08.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे विचार सागर मन्थन गरेर एउटा यस्तो टपिक निकाल , सबै ठाउँमा एउटै टपिकमा भाषण चलोस् । यही हो तिम्रो एकता ।

प्रश्न:
कुनचाहिँ मेहनत गर्दै-गर्दै तिमी बच्चाहरू सम्मान सहित पास हुन सक्छौ?

उत्तर:
कर्म बन्धनबाट अतीत बन। जब कसै सँग कुरा गर्छौ, आत्मा भाइ सम्झिएर भाइलाई हेर। बाबाबाट सुन्दा पनि बाबालाई भृकुटीमा हेर। भाइ-भाइको दृष्टिले त्यो स्नेह र सम्बन्ध पक्का हुँदै जान्छ। यो नै मेहनतको काम हो, यसबाट नै सम्मान सहित पास हुनेछौ। उच्च पद पाउने बच्चाहरूले यो पुरुषार्थ अवश्य गर्ने छन्।

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूलाई सम्झाइएको छ यो हो मृत्युलोक, त्यसको तुलनामा अमरलोक पनि छ। भक्तिमार्गमा देखाउँछन्, शंकरले पार्वतीलाई अमरकथा सुनाए। अब अमरलोकमा त तिमीहरू जान्छौ। शंकरले त कथा सुनाउँदैनन्। कथा सुनाउनेवाला ज्ञानसागर एकै बाबा हुनु हुन्छ। शंकर कुनै ज्ञानसागर होइनन्, जसले कथा सुनाऊन्। यस्ता-यस्ता कुरामा तिमी बच्चाहरूले सम्झाउनु पर्छ। कालमाथि जित कसरी पाइन्छ, यो जुन ज्ञान छ यसले अमर बनाउँछ, यसबाट आयु पनि लामो हुन्छ। त्यहाँ काल हुँदैन। यहाँ तिमी ५ विकार अथवा रावणमाथि जित पाएपछि रामराज्य अथवा अमरलोकको मालिक बन्छौ। मृत्युलोकमा हुन्छ रावण राज्य, अमरलोकमा हुन्छ रामराज्य। देवताहरूलाई कहिल्यै कालले खाँदैन। त्यहाँ कालको जमघट हुँदैन। त्यसैले, मनुष्यले कालमाथि विजय कसरी पाउन सक्छ, यो टपिक पनि धेरै राम्रो छ। यी सबै ज्ञानका कुरा हुन्। भारतवर्ष अमरलोक थियो, कति लामो आयु थियो। सर्पको उदाहरण पनि सत्ययुगको लागि हो। एउटा खाल छोडेर अर्को लिन्छ, यसलाई भनिन्छ बेहदको वैराग्य। जान्दछन्, सारा दुनियाँको विनाश हुनेवाला छ। यो पुरानो शरीर पनि छोड्नु छ। यो ८४ जन्मको पुरानो खाल हो। अमरलोकमा यस्तो हुँदैन। त्यहाँ फेरि सम्झन्छन्, अब शरीर बूढो, जीर्ण भयो, यसलाई छोडेर नयाँ शरीर लिनेछौं। फेरि साक्षात्कार पनि हुन्छ, समझलाई नै साक्षात्कार भनिन्छ। मेरो अब नयाँ खाल तयार भएको छ। पुरानोलाई अब छोड्नु छ। त्यहाँ पनि यस्तै हुन्छ। त्यसलाई भनिन्छ नै अमरलोक, जहाँ काल आउँदैन। समयमा आफैं शरीर छोडिदिन्छन्। कछुवाको उदाहरण पनि यहाँको हो। काम गरेर फेरि अन्तर्मुखी बन्छन्। अहिलेको उदाहरण फेरि भक्तिमार्गमा कपी गर्छन्, तर केवल भन्न मात्र। केही पनि बुझ्दैनन्। अहिले तिमी त सम्झन्छौ राखी उत्सव, दशैं, दीपावली, होली आदि सबै अहिलेका हुन् जुन भक्तिमार्गमा चल्छन्। त्यसैले यी कुरा सत्ययुगमा हुँदैनन्। यस्ता-यस्ता टपिक लेख। मनुष्यले कालमाथि जित कसरी पाउन सक्छ? मृत्युलोकबाट कसरी अमरलोकमा जान सकिन्छ? यस्तो कुरामा सम्झाउनको लागि पहिले लेख्नु पर्छ। जसरी नाटकको कथा लेख्छन्, आज फलानो नाटक छ। तिम्रो पनि प्वाइन्टहरूको लिस्ट हुनु पर्छ, आज यस टपिकमा सम्झाइन्छ। रावण राज्यबाट दैवी राज्यमा कसरी जान सकिन्छ? छन त ज्ञान एउटै छ। तर भिन्न-भिन्न टपिक सुन्दा खुशी हुन्छ बेहदको बाबाबाट बेहदको वर्सा कसरी मिल्छ। जसरी संन्यासीहरूको पत्रिकामा आउँछ आज १२५औं यज्ञ रचिएको छ, त्यसमा यो यो सुनाइन्छ। यहाँ त बाबा भन्नुहुन्छ म एकै पटक यज्ञ रच्दछु, जसमा सारा पुरानो दुनियाँ स्वाहा हुन्छ। उनीहरू त धेरै यज्ञ रच्दछन्। जुलुस आदि गर्छन्। यहाँ त तिमीहरू जान्दछौ यो रुद्र शिवबाबाको एउटै यज्ञ छ, जसमा सारा पुरानो दुनियाँ स्वाहा हुन्छ, नयाँ दुनियाँको स्थापना हुन्छ र तिमी गएर देवता बन्छौ। बाबा तिमीहरूलाई यो पनि सम्झाउनु हुन्छ। रचयिता बाबा नै आएर आफ्नो र रचनाको आदि-मध्य-अन्त्यको सारा ज्ञान दिनु हुन्छ र राजयोग पनि सिकाउनु हुन्छ। सत्ययुगमा हुन्छन् नै पवित्र देवताहरू। उनीहरू राजाई पनि गर्छन्। त्यसलाई भनिन्छ आदि सनातन देवी-देवता धर्म। यो पनि टपिक राख्न सक्छौ एक आदि सनातन सत्ययुगी देवी-देवता धर्मको स्थापना कसरी भइरहेको छ, विश्वमा शान्ति कसरी स्थापना हुन्छ, आएर बुझ्नुहोस्। परमपिता परमात्मा सिवाय विश्वमा शान्ति स्थापना गर्ने सल्लाह अरू कसैले दिन सक्दैन। सल्लाह दिनेलाई पनि प्राइज मिल्छ। विश्वमा शान्ति स्थापना गर्ने पुरस्कार कसरी र कसले दिन्छ, यो पनि टपिक हो। यस्तो विचार सागर मन्थन गरेर टपिक निकाल्नु पर्छ। यस्तो प्रबन्ध होस् जो सबै ठाउँमा एउटै टपिक होस्, सबैको सम्बन्ध रहन्छ। यस्तो लिस्ट बनाएर पहिले इसारा दिनु पर्छ। फेरि समाचार दिल्लीमा आउनु पर्छ। सबैलाई थाहा होस् सबै ठाउँमा यस्तो भाषण चल्यो, यसलाई भनिन्छ युनिटी। सारा दुनियाँमा अनेकता छ। रामराज्यको गायन छ सिंह र गाई सँगसँगै पानी पिउँछन्। त्रेताको लागि गायन छ भने सत्ययुगमा किन हुँदैन! बाँकी शास्त्रमा त अनेक कथाहरू लेखिदिएका छन्। तिमी त बाबाबाट एउटै कथा सुन्छौ। दुनियाँमा धेरै कथा बनाउँछन्। द्वापर देखि कलियुगसम्म जति पनि शास्त्र आदि चल्छन्, ती त्यहाँ हुँदैनन्। भक्तिमार्गका सबै कुरा पूरा हुन्छन्। यहाँ तिमी जे जे देख्छौ, ती सबै हुन् खराब। तिनलाई देखेर पनि नदेख, सुनेर पनि नसुन। अब जो बाबा सुनाउनु हुन्छ त्यही बुद्धिमा राख।

हामी संगमयुगी ब्राह्मण कति उच्च छौं! देवताहरू भन्दा पनि उच्च हौं। अहिले हामी ईश्वरीय सन्तान हौं। बिस्तारै-बिस्तारै वृद्धि हुँदै रहन्छ। यति सहज कुरा पनि कसैको बुद्धिमा आउँदैन। हामी ईश्वरीय सन्तान हौं, त्यसैले अवश्य स्वर्गको मालिक हुनु पर्ने हो किनकि उहाँ बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ। करोडौं वर्ष भनिदिएको कारण कुनै कुरा याद रहँदैन। बाबा आएर याद दिलाउनु हुन्छ, यो त ५ हजार वर्षको कुरा हो। तिमी देवी-देवता थियौ। अब फेरि तिमीलाई त्यही बनाउनु हुन्छ। सम्मुख सुन्दा कति खुशी र ताजगी आउँछ। बच्चाहरू जो समझदार हुन्छन्, होशियार छन्, उनीहरूको बुद्धिमा आउँछ, हामीलाई बाबाबाट वर्सा त अवश्य लिनु छ। बाबाले नयाँ दुनियाँ रच्नुहुन्छ, त्यसैले अवश्य हामी पनि नयाँ दुनियाँमा हुनु पर्छ। एक बाबाको त सबै बच्चा हुन्। सबैको धर्म, सबैको रहने स्थान, आउने-जाने सबै भिन्न-भिन्न प्रकारका छन्। मूलवतनमा गएर कसरी निवास गर्छन्, यो पनि बुद्धिमा छ। मूलवतनमा वंशवृक्ष छ। सूक्ष्मवतनमा वंशवृक्ष देखाउन मिल्दैन। त्यहाँ जे जे देखाउँछन् ती सबै हुन् साक्षात्कारका कुरा। यो सबै ड्रामामा निश्चित छ। फेरि सूक्ष्मवतनमा पनि जान्छन्। त्यहाँ मुवी (इसारा) चल्छ। बीचमा मूवीको पनि ड्रामा बनाइएको थियो। फेरि टकी (बोलचाल) बनाएका छन्। साइलेन्सको त ड्रामा बन्न सक्दैन। बच्चाहरू जान्दछन् हामी साइलेन्समा कसरी रहन्छौं। जसरी त्यहाँ आत्माहरूको वंशवृक्ष छ त्यसैगरी यहाँ मनुष्यको। यस्ता-यस्ता कुरा बुद्धिमा राखेर तिमी भाषण गर्न सक्छौ। फेरि पनि पढाइमा समय लाग्छ। गर्दा-गर्दै यो पनि बुझ्नेछन् तर यादको यात्रा कहाँ छ र, जसबाट धारणा र खुशी होस्। अहिले तिमी यथार्थमा योग सिकिरहेका छौ। बच्चाहरूलाई सम्झाइएको छ सबैलाई भाइ-भाइ देख। आत्माको तख्त त यही हो, त्यसैले भागीरथ बाबाको सिंहासन पनि महत्त्वपूर्ण छ। जब कसैलाई सम्झाउँछौ त्यतिखेर पनि यस्तो सम्झ मैले भाइलाई सम्झाइरहेको छु। यही दृष्टि रहोस् यसमा नै धेरै मेहनत छ। मेहनतबाट नै उच्च पद मिल्छ। बाबा पनि यसरी नै देख्नुहुन्छ, बाबाको नजर पनि भृकुटीको बीचमा जान्छ। आत्मा त सानो बिन्दी छ। सुन्न पनि त्यसले नै सुन्छ। तिमी बाबालाई पनि भृकुटीको बीचमा देख्छौ। बाबा पनि यहाँ हुनु हुन्छ भने भाइ (ब्रह्माको आत्मा) पनि यहाँ छ। यस्तो बुद्धिमा रहनाले तिमी पनि ज्ञान सागरको बच्चा ज्ञान सागर बन्छौ। तिम्रो लागि त धेरै सहज छ। गृहस्थ व्यवहारमा रहनेहरूको लागि यो अवस्था थोरै मुस्किल छ। सुनेर घर जान्छन्। त्यहाँको वातावरण नै अर्कै हुन्छ। यहाँ सहज छ। बाबाले युक्ति धेरै सजिलो बताउनु हुन्छ, आफूलाई आत्मा सम्झ, बाबालाई याद गर। यी पनि भाइ हुन्, यस सृष्टिद्वारा कर्मबन्धनबाट अतीत भएर जान्छौ। शरीर पनि भुलिन्छ, केवल बाबा नै याद रहन्छ। यसमा मेहनत गर्दै रहे पनि स-सम्मान पास हुनेछौ। यस्तो अवस्थामा बिरलै कोही रहन्छ। विश्वको मालिक पनि उही बन्छ। ८ रत्नहरूको माला छ नि। त्यसैले पुरुषार्थ गर्नु छ। उच्च पद पाउनेहरूले जसरी पनि पुरुषार्थ अवश्य गर्नेछन्। यसमा अरू कुनै कुरा निस्कँदैन। भाइ-भाइको दृष्टि, स्नेह र सम्बन्ध हुँदै जान्छ। त्यो दृष्टि जम्दै जान्छ त्यसैले बाबा भन्नुहुन्छ तिमीलाई धेरै गुप्त-गुप्त कुरा सुनाउँछु। त्यसमा अभ्यास गर्नु मेहनतको काम हो। यहाँ बस्दा पनि आफूलाई आत्मा सम्झ। आत्माले नै सुन्छ। सुन्नेवाला आत्मालाई तिमी हेर्दछौ। मनुष्यले त भनिदिन्छन् आत्मा निर्लेप छ। तर के शरीरले सुन्छ त? यो त गलत हो। बाबाले तिमीलाई गुप्त गुप्त कुरा सुनाउनु हुन्छ। मेहनत त बच्चाहरूले गर्नु पर्छ। जो कल्प पहिले बनेका थिए उनीहरूले मेहनत अवश्य गर्नेछन्। आफ्नो अनुभव पनि सुनाउन्छन् हामी यस्तो सुन्छौं सुनाउँछौं। आदत परेको छ। आत्मालाई नै सुनाउनु हुन्छ मनमनाभव। फेरि एउटाले अर्कोलाई, अनि अर्कोले अर्कोलाई भन्छन् मनमनाभव अर्थात् बाबालाई याद गर्नुहोस्। यो गुप्त मेहनत हो। जसरी पढाइ एकान्तमा झाडीभित्र गएर पढ्छन्, त्यो हो स्थूल कुरा। यो त अभ्यास (प्रैक्टिस) गर्ने कुरा हो। दिन-दिनप्रति तिम्रो यो अभ्यास बढ्दै जान्छ। तिमी नयाँ-नयाँ कुरा सुन्छौ नि। तिमीहरू जो अहिले सुन्छौ त्यसलाई फेरि नयाँ-नयाँले आएर सुन्नेछन्। कसैले भन्छन्, हामी ढिलो आएका छौं। अरे, तिमी त अझै फस्टक्लास गुप्त-गुप्त कुरा सुन्छौ, जस अनुसार पुरुषार्थ गर्नाले उच्च पद मिल्छ। अझै राम्रो। मायाले त पछाडिसम्म छोड्दैन। मायाको लडाईं चलिरहन्छ। जबसम्म तिमी जित पाउँदैनौ। फेरि अनायास नै तिमी जान्छौ। जसले जति याद गर्छन्, सम्झन्छन्, हामी जान्छौं बाबाको पासमा, शरीर छोडिदिन्छन्। बाबाले देख्नु भएको छ यस्तो ब्रह्ममा लीन हुने लक्ष्य राख्नेहरूले जब शरीर छोड्छन् तब सन्नाटा छाउँछ। बाँकी मोक्ष त कसैले पाउँदैन, न फर्केर नै जान्छ। नाटकमा त सबै एक्टरहरू चाहिन्छन् नि। अन्त्यमा सबै आउँछन्। जब एउटा पनि रहँदैन तब फर्केर जान्छन्। जति पनि मनुष्य मात्र छन्, सबै जान्छन्। बाँकी थोरै बच्नेछन्। उनीहरूले भन्नेछन् सबैलाई बिदाई (सी अफ) गर्यौं। यस समय सत्ययुगको स्थापना भइरहेको छ। कति करोडौं मनुष्य छन्। सबैलाई बिदाई गरेर फेरि आफ्नो राजधानीमा जानेछौं। उनीहरूले त धेरैमा ४०-५० लाई बिदाई गर्छन्। तिमीहरू कति धेरैलाई सी अफ गर्छौ। अहिले आत्माहरू मच्छर समान जान्छन् शान्तिधाम। तिमीहरू आएका छौ साथ लिएर जान र सबैलाई पठाउनको लागि। तिम्रो कुरा अनौठा छन्। यति करोडौं मनुष्य जान्छन्। उनीहरूलाई सी अफ गर्नेछौ। सबै वापस मूलवतनमा जान्छन्। यो पनि तिम्रो बुद्धिले नै काम गर्छ। बिस्तारै-बिस्तारै वृक्ष वृद्धि हुँदै जान्छ। फेरि रूण्डमाला रुद्रमाला बन्छ। यो कुरा तिम्रो बुद्धिमा छ कसरी रुद्रमाला रूण्डमाला बन्छ। तिमीहरूमा पनि जो विशालबुद्धि छन् उनीहरूले नै यस कुरालाई बुझ्न सक्नेछन्। याद गर्नको लागि बाबा अनेक प्रकारले सम्झाइरहनु हुन्छ। हामी रुद्रमालामा गएर रूण्डमालामा आउनेछौं। फेरि नम्बरवार आइरहनेछौं। कति ठूलो रुद्रमाला बन्छ। यस ज्ञानलाई कसैले जान्दैन। सुरु देखि लिएर यस ज्ञानलाई कसैले जान्दैनन्। तिमी संगमयुगी ब्राह्मणले नै जान्दछौ। यस संगमयुगलाई याद गर्यौ भने सारा ज्ञान बुद्धिमा आउँछ।

तिमी लाइट हाउस हौ। सबैलाई ठेगाना लगाउनेवाला हौ। तिमी कसरी राम्रो लाइट हाउस बन्छौ। यस्तो कुनै कुरा छैन जो तिमीहरू सँग लागू नहोस्। तिमी सर्जन पनि हौ, व्यापारी पनि हौ, धोबी पनि हौ। सबै विशेषता तिमीहरूमा आउँछन्। महिमा तिम्रो पनि हुन्छ, तर नम्बरवार पुरुषार्थ अनुसार। जस्तो-जस्तो कर्तव्य गर्छौ त्यस्तै-त्यस्तै गायन हुन्छ। बाबा त डाइरेक्सन दिनु हुन्छ, त्यसमा विचार गर्नु, गोष्ठी गर्नु तिमी बच्चाहरूको काम हो। बाबा कुनै मनाही गर्नुहुन्न। ठीक छ, धेरै सुनाएर के फाइदा! बाबा भन्नुहुन्छ मनमनाभव। बाबा तिमीहरूलाई कति तागतिलो माल खुवाउनु हुन्छ। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सदा नशा रहोस् हामी संगमयुगी ब्राह्मण देवताहरू भन्दा पनि उच्च हौं किनकि अहिले हामी ईश्वरीय सन्तान हौं, हामी मास्टर ज्ञानसागर हौं। सबै खुबीहरू अहिले हामीमा भरिदै गइरहेका छन्।

२) जुन कुरा बाबाले सम्झाउनु हुन्छ त्यही बुद्धिमा राख्नु छ, अरू कुनै कुरा सुनेर पनि नसुन, देखेर पनि नहेर। हियर नो इविल, सी नो इविल....।


वरदान:
मायाको छा याँ बाट निस्किएर यादको छत्रछा याँ मा रहने बेफिक्र बादशाह भव

जो सधैं बाबाको यादको छत्रछायाँमा रहन्छ, उसले स्वयंलाई सदा सुरक्षित अनुभव गर्छ। मायाको छत्रछायाँ सँग बच्ने साधन हो बाबाको छत्रछायाँ। छत्रछायाँमा रहनेवाला सदा बेफिक्र बादशाह हुन्छ। यदि कुनै फिक्र छ भने खुशी हराएर जान्छ। खुशी हरायो, कमजोर भयो भने मायाको छायाको प्रभाव पर्छ किनकि कमजोरीले नै मायाको आह्वान गर्छ। मायाको छाया स्वप्नमा पर्यो भने पनि धेरै दु:खी बनाउँछ, त्यसैले सदा छत्रछायाँमा रहने गर।

स्लोगन:
समझको पेचकसले अलबेलापनको लूज पेचलाई टाइट गरेर सदा अलर्ट रहने गर।