08.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे म स दा वाणी भन्दा पर छु । म आएको छु तिमी बच्चाहरूलाई उपराम बनाउन । अहिले तिमीहरू सबैको वानप्रस्थ अवस्था हो , अब वाणी भन्दा पर घरमा जानु छ।

प्रश्न:
असल पुरुषार्थी विद्यार्थी कसलाई भनिन्छ? उसको मुख्य लक्षण सुनाऊ?

उत्तर:
असल पुरुषार्थी विद्यार्थी ऊ हो, जसले आफूले आफैं सँग कुरा गर्न जान्दछ, सूक्ष्म अध्ययन गर्छ। पुरुषार्थी विद्यार्थीले सधैं आफ्नो जाँच गरिरहन्छ ममा कुनै आसुरी स्वभाव त छैन? दैवी गुण कहाँसम्म धारण गरेको छु? उसले आफ्नो रजिष्टर राख्छ भाइ-भाइको दृष्टि सधैं रहन्छ? विकारी विचार त चल्दैन?

ओम् शान्ति ।
रूहानी बच्चाहरूप्रति, जो पनि वाणी भन्दा पर जानको लागि, अर्थात् घरमा जानको लागि पुरुषार्थ गरिरहेका छन्। त्यो सबै आत्माहरूको घर हो। तिमीले सम्झन्छौ अब हामीले यो शरीर छोडेर जानु छ। बाबा भन्नुहुन्छ म आएको छु तिमीलाई घरमा लैजानको लागि। त्यसैले यस देह र देहको सम्बन्धबाट उपराम हुनु पर्छ। यो त छी-छी दुनियाँ हो। यो पनि आत्मालाई थाहा छ हामी अब जानु छ। बाबा आउनु भएको छ पावन बनाउनको लागि। फेरि हामी पावन दुनियाँमा जानु छ। यो मनमनै विचार सागर मन्थन हुनु पर्छ। अरू कसैलाई पनि यस्तो विचार आउँदैन। तिमीले सम्झन्छौ हामी स्वयं आफ्नो दिलबाट यो शरीर छोडेर आफ्नो घरमा जानेछौं, फेरि नयाँ पवित्र सम्बन्धमा, नयाँ दुनियाँमा आउने छौं। यो स्मृति पनि धेरै कमलाई रहन्छ। बाबा भन्नुहुन्छ साना, ठूला, वृद्ध आदि सबै फर्केर जानु पर्छ। फेरि नयाँ दुनियाँको पावन सम्बन्धमा आउनु छ। घरी-घरी बुद्धिमा आउनु पर्छ हामी अब घर जानको लागि तयारी गरिरहेका छौं। जसले गर्छन् तिनै साथमा जान्छन्। जसले अहिले ईश्वरको लागि गर्छन् उनै गएर पदमापदमपति बन्छन्, नयाँ दुनियाँमा। ती व्यक्तिहरूले यस पुरानो दुनियाँमा इनडाइरेक्ट गर्छन्। सम्झन्छन्, ईश्वरले यसको फल दिनु हुन्छ। अहिले बाबा सम्झाउनु हुन्छ त्यो तिमीलाई अल्पकाल क्षणभंगुर मिल्छ। अहिले म आएको छु, तिमीलाई राय दिन्छु अहिले जो दिन्छौ त्यो तिमीलाई २१ जन्मको लागि पदम भएर मिल्छ। तिमीले सम्झन्छौ ठूलो घरमा गएर जन्म लिनेछौं। हामी त नारायण अथवा लक्ष्मी बन्नेछौं। त्यसैले त्यति मेहनत पनि गर्नु पर्छ। हामी यस पुरानो छी-छी दुनियाँबाट जानको लागि तयारी गरिरहेका छौं। यो पुरानो दुनियाँ, पुरानो शरीर छोड्नु छ। यस्तो तयार रहनु पर्छ जो अन्त्य समयमा कोही पनि याद नआओस्। यदि पुरानो दुनियाँ वा मित्र-सम्बन्धी आदि याद आयो भने के गति होला? तिमीले भन्छौ नि अन्तकाल जो स्त्री सिमरे... त्यसैले बाबालाई अनुसरण गर्नु पर्छ। यस्तो होइन, बाबा वृद्ध छन्, त्यसैले सम्झिन्छन् यो शरीर छोड्नु छ। होइन, तिमीहरू सबै वृद्ध हौ। सबैको वानप्रस्थ अवस्था छ, सबै फर्केर जानु छ। त्यसैले बाबा भन्नुहुन्छ यस पुरानो दुनियाँबाट बुद्धियोग तोड। अब त जानु छ आफ्नो घर। फेरि जतिसम्म त्यहाँ बस्नु पर्ने हुन्छ त्यति त्यहाँ बस्ने छौ। जति पछि पार्ट हुन्छ त्यति पछि शरीर धारण गरेर पार्ट खेल्ने छौ। कोही त १०० वर्ष कम ५ हजार वर्ष पनि शान्तिधाममा रहन्छन्, अन्त्यमा आउँछन्। जसरी काशी कल्वट खान्छन्, सबै पाप तुरून्तै खतम हुन्छ। अन्त्यमा आउनेहरूको पाप के होला! आए अनि गए। बाँकी मोक्ष कसैलाई पनि मिल्न सक्दैन। त्यहाँ बसेर के गर्ने? पार्ट त अवश्य खेल्नु छ। तिम्रो पार्ट छ। तिम्रो पार्ट छ सुरुमा आउने। त्यसैले बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! यस पुरानो दुनियाँलाई भुल्दै जाऊ। अब त जानु छ ८४ को पार्ट पूरा भयो। तिमी पतित बनिसकेका छौ। अब फेरि आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। दैवी गुण पनि धारण गर।

बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! आफ्नो जाँच गर्दै गर ममा कुनै आसुरी स्वभाव त छैन? तिम्रो दैवी स्वभाव हुनु पर्छ। त्यसको लागि चार्ट राख्यौ भने पक्का हुँदै जान्छौ। तर माया यस्तो छ जसले चार्ट राख्नै दिदैन। दुई-चार दिन राखेर फेरि छोडिदिन्छन् किनकि तकदिरमा छैन। तकदिरमा भए त धेरै राम्रो सँग रजिष्टर राख्ने छन्। स्कुलमा रजिष्टर अवश्य राख्छन्। यहाँ पनि सबै सेन्टरमा सबैको चार्ट, रजिष्टर राख्नु पर्छ। फेरि हेर्नु छ म सधैं जान्छु? दैवी गुण धारण गरेको छु? भाइ-बहिनीको सम्बन्धबाट पनि उच्च जानु छ। केवल रूहानी दृष्टि भाइ-भाइको चाहिन्छ। हामी आत्मा हौं। कसैको विकारी दृष्टि छैन। भाइ-बहिनीको सम्बन्ध पनि त्यसैले हो किनकि तिमी ब्रह्माकुमार-कुमारी हौ। एक बाबाका बच्चाहरू हौ। यस संगमयुगमा नै भाइ-बहिनीको सम्बन्धमा रहन्छौ, किनकि विकारी दृष्टि बन्द होस्। एक बाबालाई नै याद गर्नु पर्छ। वाणी भन्दा पनि पर जानु पर्छ। यसरी आफू सँग कुरा गर्नु यो हो सूक्ष्म अध्ययन। यसमा आवाज गर्नु पर्ने आवश्यकता छैन। यो त बच्चाहरूलाई सम्झाउनको लागि आवाजमा आउनु पर्छ। वाणी भन्दा पर जानको लागि पनि सम्झाउनु पर्छ। अब फर्केर जानु छ। बाबालाई बोलाएका थियौं आउनुहोस्, हामीलाई साथमा लिएर जानुहोस्। हामी पतित छौं, फर्केर जान सक्दैनौं। पतित दुनियाँमा अब पावन कसले बनाउने? साधु-सन्त आदि कसैले पनि पावन बनाउन सक्दैनन्। स्वयं नै पावन हुनको लागि गंगा स्नान गर्छन्। बाबालाई चिनेका छैनन्। जसले कल्प पहिले चिनेका थिए, तिनैले अहिले पुरुषार्थ गरिरहेका छन्। यो पुरुषार्थ पनि बाबा सिवाय अरू कसैले गराउन सक्दैन। बाबा नै सबै भन्दा उच्च हुनु हुन्छ। यस्ता बाबालाई ढुङ्गा-माटोमा हुनु हुन्छ भन्नाले मनुष्यको के गति भएको छ! सिँढी उत्रिदै आएका छन्। कहाँ ती सम्पूर्ण निर्विकारी, कहाँ यी सम्पूर्ण विकारी। यी कुरालाई पनि तिनैले मान्नेछन्, जसले कल्प पहिले मानेका थिए। तिम्रो कर्तव्य हो जति पनि आउँछन् तिनलाई बाबाको आदेश बताउनु। सिँढीको चित्रमा सम्झाऊ। सबैको अब वानप्रस्थ अवस्था छ। सबै शान्तिधाम र सुखधाममा जान्छन्। सुखधाममा उनै जान्छन्, जसले आत्मालाई बुद्धियोगबलद्वारा सम्पूर्ण पवित्र बनाउँछन्। भारतको प्राचीन योगको पनि गायन छ। आत्मालाई अब स्मृति आएको छ अवश्य हामी सुरुमा आएका हौं। अब फेरि फर्केर जानु छ। तिमीलाई आफ्नो पार्ट याद आउँछ। जो यस कुलमा आउनेवाला छैन, उसलाई म पवित्र बन्नु छ भन्ने याद पनि आउँदैन। पवित्र बन्नमा नै मेहनत लाग्छ। बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर मलाई याद गर्यौ भने विकर्माजित बन्छौ र भाइ-बहिनी सम्झियौ भने दृष्टि बदलिन्छ। सत्ययुगमा दृष्टि खराब हुँदैन। बाबाले त सम्झाइरहनु हुन्छ प्यारा बच्चाहरू! आफूलाई सोध म सत्ययुगी देवता हुँ वा कलियुगी मनुष्य हुँ? तिमी बच्चाहरूले धेरै राम्रा चित्र, स्लोगन आदि बनाउनु पर्छ। एकले भनोस् सत्ययुगी हौं वा कलियुगी? अर्कोले फेरि प्रश्न सोधोस्, यसरी धूम मच्चाउनु पर्छ।

बाबा त श्रीमत दिनु हुन्छ पतितलाई पावन बनाउन। बाँकी धन्दा आदि बारेमा मैले के जानौं। बाबालाई बोलाएका नै हौ आएर मनुष्यबाट देवता बन्ने बाटो बताउनुहोस्, त्यो म आएर बताउँछु। कति सहज कुरा छ। इशारा नै धेरै सहज छ मनमनाभव। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। अर्थ नबुझ्नाले गंगालाई पतित-पावनी सम्झे। पतित-पावन त बाबा हुनु हुन्छ। अहिले सबैको कयामतको समय हो। हिसाब किताब चुक्ता गराएर वापस लिएर जानु हुन्छ। बाबाले सम्झाउँदा त बुझ्छन् पनि तर तकदिरमा छैन भने गिर्छन्। बाबा भन्नुहुन्छ भाइ-बहिनी सम्झ, कहिल्यै खराब दृष्टि नजाओस्। कसैलाई कामको भूत, लोभको भूत आउँछ, कहिले राम्रो भोजन देखे भने आसक्ति आउँछ। चना बेच्नेलाई देखे भने खाने मन हुन्छ। फेरि खाएमा कच्चा हुनाको कारण छिट्टै असर पर्छ। बुद्धि भ्रष्ट हुन जान्छ। माता-पिता, अनन्य बच्चाहरू जसलाई सर्टिफिकेट दिइन्छ, उनको अनुसरण गर्नु पर्छ। यज्ञको जे मिल्यो त्यो मीठो मानेर खानु पर्छ। जिभ्रो चलायमान हुनु हुँदैन। योग पनि हुनु पर्छ। योग भएन भने भन्नेछन् फलानो चीज खानु पर्छ, नत्र बिमार हुन्छौं। बुद्धिमा रहनु पर्छ हामी आएका हौं देवता बन्नको लागि। अब हामी फर्केर घर जानु छ। फेरि बच्चा बनेर आमाको कोखमा आउँछौ । आमाको जो खान-पिन हुन्छ त्यसको असर बच्चामा पर्छ। त्यहाँ यी कुनै पनि कुरा हुँदैन। त्यहाँ त सबै कुरा हुन्छ नै फस्टक्लास। हाम्रो लागि माताले खाना आदि पनि फस्टक्लासको खान्छन् जुन हाम्रो पेटमा आउँछ। त्यहाँ त हुन्छ नै फस्टक्लास। जन्म लिनासाथ खान-पिन सबै शुद्ध हुन्छ। त्यसैले यस्तो स्वर्गमा जानको लागि तयारी गर्नु पर्छ। बाबालाई याद गर्नु पर्छ।

बाबा आएर फेरि नयाँ बनाउनु हुन्छ। ती मनुष्यले त बाँदरको ग्रन्थि मनुष्यमा राख्छन्। सम्झन्छन् हामी युवा हुने छौं। जसरी मुटु नयाँ राख्छन्। बाबाले कुनै मुटु राख्नु हुन्न। बाबा त आएर सृष्टि परिवर्तन गर्नु हुन्छ। बाँकी यो सबै हो विज्ञान। बम आदि बनाउँछन्। यी त दुनियाँलाई नै समाप्त गर्ने चीज हुन्। तमोप्रधान बुद्धि छ नि। उनीहरू त खुशी हुन्छन्। यो पनि भावी बनेको छ। बम आदि अवश्य बन्नु नै छ। शास्त्रमा फेरि लेखिएको छ पेटबाट मुसल निस्क्यो, फेरि यो भयो। अब बाबाले सम्झाउनु भएको छ यी सबै भक्तिमार्गका कुरा हुन्। राजयोग त मैले नै सिकाएको थिएँ। त्यो त एक कहानी भइसक्यो, जो सुन्दा-सुन्दा यो हाल भयो। अहिले बाबाले सच्चा सत्यनारायणको कथा, तीजरीको कथा, अमरनाथको कथा सुनाइरहनु भएको छ। यो पढाइबाट तिमी यो पद पाउँछौ। बाँकी कृष्ण आदि त होइन, जो देखाइन्छ स्वदर्शन चक्रबाट सबैलाई मारे। म त केवल राजयोग सिकाएर पावन बनाउँछु। म तिमीलाई स्वदर्शन चक्रधारी बनाउँछु। उनीहरूले फेरि कृष्णलाई चक्र आदि देखाए। स्वदर्शन चक्र घुमाउने कसरी? जादूको कुरा कहाँ हो र। यो त सबै ग्लानि हो। त्यो पनि आधाकल्प चल्छ। कस्तो अचम्मको ड्रामा छ। साना-ठूला सबैको वानप्रस्थ अवस्था छ। अब हामी जानु छ, त्यसैले बाबालाई याद गर्नु पर्छ। अरू केही पनि याद नआओस्। यस्तो अवस्था होस् तब उच्च पद पाउन सक्छौ। आफ्नो दिल सँग सोध मेरो रजिस्टर कहाँसम्म ठीक छ? रजिष्टरबाट चलन थाहा हुन्छ नियमित पढ्छन् वा पढ्दैनन्? कोही त झूट पनि बोल्छन्। बाबा भन्नुहुन्छ सत्य बताऊ, बताउँदैनौ भने तिम्रै रजिस्टर खराब हुन्छ। भगवान सँग पवित्र बन्ने प्रतिज्ञा गरेर फेरि तोड्छौ भने तिम्रो के गति होला! विकारमा गिर्यो भने खेल खतम। पहिलो नम्बरको दुस्मन हो देह-अभिमान, फेरि काम, क्रोध, देह-अभिमानमा आउनाले नै वृत्ति खराब हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ देही-अभिमानी भव। अर्जुन पनि यिनै हुन्। कृष्णको नै आत्मा थियो। अर्जुन नाम कहाँ हो र। नाम त परिवर्तन हुन्छ, जसमा प्रवेश गर्नुहुन्छ। मनुष्य त भन्छन् यो कल्पवृक्ष आदि तिम्रो कल्पना हो। मनुष्यले जे कल्पना गर्छन् त्यो देख्नमा आउँछ।

तिमी बच्चाहरूलाई धेरै खुशी हुनु पर्छ अब हामी गएर स्वर्गमा साना बच्चा बन्नेछौं। फेरि नाम, रूप, देश, काल सबै कुरा नयाँ हुन्छ। यो बेहदको ड्रामा हो। बनिबनाउ बनिरहेको छ। हुनु नै छ, फेरि हामीले चिन्ता किन गर्ने? ड्रामाको रहस्य अहिले तिमी बच्चाहरूको बुद्धिमा छ। तिमी ब्राह्मणहरू सिवाय अरू कसैले बुझेका छैनन्। दुनियाँमा यस समय सबै पुजारी छन्। जहाँ पुजारी छन् त्यहाँ पूज्य एक जना पनि हुन सक्दैन। पूज्य हुन्छन् नै सत्ययुग-त्रेतामा। कलियुगमा छन् पुजारी, फेरि तिमीले आफूलाई पूज्य कसरी कहलाउन सक्छौ? पूज्य त देवी-देवताहरू नै हुन्छन्। पुजारी छन् मनुष्य। मूल कुरा बाबाले सम्झाउनु हुन्छ पावन बन्नु छ भने म एकलाई याद गर। ड्रामा अनुसार जसले जति पुरुषार्थ गरेको थियो, त्यति नै गर्नेछ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते, रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः
१) आफ्नो पढाइको रजिस्टर राख्नु पर्छ। आफ्नो चार्ट हेर्नु छ मेरो भाइ-भाइको दृष्टि कहाँसम्म रहन्छ? मेरो दैवी स्वभाव बनेको छ?

२) आफ्नो जिभ्रोमा धेरै नियन्त्रण राख्नु पर्छ। बुद्धिमा रहोस् हामी देवता बनिरहेका छौं त्यसैले खान-पानमा धेरै ध्यान दिनु छ। जिब्रो चलायमान हुनु हुँदैन। माता-पिताको अनुसरण गर्नु छ।


वरदान:
ह र घडीलाई अन्तिम घडी सम्झेर सदा एवररेडी रहने तीव्र पुरुषार्थी भव

आफ्नो अन्तिम घडीको कुनै भरोसा छैन, त्यसैले हर घडीलाई अन्तिम घडी सम्झदै एवररेडी रहने गर। एवररेडी अर्थात् तीव्र पुरुषार्थी। यस्तो नसोच अझै विनाश हुनमा टाइम लाग्छ फेरि तयार भइहाल्नेछौं। होइन। हरेक घडी अन्तिम घडी हो, त्यसैले सदा निर्मोही, निर्विकल्प, निर-व्यर्थ.. व्यर्थ पनि होइन, तब भनिन्छ एवररेडी। कुनै पनि कार्य बाँकी रहेको भए पनि आफ्नो स्थिति सदा उपराम होस्, जे हुन्छ त्यो राम्रो हुन्छ।

स्लोगन:
आफ्नो हातमा कानून उठाउनु पनि क्रोधको अंश हो।