08.01.23 Avyakt Bapdada Nepali Murli 23.04.93 Om Shanti Madhuban
निश्चयबुद्धि भव ,
अमर भव
आज बापदादा सर्व अति
स्नेही, आदिकालदेखि यज्ञको स्थापनाका सहयोगी, अनेक प्रकारले आएका भिन्न-भिन्न
समस्याहरूको पेपरमा निश्चयबुद्धि विजयी बनेर पार गर्ने आदि स्नेही, सहयोगी, अटल,
अचल आत्माहरूसँग मिलन मनाउन आउनु भएको छ। निश्चयको सब्जेक्टमा पास भएर चल्ने
बच्चाहरूको पासमा आउनु भएको छ। यो निश्चयले चाहे यस पुरानो जीवनमा, चाहे भविष्य
जीवनमा, सदा विजयको अनुभव गराइरहनेछ। “निश्चय”को, “अमर भव”को वरदान सदा तिम्रो साथ
रहेको छ। विशेष आज जो बहुतकालका अनुभवी बुज्रुग आत्माहरू छन्, उनीहरूको याद र
स्नेहको बन्धनमा बाँधिएर बाबा आउनु भएको छ। निश्चयको बधाई!
एकातिर यज्ञ अर्थात्
पाण्डवहरूको किल्लाको जुन जग अर्थात् फाउण्डेशन आत्माहरू छन्, ती पनि सबै सामुन्ने
छन् र अर्कातिर तिमी अनुभवी आदि आत्माहरू यस पाण्डवहरूको किल्लाको दिवालको पहिलो
इँटा हौ। फाउण्डेशन पनि सामुन्ने छन् र आदि इँटा, जसको आधारमा यो किला मजबुत बनेर
विश्वको छत्रछाया बन्यो, ती पनि सामुन्ने छन्। जसरी बाबाले बच्चाहरूको स्नेहमा “जी
हजुर, हाजिर” गरेर दिखाउनुभयो, त्यसरी नै सदा बापदादा र निमित्त आत्माहरूको श्रीमत
वा डाइरेक्शनलाई सदा जी हाजिर गरिरहनु। कहिल्यै पनि व्यर्थ मनमत वा परमत नमिसाउनु।
हाजिर हजुरलाई चिनेर श्रीमतमा उड्दै जाऊ। बुझ्यौ? अच्छा!
मधुबन निवासीहरूलाई
सेवाको बधाई दिदै बापदादाले भन्नुभयो: –
अच्छा, विशेष मधुबन
निवासीहरूलाई धेरै-धेरै बधाई छ। सारा सीजन आफ्नो मधुरता र अथक सेवाद्वारा सर्वको
सेवाको निमित्त बन्यौ। त्यसैले सबैभन्दा पहिला सारा सीजनमा निमित्त सेवाधारी विशेष
मधुबन निवासीहरूलाई धेरै-धेरै बधाई। मधुबन हो नै मधु अर्थात् मधुरता। मधुरताले
सबैलाई बाबाको स्नेहमा ल्याउँछ। त्यसैले चाहे हलमा छौ, चाहे गइसकेका छन् तर सबैलाई,
विशेष एक-एक डिपार्टमेन्टलाई बापदादाले सेवाको विशेष बधाई दिइरहनु भएको छ र “सदा
अथक भव, मधुर भव”को वरदानहरूद्वारा बढ्दै, उड्दै जाऊ।
अव्यक्त बापदादाको
पर्सनल भेटघाट
१) अलबेलापनले कमजोरी
ल्याउँछ , त्यसैले अलर्ट रहने गर
सबै सङ्गमयुगी श्रेष्ठ आत्माहरू हौ नि! सङ्गमयुगको विशेषता के हो, जुन कुनै पनि
युगमा हुँदैन? सङ्गमयुगको विशेषता हो एक त प्रत्यक्षफल मिल्छ र एकको पदमगुणा
प्राप्तिको अनुभव यसै जन्ममा नै हुन्छ। प्रत्यक्षफल मिल्छ नि। यदि एक सेकेन्ड पनि
हिम्मत राख्यौ भने मदत कति धेरै समयसम्म मिलिरहन्छ! कुनै एकको पनि सेवा गर्यौ भने
खुशी कति मिल्छ! त्यसैले एकको पदमगुणा प्राप्ति अर्थात् प्रत्यक्षफल यस सङ्गममा
मिल्छ। ताजा फल खान राम्रो लाग्छ नि। तिमीहरू सबै प्रत्यक्षफल अर्थात् ताजा फल
खानेहरू हौ, त्यसैले शक्तिशाली छौ। कमजोर त छैनौ नि। सबै शक्तिशाली हौ। कमजोरीलाई
आउन नदिनु। तन्दुरुस्त भयौ भने कमजोरी स्वत: खतम भएर जान्छ। सर्वशक्तिमान् बाबाबाट
सदा शक्ति मिलिरहन्छ, त्यसैले कमजोर कसरी हुन्छौ। कमजोरी आउन सक्छ? कहिलेकाहीँ
गल्तीले आउँछ? कुम्भकर्णको निद्रामा अल्छी भएर सुत्यौ भने आउन सक्छ, नत्र आउन
सक्दैन। तिमी त अलर्ट छौ नि। अलबेला के हो? सबै अलर्ट छौ? सदा अलर्ट छौ? सङ्गमयुगमा
बाबा मिल्नुभयो सबैथोक मिल्यो। त्यसैले अलर्ट नै रहन्छौ नि। जसलाई धेरै प्राप्ति
भइरहन्छ, ऊ कति अलर्ट रहन्छ! साधारण बिजनेसमेनलाई बिजनेसमा प्राप्ति भइरहन्छ भने
अलबेला हुन्छ या अलर्ट हुन्छ? तिमीलाई एक सेकेन्डमा कति मिल्छ! त्यसोभए अलबेला कसरी
हुन्छौ? बाबाले सर्वशक्ति दिनुभयो। सर्वशक्ति साथमा छ भने अलबेलापन आउन सक्दैन। सदा
होसियार, सदा खबरदार रहने गर!
यू.के.लाई त बापदादाले
भन्नुहुन्छ नै ओ.के.। जो ओ. के. (बिल्कुल ठीक) छ, ऊ जब अलर्ट छ तब त ओ. के. होला
नि। फाउण्डेशन शक्तिशाली छ, त्यसैले जति पनि शाखा प्रशाखाहरू निस्केका छन्, ती पनि
शक्तिशाली छन्। विशेष बापदादाले, ब्रह्माबाबाले आफ्नो दिलदेखि लण्डनको पहिलो
फाउण्डेशन लगाउनुभयो। ब्रह्माबाबाका विशेष प्रिय हौ। त्यसैले तिमीहरू सदा प्रत्यक्ष
फलका अधिकारी आत्मा हौ। कर्म गर्नु पहिला नै फल तयार छ। यस्तै लाग्छ नि वा मेहनत
लाग्छ? नाच्दै-गाउदै फल खादै गर। त्यसै पनि डबल विदेशीहरूलाई फल राम्रो लाग्छ नि।
बापदादा पनि यू.के. अर्थात् सदा ओ.के. रहने बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ।
आफ्नो यो टाइटल सदा याद राख्नु, ओ.के.। यो कति बढिया टाइटल छ! सबै सदा ओ. के. रहने
र अरूलाई पनि आफ्नो अनुहारद्वारा, वाणीद्वारा, वृत्तिद्वारा ओ.के. बनाउनेहरू हौ। यही
सेवा गर्नु छ नि! राम्रो छ। सेवाको सोख पनि राम्रो छ। जति पनि जहाँबाट पनि आएका छौ,
सबै तीव्र पुरुषार्थी र उड्तीकलावाला हौ। सबैभन्दा धेरै खुशी को रहन्छ? नशाले भन म!
सिवाए खुशी अरू छ नै के! “खुशी” ब्राह्मण जीवनको खुराक हो। खुराक बिना कसरी चल्छौ।
चलिरहेका छौ, खुराक छ त्यसैले त चलिरहेका छौ नि। स्थान पनि बढिरहेका छन्। हेर, पहिला
तीन पाइला पृथ्वी लिने कुरा ठूलो लाग्थ्यो र अहिले के लाग्छ? सहज लाग्छ नि। लण्डनले
कमाल गरेका छौ नि। (अहिले ५० एकड जमीन मिलेको छ) हिम्मत दिलाउने पनि राम्रा छन् र
हिम्मत राख्ने पनि राम्रा छन्। हेर, तिमीहरू सबैको अङ्गुली नभए कसरी हुन्थ्यो
त्यसैले सबै यू. के.वाला लक्की छौ र अंगुली दिनमा बहादुर छौ।
२) आफ्नो सर्व
जिम्मेवारी बाबालाई दिएर बेफिक्र बादशाह बन
सदा आफूलाई बेफिक्र
बादशाह अनुभव गर्छौ? वा थोरै-थोरै फिक्र छ? किनकि जब बाबाले तिम्रो जिम्मेवारी लिनु
भइसक्यो भने जिम्मेवारीको फिक्र किन? अब केवल जिम्मेवारी हो बाबाको साथ-साथै चलिरहने।
त्यो पनि बाबाको साथ-साथै हो, एक्लै होइन। त्यसोभए के फिक्र छ? भोलि के होला, यो
फिक्र छ? नोकरीको फिक्र छ? दुनियाँमा के होला, यो फिक्र छ? किनकि जान्दछौ– हाम्रो
लागि जे पनि हुन्छ राम्रो हुन्छ। निश्चय छ नि। पक्का निश्चय छ वा कहिलेकाहीँ
हल्लिन्छ? जहाँ निश्चय पक्का छ, त्यहाँ निश्चयको साथमा विजय पनि निश्चित छ। यो पनि
निश्चय छ नि– विजय हुनु नै छ। वा कहिले सोच्छौ– थाहा छैन हुन्छ कि हुदैन? किनकि
कल्प-कल्पका विजयी हौ र सदा हुनेछौ। यो आफ्नो यादगार कल्प पहिलाको अहिले फेरि
देखिरहेका छौ। यति निश्चय छ नि– कल्प-कल्पको विजयी हुँ। यति निश्चय छ? कल्प पहिला
पनि तिमी नै थियौ वा अरू थिए? त्यसैले सदा यही याद राख्नु– म निश्चयबुद्धि विजयी
रत्न हुँ। यस्तो रत्न हौ, जुन रत्नहरूलाई बापदादाले पनि याद गर्नुहुन्छ। यो खुशी छ
हैन? धेरै मौजमा रहन्छौ नि। यस अलौकिक दिव्य श्रेष्ठ जन्मको र आफ्नो मधुबन घरमा
पुगेकोमा बधाई।
३) बाबा र तिमी– यस्तो
कम्बाइण्ड रहने गर , जसलाई कहिल्यै कसैले छुट्ट्याउन नसकोस्
सबैले आफूलाई सदा बाबा
र आफू कम्बाइण्ड छौं– यस्तो अनुभव गर्छौ? जो कम्बाइण्ड हुन्छ, उसलाई कहिल्यै पनि,
कसैले पनि छुट्ट्याउन सक्दैन। तिमी अनेक पटक कम्बाइण्ड रहेका हौ, अहिले पनि छौ र
भविष्यमा पनि सदा रहन्छौ। यो पक्का छ? यति पक्का कम्बाइण्ड रहनु। सदैव स्मृति राख–
कम्बाइण्ड थिएँ, कम्बाइण्ड हुँ र कम्बाइण्ड रहन्छु। कसैको तागत छैन, जसले अनेक पटकको
कम्बाइण्ड स्वरूपलाई छुट्ट्याउन सकोस्। त्यसोभए प्यारको निशानी के हो? (कम्बाइण्ड
रहनु) किनकि शरीरसँग त मजबुरीमा पनि कहीँ न कहीँ छुट्टिनु पर्छ। प्यार पनि छ तर
मजबुरीले कहीँ अलग रहनु पनि पर्छ। तर यहाँ त शरीरको कुरा नै छैन, एक सेकेन्डमा
कहाँबाट कहाँ पुग्न सक्छौ! आत्मा र परमात्माको साथ छ। परमात्माले त जहाँ पनि साथ
दिनु हुन्छ र हरेकसँग कम्बाइण्ड रूपले प्रीतको रीति निर्वाह गर्नुहुन्छ। हरेकले के
भन्छौ? मेरो बाबा हुनुहुन्छ। वा भन्छौ तेरो बाबा हुनुहुन्छ? हरेकले भन्छौ मेरो बाबा
हुनुहुन्छ! मेरो किन भन्छौ? अधिकार छ त्यसैले नै त भन्छौ। प्यार पनि छ र अधिकार पनि
छ। जहाँ प्यार छ, त्यहाँ अधिकार पनि हुन्छ। अधिकारको नशा छ नि। कति ठूलो अधिकार
मिलेको छ! यति ठूलो अधिकार सत्ययुगमा पनि मिल्दैन! अरू कुनै जन्ममा परमात्म अधिकार
मिल्दैन। प्राप्ति यहाँ छ। प्रारब्ध सत्ययुगमा हुन्छ तर प्राप्तिको समय अहिले हो।
जुन समयमा प्राप्ति हुन्छ त्यतिबेला कति खुशी हुन्छ! प्राप्त भएपछि त फेरि सामान्य
कुरा हुन्छ। तर जब प्राप्त भइरहेको हुन्छ, त्यस समयको नशा र खुशी अलौकिक हुन्छ! कति
खुशी र नशा छ! किनकि दिनेवाला पनि बेहदको हुनुहुन्छ। दाता पनि बेहदको हुनुहुन्छ र
मिल्छ पनि बेहदको। मालिक के का हौ हदको वा बेहदको? तीन लोक आफ्नो बनाएका छौ। मूलवतन,
सूक्ष्मवतन हाम्रो घर हो र स्थूलवतनमा त हाम्रो राज्य आउनेवाला नै छ। तीन लोकको
अधिकारी बन्यौ! त्यसैले के भनिन्छ– अधिकारी आत्माहरू। कुनै अप्राप्ति छ? के गीत
गाउँछौ? (जे पाउनु थियो, त्यो पाएँ) जे पाउनु थियो, त्यो पाएँ, अब केही पाउन बाँकी
रहने। यो गीत गाउँछौ? वा कुनै अप्राप्ति छ पैसा चाहियो, घर चाहियो! नेताको कुर्सी
चाहियो? केही चाहिदैन किनकि कुर्सी भयो भने पनि एक जन्मको पनि भरोसा छैन र तिमीलाई
कति ग्यारेन्टी छ? २१ जन्मको ग्यारेन्टी छ। ग्यारेन्टी-कार्ड मायाले त चोरी गर्दैन?
जसरी यहाँ पासपोर्ट हरायो भने कति मुश्किल हुन्छ! त्यसैगरी ग्यारेन्टी-कार्ड मायाले
त लिदैन? लुकाउने गर्छ। फेरि तिमीले के गर्छौ? तर यस्तो शक्तिशाली बन, जसले गर्दा
मायाको हिम्मत नहोस्।
४) हर कर्म
त्रिकालदर्शी बनेर गर
सबैले आफूलाई
तख्तनशीन आत्मा अनुभव गर्छौ? अहिले तख्त मिलेको छ वा भविष्यमा मिल्नु छ, के भन्छौ?
सबै तख्तमा बस्नेछौ? (दिलतख्त धेरै ठूलो छ) दिलतख्त त ठूलो छ तर सत्ययुगको तख्तमा
एक समयमा कति जना बस्छौ? तख्तमा ठीकै छ कोही बसोस् तर तख्त अधिकारी रोयल फेमिलीमा त
आउँछौ नि। तख्तमा सँगै त बस्न सक्दैनौ! यस समयमा सबै तख्तनशीन हौ त्यसैले यस जन्मको
महत्त्व छ। जति चाह्यो, जसले चाह्यो दिलतख्तनशीन बन्न सक्छौ। यस समयमा अर्को कुनै
तख्त छ? कुनचाहिँ? (अकालतख्त) तिमी अविनाशी आत्माको तख्त यो भृकुटी हो। भृकुटीको
तख्तनशीन पनि हौ र दिलतख्तनशीन पनि हौ। डबल तख्त छ नि! नशा छ– म आत्मा भृकुटीको
अकालतख्तनशीन हुँ! तख्तनशीन आत्माको स्वमाथि राज्य हुन्छ, त्यसैले स्वराज्य अधिकारी
हौ। स्वराज्य अधिकारी हुँ– यो स्मृतिले सहजै बाबाद्वारा सर्व प्राप्तिको अनुभव
गराउँछ। तीनै तख्तको ज्ञान छ। नलेजफुल हौ नि! पावरफुल पनि हौ वा केवल नलेजफुल मात्र
हौ? जति नलेजफुल छौ, त्यति नै पावरफुल छौ वा नलेजफुल अधिक, पावरफुल कम? ज्ञानमा
ज्यादा होसियार छौ! नलेजफुल र पावरफुल दुवै नै साथ-साथै। तीन तख्तको स्मृति सदा
रहोस्।
ज्ञानमा तीनको
महत्त्व छ। त्रिकालदर्शी पनि बन्छौ। तीनै काललाई जान्दछौ वा केवल वर्तमानलाई जान्दछौ?
कुनै पनि कर्म गर्दा त्रिकालदर्शी बनेर कर्म गर्छौ वा केवल एकदर्शी बनेर कर्म गर्छौ?
के हौ, एक दर्शी वा त्रिकालदर्शी? भोलि के हुँदैछ त्यो जान्दछौ? भन हामीले यो
जान्दछौं– भोलि जे हुन्छ, त्यो धेरै राम्रो हुनेछ। यो त जान्दछौ नि! त्यसैले
त्रिकालदर्शी भयौ नि। जे भयो त्यो पनि राम्रो, जे भइरहेको छ त्यो अझै राम्रो र जे
हुँदैछ त्यो अझै धेरै राम्रो। यो निश्चय छ नि– राम्रोभन्दा राम्रो हुनु छ, नराम्रो
हुन सक्दैन। किन? राम्रोभन्दा राम्रो बाबा मिल्नुभयो, राम्रोभन्दा राम्रो तिमी बन्यौ,
राम्रो भन्दा राम्रो कर्म गरिरहेका छौ। त्यसैले सबै राम्रा छौ नि। अलिकति नराम्रो,
अलिकति राम्रो छ? म श्रेष्ठ आत्मा हुँ, यो थाहा पायौ, श्रेष्ठ आत्माको सङ्कल्प, बोली,
कर्म राम्रो हुन्छ नि! त्यसैले यो सदा स्मृति राख– कल्याणकारी बाबा मिल्नुभयो
त्यसैले सदा कल्याण नै कल्याण हुन्छ। बाबालाई भनिन्छ नै विश्व-कल्याणकारी र तिमी
मास्टर विश्व-कल्याणकारी हौ! जो विश्वको कल्याण गर्नेवाला छ, उसको अकल्याण हुनै
सक्दैन त्यसैले यो निश्चय राख– हर समय, हर कार्य, हर सङ्कल्प कल्याणकारी छ।
सङ्गमयुगलाई पनि नाम राखिदिन्छन् कल्याणकारी युग। त्यसैले अकल्याण हुन सक्दैन। अब
के याद राख्छौ? जे भइरहेको छ, त्यो राम्रो र जे हुनेछ त्यो पनि धेरै राम्रो। यो
स्मृतिले सदा अगाडि बढाइरहन्छ। अच्छा, सबै कुना-कुनामा बाबाको झण्डा लहराइरहेका छौ।
सबैजना धेरै हिम्मत र तीव्र पुरुषार्थले अगाडि बढिरहेका छौ र सदा बढिरहनेछौ। फ्युचर
देखिन्छ नि। कसैले तपाईंको भविष्य कस्तो छ भनेर सोधेमा भन हामीलाई थाहा छ, धेरै
राम्रो छ। अच्छा!
वरदान:–
आफ्नो मस्तकमा
श्रेष्ठ भाग्यको रेखा देख्ने सबै चिन्ताहरूबाट मुक्त बेफिक्र बादशाह भव
बेफिक्र रहने बादशाही
सबै बादशाहीहरूमा श्रेष्ठ छ। यदि कोही ताज पहिरिएर तख्तमा बस्छ र चिन्ता मात्र
गरिरहन्छ भने त्यो तख्त भयो या चिन्ता? भाग्यविधाता भगवानले तिम्रो मस्तकमा श्रेष्ठ
भाग्यको रेखा कोरिदिनु भएको छ त्यसैले बेफिक्र बादशाह भयौ। त्यसैले सधैं आफ्नो
मस्तकमा श्रेष्ठ भाग्यको रेखा देखिराख। वाह मेरो श्रेष्ठ ईश्वरीय भाग्य! यसै नशामा
रह्यो भने सबै चिन्ता समाप्त हुन्छन्।
स्लोगन:–
एकाग्रताको
शक्तिद्वारा आत्माहरूलाई आह्वान गरेर रूहानी सेवा गर्नु नै सच्चा सेवा हो।