08.04.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले फूल बनेर सबैलाई सुख दिनु छ , फूल बच्चाहरूले मुखबाट रत्न निकाल्छन्।

प्रश्न:
फूल बन्ने बच्चाहरूप्रति भगवानको कुनचाहिँ यस्तो शिक्षा छ, जसबाट उनीहरू सदा सुगन्धित बनिरहन्छन्?

उत्तर:
हे मेरा फूल बच्चाहरू! तिमीले आफू भित्र हेर म भित्र कुनै आसुरी अवगुण रूपी काँडा त छैन? यदि भित्र कुनै काँडा छ भने जसरी अरूको अवगुणबाट घृणा आउँछ, त्यसैगरी आफ्नो आसुरी अवगुणसँग घृणा गर्यौ भने काँडा निस्केर जान्छ। आफूलाई हेर्दै गर मनसा-वाचा-कर्मणाद्वारा यस्तो कुनै विकर्म त हुँदैन, जसको दण्ड भोग्न परोस्!

ओम् शान्ति ।
रूहानी बच्चाहरूप्रति रूहानी बाबा बसेर सम्झाउनु हुन्छ। यस समयमा यो रावण राज्य हुनाले मनुष्य सबै हुन् देह-अभिमानी त्यसैले यसलाई जंगलको काँडा भनिन्छ। यो कसले सम्झाउनु हुन्छ? बेहदका बाबा, जसले अहिले काँडालाई फूल बनाइरहनु भएको छ। कहीँ-कहीँ माया यस्तो छ, जसले फूल बन्दा-बन्दै तुरुन्तै फेरि काँडा बनाइदिन्छ। यसलाई भनिन्छ नै काँडाको जंगल। यसमा अनेक प्रकारका जनावर जस्तै मनुष्य रहन्छन्। हुन् मनुष्य, तर एक आपसमा जनावर जस्तै लडाईं-झगडा गरिरहन्छन्। घर-घरमा झगडा छ। सबै विषय सागरमा परेका छन्। यो सारा दुनियाँ विशाल विषको सागर हो, जसमा मनुष्यले गोता खाइरहेका छन्। यसलाई नै पतित भ्रष्टाचारी दुनियाँ भनिन्छ। अहिले तिमी काँडाबाट फूल बनिरहेका छौ। बाबालाई बागवान पनि भनिन्छ। बाबाले बसेर सम्झाउनु हुन्छ गीतामा छ ज्ञानको कुरा र फेरि मनुष्यहरूको चालचलन कस्तो छ, त्यो भागवतमा वर्णन छ। के-के कुरा लेखिदिएका छन्। सत्ययुगमा यस्तो कहाँ भनिन्छ र। सत्ययुग त हो नै फूलको बगैंचा। अहिले तिमी फूल बनिरहेका छौ। फूल बनेर फेरि काँडा बन्छन्। आज धेरै राम्रो चल्छन् फेरि मायाको तुफान आउँछ। बसी-बसी मायाले के हालत बनाइदिन्छ। बाबा भनिरहनुहुन्छ मैले तिमीलाई विश्वको मालिक बनाउँछु। तिमी विश्वको मालिक थियौ। हिजोको कुरा हो। लक्ष्मी-नारायणको राज्य थियो। हीरा-जुहारतहरूका महल थिए। त्यसलाई भनिन्छ नै गार्डेन अफ अल्लाह। जंगल यहाँ छ, फेरि बगैंचा पनि यहाँ नै हुन्छ। पहिला स्वर्ग थियो, त्यसमा फूल नै फूल थिए। बाबाले नै फूलको बगैंचा बनाउनु हुन्छ। फूल बन्दा-बन्दै फेरि संगदोषमा आएर बिग्रन्छन्। भन्छन् बाबा मैले त विवाह गर्छु। मायाको आकर्षण देख्छन् नि। यहाँ त छ बिल्कुलै शान्ति। यो दुनियाँ सारा हो जंगल। जंगललाई अवश्य आगो लाग्छ। जंगलमा रहने पनि खतम हुन्छन् नि। उही आगो लाग्छ, जो ५ हजार वर्ष पहिला लागेको थियो, जसको नाम महाभारत लडाईं राखिएको छ। एटोमिक बमको लडाई त पहिला यादवहरूको नै लाग्छ। त्यो पनि गायन छ। साइन्सद्वारा मिसाइल्स बनाएका छन्। शास्त्रहरूमा त धेरै कथा छन्। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ यस प्रकार पेटबाट कुनै मूसल आदि निस्कन कहाँ सक्छ र। अहिले तिमीले देखेछौ विज्ञानद्वारा कति बम आदि बनाउँछन्। केवल २ वटा बम फ्याँक्दा त कति शहर खतम भए। कति मानिस मरे। लाखौं मरे होलान्। अब यो यति ठूलो जंगलमा करोडौं मनुष्य रहन्छन्, यसलाई आगो लाग्नु छ।

शिवबाबाले सम्झाउनु हुन्छ बाबा त फेरि पनि दयालु हुनुहुन्छ। बाबाले त सबैको कल्याण गर्नु छ। फेरि पनि जान्छन् कहाँ! देख्छन् अवश्य आगो लाग्छ, अनि फेरि बाबाको शरण लिन्छन्। बाबा हुनुहुन्छ सर्वका सद्गति दाता, पुनर्जन्म रहित। उहाँलाई फेरि सर्वव्यापी भनिदिन्छन्। अहिले तिमी हौ संगमयुगी। तिम्रो बुद्धिमा सारा ज्ञान छ। मित्र-सम्बन्धी आदिसँग पनि सम्बन्ध निर्वाह गर्नु छ। उनीहरूमा छ आसुरी अवगुण, तिमीमा छ दैवी गुण। तिम्रो काम हो अरूलाई पनि यही सिकाउनु। मन्त्र दिँदै गर। प्रदर्शनीद्वारा तिमीले कति सम्झाउँछौ। हिन्दुहरूका ८४ जन्म पूरा भए। अहिले बाबा आउनु भएको छ मनुष्यबाट देवता बनाउन अर्थात् नर्कवासी मनुष्यहरूलाई स्वर्गवासी बनाउनु हुन्छ। देवता स्वर्गमा रहन्छन्। अब आसुरी अवगुणसँग घृणा आउँछ। आफूलाई हेरिन्छ, म दैवी गुणवाला बनेको छु? म भित्र कुनै अवगुण त छैन? मनसा-वाचा-कर्मणा मैले कुनै यस्तो कर्म त गरिनँ, जुन आसुरी काम हो? मैले काँडालाई फूल बनाउने धन्दा गर्छु वा गर्दिनँ? बाबा हुनुहुन्छ बागवान र तिमी ब्रह्माकुमार-कुमारीहरू हौ माली। किसिम-किसिमका माली पनि हुन्छन्। कोही त कमजोर छन्, जसले कसैलाई आफू समान बनाउन सक्दैनन्। प्रदर्शनीमा बागवान त जानुहुन्न। माली जान्छन्। यी माली पनि शिव बाबासँगै छन्, त्यसैले यी पनि जान सक्दैनन्। तिमी माली जान्छौ सेवा गर्नको लागि। राम्रा-राम्रा मालीहरूलाई नै बोलाउँछन्। बाबाले पनि भन्नुहुन्छ ज्ञान दिन नसक्नेलाई नबोलाऊ। बाबा नाम भन्नुहुन्न। थर्डक्लास माली पनि छन् नि। बागवानले प्यार उनलाई गर्नुहुन्छ, जसले राम्रा-राम्रा फूल बनाएर देखाउँछन्। उनीहरूसँग बागवान खुसी पनि हुनुहुन्छ। मुखबाट सदैव रत्न नै निकालिरहन्छन्। कसैले रत्नको सट्टा पत्थर निकाल्छन् भने बाबाले के भन्ने? शिवमाथि आँकको फूल पनि चढाउँछन् नि। त्यसैले कुनै यस्ता पनि चढ्छन् नि। चालचलन त हेर कस्तो छ! काँडा पनि चढ्छन्, दिलमा चढेर पनि फेरि जंगलमा जान्छन्। सतोप्रधान बन्नुको सट्टा अझै तमोप्रधान बन्दै जान्छन्। उनको फेरि के गति हुन्छ! बाबा भन्नुहुन्छ म एक त निष्कामी हुँ र दोस्रो पर-उपकारी हुँ। पर-उपकार गर्छु, जसले मेरो ग्लानि गर्छन्। बाबा भन्नुहुन्छ म यस समयमा नै आएर स्वर्गको स्थापना गर्छु। कसैलाई भन स्वर्ग जाऊँ। भन्छन् स्वर्गमा त हामी यहीँ छौ नि। अरे! स्वर्ग हुन्छ सत्ययुगमा। कलियुगमा फेरि स्वर्ग कहाँबाट आयो? कलियुगलाई भनिन्छ नै नर्क। पुरानो तमोप्रधान दुनियाँ हो। मनुष्यहरूलाई थाहै छैन स्वर्ग कहाँ हुन्छ? स्वर्ग आकाशमा छ भन्ने सम्झन्छन्। देलवाडा मन्दिरमा पनि स्वर्ग माथि देखाएका छन्। तल तपस्या गरिरहेका छन्। त्यसैले भनिदिन्छन् फलाना स्वर्ग गयो। स्वर्ग कहाँ छ? सबैको लागि भनिदिन्छन् स्वर्गवासी भयो। यो हो नै विषय सागर। क्षीर सागर विष्णुपुरीलाई भनिन्छ। उनीहरूले फेरि पूजाको लागि एक ठूलो तलाउ बनाएका छन्। त्यसमा विष्णुलाईबसाएका छन्। अहिले तिमी बच्चाहरूले स्वर्गमा जाने तयारी गरिरहेका छौ, जहाँ दूधका नदीहरू हुन्छन्। अहिले तिमी बच्चाहरू फूल बन्दै जाऊ। यस्तो कुनै चालचलन कहिल्यै बनाउनु हुँदैन, जसले गर्दा कसैले भनोस्, यो त काँडा हो। सदैव फूल बन्नको लागि पुरुषार्थ गरिराख। मायाले काँडा बनाइदिन्छ, त्यसैले आफ्नो धेरै सम्हाल गर्नु छ।

बाबा भन्नुहुन्छ गृहस्थ व्यवहारमा रहेर पनि कमल फूल समान पवित्र बन्नु छ। बागवान बाबा काँडाबाट फूल बनाउन आउनु भएको छ। हेर्नु छ म फूल बनेको छु? फूलहरूलाई नै सेवाको लागि जहाँ पनि बोलाउँछन्। बाबा गुलाबको फूललाई पठाइदिनुहोस्। देखिन्छ नि को, कुनचाहिँ फूल हो। बाबा भन्नुहुन्छ म आउँछु नै तिमीलाई राजयोग सिकाउन। यो हो नै सत्य नारायणको कथा। सत्य प्रजाको होइन। राजा रानी बनेपछि प्रजा पनि स्वत: बन्छन्। अहिले बुझेका छौ राजा रानी तथा प्रजा कसरी नम्बरवार बन्छन्। गरिब जसको पासमा २-५ रूपयाँ पनि बच्दैन। उनले के दिन सक्छन्। उनलाई पनि त्यति नै मिल्छ, जति हजार दिनेलाई मिल्छ। सबैभन्दा बढी भारत गरिब छ। कसैलाई पनि याद छैन हामी स्वर्गवासी थियौं। देवताहरूको महिमा पनि गाउँछन् तर बुझ्न सक्दैनन्। जस्तै भ्यागुताले टरटर गर्छन्। बुलबुलको आवाज कति मीठो हुन्छ, तर अर्थ केही हुँदैन। आजकल गीता सुनाउने कति छन्। माताहरू पनि निस्केका छन्। गीताद्वारा कुनचाहिँ धर्म स्थापना भयो? यो केही पनि जानेका छैनन्। थोरै ऋद्धि-सिद्धि कसैले देखायो भने पुग्यो, उसैलाई भगवान सम्झन्छन्। गायन पनि गर्छन् पतित-पावन। त्यसैले पतित छन् नि। बाबा भन्नुहुन्छ विकारमा जानु, यो नम्बरवन पतितपना हो। यो सारा दुनियाँ पतित छ। सबैले पुकार्छन् हे पतित-पावन आउनुहोस्। अब उहाँ आउनु हुन्छ वा गंगा स्नान गरेर पावन बनिन्छ? बाबालाई मनुष्यबाट देवता बनाउनको लागि कति मेहनत गर्नु पर्ने हुन्छ। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने तिमी काँडाबाट फूल बन्छौ। मुखबाट कहिल्यै पत्थर निकाल्नु हुँदैन। फूल बन। यो पनि पढाइ हो नि। चल्दा-चल्दै ग्रहदशा बस्छ भने फेल हुन्छन्। आशावादीबाट निराशावादी बन्छन्। फेरि भन्छन् हामी बाबाको पासमा जाऔं। इन्द्रको सभामा विकारी कहाँ आउन सक्छन् र! यो इन्द्र सभा हो नि। ब्राह्मणी, जसले लिएर आउँछिन्, उनीमाथि पनि ठूलो जिम्मेवारी छ। विकारमा गयो भने ब्राह्मणीलाई पनि बोझ लाग्छ, त्यसैले ल्याउँदा सम्हाल गरेर लिएर आउनु पर्छ। पछि गएर तिमीले देख्छौ साधु-सन्त आदि सबै लाइनमा खडा हुन्छन्। भीष्म पितामह आदिको नाम त छ नि। बच्चाहरूको बडो विशाल बुद्धि हुनुपर्छ। तिमीले कसैलाई पनि बताउन सक्छौ यहाँ गार्डेन अफ फ्लावर थियो। देवी-देवताहरू रहन्थे। अहिले त काँडाका बनेका छन्। तिमीमा ५ विकार छन् नि। रावण राज्यको मतलब नै हो जंगल। बाबा आएर काँडालाई फूल बनाउनु हुन्छ। ख्याल गर्नुपर्छ अहिले हामी गुलाबको फूल बनेनौं भने जन्म जन्मान्तर आँकको फूल नै बन्छौं। हरेकले आफ्नो कल्याण गर्नु छ। शिवबाबालाई कहाँ उपकार गर्नु पर्छ र! उपकार त आफैंलाई गर्नु छ। अब श्रीमतमा चल्नु छ। बगैंचामा कोही गयो भने बास्नादार फूललाई नै मन पराउँछ। आँकलाई कहाँ मन पराउँछ र! फ्लावर शो हुन्छ नि। यो पनि फ्लावर शो हो। धेरै ठूलो इनाम मिल्छ। धेरै फस्टक्लास फूल बन्नु छ। धेरै मीठो चालचलन हुनुपर्छ। क्रोधीसँग धेरै नम्र हुनुपर्छ। हामी श्रीमत अनुसार पवित्र बनेर पवित्र दुनियाँ स्वर्गको मालिक बन्न चाहन्छौं। युक्तिहरू त धेरै हुन्छन् नि। माताहरूमा त्रिया-चरित्र धेरै हुन्छ। चलाखी गरेर पवित्रतामा रहनको लागि पुरुषार्थ गर्नु छ। तिमीले भन्न सक्छौ भगवानुवाच काम महाशत्रु हो, पवित्र बन्यौ भने सतोप्रधान बन्छौ। के हामीले भगवानले भनेको नमानौं! युक्तिसँग आफूलाई बचाउनु पर्छ। विश्वको मालिक बन्नको लागि थोरै सहन गर्यौ त के भयो? आफ्नो लागि नै गर्छौ नि। उनीहरूले राजाईको लागि लडाईं गर्छन्। तिमीले आफ्नो लागि सबैथोक गर्छौ। पुरुषार्थ गर्नुपर्छ। बाबालाई बिर्सिनाले नै गिर्छन्। फेरि शर्म आउँछ, देवता कसरी बन्न सक्छु! अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) मायाको ग्रहदशाबाट बच्नको लागि मुखबाट सदैव ज्ञान रत्न निकाल्नु छ। संगदोषबाट आफ्नो सम्हाल गर्नु छ।

२) सुगन्धित फूल बन्नको लागि अवगुणहरूलाई निकाल्दै जानु छ। श्रीमतमा चलेर धेरै नम्र बन्नु छ। काम महाशत्रुसँग कहिल्यै पनि हार खानु हुँदैन। युक्तिसँग स्वयंलाई बचाउनु छ।

वरदान:
सदा शक्तिशाली वृत्तिद्वारा बेहदको सेवामा तत्पर रहने हदका कुराबाट मुक्त भव

जसरी साकार बाबालाई सेवा सिवाय केही पनि देखिँदैनथ्यो, त्यसैगरी तिमी बच्चाहरू पनि आफ्नो शक्तिशाली वृत्तिद्वारा बेहदको सेवामा सदा तत्पर रहने गर अनि हदका कुरा स्वत: खतम भएर जान्छन्। हदको कुरामा समय दिनु यो पनि पुतलीको खेल हो, जसमा समय र शक्ति खेर जान्छ। त्यसैले सानो-सानो कुरामा समय वा जम्मा गरेको शक्ति व्यर्थ नगुमाऊ।

स्लोगन:
सेवामा सफलता प्राप्त गर्नु छ भने बोली र चालचलन प्रभावशाली हुनु पर्छ।