08.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो पढाइको आधार हो पवित्रता । पवित्रता छ भने योगको धार भर्न सकिन्छ , योगको धार छ भने बोलीमा शक्ति हुन्छ।

प्रश्न:
तिमी बच्चाहरूले अहिले कुनचाहिँ प्रयत्न पूरा-पूरा गर्नुपर्छ?

उत्तर:
शिरमा जुन विकर्मको बोझ छ त्यसलाई उतार्ने पूरा-पूरा प्रयत्न गर्नुपर्छ। बाबाको बनेर कुनै विकर्म गर्यौ भने धेरै जोडले गिर्न पुग्छौ। बी. के. को यदि निन्दा गरायौ, कुनै कष्ट दियौ भने धेरै पाप हुन्छ। फेरि ज्ञान सुन्ने र सुनाउनाले कुनै फाइदा हुँदैन।

ओम् शान्ति ।
रूहानी बाबाले बच्चाहरूलाई सम्झाइरहनु भएको छ तिमी पतितबाट पावन बनेर पावन दुनियाँको मालिक कसरी बन्न सक्छौ! पावन दुनियाँलाई स्वर्ग अथवा विष्णुपुरी, लक्ष्मी-नारायणको राज्य भनिन्छ। विष्णु अर्थात् लक्ष्मी-नारायणको कम्बाइन्ड चित्र यस्तो बनाइएको छ, त्यसैले सम्झाइन्छ। बाँकी विष्णुको जब पूजा गर्छन् तर बुझ्न सक्दैनन् यी को हुन्? महालक्ष्मीको पूजा गर्छन् तर यी को हुन् भनेर बुझ्न सक्दैनन्। बाबा अहिले तिमी बच्चाहरूलाई भिन्न-भिन्न विधिले सम्झाउनु हुन्छ। राम्रोसँग धारण गर। कोही-कोहीको बुद्धिमा के रहन्छ भने परमात्माले त सबै कुरा जान्नुहुन्छ। हामीले जुनकुरा राम्रो वा नराम्रो गर्छौं त्यो सबै जान्नुहुन्छ। अब यसलाई अन्धश्रद्धाको भाव भनिन्छ। भगवानले यी कुरालाई जान्नुहुन्न। तिमी बच्चाहरूलाई थाहा छ भगवान त हुनुहुन्छ पतितलाई पावन बनाउनेवाला। पावन बनाएर स्वर्गको मालिक बनाउनु हुन्छ फेरि जसले राम्ररी पढ्छ उसैले उच्च पद पाउँछ। बाँकी यस्तो नसम्झिनु बाबाले सबैको दिललाई जान्नु हुन्छ। यसलाई फेरि बेसमझ भनिन्छ। मनुष्यले जो कर्म गर्छन् त्यसको फल फेरि राम्रो वा नराम्रो ड्रामा अनुसार उनलाई मिल्छ नै। यसमा बाबाको कुनै सम्बन्ध छैन। यो ख्याल कहिल्यै नगर बाबाले त सबै कुरा जान्नु नै हुन्छ। धेरै यस्ता पनि छन् जो विकारमा जान्छन्, पाप गरिरहन्छन् फेरि पनि यहाँ अथवा सेन्टरमा आउँछन्। सम्झन्छन् बाबाले त जान्नु हुन्छ नै। तर बाबा भन्नुहुन्छ मैले यो धन्दा नै गर्दिन। जानी-जाननहार अक्षर पनि गलत हो। तिमीले बाबालाई बोलाउँछौ आएर पतितबाट पावन बनाउनु होस्, स्वर्गको मालिक बनाउनुहोस् भनेर किनकि जन्म-जन्मान्तरको धेरै पाप शिरमा छ। यस जन्मको पनि छ। यस जन्मको पाप बताउँछन् पनि। धेरैले यस्तो पाप गरेका छन् जसकारण पावन बन्न धेरै मुश्किल लाग्छ। मुख्य कुरा हो नै पावन बन्नु। पढाइ त धेरै सहज छ, तर विकर्मको बोझ कसरी उतार्न सकिन्छ त्यसको प्रयत्न गर्नुपर्छ। यस्ता धेरै छन् जसले अथाह पाप गर्छन्, धेरै डिससर्भिस गर्छन्। बी. के. आश्रमलाई दु:ख दिने कोसिस गर्छन्। यसको धेरै पाप चढ्छ। त्यो पाप आदि कुनै ज्ञान दिनाले मेट्न सकिँदैन। पाप मेटिन्छ फेरि पनि योगबाट। पहिला त योगको पूरा पुरुषार्थ गर्नुपर्छ, तब कसैलाई तीर पनि लाग्न सक्छ। पहिला पवित्र बनेपछि योग छ भने बोलीमा पनि शक्ति भरिन्छ। नत्र कसैलाई जतिसुकै सम्झाए पनि उसको बुद्धिमा जच्दैन, तीर लाग्दैन। जन्म-जन्मान्तरको पाप त छ नि। अहिले जो पाप गर्छन्, त्यो त जन्म-जन्मान्तर देखिको भन्दा पनि धेरै हुन जान्छ, त्यसैले गायन छ सद्गुरुका निन्दक... उहाँ सत् बाबा, सत् टिचर, सद्गुरु हुनुहुन्छ। बाबा भन्नुहुन्छ बी. के. को निन्दा गराउनेको पनि पाप धेरै ठूलो हुन्छ। पहिला स्वयं पावन त बनून्। कसैलाई सम्झाउन धेरै सोख राख्छन्। योग पाईको पनि छैन, यसबाट के फाइदा? बाबा भन्नुहुन्छ मुख्य कुरा हो नै यादबाट पावन बन्ने। पुकार्छन् पनि पावन बन्नको लागि नै। भक्तिमार्गमा एउटा बानी परेको छ, धक्का खाने, फाल्तु हल्ला गर्ने। प्रार्थना गर्छन् तर भगवानको कान कहाँ छ र, विना कान, विना मुख, कसरी सुन्नु र बोल्नु हुन्छ? उहाँ त अव्यक्त हुनुहुन्छ। यो सबै हो अन्धश्रद्धा।

तिमीले बाबालाई जति याद गर्छौ त्यति पाप नाश हुन्छ। यस्तो होइन बाबालाई थाहा छ यसले धेरै याद गर्छ, यसले कम याद गर्छ, यो आफ्नो चार्ट त स्वयंले नै हेर्नु पर्छ। बाबाले भन्नु भएको छ यादद्वारा नै तिम्रो विकर्म विनाश हुन्छ। बाबाले पनि तिमीसँग नै सोध्नुहुन्छ कति याद गर्छौ? चालचलनबाट पनि थाहा हुन्छ। याद विना पाप काट्न सकिँदैन। यस्तो होइन, कसैलाई ज्ञान सुनायौ भने तिम्रो वा उसको पाप काटिन्छ। होइन, जब स्वयं याद गर्छन् तब पाप काटिन्छ। मूल कुरा हो पावन बन्ने। बाबा भन्नुहुन्छ मेरा बनेका छौ त्यसैले कुनै पाप नगर। नत्र जोडले गिर्छौ। आश पनि नगर मैले राम्रो पद पाउन सक्छु। प्रदर्शनीमा धेरैलाई सम्झाए भने खुसी हुन्छन्, हामीले धेरै सेवा गर्यौं। तर बाबा भन्नुहुन्छ पहिला तिमी त पावन बन। बाबालाई याद गर। यादमा धेरै फेल हुन्छन्। ज्ञान त धेरै सहज छ, केवल ८४ को चक्रलाई जान्नु छ, त्यस पढाइमा त कति हिसाब-किताब पढ्छन्, मेहनत गर्छन्। कमाउँछन् के? पढ्दा-पढ्दै मरे भने पढाइ खतम।

तिमी बच्चाहरू जति यादमा रहन्छौ त्यति धारणा हुन्छ। पवित्र बनेनौ पाप मेटाएनौ भने धेरै सजाय खानु पर्छ। यस्तो होइन, मेरो याद त बाबाकहाँ पुग्छ नै। बाबा के गर्नुहुन्छ। तिमीले याद गर्यौ भने तिमी पावन बन्छौ, बाबाले त्यसमा के गर्नुहुन्छ, के स्याबास दिनुहुन्छ। धेरै बच्चाहरू छन् जसले भन्छन् हामी त सदैव बाबालाई याद गरिरहन्छौं, उहाँ बाहेक हाम्रो छ नै को र? यस्तो गफ पनि लगाइरहन्छन्। यादमा त धेरै मेहनत छ। मैले याद गरिरहेको छु वा छैन यो पनि बुझ्न सक्दैनन्। अनजानमा भन्छन् म त याद गरिरहन्छु। मेहनत विना नै कोही विश्वको मालिक कहाँ बन्न सक्छ र! उच्च पद पाउन सक्दैनन्। जब यादमा शक्ति भर्छन् अनि सेवा गर्न सक्छन्। फेरि हेरिन्छ कति सेवा गरेर प्रजा बनाएको छ। हिसाब त हुनु पर्छ नि। मैले कति जनालाई आफू समान बनाउँछु? प्रजा त बनाउनु पर्छ नि, तब राजाई पद पाउन सकिन्छ। त्यो त अहिले केही पनि होइन। योगमा रहेमा, शक्ति भरेमा कसैलाई पूरा तीर लाग्न सक्छ। शास्त्रमा पनि त छ अन्त्यमा भीष्म पितामह, द्रोणाचार्य आदिलाई ज्ञान दिए। जब तिम्रो पतितपना निस्केर सतोप्रधान अवस्थामा आत्मा आउँछ तब शक्ति भरिन्छ अनि छिट्टै तीर लाग्छ। यो कहिल्यै ख्याल नगर बाबाले त सबै कुरा जान्नु हुन्छ। बाबालाई जान्नु पर्ने के आवश्यकता छ। जे गर्छन् त्यही पाउँछन्। बाबा साक्षी भएर हेर्नु हुन्छ। बाबालाई लेख्छन् हामीले फलानो ठाउँमा गएर सेवा गरौं, बाबाले सोध्नु हुन्छ पहिला तिमी यादको यात्रामा तत्पर छौ? पहिलो कुरा त यही हो अरूसँग तोडेर एक बाबासँग जोड। देही-अभिमानी बन्नुपर्छ। घरमा रहेर पनि सम्झिनु छ यो त पुरानो दुनियाँ, पुरानो देह हो। यो त सबै खतम हुनु छ। हाम्रो काम छ बाबा र वर्सासँग। बाबाले यस्तो पनि भन्नुहुन्न, गृहस्थ व्यवहारमा नरहनु, कसैसँग कुरा नगर। बाबासँग सोध्छन् विवाहमा जाऔं? बाबा भन्नुहुन्छ ठीक छ जाऊ। त्यहाँ गएर पनि सेवा गर। बुद्धिको योग शिवबाबासँग हुनुपर्छ। जन्म-जन्मान्तरको विकर्म याद बलबाट नै भस्म हुन्छ। यहाँ पनि यदि विकर्म गर्छौ भने धेरै सजाय भोग्नु पर्छ। पावन बन्दा-बन्दै विकारमा गिर्यो भने मर्यो। एकदम छिन्न-भिन्न हुन जान्छन्। श्रीमतमा नचलेर धेरै नोक्सान गर्छन्। कदम-कदममा श्रीमत हुनुपर्छ। यस्तो-यस्तो पाप गर्छन् जसले गर्दा योग लाग्न सक्दैन। याद गर्न सक्दैनन्। कसैलाई गएर भन्छन् भगवान आउनु भएको छ, उहाँबाट वर्सा लेऊ। तर उनीहरूले मान्दैनन्। तीर लाग्दैन। बाबाले भन्नु भएको छ भक्तहरूलाई ज्ञान सुनाऊ, व्यर्थमा कसैलाई नदेऊ, नत्र उल्टै निन्दा गराउँछन्।

कति बच्चाहरूले बाबासँग सोध्छन् बाबा हामीलाई दान गर्ने बानी छ, अब त ज्ञानमा आइसक्यौं अब के गरुँ? बाबा राय दिनु हुन्छ प्यारा बच्चाहरू! गरिबहरूलाई दान दिने त धेरै हुन्छन्। कुनै गरिब भोकै मर्दैनन्, फकिरहरूसँग धेरै पैसा रहेको हुन्छ त्यसैले यी सबै कुराबाट तिम्रो बुद्धि हट्नु पर्छ। दान आदिमा पनि धेरै खबरदारी हुनुपर्छ। धेरैले यस्ता-यस्ता काम गर्छन्, कुरै नसोध फेरि यो पनि स्वयं सम्झदैनन् हाम्रो शिरमा बोझ धेरै भारी हुँदै जान्छ। ज्ञानमार्ग कुनै हाँसो-ठट्टाको मार्ग होइन। बाबाको साथमा फेरि धर्मराज पनि हुनुहुन्छ। धर्मराजका ठूला-ठूला डण्डा खानुपर्छ। भनिन्छ नि जब अन्त्यमा धर्मराजले हिसाब-किताब लिन्छन् तब थाहा हुन्छ। जन्म-जन्मान्तरको सजाय खानमा कुनै समय लाग्दैन। बाबाले काशी कलवटको उदाहरण सम्झाउनु भएको छ। त्यो हो भक्तिमार्ग, यो हो ज्ञानमार्ग। मनुष्यहरूलाई पनि बलि चढाउँछन्, यो पनि ड्रामामा निश्चित छ। यी सबै कुरालाई बुझ्नु छ। यस्तो पनि होइन, यस्तो ड्रामा बनाइयो किन? चक्रमा पनि ल्याइयो किन? चक्रमा त आइरहन्छन्। यो त अनादि ड्रामा हो नि। चक्रमा आएन भने फेरि दुनियाँ नै रहँदैन। मोक्ष त हुँदैन। मुख्यको पनि मोक्ष हुन सक्दैन। ५ हजार वर्षपछि फेरि यस्तै चक्कर लगाउँछन्। यो त ड्रामा हो। केवल कसैलाई सम्झाउँदैमा, वाणी चलाउँदैमा पद मिल्दैन, पहिला त पतितबाट पावन बन्नु छ। यस्तो होइन बाबाले त सबै कुरा जान्नुहुन्छ। बाबाले जानेर पनि के गर्नुहुन्छ, पहिला त तिम्रो आत्माले जान्दछ मैले श्रीमतमा के गर्छु, कहाँसम्म बाबालाई याद गर्छु? बाँकी यो बसेर बाबालाई जानेर फाइदा नै के छ? तिमी जे कुरा गर्छौ त्यो तिमीले पाउँछौ। बाबाले तिम्रो सेवा र कर्मबाट जान्नुहुन्छ यो बच्चाले राम्रो सेवा गर्छ। फलानोले बाबाको बनेर धेरै विकर्म गरेको छ भने उसको मुरलीमा शक्ति भरिन सक्दैन। यो ज्ञान तरबार हो। यसमा याद बलको धार चाहिन्छ। योगबलबाट तिमीले विश्वमाथि विजय प्राप्त गर्छौ, बाँकी ज्ञानबाट नयाँ दुनियाँमा उच्च पद पाउँछौ। पहिला त पवित्र बन्नुपर्छ, पवित्र नबनी उच्च पद मिल्न सक्दैन। यहाँ आउँछन् नरबाट नारायण बन्नको लागि। पतित नरबाट नारायण कहाँ बन्छन् र! पावन बन्ने पूरा युक्ति हुनुपर्छ। अनन्य बच्चाहरू जसले सेन्टरहरू सम्हाल्छन् उनले पनि ठूलो मेहनत गर्नुपर्छ। त्यति मेहनत गर्दैनन् त्यसैले त्यो शक्ति भरिदैन तीर लाग्दैन, यादको यात्रा कहाँ छ र! केवल प्रदर्शनीमा धेरैलाई सम्झाउँछन् पहिला यादबाट पवित्र बन्नु छ फेरि छ ज्ञान। पावन भएमा ज्ञानको धारणा हुन्छ। पतितलाई धारणा हुँदैन। मुख्य विषय हो यादको। त्यस पढाइमा पनि त विषय हुन्छन् नि। तिम्रो पासमा पनि हुन त बी.के. बन्छन् तर ब्रह्माकुमार-कुमारी, भाइ-बहिनी बन्नु सामान्य कुरा होइन। केवल भन्ने मात्र होइन, बन्नु छ। देवता बन्नको लागि पहिला पवित्र अवश्य बन्नुपर्छ। फेरि छ पढाइ। केवल पढाइ छ पवित्र छैनन् भने उच्च पद पाउन सक्दैन। आत्मा पवित्र हुनु पर्छ। पवित्र भयो भने पवित्र दुनियाँमा उच्च पद पाउन सक्छ। पवित्रतामा नै बाबाले जोड दिनुहुन्छ। पवित्रता विना कसैलाई पनि ज्ञान दिन सकिदैन। बाँकी बाबाले केही पनि हेर्नुहुन्न। स्वयं बस्नुभएको छ नि, सबै कुरा सम्झाउनु हुन्छ। भक्तिमार्गमा भावनाको भाडा मिल्छ। यो पनि ड्रामामा निश्चित छ। शरीर विना बाबाले कुरा कसरी गर्नुहुन्छ? कसरी सुन्नु हुन्छ? आत्माको त शरीर छ तब सुन्छ, बोल्छ। बाबा भन्नुहुन्छ मेरा कर्मेन्द्रियहरू नै छैनन् भने कसरी सुन्छु, जान्दछु? सम्झन्छन् बाबाले त जान्नुहुन्छ हामी विकारमा जान्छौं। यदि जान्नुहुन्न भने भगवान नै मान्दिन। यस्ता धेरै हुन्छन्। बाबा भन्नुहुन्छ म आएको छु तिमीलाई पावन बनाउने मार्ग बताउन। साक्षी भएर हेर्छु। बच्चाहरूको चालचलनबाट थाहा हुन्छ यो कपूत हो वा सपूत हो? सेवाको पनि सबूत चाहिन्छ नि। यो पनि जानेका छन् जसले गर्छ उसले पाउँछ। श्रीमतमा चल्छ भने श्रेष्ठ बन्छ। चलेन भने स्वयं नै फोहोरी भएर गिर्छ। कुनै पनि कुरा छ भने क्लीयर सोध। अन्धश्रद्धाको कुरा छैन। बाबाले केवल भन्नुहुन्छ यादको धार भएन भने पावन कसरी बन्न सक्छौ? यस जन्ममा पनि यस्तो पाप गर्छन् कुरै नसोध। यो हो नै पाप आत्माहरूको दुनियाँ, सत्ययुग हो पुण्य आत्माहरूको दुनियाँ। यो हो संगम। कोही त मन्दबुद्धिका छन् त्यसैले धारणा गर्न सक्दैनन्। बाबालाई याद गर्न सक्दैनन्। फेरि टु लेट हुन जान्छ, सृष्टिलाई आगो लाग्छ अनि योगमा पनि रहन सक्दैनन्। त्यस समयमा त हाहाकार मच्चिन्छ। धेरै दु:खका पहाड खस्ने छन्। यही चिन्ता रहनु पर्छ हामीले आफ्नो राज्य भाग्य त बाबाबाट लिऔं। देह-अभिमान छोडेर सेवामा लाग्नु पर्छ। कल्याणकारी बन्नु छ। व्यर्थमा धन गुमाउनु हुँदैन। जो लायक नै छैनन् यस्ता पतितलाई कहिल्यै दान दिनु हुँदैन, नत्र दान दिने माथी पनि आउँछ। यस्तो होइन, भगवान आउनु भएको छ भनेर झ्याली पिटनु छ। यस्ता भगवान कहलाउनेहरू यहाँ धेरै छन्। कसैले मान्दैनन्। यो तिमी बच्चाहरूलाई थाहा छ तिमीलाई प्रकाश मिलेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) पढाइको साथ-साथै पवित्र अवश्य बन्नुपर्छ। यस्तो लायक वा सपुत बच्चा बनेर सेवाको सबुत दिनु छ। श्रीमत अनुसार स्वयंलाई श्रेष्ठ बनाउनु छ।

२) स्थूल धन पनि व्यर्थ गुमाउनु हुँदैन। पतितहरूलाई दान गर्नु हुँदैन। ज्ञान धन पनि पात्रलाई हेरेर दिनु पर्छ।

वरदान:
सदा लचिलो (मोल्ड) हुने विशेषता द्वारा सम्पर्क र सेवामा सफल हुने सफलतामूर्त भव

जो बच्चाहरूमा स्वयंलाई मोड्न सक्ने विशेषता हुन्छ उनीहरू सहजै गोल्डन एजको स्टेजसम्म पुग्न सक्छन्। जस्तो समय, जस्तो परिस्थिति हुन्छ त्यसै प्रमाण आफ्ना धारणाहरूलाई प्रत्यक्ष गर्नको लागि लचकदार हुनु पर्छ। मोल्ड हुने नै रियल गोल्ड हुन्। जसरी साकार बाबाको विशेषता देख्यौ जस्तो समय, जस्तो व्यक्ति त्यस्तै रूप यसरी उहाँको अनुसरण गर्यौ भने सेवा र सम्पर्क सबैमा सहजै सफलतामूर्त बन्छौ।

स्लोगन:
जहाँ सर्व शक्तिहरू छन्, त्यहाँ निर्विघ्न सफलता हुन्छ।