08.05.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ तिमी बच्चाहरूलाई अविनाशी कमाई गराउन। अहिले तिमीले ज्ञान रत्नहरूको जति कमाई गर्न चाहन्छौ गर्न सक्छौ।

प्रश्न:
आसुरी संस्कारहरूलाई परिवर्तन गरेर दैवी संस्कार बनाउनको लागि कुनचाहिँ विशेष पुरुषार्थ गर्नु पर्छ?

उत्तर:
संस्कारहरूलाई परिवर्तन गर्नको लागि जति सकिन्छ देही-अभिमानी रहने पुरुषार्थ गर। देह-अभिमानमा आउनाले नै आसुरी संस्कार बन्न पुग्छ। बाबा आसुरी संस्कारहरूलाई दैवी संस्कार बनाउनको लागि आउनु भएको छ। पुरुषार्थ गर पहिला म देही आत्मा हुँ, पछि यो शरीर हो।

गीत:
तूने रात गँवाई सोके.....

ओम् शान्ति ।
यो गीत त बच्चाहरूले धेरैपटक सुनिसकेका छौ। रूहानी बच्चाहरूलाई रूहानी बाबाले सावधान गराइरहनु हुन्छ यो समय गुमाउनु छैन। यो त धेरै कमाई गर्ने समय हो। कमाई गराउन बाबा आउनु भएको छ। कमाई पनि अथाह छ, जसले जति कमाई गर्न चाहन्छ, त्यति गर्न सक्छ। यो हो अविनाशी ज्ञान रत्नहरूले झोली भर्ने कमाई। यो हो भविष्यको लागि। त्यो हो भक्ति, यो हो ज्ञान। मानिसहरूलाई यो थाहा छैन भक्ति तब सुरु हुन्छ जब रावण राज्य सुरु हुन्छ। फेरि ज्ञान तब सुरु हुन्छ, जब बाबा आएर रामराज्य स्थापना गर्नु हुन्छ। ज्ञान हो नै नयाँ दुनियाँको लागि, भक्ति हो पुरानो दुनियाँको लागि। बाबा भन्नुहुन्छ पहिला त आफूलाई देही (आत्मा) सम्झिनु छ। तिमी बच्चाहरूको बुद्धिमा छ हामी पहिला आत्मा हौं, पछि शरीर हौं। तर ड्रामा योजना अनुसार मानिसहरू सबै गलत बनेका छन् त्यसैले पहिला हामी देह हौं पछि देही हौं भनी उल्टो बुझेका छन्। बाबा भन्नुहुन्छ यो त विनाशी हो। यस देहलाई त तिमीले लिन्छौ र छोड्छौ। संस्कार आत्मामा रहन्छ। देह-अभिमानमा आउनाले संस्कार आसुरी बन्न पुग्छ। फेरि आसुरी संस्कारहरूलाई दैवी बनाउनको लागि बाबालाई आउनु पर्ने हुन्छ। यो सारा रचना उहाँ एक रचयिताको नै हो। उहाँलाई सबैले बाबा भन्छन्। जसरी लौकिक पितालाई पनि बाबा नै भनिन्छ। बाबा र मम्मा यी दुवै शब्द अति मीठा छन्। रचयिता त पितालाई नै भनिन्छ। उनले पहिला मातालाई एडप्ट गर्छन् अनि रचना रच्छन्। बेहदका बाबाले पनि भन्नुहुन्छ म आएर यिनमा प्रवेश गर्छु, यिनको नाम प्रख्यात छ। भनिन्छ पनि भागीरथ। मानिसको नै चित्र देखाइन्छ, कुनै साँढेको होइन। भागीरथ मनुष्यको तन हो। बाबा नै आएर बच्चाहरूलाई आफ्नो परिचय दिनुहुन्छ। तिमीले सधैं भन्छौ हामी बापदादाको पासमा जान्छौं। केवल बाबा मात्र भन्यौ भने उहाँ त निराकार हुनुहुन्छ, निराकार बाबाकहाँ त शरीर छोडेपछि नै जान सकिन्छ, यतिकै त कोही पनि जान सक्दैन। यो ज्ञान बाबाले नै दिनुहुन्छ। यो ज्ञान छ पनि बाबासँग नै। अविनाशी ज्ञान रत्नहरूको खजाना छ। बाबा हुनुहुन्छ ज्ञान रत्नहरूका सागर। पानीको कुरा होइन। ज्ञान रत्नहरूको भण्डार हुनुहुन्छ। उहाँमा ज्ञान छ। पानीलाई ज्ञान भनिदैन। जसरी मानिसहरूमा कानूनी, डाक्टरी आदिको ज्ञान हुन्छ, त्यस्तै यो पनि ज्ञान हो। यही ज्ञानको लागि नै ऋषि मुनि आदि सबैले भन्ने गर्थे रचयिता र रचनाको आदि मध्य अन्त्यको ज्ञान हामीले जान्दैनौं । त्यो त एक मात्र रचयिताले नै जान्नुहुन्छ। कल्प-वृक्षको बीजरूप पनि उहाँ नै हुनुहुन्छ। सृष्टिको आदि मध्य अन्त्यको ज्ञान पनि उहाँमा नै छ। उहाँ जब आउनु हुन्छ तब सुनाउनु हुन्छ। अहिले तिमीले ज्ञान पाएका छौ। यसै ज्ञानद्वारा तिमी देवता बन्छौ। ज्ञान पाएर फेरि प्रारब्ध पाउँछौ। त्यहाँ स्वर्गमा फेरि यो ज्ञानको आवश्यकता रहँदैन। यस्तो होइन, देवताहरूमा यो ज्ञान हुँदैन त्यसैले अज्ञानी हुन्। होइन। यही ज्ञान पाएर त उनीहरूले पद पाउँछन्। बाबालाई पुकार्छन् बाबा आउनु होस्, हामी पतितबाट पावन कसरी बनौं, त्यसको मार्ग अथवा ज्ञान दिनुहोस् किनकि हामीले जान्दैनौं। अहिले तिमीलाई थाहा छ हामी आत्माहरू शान्तिधामबाट आएका हौं। त्यहाँ आत्माहरू शान्त रहन्छन्। यहाँ पार्ट खेल्न आएका हौं। यो दुनियाँ पुरानो हो। अवश्य नयाँ दुनियाँ पनि थियो। त्यो कहिले थियो, त्यहाँ कसले राज्य गर्थ्यो यो कसैलाई पनि थाहा छैन। तिमीले अहिले बाबाबाट थाहा पायौ। बाबा हुनुहुन्छ नै ज्ञानका सागर, सद्गतिदाता। बाबा आएर हाम्रो दु:ख हर्नुहोस्, सुख शान्ति दिनुहोस् भनेर उहाँलाई नै पुकार्छन्। आत्माले जान्दछ तर तमोप्रधान भइसकेकाले बाबा फेरि आएर परिचय दिंदै हुनुहुन्छ। मनुष्यहरूले न आत्मालाई, न परमात्मालाई चिनेका छन्। परमात्म-अभिमानी बन्नको लागि आत्मामा ज्ञान नै छैन। पहिला तिमीले पनि जान्दैनथ्यौ। अहिले ज्ञान मिलेपछि बुझ्छौ अनुहार मानिसको भए पनि चालचलन त बाँदरको नै थियो।

अहिले बाबाले ज्ञान दिएपछि हामी पनि ज्ञानवान बनेका छौं। रचयिता र रचनाको ज्ञान पाएका छौं। तिमीले जानेका छौ हामीलाई भगवानले पढाउनु हुन्छ, त्यसैले कति नशा हुनु पर्छ? बाबा हुनुहुन्छ ज्ञानका सागर, उहाँमा बेहदको ज्ञान छ। तिमी जहाँ जाँदा पनि तिनीहरूले सृष्टिको आदि मध्य अन्त्यको ज्ञान मात्र होइन हामी आत्मा के चीज हौं, यो पनि जानेका छैनन्। बाबालाई याद पनि गर्छन्, दु:ख-हर्ता सुख-कर्ता भन्छन्, फेरि पनि ईश्वरलाई सर्वव्यापी भनिदिन्छन्। बाबा भन्नुहुन्छ ड्रामा अनुसार उनीहरूको पनि कुनै दोष छैन। मायाले बिल्कुलै तुच्छ बुद्धि बनाइदिन्छ। फेरि कीराहरूलाई त फोहरमा नै सुखको अनुभव हुन्छ नि। बाबा आउनु हुन्छ फोहरबाट निकाल्न। मानिसहरू फोहर दलदलमा फँसेका छन्। ज्ञानको बारेमा थाहै छैन त के गरुन्? दलदलमा फँसेका छन् त्यसैले उनीहरूलाई निकाल्न मुश्किल हुन्छ। निकालेर निस्किन लाग्दा हात छुटाएर दलदलमै खस्न पुग्छन्। कति बच्चाहरूले अरूलाई ज्ञान दिंदा-दिंदै स्वयंले नै मायाको थप्पड खान पुग्छन् किनकि बाबाको निर्देशन विपरीत कार्य गर्न थाल्छन्। अरूलाई निकाल्ने कोसिस गर्दागर्दै आफैं खस्न पुग्छन्। त्यसैले उनीहरूलाई निकाल्न कति मेहनत लाग्छ किनकि मायाबाट हार मान्न पुग्छन्। उनीहरूलाई उनीहरूकै पापले भित्र खान थाल्छ। मायासँगको लडाईं हो नि। अहिले तिमी युद्धको मैदानमा छौ। उनीहरू हुन् बाहुबलले लड्ने हिंसक सेनाहरू, तिमी हौ अहिंसक। तिमीले राज्य लिन्छौ अहिंसाको बलद्वारा। हिंसा दुई प्रकारका हुन्छन् नि। एउटा हो काम कटारी चलाउनु अनि अर्को हो अरूलाई मारपिट गर्नु। तिमी अहिले डबल अहिंसक बनिरहेका छौ। यो ज्ञान बलको लडाईं लड्न अरू कसैले जान्दैन। अहिंसा केलाई भनिन्छ यो कसैलाई थाहा छैन। भक्तिमार्गको सामग्री कत्ति भारी छ? पतित-पावन आऊ भनेर गाउँछन्, तर म कसरी आएर पावन बनाउँछु, यो कसैलाई थाहा छैन। मानिसलाई भगवान भनेर गीतामा नै गल्ती गरिदिएका छन्। शास्त्रहरू मानिसले नै बनाएका हुन् अनि मानिसले नै पढ्छन्। देवताहरूलाई त शास्त्र पढ्ने आवश्यकता नै हुँदैन। त्यहाँ कुनै शास्त्र हुँदैनन्। ज्ञान, भक्ति अनि वैराग्य। केसँग वैराग्य? भक्तिको, पुरानो दुनियाँको वैराग्य हो। पुरानो शरीरसँग वैराग्य हो। बाबा भन्नुहुन्छ यी आँखाले जे जति देख्छौ, त्यो बाँकी रहने छैन। यो सारा फोहोरी दुनियाँसँग नै वैराग्य छ। बाँकी तिमीले दिव्य दृष्टिद्वारा नयाँ दुनियाँको साक्षात्कार गर्छौ। तिमीले पढ्छौ नै नयाँ दुनियाँको लागि। यो पढाइ यस जन्मको लागि होइन। अरू जुन पढाइ हुन्छ, त्यो त्यसै समय त्यसै जन्मको लागि हुन्छ। अहिले त संगमयुग हो, त्यसैले तिमीले जे पढ्दै छौ त्यसको प्रारब्ध तिमीलाई नयाँ दुनियाँमा मिल्छ। बेहदका बाबाबाट तिमीलाई कति ठूलो प्रारब्ध प्राप्त हुँदैछ। बेहदका बाबाबाट बेहदको सुखको प्राप्ति हुन्छ। त्यसैले बच्चाहरूले पूरा पुरुषार्थ गरेर श्रीमत अनुसार चल्नु पर्छ। बाबा हुनुहुन्छ श्रेष्ठ भन्दा श्रेष्ठ। उहाँबाट तिमी श्रेष्ठ बन्छौ। उहाँ त सधैं नै श्रेष्ठ हुनुहुन्छ। तिमीलाई श्रेष्ठ बनाउनु हुन्छ। ८४ जन्म लिंदा-लिंदा फेरि तिमी भ्रष्ट बन्न पुग्छौ। बाबा भन्नुहुन्छ म त जन्म मरणमा आउँदिनँ। म अहिले भाग्यशाली रथमा नै प्रवेश गर्छु, जसलाई तिमी बच्चाहरूले चिनेका छौ। अहिले तिम्रो बिरूवा सानो छ। बिरूवामा तुफान पनि लाग्छ नि। पातहरू झरिरहन्छन्। थुप्रै फूलहरू पनि फुल्छन् फेरि तुफान लाग्नाले झर्छन्। कुनै-कुनैमा राम्रोसँग फल पनि लाग्छ फेरि मायाको तुफान आउनाले झर्छन्। मायाको तुफान अति नै बलियो छ। त्यतातिर छ बाहुबल, यतातिर छ योगबल अर्थात् यादको बल। तिमीले याद अक्षरलाई पक्का गर। उनीहरूले योग-योग अक्षर भनिरहन्छन्। तिम्रो त हो याद। हिंड्दा डुल्दा पनि बाबालाई याद गर्छौ, यसलाई योग भनिदैन। योग शब्द त संन्यासीहरूमा प्रसिद्ध छ। उनीहरूले अनेकौं प्रकारका योग सिकाउँछन्। बाबा कति सहज बताउनु हुन्छ उठ्दा बस्दा, हिंड्दा डुल्दा बाबालाई याद गर। तिमी आधा कल्पदेखिका प्रियतमा हौ, मलाई याद गर्दै आएका छौ। अब म आएको छु। आत्मालाई कसैले पनि जान्दैन, त्यसैले बाबा आएर अनुभूति गराउनु हुन्छ। यो पनि बुझ्नु पर्ने अति महीन सूक्ष्म कुरा हो। आत्मा अति सूक्ष्म र अविनाशी छ। न आत्माको विनाश हुन्छ, न उसको पार्ट नै विनाश हुन सक्छ। यी कुरा मोटो बुद्धि भएकाले मुश्किलले बुझ्न सक्छन्। शास्त्रहरूमा पनि यी कुरा छैनन्।

तिमी बच्चाहरूलाई बाबाको याद गर्दा धेरै मेहनत गर्नु पर्ने हुन्छ। ज्ञान त धेरै सजिलो छ। बाँकी विनाशकाले प्रीत बुद्धि र विपरीत बुद्धिलाई यो याद गर्नको लागि भनिन्छ। राम्रोसँग याद गर्नेहरूलाई प्रीत बुद्धि भनिन्छ। प्रीति पनि अव्यभिचारी हुनुपर्छ। आफैंसँग सोध्नु छ मैले बाबालाई कति याद गर्छु? यो पनि बुझेका छौ बाबासँग प्रीति राख्दा राख्दा जब कर्मातीत अवस्था हुन्छ, तब यो शरीर छुट्छ र लडाईं सुरु हुन्छ। जति बाबासँग प्रीत हुन्छ त्यति तमोप्रधानबाट सतोप्रधान बन्छौ। परीक्षा त एकपटक नै हुन्छ नि। जब समय अन्तिम हुन्छ, सबै प्रीतबुद्धि हुन्छन्, त्यसै समय फेरि विनाश सुरु हुन्छ। अहिले झगडा भइ नै रहन्छन्। बेलायतीहरूले पनि जानेका छन् मृत्यु त अहिले सम्मुखमा छ, कसैले प्रेरणा दिंदैछ, जसले हामीबाट बमहरू बनाउन लगाइरहेको छ। तर हामीले के नै गर्न सक्छौं र? ड्रामामा निश्चित छ नि। आफ्नै विज्ञानको बलले आफ्नै कुललाई मृत्युतर्फ धकेल्दै छौं। बच्चाहरूले भन्छन् पवित्र दुनियाँमा लैजाउनुहोस्। शरीरलाई कहाँ लगिन्छ र? बाबा कालहरूको पनि काल हुनुहुन्छ। यो कुरा कसैलाई पनि थाहा छैन। भनिएको छ, मिरुआ मौत मलुका शिकार। उनीहरूले भन्छन् विनाश बन्द होस्, शान्ति स्थापना होस्। अरे, विनाश नभई सुख-शान्ति कसरी स्थापना हुन सक्छ? त्यसैले चक्रको बारेमा अवश्य सम्झाऊ। अब स्वर्गको द्वार खुल्दै छ। बाबाले भन्नुभएको छ, यस बारेमा पनि एउटा किताब छपाऊ गेट वे टु शान्तिधाम-सुखधाम। यसको अर्थ पनि बुझ्दैनन्। छ त अति सहज, तर करोडौंमा कोहीले मात्र मुश्किलले बुझ्छन्। प्रदर्शनी आदिमा तिमी कहिल्यै पनि निराश हुनु हुँदैन। प्रजा त बन्छन् नि। लक्ष्य ठूलो छ त्यसैले मेहनत लाग्छ। मेहनत छ यादको। यसैमा धेरैजसो फेल हुन्छन्। याद पनि अव्यभिचारी हुनु पर्छ। घरी-घरी मायाले भुलाइदिन्छ। मेहनत नै नगरी कोही विश्वको मालिक बन्न सक्छ र? पूरा पुरुषार्थ गर्नुपर्छ हामी सुखधामको मालिक थियौं। अनेकौं पटक चक्कर लगाइसक्यौं। अब बाबालाई याद गर्नु छ। मायाले धेरै विघ्न पार्छ। बाबाको पासमा सेवाका पनि समाचार आउँछन् आज विद्वत-मण्डलीलाई सम्झायौं, आज यो गर्यौं.... ड्रामा अनुसार माताहरूको नाम प्रत्यक्ष हुनु नै छ। माताहरूलाई अगाडि बढाउनु छ। यो कुरा तिमी बच्चाहरूले ध्यानमा राख्नु पर्छ। यो हो चैतन्य दिलवाला मन्दिर। तिमी चैतन्यमा बन्छौ फेरि राज्य गरिरहन्छौ। भक्ति मार्गका मन्दिर आदि रहने छैनन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक बाबासँग अव्यभिचारी प्रीति राख्दै कर्मातीत अवस्थालाई प्राप्त गर्नु छ। यस पुरानो देह र पुरानो दुनियाँबाट बेहदको वैराग्य होस्।

२) कुनै पनि काम कर्तव्य बाबाको आदेश विरुद्ध गर्नु हुँदैन। युद्धको मैदानमा कहिल्यै पनि हार खानु छैन। डबल अहिंसक बन्नु छ।

वरदान:
आफ्नो रूहानी लाइटद्वारा वायुमण्डललाई परिवर्तन गर्ने सेवा गर्नेवाला सहज सफलतामूर्त भव

जसरी साकार सृष्टिमा जुन रङ्को लाइट बाल्छौ, त्यस्तै वातावरण हुन्छ। यदि हरियो लाइट छ भने चारैतर्फ हरियो प्रकाश छाउँछ। रातो लाइट बाल्यौ भने यादको वायुमण्डल बन्छ। जब स्थूल लाइटले वायुमण्डललाई परिवर्तन गरिदिन्छ भने तिमी लाइट हाउसले पनि पवित्रताको लाइट र सुखको लाइटद्वारा वायुमण्डल परिवर्तन गर्ने सेवा गर्यौ भने सफलतामूर्त बन्छौ। स्थूल लाइट आँखाले देख्न सक्छन्, तर रूहानी लाइट अनुभवद्वारा जान्नेछन्।

स्लोगन:
व्यर्थ कुरामा समय र संकल्प गुमाउनु यो पनि अपवित्रता हो।