08.01.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
तिमीलाई नशा ह ु नु पर्छ , हामी ब्राह्मण नै देवता बन्छौं , हामी ब्राह्मणहरूलाई नै
बाबाको श्रेष्ठ मत मिल्छ।”
प्रश्न:–
जसको नयाँ रगत
(जोश) छ उनलाई कुनचाहिँ सोख र कुनचाहिँ मस्ती हुनुपर्छ?
उत्तर:–
यो दुनियाँ, जुन पुरानो कलियुगी बनिसकेको छ, यसलाई नयाँ सत्ययुगी बनाउने, पुरानोबाट
नयाँ बनाउने सोख हुनुपर्छ। कन्याहरूको नयाँ रगत (जोश) हुन्छ त्यसैले आफ्ना
साथीहरूलाई उठाउनु पर्छ। नशा कायम राख्नुपर्छ। भाषण गर्नमा पनि धेरै मस्ती हुनुपर्छ।
गीत:–
रात के राही......
ओम् शान्ति ।
बच्चाहरूले यस
गीतको अर्थ त बुझ्यौ। अहिले भक्तिमार्गको घोर अँध्यारो रात त पूरा भइरहेको छ।
बच्चाहरूले जानेका छन्– हामीलाई अब ताज मिल्दैछ। यहाँ बसेका छौं, लक्ष्य-उद्देश्य
छ– मनुष्यबाट देवता बन्ने। जसरी संन्यासीहरूले सम्झाउँछन्– तिमीले आफूलाई भैंसी
सम्झ्यौ भने त्यस्तै स्वरूपको बन्छौ। त्यो हो भक्तिमार्गको उदाहरण। जस्तै यो पनि
उदाहरण छ, रामले बाँदरहरूको सेना लिनु भयो। तिमी यहाँ बसेका छौ। जानेका छौ– हामी
देवी-देवता डबल शिरताजधारी बन्छौं। जसरी विद्यालयमा पढ्दा सम्झन्छन्– म यो पढेर
डाक्टर बन्छु, इन्जिनियर बन्छु। तिमीलाई थाहा छ– यो पढाइबाट हामी देवी-देवता
बनिरहेका छौं। यो शरीर छोड्छौं अनि हाम्रो शिरमा ताज हुन्छ। यो त धेरै फोहोरी छी-छी
दुनियाँ हो नि। नयाँ दुनियाँ हो फस्ट क्लास दुनियाँ। पुरानो दुनियाँ हो बिलकुल थर्ड
क्लास दुनियाँ। यो त समाप्त हुनु छ। नयाँ विश्वको मालिक बनाउने अवश्य विश्वको रचयिता
नै हुनुहुन्छ। अरू कसैले पढाउन सक्दैन। शिवबाबाले नै तिमीलाई पढाएर सिकाउनु हुन्छ।
बाबाले सम्झाउनु भएको छ– पूरा आत्म-अभिमानी बन्यौ भने बाँकी अरू के चाहियो? तिमी
ब्राह्मण त हौ नै। जानेका छौ– हामी देवता बनिरहेका छौं। देवताहरू कति पवित्र थिए।
यहाँ कति पतित मनुष्य छन्। अनुहार मनुष्यको जस्तै छ तर चाल-चलन हेर कस्तो छ। देवताका
पुजारीहरूले स्वयं पनि उनीहरूको अगाडि महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न, १६ कला
सम्पूर्ण हुनुहुन्छ... हामी विकारी पापी हौं। अनुहार त उनीहरूको पनि मनुष्यको जस्तै
छ तर उनको अगाडि गएर महिमा गाउँछन्, आफूलाई फोहोरी विकारी भन्छन्। हामीमा कुनै गुण
छैन। हुन् त मनुष्य नै। अहिले तिमीले बुझेका छौ– हामी त अब परिवर्तन भएर देवता बन्छौं।
कृष्णको पूजा गर्छन् ताकि कृष्णपुरीमा जान सकियोस्। तर यो थाहा छैन कहिले गइन्छ।
भक्ति गरिरहन्छन्, भगवान आएर भक्तिको फल दिनुहुन्छ भनेर। पहिला त तिमीलाई यो निश्चय
हुनुपर्छ– हामीलाई कसले पढाउनु हुन्छ? यो हो श्री श्री शिवबाबाको मत। शिवबाबाले
तिमीलाई श्रीमत दिइरहनु भएको छ। जसलाई यो थाहा छैन ऊ श्रेष्ठ कसरी बन्न सक्छ? यतिका
सबै ब्राह्मण श्री श्री शिवबाबाको मतमा चल्छन्। परमात्माको मतले नै श्रेष्ठ बनाउँछ,
जसको भाग्यमा छ, उनैको बुद्धिमा बस्छ। नत्र केही पनि बुझ्दैनन्। जब बुझ्छन् तब खुसी
भएर मदत गर्न लाग्छन्। कतिले त जानेका छैनन्– उहाँ को हुनुहुन्छ, उनलाई के थाहा?
त्यसैले बाबा कसैसँग पनि मिल्नुहुन्न। उनीहरूले त उल्टै आफ्नो मत निकाल्छन्।
श्रीमतलाई नजान्नाको कारणले उहाँलाई पनि आफ्नो मत दिन लाग्छन्। अब बाबा आउनु भएको छ
नै तिमी बच्चाहरूलाई श्रेष्ठ बनाउनको लागि। बच्चाहरूले जानेका छन्– ५ हजार वर्ष
पहिला जस्तै बाबाले आएर तिमीलाई भेट्नु भएको छ। जसलाई थाहा छैन, यस्तो जवाफ दिन
सक्दैनन्। बच्चाहरूलाई पढाइको धेरै नशा हुनु पर्छ। यो धेरै उच्च पढाइ हो। तर माया
पनि धेरै विरूद्धमा छ। तिमीलाई थाहा छ– हामीले त्यो पढाइ पढ्छौं जसबाट हाम्रो शिरमा
डबल शिरताज मिल्छ। भविष्य जन्म-जन्मान्तर डबल शिरताजधारी बन्छौं। त्यसैले यसको लागि
फेरि त्यस्तै पूरा पुरुषार्थ गर्नुपर्छ नि। यसलाई भनिन्छ राजयोग। कति आश्चर्य छ?
बाबाले सधैं सम्झाउनु हुन्छ– लक्ष्मी-नारायणको मन्दिरमा जाऊ। पुजारीहरूलाई पनि
तिमीले सम्झाउन सक्छौ। पुजारीलाई बसेर सोध– यी लक्ष्मी-नारायणलाई पनि यो पद कसरी
मिल्यो? यिनी कसरी विश्वको मालिक बने? यसप्रकार बसेर सुनायौ भने पुजारीहरूको पनि
मान हुन्छ। तिमीले भन्न सक्छौ– हामीले तपाईंलाई सम्झाउन सक्छौं– यी
लक्ष्मी-नारायणलाई यो राज्य कसरी मिल्यो? गीतामा पनि भगवानुवाच छ नि। म तिमीलाई
राजयोग सिकाएर राजाहरूको पनि राजा बनाउँछु। स्वर्गवासी त तिमी बन्छौ नि।
बच्चाहरूलाई कति नशा हुनु पर्छ– हामी यस्तो बन्छौं। आफ्नो चित्र र राजाईको चित्र पनि
यहाँ सँगै राख। तल तिम्रो चित्र, माथि राजाईको चित्र होस्। यसमा धेरै खर्च त पर्दैन
नि। राजाई ड्रेस त तुरुन्तै बन्न सक्छ। घरी-घरी याद भइरहन्छ– हामी देवता बनिरहेका
छौं। माथि शिवबाबा पनि रहोस्। यस्तो पनि चित्र निकाल्नुपर्छ। तिमी मनुष्यबाट देवता
बन्छौ। यो शरीर छोडेर हामी देवता बन्छौं किनकि अहिले हामीले राजयोग सिकिरहेका छौं।
त्यसैले यो फोटोले पनि मदत गर्छ। माथि शिवको फेरि राजाईको चित्र। तल तिम्रो साधारण
चित्र। शिव बाबाबाट राजयोग सिकेर हामी देवता डबल शिरताज बनिरहेका छौं। चित्र राखिएको
छ, कसैले सोध्यो भने हामीले भन्न सक्छौं– हामीलाई सिकाउने यहाँ शिवबाबा हुनुहुन्छ।
चित्र देख्नाले बच्चाहरूलाई नशा चढ्छ। त्यसैले पसलहरूमा पनि यो चित्र राखिदेऊ।
भक्तिमार्गमा बाबाले नारायणको चित्र राख्दथे। पकेटमा पनि रहन्थ्यो। तिमीले पनि आफ्नो
फोटो राखिदियौ भने याद हुन्छ– हामी देवी-देवता बनिरहेका छौं। बाबालाई याद गर्ने
उपाय खोज्नुपर्छ। बाबालाई बिर्सिनाले नै गिर्छौ। विकारमा गिर्यौ भने फेरि लाज लाग्छ।
अब त म यस्तो देवता बन्न सक्दिनँ। हर्टफेल हुन्छ। अब म देवता कसरी बन्न सक्छु? बाबा
भन्नुहुन्छ– विकारमा फँस्नेहरूको फोटो हटाइदेऊ। भन– तिमी स्वर्गमा जान लायक छैनौ,
तिम्रो पासपोर्ट रद्द भयो। स्वयं पनि महसुस गर्नेछन्, हामी त तल खस्यौं। अब हामी
स्वर्गमा कसरी जान सक्छौं? जस्तो नारदको उदाहरण दिन्छन्। उनलाई भनियो– तिमीले आफ्नो
अनुहार त हेर। लक्ष्मीलाई वरण गर्न लायक छौ? उनको अनुहार बाँदरको जस्तो देखियो।
त्यस्तै मनुष्यलाई पनि लाज लाग्छ– हामीमा यो विकार छ, फेरि हामीले श्री नारायण वा
श्रीलक्ष्मीलाई कसरी वरण गर्न सक्छौं? बाबाले उपायहरू त सबै बताउनु हुन्छ। तर कसैले
विश्वास गरे त हो। विकारको नशा लागेपछि सम्झन्छन्– यस हिसाबले हामी राजाहरूको राजा
डबल शिरताजधारी कसरी बन्न सकौंला? पुरुषार्थ त गर्नुपर्छ नि। बाबाले सम्झाउँदै
रहनुहुन्छ– यस्तो-यस्तो उपाय गर अनि सबैलाई सम्झाउँदै गर। यो राजयोगको स्थापना
भइरहेको छ। अब विनाश सामुन्ने खडा छ। दिन-प्रतिदिन तुफान जोडले लाग्छ। बमहरू पनि
तयार हुँदै छन्। तिमीले यो पढाइ पढ्छौ नै भविष्यमा उच्च पद पाउनको लागि। तिमी एक
पटक नै पतितबाट पावन बन्छौ। मनुष्यहरूले कहाँ बुझेका छन् र, हामी नर्कवासी हौं किनकि
पत्थरबुद्धि छौं। अहिले तिमी पत्थरबुद्धिबाट पारसबुद्धि बनिरहेका छौ। भाग्यमा छ भने
तुरुन्तै बुझ्छन्। नत्र तिमीले जतिसुकै कोसिस गरे पनि बुद्धिमा बस्दैन। बाबालाई नै
जानेका छैनन् भने नास्तिक हुन् अर्थात् अनाथ हुन्। त्यसैले सनाथ बन्नुपर्छ नि, जबकि
शिवबाबाका बच्चा हौ। यहाँ जसलाई ज्ञान छ, उनीहरूले आफ्ना बच्चाहरूलाई विकारहरूबाट
बचाइरहन्छन्। अज्ञानीहरूले त आफू जस्तै आफ्ना बच्चाहरूलाई पनि फँसाउँछन्। तिमीले
जानेका छौ– यहाँ विकारबाट बचाइन्छ। कन्याहरूलाई त पहिला बचाउनु पर्छ। आमा-बाबुहरूले
त बच्चाहरूलाई मानौं विकारमा धकेलिदिन्छन्। तिमीलाई थाहा छ– यो भ्रष्टाचारी दुनियाँ
हो। श्रेष्ठाचारी दुनियाँ चाहन्छौं। भगवानुवाच– म जब आउँछु श्रेष्ठाचारी बनाउनको
लागि, सबै भ्रष्टाचारी हुन्छन्। मैले सबैलाई उद्धार गर्छु। गीतामा पनि लेखिएको छ–
भगवान नै साधु-सन्त आदि सबैलाई उद्धार गर्न आउनु पर्छ। एउटै भगवान बाबा आएर सबैको
उद्धार गर्नुहुन्छ। अहिले तिमीले आश्चर्य मान्छौ– मनुष्य कति पत्थरबुद्धि हुन्छन्।
अहिले नै यदि ठूला-बडाहरूलाई गीताको भगवान शिव हुनुहुन्छ भनेर थाहा भएमा भन्न
सकिन्न के हुन्थ्यो होला? हाहाकार मच्चिन्थ्यो। तर अहिल्यै समय भएको छैन। नत्र सबैको
आसन एकदम हल्लिन थाल्छ। धेरैको तख्त हल्लिन्छ नि। जब लडाईं हुन्छ, तब थाहा हुन्छ
यिनको तख्त हल्लिन लागेको छ, अब ढल्छ। अहिले नै हल्लियो भने त ठूलो हलचल मच्चिन्छ।
पछि गएर हुन्छ। पतित-पावन सर्वका सद्गतिदाताले स्वयं भन्नुहुन्छ– ब्रह्मा तनद्वारा
स्थापना गरिरहेको छु। सबैको सद्गति अर्थात् उद्धार गरिरहेको छु। भगवानुवाच– यो पतित
दुनियाँ हो। यी सबैको उद्धार मैले गर्नु छ। अहिले सबै पतित छन्। पतितले फेरि कसैलाई
पावन कसरी बनाउँछन्? पहिला त स्वयं पावन बनून् अनि अनुयायीहरूलाई बनाऊन्। भाषण
गर्नमा खुब मस्ती हुनुपर्छ। कन्याहरूको नयाँ रगत हुन्छ। तिमीले पुरानोबाट नयाँ
बनाइरहेका छौ। तिम्रो आत्मा जुन पुरानो कलियुगी बनेको छ, अब नयाँ सत्ययुगी बन्छ।
मैला निस्कँदै जान्छ। तिमी बच्चाहरूमा ठूलो सोख हुनुपर्छ। नशा कायम राख्नुपर्छ।
आफ्ना साथीहरूलाई उठाउनु पर्छ। गायन पनि छ गुरु माता। माता गुरु कहिले बन्छन्, त्यो
अहिले तिमीले जानेका छौ। जगत् अम्बा नै फेरि राज-राजेश्वरी बन्छिन्। फेरि त्यहाँ
कोही गुरु नै रहँदैनन्। गुरुको सिलसिला अहिले चल्छ। बाबा आएर माताहरूमाथि ज्ञान
अमृतको कलश राख्नुहुन्छ। सुरुदेखि यस्तै छ। सेन्टरहरूको लागि पनि भन्छन्,
ब्रह्माकुमारी चाहियो। बाबा त भन्नुहुन्छ– आफैंले चलाऊ। हिम्मत छैन? बाबा! टिचर
चाहियो, यस्तो भन्दैनन्। यो पनि ठीक छ, मान दिन्छन्।
आजकल दुनियाँमा लंगडो मान दिन्छन्। आज प्रधानमन्त्री छ, भोलि उसलाई उडाइदिन्छन्।
स्थायी सुख कसैलाई पनि मिल्दैन। यस समयमा तिमी बच्चाहरूलाई स्थायी राज्य भाग्य
प्राप्त भइरहेको छ। तिमीलाई बाबाले कति प्रकारले सम्झाउनु हुन्छ। आफूलाई सदैव
हर्षित राख्नको लागि धेरै राम्रा-राम्रा उपायहरू बताउनु हुन्छ। शुभ-भावना राख्नु छ
नि– अहो! हामी यस्तै लक्ष्मी-नारायण बन्छौं फेरि यदि कसैको भाग्यमा छैन भने
पुरुषार्थ नै के गर्छन् र? बाबाले पुरुषार्थ त गराउनु हुन्छ नि। पुरुषार्थ व्यर्थ
जाँदैन। यो त सधैं सफल हुन्छ। राजधानी स्थापना भइ नै हाल्छ। विनाश पनि महाभारत
लडाईंद्वारा हुनु नै छ। पछि गएर तिमीले कोसिस गर्यौ भने सबै आउँछन्। अहिले बुझ्दैनन्,
फेरि त उनीहरूको राज्यसत्ता नै उड्छ। कति गुरुहरू छन्, यस्तो कुनै मनुष्य छैन जो
कुनै गुरुको अनुयायी नहोस्। यहाँ तिमीलाई सद्गति दिने एक सद्गुरु मिल्नु भएको छ।
चित्र धेरै राम्रा छन्। यो हो सद्गति अर्थात् सुखधाम, यो हो मुक्तिधाम। बुद्धिले पनि
भन्छ– हामी सबै आत्माहरू निर्वाणधाममा रहन्छौं। जहाँबाट फेरि आवाजमा आउँछौं।
त्यहाँका निवासी हौं। यो खेल पनि यहाँको लागि नै बनेको छ। शिवजयन्ती पनि यहाँ
मनाउँछन्। बाबा भन्नुहुन्छ– म आएको छु, कल्पपछि फेरि आउँछु। हरेक ५ हजार वर्षपछि
बाबा आउने बित्तिकै स्वर्ग स्थापना हुन्छ। भन्छन् पनि– क्राइस्ट भन्दा यति वर्ष
पहिला प्याराडाइज थियो, स्वर्ग थियो। अहिले छैन फेरि हुनु छ। त्यसैले अवश्य
नर्कवासीको विनाश, स्वर्गवासीको स्थापना हुनुपर्छ। अब तिमी स्वर्गवासी बनिरहेका छौ।
नर्कवासी सबै विनाश हुन्छन्। उनीहरूले त सम्झन्छन्– अझै यति लाख वर्ष बाँकी छ।
बच्चाहरू ठूला भएपछि बिहे गराइदिउँ... तिमीले त यस्तो भन्दैनौ। यदि बच्चाहरू
राय-सल्लाह अनुसार चल्दैनन् भने त फेरि श्रीमत लिनुपर्छ– स्वर्गवासी बन्दैनन् भने
के गर्ने? बाबा भन्नुहुन्छ– यदि आज्ञाकारी छैनन् भने जान देऊ। यसमा पक्का नष्टोमोह
अवस्था हुनुपर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) श्री श्री
शिवबाबाको श्रेष्ठ मतमा चलेर स्वयंलाई श्रेष्ठ बनाउनु छ। श्रीमतमा मनमत मिसाउनु
हुँदैन। ईश्वरीय पढाइको नशामा रहनु छ।
२) आफ्ना साथीहरूको कल्याणको लागि उपाय रच्नु छ। सबैप्रति शुभ-भावना राख्दै
एक-अर्कालाई सच्चा मान दिनु छ। लंगडा मान होइन।
वरदान:–
रूहानी
एक्सरसाइज एवं स्व-नियन्त्रणद्वारा महीनताको अनुभव गर्ने फरिश्ता भव
बुद्धिको महानता र
हल्कापन ब्राह्मण जीवनको व्यक्तित्व हो। महीनता नै महानता हो। तर यसको लागि सधैं
अमृतबेला अशरीरीपनको एक्सरसाइज गर एवं व्यर्थ संकल्पको भोजनको परहेज राख। परहेजको
लागि स्व-नियन्त्रण राख। जुन समय जस्तो संकल्प रूपी भोजन स्वीकार गर्नु छ, त्यस समय
त्यही गर। व्यर्थ संकल्पको अतिरिक्त भोजन नगर, तब महीन बुद्धि बनेर फरिश्ता स्वरूपको
लक्ष्यलाई प्राप्त गर्न सक्छौ।
स्लोगन:–
महान आत्मा ऊ
नै हो, जो हर सेकेन्ड, हर कदम श्रीमतमा एक्युरेट चल्छ।