योगमा रहन्छ त्यत्ति पावन बन्छ। सत्ययुगमा तिमी सतोप्रधान हुँदा खुशी थियौ।

अहिले संगमयुगमा तिमी हाँस्दै बहलिदै रहन्छौ, बेहदको बाबा मिल्यो, बाँकी के चाहियो! बाबामाथि नै बलिहार हुनु छ। धनवान् मुस्किलले कोही निस्कन्छन्। गरिबहरूलाई नै यो ज्ञान प्राप्त हुन्छ, ड्रामा नै यस्तै बनेको छ। बिस्तारै-बिस्तारै वृद्धि हुँदै जान्छ। करोडौंमा कोही विजयमालाका दाना बन्छन्। बाँकी प्रजा त बन्नु नै छ नम्बरवार। कति धेरै बन्छन्। धनवान् गरिब सबै हुन्छन्। यहाँ पूरा राजधानी स्थापना भइरहेको छ। अरू सबै आ-आफ्ना शाखामा जान्छन्। त्यसैले बाबा सम्झाउनु हुन्छ तिमी बच्चाहरूले दैवी गुण पनि धारण गर्नु छ। तिम्रो खानपिन पनि राम्रो हुनु पर्छ। तिमीले कहिल्यै पनि यो खान पाए हुन्थ्यो भन्ने आशा राख्नु हुँदैन। यी आशाहरू यहाँ हुन्छन्। बाबाले ठूला-ठूला वानप्रस्थीहरूको आश्रम देखेका छन्। धेरै शान्ति सँग रहन्छन्। यहाँ त यी बेहदका कुरा सबै बाबाले सम्झाउनु हुन्छ। यस्ता यस्ता वेश्याहरू, गणिकाहरू पनि आउँछन् जो तिमीहरू भन्दा पनि तीक्ष्ण हुन्छन्। धेरै फस्टक्लास गीत गाउँछन्, जसलाई सुन्दा नै खुशीको पारो चढ्नेछ। जब यस्ता गिरेकाहरूलाई तिमीले सम्झाएर श्रेष्ठ बनाउनेछौ तब तिम्रो नाम पनि धेरै उच्च हुन्छ। भन्नेछन् यिनले त घोर पतितहरूलाई पनि यति उच्च बनाउँछन्। स्वयं भन्नेछन् हामी शूद्र थियौं, अहिले ब्राह्मण बनेका छौं, फेरि हामी नै देवता, क्षत्रिय बन्नेछौं। बाबाले हरेकलाई यसले उन्नति गर्न सक्छ वा सक्दैन भन्न सक्नु हुन्छ। पछि आउनेहरू उनीहरू भन्दा अगाडि जान्छन्। पछि गएर तिमीले सबै देख्नेछौ। अहिले पनि देखिरहेका छौ। नयाँ बच्चाहरू सेवामा कति धेरै उमंगमा आउँछन्। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) पतितहरूलाई पावन बनाउने सेवा गर। गणिका, वेश्याहरूलाई ज्ञान देऊ। गिरेकालाई उठाऊ। उनीहरूको उद्धार गर तब नाम प्रसिद्ध हुन्छ।

२) स्वयंको दृष्टिलाई पवित्र बनाउनको लागि हिंड्दा डुल्दा अभ्यास गर म आत्मा हुँ, आत्मा सँग कुरा गर्दैछु। बाबाको यादमा रह्यौ भने पवित्र बन्छौ।


वरदान:
एक मिनटको एकाग्र स्थितिद्वारा शक्तिशाली अनुभव गर्ने-गराउने एकान्तवासी भव

एकान्तवासी बन्नु अर्थात् कुनै पनि एउटा शक्तिशाली स्थितिमा स्थित रहनु। चाहे बीजरूप स्थितिमा स्थित होऊ, चाहे लाइट माइट हाउसको स्थितिमा स्थित भएर विश्वलाई लाइट माइट देऊ, चाहे फरिस्तापनको स्थितिद्वारा अरूलाई अव्यक्त स्थितिको अनुभव गराऊ। एक सेकेन्ड वा एक मिनट पनि यदि यस स्थितिमा एकाग्र भएर स्थित भयौ भने स्वयंलाई तथा अन्य आत्माहरूलाई धेरै लाभ दिन सक्छौ। केवल यसको अभ्यास हुनु पर्छ।

स्लोगन:
ब्रह्माचारी ऊ हो जसको हर संकल्प, हर बोलमा पवित्रताको भाइब्रेसन समाहित हुन्छ।


ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:
ब्रह्मा बाबा समान फरिश्ता स्थितिको अनुभव गर्नको लागि कर्म गर्दा बीच-बीचमा निराकारी र फरिश्ता स्वरूप यो मनको एक्सरसाइज गर। जसरी ब्रह्मा बाबालाई साकार रूपमा देख्यौ, सदा डबल लाइट रहनु भयो, सेवाको पनि बोझ रहेन। यसरी नै बाबाले अनुसरण गरेमा सजिलै बाबा समान बन्छौ।