08.12.18          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आत्मा र परमात्माको मिलन नै सच्चा - सच्चा संगम अथवा कुम्भ हो । यसै मिलनद्वारा तिमी पावन बन्छौ । यादगारमा फेरि त्यो मेला मनाउँछन्।

प्रश्न:
तिमी बच्चाहरूमा कुन कुराको धेरै समझ चाहिन्छ?

उत्तर:
ज्ञानका जुन संवेदनशील (नाजुक) कुरा छन्, तिनलाई बुझाउनको लागि धेरै समझ चाहिन्छ। युक्तिले ज्ञानमार्ग र भक्तिमार्गलाई सिद्ध गर्नु छ। यसरी सम्झाउनु पर्छ, जसरी मुसाले टोक्नु भन्दा पहिले फुक्छ। त्यसैगरी सेवाका युक्तिहरू रच्नु छ। कुम्भ मेलामा प्रदर्शनी लगाएर अनेक आत्माहरूको कल्याण गर्नु छ। पतितबाट पावन हुने युक्ति बताउनु छ।

गीत:
इस पाप की दुनियाँ से...

ओम् शान्ति।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ पापको दुनियाँलाई कलियुगी, पतित, भ्रष्टाचारी दुनियाँ भनिन्छ र फेरि पुण्यको दुनियाँलाई सत्ययुगी, पावन, श्रेष्ठाचारी दुनियाँ भनिन्छ। परम आत्मा नै आएर पुण्य आत्मा, पवित्र आत्मा अथवा पुण्यको दुनियाँ बनाउनु हुन्छ। मनुष्यले पुकार्छन् पतित-पावन बाबालाई किनकि स्वयं पावन छैनन्। यदि पतित-पावनी गंगा वा त्रिवेणी हुन् भनेर सम्झन्छन् भने फेरि किन पतित-पावन आउनुहोस् भनी पुकार्छन्? गंगा वा त्रिवेणी त छन् नै, ती हुँदा-हुँदै पनि पुकारिरहन्छन्। बुद्धि फेरि पनि परमात्मातर्फ जान्छ। परमपिता परमात्मा जो ज्ञानसागर हुनु हुन्छ, उहाँलाई आउनु पर्छ। केवल आत्मा होइन, पवित्र जीवात्मा भनिन्छ। अहिले पावन जीवात्मा त कोही छैनन्। पतित-पावन बाबा आउनु हुन्छ नै तब, जब सत्ययुगी पावन दुनियाँको स्थापना गर्नु र कलियुगी दुनियाँको विनाश गर्नु पर्छ। अवश्य संगमयुगमा नै आउनु हुन्छ। संगमलाई कुम्भ पनि भनिन्छ। त्रिवेणीको संगम छ, त्यसको नाम राखिदिएका छन् कुम्भ। भन्छन् तीनवटै नदी आपसमा मिल्छन्। वास्तवमा छन् दुइटा नदी। तेस्रो नदीलाई गुप्त भनिदिएका छन्। अब के यस कुम्भका मेलामा पतितबाट पावन बन्छन्? पतित पावनलाई त अवश्य आउनु छ। ज्ञानका सागर उहाँ हुनु हुन्छ। पतित दुनियाँलाई पावन बनाउनु, कलियुगलाई सत्ययुग बनाउनु यो त परमपिता परमात्माको नै काम हो, नकि मनुष्यहरूको। यो त सबै अन्धश्रद्धा हो। अब अन्धालाई लठ्ठी चाहिन्छ। तिमीहरू अहिले लठ्ठी (सहारा) बनेका छौ नम्बरवार पुरुषार्थ अनुसार। लठ्ठीहरू पनि किसिम-किसिमका हुन्छन्। कुनै लठ्ठी सय रूपयाँको र कुनै दुई रूपयाँमा पनि पाइन्छ। यहाँ पनि सबै नम्बरवार छन्। कोही त धेरै सेवाधारी छन्। जब बिरामी हुन्छन् तब सर्जनलाई बोलाउनु पर्ने हुन्छ। अब यो हो नै पतित दुनियाँ। तिमी पावन बनिरहेका छौ। भनिन्छ आत्मा-परमात्मा अलग रहे बहुकाल...। फेरि जब परमपिता परमात्मा अनेक आत्माहरूको बीचमा आउनु हुन्छ तब त्यसलाई भनिन्छ संगमको कुम्भ।

मनुष्यले कुम्भका मेलामा धेरै दान गर्छन्। त्यो कमाई साधु-सन्त र गभर्मेन्टको हुन्छ। यहाँ तिमीलाई तन-मन-धन सहित सबै कुरा दान गर्नु छ, पतित-पावन बाबालाई। उहाँले फेरि तिमीहरूलाई भविष्यमा स्वर्गको मालिक बनाउनु हुन्छ। उनीहरू नाम लिन्छन् त्रिवेणीको तर दान दिन्छन् साधु-सन्तलाई। वास्तवमा संगम त्यसलाई भनिन्छ जहाँ सबै नदीहरू आएर सागरमा मिल्छन्। त्यहाँ सागर त छैन। यहाँ त नदीहरू आपसमा मिल्छन्। नदीहरू र सागरको मिलनलाई नै सच्चा-सच्चा मेला भनिन्छ। यो पनि ड्रामामा निश्चित छ। यसमा गभर्मेन्टलाई पनि रेल, मोटर, जमिन आदिबाट धेरै कमाई हुन्छ। त्यसैले यो कमाईको मेला लाग्छ। यी कुरालाई तिमी बच्चाहरूले निर्णय गर्न सक्छौ किनकि तिमीहरू ईश्वरीय मतमा छौ। त्यसैले कुम्भको मेलाको अर्थ निकाल्नु पर्छ। बाबा निबन्ध लेख्नको लागि दिनु हुन्छ। जो समझदार बच्चा छन् उनीहरूले लिनु पर्छ। नम्बरवन सबै भन्दा समझदार त मम्मा छिन् फेरि दोस्रा छन् संजय (जगदीश), जसले बाँड्नको लागि पर्चा बनाउनु पर्छ। यी त्रिवेणी पतित पावनी होइनन्। पतित-पावन सर्वका सद्गतिदाता त एक शिवबाबा हुनु हुन्छ। त्रिवेणीलाई त सद्गतिदाता भनिंदैन। यो त हो नै नदी। आउने कुरा हुँदैन। गाउँछन् पतित-पावन आउनुहोस्, आएर पावन बनाउनुहोस्। त्यसैले यो पर्चा छपाउनु पर्छ प्रिय आत्मन्! के पतित-पावन ज्ञानसागर परमपिता परमात्मा हुनु हुन्छ वा यी नदी हुन्? यी त सदैव छन्। परमात्मालाई त पुकारिन्छ आउनको लागि। वास्तवमा पतित-पावन त एक परमात्मा हुनु हुन्छ, आत्मा र परमात्मा अलग रहे बहुकाल... उहाँ सतगुरु नै आएर सबैलाई सद्गति दिएर वापस लिएर जानु हुन्छ। ज्ञानस्नान त वास्तवमा परमपिता परमात्मा सँग गर्नु पर्छ। पावन दुनियाँको स्थापना परमपिता परमात्माले गराउनु हुन्छ। तपाईंले उहाँलाई जान्नु भएको छैन। भारतवर्ष जब श्रेष्ठाचारी थियो तब त्यसमा देही-अभिमानी देवताहरू रहन्थे। त्यसलाई शिवालय भनिन्थ्यो। अब कुम्भमा गएर बच्चाहरूले प्रदर्शनी लगाउनु पर्छ सम्झाउनको लागि। सम्झाउनु छ, पतित-पावन एक बाबा हुनु हुन्छ, उहाँ भन्नुहुन्छ म आउँछु नै तब, जब पतितबाट पावन बनाउनु पर्ने हुन्छ। त्यसैले प्रतिज्ञा गर्नु पर्छ। रक्षाबन्धनले भगवान सँग सम्बन्ध राख्छ, नकि साधु-सन्तसँग। प्रतिज्ञा परमपिता परमात्मा सँग गरिन्छ, नकि त्रिवेणी सँग। हे बाबा, हामी हजुरको श्रीमतद्वारा पावन बन्नको लागि प्रतिज्ञा गर्छौं। बाबा पनि भन्नुहुन्छ म तिमीहरूलाई पावन दुनियाँको मालिक बनाउनेछु। यो हो बाबाको इसारा। यसमा सेवा गर्नेवाला धेरै समझदार चाहिन्छ। चित्र पनि अरू बनाउनु पर्छ। यसको लागि राम्रो मण्डप लिनु पर्छ। तिम्रो दुस्मन पनि धेरै निस्कन्छन्, कुनै समयमा आगो लगाउनमा ढिलाइ गर्ने छैनन्। कसैलाई झगडा गर्नु छ भने गाली दिन थाल्छन्। तिमीलाई त निरहंकारी बनेर साइलेन्समा रहनु पर्छ। ब्रह्माकुमारीहरू प्रख्यात त भएका छन्। पर्चा आदि अवश्य बाँड्नु छ। कुम्भको मेलाको खास महत्त्व राख्छन्। वास्तवमा महत्त्व अहिलेको हो, यो पनि ड्रामाको खेल हो। त्यहाँबाट पनि कसैको कल्याण हुन सक्छ। तर मेहनत लाग्छ। काँडालाई फूल बनाउनमा मेहनत लाग्छ। कुम्भको मेलामा प्रदर्शनी गर्न पनि हिम्मत चाहिन्छ, चिने-जानेको चाहिन्छ जसमा कुनै विघ्न नपरोस्। तिमीले सिद्ध गर्नु छ पतित-पावन को हुनु हुन्छ? मनुष्य पावन दुनियाँ स्वर्गलाई याद पनि गर्छन्। कोही मर्यो भने भन्छन् फलानो स्वर्गवासी हुनुभयो। त्यहाँ त धेरै प्रशस्त खानेकुरा हुन्छ, वहाँबाट फेरि यहाँ बोलाएर किन खुवाउने? तिमी श्रीनाथको मन्दिरमा देख्छौ, कति माल बन्छन्। अब श्रीनाथ पुरी र जगन्नाथ पुरी, वास्तवमा हो त एउटै कुरा तर त्यहाँ श्रीनाथ द्वारेमा देख्छौ भने धेरै वैभव बन्छन् र जगन्नाथ पुरीमा केवल फिका चामलको भोग लाग्छ। घिउ आदि केही पर्दैन। यो फरक बताउनु हुन्छ गोरालाई यस्तो माल र कालोलाई यस्तो सुक्का चामल। रहस्य धेरै राम्रो छ। यो कुरा बाबा बसेर सम्झाउनु हुन्छ। श्रीनाथ द्वारेमा यति भोग लगाउँछन् भने फेरि पुजारीहरूले पसलमा बेच्छन् पनि। उनीहरूको कमाईको आधार पनि त्यसैमा छ। मिल्न त सित्तैमा मिल्छ तर कमाउँछन्। त्यसैले हेर कति अन्धश्रद्धाका कुरा छन्। यो हो भक्तिमार्ग। ज्ञानमार्ग सद्गति मार्ग हो, गंगास्नानबाट कहाँ सद्गति हुन्छ। बडो युक्ति सँग सम्झाउनु छ। जसरी मुसाले श्वासले फुकेर टोक्छ। धेरै बुद्धिमान चाहिन्छ, बुझेर फेरि बुझाउने। कति संवेदनशील कुरा छन्। मनुष्यहरू भन्छन् हे परमपिता परमात्मा तुम्हारी गत मत तुम ही जानो। यसको अर्थ त सम्झँदै-सम्झँदैनन्। हजुरको श्रीमतबाट जो सद्गति मिल्छ त्यो हजुर नै गर्न सक्नुहुन्छ अरू कसैले गर्न सक्दैन। सबैका सद्गति दाता एक हुनु हुन्छ। सर्व शब्द अवश्य राख्नु पर्छ। धेरै सम्झाइन्छ। तर बुझ्नेवाला त थोरै नै निस्कन्छन्। प्रजा त धेरै बनिरहन्छन्।

मनुष्यले भगवानको नाममा धेरै दान-पुण्य गरे भने एक जन्मको लागि फल मिल्छ। यहाँ त २१ जन्मको लागि मिल्छ। ईश्वरलाई दान गर्नाले तागत मिल्छ। उहाँ ईश्वरलाई जान्दै-जान्दैनन् भने तागत नै हुँदैन। हिन्दूहरूको गुरु गोसाईं त धेरै छन्। क्रिश्चियनका हेर एक छन्। एकको कति सम्मान छ। धर्म शक्ति हो (रिलिजन इज माइट) भनिन्छ। अहिले तिमीले धर्मलाई बुझेका छौ, त्यसैले कति तागत मिल्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! सबैलाई यही वशीकरण मन्त्र देऊ। बच्चाहरूलाई बाबा भन्नुहुन्छ तिमी जहाँबाट आएका हौ त्यसलाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। बाबालाई याद गर्नाले नै पावन बन्न सक्नेछौ। पाप दग्ध हुन्छ। बाबा र वर्सालाई याद गर्नु छ, जसद्वारा सारा चक्र बुद्धिमा आउने छ। गृहस्थ व्यवहारमा रहँदा-रहँदै देहको सर्व सम्बन्धबाट बुद्धि निकालेर बाबाको साथ जोड्ने पुरुषार्थ गर्नु छ। जसले फेरि अन्त्य समयमा पनि त्यही याद आओस्। अरू कसैको याद आयो भने सजाय खानु पर्ने हुन्छ र पद पनि कम हुन्छ। वास्तवमा कुम्भ कल्पको संगमलाई भनिन्छ, जब आत्मा र परमात्मा मिल्छन्। परमात्मा नै आएर राजयोग सिकाउनु हुन्छ। उहाँ पुनर्जन्मरहित हुनु हुन्छ। तर बच्चाहरूले पनि बुझ्दैनन्, श्रीमत अनुसार चल्दैनन् भने नाउ कसरी पार हुन्छ? नाउ पार हुनु भनेको राजाईं पद पाउनु हो। श्रीमतद्वारा नै राजाई मिल्छ। श्रीमत अनुसार चलेनन् भने आखिरमा खत्तम भएर जान्छन्। उनै सजनीहरू साथमा जान्छन् जसको दीपक जागेको हुन्छ। जसको दीपक निभेको हुन्छ त्यो साथमा कहाँ जान्छ र? अनन्य बच्चाहरू नै जान्छन्। बाँकी त नम्बरवार पछि आउँछन् तर पवित्र त सबै बन्छन्। सबै आत्माहरू पनि एकनाश शक्तिवाला हुन सक्दैनन्। हर एक आत्माको पार्ट आ-आफ्नो छ। एकनाश पद मिल्न सक्दैन। अन्त्यमा सबैको पार्ट क्लियर हुन्छ। वृक्ष कति विशाल छ, कति मनुष्य छन्, मुख्य जो ठूला-ठूला हाँगा-बिगा छन् ती देखिनमा आउँछन्। मुख्य हो जग (फाउन्डेसन)। बाँकी त पछि आउँछन्, तिनमा तागत कम हुन्छ। स्वर्गमा सबै आउन सक्दैनन्। भारतवर्ष नै स्वर्ग थियो। यस्तो होइन भारतखण्डको सट्टा जापानखण्ड स्वर्ग हुन्छ। यस्तो हुन सक्दैन। अच्छा

मीठे-मीठे बापदादा वा माता-पिताका लाडले सिकीलधे ज्ञान सितारा बच्चाहरूप्रति याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास: २४-०४-६८

बच्चाहरूलाई सम्झाइएको छ अरू धर्म स्थापक कसैले सबैको कल्याण गर्न सक्दैनन्। उनीहरू आउँदा सबैलाई लिएर आउँछन्। जसले लिबरेट गरेर गाइड बन्नुहुन्छ उहाँको नै गायन छ। उहाँ भारतवर्षमा नै आउनु हुन्छ। त्यसैले भारतवर्ष सबै भन्दा उच्च देश ठहरियो। भारतको धेरै महिमा गर्नु छ। बाबा नै आएर सबैको सद्गति गर्नुहुन्छ, तब नै शान्ति हुन्छ। विश्वमा शान्ति थियो सृष्टिको आदि, स्वर्गमा एक धर्म थियो। अहिले अनेक धर्म छन्। बाबा नै आएर शान्ति स्थापना गर्नुहुन्छ। कल्प पहिले जस्तै गर्नुहुन्छ। तिमी बच्चाहरूलाई ज्ञान मिलेको छ त्यसैले विचार सागर मन्थन चल्छ। अरू त कसैको चल्दै-चल्दैन। यो पनि तिमीहरू जान्दछौ। देह-अभिमानको कारण देहलाई नै पुज्छन्। आत्माले पुनर्जन्म त अवश्य यहाँ नै लिन्छ नि। अहिले तिमी सम्झन्छौ पावन त एकै हुनु हुन्छ। बाबाले नै गुप्त ज्ञान दिनु हुन्छ जसद्वारा सबैको सद्गति हुन्छ। बाँकी हनुमान वा गणेश आदि जस्ता कोही हुँदैनन्। यी सबैलाई पुजारी भनिन्छ। अच्छा

रूहानी बच्चाहरूप्रति रूहानी बाबा एवं दादाको याद-प्यार, गुडनाइट।

धारणाको लागि मुख्य सारः

१) सजायबाट बच्नको लागि देहका सबै सम्बन्धहरूबाट बुद्धियोग निकालेर एक बाबा सँग बुद्धियोग जोड्नु छ। अन्त्य समयमा बाबा सिवाय कोही याद नआओस्।

२) निरहंकारी बनेर मौनमा रहेर काँडालाई फूल बनाउने मेहनत गर्नु छ। श्रीमत अनुसार अन्धाहरूको लागि लठ्ठी बन्नु छ। पावन बनेर पावन बनाउनु छ।


वरदान:
वाचाका साथै मनसाद्वारा शक्तिशाली सेवा गर्ने सहज सफलतामूर्त भव

जसरी वाचाको सेवामा सदा व्यस्त रहने अनुभवी भएका छौ, त्यस्तै हर समय वाणीका साथ-साथै मनसा सेवा स्वत: हुनु पर्छ। मनसा सेवा अर्थात् हर समय हर आत्माप्रति स्वत: शुभ भावना एवं शुभ कामनाका शुद्ध प्रकम्पन स्वयंलाई र अरूलाई पनि अनुभव होस्, मनबाट हर समय सर्व आत्माहरूप्रति आशीर्वाद निस्किरहोस्। मनसा सेवा गर्नाले वाणीको शक्ति जम्मा हुन्छ र यो मनसाको शक्तिशाली सेवाले सहज सफलतामूर्त बनाइदिन्छ।

स्लोगन:
आफ्नो हर चाल-चलनबाट बाबाको नाम प्रख्यात गर्नेवाला नै सच्चा-सच्चा ईश्वरीय सेवाधारी हो।