08.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यस रूहानी हस्पिटल ले तिमीलाई आधाकल्पको लागि एभरहेल्दी बना उँछ , यहाँ तिमी देही-अभिमानी भएर बस ।

प्रश्न:
धन्धा आदि गर्दा कुनचाहिँ डाइरेक्शन बुद्धिमा याद रहनुपर्छ?

उत्तर:
बाबाको डाइरेक्शन छ तिमीले कुनै साकार वा आकारलाई याद नगर, एक बाबाको याद रह्यो भने विकर्म विनाश हुन्छ। यसमा कसैले फुर्सत छैन भन्न सक्दैन। सबैथोक गर्दा-गर्दै पनि यादमा रहन सक्छौ।

ओम् शान्ति ।
मीठा-प्यारा रूहानी बच्चाहरूप्रति बाबाको गुडमर्निङ्ग। गुडमर्निङ्ग पछि बच्चाहरूलाई भनिन्छ बाबालाई याद गर। बोलाएका पनि हौ हे पतित-पावन आएर पावन बनाउनुहोस् त्यसैले बाबाले पहिला पहिला भन्नुहुन्छ रूहानी बाबालाई याद गर। रूहानी बाबा त सबैका एउटै हुनुहुन्छ। फादरलाई कहिल्यै सर्वव्यापी भनिदैन। त्यसैले जति हुन सक्छ बच्चाहरूले पहिला बाबालाई याद गर, एक बाबा सिवाय कुनै पनि साकार वा आकारलाई याद नगर। यो त एकदमै सहज छ नि। मानिसहरूले भन्छन् हामी बिजी रहन्छौं, फुर्सत हुँदैन। तर यसमा त फुर्सत सदैव छ। बाबाले युक्ति बताउनु हुन्छ। यो पनि बुझेका छौ बाबालाई याद गर्नाले नै हाम्रो पाप भस्म हुन्छ। यो हो मुख्य कुरा। धन्दा आदि गर्न कुनै मनाही छैन। ती सबै गर्दै केवल बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। यो त सम्झन्छन् हामी पतित छौं, साधु-सन्त ऋषि-मुनि आदि सबैले साधना गर्छन्। साधना गर्छन् नै भगवान्सँग मिलन गर्नको लागि। त्यो पनि जबसम्म उनीहरूलाई परिचय हुँदैन, तबसम्म त मिलन गर्न सक्दैनन्। तिमीलाई थाहा छ बाबाको परिचय दुनियाँमा कसैलाई पनि छैन। देहको परिचय त सबैलाई छ। धेरै चीजको परिचय झट्ट हुन्छ। आत्माको परिचय त जब बाबा आउनुहुन्छ, तब थाहा हुन्छ। आत्मा र शरीर दुई चीज छन्। आत्मा एक तारा जस्तै छ, जुन धेरै सूक्ष्म छ। यसलाई कसैले देख्न सक्दैन। यहाँ आएर बस्दा देही-अभिमानी भएर बस्नु छ। यो पनि एक हस्पिटल हो नि आधाकल्पको लागि एभरहेल्दी बन्ने। आत्मा त हो अविनाशी, कहिल्यै विनाश हुँदैन। आत्माको नै सारा पार्ट छ। आत्माले भन्छ म कहिल्यै विनाश हुन्न। यतिका सबै आत्माहरू अविनाशी छन्। शरीर विनाशी छ। अहिले तिम्रो बुद्धिमा यो बसेको छ हामी आत्मा अविनाशी हौं। हामी ८४ जन्म लिन्छौं, यो ड्रामा हो। यसमा धर्म स्थापक को-को कहिले आउँछन्, कति जन्म लिन्छन्, यो त बुझेका छौ। ८४ जन्म जुन गायन गरिन्छ, अवश्य कुनै एक धर्मको हुनुपर्छ। सबैको त हुन सक्दैन। सबै धर्म सँगसँगै त आउँदैनन्। हामीले अरूको हिसाब किन बसेर निकाल्ने? थाहा छ फलानो-फलानो समयमा धर्म स्थापना गर्न आउँछन्। त्यसको फेरि वृद्धि हुन्छ। सबै सतोप्रधानबाट तमोप्रधान त हुनु नै छ। दुनियाँ जब तमोप्रधान हुन्छ, तब फेरि बाबा आएर सतोप्रधान सत्ययुग बनाउनु हुन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी नै फेरि नयाँ दुनियाँमा आएर राज्य गर्ने छौं, अरू कुनै धर्म हुँदैन। तिमी बच्चाहरूमा पनि जसलाई उच्च पद लिनु छ, उनीहरू धेरै यादमा रहने पुरुषार्थ गर्छन् र समाचार पनि लेख्छन् बाबा म यति समय यादमा रहन्छु। कतिले त लाज मानेर पूरा समाचार दिदैनन्। सम्झन्छन् बाबाले के भन्नुहुन्छ! तर थाहा त हुन्छ नि। स्कुलमा टिचरले विद्यार्थीहरूलाई भन्छन् तिमीले यदि पढेनौ भने फेल हुन्छौ। लौकिक माता-पिताले पनि बच्चाहरूको पढाइबाट थाहा पाउँछन्, यो त धेरै ठूलो विद्यालय हो। यहाँ त नम्बरवार बसाइँदैन। बुद्धिबाट बुझिन्छ, नम्बरवार त हुन्छन् नि। बाबाले राम्रा-राम्रा बच्चाहरूलाई कहीँ पठाइदिनु हुन्छ, उनीहरू फेरि जान्छन्। अरूले पनि लेख्छन् हामीलाई महारथी चाहियो, अवश्य सम्झन्छन् ऊ हामी भन्दा होसियार र प्रसिद्ध छ। नम्बरवार त हुन्छन् नि। प्रदर्शनीमा पनि अनेक प्रकारका आउँछन्, त्यसैले गाइडहरू पनि उभिइरहनु पर्छ, जाँच गर्नको लागि। रिसीभ गर्नेलाई त थाहा हुन्छ यो कुन प्रकारको मानिस हो। त्यसैले उनलाई फेरि इसारा गर्नुपर्छ यसलाई तपाईले सम्झाउनु होस्। तिमीले पनि बुझ्न सक्छौ। फस्ट ग्रेड, सेकेन्ड ग्रेड, थर्ड ग्रेड सबै छन्। त्यहाँ त सबैको सेवा गर्नु नै छ। कुनै ठूलो मानिस छ भने अवश्य ठूलो मानिसलाई खातिरी त सबैले गर्छन् नै। यो काइदा हो। बाबा अथवा टिचरले बच्चाहरूको क्लासमा महिमा गर्नुहुन्छ, यो पनि ठूलो खातिरी हो। नाम निकाल्नेवाला बच्चाहरूको महिमा अथवा खातिरी गरिन्छ। यो फलाना धनवान हो, रिलिजस माइन्डेड हो, यो पनि खातिरी हो नि। अहिले तिमीलाई थाहा छ उच्च भन्दा उच्च भगवान्हुनुहुन्छ। भनिन्छ पनि वास्तवमा उच्च भन्दा उच्च हुनुहुन्छ, तर फेरि उहाँको जीवनी बताउनुहोस् भनेमा भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। यसरी एकदम तल पारिदिन्छन्। अहिले तिमीले सम्झाउन सक्छौ उच्च भन्दा उच्च हुनुहुन्छ भगवान्, उहाँ हुनुहुन्छ मूलवतनवासी। सूक्ष्मवतनमा छन् देवताहरू। यहाँ रहन्छन् मनुष्य। त्यसैले उच्च भन्दा उच्च भगवान्उहाँ निराकार सिद्ध हुन्छ।

अहिले तिमीलाई थाहा छ हामी जो हीरा जस्ता थियौं, फेरि कौडी जस्ता बनेका छौं। भगवान्लाई आफू भन्दा पनि धेरै तल लगिदिएका छन्। पहिचान नै छैन। तिमी बच्चाहरूलाई नै परिचय मिल्छ, फेरि परिचय कम हुन्छ। अहिले तिमीले बाबाको परिचय सबैलाई दिँदै जान्छौं। धेरैलाई बाबाको परिचय मिल्छ। तिम्रो मुख्य चित्र हो नै यो त्रिमूर्ति, गोला, वृक्ष। यिनमा कति ज्ञान छ। यो त जसले पनि भन्छन् यी लक्ष्मी-नारायण सत्ययुगका मालिक थिए। ठीकै छ, सत्ययुग भन्दा पहिला के थियो त? यो पनि अहिले तिमीलाई थाहा छ। अहिले हो कलियुगको अन्त्य र छ पनि प्रजाको प्रजामाथि राज्य। अहिले राजाई त छँदै छैन, कति फरक छ। सत्ययुगको आदिमा राजाहरू थिए र अहिले कलियुगमा पनि राजाहरू त छन्। तर ती कुनै पावन हुँदैनन्, केही पैसा दिएर पनि टाइटल लिन्छन्। महाराजा त कोही छँदै छैन, टाइटल खरीद गरेर लिन्छन्। जस्तै पटियालाका महाराजा, जोधपुर, बीकानेरका महाराजा... नाम त लिइन्छ नि। यो नाम अविनाशी चल्दै आउँछ। पहिले पवित्र महाराजाहरू थिए, अहिले छन् अपवित्र महाराजाहरू। तर यो शब्द चल्दै आउँछ। यी लक्ष्मी-नारायणको लागि भनिन्छ सत्ययुगका मालिक थिए, कसले राज्य लियो? अहिले तिमीलाई थाहा छ राजाईको स्थापना कसरी हुन्छ। बाबा भन्नुहुन्छ मैले तिमीलाई अहिले पढाउँछु २१ जन्मको लागि। तिनीहरू त पढेर यसै जन्ममा नै वकिल आदि बन्छन्। तिमी अहिले पढेर भविष्यमा महाराजा-महारानी बन्छौ। ड्रामा योजना अनुसार नयाँ दुनियाँको स्थापना भइरहेको छ। अहिले हो पुरानो दुनियाँ। चाहे जति नै राम्रा-राम्रा ठूला महल हुन् तर हीरा-जुहारतहरूका महल बनाउने तागत त कसैमा छैन। सत्ययुगमा यी सबै हीरा-जुहारतका महल बनाउँछन् नि। बनाउन कुनै समय कहाँ लाग्छ र। यहाँ पनि भूकम्प आदि गएमा धेरै कालीगढ लगाइदिन्छन्, एक-दुई वर्षमा सारा शहर खडा गरिदिन्छन्। नयाँ दिल्ली बनाउन बढीमा ८-१० वर्ष लाग्यो तर यहाँका लेबर र त्यहाँका लेबरमा त फरक हुन्छ नि। आजकल त नयाँ-नयाँ आविष्कार पनि निकालिरहन्छन्। भवन बनाउन साइन्सको पनि जोड छ, सबैथोक तयारी पाइन्छ, झट्ट फ्ल्याट तयार हुन्छ। धेरै छिटो-छिटो बन्छन्। यो सबै त्यहाँ काममा त आउँछ। यो सबै साथ चल्नु छ। संस्कार त रहन्छ नि। यो विज्ञानको संस्कार पनि जान्छ। अहिले बाबाले बच्चाहरूलाई सम्झाइरहनु हुन्छ, पावन बन्नु छ भने बाबालाई याद गर। बाबाले पनि गुडमर्निङ्ग गरेर फेरि शिक्षा दिनुहुन्छ। प्यारा बच्चाहरू! बाबाको यादमा बसेका छौ? हिंड्दा-डुल्दा बाबालाई याद गर किनकि जन्म-जन्मान्तरको बोझ शिरमाथि छ। सिँढी झर्दै-झर्दै ८४ जन्म लिन्छौं। अहिले फेरि एक जन्ममा चढ्ती कला हुन्छ। जति बाबालाई याद गरिरहन्छौ, त्यति खुशी पनि हुन्छ, तागत मिल्छ। धेरै बच्चाहरू छन्, जसलाई पहिलो नम्बरमा राखिन्छ तर यादमा बिल्कुल रहँदैनन्। छन त ज्ञानमा तीक्ष्ण छन् तर यादको यात्रा छँदै छैन। बाबाले त बच्चाहरूको महिमा गर्नुहुन्छ। यिनी पनि नम्बरवनमा छन् भने अवश्य मेहनत पनि गर्छन् होला नि। तिमीले सदैव सम्झ शिवबाबाले सम्झाउनुहुन्छ, तब बुद्धियोग उहाँमा लागिरहन्छ। यिनले पनि सिकेका त छन् नि। फेरि पनि भन्छन् बाबालाई याद गर। कसैलाई सम्झाउनको लागि चित्र छन्। भगवान्भनिन्छ नै निराकारलाई। उहाँ आएर शरीर धारण गर्नुहुन्छ। एक भगवान्का बच्चाहरू सबै आत्माहरू भाइ-भाइ हुन्। अहिले यस शरीरमा विराजमान हुनुहुन्छ। सबै अकालमूर्त हुन्। यो अकालमूर्त (आत्मा)को तख्त हो। अकालतख्त अरू कुनै खास चीज होइन। यो तख्त हो अकालमूर्तको। भृकुटीको बीचमा आत्मा विराजमान छ, यसलाई भनिन्छ अकालतख्त। अकालतख्त, अकालमूर्तको। आत्माहरू सबै अकाल हुन्, कति सूक्ष्म छ। बाबा त हुनुहुन्छ निराकार। उहाँले आफ्नो तख्त कहाँबाट ल्याउने र। बाबा भन्नुहुन्छ मेरो पनि यो तख्त हो। म आएर यस तख्तको लोन लिन्छु। ब्रह्माको साधारण वृद्ध तनमा अकाल तख्तमा आएर बस्छु। अहिले तिमीले बुझिसकेका छौ सबै आत्माहरूको यो भृकुटी तख्त हो। मनुष्यको नै कुरा गरिन्छ, जनावरको त कुरा होइन। पहिला मनुष्य जो जनावर भन्दा पनि खराब बनेको छ, ऊ त सुध्रियोस्। कसैले जनावरको कुरा सोधेमा भन पहिला आफ्नो त सुधार गरौं। सत्ययुगमा त जनावर पनि धेरै राम्रा फस्टक्लास हुन्छन्। फोहोर आदि केही पनि हुँदैन। राजाको महलमा परेवा आदिले विष्टा गरेमा सजायँ मिल्छ। थोरै पनि फोहोर हुँदैन। धेरै खबरदारी रहन्छ। पहरामा रहन्छन्, कहिल्यै कुनै जनावर आदि भित्र घुस्न सक्दैन। धेरै सफाई हुन्छ। लक्ष्मी-नारायणको मन्दिरमा पनि कति सफाई हुन्छ। शंकर-पार्वतीको मन्दिरमा चाहिँ परेवा पनि देखाउँछन्। अवश्य मन्दिरलाई पनि फोहोर गर्छन्। शास्त्रहरूमा त धेरै दन्त्य कथाहरू लेखिदिएका छन्।

अहिले बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ, यसमा पनि थोरै छन्, जसले धारणा गर्न सक्छन्। बाँकीले त केही पनि बुझ्दैनन्। बाबाले बच्चाहरूलाई कति प्यारसँग सम्झाउनु हुन्छ प्यारा बच्चाहरू, धेरै मीठो बन। मुखबाट सदैव रत्न निस्किरहोस्। तिमी हौ रूप-बसन्त। तिम्रो मुखबाट पत्थर निस्किनु हुँदैन। आत्मा को नै महिमा हो। आत्माले भन्छ म राष्ट्रपति हुँ, फलाना हुँ...। मेरो शरीरको नाम यो हो। ठीकै छ, आत्माहरू कसका बच्चा हुन् त? एक परमात्माका। त्यसोभए अवश्य उहाँबाट वर्सा मिल्छ होला। उहाँ फेरि सर्वव्यापी कसरी हुन सक्नुहुन्छ! तिमीले बुझेका छौ हामीलाई पनि पहिला थाहा थिएन। अहिले कति बुद्धि खुलेको छ। तिमी कुनै पनि मन्दिरमा जाँदा सम्झन्छौ यी त सबै झुटा चित्र हुन्। १० हात भएका, हात्तीको सूँढ भएको कुनै चित्र हुन्छ र! यो सबै हो भक्ति मार्गको सामग्री। वास्तवमा भक्ति हुनुपर्छ एक शिवबाबाको, जो सबका सद्गति दाता हुनुहुन्छ। तिम्रो बुद्धिमा छ यी लक्ष्मी-नारायणले पनि ८४ जन्म लिन्छन्। फेरि सर्वोच्च बाबा नै आएर सबैलाई सद्गति दिनुहुन्छ। उहाँ भन्दा ठूलो कोही छँदै छैन। यो ज्ञानको कुरा तिमीहरूमा पनि नम्बरवार धारण गर्न सक्छन्। धारणा गर्न सक्दैनन् भने बाँकी के कामको रह्यो। कति त अन्धाहरूको लठ्ठी बन्नुको सट्टा अन्धो बन्छन्। जुन गाईले दूध दिदैन, उसलाई पिंजरपुरमा राख्छन्। यहाँ पनि ज्ञानको दूध दिन सक्दैनन्। धेरै छन्, जसले केही पुरुषार्थ गर्दैनन्। बुझ्दैनन् मैले केही त कसैको कल्याण गरूँ। आफ्नो तकदिरको ख्याल नै रहँदैन। जे जति मिल्यो, त्यही राम्रो! त्यसैले बाबा भन्नुहुन्छ यिनको तकदिरमा छैन। आफ्नो सद्गति गर्ने पुरुषार्थ त गर्नुपर्छ। देही-अभिमानी बन्नु छ। बाबा कति उच्च भन्दा उच्च हुनुहुन्छ र आउनु हुन्छ हेर कसरी पतित दुनियाँ, पतित शरीरमा। उहाँलाई बोलाउँछन् नै पतित दुनियाँमा। जब रावणले दु:ख दिन्छ, बिल्कुलै भ्रष्ट बनाइदिन्छ, तब बाबा आएर श्रेष्ठ बनाउनु हुन्छ। जसले राम्रो पुरुषार्थ गर्छन्, ती राजा-रानी बन्छन्, जसले पुरुषार्थ गर्दैनन्, ती गरिब बन्छन्। तकदिरमा छैन भने पुरुषार्थ गर्न सक्दैनन्। कुनैले त धेरै राम्रो तकदिर बनाउँछन्। हरेकले आफूलाई हेर्न सक्छन् मैले के सेवा गर्छु। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) रूप-बसन्त बनेर मुखबाट सदैव रत्न निकाल्नु छ, धेरै मीठो बन्नु छ। कहिल्यै पनि पत्थर (कटु वचन) निकाल्नु छैन।

२) ज्ञान र योगमा तेज बनेर आफ्नो र अरूको कल्याण गर्नु छ। आफ्नो उच्च तकदिर बनाउने पुरुषार्थ गर्नु छ। अन्धाहरूको लठ्ठी बन्नु छ।

वरदान:
प्रवृत्तिको विस्तारमा रहेर फरिश्तापनको साक्षात्कार गराउने साक्षात्कारमूर्त भव

प्रवृत्तिको विस्तार भएर पनि विस्तारलाई समेट्ने र उपराम रहने अभ्यास गर। भर्खरै स्थूल कार्य गर्ने, भर्खरै अशरीरी हुने यो अभ्यासले फरिश्तापनको साक्षात्कार गराउँछ। उच्च स्थितिमा रह्यौ भने सानो-सानो कुराको व्यक्त भाव अनुभव हुँदैन। उचाईमा गएपछि नीचापन आफैं छुट्छ। मेहनतबाट बच्छौ। समय पनि बच्छ, सेवा पनि तीब्र हुन्छ। बुद्धि यति विशाल हुन्छ जसले गर्दा एकै समयमा धेरै कार्य गर्न सकिन्छ।

स्लोगन:
खुशीलाई कायम राख्नको लागि आत्मारूपी दियोमा ज्ञानको घृत सधैं थप्दै गर।