08.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ तिमीलाई धेरै रुचिले पढाउन , तिमी ले पनि रुचिपूर्वक पढ। नशा रहोस् हामीलाई पढाउने स्वयं भगवान हुनुहुन्छ।

प्रश्न:
तिमी ब्रह्माकुमार ब्रह्माकुमारीहरूको उद्देश्य वा शुद्ध भावना के हो?

उत्तर:
तिम्रो उद्देश्य छ कल्प ५ हजार वर्ष पहिला जस्तै फेरि श्रीमत अनुसार विश्वमा सुख र शान्तिको राज्य स्थापना गर्ने। तिम्रो शुद्ध भावना छ श्रीमत अनुसार हामीले सारा विश्वको सद्गति गर्छौं। तिमीले नशाका साथ भन्छौ हामी सबैलाई सद्गति दिनेवाला हौं। तिमीलाई बाबाबाट पीस प्राइज मिल्छ। नर्कवासीबाट स्वर्गवासी बन्नु नै पुरस्कार प्राप्त गर्नु हो।

ओम् शान्ति ।
विद्यार्थीहरूले पढ्दा, खुसीले पढ्छन्। टिचरले पनि खुसीले, रुचिपूर्वक पढाउँछन्। रूहानी बच्चाहरूले यो जानेका छन् बेहदको बाबा, जो टिचर पनि हुनुहुन्छ, उहाँले हामीलाई एकदम रुचिले पढाउनु हुन्छ। त्यो पढाइमा त पिता अलग हुन्छन्, टिचर अलग हुन्छन्, जसले पढाउँछन्। कसै कसैको पिता नै टिचर हुन्छन् जसले पढाउँछन्, एकदम रुचिले पढाउँछन् किनकि रगतको सम्बन्ध हुन्छ नि। आफ्नो सम्झेर एकदम रुचिले पढाउँछन्। यहाँ बाबाले तिमीलाई कति रुचिले पढाउनु हुन्छ त्यसैले बच्चाहरूले पनि कति रुचिपूर्वक पढ्नु पर्छ। डाइरेक्ट बाबाले पढाउनु हुन्छ र उहाँ एकै पटक आएर पढाउनु हुन्छ। बच्चाहरूमा धेरै रुचि हुनुपर्छ। बाबा भगवानले हामीलाई पढाउनु हुन्छ र हरेक कुरा राम्रोसँग सम्झाइरहनु हुन्छ। कुनै कुनै बच्चाहरूलाई पढ्दा पढ्दै विचार आउँछ यो के हो। ड्रामामा यो आवागमनको चक्र छ। तर यो नाटक रचियो नै किन? यसबाट के फाइदा? केवल यतिकै चक्कर लगाई नै रहनु पर्छ, यसबाट त छुट्न पाए नै राम्रो हुन्छ। जब देख्छन्, यो ८४ को चक्कर त लगाई नै रहनु छ तब यस्तो यस्तो ख्याल आउँछ। भगवानले यस्तो खेल किन रच्नुभयो, जसमा आवागमनको चक्रबाट छुट्नै सकिंदैन, यसबाट त मोक्ष मिलोस्। यस्ता यस्ता विचारहरू बच्चाहरूमा आउँछन्। यो आवागमनबाट, दु:ख सुखबाट छुट्न सकौं। बाबा भन्नुहुन्छ यस्तो कहिल्यै पनि हुन सक्दैन। मोक्ष पाउनको लागि कोसिस गर्नु नै व्यर्थ हुन जान्छ। बाबाले सम्झाउनु भएको छ एउटा आत्मा पनि पार्टबाट छुट्न सक्दैन। आत्मामा अविनाशी पार्ट भरिएको छ। त्यो हो नै अनादि अविनाशी, बिल्कुल एक्युरेट कलाकार हुन्छन्। एउटा पनि कम वा बढी हुन सक्दैन। तिमी बच्चाहरूमा सारा ज्ञान छ। यो ड्रामाको पार्टबाट कोही छुट्न सक्दैन। न कसैले मोक्ष पाउन सक्छ। सबै धर्मावलम्बी क्रम अनुसार आउनु नै छ। बाबा सम्झाउनु हुन्छ यो बनि बनाऊ अविनाशी ड्रामा हो। तिमीले पनि भन्छौ बाबा! अब थाहा पायौं कसरी हामीले ८४ को चक्कर लगाउँछौं। यो पनि बुझेका छौ पहिला पहिला जो आउँछन्, उनीहरूले नै ८४ जन्म लिन्छन्। पछि आउनेहरूको अवश्य कम जन्म हुनुपर्छ। यहाँ त पुरुषार्थ गर्नु छ। पुरानो दुनियाँबाट नयाँ दुनियाँ अवश्य बन्नु पर्छ। बाबाले हरेक कुरा बारम्बार सम्झइरहनु हुन्छ किनकि नयाँ नयाँ बच्चाहरू आइरहन्छन्। उनीहरूलाई पहिलाको पढाइ कसले पढाउँछ? त्यसैले बाबाले नयाँ नयाँहरूलाई हेरेर फेरि पुराना प्वाइन्टहरू दोहोर्याउनु हुन्छ।

तिम्रो बुद्धिमा सारा ज्ञान छ। जानेका छौ सुरुदेखि लिएर कसरी हामीले पार्ट बजाउँदै आएका छौं। तिमीले यथार्थ रीतिले जानेका छौ, कसरी क्रम अनुसार आउँछौं, कति जन्म लिन्छौं। यो समयमा नै बाबा आएर ज्ञानका कुरा सुनाउनु हुन्छ। सत्ययुगमा त हुन्छ नै प्रारब्ध। यो कुरा यस समयमा तिमीलाई नै सम्झाइन्छ। गीतामा पनि सुरुमा र फेरि अन्तिममा यो कुरा आउँछ मनमनाभव। पढाइन्छ राज्य पाउनको लागि। तिमीले राजा बन्नको लागि अहिले पुरुषार्थ गर्छौ। अरू धर्मको बारेमा त सम्झाइएको छ उनीहरू क्रम अनुसार आउँछन्, धर्म स्थापकको पछि सबैलाई आउनु पर्छ। राजाईंको कुरा हुँदैन। एकै गीता शास्त्र छ जसको धेरै महिमा छ। भारतमा नै बाबा आएर सुनाउनु हुन्छ र सबैको सद्गति गर्नुहुन्छ। ती धर्म स्थापक जो आउँछन्, उनीहरूको जब मृत्यु हुन्छ अनि ठूला-ठूला तीर्थ बनाइदिन्छन्। वास्तवमा सबैको तीर्थ यहाँ नै हो जहाँ बेहदको बाबा आउनु हुन्छ। बाबाले यहाँ नै आएर सबैको सद्गति गर्नु भएको छ। बाबा भन्नुहुन्छ मलाई मुक्तिदाता, गाइड भन्छौ नि। म तिमीलाई यो पुरानो दुनियाँ, दु:खको दुनियाँबाट मुक्त गरेर शान्तिधाम, सुखधाममा लैजान्छु। बच्चाहरूले जानेका छन् बाबाले हामीलाई शान्तिधाम, सुखधाम लैजानुहुन्छ। बाँकी सबै शान्तिधाममा जान्छन्। बाबा आएर दु:खबाट मुक्त गर्नुहुन्छ। उहाँको जन्म-मरण त हुँदै हुँदैन। बाबा आउनु हुन्छ र फेरि जानु हुन्छ। उहाँको लागि यस्तो त भनिदैन मर्नुभयो। जसरी शिवानन्दको लागि भनिन्छ, शरीर छोडिदिए अनि क्रिया-कर्म गर्छन्। शिवबाबा जानु भयो भने उहाँको क्रिया-कर्म, श्राद्ध आदि केही पनि गर्नु पर्दैन। उहाँ त आउनु भएको पनि थाहा हुँदैन। क्रिया-कर्म आदि गर्नेको त कुरै छैन। अरू सबै मनुष्यहरूको क्रिया-कर्म गरिन्छ। बाबाको क्रिया-कर्म हुँदैन, उहाँको शरीर नै छैन। सबै मनुष्यहरू तोरी पिसिए झैं पिस्सिएर खलास हुन्छन्। सत्ययुगमा यी ज्ञान भक्तिका कुरा हुँदैनन्। यो अहिले नै चल्छ र सबैले भक्ति नै सिकाउँछन्। आधा कल्प हुन्छ भक्ति अनि आधा कल्पपछि बाबा आएर ज्ञानको वर्सा दिनुहुन्छ। ज्ञान त्यहाँ साथै जाँदैन। त्यहाँ बाबालाई याद गर्ने आवश्यकता नै रहँदैन। मुक्तिमा हुन्छन्। त्यहाँ याद गर्नु पर्छ र? दु:खको पुकार त्यहाँ कत्ति पनि हुँदैन। भक्ति पनि पहिला अव्यभिचारी फेरि व्यभिचारी हुन्छ। यस समयमा त अति व्यभिचारी भक्ति छ, यसलाई रौरव नर्क भनिन्छ। दु:खदायी नर्क हो, बाबा आएर सुखदायी स्वर्ग बनाउनु हुन्छ। यसबेला छ १०० प्रतिशत दु:ख, फेरि १०० प्रतिशत सुख शान्ति हुन्छ। आत्माले गएर आफ्नो घरमा विश्राम पाउँछ। सम्झाउन धेरै सहज छ। बाबा भन्नुहुन्छ म तब नै आउँछु जब नयाँ दुनियाँको स्थापना गरेर फेरि पुरानोको विनाश गर्नु पर्ने हुन्छ। यतिका काम केवल एक्लैले त गर्न सकिँदैन। फेरि सहयोगी धेरै चाहिन्छ। यसबेला तिमी बाबाको सेवाधारी बच्चा बनेका छौ। सारा दुनियाँको सेवा गर्छौ। सच्चा बाबाले सच्चा सेवा गर्न सिकाउनु हुन्छ। आफ्नो पनि, देशको पनि र विश्वको पनि कल्याण गर्छौ। त्यसैले कति रुचिले गर्नु पर्छ। बाबाले कति रुचिले सबैको सद्गति गर्नुहुन्छ। अहिले पनि सबैको सदगति हुनु छ अवश्य। यो हो शुद्ध अहंकार, शुद्ध भावना।

तिमीले सच्चा सच्चा सेवा गर्छौ तर गुप्त। आत्माले सेवा गर्छ शरीरद्वारा। तिमीसँग धेरैले सोध्छन् बि.के.को उद्देश्य के हो? भन, बि.के. को उद्देश्य हो विश्वमा सत्ययुगी सुख शान्तिको स्वराज्य स्थापना गर्नु। हामीले हरेक ५ हजार वर्षपछि श्रीमत अनुसार विश्वमा शान्ति स्थापना गरेर विश्व शान्तिको पुरस्कार प्राप्त गर्छौं। यथा राजा रानी तथा प्रजा पुरस्कार लिन्छन्। नर्कवासीबाट स्वर्गवासी बन्नु सानो पुरस्कार हो र! उनीहरू शान्ति पुरस्कार लिएर खुसी हुन्छन्, पाउने केही पनि होइन। सच्चा सच्चा पुरस्कार त अहिले हामीले बाबासँग लिइरहेका छौं, विश्वको बादशाहीको। भन्छन् नि हाम्रो देश महान्। कति महिमा गर्छन्। सबैले सम्झन्छन् हामी यो देशका मालिक हौं, तर मालिक छन् कहाँ? अहिले तिमी बच्चाहरूले बाबाको श्रीमत अनुसार राज्य स्थापना गर्छौ। हतियार आदि त केही पनि छैन। दैवी गुण धारण गर्छौ त्यसैले तिम्रो नै गायन पूजन हुन्छ। अम्बालाई हेर कति पूजा हुन्छ। तर अम्बा को हुन्, ब्राह्मण हुन् वा देवता यो पनि थाहा छैन। अम्बा, काली, दुर्गा, सरस्वती आदि... यस्ता धेरै नाम छन्। यहाँ पनि तल अम्बाको सानो मन्दिर छ। अम्बालाई धेरै भुजाहरू बनाइदिएका छन्। यस्तो त हुँदै होइन। यसलाई भनिन्छ अन्ध-श्रद्धा। क्राइस्ट, बुद्ध आदि आए, उनीहरूले आ-आफ्ना धर्म स्थापना गरे, तिथि-मिति सबै बताउँछन्। त्यहाँ अन्ध-श्रद्धाको त कुरा नै हुँदैन। यहाँ रहनेलाई केही थाहा छैन हाम्रो धर्म कहिले र कसले स्थापना गरे? त्यसैले भनिन्छ अन्ध-श्रद्धा। अहिले तिमी पुजारी हौ फेरि पूज्य बन्छौ। तिम्रो आत्मा पनि पूज्य र शरीर पनि पूज्य बन्छ। तिम्रो आत्माको पनि पूजा हुन्छ र फेरि देवता बनेपछि पनि पूजा हुन्छ। बाबा त हुनुहुन्छ नै निराकार। उहाँ सदैव पूज्य हुनुहुन्छ। उहाँ कहिल्यै पनि पुजारी बन्न सक्नुहुन्न। तिमी बच्चाहरूको लागि नै भनिन्छ आफैं पूज्य, आफैं पुजारी। बाबा त सदैव पूज्य हुनुहुन्छ, यहाँ आएर बाबाले सच्चा सेवा गर्नु हुन्छ। सबैलाई सद्गति दिनुहुन्छ। बाबा भन्नुहुन्छ अब म एकलाई याद गर। अरू कुनै देहधारीको याद गर्नु छैन। यहाँ त ठूला-ठूला लखपति करोडपति गएर अल्लाह-अल्लाह भन्छन्। कति अन्ध-श्रद्धा छ। बाबाले तिमीलाई हम सो को अर्थ पनि सम्झाउनु भएको छ। उनीहरूले त भनिदिन्छन् शिवोहम्, आत्मा नै परमात्मा। अहिले बाबाले सच्याएर बताउनु भएको छ। अब जज गर, भक्तिमार्गमा सुनेको ठीक वा मैले ठीक बताएको छु? हम सो को अर्थ धेरै लम्बा-चौडा छ। हम सो ब्राह्मण, देवता, क्षत्रिय। अब हम सो को कुनचाहिँ अर्थ ठीक हो? हामी आत्मा चक्रमा यसरी आउँछौं। विराट रूपको चित्र पनि छ, यसमा चोटी ब्राह्मण र बाबालाई देखाएका छैनन्। देवताहरू कहाँबाट आए? कहाँबाट पैदा भए? कलियुगमा त शूद्र वर्ण छन्। सत्ययुगमा तुरुन्त देवता वर्णका कसरी भए? केही पनि जानेका छैनन्। भक्तिमार्गमा मनुष्य कति फँसेका छन्। कसैले ग्रन्थ पढे, ख्याल आयो, मन्दिर बनायो, अनि बसेर ग्रन्थ सुनाउन थाले। धेरै मनुष्यहरू आउँछन्, धेरै अनुयायी बन्छन्। फाइदा त केही पनि हुँदैन। धेरै दोकानहरू निस्केका छन्। अब यी सबै दोकानहरू समाप्त हुन्छन्। यी सबै दोकानदारी भक्तिमार्गका हुन्, यसबाट धेरै धन कमाउँछन्। संन्यासीहरूले भन्छन् हामी ब्रह्मयोगी, तत्त्व योगी हौं। जसरी हिन्दुहरू वास्तवमा हुन् देवी देवता धर्मका तर हिन्दु धर्म भनिदिन्छन्। त्यसो त ब्रह्म तत्त्व हो, जहाँ आत्माहरू रहन्छन्। उनीहरूले फेरि ब्रह्म ज्ञानी तत्त्व ज्ञानी नाम राखिदिएका छन्। नत्र ब्रह्म तत्त्व हो रहने ठाउँ। बाबा सम्झाउनु हुन्छ कति ठूलो भूल गरिदिएका छन्। यी सबै भ्रम हुन्। म आएर सबै भ्रम हटाइदिन्छु। भक्तिमार्गमा भन्छन् पनि हे प्रभु तिम्रो गति मति न्यारा छ। गति त कसैले गर्न सकेनन्। मत भने अनेकौं प्रकारका पाइन्छन्। यहाँको मतले कति कमाल गरिदिन्छ। सारा विश्वलाई नै परिवर्तन गरिदिन्छ।

अहिले तिमी बच्चाहरूको बुद्धिमा छ, यतिका सबै धर्म कसरी आउँछन्? फेरि आत्माहरू कसरी आ-आफ्नो सेक्सनमा गएर बस्छन्। यो सबै ड्रामामा निर्धारित छ। यो पनि बच्चाहरूले जानेका छन् दिव्य दृष्टि दाता एक बाबा नै हुनुहुन्छ। बाबालाई भने यो दिव्य दृष्टिको चाबी हामीलाई दिनु भयो भने हामीले कसैलाई साक्षात्कार गराउने थियौं। भन्नुभयो होइन, यो चाबी कसैलाई पनि मिल्न सक्दैन। त्यसको बदलामा तिमीलाई फेरि विश्वको बादशाही दिन्छु। मैले लिन्न। मेरो नै पार्ट हो, साक्षात्कार गराउने। साक्षात्कार भएपछि कति खुसी हुन्छन्। मिल्न त केही पनि मिल्दैन। यस्तो होइन, साक्षात्कारबाट कोही निरोगी हुन्छन् वा धन मिल्छ। मिल्दैन, मीरालाई साक्षात्कार भयो तर मुक्ति कहाँ पाइन् र। मानिसहरूले सम्झन्छन् तिनी बैकुण्ठमा नै बस्दथिन्। तर बैकुण्ठ कृष्णपुरी छ कहाँ! यी सबै हुन् केवल साक्षात्कार। बाबा बसेर सबै कुरा सम्झाउनु हुन्छ। यिनलाई पहिला पहिला विष्णुको साक्षात्कार हुँदा खुब खुसी भएका थिए। उनले पनि जब देखे, म महाराजा बन्दैछु। विनाश पनि देखे, राजाई पनि देखे तब निश्चय भयो, ओहो! म त विश्वको मालिक बन्छु। बाबाको प्रवेशता भयो। बाबा यो सबै तपाईले लिनुहोस्, मलाई त विश्वको बादशाही नै चाहिन्छ। तिमी पनि यही व्यापार गर्न आएका हौ नि! जसले ज्ञान लिन्छ फेरि उसको भक्ति छुट्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) दैवी गुण धारण गरेर श्रीमत अनुसार सच्चा सेवा गर्नु छ। आफ्नो एवं सारा विश्वको कल्याण धेरै रुचिपूर्वक गर्नु छ।

२) ड्रामाको अनादि अविनाशी नियतिलाई यथार्थ रूपले बुझेर कुनै पनि समय खेर जाने काम गर्नु हुँदैन। व्यर्थ कुरा सोच्नु छैन।

वरदान:
एकाग्रताको अभ्यासद्वारा एकरस स्थितिको अनुभव गर्ने सर्व सिद्धि स्वरूप भव

जहाँ एकाग्रता छ त्यहाँ स्वत: एकरस स्थिति हुन्छ। एकाग्रताबाट संकल्प, बोली र कर्मको व्यर्थपन समाप्त हुन्छ र समर्थपन आउँछ। एकाग्रता अर्थात् एउटै श्रेष्ठ संकल्पमा स्थित रहनु। एक बीज रूपी संकल्पमा सारा वृक्षरूपी विस्तार समाहित भएको हुन्छ। एकाग्रतालाई बढाऊ तब सर्व प्रकारको हलचल समाप्त हुन्छ। सबै संकल्प, बोली र कर्म सजिलै सिद्ध हुन्छ। यसको लागि एकान्तवासी बन।

स्लोगन:
एकपटक भएको गल्तीलाई बारम्बार सोच्नु अर्थात् दागमाथि दाग लगाउनु हो, त्यसैले बितेकोलाई बिन्दु लगाऊ।