08.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यो संगमयुग सबै भन्दा उत्तम बन्ने युग हो।यसैमा तिमीले पतितबाट पावन बनेर पावन दुनियाँ बनाउनु छ।

प्रश्न:
अन्तिम दर्दनाक दृश्य देख्नको लागि मजबुती कुन आधारमा आउँछ?

उत्तर:
शरीरको भान निकाल्दै जाऊ। अन्तिम दृश्य धेरै कडा छ। बाबाले बच्चाहरूलाई मजबुत बनाउनको लागि अशरीरी बन्ने इशारा दिनुहुन्छ। जसरी बाबा यस शरीरबाट अलग भएर तिमीलाई सिकाउनु हुन्छ, यसैगरी तिमी बच्चाहरूले पनि आफूलाई शरीरबाट अलग सम्झ, अशरीरी बन्ने अभ्यास गर। बुद्धिमा रहोस् अब घर जानु छ।

ओम् शान्ति ।
मीठा प्यारा रूहानी बच्चाहरू छन् शरीरको साथमा। बाबा पनि अहिले शरीरको साथमा हुनुहुन्छ। यस घोडा वा गाडीमा सवारी हुनु भएको छ। बच्चाहरूलाई के सिकाउनुहुन्छ? जीवन छँदै कसरी मर्ने, यो बाबा सिवाय अरू कसैले सिकाउन सक्दैन। बाबाको परिचय सबै बच्चाहरूलाई मिलेको छ। उहाँ ज्ञान सागर पतित-पावन हुनुहुन्छ। ज्ञानबाटै तिमी पतितबाट पावन बन्छौ अनि पावन दुनियाँ पनि बनाउनु छ। यस पतित दुनियाँको ड्रामा प्लान अनुसार विनाश हुनु छ। जसले बाबालाई जान्दछन्, ब्राह्मण पनि बन्छन् तिनै फेरि पावन दुनियाँमा आएर राज्य गर्छन्। पवित्र बन्नको लागि ब्राह्मण पनि अवश्य बन्नु पर्छ। यो संगमयुग हो नै पुरुषोत्तम अर्थात् उत्तमभन्दा उत्तम पुरुष बन्ने युग। भन्ने गर्छन् उत्तम त धेरै साधु, सन्त, महात्मा, मन्त्री, धनवान्, राष्ट्रपति आदि छन्। तर होइन, यो त कलियुगी भ्रष्टाचारी पुरानो दुनियाँ हो, पतित दुनियाँमा पावन एउटा पनि छैनन्। अहिले तिमी संगमयुगी बन्छौ। अरू व्यक्तिहरू पतित-पावनी पानीलाई सम्झन्छन्। केवल गंगा मात्रै होइन, जति पनि नदीहरू छन्, जहाँ पनि पानी देख्छन्, सम्झन्छन् पानीले पावन बनाउँछ। यो बुद्धिमा बसेको छ। कोही कहीँ, कोही कहीँ जान्छन् अर्थात् पानीमा स्नान गर्न जान्छन्। तर पानीबाट कोही पावन हुन सकेनन्। यदि पानीमा स्नान गर्नाले पावन हुने भएको भए यस समय सारा सृष्टि पावन हुन्थ्यो। सबै पावन दुनियाँमा हुनुपर्थ्यो। यो त पुरानो चलन चल्दै आउँछ। सागरमा पनि सारा फोहर आदि गएर पर्छ, फेरि त्यसलाई पावन कसरी बनाउँछौ? पावन त बन्नु छ आत्मालाई। यसको लागि परमपिताको चाहिन्छ जसले आत्मालाई पावन बनाउनुहुन्छ। त्यसैले तिमीले सम्झाउनु पर्छ पावन हुन्छन् नै सत्ययुगमा, पतित हुन्छन् कलियुगमा। अहिले तिमी संगम युगमा छौ। पतितबाट पावन हुनको लागि पुरुषार्थ गरिरहेका छौ। तिमीलाई थाहा छ हामी शूद्र वर्णमा थियौं, अब ब्राह्मण वर्णका बनेका छौं। शिवबाबा प्रजापिता ब्रह्माद्वारा बनाउनुहुन्छ। हामी हौ सच्चा-सच्चा मुख वंशावली ब्राह्मण। ती हुन् कोख वंशावली। प्रजापिता भएपछि सबै प्रजा हुने भए। प्रजाका पिता हुन् ब्रह्मा। ती त आदि पिता (ग्रेट-ग्रेट-ग्रेण्ड फादर) भए। अवश्य ती थिए फेरि कहाँ गए? पुनर्जन्म त लिन्छन् नि। यो त बच्चाहरूलाई बताइएको छ ब्रह्माले पनि पुनर्जन्म लिन्छन्। ब्रह्मा र सरस्वती अर्थात् आमा र बुवा। तिनै फेरि महाराजा-महारानी लक्ष्मी-नारायण बन्छन्, जसलाई विष्णु भनिन्छ। तिनै फेरि ८४ जन्मपछि आएर ब्रह्मा-सरस्वती बन्छन्। यो रहस्य त सम्झाइएको छ। भनिन्छ पनि, जगत् अम्बा त सारा जगतकी माँ हुन्। लौकिक आमा त हरेकको आ-आफ्ना घरमा छन्। तर जगत् अम्बालाई त कसैले चिनेका छैनन्। यत्तिकै अन्धश्रद्धाले भन्ने गर्छन्। कसैलाई पनि थाहा छैन। जसको पूजा गर्छन् उनको कर्तव्यलाई नै जान्दैनन्। अहिले तिमी बच्चाहरूले जानेका छौ। रचयिता हुनुहुन्छ सबैभन्दा उच्च। यो उल्टो वृक्ष हो, यसको बीजरूप माथि हुनुहुन्छ। बाबालाई माथिबाट तल आउनु पर्छ, तिमीहरूलाई पावन बनाउन। तिमी बच्चाहरूलाई थाहा छ बाबा आउनु भएको छ, हामीलाई यस सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिएर फेरि त्यस नयाँ सृष्टिको चक्रवर्ती, राजा-रानी बनाउनुहुन्छ। यस चक्रको रहस्यलाई दुनियाँमा तिमी बाहेक अरू कसैले जान्दैनन्। बाबा भन्नुहुन्छ फेरि ५ हजार वर्षपछि आएर तिमीलाई सुनाउनेछु। यो ड्रामा बनिबनाऊ छ। ड्रामाको क्रियटर, डायरेक्टर, मुख्य एक्टर अनि ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दैनन् भने उनलाई बेसमझ भनिन्छ नि हैन? बाबा भन्नुहुन्छ ५ हजार वर्ष पहिले पनि मैले तिमीहरूलाई सम्झाएको थिएँ। तिमीलाई आफ्नो परिचय दिएको थिएँ। जसरी अहिले दिइरहेको छु। तिमीलाई पवित्र पनि बनाएको थिएँ, जसरी अहिले बनाइरहेको छु। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। उहाँ नै सर्वशक्तिमान पतित-पावन हुनुहुन्छ। गायन पनि छ अन्तकाल जो फलाना सिमरे.....। घरी-घरी यस्तो योनिमा जान्छ। अब यस समय तिमी जन्म त लिन्छौ तर सुँगुर, कुकुर, बिरालो बन्दैनौ।

अहिले बेहदका बाबा आउनु भएको छ। भन्नुहुन्छ म तिमी सबै आत्माहरूको पिता हुँ। यी सबै काम चितामा बसेर काला भइसकेका छन्, यिनलाई फेरि ज्ञान चितामा बसेका छ। तिमी अब ज्ञान चितामा बसेका छौ। ज्ञान चितामा बसेर फेरि विकारमा जान मिल्दैन। प्रतिज्ञा गर्छन् हामी पवित्र रहनेछौं। बाबा कुनै त्यो राखी बाँध्नुहुन्न। यो त भक्ति मार्गको रीतिरिवाज चल्दै आएको छ। वास्तवमा यो हो यस समयको कुरा। तिमीले सम्झन्छौ पवित्र नबनिकन पावन दुनियाँको मालिक कसरी बन्न सकिन्छ? फेरि पनि पक्का गराउनको लागि बच्चाहरू सँग प्रतिज्ञा गराइन्छ। कोही रगतले लेखेर दिन्छन्, कोही कसरी लेख्छन्। बाबा हजुर आउनु भएको छ, हामी हजुरबाट अवश्य वर्सा लिनेछौं। निराकार साकारमा आउनुहुन्छ नि हैन? जसरी बाबा परमधामबाट उत्रिनुहुन्छ, त्यस्तै तिमी आत्माहरू पनि उत्रिन्छौं। माथिबाट तल आउँछौ पार्ट खेल्नको लागि। तिमीले सम्झन्छौ यो सुख र दु:खको खेल हो। आधा कल्प सुख, आधा कल्प दु:ख हुन्छ। बाबा सम्झाउनुहुन्छ तिमीले तीन चौथाई (३/४) भन्दा पनि धेरै सुख भोग्छौ। आधा कल्पपछि पनि तिमी धनवान् थियौ। कति ठूला मन्दिर बनाउँछौ। दु:ख त पछि हुन्छ जब बिलकुल तमोप्रधान भक्ति बन्छ। बाबाले सम्झाउनु भएको छ तिमी पहिला-पहिला अव्यभिचारी भक्त थियौ, केवल एकको भक्ति गर्थ्यौ। जो बाबाले तिमीलाई देवता बनाउनुहुन्छ, सुखधाममा लिएर जानुहुन्छ उहाँको नै तिमी पूजा गर्थ्यौ फेरि पछि व्यभिचारी भक्ति सुरु हुन्छ। पहिला एकको पूजा, फेरि देवताहरूको पूजा गर्थ्यौ। अहिले त ५ भूतबाट बनेका शरीरको पूजा गर्छन्। चैतन्य र जड दुवैको पूजा गर्छन्। ५ तत्त्वहरूले बनेको शरीरलाई देवताहरूभन्दा पनि उच्च सम्झन्छन्। देवतालाई त केवल ब्राह्मणले हात लगाउँछन्। तिम्रो त धेरैभन्दा धेरै गुरुहरू छन्। यो बाबा बसेर बताउनुहुन्छ। यी दादाले पनि भन्छन् मैले पनि सबै कुरा गरेँ। भिन्न-भिन्न हठयोग आदि, कान, नाक मोड्ने आदि सबै कुरा गरेँ। आखिरमा सबै कुरा छोड्नुपर्यो। त्यो धन्दा गरुँ वा यो धन्दा गरुँ? सुस्ती आउँथ्यो, हैरान हुन्थें। प्राणायाम आदि सिक्नमा धेरै कष्ट हुन्छ। आधा कल्प भक्ति मार्गमा थिएँ, अहिले थाहा भयो। बाबा बिलकुल एक्यूरेट बताउनुहुन्छ। उनीहरू भन्छन् भक्ति त परम्परादेखि चल्दै आउँछ। अब सत्ययुगमा भक्ति कहाँबाट आयो? मनुष्यले बिलकुल बुझ्दैनन्। मूढबुद्धि छन्। सत्ययुगमा त यस्तो भन्दैनन्। बाबा भन्नुहुन्छ म हर ५ हजार वर्षपछि आउँछु। शरीर पनि उनको लिन्छु जसले आफ्नो जन्मलाई जान्दैनन्। यही जो नम्बर वन सुन्दर थिए उनै अहिले श्याम बनेका छन्। आत्माले भिन्न-भिन्न शरीर धारण गर्छ। त्यसैले बाबा भन्नुहुन्छ जसमा म प्रवेश गर्छु उनमा अहिले बसेको छु। के सिकाउन? जीवन छँदै मर्न। यस दुनियाँबाट त मर्नु नै छ। अब तिमीले पवित्र भएर मर्नु छ। मेरो पार्ट नै पावन बनाउने हो। तिमी बच्चाहरूले नै बोलाउँछौ हे पतित-पावन। अरू कसैले यस्तो भन्दैनन् हे मुक्तिदाता, दु:खको दुनियाँबाट छुटाउनको लागि आउनुहोस्। सबै मुक्तिधाममा जानको लागि नै मेहनत गर्छन्। तिमी बच्चाहरू फेरि पुरुषार्थ गर्छौ सुखधामको लागि। त्यो हो प्रवृत्ति मार्गको लागि। तिमीलाई थाहा छ हामी प्रवृत्ति मार्गवाला पवित्र थियौं। फेरि अपवित्र बन्यौं। प्रवृत्ति मार्गवालाको काम निवृत्त मार्गवालाले गर्न सक्दैनन्। यज्ञ, तप, दान आदि सबै प्रवृत्ति मार्गवाला गर्छन्। तिमी अहिले अनुभव गर्छौ, अहिले हामी सबैलाई जान्दछौ। शिवबाबा हामीलाई घरमा बसेर पढाइरहनु भएको छ। बेहदका बाबा बेहदको सुख दिनेवाला हुनुहुन्छ। उहाँ सँग तिमी धेरै समयपछि मिल्दछौ, त्यसैले प्रेमका आँसु आउँछन्। बाबा भन्नासाथ रोमाञ्च खडा हुन जान्छ ओहो! बाबा आउनु भएको छ हामी बच्चाहरूको सेवामा। बाबा हामीलाई यस पढाइबाट फूल बनाएर लिएर जानुहुन्छ। यस गन्दा छी-छी दुनियाँबाट हामीलाई लिएर जानुहुन्छ आफ्नो साथमा। भक्ति मार्गमा तिम्रो आत्माले भन्थ्यो बाबा हजुर आउनुभयो भने हामी बलिहार जानेछौं। हामी हजुरको नै बन्नेछौं, दोस्रो न कोही। नम्बरवार त छन् नै। सबैको आ-आफ्नो पार्ट छ। कोही त बाबालाई धेरै प्यार गर्छन् जसले स्वर्गको वर्सा दिनुहुन्छ। सत्ययुगमा रूने नामै हुँदैन। यहाँ त कति रून्छन्। जब स्वर्गमा नै गएका हुन् भने, फेरि रूनु किन पर्छ? झन् बाजा बजाउनु पर्ने हो। त्यहाँ त बाजा बजाउँछन्। खुशीले शरीर छोडिदिन्छन्। यो चलन पनि यहाँबाटै सुरु हुन्छ। यहाँ तिमीले भन्दछौ हामीलाई आफ्नो घर जानु छ। त्यहाँ त सम्झन्छौ पुनर्जन्म लिनु छ। त्यसैले बाबा सबै कुरा सम्झाउनुहुन्छ। कुमालकोटीको उदाहरण तिम्रो हो। तिमी ब्राह्मणी हौ, विष्टाका कीरालाई भूँ-भूँ गर्छौ। तिमीलाई त बाबा भन्नुहुन्छ यस शरीरलाई पनि छोड्नु पर्छ। जीवन छँदै मर्नु पर्छ। बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झ, अब हामीलाई फर्केर जानु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। देहलाई बिर्स। बाबा त धेरै मीठो हुनुहुन्छ। म तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउन आएको छु। अब शान्तिधाम र सुखधामलाई याद गर, बाबा अनि बादशाही। यो हो दु:खधाम। शान्तिधाम हामी आत्माहरूको घर हो। हामीले पार्ट खेल्यौं, अब हामीलाई घरमा जानु छ। त्यहाँ यो छी-छी शरीर रहँदैन। अहिले त यो शरीर बिलकुलै जीर्ण भइसकेको छ अब हामीलाई बाबा सम्मुख बसेर सिकाउनुहुन्छ, इसारामा। म पनि आत्मा हुँ, तिमी पनि आत्मा हौ। म शरीरबाट अलग भएर तिमीलाई पनि त्यही सिकाउँछु। तिमी पनि आफूलाई शरीरबाट अलग सम्झ। अब घर जानु छ। यहाँ त अब रहनु छैन। यो पनि जानेका छौ अब विनाश हुनु छ। यहाँ रगतको नदी बग्नेछ। फेरि यहाँ नै दूधको नदी बग्नेछ। यहाँ सबै धर्मवाला जम्मा भएका छन्। सबै आपसमा लडेर मर्नेछन्। यो अन्तिम पटकको मृत्यु हो। पाकिस्तानमा के-के हुन्थ्यो। धेरै भयानक दृश्य थियो। कसैले देख्यो भने मूर्छा पर्थ्यो। अब बाबा तिमीलाई मजबूत बनाउनुहुन्छ। शरीरको भान पनि निकालिदिनु हुन्छ।

बाबाले देख्नुभयो, बच्चाहरू यादमा रहँदैनन्, धेरै कमजोर छन् त्यसैले सेवा पनि बढ्दैन। घरी-घरी लेख्छन् बाबा, याद भुल्छौं, बुद्धि लाग्दैन। बाबा भन्नुहुन्छ योग अक्षरलाई छोड। विश्वको बादशाही दिनेवाला बाबालाई तिमी भुल्छौ? पहिले भक्तिमा बुद्धि कहीँ अरूतिर गयो भने आफूलाई चिमोट्थे। बाबा भन्नुहुन्छ तिमी आत्मा अविनाशी हौ। केवल तिमी नै पावन अनि पतित बन्छौ। तर आत्मा सानो-ठूलो हुँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफूले आफै सँग कुरा गर ओहो! बाबा आउनु भएको छ हाम्रो सेवामा। उहाँले हामीलाई घरैमा पढाइरहनु भएको छ। बेहदका बाबाले बेहदको सुख दिनुहुन्छ। उहाँ सँग हामी अहिले मिलेका छौं। यसरी प्रेमले बाबा भन जसबाट खुशीमा प्रेमका आँसु आओस्। रोमाञ्च खडा होस्।

२) अब फर्केर घर जानु छ, त्यसैले सबै सँग ममत्व निकालेर जीवन छँदै मर्नु छ। यस देहलाई पनि भुल्नु छ। यसबाट अलग हुने अभ्यास गर्नु छ।


वरदान:
कर्मको हिसाब-किताबलाई बुझेर आफ्नो अचल स्थिति बनाउने सहज योगी भव

चल्दा-चल्दै यदि कुनै कर्मको हिसाब-किताब अगाडि आयो भने त्यसमा मनलाई हलचलमा ल्याउनु हुँदैन, स्थितिलाई तलमाथि नगर। ठिकै छ, आयो भने पहिचान गरेर त्यसलाई टाढैबाट समाप्त गरिदेऊ। अब योद्धा नबन। सर्वशक्तिमान बाबा साथ हुनुहुन्छ, त्यसैले मायाले हल्लाउन सक्दैन। केवल निश्चयको फाउन्डेसनलाई यथार्थमा ल्याऊ र समयमा निर्णय गर अनि सहजयोगी बन्छौ। अब निरन्तर योगी बन, युद्ध गर्ने योद्धा होइन।

स्लोगन:
डबल लाइट रहनको लागि आफ्ना सबै जिम्मेवारीको बोझ बाबामाथि समर्पण गरिदेऊ।